प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बाढी तथा डुवान उद्धार अनुशिक्षण तालिम प्रथम समुहको समुद्घाटन ।

२०८२-०१-१०

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा ७ कार्य दिनको “बाढी तथा डुवान उद्धार” अनुशिक्षण तालिम प्रथम समुहको समुद्‍घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा बैशाख १० गते बिहान तालिम संयोजक प्रहरी निरीक्षक विकाश राईको प्रमुख आतिथ्यतामा उक्त तालिमको समुद्‍घाटन भएको हो । समुद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्नुहुदै तालिम संयोजक राईले दैवीक प्रकोप वर्षा याममा हुने बाढी तथा ढुवानले मानवीय र भौतिक संरचनाको ठुलो क्षेति हुन सक्ने हुँदा उद्धार कार्यमा खटिने प्रहरी कर्मचारीहरूलाई प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञान, सिप सम्बन्धी तालिम उपलव्ध गराई उद्धार कार्य प्रभावकारी बनाउन तालिम प्रदान गरी विपद व्यवस्थापनमा बाढी, पहिरो र डुवान जस्ता प्रकोपको व्यवस्थालाई अझ बढी प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देशयले तालिम संचालन गरिएको बताउनु भयो ।उक्त तालिममा कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत देखि प्रहरी जवान सम्मका ५० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-१९

झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका-५ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति नगरपालिका-१ का हरी प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका-९ स्थितबाट सोहि स्थानका बिकल राईलाई ७० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका-१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका-३ का सन्देश राउतलाई  ४१  एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-१८

झापा, सुनसरी र इलामबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित बुद्धशान्ति गाउँपालिका- ४ का प्रदिप दाहाल र अर्जुनधारा नगरपालिका- १ का सुकराज उरावलाई पक्राउ गरेको छ | इलामको प्रहरी चौकी किटेनीले इलाम नगरपालिका- ७ का समिर गोले र माइजोगमाई गाउँपालिका- ५ का मनोज खत्रीलाई २ ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका- २ का सजिब राईलाई ट्रामाडोल ९० क्यापसुल सहित उनकै घरबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।

लागू औषध ब्राउन सुगर सहित ११ जना पक्राउ
२०८३-०१-१६

झापा, सुनसरी र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १५ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा लागू औषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT, लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मे.१० प ९२९३ नम्बरको मोटरसाईकल सहित बेचबिखानमा संलग्न सोही स्थानका मन्दिप राई, उमेश तामाङ, अर्जुनधारा-४ का सनम खड्का, अर्जुनधारा-५ का ध्रुव कुमार दनुवार र बिर्तामोड-३ का विश्च राजवंशीलाई पक्राउ गरेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ बाट ८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर सहित उदयपुर बेलका-३ का प्रताप राई, त्रियुगा नगरपालिका-१२ का मोहमद इस्माइल र मोरङ कटहरी-४ का बिबेक कुमार मण्डललाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोहि स्थानका सन्देश लिम्बुलाई १ ग्राम ४५०  मिलिग्राम सहित पक्राउ गरेको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-१ बाट ८६० मिलिग्राम ब्राउन सुगर सहित फिदिम-८ का अशोक गुरूङ र राजु तामाङलाई पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।                             

अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जना पक्राउ
२०८३-०१-१५

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ स्थित रहेको क्याफेमा अनलाईन जुवा (1Xbet) खेल्ने र खेलाउने कार्यमा संलग्न  धरान- १३ का ४६ बर्षीय हेमन राई, २७ बर्षीय योगेश लिम्बु, २९ बर्षीय मिलन लिम्बु, ३१ बर्षीय शुसान्त घिमिरे, ४२ बर्षीय कुमार तामाङ, ४० बर्षीय विवेक थापा, धरान- १ का ३३ बर्षीय सुजित साह धरान-१६ का ४१ बर्षीय अशोक लिम्बु, धरान- १५ का ३५ बर्षीय भवानी दाहाल र धरान- १७ का ३१ बर्षीय प्रज्वल राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १५ थान मोवाईल बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सट्टेवाजी गर्न नहुने कसुरमा आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

१९१ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०१-१५

मोरङको विराटनगर महानगरपालिका-९ स्थित रानीबाट १९१ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । वैशाख १४ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-९ रानी स्थितबाट प्र.१-०४००२ प ०७७२ नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा भारत देश जोगबनीका ३० वर्षीय मोहम्मद अब्दुल्ला र विराटनगर महानगरपालिका-१७ का बाबु मियाँलाई १ सय ९१ ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भई रहेको छ ।