प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम दोस्रो समुहको समापन

२०८०-१२-२५

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश सभा सचिवालय विराटनगरको तत्वावधानमा ७ कार्यदिनको मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम दोस्रो समुहको समापन भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कार्यालयको सभाहलमा आज उक्त तालिमको समापन भएको हो । समापन कार्यक्रममा बोल्नु हुदै प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले प्रदेशकै महत्वपुर्ण तथा सम्वेदनशिल स्थानमा रहेर त्रुटीरहित तबरले कार्य सम्पादन गर्नु पर्ने भएको हुँदा अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले यो तालिम संचालन गरिएको बताउदै तालिममा सिकेका ज्ञान र सिपलाई कार्यक्षेत्रमा अक्षरस पालना गरी कार्य गर्न निर्देशन दिनु भएको छ ।
समापन कार्यक्रममा प्रहरी अधिकृतहरु तथा जवानहरुको उपस्थिति रहेको थियो । उक्त तालिममा कोशी प्रदेश सभामा कार्यरत रहेका प्रहरी कर्मचारी लगायत मातहतका जिल्लाहरुमा कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २६ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०२-०४

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ३ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बिर्तामोड नगरपालिका-४ का २६ बर्षीय संजोग लिम्वुलाई ६६० मिलिग्राम व्राउनसुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का १९ बर्षीय मिङ्सो लिम्वुलाई ९ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको इलका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१ का २६ बर्षीय रुस्तम राई र धरान-१३ की भावना गुरुङलाई ४९० मिलिग्रा ब्राउनसुगर र नगद ३८ हजार ८ सय रुपैया सहित पक्राउ गरेको छ ।

लागूऔषध ब्राउन सुगर सहित २१ जना पक्राउ
२०८२-०२-०३

झापा र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ०२ गते मोरङ रतुवामाइ नगरपालिका-२ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो विराटनगर, इलाका प्रहरी कार्यालय डोरिया र इलाका प्रहरी कार्यालय  सिजुवाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ रतुबामाई-८ का ३३ वर्षीय नबिन नेपाली को साथबाट २ ग्राम ५०० मिलिग्राम, रतुवाम-९ का २५ वर्षीय  मनिस राई र  ३३ वर्षीय डिकेन्द्र तामाङको साथबाट ७ ग्राम ४ सय ३० मिलिग्राम, मोरङ पथरी शनिश्चरे-२ का ३१ वर्षीय बुद्दिराज राई र ३० वर्षीय सुर्य बि.कको साथबाट ४ ग्राम ७ सय ५० मिलिग्राम, मोरङ कानेपोखरी-७ क ३८ वर्षीय जोनी राईको साथबाट  २ ग्राम ६ सय १०मिलिग्राम, १९ वर्षीय अशोक कटुवाल र लेटाङ-६ का ३२ वर्षीय सनम राईको साथबाट ४ ग्राम ३ सय २० मिलिग्राम, उर्लाबारी-२ का ३३ वर्षीय मिलन ढकाल र ३३ वर्षीय  मुकुन्द दुलालको  साथबाट ४ ग्राम ६ सय ९० मिलिग्राम, झापा गौरादह-८ का २३ वर्षीय ओम नारायण ताजपुरियाको साथबाट १ ग्राम २ सय ७० मिलिग्राम, झापा कमल गाँउपालिका- २ का २७ वर्षीय  समिर न्यौपाने र २७ वर्षीय  निरज सुब्बाको साथबाट १ ग्राम ३ सय ६० मिलिग्राम, कमल गाँउपालिका-४ का ३०वर्षीय  इन्द्र लिम्बु र ३६ वर्षीय  सुमन राईको साथबाट २ ग्राम ८ सय ९० मिलिग्राम, झापा दमक-५ का २२ वर्षीय आशिष कुमार साह र २८ वर्षीय निरज सुबेदीको साथबाट ३ ग्राम ७ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । भने सोहीदिन उर्लाबारी नगरपालिका-४ स्थितमा  इलाका प्रहरी कार्यालय उर्लाबारीले सोहि स्थान कि ४९ वर्षीया लिला कुमारी थारु र उनको छोरा २५ वर्षीय  रंजित धामि थारु र २४ वर्षीय प्रबिन धामि थारुलाई ब्राउन सुगर  २ ग्राम ९ सय ६० मिलिग्राम, बिभिन्न सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी झापा बिर्तामोड-५ स्थितबाट लागू औषध व्यूरो काँकडभिट्टा टोलिले झापा मेचिनगर -१० का २३ वर्षीय अंकित खरेललाई १ ग्राम ७ सय २० मिलिग्राम र निषेधित औषधी ९ क्याप्सुल सहित पक्राउ गरेको छ ।            

लागूऔषध गाँजा सहित ५ जना पक्राउ
२०८२-०२-०२

सुनसरी र धनकुटाको बिभिन्न स्थानबाट लागूऔषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ १ गते सुनसरीको इलाका प्रहरी कार्यालय देवानगन्ज र प्रहरी चौकी घुस्कीबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका-७ का ५० बर्षीय मिकाईल मियालाई ५ किलो गाँजा सहित नियन्त्रंणमा लिएको छ । यसै गरी धनकुटाको प्रहरी चौकी मुलघाटले धनकुटा नगरपालिका-९ का ५१ बर्षीय राजु राईलाई २८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । सोही दिन इलाका प्रहरी कार्यालय भेडेटारले साँगुरीगढी गाँउपालिका-६ स्थितमा चेकजाँचको क्रममा शहिदभुमी गाउँपालिका-२ का २२ बर्षीय सन्तोष दर्जीलाई १२ किलोग्राम गाँजा  सहित र मोरङ सुन्दर हरैचा-१० का २६ बर्षीय जयराम सरदार, १८ बर्षीय सुदिप सरदारलाई ३ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

ट्याङ्करको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८२-०२-०२

मोरङको उर्लाबारी नगरपालिका-३ स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । जेष्ठ २ गते राती साढे ८ बजे पुर्व पश्चिम लोकमार्गमा उर्लाबारीबाट पथरी तर्फ आउदै गरेको  ग. ६ प ५०२६ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको  ना. ५ ख २१८७ नम्बरको ट्याङ्करले ठक्कर दिदा मोटरसाईकल चालक झापा दमक नगरपालिका-९ का ३६ वर्षीय मन कुमार लिम्बु गम्भिर घाईते भई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर चालक बारा जितपुरसिमरा उप-महानगरपालिका-२२ का २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।