प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : लागुऔषध
लागू औषध सहित ४ जना पक्राउ
२०८३-०८-०४

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । मंसिर ०२ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टा र इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-८ का ४२ वर्षिय दिलिप राजवंशीलाई १ ग्राम ७०० मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलिले मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का १८ वर्षिय दिपेश रिसिदेवलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित, मोरङ केराबारी नगरपालिका-८ का १७ वर्षिय सुहन रम्तेललाई १ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित र ईलामको रोङ गाउँपालिका-१ का २३ वर्षिय रचित भट्टराईलाई ४ ग्राम ४६० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०८-०१

मोरङ झापा, इलाम, र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहा नेपाल भारत सिमानाका स्थितबाट पैदलयात्री भारत बिहारका ४५ वर्षीय रघुनाथ पासवान निजको ४० वर्षीया श्रीमती सकुन्तला पासवान र छोरा करण पासवानले लुकाई छिपाई ल्याउदै गरेको २९ ग्राम ४८० मिलीग्राम ब्राउन सुगर सहित तिनैजनालाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी गरामनी झापाले ४ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका-८ का ३३ वर्षीय राज कुमार चौधरीलाई पक्राउ गरेको छ । यसका साथै प्रहरी चौकी फिक्कल इलामले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-२ का ३४ वर्षीय बिशाल योगीलाई ८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय लौकहीले इटहरी-७ का २२ वर्षीय विज्ञान विष्ट र २६ वर्षीय उपेन्द्र चौधरीलाई १ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर सहित, कोशी प्रदेशको प्रादेशिक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानले र धरान उप-महानगरपालिका-८ का २१ वर्षीय अनिश धामीलाई ५२० मिलिग्राम ब्राउन सुगर सहित र धरान-११ का २७ वर्षीय समिर माझीलाई ट्रामाडोल १८५ क्याप्सुल, स्पास्पेन १८५ ट्याब्लेट सहित नियन्त्रमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०७-२८

सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । कात्तिक २७ गते सुनसरीको कोशी गाउँपालिका-१, लौकहीस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१ का २५ वर्षीय अमर दर्जीलाई ५ ग्राम ३४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय भन्टाबारीले उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का २९ वर्षीय हेम कुमार वि.क.लाई निट्राजेपाम ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी चौकी जनताबासीले इटहरी उप-महानगरपालिका-५ का २२ वर्षीय अबिनाश संकर र ४० वर्षीय रजन शंकरलाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०७-२७

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित १० जनालाई पक्राउ गरिएको छ । कात्तिक २६ गते झापाको बिर्तामोड नगरपालिका-९ घौलापुल स्थितमा अस्थायि प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-७ का २० वर्षिय राहुल शेख र १९ वर्षिय समिर मियालाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-७ का ३० वर्षिय समुएल राईलाई १ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी मधुबनले भोक्राहा नरसिंह गाउँपालिका-१ का २६ वर्षिय जिवन उराँवलाई ८१ मिलिग्राम ब्राउन सुगर सहित, अस्थायी प्रहरी चौकी तालतलैयाले इटहरी उप-महानगरपालिका-३ का रबिन भुजेल, २७ वर्षिय किशोर राई र २२ वर्षिय बिवेक माझिलाई प्रतिबन्धित औषधि निट्राजेपाम-९ ट्रयाब्लेट सहित र इलाका प्रहरी कार्यालय देवानगंज र इलाका प्रहरी कार्यालय साहेबगंजले प्र १-०२-००४ ह ९६६९  ई- रिक्सा,  को १५ प ९६५६ नम्बरको मोटरसाईकल र बि.आर ३८ ए.एन ५२६१ नम्बरको  भरतिय मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा बर्जु नगरपालिका-५ का २७ वर्षिय डोमा बस्नेत, २३ वर्षिय पवन कुमार यादव र भारत देश अररिया जिल्लाका २३ वर्षिय सोनु यादवलाई ४ किलो ५० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ ।

लागूऔषध सहित ४जना पक्राउ
२०८३-०७-२६

मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र लागूऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।कात्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले को २० प ४७२३ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक पथरीशनिश्चरे नगरपालिका–४ का ४१ वर्षीय जयराम राई र सोही स्थानकी २४ वर्षीया अस्मिता चौधरीलाई ट्रामाडोल–७५ र स्पास्पेन–७५ क्याप्सुल सहित पक्राउ गरेको हो।त्यस्तै, सुनसरीको प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको टोलीले को ३० प ८४७२ नम्बरको स्कुटर जाँच गर्दा चालक धरान उपमहानगरपालिका–१५ का २८ वर्षीय बिगेश घोर्साने र २४ वर्षीय आशिष लिम्बुलाई ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०७-२४

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २३ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ बाट अस्थायी प्रहरी चौकी बाङगेले सोहि स्थानका सुमन बस्नेतलाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने मोरङको बेलबारी नगरपालिका- ७ का अनिल कुमार चौधरीलाई प्रहरी चौकी बाहुनीले ट्रमाडोल र स्पास्पेन गरि जम्मा ८० चक्की सहित सोहि स्थानबाट पक्राउ गरेको हो । त्यस्तै उदयपुरको चौदण्डीगढी नगरपालिका- ३ बाट इलाका प्रहरी कार्यालय बेल्टारले सोहि स्थानका लक्ष्मण राई र रबिन्द्र राईलाई डाईक्लोमाईन ९० ट्याब्लेट र ट्रामाडोल ९० क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०७-२३

झापा र मोरङबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २२ गते मोरङको बेलबारी नगरपालिका- २ लालभित्तीका भोज बहादुर राईलाई इलाका प्रहरी कार्यालय बेलबारीले १८ ग्राम २४० मिलिग्राम ब्राउन सुगर सहित उनकै घरबाट पक्राउ गरेको हो भने लेटाङ नगरपालिका-८ र ९ बाट इलाका प्रहरी कार्यालय लेटाङ र अस्थायी प्रहरी चौकी जाँतेले ट्रामाडोल १६ ट्याब्लेट र स्पासपेन प्रो १६ ट्याब्लेट सहित बेचबिखनमा संलग्न अभिशेक क्षेत्री, करण मंग्राती, बिद्यानन्द सारु मगर, बसन्त मगर, बिनोद राई, हिमाल मगर र मनोज मगरलाई पक्राउ गरेको हो । त्यस्तै झापाको बिर्तामोड- ५ बाट पाँचथर हिलिहाङ गाउँपालिका- ७ का बिशाल राई र बिक्रम राईलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले ५ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्दान भईरहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०७-२२

सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते सुनसरीकोइटहरी- ५ कायुवराज भुजेल र पोष्ट कुमार विश्वकर्मालाई सोहि स्थानबाटकोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र वडा प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले३ ग्राम ६२० मिलिग्राम सहित र उदयपुरकोबेलका नगरपालिका- १ बाट अस्थायी प्रहरी पोष्ट आम्बासीलेसोहि स्थानकाप्रबिन बिश्वकार्मा, श्याम कुमार कार्की रक्षितिज कोईरालालाई१ ग्राम ०७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।सुनसरीकोदेवानगञ्ज गाउँपालिका- ३ बाट इलाका प्रहरी कार्यालयदेवानगञ्जले३१ किलो १०० ग्राम गाँजा सहित नित्यानन्द यादवलाई र जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-२ कामहादेव मेहतालाई४ किलो ८६४ ग्रामगाँजा सहित उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

बिभिन्न मुद्दाका ९ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०७-२१

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ९ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा कात्तिक २० गते मोरङबाट २ जना, झापाबाट १ जना, सुनसरीबाट १ जना, इलाम २ जना र ताप्लेजुङबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ बर्ष ९ दिन कैद सजाय र १ लाख ९९ हजार ५ सय रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०७-२०

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरिएको छ । कात्तिक १९ गते झापाको मेचीनगर नगरपालिका-६ मेचीडाँडा स्थितमा लागू औषध नियनत्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ का ४३ वर्षिय बिनोद श्रेष्ठलाई ५ ग्राम ५८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-७ का २५ वर्षिय शंकर मंडल र दमक-२ का २५ वर्षिय अतित राना मगरलाई ३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको उर्लाबारी नगरपालिका-१ का २६ वर्षिय राम कुमार परियारलाई प्रतिबन्धित औषधि स्पास्मेड-१४० ट्याब्लेट र ट्रामाडोल-१४० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले इटहरी उप महानगरपालिका-२ का २४ वर्षिय निश्चल कटुवाल र इटहरी-९ का २१ वर्षीया अन्शु पोखरेल र इटहरी- ६ का २६ वर्षिय राहुल रायलाई ३ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले ईटहरी-५ का २६ वर्षिय नबिन कार्कीलाई ४८० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी औरावनीले सुन्दरहरैचा गाउँपालिका-९ का २१ वर्षिय देवेन्द्र मगराती र देवानगंज गाउँपालिका-३ का २४ वर्षिय अजय कुमार शर्मालाइ १ ग्राम ४० मिलिग्राम गाँजा र ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका-३ का २७ वर्षीय सुशान्त राउतलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ तिलतिले स्थितमा गाँजा फडानी गर्ने क्रममा सोही स्थानमा बेवारिसे अवस्थामा ८५ वटा बोरामा २ हजार ८ सय २० किलोग्राम गाँजा फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान कार्य भई रहेको छ ।      

लागू औषध ब्राउन सुगर सहित होटल संचालक पक्राउ
२०८३-०७-१९

मोरङको विराटनगर महानगरपालिका-१२ रोडषेशबाट लागू औषध ब्राउन सुगर सहित होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १८ गते रोडषेश स्थित बिरेन्द्र होटल एण्ड लजमा लागू औषधको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले होटलमा खानतलासी गर्दा होटलको काउन्टर नजिकै रहेको कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ४८ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु बरामद भए संगै होटल संचालक विराटनगर महानगरपालिका- ११ का ३५ बर्षीय निकु सिंहलाई पक्राउ गरिएको हो । पक्राउ परेका उनको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-१८

सुनसरी र ओखलढुङ्गा जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाइ पक्राउ गरिएको छ।कात्तिक १७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले २२ किलो ९७६ ग्राम लागू औषध गाँजा सहित हरीनगर गाउँपालिका-१ का १९ वर्षिय नितेष कुमार मुखिया र ३२ वर्षिय सुनिल मलालाई पक्राउ गरेको छ । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-४ हलगडा स्थितबाट सोही स्थानका २० वर्षिय अविनाश रोनियार साहलाई २ ग्राम ५ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-२ का २५ वर्षिय सजिव राईलाई २ ग्राम ५७५ मिलिग्राम ब्राउन सुगर सहित, बराहक्षेत्र-३ का २७ वर्षिय लक्ष्मण थिङ,२२ वर्षिय राकेश काफ्ले, २३ वर्षिय रबिन कार्कीलाई प्रतिबन्धित औषधि ट्रामाडोल-१०० ट्याब्लेट र स्पास्पेन-११० ट्याब्लेट सहित पक्राउ गरेको छ ।यसकासाथै ओखढुङ्गाको मोलुङ गाउँपालिका-३ देउराली स्थितमा सोही स्थानका १८ वर्षिय जिवन कुमार नेपाली र २३ वर्षिय सुजन तामाङलाई ४ किलो ५२० ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरले पक्राउ गरेको छ ।पक्राउ परेको सबैजनाको थप अनुसन्धान कार्य भई रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०७-१७

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ ।कात्तिक १६ गते चेकजाँचको क्रममा झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितमा मेचीनगर-१० का मेहबुब आलमलाई ११ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय झिलझिलेले शिबसताक्षी नगरपालिका-५ का राजेन्द्र गणेश र शिवसताक्षी-६ का गंगाराम मर्डीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१० का रुपेश सार्कीलाई २ ग्राम ब्राउन सगुर सहित र इलाका प्रहरी कार्यालय लौकही सुनसरीले धनकुटा सागुरीगढी गाउँपालिका-६ का स्याङवो तामाङ र पाँचथर याङवरक गाउँपालिका-१ की निश्मा राईलाई ११ ग्राम १३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा सहित ट्रक नियन्त्रण
२०८३-०७-१७

उदयपुरको बेलका नगरपालिका-८ मैनामैनी स्थितबाट ७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक १५ गते बेलुका विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश रामपुर उदयपुरबाट परिचालित टोलीले मैनामैनी-कोठु भित्रि सडक खण्डमा प्रदेश १-०२-००२ ख ०२०६ नम्वरको ट्रक रोकी चेकजाँच गर्ने क्रममा ट्रकमा कालो प्लाष्टिकले छोपी २४६ वटा प्लास्टिकको बोरामा प्याक गरी लोड गरेको अवस्थामा ७ हजार ८ सय २६ किलो ८१० ग्राम गाँजा बरामद गरेको हो । बरामद भएका लागू औषध गाँजा र ट्रक इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा आवश्यक कानूनी कारवाहीको लागि बुझाएको छ । ट्रकमा गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न चालक तथा अन्य व्यक्तिको खोज तलास तथा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०७-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १५ गते सुनसरीको ईनरुवा नगरपालिका-४ बसचोकबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट ईनरुवा बसपार्कले पैदल यात्री उदयपुरको बेलका-४ का नबिन राई र सुनिल राईलाई १७ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित र मोरङको सुन्दरहरैचा नगरपालिका-१२ बाट इलाका प्रहरी कार्यालय बेलबारीले सोहि स्थानका दिपक खवासलाई १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । झापाको शिवसताक्षी नगरपालिका-९ यलम्बर चोकबाट सोहि स्थानका बादल भन्ने हेन्जिङ जबेगूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरको थप अनुसन्धान भईरहेको छ ।

२ राउण्ड हावाई फायर गरी गाँजा सहित ओसार पसारमा संलग्न ५ जना पक्राउ
२०८३-०७-१६

सुनसरीको धरान उप-महानगरपालिका-२० च्यान डाँडाबाट २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा ओसार पसारमा संलग्न ५ जना र २ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक १६ गते बिहान ३ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दुई वटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको अवस्थामा देखि रोक्न खोज्दा गाँजा बोकी भाग्न खोजे पछि प्रहरीले नियन्त्रणमा लिन पेस्तोलबाट २ राउण्ड हावाई फायर गरी ओसार पसारमा संलग्न ५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका चालक सप्तरी डाक्नेश्वरी नगरपालिका-१० का २४ बर्षीय रामसागर कुमार यादव,  छिन्नमस्ता गाउँपालिका-६ का ५९ बर्षीय राज कुमार साह, राजगढ गाउँपालिका-१ का ४५ बर्षीय राजेन्द्र प्रसाद मण्डल, धरान-११ का २१ बर्षीय अमृत बिशुङखे र भारत बिहारका ३८ बर्षीय सन्तोष ठाकुर सहित  २०९ किलो ४२ ग्राम गाँजा र ओसार पसार गर्न प्रयोग गरिएको बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरको सवारी साधन नियन्त्रणमा लिईएको छ ।

१०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जना पक्राउ
२०८३-०७-१६

मोरङको जहदा गाउँपालिका-१ भुटाहा चोकबाट १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका-२ का १९ बर्षीय प्रवेश कुमार राजवंशी रहेका छन् ।  कार्तिक १५ गते दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको पैदल यात्री राजवंशीलाई चेकजाँच गर्दा निजको साथबाट र घरबाट समेत गरी १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०७-१०

मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाइ पक्राउ गरिएको छ । कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-७ झुलुङगे पुल स्थितमा प्र १-०२-००३ अ ६४९६ नम्बरको सिटि रिक्सालाई चेकजाँच गर्दा सोही स्थानका २४ वर्षिय देब मण्डललाई २८ किलो ४५० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी ईनरुवाले धनार उप-महानगरपालिका-५ का २६ वर्षिय बिशाल अछामी र ३८ वर्षिय बिरु लिम्बुलाई  ४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषधसहित ५ जना पक्राउ
२०८३-०७-०९

सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ५ जनालाई पक्राउ गरिएको छ।कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले इनरुवा नगरपालिका–४ मा चेकजाँच गर्ने क्रममा इटहरी उप-महानगरपालिका–१२ का ३५ वर्षीय रबिन चौधरी, रामधुनी नगरपालिका–७ का ३० वर्षीय टार्जन चौधरी र ईनरुवा-८का १९ वर्षिय साहदिन हुसेनलाई ९ ग्राम ५७० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ।त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–११ का २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझीलाई प्रतिबन्धित औषधि ट्रामाडोल ३०० ट्याब्लेटसहित पक्राउ गरेको छ।पक्राउ परेका सबैको थप अनुसन्धान भइरहेको छ।

प्रतिबन्धित औषधिसहित ३ जना पक्राउ
२०८३-०७-०७

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। कात्तिक ५ गते मोरङको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकका २७ वर्षीय समिर राईलाई स्पास्पेन ३७० ट्याब्लेट र ट्रामाडोल ३८० ट्याब्लेट सहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको धरान उप-महानगरपालिका–५, देउराली मंगल चोकका २६ वर्षीय उत्तम राई र १७ वर्षीय सागर राईलाई ट्रामाडोल ३६० ट्याब्लेट र स्पास्पेन ३६२ ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिबन्धित औषधि सहित २ जना पक्राउ
२०८३-०७-०१

मोरङको पथरीशनिश्चरे नगरपालिका-५ त्रिवेणी चोक स्थितबाट असोज ३१ गते प्रतिबन्धित औषधि सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले भैराहाबाट सुगा तर्फ आउदै गरेको को २० प ४७२३ नम्बरको स्कुटरलाई संकालागी चेकजाँच गर्ने क्रममा सुनसरीको धरान उप-महानगरपालिका-६ पानमाराका २७ वर्षीय पुरन मगर र पथरीशनिश्चरे-५ का २२ वर्षीय दुर्गा ऋषिदेवको साथबाट ट्रामाडोल ९९० क्याप्सुल र निट्राजेपाम ४८ क्याप्सुल फेलापारी स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-०१

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट असोज ३० गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का सागर परियार, रूबिन लावती र बेलबारी-२ का बिप्लब खवासलाई ६ चक्की प्रतिबन्धित औषधी सहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने प्रहरी चौकी रमाईलो मोरङले लेटाङ नगरपालिका-३ का ३३ वर्षीय फिरोज कुमार बि.कलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो.नजामलाई  ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित इटहरी उप-महानगरपालिका-९ बसपार्क स्थितबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका-०६ का २७ वर्षीय बिप्लब थापालाई प्रतिबन्धित औषधी ११२ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

१ हजार ९९ किलो ८४० ग्राम गाँजा बोकेको २ वटा पिकअप सहित १ जना पक्राउ
२०८३-०६-२७

उदयपुरको छुट्टा छुट्टै दुई स्थानबाट १ हजार ९९ किलो ८४० ग्राम गाँजा बोकेको २ वटा पिकअप गाडी सहित ओसार पसारमा संलग्न १ जनालाई पक्राउ  गरिएको छ । असोज २६ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-१ चारघरे स्थितमा संकित अवस्थामा सडक छेउमा रोकी राखेको बा. १४ च २२५५ नम्बरको बोलेरो पिकअप गाडीको डालामा २९ वटा बोरामा प्याकगरी राखेको अवस्थामा ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको थियो । त्यसैगरी बेलका नगरपालिका-५ देउराली स्थितमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र. १-०२-००२ च ५२९० नम्बरको पिकअप गाडीमा धानको भुसको बोरामा लुकाई छिपाई राखेको १ सय ५९ किलो ४०० ग्राम गाँजा सहित चालक सप्तरी सप्तकोशी नगरपालिका-८ का २८ वर्षिय पशुपति साफीलाई पक्राउ गरेको छ । ओसार पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको छ ।

७ सय ८ किलो ७७० ग्राम लागू औषध गाँजा बरामद
२०८३-०६-२६

उदयपुर र मोरङबाट ७ सय ८ किलो ७७० ग्राम गाँजा प्रहरीले वरादम गरेको छ भने संलग्न १ जनालाई पक्राउ गरेको छ । असोज २५ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका- ६ स्थितबाट (५ बोरा) १०० किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न ताप्ली गाउँपालिका- २ का २२ बर्षीय विश्वराज राईलाई पक्राउ गरेको छ । त्यसै गरी मोरङको जहदा गाउँपालिका-४ बाट प्रदेश १-०१-००१ च ७४२२ नम्बरको पिकअप गाडीमा तरकारीको बिचमा लुकाई छिपाई राखेको (१९ बोरा) ६ सय ८ किलो ७७० ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ भने ओसार पसारमा संलग्न चालकको खोजी कार्य भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८३-०६-२६

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते चेकजाँचको क्रममा मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ स्थितबाट भारत बिहार अररियाका राजेश कुमार राय र राधा कृष्ण रायलाई  ५२ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी झापाको लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले इलामको माई नगरपालिका-२ का डिक कुमार कोईराला, अर्जुनधारा- ६ का सुजन खवास, पदम राई र पुर्ण बहादुर राईलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने प्रहरी चौकी फुलबारीले मोरङ रतुवामाइ-१० का अनिष गुरुङ र रेजिना तोलाङ्गीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।  

१०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८३-०६-२२

मोरङको विराटनगर महानगरपालिका-११ अल्का मार्ग स्थितबाट १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २१ गते दिउँसो लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र CRV केसलियाबाट खटिएको प्रहरी टोलीले भारत अररिया नरपथगंजका २३ बर्षीय मनोहर यादव, सुनसरी देवानगंज गाउँपालिका-२ का २२ बर्षीय अर्बिन्द्र कुमार यादव र २३ बर्षीय अनिल कुमार यादवलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा प्लाष्टिक भित्र लुकाई छिपाई राखेको १०१ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०६-२२

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध सहित १० जनालाई पक्राउ गरिएको छ । असोज २१ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-८ का दिपक कुमार साह, दमक-२ का निक्सल देवान, दमक-५ का राहुल गुरूङ र कमल गाउँपालिका-४ का अरुङ राईलाई ३ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-१९ स्थितबाट प्रदेशीक अनुसन्धान समुह र प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले इटहरी-१९ का अमन चौधरीलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-३ का पुजन राजधामी, रमित राजधामी र समिर राजधामीलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१८ स्थितबाट भारत अररियाका प्रवेश कुमार साह र सुरेश कुमार साहलाई २४ किलो ४०० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजना को थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा बरामद
२०८३-०६-२१

 भोजपुर, धनकुटा र मोरङबाट ८ सय ५ किलो ८२९ ग्राम लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । असोज २० गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी गस्ती टोलीले  हतुवागढी गाउँपालिका-९ स्थित धिरिङ खोला छेउबाट ६ वटा प्लास्टिको बोरामा प्याक गरी राखेको २ सय ४४ किलो ७७९ ग्राम गाँजा सहित आमचोक गाउँपालिका-७ का एकराज मगरलाई नियन्त्रणमा लिएको छ । सोही दिन धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाँउपालिका-६ स्थित भित्रि सडक खण्डमा दुर्घटना भएको बा. १३ च ६२७५ नम्बरको स्कर्पियो गाडीमा बोरामा प्याक गरी राखेको अवस्थामा ३ सय ४१ किलोग्राम गाँजा बरामद गरेको छ भने संलग्न व्यक्तिको खोजी कार्य भईहरको छ । यसै गरी मोरङको जहदा गाउँपालिका-१ स्थित धान खेतमा बेवारिसे अवस्थामा रहेको २ सय २० किलो ५० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०६-२१

झापा,मोरङ, सुनसरी, धनकुटा, उदयपुर,भोजपुर र ताप्लेजुङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरिएको छ। असोज २० गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीले मेचीनगर नगरपालिका-१० का अभिषेक चौधरीलाई ५ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित, मोरङको लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले केराबारी नगरपालिका-९ का नविन राई र केराबारी-१ का मणिराज गुरुङलाई ४ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित  पक्राउ गरेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-५ का रोहित श्रेष्ठलाई २ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा  सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१७ का राजन राई र इच्छा परियारलाई १७० मिलिग्राम ब्राउन सुगर सहित र प्रदेशीक अनुसन्धान समुह, विराटनगरले धरान- ४ का अर्जुन श्रेष्ठ, धरान-७ का दिपक मगर र धरान-१५ का  बाबुराम बयलकोटीलाई ट्रामोल ८०० क्याप्सुल र डिकोलिक ८०० ट्रयाब्लेट सहित र उदयपुरको इलाका प्रहरी कार्यालय ठोक्सिल्लाले बेलका नगरपालिका-४ का सबिन राईलाई ट्रामाडो-९०० क्याप्सुल सहित पक्राउ गरेको छ । र भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारले आमचोक नगरपालिका ७का १९ वर्षिय एकराज मगरलाई २ सय ४४ किलो ७७० ग्राम गाँजा सहित पक्राउ गरेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२०

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । असोज १९ गते झापाको लागु औषध व्युरो नियन्त्रण काकँडभिट्टा र प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका ९ का ३८ वर्षिय सन्तोष चौधरी, ३० वर्षिय बिकास चौधरी र झापा गाउँपालिका ५ का २७ वर्षिय संजय दनुवारलाई ४ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर सहित, भारत देश किशनगंज थानाका २८ वर्षिय फिरोद आलमलाई २५ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले इटहरी उप-महानगरपालिका- २ का ३३ वर्षिय योगेन मगरलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर र जहदा गाउँपालिका १ कुडरीया स्थितमा बेवारिसे अवस्थामा बोरामा ८४ किलो ८५० ग्राम लागू औषध गाँजा फेला पारेको छ भने इलाका प्रहरी कार्यालय उर्लाबारीले मिक्लाजुङ गाउँपालिका ७ का ३१ वर्षिय धिरेन मगरलाई ८१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। यसैगरी प्रादेशिक अनुसन्धान समुह र सुनसरीको इलाका प्रहरी कार्यालय ईटहरीको संयुक्त प्रहरी टोलीले इटहरी उप-महानगरपालिका ४ का ३० वर्षिय अनिष श्रेष्ठलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी तिनकुनेले धरान उप-महानगरपालिका- ३ का २८ वर्षिय अनिष शाक्य र १६ वर्षिय रवि सहनीलाई ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा बोकेको ट्रक सहित चालक र सहचालक नियन्त्रणमा
२०८३-०६-१९

सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछी स्थितबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रक सहित संलग्न चालक र सहचालक लाई नियन्त्रणमा लिएको छ । असोज १८ गते राती ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी चेकिङ टोलीले ‍पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना. ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा बन्दाकोबीले छोपेको अवस्थामा प्लास्टिकको ८३ वटा बोरामा २ हजार ५ सय ६६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो । ट्रकमा लागूऔषध गाँजा बरामद भएसंगै उक्त ट्रक सहित ओसार पसारमा संलग्न चालक धनकुटा शहिदभूमी गाँउपालिका-२ का राजु राई र सहचालक सोही स्थानका सन्दिप राईलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०६-१९

कोशी प्रदशका विभिन्न जिल्लाहरुबाट लागू औषध सहित १४ जना लाई पक्राउ गरिएको छ । असोज १८ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा प्र.१-०२-०४३ प ८७३८ नम्बरको मोटरसाईकलमा सवार इलाम नगरपालिका-१०का सरोज बनियालाई ५ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले सुन्दरहरैचा नगरपालिका-११ का विशाल बस्नेतलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित, धरान-९ का नरेश खडगी र कृष्ण राईलाई ४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित, केराबारी गाउँपालिका-६ का शुसान्त वि.क. र  निर्मल तामाङलाई ४ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा प्रदेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका-५ का कृष्ण कुमार पासवानलाई ९ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का अरुण मणडल र बिवेक धिमाललाई १ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-८ का बिमलराज धामीलाई २ ग्राम ८१० मिलिग्राम ब्राउम सुगर सहित र जिल्ला प्रहरी कार्यालय धनकुटाले चौबिसे नगरपालिका-६ का उपहार राई, शशिहाङ राई र साँगुरीगढी-५का सलुन राईलाई २०० चक्की प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-११ का महेन्द्र कार्कीलाई ८८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही  भईरहेको छ ।      

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-१७

झापा, सुनसरी र पाँचथरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १६ गते सुनसरीको हरिनगरा गाउँपालिका- ७ स्थित बाँसघारीमा बेवारिसे अवस्थामा रहेको ६१ किलोग्राम लागू औषध गाँजा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र प्रहरी चौकी घुस्कीहाटले  बरामद गरेको  हो । त्यस्तै झापाको बिर्तामोड- ४ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीले प्र.१-०१-००२ ह ३२७५ नम्बरको सिटी चालक मोरङ कटहरी गाउँपालिका-  ४ का निजाम मिया, सिटीमा सवार सुगन्दा मण्डल र इलामकी लक्ष्मी दर्जीलाई ७ ग्राम ०७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका- १ बाट ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ५४० ट्याब्लेट सहित बेचबिखनमा संलग्न हिलिहाङ गाउँपालिका- ७ का उज्वल तिम्सिना र ३ जना बलाकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०६-१४

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । असोज १३ गते झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-५ स्थितबाट दमक-८ का २५ वर्षिय सुधिर शर्मालाई ३७० मिलिग्राम ब्राउन सुगर सहित, दमक-४ का ३३ वर्षिय अनित राईलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी गरामनिले विर्तामोड नगरपालिका-८ का २९ वर्षिय यादन बि.क र सिन्धुपाल्चोक बागमती नगरपालिका-१० का ३३ वर्षिय सविन गोलेलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका-१६ का ३५ वर्षिय निकेश रितेश तामाङलाई ट्रामोडोल- १०० क्याप्सुल प्रतिबन्धित औषधि सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८३-०६-१३

मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । असोज १२ गते चेकजाँचको क्रममा मोरङको प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-५ का मो. साकिम र २० वर्षिय मो. साहिललाई १९५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-१९ का मनिष योगीलाइ ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी -११का सुमित गुरुङ र इटहरी-१२ का अजय कुमार चौधरीलाई ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

बिभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-१२

विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ७ जना फरार प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोज तलासको क्रममा असोज ११ गते सुनसरीबाट ३ जना,  झापाबाट २ जना र मोरङबाट २ जना पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ९ वर्ष १० महिना ५ दिन कैद सजाय र ३५ हजार ७ सय जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाएको छ ।  

लागू औषधसहित १० जना पक्राउ
२०८३-०६-१२

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित १० जनालाई पक्राउ गरिएको छ । असोज ११ गते  चेकजाँचको क्रममा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले  अर्जुनधारा नगरपालिका-८ का प्रमोद साह र राज बिष्टलाई १० ग्राम २०० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले मेचीनगर नगरपालिका-६ का सुरेश उराउलाई ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१९ का पुजन श्रेष्ठलाई १ ग्राम १३० मिलिग्राम ब्राउन सुगरसहित र अस्थायी प्रहरी चौकी इनरुवाले इटहरी-१ का सुरज माझी, तोरण माझी र मनिष माझीलाई ५ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१६ बाट भारत, दरभंगाका राकेश कुमार साहलाई ३० ग्राम ३० मिलिग्राम गाँजासहित, धरान-१३ का राजु बिश्वकर्मालाई ६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर र नाइट्राभेट–६० ट्याब्लेट प्रतिबन्धित औषधिसहित र कोशी प्रदेश प्रहरी कार्यलय बिराटनगरको प्रादेशीक अनुसन्धान समुह र प्रहरी चौकी डाँगीहाटको संयुक्त प्रहरी टोलीले बेलबारी-४ का योगेश लिम्बूलाई ३७७ ट्याब्लेट प्रतिवन्धित औषधी सहित पक्राउ गरेको छ ।

५ बुङ्ग तास सहित १३ जना पक्राउ
२०८३-०६-१२

सङ्खुवासभा र धनकुटाबाट ५ बुङ्ग तास र नगद २ लाख ४ हजार ३८० रुपैयाँ सहित तास खेल्ने १३ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । असोज ११ गते जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको प्रहरी टोलीले खाँदबारी नगरपालिका-८ जिरो प्वाइन्ट स्थित मान बहादुर तिवारीको घरमा तास खेलिरहेको अवस्थामा १ बुङ्ग तास र नगद ८९ हजार ८३० रुपैयाँ सहित घर धनी मान बहादुर तिवारी, सोही स्थानका टिकाराम तिवारी, देवेन्द्र श्रेष्ठ, सिलिङचोङ-५ का दिनेश कार्की, र बसन्त राईलाई पक्राउ गरेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी टोलीले धनकुटा नगरपालिका-१ हिले स्थित सिताराम श्रेष्ठको घरको कोठा भित्र तास खेलिरहेको अवस्थामा धनकुटा नगरपालिका का मोहन बहादुर वि.क., रमेश राई, सविन तामाङ, तेज बहादुर मगर, रमेश भण्डारी, दिपेन्द्र मगर, रमेश कार्की र महालक्ष्मी नगरपालिका-८ का रामकाजी बि.क.लाई ४ बुङ्ग तास, गोटी ११९ वटा र नगद १ लाख १४ हजार ५५० रुपैयाँ सहित पक्राउ गरेको छ । तास सहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारवाही भइरहेको छ ।

लागूऔषधसहित ८ जना पक्राउ
२०८३-०६-११

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जनालाई पक्राउ गरिएको छ। असोज १० गते मोरङको विराटनगर महानगरपालिका–३ स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय मोरङको संयुक्त प्रहरी टोलीले इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियो गाडीमा ३ सय ९८ किलोग्राम लागूऔषध गाँजा फेला पारेको छ भने चालकको खोजी भइरहेको छ। त्यसैगरी, इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–१ का २३ वर्षीय बामदेव दर्जी र २६ वर्षीय सबिन सूर्य मगरलाई १ ग्राम ६ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–१० का ३१ वर्षीय रोशन उदास सिकर्मीलाई नाइट्रोजेपाम ८२ ट्याब्लेटसहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–७ का २१ वर्षीय अनुज कुमार सिंहलाई ३ सय ६० मिलिग्राम ब्राउन सुगरसहित तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले मोरङको रतुवामाई नगरपालिका–४ का २९ वर्षीय सन्तोष मोक्तान, बराहक्षेत्र नगरपालिका–६ का २९ वर्षीय चन्दन कुमार बहरदार र उदयपुरको त्रियुगा नगरपालिका–३ का २९ वर्षीय दीपक दनुवारलाई ८ ग्राम १ सय १० मिलिग्राम ब्राउन सुगर, एन्टिकफ–३०० ट्याब्लेट प्रतिबन्धित औषधि तथा प्रदेश ०२–०५९ प १२८५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–५ का २३ वर्षीय निशान सार्कीलाई ट्रामाडोल १६० क्याप्सुल र स्पास्पेन १६० ट्याब्लेट प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले कोशी गाउँपालिका–७ स्थितमा गस्ती गर्ने क्रममा धान खेतको छेउबाट ३० किलोग्राम गाँजा फेला पारेको छ। पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०६-१०

