प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

२०७९-११-२९

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरेको छ । हिजो राती ११ बजे सुनसरीको धरान उप-महानगरपालिका-१६ नौलोबस्ती स्थितमा कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा घरको पछाडी लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी tramol50- १२ हजार २०० क्याप्सुल र spaspin- ५३० ट्याबलेट फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०८-१७

मोरङ जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर- १५ बैकं चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरु बिराटनगर- १६ का राहुल यादव र  कृष्ण साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने बिराटनगर- १६ बाट बिराटनगर- ३ का ५० बर्षीय राजु श्रेष्ठ र ४३ बर्षीय गुड्डु महिपालको साथबाट प्रतिबन्धित औषधी NITROSUN- ४० चक्की फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

२ जना फरार प्रतिबादी पक्राउ
२०८०-०८-१७

झापा  र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध मुद्धाका दुई जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्धामा झापा जिल्ला अदालत झापाको मिति २०७९।०५।३१ गतेको फैसलाले ३ महिना १४ दिन कैद भई फरार रहेका कमल गाउँपालिका- ३ का २० बर्षीय सुनिल थापालाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । त्यस्तै सम्मानित जिल्ला अदालत सुनसरीको मिति २०७१।०२।२६ गतेको फैसलाले लागुऔषध मुद्धामा नगद २ हजार रुपैया र १ दिन कैद भई फरार रहेका बराहक्षेत्र नगरपालिका- ३ का दिल बहादुर लिम्बुलाई अस्थाई प्रहरी चौकी नडहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

३ जना फरार प्रतिवादी पक्राउ
२०८०-०८-१६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुह र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालय बाट खटिएको प्रहरी टोलीले  शुक्रवार तीन जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । उच्च अदालत बिराटनगर, जिल्ला अदालत झापा र मोरङबाट विभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना तोकिएका  दमक- ७ का ३७ बर्षीय टंक प्रसाद लिम्बु , दमक- ३ का १९ बर्षीय पासाङ तामाङ, र बिराटनगर- १५ का ४० बर्षीय बाबुजान अहमद मियाँलाई खोजतलास गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ
२०८०-०८-१६

सुनसरी जिल्लाको बिभिन्न स्थानबाट चोरी भएको मोटरसाइकल सहित ३ जना मानिस पक्राउ परेका छन् । हरिनगर गाउँपालिका- ४ का राजेश्वर रामले आफ्नै कुखुरा फारम अगाडी पार्किंङ गरि राखेको को. ३६ प ४६०६ नम्बरको मोटरसाईकल देवानगंज- १ का अबिशेक मेहता र देवानगंज- ७ का २६ बर्षीय उमेश प्रसाद मेहताले चोरी गरि लगिरहेको अवस्थामा स्थानियहरुले पक्राउ गरि राखेको भन्ने जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय हरिनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो भने कोशी- ४ का रबिन्द्र यादबको को. ३६ प ६३४८ नम्बरको मोटरसाईकल हराएको भनी जानकारी गराएसंगै प्रहरी चौकी पोखरी चोकबाट खटिएको प्रहरी टोलीले देवानगंज- १ का ललन कुमार मेहतालाई चोरी भएको मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।