प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

२०८०-१२-१४

  • A
  • A-
  • A+
Share

सुनसरीको ईटहरी उप-महानगरपालिका- १० स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को. २९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक ईटहरी- ५ का ३७ बर्षीय भोज कुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । घटनामा संलग्न बस र चालक ५९ बर्षीय बद्री नारायण पाण्डेलाई इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध सहित २ जना पक्राउ
२०८१-०१-१४

सुनसरी धरानको विभिन्न स्थानबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो २ बजे धरान उपमहानगरपालिका ८ तिनकुनेबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का ३४ बर्षीय प्रेम बि.क.लाई एभिल १९, फेनारगन १९, डाईजेपाम १९ , लुपिजेसिक १९ गरि जम्मा ७६ एम्पुल सहित पक्राउ गरेको छ ।यसै गरी हिजो बेलुका साढे ४ बजे धरान उपमहानगरपालिका १३ आपगाछीबाट अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले बसमा सवार रहेका मोरङको कानेपोखरी गाँउपालिकाका २३ बर्षीय उशन बिश्वकर्मालाई ४ केजी गाँजा सहित पक्राउ गरेको छ ।

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८१-०१-१४

सुनसरी दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ ।हिजो साँझ ७ बजे ईटहरीबाट बिराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका १३ हुलास वयर (फलाम) फ्याक्ट्रीका मजदुर २२ बर्षीय सिकेन्दर राम चमारलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईते चमारको उपचारको लागी कोशी अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको थियो । घटनाको जानकारी पाउन साथ खटिएको प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ बर्ष पछी पक्राउ
२०८१-०१-१३

कर्तब्य ज्यान मुद्धामा फरार रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय भोजपुरले १ जनालाई घटना भएको १७ बर्ष पछी पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।  २०६३ साल कार्तिक १४ गते साविक भैसिपंखा गाबिस र हाल भोजपुर नगरपालिका-१०  का ४४ बर्षीय निमा दावा शेर्पा छिमेकी चन्द्र बहादुर तामाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाका आरोपित ६० बर्षीय  तामाङलाई खोजतलास गर्ने क्रममा घटना भएको १७ बर्ष पछी २०८१ साल बैशाख ११ गते सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाका अर्का आरोपित स्थानीय बाल कुमार तामाङ हाल फरार रहेकोमा खोजतलास भईरहेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८१-०१-१२

झापाको तीन बिभिन्न स्थानहरुबाट मंगलवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको ओसार पसार तथा बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले  दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बैतडीका २५ बर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध ब्राउनसगुर ३९ ग्राम १० मिलिग्राम, मोवाइल १  थान र नगद  १,१०० रुपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट कमल गाउपालिका ५ का २० बर्षीय मनिस मगरलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ बाट स्थानीय २४ बर्षीय सुजन दाहाल र २६ बर्षीय भिष्म कडेललाई लागुऔषध ब्राउनसगुर ८ ग्राम, नगद २ हजार र मोवायल ३ थान सहित  पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।