झापा र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ ।असोज ९ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१२का २६ वर्षिय सरोज थापा मगरलाई ६ ग्राम २८० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी जलथलले अर्जुनधारा नगरपालिका-८का २७ वर्षिय महमत सुलेमानलाई २ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।त्यसैगरी उदयपुरको बेलका नगरपालिका-९ स्थितबाट इलाका प्रहरी कार्यालय रामपुरले सोही स्थानका ३२ वर्षिय युवराज राईलाई १२ किलोग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ ।पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ ।

लागूऔषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा
२०८३-०६-०७

सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरा स्थित कोशी लोकमार्गबाट ४ सय ५० किलोग्राम गाँजा बोकेको बा.२ च ९५७३ नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । असोज ६ गते राती प्रहरी चौकी तरहराबाट  गस्तीमा खटिएको प्रहरी टोलीले कोशी लोकमार्गमा रोकी राखेको बा.२ च ९५७३ नम्वरको एम्बुलेन्सलाई शंका लागी चेकजाँच गर्ने क्रममा एम्बुलेन्स भित्र १५ वटा प्लास्टिकको पोको बनाई राखेको ४ सय ५० किलोग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै उक्त एम्वुलेन्स नियन्त्रणमा लिएको छ भने ओसार पसारमा संलग्न चालकको खोजी कार्य भईरहेको छ ।

ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०६-०७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । असोज ६ गते विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले प्रदेश १-०२-०५५ प ४६६ नम्बरको स्कुटरमा सवार धरान-१२ का सुनिल क्षेत्री र धरान-१९ का रुदिन भूजेललाई चेकजाँच गर्ने क्रममा सुनिल क्षेत्रीले मलद्वारमा लुकाई राखेको ब्राउन सुगर ५ ग्राम २८० मिलिग्राम बरामद गरेको थियो । प्रतिवन्धित लागूऔषध ब्राउन सुगर बरामद भएसंगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०६-०६

सुनसरी, धनकुटा  र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट असोज ५ गते लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थितबाट सोही स्थानकी अन्सु राईलाई ७ किलो ५०० ग्राम लागू औषध गाँजा सहित, इलाका प्रहरी कार्यालय धरानले  धरान उप-महानगरपालिका-१६का २४ वर्षिय कबिर सहनी, धरान-१४ का सुनिल दाहाल र धरान-१३ का सुचम्वर राईलाई १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर र बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ हजार २०४  ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी धनकुटाको प्रहरी चौकी अखिसल्लाले शहिदभुमी गाउँपालिका-७ का २१ वर्षिय प्रगत राईलाई ट्रामोल-२९० क्याप्सुल र स्पास्पेन-२९० क्यापसुल सहित, प्रहरी चौकी मुलघाटले भोजपुर टेम्केमैयुङ गाउँपालिका-१ का २२ वर्षिय भोला राई र भोजपुर नगरपालिका-६ का २४ वर्षिय प्रविन राईलाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरले बेलका नगरपालिका-४ स्थितबाट बा ६२ प ११८२० नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र नाट्राजेपाम २० ट्याव्लेट र ट्रामाडोल १५१० क्याप्सुल प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा बेचविखनमा संलग्न १ जना पक्राउ
२०८३-०६-०६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र इलाका प्रहरी कार्यालय धरानबाट परिचालित प्रहरी टोलीले लागू औषध बेचविखनमा संलग्न १ जनालाई पक्राउ गरेको छ । असोज ५ गते अपरान्ह धरान-१४ बिजयपुर डाँडा स्थितमा लागू औषध गाँजा बेचविखन भईरहेको भन्ने सुचनाको आधारमा परिचालित प्रहरी टोलीले भोजपुर घर भई बिजयपुर डाँडा स्थितमा कोठा भाडा लिई बस्दै आएका २३ बर्षीय रितेश राईको कोठा खानतलासी गर्दा  ६३० ग्राम लागू औषध गाँजा, डिजिटल तराजु १ थान  र गाँजा बेचबिखन गरेको अबैध रकम ८ लाख ८७ हजार ७ सय रुपैंया बरामद गरेको थियो । गाँजा सहित पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०६-०५

सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । असोज ५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको मिक्लाजुङ गाउँपालिका-५ का ३१ वर्षिय निरोज माली र ३० वर्षिय दिपेश नेपालीलाई ट्रामाडोल-५३० क्यापसुल , नाईट्रोजापाम- १० ट्याबलेट प्रतिबन्धित औषधि र १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उप-महानगरपालिका-५ का २३ वर्षिय बसन्त खत्रीलाई ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको तिनैजनाको थप अनुसन्धान भइ रहेको छ ।  

लागू औषध सहित १४ पक्राउ
२०८३-०६-०४

झापा, मोरङ, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट असोज ३ गते १४ जनालाई लागू औषध सहित पक्राउ गरिएको छ ।झापाको मेचिनगर नगरपालिका-७ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ४४ वर्षिय नारायण किसानलाई १० ग्राम ९ सय मिलिग्राम लागू औषध ब्राउन सुगर,  ३३ वर्षिय संजित राजबंशि र ३१ वर्षिय प्रबिण उराउलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र  इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-१ का २५ वर्षिय किरण साम्बा लिम्बु र २५ वर्षिय रोशन राईलाई १ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का २३ वर्षिय करण राईलाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित, ६६ वर्षिय सुक्र बहादुर तामाङ र २५ वर्षिय सन्दिप राईलाई ३१ ग्राम ११० मिलिग्राम लागू औषध गाँजा सहित र प्रहरी चौकी सिक्टिले कानपोखरी गाउँपालिका-६ का २४ वर्षिय विक्रम गुरुङ र २१ वर्षिया केविना गुरुंङलाई ५ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालीका -१० स्थितबाट को १ च ८२७९ नम्बरको टाटा पिकअपमा राखेको १ हजार ४ सय ५४ किलो ८७० ग्राम लागू औषध गाँजा फेला पारी चालक भोक्राहानरसिंह -५ का ३० वर्षिय राम बहादुर यादवलाई पिकअप सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले देश भारत बिहार का २० वर्षिय बिपिन कुमार यादवलाई ८३० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका-९ का ३४ वर्षिय मौसम लिम्बु र ३४ वर्षिया मनिसा लिम्बुलाई ५४० मिलिराम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषघ सहित ४ जना पक्राउ
२०८३-०६-०३

झापा र धनकुटाबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०२ गते झापाको दमक नगरपालिका- ५ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दमक- ५ का सुजन माझी, सुविन कुमाल र कुल प्रसाद सिवाकोटीलाई फेला पारी चेकजाँच गर्दा सुजन माझीको साथबाट लुकाई छपाई राखेको अवस्थामा ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर फेला पारी तिनै जनालाई नियन्त्रणमा लिएको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाले महालक्ष्मी नगपरालिका- ८ घर भई हाल धनकुटा- ६ स्थित बस्दै आएका उज्वल थापालाई प्रतिबन्धित लागू औषध ट्रामोल, स्पास्पेन गरी जम्मा ४०८ क्याप्सुल सहित उनकै घरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०६-०२

झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०१ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-‍७ का प्रकाश सहनी र राहुल राजवंशीलाई ४ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- १ का २९ बर्षीय मन कुमार राई र २६ बर्षीया रेखा थापालाई ९५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा धनकुटाको प्रहरी चौकी हिलेले सुनसरी बराहक्षेत्र नगरपालिका-२ का मनिष अधिकारी, अजय साह, भोजपुरका सन्तोष खड्का र पवन रोकालाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट सखुवागाछीले इनरुवा नगरपालिका-५ का अर्जुन चौधरी र धनकुटा साँगुरीगढी-९ का प्रबिन राईलाई ९४० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।  

हुण्डी कारोवारमा संलग्न २ जना पक्राउ
२०८३-०६-०२

जिल्ला प्रहरी कार्यालय सुनसरीले हुण्डी कारोवारमा संलग्न मोरङको विराटनगर महानगरपालिका-१५का ५६ बर्षीय शम्भु प्रसाद साह र विराटनगर-१७ का ३५ बर्षीय सुरज प्रसाद साहलाई पक्राउ गरेको छ । हुण्डी कारोवार भईरहेको भन्ने विशेष सुचनाको आधारमा शंकास्पद मानिसहरुको बैंकिङ कारोवार विश्लेषण गर्दै जाने क्रममा शम्भु प्रसाद साह र सुरज प्रसाद साहले अन्य मानिसहरुको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी १ अर्व ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैया ८१ पैसा बरामवरको रकम हुण्डीको माध्यमबाट कारोवार गरेको देखिएको थियो । असोज १ गते पक्राउ परेका दुवै जनाको हुण्डी सम्वन्धी कारोवार गर्न नहुने, संगठीत अपराध निवारण ऐन २०७० र सम्पति शुद्धिकरण निवारण ऐन २०६४  सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-३१

झापा, मोरङ र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ३० गते झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरादह नगरपालिका-४ का बाबुराम मुर्मुलाई १ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी कुटीले बिर्तामोड-२ का समिर बस्नेतलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ अजय मादेनलाई १ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय पाँचथरले याङवरक गाउँपालिका-२ का बिशाल लिम्बु र हिलिहाङ गाउँपालिका-७ का युवराज विश्वकर्मालाई १४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०५-३०

झापा र सुनसरीबाट भदौ २९ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बिर्तामोड नगरपालिका-८ का२८ बर्षीय बिजय राजबंशीलाई  ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-३ का कुरबान शेखलाई ३ ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले चेकजाँचको क्रममा को.३१ प ८८८५ नम्बरको स्कुटरमा सवार धरान उप-महानगरपालिका-१७ का हेम राई र जय बहादुर खड्गीलाई १ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  

लागू औषध ब्राउन सुगर सहित ९ जना पक्राउ
२०८३-०५-२९

सुनसरी, झापा र मोङबाट भदौ २८ गते लागू औषध ब्राउन सुगर सहित ९ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उपमहानगरपालिका ७ स्थितबाट अस्थाई प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले तेह्रथुम छथर गाँउपालिका ५ बस्ने ३० बर्षीय संजिव दासलाई ब्राउन सुगर ३०० मिलिग्राम सहित पक्राउ गरेको छ । यस्तै सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका ६ ढलान रोड स्थितबाट इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंह टप्पुबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका ५ वस्ने २२ बर्षीय राज राई र इलाम देउमाई नगरपालिका ६ वस्ने २८ बर्षीय मदन सुवेदीलाई ब्राउन सुगर ८ ग्राम ३९० मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीकै हरिनगर गाँउपालिका ६ स्थित भित्री सडक खण्डमा प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र.१-०२-०५८ प ८३७२ नम्बरको मोटरसाईकलको डिकी भित्र ब्राउन सगुर ६ ग्राम ३३० मिलिग्राम फेला परेसगै चालक हरिनगरा गाँउपालिका ५ सुकसैना बस्ने ५५ बर्षीय श्री नारायण मेहतालाई पक्राउ गरेको छ ।यसैगरी झापाको मेचीनगर नगरपालिका ६ मेचीडाँडा स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ७ बस्ने २७ बर्षीय रबिन कटवाललाई ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम सहित र बिर्तामोड नगरपालिका ४ बिर्ताबजार बस्ने २०बर्षीय सुमन कर्मकारलाई ब्राउन सुगर ५ ग्राम ८२० मिलिग्राम सहित पक्राउ गरेको छ ।यसैगरी मोरङको विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १२ बस्ने ३२ बर्षीय राजन कामत र विराटनगर महानगरपालिका ३ बस्ने ३१ बर्षीय बिशाल अधिकारीलाई ब्राउन सुगर ५ ग्राम ५३० मिलिग्राम सहित पक्राउ गरेको छ भने मोरङकै पथरीशनिश्चरे नगरपालिका ८ झोलुङगे पुल स्थितबाट अस्थाई प्रहरी पोष्ट कुसलबजारबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका ५ बोहोरा गाँउ बस्ने ३४ बर्षीय जिबन बोहोरालाई ब्राउन सुगर ३ ग्राम २९० मिलिग्राम सहित पक्राउ गरेको छ ।लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०५-२८

झापा, मोरङ र सुनसरी भदौ २७ गते जिल्लाका विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-६ का ५३ वर्षिय संजय अग्रवाल र सोही स्थानका १८ वर्षिय अर्जुन मल्लिकलाई ७ ग्राम १४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुसलबजारबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-४ का ३७ वर्षिय सुन्दर धिमाललाई १ ग्राम ९७० मिलिग्राम र पथरीशनिश्चरे नगरपालिका-८ का २९ वर्षिय अजय मगरलाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-९ का २५ वर्षिय भजन देव रामलाई ५९० मिलिग्राम ब्राउन सुगर, ट्रमाडोल ५ ट्याब्लेट र स्पास्टिन ६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकहीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धादिङ बेनीघाट गाउँपालिका-१ का २८ वर्षिय राज कुमार थिङ तामाङलाई ३ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित २ जना पक्राउ
२०८३-०५-२७

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । झापाको इलाका प्रहरी कार्यालय अनारमनी र घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का डम्बर कुमार श्रेष्ठलाई २ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको अस्थायी प्रहरी चौकी घिनाघाटले विराटनगर महानगरपालिका-१९ का ४३ वर्षिय बलराम पासवानलाई २०० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ । यसैगरी प्रादेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान उपमहानगरपालिका-४ स्थित कोशी राजमार्ग स्थितमा बेवारिसे अवस्थामा २५ किलोग्राम गाँजा र मोरङको प्रहरी चौकी मझारेले जहदा गाउँपालिका-२ स्थितबाट बोरामा ३२ किलोग्राम ७६० ग्राम गाँजा बरामद गरेको छ ।

१०१ किलो ६४० ग्राम गाँजा सहित ५ जना पक्राउ
२०८३-०५-२६

उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट १ सय १ किलो ६४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । भदौ २५ गते त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले गाईघाटबाट कदमाहा तर्फ जादै गरेको २ वटा यात्रु वाहक विङगर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको छतमा प्लास्टिकमा प्याक गरी झोलामा लुकाई छिपाई राखेको  १ सय किलो १६४ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न संकित ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०५-२६

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको बाह्रदशी गाउँपालिका-१ खैरबारी स्थितबाट अस्थायी प्रहरी चौकी कुटिबाट खटिएको प्रहरी टोलीले को ३१ प ६१६० नम्बरको मोटरसाईकलमा सवार चालक बिर्तामोड नगरपालिका-३ का २९ वर्षिय गणेश राजवंशी र पछाडी सवार २३ वर्षिय विश्वजित राजवंशीलाई ब्राउन सुगर ३ ग्राम ६५ मिलिग्राम सहित पक्राउ गरिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-४ का २३ वर्षिय बिकास राई र सोही स्थानका २० वर्षिय सबिना लिम्बुलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषधमा संलग्न २ भारतीय नागरिक सहित ६ जना पक्राउ
२०८३-०५-२४

झापा र सुनसरी जिल्लाबाट लागू औषध ओसार पसार तथा बेचबिखनमा संलग्न २ भारतीय नागरिक सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २३ गते झापाको दमक नगरपालिका-२ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत अररियाका १९ बर्षीय महमद फिरोज र २५ बर्षीय चन्दन कुमार मण्डललाई ४१ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-११ का आदित्य दर्जीलाई ४९ मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले इटहरी-१६ की गंगा कुमारी थरुनी, इटहरी- ७ का समिर चौधरी र विरेन चौधरी समेतलाई ३१० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १२ जना पक्राउ
२०८३-०५-२३

झापा, मोरङ, सुनसरी र इलामबाट लागू औषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २२ गते सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-२ का ४० बर्षीय कर्ण बहादुर राईलाई २५ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर र प्र.०१-०२-०५१ प ४८०१ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय इटहरीले इटहरी- १० का मनोज शिबु मण्डललाई ३९० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले १९० मिलीग्राम ब्राउन सुगर सहित इटहरी- १७ का अबु खानलाई पक्राउ गरेको छ ।  सोही दिन  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय  इटहरीले इटहरी-७  का दिनेश चौधरीलाई ब्राउन सुगर ८७० मिलिग्राम र गाँजा ३ किलो ९४० ग्राम सहित उनकै घरबाट पक्राउ गरेको छ, भने झापाको इलाका प्रहरी कार्यालय सुरुङगा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले कनकाई- ४ का रोशन चौधरीलाई १० ग्राम ५६० मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका- ११ का गोबिन्द श्रेष्ठ र बिर्तामोड- ११ का कृष्ण बहादुर प्रधानलाई ९ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ५ की जमुना चौधरीलाई  १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित उनकै घरबाट पक्राउ गरेको छ भने उर्लाबारी- ४ का मान बहादुर परियार र गौरव विश्वकर्मालाई इलाका प्रहरी कार्यालय उर्लाबारीले गाँजा १ किलो २८० ग्राम सहित पक्राउ गरेको छ । इलामको प्रहरी चौकी फिक्कलले सुर्योदय नगरपालिका- ८ का मिक कुमार तामाङ र रोशन तामाङलाई ८६० मिलिग्राम ब्राउन सुगर र प्र.१-०१-००१ ह ८७४७ नम्बरको अटो सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-२२

मोरङ र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ २१ गते लागू औषध सहित ५ जनालाई पक्राउ गरीएको छ । मोरङको उर्लावारी नगरपालिका-२ स्थितबाट सोही स्थानका ३१ वर्षीय सुक राज दर्जी र २२ वर्षीय सुदिप धिमाललाई २ ग्राम ८० मिलिग्राम लागू औषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय उर्लावारीले पक्राउ गरेको छ । यसैगरी प्रहरी चौकी शनिश्चारे झापाले अर्जुनधारा नगरपालिका-७ स्थितबाट मे १ ह २४४३ नम्बरको अटो चालक सोही स्थानका ३३ वर्षीय सागर दर्जीलाई ७९० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी चौकी शरणामती झापाले ६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर सहित शरणामती-६ का २५ वर्षीय प्रेम प्रसाद खनाललाई झापा गाउँपालिका-६ स्थितबाट पक्राउ गरेको छ । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका-२ का २१ वर्षीय जनक माझीलाई १६ ग्राम  ब्राउन सुगर सहित भद्रपुर-३ स्थितबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-२१

झापा, तेह्रथुम र मोरङको छुट्टा छुट्टै स्थानहरुबाट भदौ २० गते लागू औषध सहित ४ जनालाई पक्राउ गरीएको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-१३ का २३ वर्षीय विवेक राजवंशीलाई ३ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी शरणामतीले बिर्तामोड नगरपालिका-२ का २५ वर्षीय सनम शेर्मालाई ४ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्ट चित्रे तेह्रथुमले धनकुटाको महालक्ष्मी नगरपालिका-१ का २९ वर्षीय सुजित भण्डारीलाई ट्रामाडोल ३८ क्याप्सुल र डिकोलिक ३८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरी मोरङले पथरी शनिश्चरे-८ स्थितबाट कानेपोखरी गाउँपालिका-४ का ३४ वर्षीय राज कुमार लिम्बुलाई ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१९

सुनसरी, झापा र धनकुटाबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते सुनसरीको धरान- ५ का ३१ बर्षीय मनिराज भुजेललाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानले ४ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित उनकै घरबाट पक्राउ गरेको हो भने प्रहरी चौकी कप्तानगञ्जले देवानगंज गाउँपालिका- ३ बाट देवानगंज गाउँपालिका- १ का सन्दिप कुमार मेहतालाई २१० मिलिग्राम ब्राउन सुगर र को. २५ प ७८९७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको छ । त्यस्तै झापाको दमक- ५ स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले इलाम चुलाचुली गाउँपालिका- ५ का ३५ बर्षीय हिरालाल बिश्वकर्मालाई ३ ग्राम २३० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका- ४ बाट बाह्रदर्शी गाउँपालिका- ७ का २७ बर्षीय सन्तोष क्षेत्रीलाई १ ग्राम २६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । धनकुटाको साँगुरीगढी गाँउपालिका- ६ भेडेटार चौक स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले १५ किलो ७३ ग्राम गाँजा सहित ओसार पोसारमा संलग्न साँगुरीगढी- ४ का भिम बहादुर लिम्बु, सागर लिम्बु र बीर बहादुर लिम्बुलाई को. २८ प ७२७७ र प्र.१-०२-५८ प ६०९९ नम्बरको दुई थान मोटरसाईकल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१८

मोरङ, उदयपुर र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ १७ गते लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ ।   कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय रानी मोरङको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ स्थितबाट १ ग्राम ३७० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित मोरङको केराबारी गाउँपालिका-७ का ३३ वर्षीय कमल राईलाई पक्राउ गरेको छ । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-३ का २६ वर्षीय सावन राईले लागू औषधको कारोबार गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले राईको घर खानतलाशी गर्दा ट्रामाडोल १ हजार ४ सय ५४ क्याप्सुल र डाइक्लोमाईन १ हजार ४ सय ५४ ट्याब्लेट बरामद गरे संगै राई र चौदण्डीगढी-६ का २७ वर्षीय शुभ राईलाई पक्राउ गरेको हो । यसका साथै इलाका प्रहरी कार्यालय इटहरी सुनसरीले  धादिङका २७ वर्षीय सुवास अर्याल र सिन्दुपाल्चोकका ३७ वर्षीय बिक्रम कार्कीलाई इटहरी उप-महानगरपालिका-४ स्थितबाट १९ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-२ का गौतम ऋषिदेव र सुन्दरहरैचा नगरपालिका-७ का २८ वर्षीय अमिन चौधरीलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८३-०५-१७

सुनसरीबाट लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । भदौ १६ गते सुनसरीको दुहबी नगरपालिका ११ नहर चौक स्थित भित्री सडक खण्डमा अस्थाई प्रहरी चौकी तनमुनाबाट खटिएको प्रहरी टोलीले नहर चौक देखि शुक्रबारे तर्फ जादै गरेको को २१ प ७९८० नम्बरको मोटरसाईकलबाट गाँजा २८ के.जी. बरामद गरि मोटरसाईकल चालक सुनसरी देवानगंज गाँउपालिका ३ का २३ बर्षीय एम.डी. जावेद मियालाई पक्राउ गरेको छ । यसै गरी हिजै सुनसरीको कोशी गाँउपालिका १ लौकही स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले मधुवनबाट लौकही तर्फ आउदै गरेको ना. ६० प. ५३९१ नम्बरको मोटरसाईकलबाट गाँजा १७ किलो १४० ग्राम फेला परे पश्चात मोटरसाईकल चालक भारत सुपौल पञ्चायत फत्तेपुर वडा नं. १ बस्ने २१ बर्षीय दिपक कुमार पोदारलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०५-१६

झापा, सुनसरी र धनकुटाले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । भदौ १५ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले धरान- १७ की २६ बर्षीया लक्ष्मी राईलाई ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको इटहरी- २ बाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT ले इटहरी- ४ का २१ बर्षीय सबिन मगर र धनकुटा सहिदभुमी गाउँपालिका- ३ छिङ्ताङ घर भई हाल इटहरी- २ स्थितमा बस्दै आएका २२ बर्षीय उज्वल राईलाई लागू औषध ट्रामाडोल र डिसिक्लोमाईन गरी जम्मा १२२० चक्की र प्रदेश ०१-०३-०४७ प ११०८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका- २ बाट प्र.१-०२-०४० प २८१८ नम्बरको मोटरसाईकल चालक सुनसरी धरान- १६ का २१ बर्षीय पृथक लिम्बु र मोटरसाईकल पछाडी सवार धरान- १५ का २४ बर्षीय सुयोग लिम्बुलाई ट्रामोल ३७० क्याप्सुल र डिकोलिक ३७० ट्याब्लेट सहित र पैदल यात्री छथरजोरपाटी गाउँपालिका- ४ का २२ बर्षीय कबिन लिम्बुलाई ट्रामोल ११० क्याप्सुल र डिकोलिक ११० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ । 

१ हजार १ सय २२ किलो गाँजा र बोलेरो सहित ३ जना पक्राउ
२०८३-०५-१५

इलाका प्रहरी कार्यालय कटारी उदयपुरले १ हजार १ सय २२ किलो लागू औषध गाँजा र बोलेरो सहित ३ जनालाई पक्राउ गरेको छ । भदौ १५ गते बिहान कटारी नगरपालिका-६ बाँकेटार शान्तीवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वन भित्र खोजतलास गर्ने क्रममा बा. १६ च ५२६९ नम्बरको बोलेरो र जंगलको बिभिन्न स्थानहरुमा ५२ वटा प्लास्टिको बोरामा लुकाई राखेको अवस्थामा १ हजार १ सय २२ किलो ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न ताप्ली गाँउपालिका-१ का ५५ वर्षीय राम बहादुर मगर, २१ वर्षीय नेक बहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई समेत नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा  आवश्यक कानूनी कारबाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०५-१५

झापा र मोरङबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १४ गते झापाको कन्काई नगरपालिका- ४ स्थित इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले संखुवासभा घर भई हाल दमक नगरपालिका- ५ स्थित डेरा गरी बस्दै आएका २९ बर्षीय साजन गुरुङलाई आईसक्रिमको बट्टा भित्र लुकाई छिपाई राखेको अवस्थामा २३ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका- १० बाट इलाका प्रहरी कार्यालय पथरीले मिक्लाजुङ गाउँपालिका- ७ का आयुष बोहोरालाई ९०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ८ जना पक्राउ
२०८३-०५-१४

सुनसरी र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट भदौ १३ गते लागूऔषध सहित ८ जनालाई पक्राउ गरीएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले सुनसरीको इनरुवा नगरपालिका-४ बसचोक  स्थितबाट प्र.१-०२-०४६ प २२६५ नम्बरको स्कुटर चालक ईटहरी उप-महानगरपालिका-१० का जयराम चौधरी र पछाडी सवार अनुराग चौधरीलाई ३ ग्राम १२० मिलीग्राम लागू औषध ब्राउन सुगर सहित, मोरङको सुन्दरहरैँचा नगरपालिका-६ का ३८ वर्षिय खिलाराज राई र  सुन्दरहरैँचा-९ का ३४ वर्षीय बिनोद लिम्बुलाई  ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित, CRV सोनापुरले दुहबी नगरपालिका-८ का २६ बर्षीय सन्दिप कार्कीलाई १ ग्राम ४६० मिलिग्राम, २७ वर्षीय अनिस कार्कीलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी चौकी देउराली सुनसरीले विशेष सूचनाको आधारमा धरान उप-महानगरपालिका ५ का २१ बर्षीय राजेश राईको घर कोठाबाट ३ सय ४० मिलिग्राम ब्राउन सुगर, लागू औषध गाँजा १०० ग्राम र नगद रुपैया १० हजार ६ सय ४० सहित राईलाई नियन्त्रणमा लिएको छ । यसका साथै लागू औषध नियन्त्रण ब्यूरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपलिका-३ स्थितबाट बिर्तामोड-२ का ३४ वर्षीय सरोज भट्टराईलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

लागू औषध र प्रतिबन्धित औषधि सहित ७ जना पक्राउ
२०८३-०५-१३

उदयपुर र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । भदौ १२ गते उदयपुरको बेलका नगरपालिका-५ शिखरमाडी स्थितमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ वर्षीय आशिष राईलाई ट्रामाल्याब २ सय २४ क्याप्सुल, डिक्लो स्पास - २ सय १५ ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-०३ श्रीपुर जाने बाटो स्थित जंगलको कासघारीमा त्रिपालले छोपेर राखेको बेवारिसे अवस्थामा रहेको १७ बोरामा ५ सय ७५ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-१ स्थितबाट मोरङ बेलबारी नगरपालिका-११ का ४७ वर्षीय दिनेश दाहाल र सुन्दरहरैंचा नगरपालिका-६ का १८ वर्षीय अरुण मगरलाई नाइटोसन- ७४ ट्याब्लेट, डिसिकोमाइन- ८ क्याप्सुल प्रतिबन्धित औषधि सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिका-५ का ३५ वर्षीय सुमन कार्कीको साथबाट ८ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले प्र.०१-०२-०५२ प ९४०३ नम्बरको मोटरसाइकलमा चालक बराहक्षेत्र नगरपालिका-१०का १९ वर्षीय दिप कार्की र सवार १९ वर्षीय कृष्ण आचार्यलाई ट्रामाडोल- ६ सय ५० क्याप्सुल र स्पासरेस्ट- ५० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-१२

झापा र धनकुटाबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।भदौ ११ गते राति झापाको झापा गाउँपालिका-१ लसुना स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेका प्र.१-०१-००१ प ७५०६ नम्बरको मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-२ का ३२ वर्षीय शंकर मलिक र मोटरसाइकलमा सवार सोही स्थानका २५ वर्षीय गणेश राजवंशीलाई प्रहरी चौकी कुमरखोदको प्रहरी टोलीले २ ग्राम ७६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय पाख्रिबासबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका-४ का २२ वर्षीय राकेश राई र २५ वर्षीय पवन बस्नेतलाई ४ सय ५० मिलिग्राम ब्राउन सुगर, ट्रामोल- ६० क्याप्सुल र डिकोलिक- ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-११

सुनसरी, झापा, मोरङ र धनकुटाबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले बेबारीसे अवस्थामा रहेको ४ सय १३ किलो ९८ ग्राम गाँजा बरामद गरेको छ । भदौ १० गते बिहान सुनसरीको देवानगंज गाँउपालिका-०१ मध्यहर्षाही स्थित राम जानकी मन्दिर पछाडी रहेको गाई गोठमा को कसले लागू औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालो पलाष्टिकले बेरेर सेतो बोरा भित्र राखेको ४ सय १३ किलो ९८ ग्राम औषध गाँजा बरामद गरे संगै गोठको पछाडी बेबारीसे अवस्थामा रोकेर राखेको BR 38 R 0558 नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको प्रहरी चौकी शरणामती र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले झापा गाउँपालिका-५ स्थितबाट बिर्तामोड नगरपालिका-२ चारपाने का २८ वर्षीय सनम श्रेष्ठ र मोरङको मिक्लाजुङ गाउँपालिका-१ जितपुर का २१ वर्षीय संगीत राईलाई ४ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहास्थितबाट कानेपोखरी गाउँपालिका-५ का २७ वर्षीय सन्देश राईलाई २ ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका-६ का ३३ वर्षीय रमेश वि.कलाई २ सय ९५ ग्राम गाँजा सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८३-०५-१०

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक सुवास हमाललाई साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक सुवास हमालले साउन १० गते सुनसरीको देवानगंज गाउँपालिका-३ कप्तानगंज स्थितमा विभिन्न समुदायका व्यक्तिहरूबीच झडप हुँदा उत्पन्न भएको हिंसात्मक तथा ध्वंसात्मक घटनामा तत्काल निज प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी परिचालित भई साउन २७ गतेसम्म उक्त स्थानमा खटिई प्रभावकारी, चुस्त, दुरुस्त तवरले जनशक्ति परिचालन, संवेदनशील क्षेत्रको निगरानी, निषेधाज्ञा/कर्फ्यु कार्यान्वयन गरी सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी तथा तोडफोड र जनधनको क्षति हुनबाट जोगाई समन्वय र सहकार्यमा उक्त स्थानमा हिंसा हुन नदिई उक्त घटनामा मृत्यु भएका शहिदहरूको दाहसंस्कार समेतको प्रकृयामा उचित सुरक्षा प्रबन्ध मिलाई देवानगञ्ज क्षेत्रमा थप जनधनको क्षति हुनबाट जोगाउने कार्यमा अहोरात्र खटिएको साथै इटहरी उप-महानगरपालिकाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर २३.१३ ग्राम सहित उल्लेख्य संख्यामा लागू औषध कारोवारी पक्राउ गर्न सफल भएको र विभिन्न स्थानहरुबाट भन्सार छलि गरी ल्याइएका कपडा लगायत खाद्यान्न सामाग्रीहरु बरामद गरी भन्सार कार्यालय सुनसरीमा दाखिला गराएको हुँदा दिईएको जिम्मेवारीलाई अनुशासित, व्यावसायिक र कर्तब्यनिष्ठ तवरले उच्च मनोवलका साथ प्रहरी सेवा प्रवाह गर्दै आम सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभुति दिलाउने कार्य गरी प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि त्रुटीरहित तवरले उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षक सुवास हमालबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल साउन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-१०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई पक्राउ गरिएको छ । भदौ ०९ गते झापाको लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थितमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-००२ ह ९०८३ नम्बरको सिटी सफारीलाई संका लागी चेकजाँच गर्दा ई-रिक्शाको ह्यान्डलभित्र लुकाई छिपाई राखेको ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित ई-रिक्शा चालक मेचीनगर नगरपालिका-१० बस्ने १९ वर्षीय सञ्जय दासलाई पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-१ भुटाहास्थितमा विराटनगरबाट कुल्हरियातर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००४ ह ४१३४ नम्बरको ई-रिक्शालाई चेकजाँच गर्दा २६ किलो ३३० ग्राम गाँजा फेला पारी सिटी सफारी चालक सोही स्थान बस्ने १९ वर्षीय विजय कुमार सरबरियालाई सिटी सफारी सहित नियन्त्रणमा लिइएको छ । त्यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-११ भुसकलुवास्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका समीर विश्वकर्मालाई ट्रामाडोल १ हजार ६८० ट्याब्लेट र डाइसाइक्लोमाइन १ हजार ५७० ट्याब्लेट सहित र २४ वर्षीय आशिष सरदारलाई ट्रामाडोल ८० ट्याब्लेट र डाइसाइक्लोमाइन ४० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी खनारले को २ ह ४९७२ नम्बरको अटोमा सवार धरान उप-महानगरपालिका-२० का २१ वर्षीया अञ्जली राईलाई १० किलो ३० ग्राम गाँजा सहित अटो चालक मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ५० वर्षीय विजय चौधरीलाई पक्राउ गरिएको छ भने अस्थायी प्रहरी चौकी नयाँ बसपार्कले धरान-५ देउरालीका २२ वर्षीय सूर्य लावतीलाई ट्रामाडोल १५० चक्की, डेकोलिक ५० चक्की र एन्जिन २५-  १०० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । उक्त घटनाहरू सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०५-०९

