प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

यात्रु सहायता कक्षको समुद्‍घाटन

२०८१-०६-१५

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर बसपार्क स्थितमा यात्रु सहायता कक्षको समुद्‍घाटन भएको छ । असोज १५ गते बिराटनगर बस पार्कमा आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यात्रु सहायता कक्षको समुद्‍घाटन गर्नु भएको छ ।


यात्रु सहायता कक्षको उद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुदै वहाँले प्रहरी चौविसै घण्टा परिचान भई शान्ति सुरक्षा प्रदान गर्दै आईरहेकोमा बिशेष गरी चाडपर्वको समयमा मानिसहरुको आवात जावत बढी हुने हुँदा सुरक्षाको लागि थप प्रहरी परिचालन गरिनुका साथै बसपार्कहरुमा यात्रु सहायता कक्षको स्थापना गरिएको बताउनु भयो । साथै वहाँले आम नेपालीहरुको चाडपर्व सुखदायी तथा सुरक्षित बनाउन यातायात व्यवसायी, यातायात मजदुर लगायत सबैको सहकार्य आवश्यक रहेको बताउदै १४ वटै जिल्ला स्थित बसपार्क तथा यात्रुहरुको वढी चाप हुने स्थानहरुमा बिगतमा झै यात्रु सहायता कक्षको स्थापना गरिने बताउनु भयो ।


उद्‍घाटन कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहल लगायत प्रहरी उपरीक्षकहरु तथा प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधि, यातायात व्यावसायी, यातायत मजदुरहरुका साथै संचारकर्मीहरु समेतको उपस्थिती रहेको थियो ।

कोशी प्रदेशका जिल्लाहरुका बिभिन्न स्थानमा पहिलो दिन ३७ स्थानमा यात्रु सहायता कक्षको स्थापना भएको छ ।

यात्राका क्रममा यात्रुहरुलाई कुनै प्रकारको असहज, असुरक्षित महसुस भएमा वा सामान छुटेमा नजिकैको यात्रु सहायता कक्ष अथवा प्रहरीको हटलाइन नम्बर १०० / ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न हुन समेत सुचित गरिन्छ । 

 

 

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।