प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पिकअप दुर्घटना २ जनाको मृत्यु १ जना घाईते

२०७८-१०-१३

  • A
  • A-
  • A+
Share

ईलामको रोङ गाउँपालिका-४ मा आज बिहान भएको पिकअप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहान पौने ६ बजेको समयमा झापाबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना हुँदा पिकअपमा सवार रहेका मेचिनगर नगरपालिका-४ झापा ५५ बर्षीय रमेश थापा र ४० बर्षीय सुर्य वहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई घाईते भएका पिकअप चालकलाई उपचारको लागी वि.एण्ड सि.अस्पताल झापा तर्फ पठाइएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार
प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८०-०८-२४

मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चोकबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.२० प. १२६६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक इटहरी उप-महानगरपालिका- १९ का ३१ बर्षीय अनिल कार्की र पछाडी सवार इटहरी- २ का ३२ बर्षीय सुनिल मगरको साथबाट प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको थियो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन
२०८०-०८-२३

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ । आज कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवा भन्ज्याङ यात्रा अभियान कार्यक्रममा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनु भएको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित उक्त कार्यक्रममा कार्यक्रम स्थल, आवागमन मार्ग लगायतका स्थानहरुमा प्रहरी परिचालन गरी  कुनै अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउनका साथै त्यस्ता अवान्छित क्रियाकलाप भएमा तत्काल नियन्त्रणमा लिन निर्देशन दिनु भएको छ । यसका साथै   जिल्ला प्रहरी प्रमुखहरुले समेत आ-आफ्नो जिल्लाको बर्तमान शान्ति सुरक्षाको अवस्था र उक्त कार्यक्रम अवधिभर मिलाएको समग्र सुरक्षा अवस्थाको बारेमा प्रदेश प्रहरी प्रमुखलाई अवगत गराउनु भएको थियो ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु २ जना घाईते
२०८०-०८-२३

मोरङको सुन्दरहरैचा नगरपालिका- ४ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । हिजो राती साढे १० बजे पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश १-०२-००१ क ४५२५ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को. २० प ५८५४ नम्बरको मोटरसाईकल अचानक ठोक्किई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैचा- ७ का २५ बर्षीय भुपाल मगर, सोही मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय भिम बहादुर मगर र २८ बर्षीय बिक्रम माझीलाई उपचारको लागि घोपा धरान पठाईएकोमा उपचारको क्रममा बिक्रम माझीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।  घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।