उदयपुर, झापा, सुनसरी र मोरङबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । भदौ ०८ गते झापाको अर्जुनधारा नगरपालिका-६ महानन्द चोकस्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीले इलाम चुलाचुली नगरपालिका-१ का २१ वर्षीय सन्जोक लुइटेललाई १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका-४ का २४ वर्षीय अरबस अन्सारीलाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका-१ अन्नपूर्ण चोकस्थितमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय सुमित पौदारलाई १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मुसहरीटोलस्थितमा हातमा धारिलो हतियार तरवार बोकी स्थानीयलाई त्रसित बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले १८ वर्षीय मनोज मुसहर र जिल्ला सुनसरी रामधुनी नगरपालिका-५ हात्तिसारका ३० वर्षीय मनिराज राईलाई ट्रामाडोल-२१० पिस र नाईट्रोसन - ५० पिस प्रतिबन्धित औषधी र धारिलो हतियार तरवार सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-०८

उदयपुर, झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । उदयपुरको कटारी नगरपालिका-४ स्थितमा ना.७ ख ८१७३ नम्वरको टिपरबाट १ सय ९९ किलो ३२ ग्राम गाँजा  प्रहरीले बरामद गरेको छ । भदौ ८ गते राती विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले कटारी-४ मरुवा खोला स्थितमा बेतिनीबाट कटारी तर्फ आउदै गरेको  ना. ७ ख ८१७३ नम्वरको टिपरलाई रोकी चेकजाँच गर्दा टिपरको डालामा ९ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको अबस्थामा १ सय ९९ किलो ३२ ग्राम गाँजा बरामद गरेको थियो । गाँजा बरामद भए संगै टिपर र चालक  कटारी-४ का सोम मगरलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।  यसैगरी भदौ ०७ गते झापाको प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-१ बनियाभिट्टा स्थितबाट कचनकवल गाउँपालिका-१ का २४ वर्षीय धिरेन केरुङ, २८ वर्षीय नानुङ लिम्बु, भद्रपुर नगरपालिका-४ का ३४ वर्षीय दिपेश माझी र २४ वर्षीया मिना राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र मे.३ प २३४१ नम्बरको मोटरसाइकल सहित, अस्थायी प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का ३४ वर्षीय पदम चौधरीलाई २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी शिवचोक कटानबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-४ कोशी कटानस्थित पूर्व-पश्चिम राजमार्गबाट धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का २८ वर्षीय चरन राईलाई ११ किलो १२० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको छ ।  

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०५-०७

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । भदौ ०६ गते झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्कुलटोलबाट इलाका प्रहरी कार्यालय कुमरखोदले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका शिवसताक्षी नगरपालिका-६ शिवगञ्जका २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मुर्मुलाई १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई नगरपालिका-५का २२ वर्षीय सुमनराज प्रसाईं र ३० वर्षीय सिताराम तिवारीलाई २ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३३ ग्राम ५४० मिलिग्राम गाँजा सहित र इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.३ प २८४४ नम्बरको मोटरसाइकल चालक बिर्तामोड नगरपालिका-३ का २१ वर्षीय प्रदीप टुडु, पछाडी सवार २० वर्षीय सचिन दास र बिर्तामोड नगरपालिका-१० का २२ वर्षीय संजित राजवंशीलाई २ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकस्थित पूर्व-पश्चिम राजमार्गबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको संयुक्त टोलीले को २८ प १३५ नम्बरको मोटरसाइकल चालक धरान उप-महानगरपालिका-५ का ३३ वर्षीय प्रेमबहादुर विक र पछाडी सवार ४३ वर्षीय अर्जुन राईलाई ५ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी नगरपालिका-७ रतनपुरस्थित रिस्कु–रतनपुर कच्ची सडकको छेउमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको बोराभित्रबाट ७ केलिग्राम गाँजा फेला पारेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०५-०६

झापा र मोरङबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । भदौ ०५ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थीतबाट इलाका प्रहरी कार्यालय अनारमनीले भद्रपुर नगरपालिका-५ का २३ वर्षीय अर्जुन राजवंशीलाई १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय घैलाडुब्बाले बिर्तामोड -८ सुनौलो बस्तीका ३० वर्षीय विवेक लिम्बुलाई १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ चर्तागाछीबाट शिवसताक्षी गाउँपालिका-९का १७ वर्षीय गौरव चौधरीलाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर र नाइट्रोजन ट्याब्लेट १८ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले कानेपोखरी गाउँपालिका-७ स्थीतबाट पथरी शनिश्चरे नगरपालिका-७ का ३१ वर्षीय विवेक राईलाई ३ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।  

“मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम” दोस्रो समुहको तालिम समापन
२०८३-०५-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वधानमा संचालन भएको ५ कार्य दिन अवधिको “मर्यादापालक दक्षता अभिवृद्धि अनुशिक्षण तालिम” दोस्रो समुहको भदौ ०५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रमुख अतिथि खनालले प्रदेशकै महत्वपुर्ण तथा सम्बेदनशिल स्थानमा खटिएर काम गर्ने प्रहरी कर्मचारीहरुले अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले तालिम संचालन गरिएको बताउनु हुदै तालिमबाट सिकेका ज्ञान, सिप र क्षमतालाई कार्य क्षेत्रमा अक्षरस पालन गर्न निर्देशन दिनुभयो । उहाँले तालिमरत प्रशिक्षार्थीहरूबाट उठेका जिज्ञासाहरूको समेत सम्बोधन गर्नुका साथै आवश्यक स्पष्टता समेत प्रदान गर्नु भएको थियो । तालिम संयोजक गजेन्द्र रायाले तालिम सम्बन्धि प्रतिबेदन पेश गर्नुभएको थियो भने उक्त कार्यक्रममा कोशी प्रदेश सभा सचिवालयका उप-सचिव अर्जुन घिमिरे, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, प्रदेश सहयोग कार्यक्रमका प्रतिनिधि महेश नेपाल, कोशी प्रदेशसभाका अधिकृत निरज ढकाल सहित प्रहरी अधिकृतहरुको  उपस्थिति रहेको थियो । कोशी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश सहयोग कार्यक्रम अन्तरगत भदौ १ गतेबाट  संचालन भएको ५ कार्य दिनको उक्त तालिममा २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।    

“TEA WITH TEAM” कार्यक्रम सम्पन्न
२०८३-०५-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरुबीच आपसी सद्भाव, आत्मीयता, सहकार्य र सामूहिक भावनाको विकास गर्ने उद्देश्यले ‘सहकर्मीसँग एक कप चिया “Tea With Team” कार्यक्रमको आयोजना गरेको छ । भदौ ०५ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरीष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, कोशी प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगरका प्रहरी वरीष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया लगायतका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले, गायन, कविता, मुक्तक तथा आफ्ना अनुभवहरु सहितको प्रतिभाहरु प्रस्तुत गर्नु भएको थियो ।   कार्यक्रमलाई सम्वोधनको क्रममा  प्रमुख अतिथि खनालले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न, सामूहिक भावनाको विकास गर्न, प्रहरी कार्यशैलीमा शिष्टता र सम्मानभाव अभिवृद्धि गर्न तथा सकारात्मक वातावरण निर्माण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले व्यस्त व्यावसायिक जीवनशैली र कार्यबोझका कारण प्रहरी कर्मचारीबीच कायम रहनुपर्ने आपसी भ्रातृत्व, शिष्टाचार तथा सद्भावपूर्ण वातावरणलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । साथै, कार्यक्रमले तनाव व्यवस्थापनसँगै ऊर्जावान प्रहरी कर्मचारीहरु भित्र रहेका प्रतिभा प्रस्फुटन गराउन र आपसी भावना तथा अनुभव आदानप्रदान गर्न मद्दत मिलेको बताउनु भयो । कार्यक्रममा बिधि विज्ञान प्रयोगशाला धरानका प्रहरी उपरीक्षक सुदन कुमार बिष्ट सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०५-०४

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीले हल्दिबारी गाउँपालिका-२ कदमचोकबाट भद्रपुर नगरपालिका-७ का २८ वर्षीय सुबास राजवंशीलाई १ ग्राम ५५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीले मोरङको पथरी शनिश्चरे नगरपालिका-१० संगम टोलबाट २३ वर्षीय घनश्याम बस्नेतलाई ५ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-८ स्थितबाट प्रादेशीक अनुसनधान समुह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलीले मोरङ पथरी शनिश्चरे -५ का २६ वर्षीय निकेश माझी, इटहरी-८ का २२ वर्षीय युवराज विक, मोरङ केरावारी गाउँपालिका-१ का २१ वर्षीय रेजन विश्वकर्मा र झापा मेचीनगर नगरपालिका-८ का २१ वर्षीय सन्देश राउतको साथबाट ट्रामाडोल ९४१ क्याप्सुल, डाइसाइक्लोमाइन-१ हजार २ सय ३० ट्याब्लेट, ब्राउन सुगर-६०० मिलिग्राम, को ३६ प ५५४७ नम्बरको मोटरसाइकल र नगद ५३ हजार २ सय १० रुपैयाँ बरामद गरी पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१६ स्थितबाट २१ वर्षीय विदुर कार्कीलाई स्पास्पेन ४ सय २८ ट्याब्लेट र ट्रामोल ५ सय ४८ ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध बेचबिखन तथा ओसारपसारमा संलग्न ३ महिला सहित ९ जना पक्राउ
२०८३-०५-०३

झापा र सुनसरीबाट लागू औषध बेचबिखन तथा ओसारपसार संलग्न ३ महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ०२ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको कमल गाउँपालिका-५ स्थितबाट इलाम चुलाचुली गाउँपालिका-३ का निराज तामाङ, दिवान आङथुपो र कमल तामाङलाई ११ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र मे. ११ प ८१७७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । त्यस्तै बिर्तामोड नगरपालिका-२ बाट इलाका प्रहरी कार्यालय अनारमनीले सोहि स्थानका श्यामलाल ताजपुरियालाई २ ग्राम १४० मिलिग्राम सहित र बिर्तामोड-६ की गिता महतोलाई उनकै घरबाट ५२८ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ भने लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर-६ स्थितबाट शिवसताक्षी नगरपालिका-७ की सर्मिला सावालाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको इटहरी-१ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT र इलाका प्रहरी कार्यालय इटहरीले सोहि स्थानका रोजेश श्रेष्ठ, ज्ञानी चौधरी र मुकेश चौधरीलाई ८६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।               

लागू औषधसहित ९ जना पक्राउ
२०८३-०४-३०

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ९ जनालाई पक्राउ गरिएको छ । साउन २९ गते झापाको बिर्तामोड नगरपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००२ ह ७८६६ नम्बरको सिटी सफारीलाई शंका लागी  चेकजाँच गर्दा बिर्तामोड नगरपालिका-१ का ४० वर्षीय सन्तोष राजवंशीलाई १ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको सुन्दरहरैँचा नगरपालिका-५ स्थितबाट प्रदेश अनुसन्धान समूह (PIT) र अस्थायी प्रहरी चौकी बलियाबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका २२ वर्षीय प्रशान्त मगरलाई ३९० मिलिग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-३ का १८ वर्षीय सुरज लिम्बूलाई १०० ग्राम गाँजासहित र इलाका प्रहरी कार्यालय पथरीले कानेपोखरी गाउँपालिका-६ का २४ वर्षीय निमेष घिमिरेलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका-१० स्थितबाट प्रदेश अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-१० का ४१ वर्षीय मोहन गुरुङ, ४९ वर्षीया कुमारी राई र इटहरी-४ का २३ वर्षीय अर्जुन काफ्लेलाई ५ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर तथा नगद १८ हजार ५० रुपैयाँसहित पक्राउ गरेको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका-८ का २८ वर्षीय मनोज पाण्डे र धरान-१५ का २२ वर्षीय पवन सापकोटालाई ट्रामाडोल ८७० क्याप्सुल, स्पास्पेन ८६५ क्याप्सुल तथा २५० ग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०४-२८

झापा, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट साउन २७ गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ का २३ वर्षिय मानजित करुवालाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका–१९ स्थितबाट वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान–१० का १७ वर्षिय ईमन तेम्बे र धरान–११ की ३३ वर्षिया अमृत लिम्बुलाई ६६० मिलिग्राम ब्राउन सुगर सहित, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–३ स्थितबाट इटहरी उप-महानगरपालिका–२० का ३१ वर्षिय दिपेन्द्र राईलाई ५ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान–८ का २८ वर्षिय बुद्ध लिम्बु र धरान–८ का २२ वर्षिय साइमन राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल १७० क्याप्सुल, स्पास्पेन १७० चक्की,  कोलिवान ५० पिस सहित र लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहारका १९ वर्षिय ईस्मत उल्हालाई ३०४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसकासाथै इलामको चुलाचुली गाउँपालिका–३ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले सोही स्थानका २९ वर्षिय अमर राई र २४ वर्षिय बिकास गिरीलाई ५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०४-२६

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । साउन २५ गते झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको को १२ प ३७३ मोटरसाईलकलाई संकालागी चेकजाँच गर्दा चालक बिर्तामोड नगरपालिका-४ का ३१ वर्षिय धिरज गुरुङ र  पछाडी सवार झापा गाउँपालिका-२ का २६ वर्षिय भुपेन्द्र सिंह राजवंशीलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। त्यसैगरी मोरङको रंगेली नगरपालिका-७ स्थितमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००४ ह.६७७० नम्बरको ई-रिक्सालाई संकालागी चेकजाँच गर्दा सोही स्थानका ३० वर्षिय सुनिल कुमार मण्डलको साथबाट ६२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-२५

मोरङ, झापा र सुनसरीबाट लागू औषध सहित ६ जना पक्राउ परेका छन् । साउन २४ गते मोरङको, सुनवर्षी नगरपालिका-८ स्थितमा प्रहरी चौकी सिक्टीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङ, उर्लाबारी नगरपालिका-२ का ३२ वर्षीय प्रेम बहादुर नेपाली र २५ वर्षीय सुजन धिमाललाई २ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी रमाइलो मोरङले मोरङको लेटाङ नगरपालिका-३ का ३८ वर्षीय टंक प्रसाद राईलाई ३ ग्राम २५० मिलिग्राम ब्राउन सुगर र  प्र.१-०२-०४३ प ९९१६ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुर र सिमा सुरक्षा गुल्म भद्रपुर झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-६ घर भई हाल झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजारमा बस्दै आएका ३० वर्षीय संजिव सहनीको साथबाट ४ ग्राम ९३ मिलिग्राम ब्राउन सुगर फेला पारी निजलाई पक्राउ गरिएको छ । त्यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका-२ पशुपती चोकस्थितमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङ मिर्गौलिया-९ का ३२ वर्षीय सुमन कार्की र  सुनसरीको इटहरी उप-महानगरपालिका-२ का २१ वर्षीय संजिप पौडेललाई चेकजाँच गर्दा ७१० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबैको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०४-२४

मोरङ, सुनसरी र झापाबाट लागू औषध सहित १० जना पक्राउ परेका छन् । साउन २३ गते जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका-१, गुप्तबराहस्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको प्र.१-०२-००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उक्त कारभित्र २२ वटा प्लाष्टिकका पोकामा लुकाई राखेको ४१८ किलो गाँजा फेला पारी कार चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका-१३ का ३४ वर्षीय थमन राई, सोही कारमा सवार जिल्ला ओखलढुङ्गा, मानेभञ्ज्याङ गाउँपालिका-५ का २२ वर्षीया जिवनी राई, मोटरसाइकल चालक जिल्ला मोरङ, कटहरी गाउँपालिका-३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका ३८ वर्षीय शंकर चौधरीलाई पक्राउ गरिएको छ भने जिल्ला सुनसरी, धरान उपमहानगरपालिका-११ स्थित रिटिङ टोलमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान-११ का ३२ वर्षीय उमेश कार्की, ३३ वर्षीय रुद्र मगर र धरान-१६ का २४ वर्षीया स्वास्तिका गुरुङलाई ९३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । त्यसैगरी, जिल्ला मोरङ, विराटनगर महानगरपालिका-१५, मण्ठा पोखरीस्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय मोहमद हुसेनलाई १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ । त्यसैगरी, जिल्ला झापा, मेचीनगर नगरपालिका-८, सरस्वती टोलस्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो, काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ईटाभट्टाबाट धुलाबारीतर्फ जाँदै गरेको प्र.१-०१-००२ ह ३५६९ नम्बरको सिटी सफारीलाई चेकजाँच गर्ने क्रममा चालक जिल्ला मोरङ, पथरी शनिश्चरे नगरपालिका-५ का २५ वर्षीय गणेश चौधरी र जिल्ला झापा, मेचीनगर नगरपालिका-११, धुलाबारीका २३ वर्षीय सोमनाथ राजवंशीलाई ५३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ । पक्राउ परेका सबैको सम्बन्धित प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८३-०४-२३

जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ परेका छन । साउन २२ गते जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ वालिङ स्थित मध्यपहाडी लोकमार्गको जंगलमा शंकास्पद अवस्थामा रोकिराखेको प्र.१-०२-००२ ख ००८३ नम्बरको ट्रक चेकजाँच गर्दा चालक बस्ने भाग र पछाडिको डालाको बिचमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा १३ सय १५ किलो गाँजा फेला पारी ट्रक नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ सुनसरी आयल्स ट्रेडर्स अगाडिबाट भारत बिहार अररिया जिल्ला जोगवनी बस्ने २२ वर्षीय साहिल पाण्डे र मोरङ बेलबारी नगरपालिका-११ बस्ने ५३ वर्षीय प्रकाश राईलाई १४ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिका-३ गुद्री लाइनबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले इनरुवा नगरपालिका-९ बस्ने २६ वर्षीय मनोज उराव र सोही स्थान बस्ने ३२ वर्षीय सदाम अन्सारीलाई प्रतिबन्धित औषधी २७ सय क्याप्सुल ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलामको प्रचौ दानाबारीले चेकजाँचकै क्रममा माई नगरपालिका-१ पाल्टारबाट कुसुन्डा जबेगु र हेमराज मगरलाई ५ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित र झापाको प्रहरी चौकी टाघनडुब्बाले कमल गाउँपालिका-४ बस्ने २७ वर्षीय रिङ्वाङ लिम्बुलाई २ ग्राम ०६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रतिवन्धित लागू औषध सहित ८ जना पक्राउ
२०८३-०४-२२

जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित ८ जना पक्राउ परेका छन । साउन २१ गते चेकजाँचको क्रममा झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाई नगरपालिका-४ का मिलन गुरुङलाई ३८० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका-५ का इकवाल अन्सारी, बाह्रदशी गाउँपालिका-४ का मनोज राजवंशी र बाह्रदशी गाउँपालिका-३ की धनकुमारी राजवंशीलाई १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले धरान-३ का राजेश खड्की र धरान-१५ का विजय तामाङलाई ३९ वटा नाइट्रोजन ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा धनकुटाको इलाका प्रहरी कार्यालय पाख्रिबासले महालक्ष्मी नगरपालिका-५ का समिर राई र खाँदबारी नगरपालिका-९ का सौजन लिम्बुलाई १४४ क्याप्सुल ट्रामोल सहित नियन्त्रणमा लिएको छ ।

१ हजार ३ सय १५ किलोग्राम गाँजा सहित ट्रक नियन्त्रण
२०८३-०४-२२

जिल्ला प्रहरी कार्यालय खोटाङले १ हजार ३ सय १५ किलोग्राम लागू औषध गाँजा सहित ट्रकलाई नियन्त्रणमा लिएको छ । साउन २२ गते दिउँसो दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ स्थित मध्यपहाडी लोकमार्गको जंगलमा प्र.१-०२-००२ ख ००८३ नम्बरको ट्रक शंकास्पद अबस्थामा रोकेर राखेको छ भन्ने बिशेष सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई चेकजाँच गर्ने क्रममा चालक बस्ने क्याविनमा फल्स बटम लगाई लुकाई छिपाई राखेको अवस्थामा १ हजार ३ सय १५ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै उक्त ट्रकलाई नियन्त्रणमा लिई ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-२१

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन २० गते लागू औषध सहित १४ जनालाई पक्राउ गरिएको छ । झापाको झापा गाउँपालिका–१ स्थितबाट इलाका प्रहरी कार्यालय कुमरखोद झापाले काभ्रेपलाञ्चोक  घर भई हाल शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने ३० वर्षीय बिराज भुजेललाई १ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले इलामको सूर्योदय नगरपालिका–४ का २६ वर्षीय सलमान थापालाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लेटाङ नगरपालिका–२ का १८ वर्षीय सुमित ठकुरी र सोही स्थानका २५ वर्षीय बिकाश भुजेललाई १० ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका -२ स्थितबाट ९६ किलो १९८ ग्राम लागू औषध गाँजा बरामद गरेसँगै धनपालथान-१ नोचा का २७ वर्षीय सुमन कुमार साह र सोही स्थानका २७ वर्षीय अमर साहलाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अजय साहीलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र को २७ प ७०७१ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको दुहबी नगरपालिका–५ स्थितबाट इलाका प्रहरी कार्यालय दुहबीले इटहरी उप-महानगरपालिका–९ का २२ वर्षीय निमा शेर्पालाई १ ग्राम ब्राउन सुगर  सहित, इलाका प्रहरी कार्यालय इटहरीले ६२० मिलिग्राम ब्राउन सुगर सहित इटहरी–५ का २३ वर्षीय बादल चौधरीलाई र  इलाका प्रहरी कार्यालय धरानले धरान उप–महानगरपालिका-१३ का २२ वर्षीय अनिष तामाङ, धरान–१३ की १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर र सोही स्थानका २१ वर्षीय अबिनास थापा मगरलाई ट्रामाडोल- ३१३ क्याप्सुल, स्पास्पेन- १९५ ट्याब्लेट, स्पास्पेन प्रो-१०० ट्याब्लेट र स्पासरेस्ट- १० ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०४-२०

मोरङ र पाँचथरबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । साउन १९ गते मोरङको बेलबारी नगरपालिका–१ सिसौली स्थितबाट इलाका प्रहरी कार्यालय बेलबारी मोरङको प्रहरी टोलीले बेलबारी नगरपालिका–१ का २४ वर्षीय विकास रौनियारलाई प्रतिबन्धित औषधि ट्रामाडोल ४९ ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित पक्राउ गरेको छ । यसैगरी पाँचथरको फिदिम नगरपालिका–१ बरडाँडास्थितबाट जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले फिदिम नगरपालिका–१ का ३१ वर्षीय निराजन खतिवडा, २१ वर्षीय एलन नेङबाङ र २६ वर्षीय दिलबहादुर राईलाई ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित औषधि र लागू औषध ब्राउन सुगरसहित ५ जना पक्राउ
२०८३-०४-१९

सुनसरी, मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरिएको छ । साउन १८ गते सुनसरीको धरान उपमहानगरपालिका–११ बानडाँडा लाइनस्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–११ का ३१ वर्षीय डिकेन्द्र लिम्बु र धनकुटाको पाख्रिबास नगरपालिका–५ का २० वर्षीय प्रजोल राईलाई प्रतिबन्धित औषधि डाइसाइक्लोमिन ९०० ट्याब्लेट र ट्रामोल ९०० ट्याब्लेट सहित पक्राउ गरेको छ । यसैगरी, सोही दिन सुनसरीको इनरुवा नगरपालिका–१० टोकी नहर चोकस्थितमा जाल्पापुरबाट टोकीतर्फ आउँदै गरेका मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्तिले अस्थायी प्रहरी चौकी साम्बलाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ झोला नालीमा फाली मोटरसाइकल फर्काई फरार भएका थिए । उक्त झोलाभित्र प्रतिबन्धित औषधि स्पास ५ हजार ट्याब्लेट र ट्रामोल ५ हजार ट्याब्लेट फेला परेको तथा फरार मोटरसाइकल सवार व्यक्तिहरूको खोजतलास भइरहेको छ । त्यसैगरी, मोरङको जहदा गाउँपालिका–६ पोखरियास्थितबाट इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले कटहरी गाउँपालिका–७ का २१ वर्षीय श्रवण खडियारी र सोही स्थानका २० वर्षीय सविन उराँवलाई प्रतिबन्धित औषधि निट्राजेन १० ट्याब्लेट र एसपीएम प्राक्सा ३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यस्तै, धनकुटाको धनकुटा नगरपालिका–१ हिले–पाख्रिबास सडकखण्डबाट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका–७ मुगाका ३२ वर्षीय हरी तामाङलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०४-१७

झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । साउन १६ गते झापाको कनकाई नगरपालिका–२ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारत, बिहार राज्य, अररियाका २८ वर्षीय मो. एजवाल र सोही स्थानका २७ वर्षीय अझर अन्सारीलाई ब्राउन सुगर १०२ ग्राम ३१ मिलिग्राम, निटाजिन वर्ग ७ हजार ४५० ट्याब्लेट र ट्रामाडोल ७ हजार २०० क्याप्सुल सहित पक्राउ गरेको छ । यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलस्थितबाट इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ का २७ वर्षीय मिका खत्री र सोही नगरपालिका–१ की २७ वर्षीया बन्दना माखिमलाई ट्रामाडोल १९ क्याप्सुल, डाइसाइक्लोमिन- २८ ट्याब्लेट र नगद १३ हजार ७७५ रुपैयाँ सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारेचोकस्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले मकवानपुरको हेटौंडा उप-महानगरपालिका–२ का २५ वर्षीय अनिश लामालाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी धनकुटाको चौबिसे गाउँपालिका–४ स्थितबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले प्लास्टिकका ४८ वटा बोरामा लुकाई राखिएको ८०४ किलो गाँजा बरामद गरेसंगै छथरजोरपाटी गाउँपालिका–४ घर भई चौबिसे गाउँपालिका–४ मा होटल सञ्चालन गर्दै आएका ४० वर्षीय हरि प्रसाद ओझा र चौबिसे गाउँपालिका–४ का ३४ वर्षीय आशिष विश्वकर्मालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-१६

मोरङ र झापाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले सुन्दरहरैंचा नगरपालिका–१२ का २६ वर्षीय प्रेम अछामीलाई १२ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर र प्र.०२–०४८ प ६१३९ नम्बरको स्कुटर सहित पक्राउ गरेको छ ।यसैगरी मोरङको रतुवामाई नगरपालिका–१० बाट इलाका प्रहरी कार्यालय सिजुवाले उर्लाबारी–आमबारी सडकखण्डमा को १ ख ४३७३ नम्बरको मिनी ट्रकमा लुकाई राखिएको १ हजार ३३ किलो ४८४ ग्राम गाँजा बरामद गर्दै ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई नियन्त्रणमा लिएको छ ।त्यसैगरी मोरङको लेटाङ नगरपालिका–२ धोबीबाट इलाका प्रहरी कार्यालय लेटाङले सोही स्थानकी २७ वर्षीया प्रमिला लामाको घरमा खानतलासी गर्दा ट्रामाडोल १५० ट्याब्लेट र स्पासपेन १५० ट्याब्लेट फेला पारी पक्राउ गरेको छ ।त्यस्तै झापाको दमक नगरपालिका–५ आकाशे पुलस्थितबाट इलाका प्रहरी कार्यालय दमकले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ की २३ वर्षीया रोमी लिम्बु र झापाको दमक नगरपालिका–७ का २९ वर्षीय करण मल्लिकको साथबाट २ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर, ट्रामोल ४ हजार ९६० क्याप्सुल र को ३४ प २६८९ र मे ६ प १८२७ नम्बरको स्कुटर सहित तिनैजनालाई पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०४-१५

झापा, मोरङ र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट साउन १४ गते लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काकँरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तेह्रथुमको मेन्छयायेम गाउँपालिका-३ घर भई हाल झापामा बस्दै आएका २२ वर्षीय अजय सुनारलाई १ ग्राम ५८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित मेनीनगर नगरपालिका-६ स्थितबाट नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङ केराबारी गाउँपालिका-८ का २३ वर्षीय किरण थापालाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसकासाथै विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-५ स्थितबाट सोही स्थानका २६ वर्षीय खगेन्द्र महतलाई ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

विमानस्थलबाट लागूऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८३-०४-१४

मोरङको विराटनगर स्थित विमानस्थलबाट ब्राउन सुगर सहित ओसार पसारमा संलग्न विराटनगर महानगरपालिका-५ का २४ बर्षीय सुशान्त खड्कालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बेलुका ७ बजे विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले विमान स्थलको प्रस्थान केन्द्रको X-Ray मेसिनमा समानहरु चेकजाँच गर्ने क्रममा विराटनगर-९ महेन्द्रचोक स्थित रहेको Expo Xpress कुरियर मार्फत विराटनगरका राघव झा नाम गरेको व्यक्तिको नामबाट काठमाण्डौ पठाउन लागेको स्पोर्टस जुत्ताको कार्गोमा  प्लास्टिकमा पोको पारी जुत्ता भित्रको सोलमा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ४८ मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको हो । उक्त ब्राउन सुगर बरामद भए संगै ओसार पसारमा संलग्न कुरियर कर्ता खडकालाई विमानस्थलबाटै पक्राउ गरिएको छ । पक्राउ परका खडकाको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-१४

मोरङ र झापाबाट साउन १३ गते प्रहरीले ६ जनालाई लागू औषध सहित पक्राउ गरेको छ । मोरङको रतुवामाई नगरपालिका-२ हरुचौक स्थितबाट साउन-१३ गते दिउँसो इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले रतुवामाई-८ का २३ बर्षीय समिर कट्वाल र २३ बर्षीय समिर भुजेललाई ब्राउन सुगर ६५० मिलिग्राम सहित पक्राउ गरिएको छ । यस्तै हिजो बेलुका मोरङको विराटनगर महानगरपालिका-४ स्थित विराटनगर विमानस्थलमा चेकजाँच गर्ने क्रममा विराटनगर महानगरपालिका ९ स्थित महेन्द्रचौकमा संचालनमा रहेको Expoxpress कुरियर मार्फत विराटनगर बस्ने राघव झा नाम गरेको व्यक्तिले काठमाडौं मनमैजु तारकेश्वर बस्ने अशोक विश्वकर्मालाई पठाएको जुत्ता भित्र लुकाई छिपाई राखेको ब्राउन सुगर १८ ग्राम ४८० मिलिग्राम फेला परे पश्चात उक्त समान कुरियर गर्न आउने विराटनगर महानगरपालिका ५ का २४ बर्षीय सुशान्त खड्कालाई पक्राउ गरि थप अनुसन्धान भईरहेको छ । यस्तै हिजो राती मोरङको सुन्दरहरैचा नगरपालिका १० मुनालझोडा स्थितबाट इलाका प्रहरी कार्यालय बेलबारीले सोही स्थानका ५६ बर्षीय बल बहादुर राईको घरबाट १ नाल भरुवा बन्दुक र गाँजा १.५ किलोग्राम बरामद भए पश्चात उनलाई पक्राउ गरिएको छ । यस्तै हिजो बेलुका झापाको झापा गाउँपालिका ४ स्थितबाट इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गौरादह नगरपालिका ४ का २७ बर्षीय प्रकाश दियालीलाई ब्राउन सुगर ३ ग्राम ०१० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो दिउँसो झापाको मेचीनगर नगरपालिका १० चाँदनी चौक स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर-९ का ३० बर्षीय छोटु सहनीलाई ब्राउन सुगर १ ग्राम २५० मिलिग्राम सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१३

झापा, सुनसरी, तेह्रथुम र धनकुटाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते झापाको झापा गाउँपालिका-३ बाट प्रहरी चौकी टाघनडुब्बा र लागू औषध नियन्त्रण ब्यूरो काकँरभिट्टाले भारत किशनगंजका MD फारुकलाई ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर र BR 37AB 5859 नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको धरान-१५ बाट इलाका प्रहरी कार्यालय धरानले सोहि स्थानका बासु बुढाथोकी र धरान-१० का युकेश मगरलाई इमाडोल र डिकोलिक गरी जम्मा ४६१५ पिस सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी जिरीखिम्ती तेह्रथुमले इनरुवा-२ घर भई हाल म्याङलुङ नगरपालिका- ७ स्थितमा डेरा गरी बस्दै आएका सहनिवाज अलिलाई ट्रामाडोल र डाइक्लोपाम गरि जम्मा १०० ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यस्तै धनकुटाको शहिदभुमी गाउँपालिका- ६ बाट प्रहरी चौकी आँखीसल्लाले शहिदभुमी गाँउपालिका-६ का रबिन राईलाई उनकै घर कोठाबाट ट्रामोल ७५० क्याप्सुल र डाईक्लोमाईन ८३० ट्याब्लेट लागू औषध फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०४-१२

झापा र मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ११ गते मोरङको इलाका प्रहरी कार्यालय पथरी र अस्थायी प्रहरी पोष्ट किर्तिपुरले पथरिशनिश्चरे नगरपालिका-३ की सुजा लिम्बुलाई उनले घर नजिकै खाल्डोमा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध डाईक्लोमाईन २ हजार १० ट्याब्लेट र ट्रामोल २ हजार ट्याब्लेट सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर नगरपालिका- २ का दिपक लिम्बु र भद्रपुर नगरपालिका-३ का डेविड लिम्बुलाई ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८३-०४-११

झापा, सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १० गते झापाको मेचीनगर-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले गुल्मी मुसिकोटका विपिन रानालाई ७ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड-१ बाट इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुन्धारा- ५ का पर्वत तोलाङी, विराटनगर-१ का शुयस ढुङेललाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी मे. ९ प १६०३ मोटरसाईकलमा सवार भद्रपुर नगरपालिका-२ का अमन राई र निकेश राईलाई इलाका प्रहरी कार्यालय पृथ्विनगरले १२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी हल्दिवारीले हल्दिवारी-२ का बिकास राजवंशीलाई १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी चौकी मोतीटप्पुले देवानगंज गाउँपालिका-३ स्थितमा २५ किलोग्राम गाँजा सहित को. १२ प २२७७ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ । यसै गरी वडा प्रहरी कार्यालय धरानले हरिनगर गाउँपालिका-२ का सोएल अन्सारीलाई प्रतिवन्धित औषधी ८३ चक्की सहित र उदयपुरको अस्थायी प्रहरी पोष्ट माडिवासले चौदण्डीगढी नगरपालिका-१ स्थितमा ६ किलोग्राम गाँजा सहित बा. ९६ प ७०४३ नम्बरको मोटरसाईकल बेवारिसे अवस्थामा फेला पारेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-१०

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट साउन ०९ गते लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काकँरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाको संयुक्त प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय बिबेक जबेगुलाई ६ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउन सुगर र  प्र.१-०१-०१३ प ५२ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले अर्जुनधारा-९ का २२ वर्षीय अरमान खानलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी चौकी डाम्राभिट्टाले रतुवामाई नगरपालिका-८ का २९ वर्षीय मोहन बास्कीलाई २२० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी रमाईलोले बेलबारी नगरपालिका-११ का २९ वर्षीय रणध्वज राईलाई  ६ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर, प्र.१-०२-०४४ प.११८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी नरसिंहटप्पु सुनसरीले साउन ९ गते साँझ धनकुटा-१ घर भई हाल इटहरी उप-महानगरपालिका-४ मा कोठा भाडामा बस्दै आएका ३५ वर्षीय मन बहादुर थापालाई १०८ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०४-०९

 कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ११२ ग्राम ५३६ मिलिग्राम, गाँजा ७१ किलो ३५ ग्राम, प्रतिबन्धित औषधी ३६३ क्याप्सुल, बस १ थान आटो १ थान र २ थान मोटरसाईकल बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको कानेपोखरी गाउँपालिका- ५ बाट प्रहरी चौकी रमाईलोले १ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सोहि स्थानका  अमित धिमाल र पर्वत राईलाई पक्राउ गरेको छ भने प्रहरी चौकी सिक्टी र बरडंगाको प्रहरी टोलीले सुनवर्षी गाउँपालिका- ८ बाट BR38K3179 नम्बरको मोटरसाईकल चालक भारत बिहारका भक्ति पासवानलाई ८२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै विराटनगर- ४ स्थितबाट CRV भट्टाचोक मोरङ र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका- १२ का २१ बर्षीय धन कुमार यादवलाई १०४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट उर्लाबारी- ४ का बुद्दिमान साह र एलिश राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसचोक ईनरुवाले ४ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका- ३ बाट प्र १-०५-००१ ख ००७० नम्बरको बस चालक त्रियुगा नगरपालिका- ७ का पर्शुराम मगर र सह-चालक उदयपुरगढी गाउँपालिका- ७ का जिवन कुमार कामीलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले करिव ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका- १ बाट प्रहरी चौकी हिलेले पाख्रिबास नगरपालिका- ९ का रियल मगर र पाख्रिबस नगरपालिका- ४ का कुशल राईलाई प्रतिबन्धित औषधी ट्रामोल र स्पास्पेन ३६३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ भने सागुँरीगढी गाउँपालिका- २ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सागुँरीगढी गाउँपालिका- २ का शिखर लिम्बुलाई को.२ ह १२५ नम्बरको अटोमा बोरा भित्र लुकाईछिपाई राखेको ७१ किलो ३५ ग्राम गाँजा सहित बेचबिखानमा संलग्न सागुँरीगढी गाउँपालिका- ३ का मदन याखा समेतलाई प्र. १-०४-००१ प ४७९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । झापाको बिर्तामोड नगरपालिका- २ बाट इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड- २ का प्रवेश सहनी र किरण शर्मालाई २ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०४-०७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर १०२ ग्राम ५७० मिलिग्राम, गाँजा १० किलोग्राम, ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट बरामद भएको छ । ………………………. …………………………………………………. ……………………... मोरङको रंगेली नगरपालिका-७  स्थितबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले BR38AH7193 र BR38AQ8243 नम्बरको मोटरसाइकलमा सवार भारत अररियाका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मदलाई चेकजाँचको क्रममा १०१ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैँचा–९ का ३९ वर्षीय चेतन कुमार धमलालाई ७२० मिलिग्राम ब्राउन सुगर र नगद ३० हजार रुपैया समेत नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाले शिवसताक्षी नगरपालिका–१० का सन्तोष हस्तालाई ८५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने सुनसरीको प्रहरी चौकी तरहराले इटहरी उपमहानगरपालिका–३ का सरोज आचार्यलाई ट्रामाडोल ४४ क्याप्सुल, डिसाइक्लोमाइन ४४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

लागू औषधसहित १ जना पक्राउ
२०८३-०४-०५

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको साथबाट प्रतिबन्धित औषधि ६० क्याप्सुल बरामद भएको छ । साउन ४ गते दिउसो धनकुटाको प्रहरी चौकी त्रिबेणीबाट खटिएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिका–१ स्थितबाट भोजपुरको हतुवागढी गाउँपालिका–९ निवासी २३ वर्षीय हिलसन राईलाई प्रतिबन्धित औषधि ६० क्याप्सुलसहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०४-०४

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट  साउन ०३ गते लागू औषध सहित ११ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर, झापाले बिर्तामोड नगरपालिका-३ का २७ बर्षीय अजय सहनीलाई ६ ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय दमक र लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा झापाले इलामको चुलाचुली गाउँपालिका-४ का ३५ वर्षीय पूर्ण कुमार राईलाई २२ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का ३० वर्षीय प्रकाश खड्का, ३१ वर्षिय रबिन राई, २५ वर्षीय आकाश गुरुङ र २४ वर्षीय सबिन गुरुङलाई ट्रामाडोल १७ क्याप्सुल र स्पास १७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तिमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१३ स्थितबाट प्रतिबन्धित औषधी  NITZASCEN-३० ट्याब्लेट र स्पास्मो प्रोक्सिबन-४० क्याप्सुल सहित इटहरी-९ का संदिप खड्कालाई पक्राउ गरेको छ ।  यस्तै इलाका प्रहरी कार्यालय लौकहीले इटहरी-९ का २१ वर्षीय संगम श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम सहित, प्रहरी चौकी भरौलले रामधुनी नगरपालिका-७ का २३ वर्षीय समिर चौधरी र रामधुनी-२० का समिर चौधरीलाई ट्रामडोल-१७८ क्याप्सुल, बिभिन्न प्रकारका  ट्याब्लेट-११२ चक्की सहित र अस्थायी प्रहरी चौकी बरगाछीले धरान-८ स्थितबाट सोही स्थानका २१ वर्षीय उमङ्ग राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल-६१२ क्याप्सुल र  क्लारो- ५८० चक्की सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०४-०१

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर २ ग्राम ७८० मिलिग्राम बरामद भएको छ । -------------------           ---------------------------               ------------------------              ---- --------- सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–६ का ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वर कुमार कार्कीलाई १ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र को १७ प ८३२९ नम्बरको मोटरसाइकल सहित नियन्त्रणमा लिएको छ । यसैगरी झापाको इलाका प्रहरी कार्यालय केचनाले कचनकवल गाउँपालिका–२ का ३२ वर्षीय विशाल गाईने र २३ वर्षीय सिद्धार्थ गाईनेलाई १८० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका–६ का २४ वर्षीय शिवलाल किस्कु सतार र २३ वर्षीया रुबिना महरालाई १ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित १२ जना पक्राउ
२०८३-०३-३२

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट लागू औषध ब्राउन सुगर ४१ ग्राम १९६ मिलिग्राम र १ थान स्कुटी बरामद भएको छ । ....................... ....................... .................................. ............................... .................................... लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट रंगेली नगरपालिका- ६ र ७ स्थित खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मलद्धवारमा कालो प्लाष्टिकको पोका पारी लुकाई छिपाई राखेको अवस्थामा ३१ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर फेला पारी बरानद गरेसगै बेचबिखानमा संलग्न पथरी शनिश्चरे नगरपालिका- १ का भुपाल कार्की, इलाम चुलाचुली गाउँपालिका- १ घर भई हाल पथरी शनिश्चरे- १ स्थित बस्दै आएका २३ बर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० बर्षीया भुमिका फागोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको इटहरी- ४ बाट इलाका प्रहरी कार्यालय इटहरीले ९१० मिलिग्राम र को. २७ प ८७३७ नम्बरको स्कुटि सहित कानेपोकरी गाउँपालिका- ५ का २८ बर्षीय बिनोद बयाँलकोटी, सप्तरी हनुमाननगरका २५ बर्षीय रोशन पाण्डे र लेटाङ नगरपालिका-५ की २९ बर्षीय स्मृती मगरलाई पक्राउ गरेको हो भने धरान- ५ बाट अस्थायी प्रहरी चौकी देउरालीले सोहि स्थानका चोक्मान तामाङलाई १ ग्राम ६४० मिलिग्राम सहित र धरान- १९ बाट वडा प्रहरी कार्यालय धरानले सोहि विजय लिम्बु र पुर्ण श्रेष्ठलाई १ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । झापाको मेचीनगर नगरपालिका- ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले बिर्तामोड नगरपालिका- १ का ३० बर्षीय मो. सदाम हुसेन र भारत घर भई हाल बिर्तामोड नगरपालिका- ५ स्थित बस्दै आएका १९ बर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका- ३ का रमेश थेगिमलाई ६ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-३१

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ब्राउन सुगर ७१ ग्राम ९१० मिलिग्राम बरामद भएको छ । चेकजाँचको क्रममा मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले प्र.१–०२–०४९ प ५८७८ नम्बरको मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–१ बस्ने २५ वर्षीय सुनिल पासवानलाई ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका–४ का  सुनिल राईलाई ६१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर र नगद ७२ हजार सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय दमकले इलामको माङसेबुङ गाउँपालिका–३ का अम्बर साम्बालाई ३२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी गरामनीले भद्रपुर नगरपालिका-४ का मनिष लिम्बुलाई १ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले धरान उपमहानगरपालिका–१८ का सौगात सुनुवारलाई ७ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर र को २८ प २४३२ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-२९

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा ५ किलो १०५ ग्राम, ब्राउन सुगर १०७ ग्राम ६०५ मिलिग्राम बरामद भएको छ । ....................... ....................... .................................. ...................................... .............................. झापाको दमक नगरपालिका- ६ स्थितबाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले गौरादह नगरपालिका- १ का २६ बर्षीय बिशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर र प्रदेश न.१-०१-०१८ प ७७०७ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ भने संखुवासभाको खाँदबारी नगरपालिका- ५ का ७० बर्षीय भिम बहादुर तामाङलाई उनकै घरबाट लुकाई छिपाई राखिएको प्लास्टिक सहित ५ किलो १०५ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । यसै गरी बिशेष सूचनाको आधारमा लागू औषध  नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका- १ का २५ बर्षीय जमालउद्दीन मिया र २५ बर्षीय इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२८

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट गाँजा २ किलो ९५७ ग्राम, ब्राउन सुगर ७ ग्राम ९४० मिलिग्राम बरामद भएको छ ।....................... ....................... .................................. ...................................... .....................संखुवासभाको जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा खाँदबारी नगरपालिका–८ अर्चलेस्थित रत्न बहादुर मगरको घरमा खानतलासी गर्दा घरभित्र बोरामा लुकाईछिपाई राखेको २ किलो ९५७ ग्राम गाँजा बरामद गरी स्थानीय ७० वर्षीय रत्न बहादुर मगरलाई पक्राउ गरिएको छ ।यसैगरी सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR38V0784 नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकलमा लुकाईछिपाई राखेको १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर बरामद गरी चालक कोशी गाउँपालिका–६ का सुरेन्द्र महत्तोलाई पक्राउ गरिएको छ । यसैगरी चेकजाँचकै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१ आदर्श टोलस्थित इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२० का ३६ वर्षीय हरी प्रसाद पराजुलीलाई ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।यसैगरी झापाको झापा गाउँपालिका–४ सुकुम्बासी बस्तीस्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारत, जिल्ला अररिया, पलासीका मोहम्मद मुक्तर र नसाद आलमको साथबाट १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुवै जनालाई पक्राउ गरिएको छ ।त्यसैगरी मोरङको कानेपोखरी गाउँपालिका–५ कर्म टोलस्थित एक घरमा लागू औषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित कानेपोखरी गाउँपालिका–५ का १९ वर्षीय संजय मुसहर, ४१ वर्षीय संजय चौधरी र लेटाङ नगरपालिका–३ का २४ वर्षीय रमेश सुबेदीलाई पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-२७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट ब्राउन सुगर ७ ग्राम ५२० मिलिग्राम, स्पास्पेन २५० ट्याब्लेट बरामद भएको छ । ....................... ....................... .................................. ...................................... ..................... उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ स्थितमा लहानबाट गाईघाटतर्फ आउँदै गरेको को २० प ८२०२ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा चालक सिराहा लहान नगरपालिका–२२ का सन्दिप चौधरीको साथबाट ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  चेकजाँचकै क्रममा सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धरान उपमहानगरपालिका–१६ का बिनोद लिम्बु र मोरङको सुन्दरहरैँचा नगरपालिका–७ का दिपेश चौधरीलाई शङ्काको चेकजाँच गर्दा ३ ग्राम ७४० मिलिग्राम औषधि स्पास्पेन २५० ट्याब्लेट बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगानस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–८ का लखन वास्के, बिर्तामोड नगरपालिका–७ का राम किस्कु, सुफल मुर्मु र रमेश उप्रेतीलाई ३ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ परेको उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषधसहित ८ जना पक्राउ
२०८३-०३-२६

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ७१ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध स्पास्मो ८ ट्याब्लेट, डाईसाइक्लोमाइन- ५ बोतल, ३ थान मोटरसाईकल, २ थान कार र ३२८ किलोग्राम गाँजा बरामद भएको छ । ....................... ....................... .................................. ...................................... ..................... जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–७ स्थित सप्तकोशी नदी किनारमा ८ वटा प्लास्टिकको पोकामा पानीमा तैरिरहेको अवस्थामा ३०८ किलोग्राम गाँजा बरामद गरेको छ । चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–१० का गणेश यादव र उनका छोरा विकास यादवलाई ४ ग्राम २३० मिलिग्राम ब्राउन सुगर, २०८ ग्राम गाँजा, प्रतिबन्धित लागू औषधी स्पास्मो- ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा विराटनगर महानगरपालिका-८ का शिवकुमार रायलाई प्रतिबन्धित लागू औषध ESKUF-DX  ५ बोतल सहित अस्थायी प्रहरी चौकी मटेरुवाले र पथरीशनिश्चरे नगरपालिका–१ का राज राई र  पथरीशनिश्चरे -८ का नर बहादुर विश्वकर्मालाई ६४० मिलिग्राम ब्राउन सुगर, प्र.१–०२–००२ च ८९२० नम्बरको कार  र मे.५ प ४९५९ नम्बरको मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुरले कमल गाउँपालिका–५ का अनिल धिमाललाई २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले भारत किशनगञ्जका अल्ताप अन्सारी र बिर्तामोड-५ का सुरज चौधरीलाई ४ ग्राम २४० मिलिग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजु सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको जहदा गाउँपालिका–१ स्थित सडक खण्डबाट बा.१२ च ७५५२ नम्बरको कारमा १९ किलो ३२० ग्राम गाँजा र ब्राउन सुगर ६० ग्राम बरामद भएको छ भने कार चालकको खोजी कार्य भइरहेको छ ।

नोवेल मेडिकल कलेजद्वारा प्रहरी कर्मचारी तथा आश्रित परिवारको उपचार सेवामा विशेष शुल्क छुट दिने सम्झौता
२०८३-०३-२४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगर वीच  प्रहरी कर्मचारी, पुर्व प्रहरी कर्मचारी तथा  निजहरूका आश्रित परिवारका  साथै अमर प्रहरीका आश्रित परिवारहरुलाई ‍उपचार सेवामा विशेष शुल्क छुट उपलव्ध गराउने सम्झौता भएको छ । असार २४ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमा कोशी प्रदेश प्रहरी कार्यालयको तर्फबाट कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे तथा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको तर्फबाट अस्पतालका निर्देशक प्राध्यापक डाक्टर अशोक कोईराला विच अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा २५ प्रतिशत शुल्क छुट सुविधा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्नुहुदै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्राध्यापक डाक्टर अशोक कोईरालाले नागरिकको सेवामा अहोरात्र अग्रपङ्क्तिमा खटिने प्रहरी कर्मचारी तथा उनीहरूका परिवारको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न अस्पताल सदैव प्रतिबद्ध रहेको बताउदै प्रहरीसंगको सहकार्यलाई अझ सुदृढ बनाई प्रहरी तथा प्रहरीका परिवारजनहरुमा गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले प्रहरी कर्मचारी तथा आश्रित परिवारहरुलाई उपचारमा छुट सुविधाको उपयोग गरी स्वास्थ्य सेवा लिन अनुरोध समेत गर्नु भयो  । कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नोवेल मेडिकल कलेजले उपलब्ध गराएको विशेष सहुलियत प्रति धन्यवाद व्यक्त गर्दै यस सम्झौताले प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत यस्ता सहकार्यहरूलाई कोशी प्रदेश प्रहरीले निरन्तरता दिदै जाने बताउनु भयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा,  नोवेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहाल, प्रहरी उपरीक्षकहरु सहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०३-२४

कोशी प्रदेश प्रहरीको लागूऔषधविरुद्धको महाअभियान अन्तर्गत लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श र जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूको साथबाट ६७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । इटहरी उपमहानगरपालिका–१ स्थित खोटाङे होटलबाट विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–२ का २६ वर्षीय रविन लिम्बु र जिल्ला काभ्रे पनौती नगरपालिका निवासी २३ वर्षीया एलिना लामाको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ स्थितमा अस्थायी प्रहरी चौकी इनरुवा बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–८ निवासी २२ वर्षीय बितेस तामाङको साथबाट १७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०३-२३

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर ८० मिलिग्राम, गाँजा १ केजी ५६० ग्राम, ट्यापेन्टाडोल र ट्रामाडोल १०१ चक्की, नगद ३० हजार रुपैयाँ र १ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सिन्धुलीको दुधौली नगरपालिका–१२ का हाल जिल्ला उदयपुर कटारी नगरपालिका-३ कान्छिबजार बस्दै आएका  २९ वर्षीय मिलन सुनुवारको घर खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ट्यापेन्टाडोल ९० चक्की र ट्रामाडोल ११ चक्की प्रतिबन्धित लागू औषध र नगद ३० हजार रुपैयाँ बरामद गरी पक्राउ गरेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा विराटनगर महानगरपालिका–१५ निवासी २३ वर्षीय सिद्धार्थ कुमार शाहको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको १ केजी ५६० ग्राम गाँजा बरामद गरी उनलाई पक्राउ गरेको छ । त्यसै गरी अस्थायी प्रहरी चौकी गरामनी झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–९ स्थितमा बिर्तामोड नगरपालिका–४ का २५ वर्षीय प्रदीप दाहाललाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी बा.प्र.-०२-००६ प.९९५१ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ ।

लागू औषधसहित ५ जना पक्राउ
२०८३-०३-२२

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियानअन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट १७५ किलो ५७० ग्राम गाँजा, १८ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागू औषध ट्रामाडोल ३९० क्याप्सुल, Dicyclomine ३९० ट्याब्लेट र २ थान सवारी साधन बरामद गरेको छ । ....................... .......................   ..................................     ......................................   ..................... विशेष सूचनाका आधारमा धनकुटाको प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका–६ स्थित कोशी लोकमार्गमा को.२ त ४८९८ नम्बरको ट्याक्टरबाट १७५ किलो ५७० ग्राम गाँजा सहित चालक महालक्ष्मी नगरपालिका–४ का राजकुमार बयलकोटीलाई नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा झापाको वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाटको संयुक्त प्रहरी टोलीले प्र.१–०१–०१२ प ९५३६ नम्बरको स्कुटरका चालक बिर्तामोड-९ का चन्द्रप्रसाद राजवंशीलाई १४ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित र इलाम चुलाचुली-२ का रोहित कुमाललाई ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले इटहरी-४ स्थितबाट इटहरी-६ का विवेक साहलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल ३९० क्याप्सुल र Dicyclomine ३९० ट्याब्लेटसहित नियन्त्रणमा लिएको  छ । चेकजाँचकै क्रममा बिर्तामोड–३ का रञ्जित दासलाई ७७० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०३-२१

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट ३६ ग्राम ८०८ मिलिग्राम ब्राउन सुगर, लागू औषध ३०० ट्याब्लेट र ४ थान सवारी साधन बरामद गरेको छ । ...................................................................................................................................... बिशेष सूचनाको आधारमा लागू औषध व्यूरो काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले बा. ५७ प ७७३३ नम्बरको मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका- ८ का सरोज गहतराजलाई २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले को. ३७ प १४८७ नम्बरको मोटरसाईकलमा सावार  बिर्तामोड- ३ का बिक्रम कार्की र दिवस दाहाललाई २ ग्राम ०३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा बिर्तामोड- २ बाट  मे ८ प ८६७३ नम्बरको मोटरसाईकलमा सवार बिर्तामोड-१ का सुजित खवास र भारत दरभङगाका कन्हैया ठाकुरलाई १ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले नियन्त्रणमा लिएको छ । यसै गरी विराटनगर- १५ स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT), लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले सप्तरीका सुमित कुमार चौधरीलाई ९ ग्राम ०५ मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैचा नगरपालिका-१० का जिबन राई र सुसान्त राईलाई २८ मिलिग्राम ब्राउन सुगर र लागू औषध NITZASCEN ३०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका- ३ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रदेश १-०२-०४१ प ९०४३ नम्बरको मोटरसाईकल चालक बराहक्षेत्र नगरपालिका- ७ का समिर खड्कालाई १ ग्राम ०५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-२०

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरूको साथबाट १२ ग्राम ४१ मिलिग्राम ब्राउन सुगर, चरेस ३९ मिलिग्राम र गाँजा ६ किलो २८० ग्राम बरामद गरेको छ । ....................................................................................................................................................... मोरङको कटहरी गाउँपालिका- २ स्थितबाट प्रहरी चौकी कटहरीले ब्राउन सुगर ७ ग्राम ४१ मिलिग्राम र चरेस ३९ मिलिग्राम सहित प्रदिप सिंह, राकेश सिंह र कटहरी- ४ कपिल मुखीयालाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानी र बुधनगरले जहदा गाउँपालिका- २ बाट जहदा गाउँपालिका- ७ का एक बालकलाई गाँजा ६ किलो २८० ग्राम सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको धरान- ५ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अस्थाई प्रहरी पोष्ट जोरसखुवा र देउरालीले धरान- ५ का पर्वत दर्जीलाई ५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ८ जना पक्राउ
२०८३-०३-१९

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ९ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, लागू औषध ट्याब्लेट ७९०, नगद ८६ हजार रुपैँया र २ थान सवारी साधन बरामद गरेको छ । ....................................................................................................................................................... कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, लागू औषध नियन्त्रण व्यूरो  विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान- ११ घर भई हाल इटहरी- ४ स्थित कोठामा बस्दै आएका दिनेश भट्टराईलाई उनकै कोठाबाट ४  ग्राम २०  मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानले धरान- ७ का  रितेश भुजेललाई ३ ग्राम ४० मिलीग्राम ब्राउन सुगर र नगद ४७ हजार सहित र धरान-३ का शंखर गिरीलाई २ ग्राम ८० मिलीग्राम ब्राउन सुगर र नगद ६ हजार रुपैँया सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा प्रहरी चौकी हिले धनकुटाले संखुवासभा धर्मदेवी नगरपालिका-१ का अनिल घिसिङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताले प्र.१-०५-००१ प ५९७१ नम्बरको स्कुटरमा सवार त्रियुगा नगरपालिका-१० का  दिलिप खड्कालाई प्रतिबन्धित औषधी ओपिडोल र स्पास्मो गरी जम्मा ४९० चक्की सहित  र इलाका प्रहरी कार्यालय कटारीले प्र. २-०१-००१प ५४७७ नम्बरको मोटरसाईकलमा सवार कटारी- ४ का  श्याम सहनी र रबिन खड्कालाई तापेन्ताडोल ३ सय चक्की, नगद ३३ हजार रुपैँया सहित पक्राउ गरेको छ ।      

१९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०३-१८

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पथरीले १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न २ जनालाई पक्राउ गरेको छ । असार १७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१० मङगलबारेका ३३ बर्षीय मोतिराज लिम्बुको घरमा लागू औषध कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा उक्त घर कोठाबाट १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर फेला पारी बरामद गरेसगै बेचबिखनमा संलग्न रंगेली नगरपालिका-६ का ३३ वर्षीय मिथुन शाह समेतलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १३ जना पक्राउ
२०८३-०३-१८

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २ सय ५७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, ३७ किलोग्राम गाँजा, लागू औषध ट्याब्लेट ४६०, क्याप्सुल २० र १ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... मोरङको सुन्दरहरैचा नगरपालिका- ६ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी गछियाबाट प्रहरी टोली खटिगई चेकचाँच गर्दा सोही स्थानका २१ बर्षीय सुमन लिम्बु र २३ बर्षीय युराज मगरलाई ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैचा-१० बाट सोहि स्थानका भानुभक्त लिम्बु, बिप्लव परियार, सुन्दरहरैचा- ८ का किरण राई र बेलबारी-२ का शुसिल राईलाई ट्रामाडोल स्पास गरी जम्मा ४६० ट्याब्लेट सहित पक्राउ गरेको हो ।  त्यस्तै झापाको झापा गाउँपालिका-४ बाट प्रहरी चौकी टाघनडुब्बा र लागू औषध नियन्त्रण ब्यूरो काकँडभिट्टाले दमक-८ का चन्द्र बहादुर तामाङ र भारत किशनगंजका अब्दुल रहमानलाई २५ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी केर्खाले कमल गाउँपालिका-४ बाट गौरादह नगरपालिका- १ का बिक्रम बस्नेतलाई ट्रामाडोल २० क्यापसुल सहित पक्राउ गरेको हो । चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले प्र.१-०२००१ च ४५३१ नम्बरको EV गाडी भित्रबाट जेब्रा झोला र बोरा भित्र लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा बरामद गरेसँगै ओसारपोसारमा संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-९ का लोक बहादुर राई र भोजपुर साल्पासिलिचुङ गाउँपालिका-२ की बिनिता कार्कीलाई पक्राउ गरेको हो । 

प्रतिबन्धित लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-१७

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा प्रयोगमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल ३ हजार ७ सय ९० क्याप्सुल, डाइसाइक्लोमाइन ३ हजार ७ सय ९० क्याप्सुल, १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर, ३ केजी ४ सय ग्राम गाँजा तथा २ थान मोटरसाइकल बरामद गरिएको छ । प्रहरी चौकी आँखिसल्ला धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहीदभूमी गाउँपालिका–७ स्थितबाट प्रदेश १–०२–०५६ प ९४५८ नम्बर र को ३६ प ६१७३ नम्बरका मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा शहीदभूमी–७ का २३ वर्षीय अजित कार्की र १९ वर्षीय उज्वल राईलाई ट्रामाडोल ३ हजार ७ सय ९० क्याप्सुल तथा डाइसाइक्लोमाइन ३ हजार ७ सय ९० क्याप्सुलसहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी चारआली झापाले मेचीनगर नगरपालिका–११ स्थितबाट सोही स्थानका २८ वर्षीय आकाश माङ्मु लिम्बु तुम्बापो र २७ वर्षीय देवीप्रसाद बस्नेतलाई १ ग्राम ३१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । यसका साथै लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–१० का २३ वर्षीय विपुल शेर्पालाई ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।यसका साथै प्रहरी चौकी रमाइलो मोरङबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका–२ की ३२ वर्षीया रुपमनी चौधरी र ४० वर्षीया सोमती कुमारी चौधरीलाई गाईगोठमा लुकाइछिपाइ राखेको ३ केजी ४ सय ग्राम गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।  

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०३-१६

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७ सय ९५ किलोग्राम गाँजा, ६ ग्राम १० मिलिग्राम ब्राउन सुगर, १ थान मिनि ट्रक र १ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका-६ स्थितबाट को १ ख ४६३५ नम्बरको मिनि ट्रकलाई संकालागी चेकजाँच गर्दा ट्रकको डाला भित्र अलुको बोराहरुले लुकाइ छिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्याउदै गरेको ७ सय ७५ किलोग्राम लागू औषध गाँजा सहित चालक सुनसरीको इटहरी उप-महानगरपालिका-१ का ३३ वर्षिय परिक्षण कुवँरलाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय राजारानीले साँगुरीगढी गाउँपालिका-५ का २४ वर्षिय बिशेष राईलाई २० किलोग्राम गाँजा र बा ६४ प १४३५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका- ६ का बिकुल राई र ज्ञानेन्द्र बिकलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका- ६ का प्रदिप मण्डललाई २ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
२०८३-०३-१५

तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागको आयोजनामा १ दिने “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” कार्यक्रम सम्पन्न भएको छ । असार १५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा उक्त अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेपाल प्रहरीको बिभिन्न इकाहरुबाट दैनिक रुपमा सम्पदान हुने कार्यहरुको कार्य सम्पादनमा तदारुकताका साथ पहलकदमी ल्याई समग्र कार्य सम्पादनको वस्तुगत मुल्याङकन र सम्पादन गर्न केन्द्रिय अभिलेख प्रणालीलाई विकास गरी भए गरेको काम कारवाहीको वास्तविक तथ्याङ्क प्राप्त गर्न तथा पारदर्शी र वास्तविक मुल्याङकन गर्दै तथ्याङ्क प्रविष्ट गर्न “कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी अनुशिक्षण” प्रदान गरीएको हो । कार्यक्रममा प्रमुख अतिथि घिमिरेले अनुशिक्षण कार्यक्रमले कोशी प्रदेशका विभिन्न इकाईहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको दैनिक कार्यसम्पादन अभिलेखीकरण प्रणालीलाई थप व्यवस्थित, प्रभावकारी, पारदर्शी तथा परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रहरी कर्मचारीहरुले अनुशिक्षणमा सिकेका ज्ञान र सिपलाई कार्य क्षेत्रमा त्रुटि रहित तवरले सम्पादन गरी कोशी प्रदेशलाई उत्कृष्ट बनाउने कार्यमा लागि पर्न निर्देशन दिनुभयो । कार्यसम्पादन अभिलेख ढाँचा सम्बन्धी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रहरी उपरीक्षक राजन भुजेल, प्रहरी निरीक्षक शैलेन्द्र पाण्डे र राज कुमार लामाले  भए गरेका काम कारवाहीको वास्तविक तथ्याङ्क प्राप्त गर्न, सोही अनुरुप पारदर्शी र वास्तविक मुल्याङ्कन गर्न विकाश गरिएको सफ्टवेयरको प्रयोग विधि सम्वन्धि अनुशिक्षण प्रदान गर्नु भएको थियो । उक्त अनुशिक्षण कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी प्रदेश कार्यालय धरान, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, कोशी प्रदेश प्रहरी गण विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश अन्तरगत रहेका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा “क” स्तर सम्मका प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृत सहित प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

“पर्यटक प्रहरी अनुशिक्षण” तालिम दोस्रो समूहको समापन
२०८३-०३-१५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” तालिम दोस्रो समूहको असार १५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा समापन भएको छ । तालिम समापन कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख आतिथि घिमिरेले बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणिय पर्यटकियस्थलहरुको अवलोकन र भ्रमणको लागि पाल्नु हुने पर्यटकको आवश्यक शान्ति सुरक्षा लगायत विविध विषयमा सहजिकरणको लागि पर्यटक प्रहरीको महत्वपर्ण भुमिका रहेकोले पर्यटकहरुको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिनु हुँदै तालिमरत प्रशिक्षार्थीहरुबाट उठेका जिज्ञासाको बारेमा समेत प्रस्ट पार्नु भएको थियो । कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक बिगम खड्काले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको थियो । तालिममा कोशी प्रदेश अन्तरगतका प्रहरी कार्यालयहरुमा कार्यरत जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवान सहित ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, नारायण प्रसाद चिमरीया, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

२८९ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित २ जना पक्राउ
२०८३-०३-१५

इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले २८९ ग्राम ७२० मिलिग्राम लागू औषध ब्राउन सुगर र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । असार १४ गते चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका भारत पश्चिम बंगाल दक्षिण दिनाजपुरका ३२ वर्षीय चञ्चल सिकदारको साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो भने कारोबारमा संलग्न जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावललाई प्रदेश ०२ - ०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित कोशी गाउँपालिका-८ भान्टावारी स्थितबाट पक्राउ गरेको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।  

प्रतिबन्धित लागू औषधसहित १० जना पक्राउ
२०८३-०३-१५

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २९३ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर,प्रतिबन्धित औषधी १ हजार ५ सय २ ट्याब्लेट, क्यापसुल २१ वटा, सिरप २१ वोतल, नगद ६ लाख ७२ हजार ४३५ रुपैयाँ र २ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... इलाका प्रहरी कार्यालय रानी मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका भारत पश्चिम बंगाल दक्षिण दिनाजपुरका ३२ वर्षीय चञ्चल सिकदारलाई २८९ ग्राम ७२० मिलिग्राम खैरो हिरोइन सहित र कारोबारमा संलग्न जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावललाई प्रदेश ०२ - ०२४ प ०१७७ नम्बरको मोटरसाइकल र नगद ४ लाख ७१ हजार रुपैयाँ सहित पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–४ मा डेरा गरी बस्दै आएका भारतका ३३ वर्षीय दिनेश कुमार चौधरीलाई २ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले इटहरी–१ बाट ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–६ का ३२ वर्षीय मनोज काफ्ले र इटहरी–१ का २५ वर्षीय छत्रमान लिम्बुलाई १ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल १० क्याप्सुल, डाईसाइक्लोमाइन ११ ट्याब्लेट, नगद २ लाख १ हजार ४३५ रुपैयाँ, को १० प ४११७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र अस्थायी प्रहरी चौकी जोरसखुवा सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान–१८ बाट दिलिप चौधरीलाई बिभिन्न प्रतिबन्धित औषधी ३३० ट्याब्लेट र वटा २१ बोतल सहित पक्राउ गरेको छ ।  त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान–२० बाट धरान–१३ का सुजन थापा र मोरङ सुन्दरहरैँचा–५ का सुजित थापालाई बिभिन्न प्रतिबन्धित औषधी २३२ ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६ त्रियुगा नगरपालिका–५ का दीपक राज पोखरेल र पुरन मगरलाई ओपिडोल ४९० चक्की र स्पास्पेन ४९० चक्की सहित पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिबन्धित लागू औषधसहित ७ जना पक्राउ
२०८३-०३-१४

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट २७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, ट्रामोल- ५५ क्याप्सुल, स्पास्पेन- ५० ट्याब्लेट, नगद ३२ हजार रुपैयाँ र नम्बर प्लेट नभएको मोटरसाइकल १ थान बरामद गरेको छ।.......................................................................................................................................................कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT र अस्थायी प्रहरी चौकी जोरसखुवा, सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उप-महानगरपालिका–१६ स्थीतमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा धरान–१३का ३३ वर्षीय बिक्की राई र हरिनगरा गाउँपालिका–२ का २३ वर्षीय अरबाज सिदीलाई २७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, नगद ३२ हजार रुपैयाँ र नम्बर प्लेट नभएको मोटरसाइक लसहित पक्राउ गरेको छ ।त्यसैगरी इलाका प्रहरी कार्यालय छिन्ताङ र अस्थायी प्रहरी चौकी बेलहारा, धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–३ मन्दिर क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका सहिदभूमि गाउँपालिका–४ का ३१ वर्षीय कपिल कार्की, ३४ वर्षीय सन्देश राई, सहिदभूमि गाउँपालिका–६ का २९ वर्षीय पर्वत कार्की ,सहिदभूमि गाउँपालिका–३ का २० वर्षीय युकेश राई र २३ वर्षीय ओविन राईलाई चेकजाँच गर्ने क्रममा प्रतिबन्धित औषधी  ट्रामोल-५५ क्याप्सुल र स्पास्पेनका-५० ट्याब्लेट सहित पक्राउ गरेको छ ।

