प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

२०८०-०९-०५

  • A
  • A-
  • A+
Share

झापाको हल्दिबारी गाउँपालिका- २ पाराखोपी स्थितमा हात्तीको आक्रमणबाट एक जना पुरुष मानिसको मृत्यु भएको छ । हिजो बिहान साढे ४ बजे स्थानीय ६० बर्षीय पाठल राजवंशी मर्निङवाक गएकोमा घर देखि अन्दाजि २ सय मिटर पुर्व सडक छेउको झाडीमा जंगली हात्तीले आक्रमण गरि मृत अवस्थामा रहेको खबर प्राप्त हुना साथ तत्काल घटनास्थलमा प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनी प्रकृया पश्चात लासलाई पोष्टमापटमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।