जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण
२०७९-०७-०३
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भयो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउ धनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न र प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्न निर्देशन दिनु भयो । साथै चाडपर्वको समयमा सुरक्षा ब्यबस्था थप मजबुद बनाउन र निर्वाचन लक्षित बिशेष सुरक्षा सतर्कता अपनाउन कार्यरत प्रहरी कर्मचारी तथा तालिमरत रहेका म्यादी प्रहरीहरु समेतलाई निर्देशन दिनु भएको थियो ।