ब्राउन सुगरसहित २ जना पक्राउ, १२० केजी गाँजा बरामद
२०८३-०३-१३

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा लागू औषध ओसारपसार नियन्त्रण अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० केजी गाँजा बरामद गरेको छ । ....................................................................................................................................................... इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका-३ का २६ वर्षीय विवेक राईलाई २ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इटहरी उप-महानगरपालिका-१७ कान्छीचोकका २५ वर्षीय निशान कार्कीलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान उपमहानगरपालिका-२० च्यानडाँडा सिरान सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा कालो प्लास्टिकमा प्याक गरिएको १२० केजी गाँजा बरामद गरेको छ ।

प्रतिबन्धित लागू औषधसहित २४ जना पक्राउ
२०८३-०३-१२

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागू औषधमा संलग्न २४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १२० ग्राम ५६० मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल २४ हजार ३२५ क्याप्सुल, कोलिभान ४ हजार १८५ ट्याब्लेट र डाईक्लोमाईन २ हजार २४० ट्याब्लेट, नगद ६३ हजार ८२० रुपैयाँ र १ थान मोटरसाइकल बरामद गरेको छ । ....................................................................................................................................................... कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी पोष्ट जोरसखुवा सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान-१७ का आङदावा तामाङ र बुद्ध दर्जीलाई प्रतिबन्धित लागु औषध कोलिभान ४ हजार १८५ ट्याब्लेट र ट्रामाडोल ४ हजार १८५ क्यापसुल सहित पक्राउ गरेको छ । रामधुनी-६ का विजय राजधामीलाई लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीले ६२ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर र नगद ६३ हजार ८२० रुपैया सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीले इटहरी-१७ का साहीदुल मियालाई ९६० मिलिग्राम ब्राउन सुगर सहित र ओखलढुङा सिद्धीचरण नगरपालिका- १ का युवराज बस्नेत, सुन्दरहरैचा- ८ का लाल बहादुर थापा र इटहरी- १७ का सौकात मियालाई ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ स्थितमा बेवारिसे अवस्थामा रहेको को. २२ प २८१७ नम्बरको मोटरसाईकलमा ट्रामाडोल १८ हजार क्याप्सुल बरामद गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय कुमरखोदले दमक- ८ का ३२ बर्षीय ईन्द्र प्रसाद गिरी र दमक- ७ की ३८ बर्षीया सन्जु खत्रीलाई ४४ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने बिर्तामोड-५ का रोशन श्रेष्ठ र अर्जुनधारा- ६ का प्रबिण श्रेष्ठलाई ४ ग्राम ६३० मिलिग्राम र बिर्तामोड-२ का अनिल लुईटेललाई ३५० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड- ३ बाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलबारीले मेचिनगर नगरपालिका- १० का अस्पात शेखलाई १ ग्राम ८० मिलिग्राम, नसरु मिया र अक्लिमा खातुनलाई २ ग्राम १३० मिलिग्राम सहित पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका- ७ का सुनिल धिमाललाई २ ग्राम १० मिलिग्राम, दमक- ५ बाट इलाका प्रहरी कार्यालय दमकले पाँचथर फिदिमका हितेश तावाहाङ र निरोज तामाङलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले लागूऔषध ट्रामाडोल र डाईक्लोमाईन ४ हजार ३८० चक्की सहित पथरीशनिश्चरे नगरपालिका-५ कस सुरज ऋषिदेव, लुखिराम सोरेन, धनपालथान गाउँपालिका-४ का उमर हुसेन र सुनबर्सी-२ का सागर गनगाईलाई पक्राउ गरेको छ भने अस्थायी प्रहरी चौकी सोमबारेले ४० मिलिग्राम ब्राउन सुगर सहित बेलबारी- ९ का निरज चौधरी र मनिष तामाङलाई पक्राउ गरेको छ ।

२०८ ग्राम ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०३-१२

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT), लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले २०८ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । असार ११ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ३ का ३८ बर्षीय बिष्णु धामीले लागू औषध बिक्रि वितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा धमीले प्लाष्टिकको २ वटा पोकामा शरिरमा लुकाई छिपाई राखेको अवस्थामा २०८ ग्राम ब्राउन सुगर र नगद १ लाख ८२ हजार ५ सय रुपैँया सहित बरामद गरेको हो । ब्राउन सुगर र नगद बरामद भए संगै धामी र संलग्न रहेका बराहक्षेत्र नगरपालिका-३ का ३३ बर्षीय रुद्र बहादुर सुबेदी समेतलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषधसहित १९ जना पक्राउ
२०८३-०३-११

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ४४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम गाँजा, ट्रामोल ९०४ क्याप्सुल, कोलिभान १२६६ क्याप्सुल, ४ थान मोटरसाइकल, २ थान अटो, नगद १३ हजार २ सय ६० रुपैयाँ बरामद गरिएको छ । ....................................................................................................................................................... चेकजाँचको क्रममा झापाको इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले अर्जुनधारा नगरपालिका-५ का भरत मोहरालाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, नगद १३ हजार २ सय ६० रुपैयाँ, प्र १-०१-००२ह ७८५६ नम्बरको टेम्पो सहित, प्रहरी चौकी टाघनडुब्बाले कमल गाउँपालिका-७ का सनम धिमाल, कमल-६ का प्रदिप दास र हल्दिबारी गाउँपालिका-३ का १५ वर्षीय प्रितम तामाङलाई ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र प्र १-०१-०१२ प ६३७९ नम्बरको मोटरसाईकल सहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले इलाम सूर्योदय नगरपालिका-११ का रनधिर प्रधानलाई १ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र बिर्तामोड नगरपालिका-३ का सुनिल पासवान र उदय पासवानलाई ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी मोरङ तथा लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका-१७ का अरमान मियाँलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित, लेटाङ नगरपालिका-३ का मनकुमार मगर र हर्क बहादुर तामाङलाई ४ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकली सुनसरीले रामधुनी नगरपालिका-७ का शिशिर गुरागाई र इटहरी उप-महानगरपालिका-१६ बस्ने बिमल लम्साललाई १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु, को.२७ प ९४३३ नम्बरको मोटरसाइकल सहित, इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ का राजन राई, सुमन राई, अभिषेक भुजेल, सन्देश राई, बेलका नगरपालिका-४ का रबिन राई, आयुषा राईलाई २६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रदेश १-०२-०४६ प ९०५४,  स ११ प ४१४० नम्बरको मोटरसाइकल र को २ ह ८९९२ नम्बरको अटो सहित र प्रहरी चौकी मधुवनले बराहक्षेत्र नगरपालिका-११ स्थितबाट बोरामा बेवारिसे अवस्थामा रहेको ६२ किलोग्राम गाँजा बरामद गरेको छ । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशीक अनुसन्धान समुह (PIT) र वडा प्रहरी कार्यालय धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका-९ मा डेरा गरी बस्ने फुर्मा गुरुङलाई ट्रामोल ९०४ क्याप्सुल र कोलिभान १२६६ क्याप्सुल सहित पक्राउ गरेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८३-०३-०८

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषध कारोबार तथा सेवनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श एवं जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ७ ग्राम १०० मिलिग्राम ब्राउनसुगर, तौल गर्न बाँकी गाँजा, ५९ क्याप्सुल र २९९ ट्याब्लेट प्रतिबन्धित औषधि र नगद ६९ हजार ७२० रुपैयाँ बरामद गरिएको छ । ....................................................................................................................................................... चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाले कन्काई नगरपालिका-४ का २१ वर्षीय हेमबहादुर लिम्बुलाई ३८० मिलिग्राम ब्राउनसुगर, ट्रामाडोल ४५ क्याप्सुल, डाइसाइक्लोमाइन ४४ ट्याब्लेट, नाइट्राजेपाम १३ ट्याब्लेट तथा नगद ४८ हजार १५० रुपैयाँ सहित ,वडा प्रहरी कार्यालय भद्रपुर झापा र सीमा सुरक्षा गुल्म भद्रपुरको संयुक्त टोलीले पाँचथर फिदिम नगरपालिका-१ का १९ वर्षीय नुमसिक लिम्बुलाई ३ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर सहित, झापा भद्रपुर नगरपालिका-८ स्थितबाट मेचीनगर नगरपालिका-१३ का २३ वर्षीय आशिष गुरुङलाई १ ग्राम ब्राउनसुगर, नगद १९ हजार ५०० रुपैयाँ सहित नियन्त्रणमा लिएको छ ।यसैगरी प्रहरी चौकी कुशेचौरी मोरङले पथरीशनिश्चरे नगरपालिका-९ का २५ वर्षीय अमन लिम्बु, २१ वर्षीय सन्दिप लिम्बु, पथरीशनिश्चरे -४ का २३ वर्षीय चन्द्र राई र १७ वर्षीय विजय राईलाई १ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी  जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको संयुक्त प्रहरी टोलीले इटहरी उपमहानगरपालिका-५ का २८ वर्षीय प्रकाश मादेन र १८ वर्षीय अनमोल सिवालाई ट्रामाडोल १२७ ट्याब्लेट, स्पास्पेन १२७ ट्याब्लेट सहित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी बिट जोरसखुवा धरानको संयुक्त टोलीले धरान उपमहानगरपालिका-१३ का ३२ वर्षीय माकुने भन्ने राजकुमार तामाङलाई १ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) शाखा र इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ स्थित कोशी नदी किनारमा बाँस र ट्युबमा ९ वटा प्लास्टिकको बोरामा राखिएको १ सय ६८ किलोग्राम गाँजा फेला पारी बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरू उपर सम्बन्धित प्रहरी कार्यालयहरूबाट लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।          

लागू औषध सहित १३ जना पक्राउ
२०८३-०३-०६

कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियानअन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा मनोपरामर्श/जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित संयुक्त प्रहरी टोलीले लागू औषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १६ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर, ५८८ चक्की प्रतिवन्धित औषधी, गाँजा-२० किलोग्राम र ४ वटा सवारी साधन बरामद गरिएको छ ।.......................................................................................................................................................चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय दमक र गौरादह झापाको प्रहरी टोलीले ९१० मिलिग्राम लागू औषध ब्राउनसुगर सहित गौरादह नगरपालिका-२ का ३१ वर्षीय विवेक राजवंशी, गौरादह-२ का २८ वर्षीय रेगन राजवंशी र ३१ वर्षीय संजय कुमार राजवंशीलाई प्र १-०१-०१२ प ५६६८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो भने वडा प्रहरी कार्यालय भद्रपुरले मे ९ प ४०७१ नम्बर स्कुटरमा सवार बिर्तामोड-९ का ३५ वर्षीय राज कुमार कामती पछाडी सवार निजकै श्रीमती मनिका कामती सहितलाई ९ ग्राम ८१० मिलिग्रम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङले कानेपोखरी-७ का २७ वर्षीय समिर राईलाई ४ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसका साथै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (PIT) र इलाका प्रहरी कार्यालय इटहरीले विराटनगर महानगरपालिका-१७ का २५ वर्षीय सोहराब आलमलाई ७४० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी जोरसखुवाले धरान-११ का २४ वर्षीय मियोङ लिम्बुलाई ट्रामाडोल २९४ क्याप्सुल र प्रतिबन्धित औषधि २९४ चक्की सहित, इलाका प्रहरी कार्यालय लौकही सुनसरीले धरान-१५ का २० वर्षीय एमिल राईलाई निट्राजेपाम-५० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ । यसका साथै प्रहरी चौकी रिस्कु उदयपुरबाट खटिएको प्रहरीको चेकीङ टोलीले उदयपुरको उदयपुरगढी-६ का ३० वर्षीय नर बहादुर पुलामी मगरलाई २० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी आखिसल्ला धनकुटाले धनकुटा नगरपालिका-७ का २९ वर्षीय दर्शन राई, धनकुटा-१० का २८ वर्षीय नमुनेश भुजेल र सहिदभुमी-२ का २३ वर्षीय आयुष राईलाई ६०० मिलिग्राम ब्राउनसुगर, प्र.३-०२-००१प ८४३० को स्कुटर र प्र.-०२-०५०प ६५६६ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

१९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०२-२९

मोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरीएको छ । जेठ २८ गते दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर BR 38 AS 6598 को मोटरसाईकलमा सवार भारतको अररिया जोगबनी-१० का १९ बर्षीय इरफान खान र बिराटनगर-१७ का १९ बर्षीय इफ्रिदि मिँयालाई शंकास्पद गतिबिधी गरीरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गरेको थियो । सोही क्रममा निजहरुको साथबाट प्रहरीले ११९ ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०२-२७

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २६ गते लागू औषध सहित ४ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१६ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका–१५ का २८ वर्षीय सुजन लिम्बुलाई ५ ग्राम २१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले इटहरी–१६ का २७ वर्षीय दिपेश चौधरी, २८ वर्षीय सरोज चौधरी र बराहक्षेत्र नगरपालिका–९ का २४ वर्षीय दिपेन्द्र मोचेलाई ३ ग्राम २२० मिलिग्राम ब्राउन सुगर सहित बराहक्षेत्र–१ स्थितबाट पक्राउ गरेको भने प्रहरीको सोही टोलीले बराहक्षेत्र–२ स्थित पटनाली जंगलमा बेवारिसे अवस्थामा रहेको को २४ प ६७४ नम्बरको मोटरसाइकल र १५ वटा बोरामा रहेको  ४३० किलोग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०२-२६

झापा, सुनसरी र मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट जेठ २५ गते लागू औषध सहित ३ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का २५ वर्षीय सुजन नेम्वाङलाई ८ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका–६ स्थितबाट पक्राउ गरेको छ भने सुनसरीको धरान उप-महानगरपालिका–१७ स्थितमा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT तथा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३१ वर्षीय करण खड्काको घर कोठामा चेकजाँच गर्दा Tramol ६५० क्याप्सुल र Coliban ९४० चक्की गरी जम्मा १ हजार ५ सय ९० पिस प्रतिबन्धित औषधि फेला पारी नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको रतुवामाई नगरपालिका–८ स्थित ३५ वर्षीय कर्णबहादुर थापाले घरबाट लागू औषध बिक्री वितरण गर्दै आएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङबाट खटिएको प्रहरी टोलीले थापालाई उनकै घरबाट ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ८ जना पक्राउ
२०८३-०२-२५

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ८ जना पक्राउ परेका छन् । झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ सुकुम्बासी बस्ती स्थितबाट गौरीगञ्ज गाउँपालिका–१ का २० वर्षीय जीवन राजवंशीलाई १ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर सहित, ताप्लेजुङ्गको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २५ वर्षीय विजय लिम्बु र पाँचथरको फिदिम नगरपालिका–२ की २३ वर्षीया एलिना तामाङलाई प्रतिबन्धित औषधि NITZASCEN ७ चक्की सहित र इलाका प्रहरी कार्यालय अनारमनीबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ स्थित राजु राजवंशीलाई उनकै घरबाट ३ ग्राम ब्राउन सुगर फेला पारी राजु राजवंशी र संलग्न ३० वर्षीय अभिनास चौधरीलाई पक्राउ गरेको छ । सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका–७ स्थित २५ वर्षीय रवि श्रेष्ठलाई उनकै घरबाट ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर, N10 लेखिएको १६३ पिस प्रतिबन्धित चक्की, नगद ४५ हजार ९ सय रुपैया तथा एक थान डिजिटल तराजु सहित पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ का २५ वर्षीय अभिषेक कार्की ढोली र त्रियुगा नगरपालिका–३ लच्काका ३० वर्षीय फिलेमान शाहको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०२-२०

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ११ जना पक्राउ परेका छन । झापाको इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१४ का आकाश चौधरीलाई १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी टाघनडुब्बाले दमक नगरपालिका-१० का सुरज राय र विराटनगर-३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका-७ का बिनोद मगर, भोजपुर हतुवागढी गाउँपालिका-४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका-८ का रबिन माझी, दुर्गा राई, पवन खत्री र कानेपोखरी गाउँपालिका-५ का रमल नेपालीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाले धनकुटा साँगुरीगढी गाउँपालिका-९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०२-१९

झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । जेठ १८ गते चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले कचनकवल गाउँपालिका-६ स्थितबाट भारत किसनगंजका युबेद राजालाई ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय भद्रपुरले कचनकवल गाउँपालिका-४ का हेमन्त विश्वकर्मालाई ५ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी मोरङको धनपालथान गाउँपालिका-३  र रंगेली नगरपालिका-४ चोप्राहबाट इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले  रंगेली-१ का सुदिप भट्टराईलाई ३ ग्राम ब्राउन सुगर सहित, र उर्लाबारी -४ का अभिषेक कार्की, बेलवारी -२ का नविन निरौलालाई ७ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित र सुन्दरहरैचा नगरपालिका-७ का सुरज परियारलाई १३ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । चेकजाँचकै क्रममा सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान-१७ का भोला राईलाई ३४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०२-१५

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट जेठ १४ गते लागू औषध सहित १५ जनालाई पक्राउ गरिएको छ ।झापाको गौरीगंज गाउँपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले भारतकी रुकमणी देवी र निजको छोरी कोमल कुमारी हरिजनलाई २० ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले मेचीनगर नगरपालिका-६ का दुखु मियाँलाई २ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनीले झापा गाउँपालिका-५ का मिलन कुमार राजवंशी र कनकाई नगरपालिका-७ की सरु कार्की डोलीलाई ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र नगरपालिका-६ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सोही स्थानका चन्दन कुमार बहदार, प्रबिन बि.क, अमर राई, आईत सिह तामाङ, समिर तामाङ र सुभराज राईलाई प्रतिबन्धीत औषधी ट्रामाडोल हाईड्रोक्लोराइड- २९० क्यापसुल, स्पास्मो- १५० ट्रयाब्लेट, एन्टिकोफ- १५० ट्रयाब्लेट र २७० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी  भोक्राहानरसिंहले सोही स्थानका नियाउद्दिन आलमलाई ६२ ग्राम गाँजा, प्रतिबन्धित औषधी- २५ ट्रयाबलेट सहित, अस्थायी प्रहरी चौकी बाङगेले बराहक्षेत्र नगरपालिका-७ कि रचना राई र अरुणा बि.क. लाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले ईटहरी उप- महानगरपालिका-२ का संजोग राई, जित बहादुर राई र पुस्पा प्रधानलाई ६ ग्राम ९७० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ परेको सबैनजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८३-०२-१३

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ११ जनालाई पक्राउ गरीएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट सोही स्थानका २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम सहित, मेचीनगर नगरपालिका-१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम सहित, इलाम माईजोगमाई गाउँपालिका-१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय फुर्वा तामाङलाई ३ ग्राम ६१० मिलिग्राम सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागू औषध गाँजा सहित शिवसताक्षी नगरपालिका-९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ की ३६ वर्षीया प्रगती खटिवडा, इटहरी-५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम ब्राउन सुगर सहित इनरुवा-४ बाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-२ का २९ वर्षीय रविन प्रधान, धरान-२ का १९ वर्षीय अतित भण्डारी र मोरङको सुन्दर हरँचा-४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको प्रहरी टोलीले  प्र.१-०२-०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी-५ का ३३ वर्षीय बिर बहादुर घिसिङ र पछाडी सवार कानेपोखरी-७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८३-०२-१२

सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट सोही स्थानका निश्चल लिम्बु र सुक्रराज तामाङको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल १२८ क्याप्सुल र स्पास १२८ ट्याब्लेट  र प्रहरी चौकी भरोलले बराहक्षेत्र नगरपालिका-४ का फिर्ती चौधरी, रुद्र बहादुर थापा र भगत चौधरीलाई २ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का सन्देश मगर र पारश राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेको छ।

लागू औषध ब्राउन सुगर सहित जना पक्राउ
२०८३-०२-११

झापा र मोरङबाट जेठ १० गते  लागू औषध ब्राउन सुगर सहित  जनालाई पक्राउ गरीएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका काठमाण्डौ महानगरपालिका-२५ का ४० वर्षीय अजय चित्रकार र ३७ वर्षीय शुशिल मानन्धरलाई १२ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-५ का २३ वर्षीय तुलसी माझीलाई पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो इकाई कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ वर्षीय ज्ञानेश खड्कालाई ५ ग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-१५ स्थितबाट पक्राउ गरेको हो ।  लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०२-०७

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट जेठ ६ गते लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-३ स्थितबाट भद्रपुर-२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई ६ ग्राम ७० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का ३० वर्षीय इन्द्र भुजेललाई ६४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दर हरैचा नगरपालिका-१० का २६ वर्षीय रमेश उरावलाई ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा बसपार्क स्थितबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।   

लागू औषध सहित १२ जना पक्राउ
२०८३-०२-०६

झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट जेठ ५ गते लागू औषध सहित १२ जनालाई पक्राउ गरिएको छ । सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर PIT, वडा प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त प्रहरी टोलीले सोही स्थानका जानकी धामी, किरण राई, समिर राई र विशाल राज धामिलाई १५ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी चौकी बसपार्क अनारमनीले सोही स्थानका रोहित श्रेष्ठ र सुनिल दासलाई ६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड नगरपालिका-९ का सौगात बस्नेत र पाचँथर जिल्ला हिलिहाङ गाउँपालिका-३ का आमिङ योङहाङलाई ५ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय सुरुङगाले कन्काई नगरपालिका-३ स्थितबाट सोही स्थानका चन्द्र बहादुर पौडेललाई ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बेलका नगरपालिका-४ का देव कुमार राईलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी नेपालटारले  सिरहा जिल्ला लहान नगरपालिका- १७ की लिलादेवी राम र लहान नगरपालिका- ८ की अस्मिता रामलाई ६ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भइ रहेक छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०२-०५

झापा र सुनसरीबाट प्रतिबन्धित लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको विर्तामोड नगरपालिका ५ शनिश्चरे रोड पाथीभरा टोल स्थितबाट विर्तामोड नगरपालिका १ का १९ बर्षीय अभिषेक राईलाई ब्राउन सुगर ११० मिलिग्राम, ASPAM नामक प्रतिबन्धित औषधी ४ ट्याब्लेट सहित र हिजै राती साँढे ९ बजे विर्तामोड नगरपालिका ५ ईन्द्रेणी टोल स्थितबाट ब्राउन सुगर १९० मिलिग्राम सहित कारोबारमा संलग्न सोही स्थानका ३५ बर्षीय हरसिंह राजबंशी, २१ बर्षीय राजु राजबंशी, विर्तामोड नगरपालिका ६ का ४४ बर्षीय सन्तोष कुमार पराजुली र विर्तामोड नगरपालिका ९ का २२ बर्षीय प्रशान्त खड्कालाई पक्राउ गरेको छ । त्यसैगरी हिजो दिउँसो १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको प्र.१-०१-००२ ह ७३१२ नम्बरको सिटी सफारी चालक सोही स्थान भानुटोलका ३८ बर्षीय जिवन घिमिरेलाई ब्राउन सुगर ११ ग्राम २०० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाकै दमक नगरपालिका ६ स्थित बसपार्कबाट दमक नगरपालिका १ बस्ने २७ बर्षीया विमला दाहाललाई ब्राउन सुगर ६ ग्राम ८४० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी अस्थाई प्रहरी चौकी बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ८ सम्पाङ चौक स्थितबाट सुनसरी हरिनगरा गाँउपालिका ६ बस्ने २१ बर्षीय अंजक अंसारी र हरिनगरा गाँउपालिका ७ बस्ने १८ बर्षीय अब्दुल वाहिद अंसारीलाई ट्रामाडोल २००० क्याप्सुल र डिकोलिक २००० ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ८ जना प्रहरीको नियन्त्रणमा
२०८३-०२-०४

झापा, सुनसरी र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट जेठ ०३ गते लागू औषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  झापाको इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २३ वर्षीय विशेष लिम्बुलाई ६२० मिलिग्राम ब्राउन सुगर, दमक-९ का १९ वर्षीय सनम लिम्बुलाई प्रतिबन्धित लागू औषध ७५ क्याप्सुल र ७५ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत प्रहरी कार्यालयहरुले इटहरी-२ हलगडाका २३ वर्षीय कृष्ण राईलाई ९२ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित, धरान-१५ का २५ वर्षीय सनम राईलाई ट्रामाडोल १४० क्याप्सुल र डिकोलिक १४० ट्याब्लेट सहित, रामधुनी नगरपालिका-९ का २२ वर्षीय रोहन चौधरी र रामधुनी-७ का २३ वर्षीय मनिस चौधरीलाई ६ ग्राम ७४ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा-४ स्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ । यसका साथै इलाका प्रहरी कार्यालय लेटाङले बेलबारी नगरपालिका-११ का २३ वर्षीय प्रेम बहादुर तामाङ र बेलबारी-४ का २० वर्षीय संजोग विशंखेलाई ६ ग्राम २८ मिलिग्राम ब्राउन सुगर सहित लेटाङ-३ स्थितबाट नयन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०२-०२

सुनसरी, मोरङ र झापाबाट प्रहरीले हिजो लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका १७ पकली स्थितबाट इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उपमहानगरपालिका ८ का ३२ बर्षीय शुसिल कुमार राजवंशीलाई ब्राउन सुगर ३०० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसै गरी  इटहरी उपमहानगरपालिका ४ फलामे पुल स्थितबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT समुह र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका २ का ३० बर्षीय रोशन धामीलाई ब्राउन सुगर ३५० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी झापाको कनकाई नगरपालिका ५ चाप्रमारी स्थितबाट अस्थाई प्रहरी बिट दुर्गापुरबाट खटिएको प्रहरी टोलीले झापा कमल गाँउपालिका ५ का २६ बर्षीय काले भन्ने जित बहादुर लिम्बु र दमक नगरपालिका ६ का २० बर्षीय प्रदिप रसायलीलाई ब्राउन सुगर ११ ग्राम ९७० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी मोरङको पथरीशनिश्चरे नगरपालिका ८ स्थित कुशलचोकबाट अस्थाई प्रहरी पोष्ट कुशलबजारबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २४ बर्षीय सुमन राईलाई ट्रामाडोल २,२१० क्याप्सुल र स्पासपेन २,३२० चक्की सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८३-०१-३०

विरानटगर, वैशाख ३० गते ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले प्रतिवन्धित लागू औषध चरेस र नियन्त्रित औषधी सहित २ जनालाई पक्राउ गरेको छ । वैशाख ३० गते दिउँसो बिषेश सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मोरङको बुढीगंगा गाउँपालिका-२ गंगाचोकका २७ बर्षीय करन प्रधान र २१ बर्षीय अनिस परियारलाई चरेस ८ ग्राम ७५ मिलिग्राम,  ट्रामाडोल र डाईक्लोमाईन समेत गरी ७ हजार ९६० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनसुन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-३०

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २९ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक- ५ का मित्र सुन्दासलाई ७ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय दमकले दमक- ७ बाट पथरी शनिश्चरे- १ का दिपन लिम्बुलाइ ट्रामाडोल  ३०० क्याप्सुल र डिक्लोमाईन ३०० ट्याब्लेट  सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १८ बाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT)को प्रहरी टोलीले सोहि स्थानका सितल चौधरी र निजकै छोरा शुसान्त चौधरीलाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी रमाइलो मोरङले कानेपोखरी गाउँपालिका- ६ का बिष्णु शेर्पालाई १ ग्राम ७१० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

४४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा
२०८३-०१-२९

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट ४ सय ४० किलोग्राम गाँजा बोकेको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । वैशाख २९ गते राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी चेकिङ टोलीले धरान-१३  स्थितमा चेकजाँचको क्रममा को. १ च ७३५९ नम्बरको एम्बुलेन्स भित्र प्लास्टिकको बोरामा प्याक गरी राखेको ४ सय ४० किलोग्राम गाँजा बरामद गरेको हो । एम्बुलेन्समा गाँजा बरामद भएसगै चालक तथा संलग्न ब्यक्तिहरुको खोजी कार्य भईरहेको छ । उक्त एम्वुलेन्स बुढासुब्बा डाईग्नोष्टिक सेन्टर प्रा.लि. धरानद्वारा संचालित रहेको खुल्न आएको छ । लागूऔषधको उत्पादन, संचय, बेचबिखन ,ओसारपसार तथा सेवन गर्नु कानुन अनुसार दण्डनीय अपराध हो ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०१-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले १० ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षी नगरपालिका-९ का बिशाल लिम्बु, मेचीनगर-६ का नविन दर्नाल र धरान-३ का राकेश परियारलाई पक्राउ गरेको छ । यसै गरी मोरङको प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका-६ का ३ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित अन्जन जिमि, प्रज्वल राई, लोकेस घले र कोराज विश्वकर्मालाई पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान- १६ का साइवक सारु मगर र पवन राईलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८३-०१-२६

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।बैशाख २५ गते विषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) को टोलीले धरान उप-महानगरपालिका-९ स्थितबाट धरान-१६का क्षितिज भण्डारी, काठमाण्डौं महानगरपालिका-६का समिर दियाली, सिन्धुपाल्चोक मेलम्ची-४ का सन्देश तामाङलाई ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी चौकी बसपार्कले अर्जुनधारा नगरपालिका-११ स्थितबाट दमक नगरपालिका-२ का सुमन थापालाई ५ सय ८९ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

लागू औषध गाँजा बोकेको एम्बुलेन्स सहित २ जना पक्राउ
२०८३-०१-२३

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितबाट गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स सहित ओसार पोसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते अपरान्ह इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई छिपाई  राखेको  १४८ किलोग्राम गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसगै ओसार पोसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार मो. सदामलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८३-०१-२०

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरिएको छ । झापाको मेचीनगर नगरपालिका-६ स्थितमा औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर-१३ का रोहन राजबंशी, मेचीनगर -९ का मनिष उप्रेती र मेचीनगर-६ का मिलन कार्कीलाई ४ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित र सर्लाही लालबन्दी नगरपालिका-२ का जिम्स खत्रीलाई १ ग्राम ६२० मिलिग्राम र शिवसताक्षी नगरपालिका-७ का रोहित भण्डारीलाई ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय कुमरखोदले झापा गाउँपालिका-२ का समिर प्रसाईलाई २ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भण्टाबारी सुनसरीले सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-९ का श्याम कुमार रजकलाई ७७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-१९

झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका-५ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति नगरपालिका-१ का हरी प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका-९ स्थितबाट सोहि स्थानका बिकल राईलाई ७० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका-१० का आशिष सुर्खेती र त्रियुगा नगरपालिका-३ का सन्देश राउतलाई  ४१  एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८३-०१-१८

झापा, सुनसरी र इलामबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित बुद्धशान्ति गाउँपालिका- ४ का प्रदिप दाहाल र अर्जुनधारा नगरपालिका- १ का सुकराज उरावलाई पक्राउ गरेको छ | इलामको प्रहरी चौकी किटेनीले इलाम नगरपालिका- ७ का समिर गोले र माइजोगमाई गाउँपालिका- ५ का मनोज खत्रीलाई २ ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका- २ का सजिब राईलाई ट्रामाडोल ९० क्यापसुल सहित उनकै घरबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ।

लागू औषध ब्राउन सुगर सहित ११ जना पक्राउ
२०८३-०१-१६

झापा, सुनसरी र पाँचथरबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १५ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा लागू औषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT, लागू औषध नियन्त्रण व्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले २९ ग्राम २९० मिलिग्राम ब्राउन सुगर र मे.१० प ९२९३ नम्बरको मोटरसाईकल सहित बेचबिखानमा संलग्न सोही स्थानका मन्दिप राई, उमेश तामाङ, अर्जुनधारा-४ का सनम खड्का, अर्जुनधारा-५ का ध्रुव कुमार दनुवार र बिर्तामोड-३ का विश्च राजवंशीलाई पक्राउ गरेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ बाट ८ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर सहित उदयपुर बेलका-३ का प्रताप राई, त्रियुगा नगरपालिका-१२ का मोहमद इस्माइल र मोरङ कटहरी-४ का बिबेक कुमार मण्डललाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोहि स्थानका सन्देश लिम्बुलाई १ ग्राम ४५०  मिलिग्राम सहित पक्राउ गरेको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-१ बाट ८६० मिलिग्राम ब्राउन सुगर सहित फिदिम-८ का अशोक गुरूङ र राजु तामाङलाई पक्राउ गरेको हो । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।                             

अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जना पक्राउ
२०८३-०१-१५

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ स्थित रहेको क्याफेमा अनलाईन जुवा (1Xbet) खेल्ने र खेलाउने कार्यमा संलग्न  धरान- १३ का ४६ बर्षीय हेमन राई, २७ बर्षीय योगेश लिम्बु, २९ बर्षीय मिलन लिम्बु, ३१ बर्षीय शुसान्त घिमिरे, ४२ बर्षीय कुमार तामाङ, ४० बर्षीय विवेक थापा, धरान- १ का ३३ बर्षीय सुजित साह धरान-१६ का ४१ बर्षीय अशोक लिम्बु, धरान- १५ का ३५ बर्षीय भवानी दाहाल र धरान- १७ का ३१ बर्षीय प्रज्वल राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १५ थान मोवाईल बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सट्टेवाजी गर्न नहुने कसुरमा आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

१९१ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०१-१५

मोरङको विराटनगर महानगरपालिका-९ स्थित रानीबाट १९१ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । वैशाख १४ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-९ रानी स्थितबाट प्र.१-०४००२ प ०७७२ नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा भारत देश जोगबनीका ३० वर्षीय मोहम्मद अब्दुल्ला र विराटनगर महानगरपालिका-१७ का बाबु मियाँलाई १ सय ९१ ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८३-०१-१४

झापा र सुनसरीबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १३ गते झापाको भद्रपुर नगरपालिका-५ को दुई छुट्टा छुट्टै स्थानबाट बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले ७ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न सोही स्थानकी बिबिसा चापागाई, भद्रपुर-९ का दिपक उप्रेती, ताप्लेजुङ फुङलिङ नगरपालिका-१ का प्रताप मादेन र फुङलिङ नगरपालिका-५ का अनुप लामगदेलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इनरूवा नगरपालिका-४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मोरङको पथरी शनिश्चरे गाउँपालिका-६ का राजा भन्ने सुमन यादव र सरोज परियारलाई ट्रामाडोल ६०६ क्यापसुल, नाईट्राजेपाम २० क्यापसुल सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

