नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ
२०८१-०२-२९
- A
- A-
- A+
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका- २ की २१ बर्षीया कल्पना बिश्वाकर्मालाई नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत आइतबार बिश्वाकर्माले बच्चा जन्माएर आफ्नै घर देखी अन्दाजि २०० मिटर दक्षिणमा रहेको खोल्सीमा लगि साल नाल सहितको नवजात शिशु नाबालकलाई पात पत्ङिगरले छोपी मृत्यु भईसकेको भन्ने जानकारी प्राप्त भएसगै खटिएको प्रहरी टोलीले घटनामा संलग्न बिश्वकर्मालाई नियन्त्रणमा लिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।