६० हजार ६० चक्की प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
२०८३-०१-१३

इटहरी, २०८३ वैशाख १३ गते । सुनसरीको इटहरी  उप-महानगरपालिका-११ स्थीतबाट ५१ हजार ९५२ चक्की प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरिएको छ । वैशाख १२ गते विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-११ स्थीतमा डेरा बस्दै अएका भारत बिहार नरपतगंजका २९ वर्षिय मो. सहनेवाजलाई ट्रामाडोल ५० हजार ५ सय ४० चक्की र डाइसाइक्लोमाइन ९ हजार ५ सय २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका सहनेवाजको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ । 

लागू औषध सहित १४ जना पक्राउ
२०८३-०१-१२

झापा,मोरङ, सुनसरी र इलाम जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १४ जनालाई पक्राउ गरिएको छ ।वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका-५ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-१० का राजु कुमार राजबंशी, अर्जुनधारा-८ का सलुन रसाईली र बिर्तामोड-३का पारस प्रसाईलाई ९ ग्राम २३० मिलिग्राम, बिर्तामोड-४का रोहित शर्मा र दिपक श्रेष्ठलाई ६ ग्राम १७० मिलिग्राम, मेचिनगर-१० का गुलाम रसुल मियाँलाई ५०० मिलिग्राम, भद्रपुर-५ का कन्चन राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी जलथलले हल्दिबारी गाउँपालिका-३का प्रतीक तामाङ र प्रीतम तामाङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी धरमपुरले शिवसताक्षी-१ का  सुदिप बिशुङ्खेलाई २१४ पिस प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बेलबारी- ४ का मन कुमार राईलाई ५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित, सुनसरीको इनरुवा नगरपालिका-४ स्थितमा अस्थायी प्रहरी चौकी बसपार्कले इनरूवा- ७ का श्रवण कुमार उरावलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित र इलामको सुर्योदय नगरपालिका-११ स्थितबाट सोही स्थानका विवेक राई र उदित राईलाई ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ गरेको सबै जनाको थप अनुसन्धान भइ रहेको छ ।

लागू औषध ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८३-०१-११

झापा, सुनसरी र इलामबाट बैशाख १० गते लागू औषध ब्राउन सुगर सहित १२ जना पक्राउ परेका छन । चेकजाँचको क्रममा प्रहरीले भद्रपुर नगरपालिका-४ स्थितबाट १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित पाचँथर फिदिमका भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर-५ का सुमन मुखियालाई पक्राउ गरेको छ । यसै गरी झापा गाउँपालिका-४ बाट शिवसताक्षी नगरपालिका-११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर सहित, सुनसरीको धरान-८ बाट सोहि स्थानका तुफान बिश्वकर्मालाई ३ ग्राम ९३० सहित, कोशी गाउँपालिका-१ बाट बराक्षेत्र नगरपालिका-३ का जिवन कार्की, अनिल राजधामी, ईटहरी-७ का राजेश चौधरी र नविन चौधरीलाई २ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित र इलामको इलाम नगरपालिका-९ बाट सोही स्थानका सुधिर अधिकारी र पार्वता चौहान अधिकारीलाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनसन्धान भईरहेको छ । 

लागू औषध ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८३-०१-११

झापा, सुनसरी र इलामबाट बैशाख १० गते लागू औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका-४ को दुई छुट्टा छुट्टै स्थानमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १६ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न पाचँथर फिदिमका भिमराज खजुम, राजमान राई, लक्ष्मण लिम्बु र भद्रपुर-५ का सुमन मुखियालाई पक्राउ गरेको छ भने प्रहरी चौकी टाघनडुब्बाले झापा गाउँपालिका-४ बाट शिवसताक्षी नगरपालिका-११ का मदन मिश्रलाई ३ ग्राम ८९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको धरान-८ बाट अस्थायी प्रहरी पोष्ट वरगाछीले सोहि स्थानका तुफान बिश्वकर्मलाई ३ ग्राम ९३० सहित र जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ बाट बराक्षेत्र नगरपालिका-३ का जिवन कार्की, अनिल राजधामी, ईटहरी-७ का राजेश चौधरी र नविन चौधरीलाई २ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यस्तै इलामको इलाम नगरपालिका-९ बाट जिल्ला प्रहरी कार्यालय इलामले सोही स्थानका सुधिर अधिकारी र निजको श्रीमती पार्वता चौहान अधिकारीलाई १ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनसन्धान भईरहेको छ ।  

लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८३-०१-११

लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको अस्थायी प्रहरी पोष्ट कोठुबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले वैशाख १० गते उदयपुरको बेलका नगरपालिका-८ स्थितबाट प्र.०१-००१ ह १८८१ नम्बरको अटोबाट २७ किलोग्राम गाँजा सहित चालक बेलका नगरपालिका-८ का अशोक राईलाई पक्राउ गरेको छ ।  यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर महानगरपालिका-१५ स्थितबाट निट्राजेपाम ९० ट्याब्लेट सहित मोरङ सुन्दरहरैचा-२ का २० वर्षीय सुदिप उराउलाई पक्राउ गरको छ भने इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले उर्लावारी-९ का बल बहादुर श्रेष्ठको घरबाट बिभिन्न प्रकारका लागू औषध क्याप्सुल १४० र ४८५ ट्याब्लेट बरामद गरी थप अनुसन्धान गरी रहेको छ ।  

लागू औषध ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८३-०१-१०

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको  छ । बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय संजोग राई, २५ बर्षीय रुपेश दर्जी र ३७ बर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागु औषध नियन्त्रण व्यूरो विराटनगरले इनरुवा-२ का सैफ अली सिदिकीलाई २० ग्राम ब्राउन सुगर सहित र कोशी गाउँपालिका-१ बाट बराहक्षेत्र नगरपालिका-६ का हरी बहादुर श्रेष्ठलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको विराटनगर-१६ बाट इलाका प्रहरी कार्यालय रानी, रानी (सिमा) र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले सुन्दरहरैचा-५ का समिर चौधरीलाई २१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी भागलपुर उदयपुरले बेलका-१ बाट स १० प ७८०१ नम्बरको मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका-७ का आर्जु राई र मोटरसाईकल पछाडी सवार श्याम कुमार कार्कीलाई १५५ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित २ जना पक्राउ
२०८३-०१-०८

सुनसरी र इलाम जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । वैशाख ७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान उप-महानगरपालिका-८ स्थितबाट धरान-१४ का निश्चल बस्नेतलाई  ८३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ भने इलामको प्रहरी चौकी दानबारीले माई नगरपालिका-८ का सन्तोष कुमार गोलेलाई ५ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ८ जना पक्राउ
२०८३-०१-०७

झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ८ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो २ बजे झापाको झापा गाँउपालिका वडा नं. ४ सुकुम्बासी टोल स्थितबाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ बस्ने ३७ बर्षीय अजय कुमार लिम्बु, ६२ बर्षीया खदी देवी मुखिया र ३३ बर्षीया सपना कपालीलाई ब्राउन सुगर १२ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो बेलुका पौने ५ बजे मोरङ पथरीशनिश्चरे नगरपालिका ७ घरभएका २४ बर्षीय रुपन राई र पथरीशनिश्चरे नगरपालिका ६ का २१ बर्षीय शिशिर बस्नेतलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले Tramadol Hydrochloride Capsuled IP (Tramol-50) ७८ क्याप्सुल र Dicyclomine HCL Tablets IP 20 mg ८१ चक्की सहित पक्राउ गरेको छ । यसै गरी हिजो दिनको साँढे ३ बजे सुनसरीको कोशी गाउँपालिका २ सरदार टोल स्थितबाट ७० बर्षीय लक्ष्मी सरदार, ४२ बर्षीया देवकी सरदार र भारतिय नागरिक २६ बर्षीय सहवाज आलमलाई गाँजा ७५ किलो ३३० ग्राम सहित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

५६३ ग्राम ६२० मिलिग्रान ब्राउन सुगर सहित २ जना पक्राउ
२०८३-०१-०५

झापाको कनकाई नगरपालिका-५ स्थितबाट ५६३ ग्राम ६२० मिलिग्रान ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ०४ गते बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले BR 37R 1866 नम्बरको मोटरसाईकलमा संकास्पद अवस्थामा रहेका झापा गाउँपालिका-६ का २२ बर्षीय साफिक उल मिया र भारत बिहार डिगलबैंकका २२ बर्षीय निसार आलमको साथमा रहेको झोला खान तलासी गर्दा ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८३-०१-०३

सुनसरी र मोरङबाट लागू औषधमा संलग्न ३ जना पक्राउ परेका छन । वैशाख ०२ गते मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले चेकजाँचको क्रममा विराटनगर-१५ स्थितबाट २० ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित काठमाडौं महानगरपालिका-२६ का सयल थापा मगरलाई नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले बराहक्षेत्र नगरपालिका-३ स्थितबाट उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का राज राई र खुसे राईलाई प्रतिबन्धित लागू औषध ट्रामाडोल १ हजार ६१० क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन १ हजार ६०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय हरिनगराले इनरुवा नगरपालिका- १० स्थित सडक छेउमा रोकी राखेको को. १ च ३६११ नम्बरको कारबाट १५ किलो ६०० ग्राम गाँजा बरामद गरे संगै नियन्त्रणमा लिएको छ ।

२ सय २५ किलोग्राम गाँजा सहित २ जना पक्राउ
२०८३-०१-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न रहेका २ जनालाई पक्राउ गरिएको छ । वैशाख १ गते राती ९ बजे विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाकमुनी प्लास्टिको ९ वटा बोरामा बाँधी लुकाई छिपाई राखेको अवस्थामा २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न बराहक्षेत्र नगरपालिका-६ का बिशेस माझी र रोशन श्रेष्ठलाई को. ३० प ९४७५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-३०

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते झापाको गौरीगंज गाउँपालिका- ३ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका रोशन डोम र गौरादह- ८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने गौरादह नगरपालिका- १ बाट इलाका प्रहरी कार्यालय गौरादहले सोहि स्थानका साने भन्ने सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले मे. २ प ९८७९ नम्बरको मोटरसाईकल चालक मोरङ केराबारी- ५ का बिमल भन्ने खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-१२-२६

झापा र मोरङबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २५ गते झापाको कन्काई नगरपालिका- ३ स्थितमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित शिवसताक्षि नगरपालिका-१० का प्रदिप तामाङ, दमक- १ का विक्रम ढकाल र इलाम माईजोगमाई गाउँपालिका-५ की मेरी राईलाई नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा मेचीनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर-९ का आरएन राईलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-२ का बिनोद मगरलाई ८७० मिलिग्राम ब्राउन सुगर र चरेस १ ग्राम ३० मिलिग्राम सहित पक्राउ गरेको छ ।  लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधि सहित २ जना पक्राउ
२०८२-१२-२३

सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधी सहित २ जनालाइ पक्राउ गरिएको छ । चैत्र २२ गते कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका उदयपुर बेलका नगरपालिका-५ का सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका-१ का सरोज खवासले बोकेको जेब्रा झोला चेकजाँचको क्रममा ट्रामाडोल २ हजार ७ सय ७० क्याप्सुल बरामद भए संगै दुवै जनालाई नियन्त्रणमा लिएको थियो । सोही दिन बराहक्षेत्र नगरपालिका-५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलामा ट्रामाडोल ६ हजार २ क्यापसुल  बरामद भएको थियो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ । नियन्त्रणमा लिइएका दुबैजनाको थप अनुसन्धान भइरहेको छ।

ठुलो परिमाणमा ब्राउन सुगर र विदेशी मुद्रा सहित २ जना पक्राउ
२०८२-१२-२३

झापाको भद्रपुर नगरपालिका-४ डाँगीबारी स्थितबाट ठुलो परिमाणमा लागु औषध ब्राउन सुगर र विभिन्न देशका मुद्रासहित २ जनालाई पक्राउ गरिएको छ । चैत २२ गते दिउँसो लागु औषधको कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ स्थितमा संकास्पद अवस्थामा रहेका भद्रपुर-४ का ३० वर्षीय बब्लु मर्डी र बिर्तामोड नगरपालिका-१ का २७ वर्षीय अनमोल गजमेरलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा उनिहरुको साथबाट २१८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित नेपाली रुपैया ३ लाख २ सय ५०, अमेरिकी डलर ७५, भारतीय रुपैयाँ ५ सय ३०, पाकिस्तानी रुपैयाँ ५० र  अस्ट्रेलियन डलर ५ बरामद भएको  थियो । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय अनारमनीले कन्काई नगरपालिका-९ का देवुलाल राजबंशी, प्रमोद मल्लिक र श्याम चौधरीलाई १ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८२-१२-२०

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । झापाको गौरादह नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००२ ह ८६३१ नम्बरको अटोलाई चेकजाँच गर्दा चालक बिर्तामोड नगरपालिका-२ का भवानी प्रसाईलाई १ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ का अजय कुमार राय र ग्रामथान गाउँपालिका-६ का निरञ्जन माझीलाई २ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

लागु औषध सहित ७ जना पक्राउ
२०८२-१२-१९

झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १८ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानिय बिजय तिवारीलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुरले बा ८७ प ३७६ नम्बरको मोटरसाईकल चालक हल्दिबारी गाउँपालिका-२ बस्ने राजिव कुमार राजवंशी र पछाडि सवार शिव प्रसाद गौतमलाई ५ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित, भारत देश सुपोलका अमर कुमारलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-७ स्थितमा स्थानिय सागर तामाङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी जिल्ला प्रहरी धनकुटाले धनकुटा नगरपालिका-९ स्थितमा शहिदभूमी गाँउपालिका-७ बस्ने शुसान राईले  प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको १९ किलो ८५० ग्राम लागु औषध गाँजा सहित पक्राउ गरिएको छ र को २१ प ९५६५ नम्बरको मोटरसाईकलबाट २४ किलो १४० ग्राम गाँजा फेला पारी चालकको खोजतलास भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-१० स्थितमा चौदण्डीगडी नगरपालिका-२ का प्रकाश दर्जीको साथबाट १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जना पक्राउ
२०८२-१२-१८

झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई पक्राउ गरीएको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ का संतोष लिम्बु पछाडी सवार ओम नरायण मंडल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र  मे ४ प ८२७४ नम्बरको मोटरसाईकल चालक भद्रपुर-९ का रेसल खड्का पछाडी सवार संदिप राजबशी र प्रबिण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका-८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप-महानगरपालिका-११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधी सहित मोरङको-१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी-४ का पर्वत राईलाई ३० ट्यब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । पक्राउ  परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।                

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १५ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका-६ का अनिस तामाङ, राघब राई, सुन्दरहरैचा-८ का सचिन घिमिरे र बिवेक श्रेष्ठलाई ६ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-२ का धिरन राई, गौरादह- ७ का निरोज बर्देवा र रुपेश दर्जीलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर, प्रतिवन्धित औषधी १२ चक्की सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको अस्थायी प्रहरी पोष्ट हसन्दहले उर्लाबारी नगरपालिका-१ का विश्वास तामाङ र कञ्चनपुर बेलौरी नगरपालिका-९ का सागर चौधरीलाई नाईट्राजेपाम ९४ क्याप्सुल, ९० चक्की ट्रामाडोल र ५० चक्की स्पास्पेन सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनसुन्धान भईरहेको छ ।

लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-१२-१५

झापा र मोरङको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ । झापाको वर्डा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर-४ डाँगीबारी स्थितबाट अर्जुनधारा नगरपालिका-११का शिब गिरी र संदिप उप्रेतिको साथबाट ८ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको कानेपोखरी गाउँपालिका-६ स्थितबाट स्थानिय दिप्लुङ राई, भिजन राई  र कुमार लिम्बुलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका पाचैँ जनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जना पक्राउ
२०८२-१२-१४

झापा, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-६ स्थितबाट  भारत ठाकुरगंजका ३७ वर्षिय बेचन यादवलाई २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको बराहक्षेत्र- ८ शुक्रबारे स्थितबाट B38L2962 नम्बरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा चालक देवानगन्ज-१का २३ वर्षिय राकेश कुमार यादवको साथबाट २५ किलोग्राम गाँजा फेलापारी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा -६ लालपत्ता चोक स्थितमा चेकजाँचको क्रममा स १ ज ५०३ नम्बरको यात्रुबाहक विङ्गरमा सवार त्रियुगा-९का चुडामणी रायाराझीको साथबाट ओपिडोल ७९० ट्याब्लेट, स्पासपेन ८९० ट्याब्लेट र  निड्राजेपाम ५४० ट्याब्लेट  प्रतिबन्धित औषधी फेला पारी नियत्रणमा लिएको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।    

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-१३

झापा र सुनसरीबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १२ गते झापाको भद्रपुर नगरपालिका-४ र ५ को बिभिन्न स्थानहरुबाट वडा प्रहरी कार्यालय भद्रपुरले १० ग्राम ६० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड- ७ का अजय रिऋदेब, बिर्तामोड- ३ का रस्को मुर्मु, सरोज कार्की, बिर्तामोड- ६ का मो. जाबिर आलम र भद्रपुर- ४ का दिपेश राजबंशीलाई नियन्त्रणमा लिएको हो भने अर्जुनधारा नगरपालिका- ८ का बिक्रम यादव र अजय राजवंशीलाई ४ सय मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट लागू औषध ब्युरो काँकडभिट्टाले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान- २० बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले प्र.१-०२-०५४ प ०९४४ नम्बरको मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का शिखर राई र मोटरसाईकल पछाडी सवार विश्व राईलाई १७ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ३ जना पक्राउ
२०८२-१२-१२

झापा, सुनसरी र उदयपुरबाट चैत्र ११ गते लागूऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका भद्रपुर नगरपालिका-९ का ३३ वर्षीय दिनेश कुर्मीलाई लागू औषध ब्राउन सुगर २ ग्राम ६९० मिलिग्राम सहित भद्रपुर-५ मेचीपुलबाट पक्राउ गरेको छ । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१६ स्थित पानीट्याङ्कीबाट अस्थाई प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३० बर्षीय रितिक थामीलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन ६१० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय कटारी उदयपुरले कटारी नगरपालिका-५ बरमझियाका ३३ बर्षीय तुल बहादुर थापालाई १० किलोग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-१२-०९

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चैत ०८ गते खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा सर्लाही ईश्वरपुर नगरपालिका-४ घर भई हाल अर्जुनधारा नगरपालिका-११ स्थितमा डेरा गरी बस्दै आएका ३१ बर्षीय सनम बुर्जा मगरको साथबाट ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रण लिएको हो । त्यस्तै मोरङको बिराटनगर-१६ बाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरले बिराटनगर-१५ का मोहन चौधरीलाई ४ ग्राम ६५० मिलिग्राम सहित र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनूसन्धान समुहले सुन्दरहरैँचा नगरपालिका- ६ का बिपिन दाहाललाई १ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान-१५ बाट अस्थायी प्रहरी चौकी श्यामचोकले सोहि स्थानका अजय खड्गी र विशाल राईलाई ट्रामाडोल ६१० क्याप्सुल, स्पास्पेन र डिकोलिक १२२० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।          

लागू औषध सहित ९ जना पक्राउ
२०८२-१२-०८

झापा, मोरङ, सनसरी र इलामबाट चैत ०७ गते लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले धरान-१५ का मिलन तामाङ र झापाको अर्जुनधारा नगरपालिका-१० का सुवास राईलाई २ ग्राम १४९ मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी श्यामचोकले धरान- १५ का पवन सापकोटालाई ट्रामाडोल ३०५ क्याप्सुल र स्पास्पेन ३१० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । त्यस्तै बिर्तामोड-७ का सन्तोष प्रसाईलाई ४४० मिलिग्राम ब्राउन सुगर सहित र इलाम नगरपालिका-८ का बिबेक लिम्बु, माई नगरपालिका-४ का सिनास भट्टराई, इलाम नगरपालिका-६ का सुजन लिम्बु र झापा अर्जुनधाराका गणेश बराईलीलाई २८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानीले बिराटनगर-१५ का मौसम राज बाणालाई ३५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-१२-०४

झापाको भद्रपुर नगरपालिका ५ र ६ बाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ३ गते जिल्ला प्रहरी कार्यालय झापा, वडा प्रहरी कार्यालय भद्रपुर र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर- ६ बाट ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित सोही स्थानका ३१ बर्षीय श्रवण यादव, २० बर्षीय गणेश राजवंशी र २६ बर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको हो भने भद्रपुर-५ बसपार्क स्थितबाट १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानका ३० वर्षीय सुभम साह, भद्रपुर-४ का ३० वर्षीय जयकरण कहार, भद्रपुर-६ का ३५ वर्षीय दुलाल सेख र २९ वर्षीय मोहम्द अमिर बाबुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-०२

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०१ गते झापाको दमक नगरपालिका- ५ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका मोहन यादव र गौरीगंज गाउँपालिका- १ का प्रवेश राईलाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले मेचिनगर- ६ बाट मे. ६ प ७७२६ नम्बरको मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका- ७ का लाख बहादुर योंङहालाई २ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रण लिएको छ । त्यस्तै सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक दुहवी- २ का सुशान्त चौधरी, मोटरसाईकल पछाडी सवार दुहवी- १० मेराज चौधरीलाई ८ ग्राम ११० मिलिग्राम सहित र भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट मोरङ कानेपोखरी गाउँपालिका- ७ का शुरेन्द्र जिमीलाई ६ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध गाँजा सहित १ जना पक्राउ
२०८२-११-०३

मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०२ गते बिराटनगर- ५ पुलचोक स्थित भित्री सडक खण्डमा बा. ८ च ६५०८ नम्बरको स्कर्पियो गाडी अनियन्त्रीत हुनासाथ CRV बरगाछी, वडा प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली खटिगई चालक फरार भएको अवस्थामा अनियन्त्रीत भई बाटो छेउको खाल्डोमा छिरेको उक्त गाडी भित्रबाट ४ सय २० किलोग्राम गाँजा बरामद भएको थियो । त्यस्तै जहदा गाउँपालिका- १ का चन्दन कुमार साहले गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले सशस्त्र प्रहरीसँगको सहकार्यमा उक्त स्थानमा खटिगई खानतलासी गर्दा निज साहले घर छेउमा खाडल भित्र प्लाष्टिकमा  ९ पोकामा लुकाई छिपाई राखेको २ सय ७५ किलो ८०० ग्राम गाँजा फेला पारी बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८२-११-०२

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते झापाको गौरीगंज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.१० प ८४३२ नम्बरको स्कुटि चालक कमल गाउँपालिका- ५ का संजोक राई र स्कुटी पछाडी सवार सुर्य बहादुर वि.क.लाई  ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाले बिर्तामोड- २ बाट सोहि स्थानका गोबिन्द बस्नेत, तिलक बुढाथोकी, टंक गिरी, उदय साहलाई ८ ग्राम ४४० मिलिग्राम सहित र कनकाई- ८ बाट सोहि स्थानका अजय राजवंशीलाई २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले सुन्दरहरैचा- ६ का सरोज चौलागाईलाई ३ ग्राम सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको धरान- १० बाट अस्थायी प्रहरी चौकी श्यामचौकले सन्दिप राई र भुमिका बर्देवालाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४१६ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-११-०१

मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहाका २६ वर्षीय विपिन कुमार मण्डललाई ६ ग्राम ४ सय ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित रंगेली-७ स्थितबाट पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी-२० स्थितबाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई प्रतिबन्धित औषधी ८० चक्की सहित, अस्थायी प्रहरी पोष्ट बस पार्क ईनरुवाले इटहरी-१८ का २४ बर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको अस्थायी प्रहरी चौकी जनताबस्तीले धरान-५ का फुर्वा तामाङलाई प्रतिबन्धित औषधी ५२ चक्की सहित इटहरी-५ बाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ
२०८२-१०-२९

झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २८ गते झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज-२  स्थितमा मे १ ह ५६६७ नम्बरको ओटो टेम्पुलाई संका लागी चेकजाँच गर्दा अटोको म्याट भित्र ६ ग्राम ०९ मिलि ग्राम ब्राउन सुगर फेला पारी चालक शिवसताक्षी-२ का दिल कुमार विश्वकर्मा, सवार गौरादह-८ का अमन ताजपुरिया, धरान-१६ का दिपा परियार र वेलबारी-९ की पार्वती चौधरीलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-५ कालाबन्जार चोक स्थितबाट बराहक्षेत्र-६ का सुमित संजय गुप्तालाई प्रतिबन्धित औषधी ९५ पिस र स्कुफ २ बोतल सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैजनाको सम्बन्धमा सम्बन्धीत प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८२-१०-२६

मोरङको ग्रामथान गाउँपालिका-५ सोमबारे स्थितबाट प्रतिबन्धीत औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २५ गते मोरङको प्रहरी चौकी तेतरीयाबाट खटिएको प्रहरी प्रदेश १-०१-००२ ह ३९७३ नम्बरको सिटि सफारीलाई संका लागि चेकजाँच गर्दा चालक सुन्दरहरैचा-११ का रन्जित साह र सवार सोहि स्थानका श्री बैजनाथ औषधी पसल संचालक भकुलाल विश्वास थारुको साथबाट प्रतिबन्धीत औषधी स्पास्पेन १५ सय ट्याब्लेट र ट्र्माडोल १ हजार २० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारी मोरङबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८२-१०-२४

झापा र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २३ गते झापाको अस्थायी प्रहरी चौकी बसपार्क, अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-११ बसपार्क स्थितबाट चेकजाँचको क्रममा इलामको इलाम नगरपालिका-६की रोमिक श्रेष्‍ठको साथबाट ११० मिलिग्राम लागु औषध फेला पारी नियन्त्रणमा लिएको छ भने धनकुटाको धनकुटा नगरपालिका-६ औधोगिकग्राम स्थितमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका सुमन भुजेलको साथबाट २५४ पिस प्रतिबन्धित औषधी फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

१४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित ३ पक्राउ
२०८२-१०-२०

झापाको भद्रपुर नगरपालिका-८  स्थित भद्रपुर बिमान स्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित १ जना र  कारोवारमा संलग्न २ जनालाई काठमाण्डौ बुढानिलाकण्ठ-६ स्थितबाट प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते साँझ झापाको भद्रपुर बिमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुरबाट काठमाण्डौं जान लागेकी हुम्लाको खार्पुनाथ गाउँपालिका-२ की २६ वर्षीया रोशनी बुढालाई १४४ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेकी  रोशनी बुढालाई सोधपुछ तथा अनुसन्धानको क्रममा अन्य कारोवारी समेत काठमाण्डौमा रहेको भनि बताए अनुसार लागू औषध नियन्त्रण ब्युरो काठमाडौबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ बुढानिलाकण्ठ-६ स्थितबाट कारोवारमा संलग्न सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ का ३० बर्षीय सन्तोष बञ्जारा र रामेछाप दोरम्वार गाउँपालिका-५ का २१ बर्षीय थोर्मस तामाङलाई पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ
२०८२-१०-१७

झापा,मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।माघ १६ गते झापाको लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ केर्खाका राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित,इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक-६ का अनिश राई र सुनसरी धरान-१७ की लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित र बिर्तामोड-४ का फणिन्द्र विश्‍वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट  लेटाङ-५ का मनोज परियारलाई ५ ग्राम ९० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डागाँबजार बेलबारीले बेलबारी-७ का मनिष मग्रातीलाई  प्रतिबन्धित औषधी ६३० ट्याब्लेट सहित पक्रउ गरेको छ ।त्यसैगरी सुनसरीको धरान-१९  स्थितबाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका सुजन लिम्बुको साथबाट १ ग्राम ४० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

झापा, मोरङ र धनकुटा जिल्लाको बिभीन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८२-१०-१६

झापा, मोरङ र धनकुटा जिल्लाको बिभीन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १५ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ भुटानी शरणार्थी सिविरका २८ वर्षिय अरुष दासको साथबाट १ ग्राम २७० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले बिराटनगर-१५ एक नंम्बर ढाट स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको पैदल यात्री माथी शंका लागी चेकजाँच गर्दा दमक-४का एलिस कार्कीको साथबाट ९ ग्राम ३५० मिलिग्राम लागु औषध ब्राउन सुगर फेलपारी नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरी टोलीले साँगुरिगढी-५ स्थितमा को २२ प १०३९ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा बोरामा १२ किलोग्राम लागु औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको छ भने चालकको खोजी कार्य भई रहेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जना पक्राउ
२०८२-१०-१६

भोजपुरको हतुवागढी गाँउपालिका-९ मचुवा स्थितबाट ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट प्रहरी टोलीले हतुवागढी गाँउपालिका-९ मचुवा मचुवादेखि धनकुटाको अखुवाटार तर्फ लैजादै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा डिकि भित्र ४३ वटा बोरामा राखेको ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बरामद गरी आमचोक-९का रुद्र बहादुर श्रेष्ठ , निशान मगर, नीर बहादुर श्रेष्ठ,धनकुटाको सहिदभूमि-२का सुदिप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिसुन्के ,दिप कुमार बिसुन्के र ताप्लेजुङको मिरिङ्डेन-६का लाक्पा शेर्पालाई पक्राउ गरेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-१०-१४

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १३ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा लागू औषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बाह्रदर्शी गाउँपालिका-६ घर भई हाल सोही स्थानमा डेरा बस्ने दिपक कार्कीको कोठा भित्रबाट १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर फेला पारी बेचबिखनमा संलग्न मन कुमार राजबंशी समेतलाई मे.१ ह.५५६२ नम्बरको अटो सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको धरान-८ बाट अस्थायी प्रहरी चौकी तिनकुनेले इटहरी-५ की सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउन सुगर फेला पारेसंगै कारोबारमा संलग्न इटहरी-९ की इशा पौडेल समेतलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जना पक्राउ
२०८२-१०-१३

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते सुनसरीको इटहरी-१७ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन,  मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  चेकजाँचकै क्रममा अस्थायी प्रहरी चौकी विजयपुरले धरान-१४ बाट सोही स्थानका कुन्दन पाठकलाई ट्रामाडोल ३१८ क्याप्सुल र स्पास्पेन २८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने झापाको दमक नगरपालिका-५ स्थितमा बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक- ९ का निरन्जन विश्वकर्मा, अमित मगर र दमक- ५ मिन कुमार धिमाललाई ट्रामाडोल ८१५ क्याप्सुल, डिकोलिक ११५ चक्की, स्पास्पेन ६०० चक्की लागु सहित पक्राउ गरेको छ ।

लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ५ जना पक्राउ
२०८२-१०-१२

सुनसरी, उदयपुर र धनकुटा जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ११ गते सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान-१७ का निर बहादुर दर्जी र किरण मगरलाई लागुऔषध ब्राउन सुगर १८० मिलिग्राम, प्रतिबन्धित औषधी ११९ पिस सहित र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-१९ का अविनाश चौधरीलाई ४३० मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बा ९५ प ६२९१ नम्बरको मोटरसाईकल चालक त्रियुगा-११ का सविन राईलाई संका लागि चेकजाँच गर्दा उनको साथबाट १५० एम्पुल प्रतिबन्धित औषधी फेलापारी नियन्त्रणमा लिएको छ । त्यसैगरी धनकुटाको सहिदभुमी-५ का रोहन राईलाई १३ किलो ४०० ग्राम लागु औषध गाँजा सहित इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।  

लागु औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ
२०८२-१०-१०

झापा र उदयपुरको दुई छुट्टा छुट्टै स्थानमा लागु औषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।माघ ९ गते झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा अर्जुनधारा-६ विहानी टोल स्थितमा बुद्धशान्ती-४का सुमन लिम्बु, विवेक लिम्बु र बुद्धशान्ती-५का केदारनाथ गिरीलाई १ ग्राम ५०० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको ट्राफिक प्रहरी पोष्ट रामपुरबाट खटिएको प्रहरी टोलीले को ३५ प ४९४४ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा चालक बेलका-७का लक्ष्मीपुजन बस्नेत र पछाडि सवार भक्त बहादुर थापाको साथबाट ३ किलो २०० ग्राम लागु औषध गाँजा फेला पारी नियन्त्रणमा लिएको छ ।पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-१०-०८

झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ७ गते मोरङको विराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगर खटिएको प्रहरी टोलीले सुनसरी इटहरी- ४ का सोनम विश्वकर्मा र इटहरी- ६ का बिक्की चौधरीलाई ६ ग्राम ब्राउन सुगर र नाईट्राजाम ५० चक्की सहित नियन्त्रणमा लिएको छ, भने झापाको मेचीनगर नगरपालिका-६ बाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले बुद्धशान्ति गाउँपालिका- ४ का अनमोल राईलाई १ ग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम- १ बाट सोहि स्थानका सौगत बस्नेतलाई ट्रमाडोल ५३ क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा सुनसरीको धरान-२ स्थितबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले धनकुटा चौबिसे गाउँपालिका- ७ की मनमाया लिम्बुलाई ९ किलो ३०० ग्राम गाँजा र प्रदेश १-०२-०४६ प ८९९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको छ

लागू औषध गाँजा, ब्राउन सुगर र औषधी सहित ७ जना पक्राउ
२०८२-१०-०७

झापा, मोरङ उदयपुर र सुनसरीबाट लागू औषध गाँजा, ब्राउन सुगर र औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ६ गते उदयपुरको अस्थायी प्रहरी पोष्ट मैनामैनीबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-७ स्थितबाट सोहि स्थानका मिसन राई, बिकाश राई र उमेश राईलाई १ सय ४३ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय छिटाहा सुनसरीले बा. २७ प १७६६ नम्बरको मोटरसाईकलमा सवार गढी गाउँपालिका-२ का अतिम मियाँ र इन्तियाज मियाँलाई ३५ किलो ८०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । यसैगरी लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाले चेकजाँचको क्रममा गौरादह-५ का अमिर बास्कोटालाई ३ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सुनसरीको दुहवी-६ का रोहित शर्मालाई प्रतिबन्धित औषधी ७ बोतल सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८२-१०-०७

मोरङको विराटनगर महानगरपालिका-४ स्थितबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ परेका छन । माघ ६ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. ३७ प ३३६६ नम्बरको मोटरसाईकलमा शंकास्पद अवस्थामा रहेका सुनसरी भोक्राहानरसिंह गाउँपालिका-५ का ३५ बर्षीय सुदिन मन्सुरीलाई १ सय ४० ग्राम ब्राउन सुगर सहित र इटहरी-५ का ५० बर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी नाईट्राजाम ४ सय ६० ट्याब्लेट, कोरेक्स १८ बोतल र स्पास्मोप्रोक्सिवन ३ सय ३६ क्यापसुल सहित पक्राउ गरेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-१०-०६

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ विराटनगर, माघ ५ गते झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ४ गते विशेष सूचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-८ का महमद सहवाज र अर्जुनधारा-७ का सुनिल कुमार मण्डललाई १ ग्राम ६४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो भने मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा -९ स्थितबाट सुन्दरहरैचा-१० का  योगेन्द्र श्रेष्ठलाई ३७ किलो ३६ ग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको प्रहरी चौकी सिशुवाधरमपुरबाट खटिएको प्रहरी टोलीले भोक्राहा नर्सिङ - ८  स्थितबाट भारतिय नम्बरको मोटरसाईलकलाई शंका लागी चेकजाँच गर्दा भोक्राहा नर्सिङ–८ का ४२ वर्षिय नौसाद आलमको साथबाट ६ ग्राम ३८० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।    

लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८२-१०-०१

लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ बिराटनगर, माघ १ गते मोरङ र भोजपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुस ३० गते इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलिले बिराटनगर-१ का रिहान अन्सारीलाई १ ग्राम २० मिलीग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले आमचोक-१० स्थितमा कोठा भाडामा बस्ने भोजपुर नगरपालिका १० का ४६ वर्षिय मचिन्द्र राईलाई उनकै कोठाबाट ८७ किलो ५०० ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जना पक्राउ
२०८२-०९-२९

प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जना पक्राउ सुनसरी, पुस २९ गते सुनसरीको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले चकजाँचको क्राममा धरान उप-महानगरपालिका-५ का २७ वर्षिय विकाश भुजेललाई प्रतिबन्धित औषधी ७१० क्याप्सुल सहित र इलाका प्रहरी कार्यालय रामधुनीले कोशी गाउँपालिका-६ का उदय मुखिया र  गणेश कुमार मुखियालाई १९ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइ रहेको छ ।  

लागु औषध ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८२-०९-२८

झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते इलाका प्रहरी कार्यालय गौरीगंज झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज गाउँपालिका-२ का मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी इलाका प्रहरी कार्यालय बुधबारेले मेचीनगर-७ का बिमल मेचे, मेचीनगर-११ का प्रबिन राई, बासु राजबंशी, सुरेश खड्का, मेचीनगर-८ का कविस मेचे, बुद्धशान्ती-४ का  कुमार गुरुङ, राजेन्द्र कुमार थापा, बुद्धशान्ती-३ का सन्दिप सराईली र बुद्धशान्ती-१० का घनश्याम माझीलाई ४ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर र नगद ३७ हजार ५ सयँ रुपैया सहित नियन्त्रणमा लिएको छ । सोही दिन वडा प्रहरी कार्यालय धरानले धरान-११ का विकाश कार्की र धरान-१२ का अगृश तुलाधरलाई २२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जना पक्राउ
२०८२-०९-२७

प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जना पक्राउ धरान, पुस २७ गते  इलाका प्रहरी कार्यालय धरान सुनसरीले धरान उप-महानगरपालिका-१६ स्थितबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल सहित २ जनालाई   पक्राउ गरेको छ । पुस २७ गते बिहान खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ स्थितमा को १८ प ४२५६ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा चालक कोशी गाउँपालिका-१ का २३ वर्षिय रोशन झाँ र १८ वर्षिय जय प्रकाश यादवको साथबाट प्रतिबन्धित औषधी ९ हजार ९ सय १० क्याप्सुल फेला पारी नियन्त्रणमा लिएको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०९-२७

प्रतिबन्धित औषधी र लागु औषध ब्राउन सुगर सहित ४ जना पक्राउ विराटनगर, पुस २७ गते झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगंज नगरपालिका-६ का मोहमद रहिम मिँया र सक्षम उप्रेतीको साथबाट १ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले उदयपुरको वेलका नगरपालिका-४ का अनु क्षेत्री र अनुप क्षेत्रीलाई प्रतिबन्धित औषधी ७०० क्यापसुल सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।

१०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिक पक्राउ
२०८२-०९-२७

१०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिक पक्राउ विराटनगर, पुस २७ गते मोरङको विराटनगर महानगरपालिका-१७ स्थितबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर सहित ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पुस २६ गते इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा आईसिपी रोडबाट विराटनगर तर्फ आउदै गरेको BR38AP 9049 नम्बरको मोटरसाईकल चालक भारत अररियाका २० वर्षिय सेठु कुमार , मोटरसाईकलमा सवार १९ वर्षिय राजकुमार साह र  २० वर्षिय रोशन कुमारको साथबाट १०४ ग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेको सबैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भई रहेको छ ।

लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित १० जना पक्राउ
२०८२-०९-२६

लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित १० जना पक्राउ विराटनगर, पुस २६ गते । झापा, मोरङ,सुनसरी, उदयपुर र इलामका विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुस २५ गते चेकजाँचको क्रममा झापाको भद्रपुर नगरपालिका-१ का २५ वर्षिय निरोज लिम्बु र भद्रपुर नगरपालिका- २का २६ वर्षिय सागर प्रधान लाई ४१ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित र मकवानपुर हेटौडा-१५ का जिबन खरेललाई १ ग्राम २८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । चेकजाँचकै क्रममा मोरङको पथरीशनिश्चरे नगरपालिका-४ का ज्ञानदिप राई, पथरीशनिश्चरे-७ का प्रज्वल राई र पथरीशनिश्चरे-६ का मिथुन मण्डललाई १ ग्राम ब्राउन सुगर सहित र उदरपुरको त्रियुगा नगरपालिका-१० का जहान सिंह खत्रीलाई प्रतिबन्धित औषधी ४५० एम्पुल सहित र इटहरी-५ का राहुल राय,  इटहरी-४ का सुशाङ्ग श्रेष्ठ, बिबेक घतानीलाई प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित पक्राउ गरिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०९-२३

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ परेका छन् । मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले पुस २२ गते चेकजाँचको क्रममा सुनवर्षी-२ की गोमा भेट्वाल, रोहन यादव र एकवाल खान मियालाई ३ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीले इटहरी उप-महानगरपालिका-४ का हिरा साहलाई ७६० मिलिग्राम ब्राउन सुगर सहित र वडा प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-२० का जीवन राई र क्रिष श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामोल ४०० क्याप्सुल र स्पास्पेन ४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।    

प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ
२०८२-०९-२२

झापा, मोरङ, सुनसरी र भोजपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकले पुस २१ गते चेकजाँचको क्रममा दमक-१ का सुरज कुमाल, कृष्ण बहादुर श्रेष्ठ र मोरङको मिक्लाजुङ-३ की मनिका राईलाई ६ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाटको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट धरान उप-महानगरपालिका-५ का किसन घतानी र दर्लामी मगरको साथबाट ५ ग्राम २१ मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको प्रहरी चौकी भरौलले रामधुनी-६ का सुनिल चौधरी र सुजन राईलाई प्रतिबन्धित औषधी ६२० क्याप्सुल र ५७० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसै गरी भोजपुरको अस्थाइ प्रहरी पोष्ट दुम्मानाले आमचोक-८ हतुवाली स्थितबाट बेवारिसे अवस्थामा ८ किलोग्राम  गाँजा फेला पारेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०९-१९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । पुस १८ गते बिशेष सुचनाको आधारमा झापाको अर्जुनधारा नगरपालिका-११ स्थित अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोहि स्थानकी अनु बोहरा, पारस श्रेष्ठ, पाँचथर फिदिम नगरपालिका- १ का संजय लिम्बु र अर्जुनधारा- ६ का लेखराज गुरुङलाई ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको धरान- १८ बाट इलाका प्रहरी कार्यालय धरानले ट्रामाडोल र स्पास्मो गरि जम्मा ९०० पिस सहित धरान- १० का युवराज कार्कीलाई र धरान- १३ बाट डाइजोपाम १८ एम्पुल सहित सोहि स्थानका सानु सुनुवारलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ
२०८२-०९-१७

मोरङ, सुनसरी, उदयपुर र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी, ब्राउन सुगर र गाँजा सहित ७ जना पक्राउ परेका छन । पुस १६ गते चेकजाँचको क्रममा मोरङको प्रहरी चौकी गछियाले सुन्दरहरैँचा-६ का आशिस चौधरी र ललितपुरका शुसान्त कटवाललाई ३ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी १६ ट्यावलेट सहित र सुन्दरहरैँचा-५ का रबिन थारुलाई ७९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी पोष्ट बिजयपुरले धरान -१४ का सन्देश तामाङ र निशान भुजेललाई प्रतिबन्धित औषधी २३२ क्याप्सुल सहित र जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा-३ का चक्र गौतमलाई प्रतिबन्धित औषधी १५ एम्पुल सहित नियन्त्रणमा लिएको छ । यसै गरी धनकुटाको इलाका प्रहरी कार्यलय भेडेटारले भारतका मोजाहिद मियालाई ५ किलोग्राम २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने १०४ किलोग्राम गाँजा  बेवारिसे फेला पारेको छ  ।

१०१ ग्राम लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०९-१६

१०१ ग्राम लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ मोरङ, पुस १५ गते । १०१ ग्राम लागू औषध ब्राउन सुगर सहित १ जनालाई मोरङको विराटनगर महानगरपालिका-११ बसपार्क स्थितबाट प्रहरीले पक्राउ गरेको छ । पुस १५ गते वडा प्रहरी कार्यालय विराटनगर र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१० का ३० वर्षिय पप्पु रामलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १ सय १ ग्राम लागू औषध ब्राउन सुगर फेलापरे संगै पप्पु रामलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय बुधनगरले जहदा गाँउपालिका- १ कुलरिया स्थित परालको कुन्युमा बेवारिसे अवस्थामा राखेको ६० किलोग्राम लागु औषध गाँजा बरामद गरी नियन्त्रणमा लिएको छ ।  

एम्बुलेन्सबाट ५२१ किलो लागू औषध गाँजा बरामद, हवाई फायर गरी २ जनालाई नियन्त्रणमा
२०८२-०९-१४

मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागू औषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुस १३ गते राति केराबारी गाउँपालिका-५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र.१-०६-००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भान्न खोजे पछी प्रहरीले हवाई फायर गरी धनकुटा शहिदभुमी-६ का निश्चल राई र सागुरिगढी-२ का  खगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिएको छ  भने एम्बुलेन्स भित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध गाँजा समेत प्रहरीले बरामद गरेको छ ।  पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

३३० किलोग्राम लागू औषध गाँजा सहित २ जना भारतीय हवाई फायरद्वारा नियन्त्रणमा
२०८२-०९-१३

मोरङको जहदा गाउँपालिका-२ स्थितबाट ३३० किलोग्राम लागू औषध गाँजा सहित २ जना भारतीय नागरिकलाई प्रहरीले हवाई फायरद्वारा नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुस १२ गते राती जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजाको बोरा बोकेर भारत तर्फ जाँदै गरेका भारत अररियाका २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खानलाई रोक्न खोज्दा बोरा फ्याकेर भागेका उनिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीले १ राउण्ड हवाई फायर गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो । लागू औषध गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

७६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना पक्राउ
२०८२-०९-१२

७६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना पक्राउ उदयपुर, पुस १२ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति १२:३० बजे इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-३ स्थित पैतालिस चौकबाट गाईघाट तर्फ आउदै गरेको को.१ ज ३४५६ नं. को बोलेरो गाडीलाई चेकजाँच गर्दा गाडी भित्र ३० बोरामा राखेको ७ सय ६३ किलोग्राम ७०० ग्राम गाँजा बरामद गरी चालक बेलका नगरपालिका -६ का रविन कुमार राई र सोही गाडीमा सवार बेलका नगरपालिका -९ का राम बहादुर राईलाई पक्राउ गरेको छ ।

प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ
२०८२-०९-१२

प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ विराटनगर, पुस १२ गते । मोरङ र धनकुटाबाट प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ११ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले विराटनगर महानगरपालिका - ४ स्थित नोबेल मेडिकल कलेजमा बेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल- ६००० पिस फेला पारि नियन्त्रणमा लिएको छ भने विराटनगर - २ स्थित वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर -१२ का दिनेश राई लाई प्रतिबन्धित औषधी ७ पिस इस्पासमो र २ पिस नाईट्रोजन ट्याबलेट सहित नियन्त्रणमा लिईएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा - ७ बाट सोहि स्थानका बिजय मल्लिक, रविन मल्लिक, धनकुटा-६ का प्रकाश रोक्का  र झापाको मेचीनगर - ९ का अतिप लिम्वुलाई प्रतिबन्धीत औषधी ट्रामोल-१५३ पिस र स्पासपेन-१६३ पिस सहित र छथरजोरपाटी - ३ स्थितबाट स्थानिय अर्बिन भट्टराईको साथबाट प्रतिबन्धित औषधी ट्रामोल-८० पिस र स्पासपेन-१०४ पिस सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धीत औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागु औषध ब्राउन सुगर सहित ४ जना नियन्त्रणमा
२०८२-०९-०६

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस ०५ गते लागु औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले इटहरी-६ स्थितमा चेकजाँचको क्रममा प्रदेश १-०२-०४८ प ४४७८ नम्बरको मोटरसाईकलमा सवार कोशी गाउँपालिका-८ का २० बर्षीय मो.जईसुल र बराहक्षेत्र-५ का ३५ बर्षीय अनिल कार्कीलाई ब्राउन सुगर ५५ ग्राम १६ मिलिग्राम र नगद १ लाख ६५ हजार सहित नियन्त्रणमा लिएको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर-५ बाट इलाम नगरपालिका-१२ का अनिल प्रधानलाई २ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर सहित र झापा कचनकवल-६ का दिल कुमार राजवंशीलाई २ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी विराट चोकले सुन्दरहरैँचा-१० का नरेश उराउलाई २ ग्राम ८१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-६ स्थितमा वेवारीसे अवस्थामा रहेको २० किलोग्राम गाँजा बरामद गरेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८२-०९-०५

सुनसरी र उदयपुरका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ४ गते सुनसरीको धरान-१६ स्थितमा लागू औषध बिक्रिबितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागू औषधी ट्रामाडोल ६ हजार ३०० ट्याब्लेट र स्पास्पेन ३ हजार ५१८ क्यासुल सहित बेचबिखानमा संलग्न सोहि स्थानका सबिन राई, सौरव राई, सुजन राई, धरान-११ का अस्बिन लिम्बु र धरान- १७ का संजय खड्कालाई नियन्त्रणमा लिएको हो । त्यस्तै इटहरी- ५ बाट अस्थायी प्रहरी चौकी जनताबस्तीले इटहरी-१६ का धिरेन्द्र कुमार चौधरीलाई ५४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले त्रियुगा नगरपालिका-७ का रेमन मग्रातीलाई १०० मिलिग्राम ब्राउन सुगर सहित बेलका- ९ बाट पक्राउ गरेको छ भने बेलका नगरपालिका- ८ डुम्रिबोटे स्थित सप्तकोशी नदिको किनारबाट २ वटा रबरको ट्युमा हरियो प्लाष्टिकमा पोका पारी लोड गरिएको अवस्थामा बेवारिसे लागू औषध गाँजा (६ बोरा) २ सय ५ किलो ६ सय ६५ ग्राम फेला पारी बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०९-०३

झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०२ गते बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-५ का धिरज न्यौपानेलाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय दमकले दमक- ६ का बिर बहादुर पौडेललाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित र कन्काई नगरपालिका-६ का गोपाल राजबंशीलाई १७० मिलिग्राम ब्राउन सुगर सहित अस्थायी प्रहरी पोष्ट दुर्गापुरले पक्राउ गरेको छ । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका-७ का बिशाल राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ५८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०९-०२

लागू औषध सहित ३ जना पक्राउ विराटनगर, पुस २ गते । सुनसरी र धनकुटाबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १ गते सुनसरीको प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी-१३ स्थितबाट बा ४२ प ८३८३ नम्बरको मोटरसाईकल चालक रामधुनी नगरपालिका-१ झुम्काका विशाल सरदारलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी धनकुटाको छथरजोरपाटी -६ का प्रेम गुरुङ र तेह्रथुमको लालीगुराँस-२ का तुलसी पौडेललाई ३०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय धनकुटाले नियनत्रणमा लिएको छ  । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

लागूऔषध सहित ३ जना पक्राउ
२०८२-०८-२९

सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट मंसिर २९ गते लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहा स्थितबाट बा.१८ च ३८३४ नम्बरको कारको पछाडीको सिट र डिक्कीमा कालो प्लाष्टिक भित्र ५ वटा पोकामा लुकाईछिपाई राखेको १ सय ३० किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै कार चालक ईटहरी-१७ पकलीका २४ बर्षीय करण साह र कारमा सवार मोरङको विराटनगर- ५ का २१ बर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिएको छ । त्यस्तै अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१६ बाट सोहि स्थानका २९ बर्षीय बिष्णु सुब्बालाई प्रतिबन्धित लागूऔषध ट्रामाडोल ५ सय २५ क्याप्सुल र डिक्लोमाईन ५ सय २५ ट्याब्लेट सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

बेवारिसे अवस्थामा ५ सय ८७ किलो ग्राम गाँजा बरामद
२०८२-०८-२८

सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट ५ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका-३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ स्थितमा ११ वटा बोरामा रहेको  ५ सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका-३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा र ब्राउन सुगर बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको छ ।   

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८२-०८-२८

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ विराटनगर, मंसिर २८ गते । झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-५ का रण बहादुर मगरलाई २ ग्राम  २२० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । चेकजाँचकै क्रममा प्रहरी चौकी कर्सियाले धनपालथान गाउँपालिका-२ का राजिव चौधरी र सियाराम चौधरीलाई १३ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी उदयपुरको प्रहरी चौकी लालपत्ताले त्रियुगा नगरपालिका-१३ का ससिकान्त चौधरीलाई ३ ग्राम ३५ मिलिग्राम त्रियुगा-४ का दाबेन्द्र मगर र त्रियुगा-९ का प्रेम चौधरीलाई १० ग्राम ०८९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट उदयपुरको बेलका नगरपालिका-९ का कमलेश बस्नेतलाई ७ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ  भने वडा प्रहरी कार्यालय धरानले धरान-१० का निरफुङ बस्नेतलाई प्रतिवन्धित औषधी  ट्रमाडोल २३० चक्की र स्पासपेन  २० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

६७८ किलोग्राम गाँजा बोकेको ट्रक सहित २ जना पक्राउ
२०८२-०८-२२

मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट ६७८ किलोग्राम लागू औषध गाँजा बोकेको ट्रक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्र.१-०१-००१ख ३८२५ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रकमा फल्स डाला जोडी लुकाई छिपाई राखेको अबस्थामा ६७८ किलोग्राम लागू औषध गाँजा बरामद गरेको हो ।  गँजा बरामद भए संगै ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका-२ का समेल राई र सोही ट्रकमा सवार सहिदभूमि गाउँपालिका- १ का विक्रम विशुङ्खेलाई समेत नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८२-०८-२२

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २१ गते जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-९ का सायर घिमिरे, सुशिल घिमिरे र पुर्णीमा पराजुलीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय दमकले दमक-५ का निरज मुखियालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागूऔषध ट्रामाडोल २७ क्याप्सुल र डाईक्लोमाइन २६ ट्याबलेट सहित उनकै घरबाट पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे- १ का देव लिम्बुलाई १६० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा)ले धरान-१३ का गंगाराज राईलाई लागू औषध २३ एम्पुल सहित नियन्त्रणमा लिएको छ । सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका-११ बाट प्रहरी चौकी मधुवनले १९ किलोग्राम गाँजा सहित कोशी गाउँपालिका-६ का रामनाथ यादव र भारत बिहारका भुषण कुमार यादवलाई प्रदेश १-०५-००१ प ३४९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणम लिएको हो भने इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-४ बाट धनकुटा साँगुरिगढी गाउँपालिका- १० का बिरेन्द्र राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

लागू औषध गाँजा सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर २० गते दिउँसो बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे. १ज २०१८ नम्बरको बोलेरो बरामद गरे संगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज संचालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  लागू औषध गाँजा सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका धरान-५ का जितेन्द्र राई र धनकुटाको साँगुरीगढी गाउपालिका-७ का जीवन राईलाई प्रतिबन्धित औषधी १४० ट्याब्लेट सहित, धरान-५ का भलराम श्रेष्ठ र धरान-१५ का समिर सुनामलाई ट्रामाडोल-४०० ट्याब्लेट, डिकोलिक-४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको इलाका प्ररी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-२०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थाहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले बराक्षेत्र नगरपालिका- ६ का सुजन दाहाललाई २ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा- ४ बाट नियन्त्रणमा लिएको हो भने धरान-२० स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री सोहि स्थानका मौसम राईलाई ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको विराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानीले विराटनगर- १७ का मो. अकबरलाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ । 

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०८-१७

सुनसरीको इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लागूऔषध ब्राउन सुगर ओसार पसारमा संलग्न रहेका ४ जनालाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम र २ जनालाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । मंसिर १६ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका-१ स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-५ का ३६ बर्षीय साहबुदिन आलम, इटहरी उप-महानगरपालिका-१८ का २० बर्षीय मोहमद साबिर, २४ बर्षीय रहमत अली र २४ बर्षीय मोहमद असलमलाई १ सय ४१ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  सोही दिन झापाको प्रहरी चौकी टाघनडुब्लाले  शिवसताक्षी नगरपालिका-६ का ओम नारायण राजबंशी र मनोज राजबंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद
२०८२-०८-१७

मोरङको धनपालथान गाउँपालिका-१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका-१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा  थप अनुसन्धान भईरहेको छ । चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान-१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।

लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
२०८२-०८-१६

भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । मंसिर १५गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी बालंखा र हसनपुरबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका वडा एरियाका बिभिन्न स्थानमा करिव ७२ रोपनी क्षेत्रफलमा रहेका ७ हजार २ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाँउपालिका-३ स्थित डाँडापाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेको ७  सय  वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।  

प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-१६

मोरङ र उदयपुरको बिभिन्न स्थानहरुबाट मंसिर १५ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-११ का बिजय तोलाङ्गीको घर कोठाबाट लागू औषध ट्रामाडोल १८० क्याप्सुल र स्पास्पेन १७० ट्याब्लेट बरामद गरी पक्राउ गरेको हो भने मोरङको प्रहरी चौकी कटहरीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्र १-००२-००४ह २५४० नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको १० किलोग्राम लागू औषध गाँजा सहित सिटि चालक जहदा गाउँपालिका-७ का २० बर्षीय शसी मण्डललाई नियन्त्रणमा लिएको हो । यसैगरी उदयपुरको प्रहरी चौकी लालपताबाट गस्तीमा खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका प्रतिबन्धित लागू औषध ट्याब्टेल १७९ वटा र एम्पुल ६ वटा सहित कटारी नगरपालिका-७ का किरण नेपालीलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
२०८२-०८-१५

भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । मंसिर १५ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका-५ र ८ वडाका बिभिन्न स्थानमा करिव ७७ रोपनी क्षेत्रफलमा रहेका ८ हजार गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको प्रहरी चौकी आँखी सल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाँउपालिका-६ स्थित डाँडापाखामा करिव २ रोपनी क्षेत्रफलमा रहेको १ हजार ४ सय  वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।

लागूऔषध सहित ५ जना पक्राउ
२०८२-०८-१५

झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो साँ झापा गाँउपालिका ४ लसुना स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी नगरपालिका ११ का निशान न्यौपाने र एक जना बालकलाई ब्राउन सुगर १ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी मोरङको रतुवामाई नगरपालिका २ डोरिया स्थितबाट इलाका प्रहरी कार्यालय सिजुवा र डोरियाबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारी १ का दिपेश धिमाल र पुर्ण बहादुर जोगीलाई ४ ग्राम ०१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ६ का दिनेश तामाङलाई ८७  क्यापसुल TRAMADOL र ८८ ट्याब्लेट SPASPAIN सहित पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०८-१४

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३० बर्षीय देवराज खड्का र ३२ बर्षीया सुस्मिता राईलाई ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो राती अस्थाई प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थानका २३ बर्षीय साबिर मियालाई ब्राउन सुगर १०० मिलिग्राम र बेलबारी नगरपालिका ११ बस्ने ३२ बर्षीय निशान मगरलाई ब्राउन सुगर ३२० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०८-१३

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १२ गते मोरङको लेटाङ-५ स्थितमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ना ३ प २६८७ नम्बरको मोटरसाईकल चालक सोहि स्थानका प्रविन राई र मोटरसाईकल पछाडी सवार उर्लाबारी-२ का सन्दिप धिमालको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर-१६ बाट इलाका प्रहरी कार्यालय रानीले को. १७ प ४३८४ नम्बरको मोटरसाईकल चालक तेह्रथुम ओयाक्जुङ गाउँपालिका-३ का संजिव ढकाल र मोटरसाईकल पछाडी सवार भारतीय नागरिक अब्दुल इकरामलाई  ०.५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको इटहरी-१ बाट प्रहरी चौकी तरहराले सोहि स्थानका पुनम राईलाई ३ किलो २ सय ग्राम गाँजा सहित उनकै घरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ
२०८२-०८-१२

इलाम र मोरङ जिल्लाबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ११ गते इलामको इलाम नगरपालिका-७ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय इलाम र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ८ ग्राम ०७० मिलिग्राम ब्राउन सुगर सहित सोहि स्थानका छिरिङ दोर्जे लामा, इलाम-६ का केशब दाहाल, मौसम राई र इलाम- ५ का सौरभ लुङ्गेली मगरलाई पक्राउ गरेको छ । चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-४ का तुलाराम देवानलाई प्रतिबन्धित औषधी ट्रामोल २ सय क्याप्सुल, डाईजी २०४ ट्याब्लेट र हेल्थी लाईफ ५२ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ११ जना पक्राउ
२०८२-०८-११

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १० गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-१ का कुमार गौतम र मोरङ उर्लाबारी-८ की ललिता धिमाललाई ८ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सोहि दिन वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर-५ स्थिबाट भारत मध्येपुरका नरेश पासवानलाई ६ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित,  प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का प्रफुल्ल राजवंशीलाई ४ ग्राम सहित र अस्थायी प्रहरी पोष्ट बसपार्कले अर्जुनधारा- १ का प्रदिप घिमिरे र मेचिनगर-१५ का  युवराज लिम्बुलाई ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको दुहबी-१० स्थितबाट १० ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित भारतीय नागरिक मो. हैदर मिया, सिन्टु कुमार पासवान, सुमित कुमार पासवान र गौरव झालाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी (सिमा), लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले धरान-६ का कर्ण बहादुर भण्डारीलाई ०.४३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-०८-०९

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ । मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर-१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर-१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानी (सिमा) ले सप्तरीको बोधेबर्साइनका दुर्गानन्द यादबलाई ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले रामधुनी-५ का सन्तोष राईलाई ६७ मिलिग्राम ब्राउन सुगर सहित र झापाको वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड-४ का दिलिप कुमार माझी र उनको श्रीमती रोमा राणालाई ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-०९

सुनसरी र मोरङको छुट्टा छुट्टै स्थानहरुबाट मंसिर ०८ गते प्रहरीले प्रतिबन्धित लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले भारत बिहारका राजु कुमार सोनीलाई लागू औषध INTRAZEPAM ट्याब्लेट-१४०, Tramadol-८ ट्याब्लेट सहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट विजयपुरले धरान-१५ का सनम लिम्बुलाई ट्रामाडोल-३०० क्याप्सुल र स्पास्पेन-२४० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले मोरङको रतुवामाई नगरपालिका-९ का भिमदेव श्रेष्ठलाई २०६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०८-०८

झापा र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०६ गते वडा प्रहरी कार्यालय भद्रपुरले ६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित मेचीनगर-१२ का सुनिल बिश्वकर्मा र मंसिर ०७ गते अर्जुनधारा नगपालिका-२ का बिर बहादुर कुमाललाई ६ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले इलाम माङसेबुङ गाँउपालिका-४ का अमिर देवानलाई १ ग्राम २८० मिलिग्राम ब्राउन सुगर सहित मेचीनगर-६ बाट पक्राउ गरेको छ । चेकजाँचकै क्रममा बिर्तामोड नगरपालिका-३ बाट प्रहरी चौकी बिर्ताबजारले सोहि स्थानका गुल्चन उरावलाई ३१० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको विराटनगर-१५ बाट सुनसरी इनरुवा-७ का सुरज उरावलाई इलाका प्रहरी कार्यालय रानी (सिमा)ले लागू औषध १५ एम्पुल सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८२-०८-०६

जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा-४ स्थित भित्री सडक खण्डबाट  प्र.१-०२-००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजादै गरेको १० किलोग्राम ५४० ग्राम लागू औषध गाँजा सहित सिटी चालक हरिनगर-४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी घुस्किहाटले हरिनगर-७ स्थितबाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारी बरामद गरेको हो । लागू औषध सहित पक्राउ परेका दुबैजनाको कानूनी कारबाही भई रहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भई रहेको छ ।  

प्रतिबन्धित लागू औषध सहित ६ जना पक्राउ
२०८२-०८-०५

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ४ गते प्रतिबन्धित लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१ का भक्त बहादुर कटुवाल र गणेश पुरीलाई ५ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले भोजपुरका धनिराज राईलाई विराटनगर-१५ स्थितबाट ६ सय ९०  मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाट र तीनकुनेले धरान-६ पानबारी सामुदायिक बनमा बेबारीसे अवस्थामा जेब्रा झोलामा रहेको २५ किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाले पथरीशनिश्चरे-१ का दावा शेर्पा र सुरज राईलाई ५ सय ९० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी नडहाले बराहक्षेत्र-३ स्थितबाट सप्तरीका लालदेव रजकलाई ४० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०८-०४

झापा, सुनसरी र धनकुटा जिल्लाबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०३ गते जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका-३ बाट मे. ८ प ८१४० नम्बरको मोटरसाईकल चालक झापा गाउँपालिका- ५ का अडसाद अलीलाई ६३ ग्राम ०२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको धरान- ४ बाट अस्थायी प्रहरी चौकी पत्रङबारीले सोहि स्थानका अनिल राईलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर र प्रहरी चौकी हिले धनकुटाले उदयपुर बेलका नगरपालिका-९ का अर्जुन कार्कीलाई २०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ । 

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०८-०४

मोरङ, ताप्लेजुङ र धनकुटाबाट लागू औषध सहित ५ जना पक्राउ परेका छन । मंसिर ०३ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा फुङलिङ नगरपालिका-२ का सन्तोष लिम्बु र फुङलिङ-४ का जापान लिम्बुलाई निषेधित औषधी ८८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको विराटनगर-१६ बाट इलाका प्रहरी कार्यालय रानी (सिमा)ले केराबारी गाउँपालिका-७ का राम बहादुर तामाङ, केराबारी-६ का मोहन राई र मिलन तामाङलाई निषेधित औषधी ३५ ट्याव्लेट सहित पक्राउ गरेको छ भने धनकुटाको प्रहरी चौकी मुलघाटले साँगुरीगढी गाँउपालिका-१  बाट वेवारिसे अवस्थामा रहेको प्रदेश नम्बर-१०२-०४४ प ७४५२ नम्बरको मोटरसाकलबाट ८ किलोग्राम गाँजा बरामद गरेको छ ।

प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०८-०३

लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ४  जनालाई पक्राउ गरेको छ । मंसिर २ गते मोरङको विराटनगर महानगरपालिका-१३ स्थित सडक किनारमा को.१४ प ४५८७ नम्बरको मोटरसाईकलमा संकास्पद गतिबिधी गरीरहेको अवस्थामा विराटनगर-८ का २८ बर्षीय अजय कुमार मुखिया र विराटनगर-१६ का अजय कुमार राउतलाई शंकालागी चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर १४० ग्राम १८ मिलिग्राम बरामद भएको हो । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर-११ बसपार्क स्थितबाट भारत अररियाका २८ बर्षीय मो. मोजाहित र २० बर्षीय राज कुमार दासको साथबाट १५२ ग्राम ब्राउन सुगर बरामद गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।   

लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-०८-०३

झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई मंसिर २ गते प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले हल्दिबारी गाउँपालिका-३ का धन बहादुर बन र हल्दिबारी-२ का राम मर्डीलाई ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी बिर्तामोड बसपार्क स्थितमा खटिएको प्रहरी टोलीले १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड-५ का आदेश दर्जिलाई नियन्त्रणमा लिएको हो भने कमल गाउँपालिका-३ का दिलिप कुमार भुजेललाई ८ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी- २० का गोबिन्द तामाङलाई ८ ग्राम ८९ मिलिग्राम ब्राउसुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०८-०२

झापा र मोरङबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०१ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा लागू औषध बिक्रि वितरण भईहेका भन्ने बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका यसराज राजवंशीलाई २ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै वडा प्रहरी कार्यालय विराटनगरले झापाको गौरादह नगरपालिका-११ का कमल विश्वकर्मालाई नाईट्रोसन र प्रोक्सोभिन गरी जम्मा ११६ चक्की लागू औषध सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी गडेरिया मोरङले धनपालथान गाउँपालिका-१ बाट बेवारिसे अबस्थामा रहेको ५ किलोग्राम १६२ ग्राम गाँजा बरामद गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ठूलो परिमाणको लागू औषध सहित फार्मेसी संचालक दम्पती पक्राउ
२०८२-०८-०१

सुनसरीको इटहरी उप-महानगरपालिका-१२ स्थितबाट ठूलो परिमाणको लागू औषध सहित फार्मेसी संचालक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३० गते फार्मेसी पसलबाट लागू औषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले इटहरी-१२ का नसिव फार्मेसी संचालक ५० बर्षीय नसिव नारायण चौधरीको घर खानतलासी गर्दा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको प्रतिवन्धित औषधी ट्रामाडोल १९ हजार ८०० क्याप्सुल र नियन्त्रित औषधी डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको हो । उक्त परिमाणको लागू औषध बरामद भए सगै चौधरी र उनको श्रीमती सम्झना चौधरी समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

बेवारीसे अवस्थामा रहेको ३१७ किलोग्राम लागू औषध गाँजा बरामद
२०८२-०७-३०

सुनसरीको धरान उप-महानगरपालिका-४ र १७ स्थितबाट प्रहरीले बेवारीसे अवस्थामा रहेको ३१७  किलोग्राम लागू औषध गाँजा बरामद गरेको छ । कार्तिक २८ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT), इलाका प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरान-४ स्थित कोशी लोकमार्गमा चेकजाँचको क्रममा सडक साईडमा बेवारीसे अवस्थामा रहेको को. ३० प ४५४४ र बा. ५१ प ५४१३ नम्वरको मोटरसाईकलमा लोड गरी राखेको अवस्थामा ४९ किलोग्राम गाँजा बरामद छ । यसै गरी बिशेष सुचनाको आधारमा कार्तिक २९ गते प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले धरान-१७ स्थितमा रहेको जंगलमा बोरामा प्याक गरी लुकाई छिपाई राखिएको अवस्थामा २ सय ६८ किलोग्राम गाँजा बरामद गरेको छ । गाँजा बरमद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भईरहेको छ ।    

प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ
२०८२-०७-३०

जिल्ला प्रहरी कार्यालय सुनसरी र अन्तर्गत रहेका प्रहरी कार्यालयहरुले कार्तिक २९ गते चेकजाँचको क्रममा सप्तरीका वशन्त कुमार मण्डललाई ४८ मिलिग्राम ब्राउन सुगर सहित,  मकवानपुरका  प्रशान्त सेङतान र  राजन थोकरलाई ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसै गरी लागू औषध नियन्त्रण व्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले इटहरी-१३ स्थितबाट २५ किलोग्राम गाँजा सहित इटहरी-१३ का आकाश पटेल र रवि सरदारलाई नियन्त्रणमा लिएको छ ।  पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

अवैध लागू औषध गाँजा सहित २ जना पक्राउ
२०८२-०७-२८

सुनसरीको इटहरी उप-महानगरपालिका-३ डाडागाँउ टोल स्थितबाट अवैध लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २८ गते लागू औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले इहटरी-३ की कल्पना राईको घरमा रहेको प्रदेश १-०२-००३ ह ९०५५ नम्बरको सिटी सफारीमा गाँजा लोड गर्दै गरेको अवस्थामा कल्पना राई र भोजपुर रामप्रसादराई गाउँपालिका-७ घर भई सोही घरमा बस्दै आएका मनोज राईलाई फेला प्लास्टिको पोकामा रहेको ९८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको  छ ।  

लागू औषध सहित १० जना पक्राउ
२०८२-०७-२८

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते मोरङको इलाका प्रहरी कार्यालय रंगेलीबाट रंगेली नगरपालिका-४ र ६ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका-५ का जिवन खड्का र रंगेली-४ का सतिस कुमारलाई ४ ग्राम ८० मिलिग्राम र कानेपोखरी गाउँपालिका- ५ का सलिन गुरुङ र कपिल जिमि याख्खालाई १ ग्राम ७९०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यैगरी झापाको प्रहरी चौकी जलथलले हल्दीवारी गाउँपालिका-५ का सौरभ गुरुङ र  देवी प्रसाद गुरुङलाई ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पकली सुनसरीले ईटहरी-१७ का जान मोहमद हुसेन, सादाब हसिन, मोरङ केराबारीका भुसण राई र अनिस मगरलाई २ किलो २०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-२७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँज गर्ने क्रममा कमल गाउँपालिका-३ का प्रज्वल बाँनियालाई ३ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको धरान-६ बाट प्रहरी चौकी पानबारीले सोहि स्थानका रोशन राई र अभिषेक बिश्वकर्मालाई निषेधित औषधीट्रामाडोल २६१ क्याप्सुल र २८४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय दुहबीले बर्जु गाउँपालिका-३ का मुकेश कुमार चौधरीलाई १८ किलो ५९८ ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जना पक्राउ
२०८२-०७-२६

मोरङ, सुनसरी र ताप्लेजुङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ओसार पसार तथा बेचबिखनमा सम्लग्न २ महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २५ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्ला र उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ कि दुर्गा देवि भण्डारीलाई उनकै घरबाट १९ ग्राम २०० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको छ भने संकास्पद अवस्थामा रहेका उर्लाबारी नगरपालिका-१ गिरिजा तामाङ र चन्द्र बहादुर दनुवारलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा इलाका प्रहरी कार्यालय रंगेलीले पथरी शनिश्चरे नगरपालिका-१० की विनिता लिम्बुलाई १ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय रानीले विराटनगर-११ का प्रशान्त राईलाई २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर, ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट सहित धरान-१९ का समिर बिश्वकर्मा र अर्जुन बिश्वकर्मालाई नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले प्र.१-०२-०५३ प ९९८२ नम्बरको मोटरसाइकल चालक धनकुटा सहिदभुमी गाउँपालिका-  का सिद्वार्थ राईलाई ११ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका-६ का रोशन पोख्रेललाई प्रतिवन्धित औषधी ६८ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ । 

अवैध गाँजा खेती फडानी गरी नष्ट
२०८२-०७-२४

धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका तथा प्रकृतिक रुपमा आफै उम्रिएका गाँजाका बोटहरु नष्ट गर्न इलाका प्रहरी कार्यालय छिन्ताङबाट कार्तिक २३ गते परिचालन भएको प्रहरी टोलीले शहिदभूमी गाँउपालिका-५ स्थित ५ रोपनी क्षेत्रफलमा रहेका कारिव १० हजार बोट र इलाका प्रहरी कार्यालय राजारानीले चौबिसे गाउँपालिका-५ डाँडाखर्क स्थित ३ रोपनी क्षेत्रफलमा रहेको करिव ४ सय गाँजाको बोट फडानी गरी नष्ट गरेको छ । यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागढी र आम्चोक गाउँपालिकाको बिभिन्न वडा एरियाका १० रोपनी जग्गामा रहेको करिव १ हजार ५० वटा गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।

प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ
२०८२-०७-२२

मोरङ, धनकुटा र उदयपुरबाट प्रतिबन्धित औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते मोरङको बेलबारी नगरपालिका- १ का ३२ बर्षीय बिज्ञान राईले आफ्नो घरमा लागू औषध बिक्री बितरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोलीले राईलाई ट्रामाडोल ४७० चक्की, डिक्लो ४७० ट्याब्लेट र १८० ग्राम गाँजा सहित घरैबाट पक्राउ गरिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका- ६ का तिलक भुजेल र मौसम राईलाई ट्रामाडोल ११० क्याप्सुल, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित सोहि स्थानबाट नियन्त्रणमा लिएको छ भने उदयपुरको कटारी नगरपालिका- ४ का ३१ बर्षीय जित बहादुर थापा मगरलाई प्रतिबन्धित लागू औषध १९० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय कटहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जना पक्राउ
२०८२-०७-२१

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २० गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ५ का ३१ बर्षीय राजु श्रेष्ठलाई ४५ ग्राम ९३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. ४ प ७४२ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा- १० का २८ बर्षीय शुसान्त पोखरेल र पछाडि सवार सुन्दरहरैचा- ९ का ३८ बर्षीय चेवन धिमाललाई ११ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर- १६ बाट पक्राउ गरेको छ । त्यस्तै झापाको भद्रपुर- ५ बाट वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर- ४ का ३० बर्षीय पुरण बिश्वकर्मालाई २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी चारआलीले मेचीनगर- १३ बाट प्रतिबन्धित औषधी लोरी १६० ट्याब्लेट र ट्रामाडोल ६० ट्याब्लेट सहित मेचीनगर- ३ का ३० बर्षीय प्रशान्त सेन्चुरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान भईरहेको छ ।

लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जना पक्राउ
२०८२-०७-२०

मोरङको जहदा गाउँपालिका-३ बाट लागू औषध गाँजा ओसार पोसारमा संलग्न एम्बुलेस र चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १९ गते राती बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-३ स्थितमा स. १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागू औषध गाँजा बरामद गरेको हो । गाँजा बरामद भए सगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर-५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स संगै रहेका को. ३१ प ८८८९ नम्बरको मोटरसाईकल चालक जहदा गाउँपालिका- ३ का ३२ बर्षीय दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ ।

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०७-२०

मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १९ गते मोरङको विराटनगर-५ स्थितमा लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले BR50AD 0227  नम्बरको स्कुटरमा सवार सुनसरी देवानगंज गाउँपालिका-२ का बिकाश कुमार यादब र भारत बिहार पुर्णियाका कृष्ण कुमार मेहतालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा ५३ ग्राम १७ मिलिग्राम ब्राउन सुगर बरामद भएकोले दुबैलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी प्रहरी चौकी कुशेचौरीले पथरीशनिश्चरे नगरपालिका-९ का २३ बर्षीय कबिन कार्कीलाई ९३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०७-१८

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १७ गते झापाको मेचीनगर नगरपालिका-६ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नुवाकोटका २७ बर्षीय राम बहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० बर्षीय बिष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले मोरङको केराबारी गाउँपालिका-८ का १९ बर्षीय आशिष श्रेष्ठलाई ३ ग्राम १८ मिलिग्राम सहित बिराटनगर-१५ बाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।  

प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-१८

मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १७ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ स्थितबाट लागू औषध ट्रामाडोल- २१० क्याप्सुल र नगद १ लाख ३० हजार रुपैँया सहित बेचबिखानमा संलग्न सोही स्थानका लक्ष्मण परियार, सन्दिप राई र सन्देश गुरुङ समेतलाई नियन्त्रणमा लिएको छ ।त्यसैगरी प्रहरी चौकी बाहुनी मोरङले बेलबारी नगरपालिका- ७ बाट बेलबारी- ६ का जिवन सरदारलाई ट्रामाडोल र डाईक्लोमाईन गरी ५५ ट्याप्लेट सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-७ स्थितबाट बेवारिसे अबस्थामा १२२ एम्पुल प्रतिबन्धित लागू औषध बरामद गरेको हो । बरामद भएको लागू औषध र पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८२-०७-१७

उदयपुर, मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ । उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डिगढी नगरपालिका-७ का पर्शुराम तिमल्सिना र चौदण्डिगढी-६ का बिबेक राईलाई लागूऔषध ३३ एम्पुल सहित, बेलका नगरपालिका-९ का बल बहादुर बि.क.लाई १० किलोग्राम २३० ग्राम गाँजा सहित पक्राउ गरेको छ भने बेलका-८ कोठु दोभान स्थित सप्तकोशी नदीमा २ वटा रबरको ट्युबमा ६ वटा बोरामा रेहेको १ सय ३४ किलोग्राम गाँजा बग्दै गरेको अवस्थामा बरामद गरेको हो । यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी नगरपालिका-१० का झलकनाथ अर्यालको साथबाट बिभिन्न प्रकारका प्रतिबन्धित औषधी १ सय १९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको प्रहरी चौकी भरौलले बराहक्षेत्र नगरपालिका-८ का ईन्द्र बहादुर परियारलाई ट्रामाडोल २५ क्याप्सुल र नियन्त्रित लागू औषध ४५ ट्याब्लेट सहित पक्राउ गरेको हो । यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगरले मोरङको सुन्दरहरैचा-४ का रोमन राई र केरावारी-१० का पुर्ण तामाङलाई  १२ ग्राम ८१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-१६ स्थितबाट नियन्त्रणमा लिएको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०७-१६

झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १५ गते सुनसरीको इनरुवा नगरपालिका-४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को. ३ प ६६२३ नम्बरको मोटरसाईकलमा सवार बराहक्षेत्र नगरपालिका- १ का सुशिल श्रेष्ठ र अहिम ताम्राकारलाई ५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाले मेचीनगर नगरपालिका-६ बाट मकवानपुर हेटौडाका हिमाल मगरलाई ३९० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने मोरङको विराटनगर-१५ बाट भारत बिहार अररियाका ३६ बर्षीय मोहम्मद साहिदलाई ११ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय रानी (सिमा)ले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध ब्राउन सुगर र ट्याब्लेट सहित ४ जना पक्राउ
२०८२-०७-१४

मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १३ गते मोरङको विराटनगर महानगरपालिका-५ बरगाछी चोक स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा संखुवासभाको खाँदबारी नगरपालिका-१ का रुपेश कुलुङ र तेह्रथुमको छथर गाउँपालिका-३ का कर्ण सुनुवारको साथबाट १२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका- ४ स्थितबाट प्र.१-०२-००४ ह ८३३५ नम्बरको सिटी सफारीमा लुकाई छिपाई ल्याउदै गरेको ट्रामाडोल १२ हजार ट्याब्लेट सहित सिटि चालक हरिनगर-५ का अख्तर अंसारी सहित २ जनालाई इलाका प्रहरी कार्यालय हरिनगरले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८२-०७-१३

झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट कार्तिक १२ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई पक्राउ गरीएको छ । झापाको इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-५ का बिष्णु राजबंशीलाई आफ्नै घरमा लागू औषधको बिक्रि बितरण गरीरहेको अवस्थामा ट्रामाडोल-८ सय क्याप्सुल, स्पास्पेन ३ सय ट्याब्लेट र डाईक्लोमाईन ५ सय ट्याब्लेट सहित संलग्न सोही स्थानका मौसम तामाङ, सावन जगेबु, रुस्तम बर्देवा र रुचल मगरलाई नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले संखुवासभाको धर्मदेव नगरपालिका-४ का ओमनाथ घिमरेलाई ब्राउन सुगर २ ग्राम ३ सय ६० मिलिग्राम सहित र इलाका प्रहरी कार्यालय धरानले बिभिन्न किसिमका लागूऔषध ३ सय १७ ट्याव्लेट सहित धरान उप-महानगरपालिका-५ का रेहान लिम्बुलाई नियन्त्रणमा लिएको छ ।  

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०७-१२

झापा र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ११ गते झापाको गौरीगंज गाउँपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक-३ का २७ बर्षीय निमा दोर्जी तामाङ र ३८ बर्षीय सुक बहादुर राईलाई ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका-४ का २९ बर्षीय मौसम राई र बेलका नगरपालिका-१ का ३० बर्षीय बिजय परियारलाई ट्रामाडोल २३० ट्याब्लेट र डाइक्लोमाईन २५० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित २ जना र नियन्त्रित औषधी सहित १ जना पक्राउ
२०८२-०७-०८

झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई र नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ७ गते साँझ इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ का २१ बर्षीय अशोल राजवंशी र २२ बर्षीय रिचार्ड श्रेष्ठको साथबाट २ ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिएको थियो । यसैगरी मोरङको प्रहरी चौकी अमरदहले चेकजाँचको क्रममा कार्तिक ७ गते दिउँसो १ बजे को २१ प २८३३ नम्बरको मोटरसाईकलमा जेब्रा झोला भित्र ३० वटा प्याकेटमा प्याक गरेर ल्याउदै गरेको १५ हजार नियन्त्रित ट्याब्लेट सहित मोटरसाईकल चालक मोरङको कटहरी गाउँपालिका-१ का ३५ बर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिएको हो । उनको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भई रहेको छ ।  

प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ
२०८२-०७-०५

सुनसरीको दुई स्थानहरुबाट कार्तिक ४ गते प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले देश भारत सुपौलका २० बर्षिय नवि हुसेन र सप्तरीका १९ बर्षीय मोहमद खुसिदलाई ब्राउन सुगर ५ सय ३० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरी टोलीले प्र १-०२-००३ ह ८७०५ नम्बरको सिटि रिक्सामा ४ वटा बोरामा राखेर लैजादै गरेको १ सय २० किलोग्राम गाँजा सहित देश भारत सुपौलका २० बर्षीय मोहमद ईम्तियाज पक्राउ परेका हुन् । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८२-०७-०३

सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ३ गते दिउँसो कोशी प्रदेश प्रहरी कार्यालयको, प्रादेशिक अनुसन्धान समूह (PIT) र ईलाका प्रहरी कार्यालय पकली सुनसरीको संयुक्त  प्रहरी टोलीले सुनसरीको रामधुनि नगरपालिका-७ का २९ बर्षीय सुमन चौधरीलाई उनकै घर कोठाबाट लागू औषध ब्राउन सुगर बिक्रि बितरण गरीरहेको अवस्थामा ५ ग्राम ७३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न धरान -१७ का ३३ बर्षीय सुमन राईलाई नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत प्रहरी कार्यालयबाट कार्तिक २ गते खटिएको प्रहरी टोलीले ईनरुवा-४ स्थितबाट इटहरी -१८ का ३४ वर्षिय राजु चौधरी र रामधुनी-४ का २८ बर्षीय रोशन हरिजनलाई १९ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर सहित ,धरान-११ स्थितबाट सोही स्थानका बिकाश परियार, बिजय परियार , धरान-१७ का ३६ बर्षीय ईन्द्र राईलाई लागू औषध डिकोलिक -५०० पिस र ट्रामोल -५०० पिस सहित नियन्त्रणमा लिएको हो । पपक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।      

प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ
२०८२-०६-२८

सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध  सहित  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २७ गते साँझ सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले प्र.१-०५-००१ ह ०१४७ नम्बरको अटोमा सवार उदयपुरको त्रियुगा नगरपालिका-७ का १९ बर्षीय दिपक मगरले बोकेको झोलाबाट लागू औषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट फेला पारे संगै अटो चालक त्रियुगा-१० का ३३ बर्षीय फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका-१६ स्थितबाट ५६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित विराटनगर-११ की २८ बर्षीया रन्जिता राय अमातलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय बुधनगरको प्रहरी टोलीले विराटनगर-१८ ICP सडक खण्डमा प्र.१-०२-००४ ह ८२७० नम्बरको सिटिसफारीमा बेबारीसे अवस्थामा राखेको ३० किलोग्राम लागू औषध गाँजा बरामद गरे संगै सिटी चालकको खोजतलाश भई रहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०६-२७

झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २६ गते झापाको मेचीनगर नगरपालिका-१० बाट लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१५ का ३६ बर्षीय कुमोलाल राजबंशीलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङले पथरीशनिश्चरे नगरपालिका-४ का २२ बर्षीय दसरथ राईलाई ट्रामाडोल ४१ क्याप्सुल र डाइजी ४९ ट्याबलेट सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीले गढी गाउँपालिका-४ बाट स. २ प ७१४६ नम्बरको मोटरसाईकलमा सवार रहेका धनकुटा साँगुरीगढी गाउँपालिका-८ का अतिस राई र विशाल राईलाई २६ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ७ जना पक्राउ
२०८२-०६-२६

सुनसरी, मोरङ र उदयपुरबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.२८ प २४१० नम्बरको स्कुटरमा सवार धरान-८ का १९ बर्षीय नलन तामाङ र प्रकाश लिम्बुलाई ट्रामाडोल २ हजार ७ सय क्याप्सुल र डाईक्लोमाईन २ हजार ५ सय १० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट खुनियाधारले बराहक्षेत्र-९ का निश्चल चौधरीलाई २७० ट्याब्लेट डिकोलिक र स्पास्मो सहित पक्राउ गरेको हो ।  यसै गरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले चेकजाँचको क्रममा सुन्दरहरैचा-१० का प्रेम खड्कालाई ट्रामाडोल ३४० क्याप्सुल, डिकोलिक ५०० ट्याब्लेट र ९० मिलिग्राम ब्राउन सुगर सहित र उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले स्पास्मो र अपो ट्याव्लेट ६० चक्की सहित सोहि स्थानका बिजय तामाङ, अर्जुन तामाङ र  कटारी- ५ का रत्नलाल गिरीलाई पक्राउ गरेको हो । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ । 

भन्सार छलीका अवैध सामग्री बरामद
२०८२-०६-२६

सुनसरी जिल्लाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्राउदै गरेको अवैध सामग्रीहरु प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले चेकजाँको क्रममा असोज २५ गते  सुनसरीको गढी गाउँपालिका-२ स्थितबाट को.१ ह ८१७० नम्वरको ओटो टेम्पोमा भन्सार छली गरी ल्याउदै गरेको करिव ५ लाख मुल्य बरावरको ५ सय पिस कुर्था सुरुवाल र देवानगंज गाउँपालिका-४ स्थिबाट करिव ४ लाख ५० हजार मुल्य बरावरको ९ सय पिस कुर्ता सुरुवाल बरामद गरेको छ । चेक जाँचकै क्रममा कोशी गाउँपालिका-७ स्थितबाट करिव ६३ हजार २ सय ८० रुपैया मुल्य बरावरको खाद्यान्नका सामग्री बरामद गरेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ
२०८२-०६-२१

झापा र मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २० गते झापाको गौरिगंज गाउँपालिका-२ स्थितमा चेकजाँचको क्रममा १५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर सहित मोरङ रतुवामाई नगरपालिका-३ का बिमल कामत र दमक नगरपालिका-८ का चन्दन रायलाई प्रहरी चौकी कोरोबारीले नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय बिराटचौक मोरङले प्रतिबन्धित औषधी ट्रमाडोल-९२ चक्की र डिकोलिक १०२ चक्की सहित सुन्दरहरैचा नगरपालिका-१० की  ज्ञानी राई र सुन्दरहरैचा नगरपालिका-१२ का अमृत चौधरीलाई राईलाई पक्राउ गरको छ । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित २ जना पक्राउ
२०८२-०६-१३

सुनसरी र मोरङबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान- ४ स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले प्लास्टिको बोरामा प्याक गरि राखेको लागू औषध गाँजा २ सय ७५ किलिग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का १९ बर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो भने कोशी गाउँपालिका- ५ स्थितबाट अस्थायी प्रहरी पोष्ट कटानले बेवारीसे अवस्थामा रहेको ४७ किलोग्राम गाँजा बरामद गरेको हो । त्यसैगरी भोक्राहानरसिंह गाउँपालिका- २ बाट प्रहरी चौकी भोक्राहाले ट्रामाडोल (६८६ पत्ता) ६ हजार ८ सय ६० क्याप्सुल बरामद गरेको हो । त्यस्तै मोरङको बिराटनगर- ११ बाट वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी गाउँपालिका- ४ की २१ बर्षीया इसिका मगरलाई ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ६ पिस सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा बरामद
२०८२-०६-१२

सुनसरीको कोशी गाउँपालिका- ७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अबस्थामा फेला पारी बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास भईरहेको छ ।  यसै गरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका-१७ की लिला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान- ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम  गाँजा सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०६-०८

झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०७ गते बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय मुस्ताज मुस्लिम र बिर्तामोड- ६ का २६ बर्षीय समिर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-१ का ३३ बर्षीय हर्क बहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरपालिका- ११ का २६ बर्षीय बिरेन्द्र लिङ्देनलाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

प्रतिबन्धित लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०६-०२

भोजपुर, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १ गते भोजपुरको प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले को.३७ प ४५७८ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा १२ किलोग्राम लागू औषध गाँजा बरामद भएकोले चालक झापाको शिवसताक्षी नगरपालिका-७ का रुद्र बहादुर कामी, मोटरसाईकल पछाडि सवार उर्लावारी नगरपालिका-५ का संतोष विश्वकर्मा र झापाको कन्काई नगरपालिका-४ का राजेश चौहानलाई नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकजाँचको क्रममा लगू औषध ब्राउनसुगर १ ग्राम ७४ मिलिग्राम र ट्रामाडोल ४ सय ४० क्याप्सुल सहित २ जना वालकलाई र  इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१६ स्थितबाट उदयपुरको चौदण्डीगढी नगरपालिका-२ का शेर बहादुर खड्कालाई ९३ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०५-२३

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले धरान-२० स्थितमा चेकजाँचको क्रममा प्र.०१-०५-००१ प ०५९९ नम्बरको मोटरसाईकलमा सवार धनकुटा सहिदभुमी गाउँपालिका-३ का निवास राई र रोशन राईलाई १० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय भाण्टाबारीले कोशी गाँउपालिका-८ बाट प्र. १-०२५२ प २८५८ नम्बरको स्कुटर चालक सप्तकोशी नगरपालिका- १ सप्तरीका राकेश दासलाई प्रतिबन्धित औषधी स्पास्मो ७२ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-०५-२०

झापा जिल्लाको छुट्ट छुट्टै दुई स्थानबाट लागू औषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १९ गते झापाको कमल गाउँपालिका- ५ स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगर सहित मोरङ विराटनगर- ८ का भोला अमात राय,  भारत बिहारका आलम खान र दमक- ७ का राजिव मण्डललाई पक्राउ गरेको छ । त्यस्तै मेचीनगर नगरपालिका- ६ बाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका- ६ का प्रकाश विश्वकर्मा र बुद्धशान्ती गाउँपालिका- ४ का अशोक विश्वकर्मालाई १ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८२-०५-१९

मोरङ, सुनसरी, उदयपुर र इलामबाट लागू औषध सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते  विशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय पथरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका- ६ का मिन बहादुर बस्नेतलाई उनकै घरको कोठाबाट ४९ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी सुनसरीको इटहरी उप महानगरपालिका-२ स्थितमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी कुकुर सहितको चेकिङ टोलीले चेकजाँचको क्रममा धरान-४ का अनिल राई, प्रेम बहादुर राई, झापा कमल गाउँपालिका-३ का सन्तोष बस्नेत र मोरङ सुन्दरहरैचा-२ का प्रतिक भण्डारीलाई ट्रमाडोल ८५० क्याप्सुल र स्पास ८५ क्याप्सुल सहित पक्राउ गरेको छ । सोही दिन जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिका-९ स्थितबाट इलाम नगरपालिका-६ का रमेश श्रेष्ठ, सन्दकपुर-५ का मन बहादुर बुर्जा मगर र  मोरङ पथरी शनिश्चरे- ९ का प्रकाश राईलाई ३ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले कटारी-४ का दिपेन राईलाई प्रतिबन्धित औषधी ४० ट्याव्लेट सहित,  पुनम थापामगर र अभिषेक थापामगरलाई १ किलो १४० ग्राम गाँजा सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ
२०८२-०५-१८

सुनसरी, मोरङ र उदयपुरबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते सुनसरीको प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी टोलीले धरान-६ का ओम बहादुर भुजेल र शीर्षक राईलाई ८ सय ८० ट्याब्लेट प्रतिवन्धित औषधी ट्रामाडोल र डिकोलिक सहित र प्रहरी चौकी लालपत्ता उदयपुरले त्रियुगा नगरपालिका-१० का डेनिल बस्नेतलाई प्रतिवन्धित औषधी २०७  एम्पुल सहित पक्राउ गरेको छ । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रंगेलीले सुनवर्षी नगरपालिका-९ स्थित भित्रि सडक खण्डमा  BR11V6734 नम्बरको भारतीय मोटरसाईकलबाट ट्रामाडोल १७ हजार ९ सय ४० ट्याब्लेट बरामद गरेको छ भने ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजी कार्य गरिरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०५-१७

झापा र इलामबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १६ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा अर्जुनधारा नगरपालिका- २ का २८ बर्षीय प्रकाश योङहाङको साथबाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर फला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी प्रहरी चौकी फिक्कल इलामले मकवानपुर घर भई हाल सुर्यादय नगरपालिका- १० फिक्कल बजार स्थित डेरा गरी बस्दै आएका ३० बर्षीय डेबिड खरेल र सुर्यादय नगरपालिका- १० का ४० बर्षीय मनराज तामाङलाई १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०५-१६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १५ गते सुनसरीको रामधुनी नगरपालिका- ५ का ३० बर्षीय सागर राईले लागू औषधको कारोबार गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर, प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनी र पकलीबाट खटिएको प्रहरी टोलीले सागर राईलाई निजको दिदिको घरमा बसिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट प्रहरीले १०५ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यस्तै हिजै इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाले  मेचीनगर नगरपालिका- ६ स्थितबाट सोहि स्थान बस्ने ३६ बर्षीय शिव श्रेष्ठलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध बेचबिखनमा संलग्न फर्मा सञ्चालक सहित २ जना पक्राउ
२०८२-०५-१५

सुनसरी र झापाबाट लागू औषध बेचबिखनमा संलग्न फर्मा सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १३ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा रहेको दिवाकर फर्माबाट प्रतिबन्धित लागू औषध बिक्री बितरण भईरहेको भन्ने बिषेश सुचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त फर्मामा खानतलासी गर्दा ट्रामाडोल ३ हजार क्याप्सुल र प्रेजेक्स ३ सय क्याप्सुल बरामद भए सगै फर्मा सञ्चालक किरण राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकजाँचको क्रममा बा. ४६ प ८४०२ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका- ४ का ४० बर्षीय इन्द्र बहादुर गुरुङलाई १६ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुन्सधान तथा कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०५-१४

सुनसरी र भोजपुरबाट लागू औषध ब्राउन सुगर सहित जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १३ गते भोजपुरको भोजपुर नगरपालिका- ९ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को. ११ प ७६६८ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको १५ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर फेला पारी मोटरसाईकल चालक भोजपुर- १२ का ३० बर्षीय रिजन श्रेष्ठ र मोटरसाईकल पछाडी सवार टेम्केमैयुङ गाउँपालिका- २ का २८ बर्षीय सनुप राईलाई नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीले मोरङ सुन्दरहरैचा- ६ का २८ बर्षीय हेमराज बि.क.लाई ४ ग्राम ५० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८२-०५-१३

झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १२ गते झापाको बिर्तामोड नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचीनगर नगरपालिका-१० का विशाल विश्‍वकर्मालाई २ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुहको प्रहरी टोलीले धरान-२० का संगम राई, नन्द कुमार राई, देवानगञ्ज गाउँपालिका-१ का शत्रुधन यादव र देवानगञ्ज गाउँपालिका-७ का कपिलदेव यादवलाई २७ किलोग्राम गाँजा सहित धरान-१३ र २० स्थितबाट पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय पथरी मोरङले पथरीशनिश्चरे नगरपालिका-१० का सनमित धिमाल र पुनम माझीलाई १०० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी लालपत्ता उदयपुरले त्रियुगा नगरपालिका-१० का २५ बर्षीय राजेश मल्लिक र सप्तरी हनुमानगरका सुरेन्द्र साहलाई लागुऔषध १८ एम्पुल सहित पक्राउ गरेको छ ।

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०५-१२

झापा र मोरङबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो  दिउसो साँढे १२ बजे झापाको मेचीनगर नगरपालिका ८ गिरीगाँउ स्थितबाट लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३२ बर्षीय अजय मेचे र भारत वेष्ट बंगाल, दार्जिलिङ जिल्ला उत्तरा रथखोला भिमराम नक्सलबारी बस्ने ३० बर्षीय टान्टु भन्ने कनकन राहलाई लागूऔषध ब्राउन सुगर १०० ग्राम १०० मिलिग्राम सहित पक्राउ गरिएको छ भने हिजो बेलुका ६ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका ७ पारिजात टोल स्थितबाट सोही स्थानका ४२ बर्षीय लाल बहादुर लिम्बु र ३२ बर्षीय पदम बहादुर अधिकारीलाई लागूऔषध ब्राउन सुगर ६९० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका चारैजनाको सम्बन्धी प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०५-१०

मोरङ, सुनसरी र पाँचथरबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ९ गते मोरङको विराटनगर-१७ स्थितबाट अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कटहरी गाउँपालिका-४ का महेन्द्र साहलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको प्रहरी चौकी मधुवनले बराहक्षेत्र नगरपालिका-११ स्थितबाट भारत विहार सुपोलका सुजन मुखिया र कोशी गाउँपालिका-६ का सुनिल मुखियालाई ट्रामाडोल १२ हजार ६ सय ट्याव्लेट सहित पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय पाँचथरले कुम्मायक गाउँपालिका-४ का रविन लिम्वु, मिक्लाजुङ-१ का सुमन राई र फिदिम नगरपालिका-४ का बसन्त लिम्वुलाई ८ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागू औषध ब्राउन सुगर सहित १० जना पक्राउ
२०८२-०५-०९

मोरङ र झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित  १० जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ८ गते साँझ इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितमा संकस्पद अवस्थामा रहेका भारत दिल्ली जिल्ला कटिहार का ३० वर्षीय सद्‍दाम हुसेन र ३२ वर्षीय बमकिम कर्मकारलाई १ सय ४७ ग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय झापाले भदौ ८ गते भद्रपुर नगरपालिका-८ का २१ वर्षीय राज श्रेष्ठ र भद्रपुर-१० का २३ वर्षीय अलताप सेख, भद्रपुर-७ का १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, धादिङ रुवीभ्याली-५ का २४ वर्षीय गुम लामा, काठमाण्डौ तारकेश्वर-६ का १९ वर्षीय न्यान्जी तामाङलाई २० ग्राम ४ सय ८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय सुरुङ्गा झापाले कनकाई नगरपालिका-२ का ३३ वर्षीय रमेश मुखिया सुनुवार र कनकाई-३ का ४२ वर्षीय चन्द्र पौडेललाई ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८२-०५-०६

सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ ६ गते जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इटहरी उप-महानगरपालिका १७ मा डेरा गरी बस्दै आएका सप्तरीको मलहनिया ३ का ३७ वर्षीय सत्य नारायण यादबलाई १२८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको केराबारी-८ का २५ बर्षीय हरि धमलालाई १ ग्राम ५ मिलिग्राम सहित, पथरी-१० का २४ वर्षीय अर्जुन चम्लागाई र ३५ वर्षीय हमे कुमार माझी ५ ग्राम ९८ मिलिग्राम सहित, धनकुटा सहिदभुमी-७ का ५० वर्षीय रुद्र बहादुर राईलाई ८ किलोग्राम लागू औषध गाँजा सहित, धरान उप-महानगरपालका-५ का १९ वर्षीय समिर माझीलाई Tramadol-५७३ क्याप्सुल, Dicyclomine-५५९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी झापाको प्रहरी चौकी कुञ्जिबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-५ का ३१ वर्षीय धनेस सहनीलाई ६ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०५-०५

सुनसरी र ओखलढुंगाबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका सुनसरीको धरान उपमहानगरपालिका १५ कस्तुरी मार्ग स्थितबाट अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका १९ बर्षीय सुनिल मगरलाई प्रतिबन्धित औषधी Tramadol-२०० र Dicolic-२०० ट्याब्लेट सहित पक्राउ गरेको छ भने हिजै बेलुका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले ओखलढुङ्गाको सिद्विचरण नगरपालिका ११ मिलनचौक स्थितबाट सोही नगरपालिका १२ का २६ बर्षीय सागर के.सी. र ९ का  २६ बर्षीय चुरेन्द्र खड्कालाई प्रतिबन्धित औषधी Tramadol -९१ ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित १० जना पक्राउ
२०८२-०५-०४

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट भदौ ३ गते प्रतिबन्धित लागू औषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमान्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट भारत दिल्लीका ४३ बर्षीय सागीरले बोकेको ब्यागमा स्पिकर भित्र लुकाएको १ सय ९० ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-५ स्थितबाट विहार अररियाका २९ वर्षीय ईम्तियाज अन्सारी र ३२ वर्षीय नुर हसनलाई १ सय ११ ग्राम २७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी झापाको प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का २५ वर्षीय आशिष तामाङ र २८ वर्षीय बिक्रम राईलाई १ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी महारानिझोडाले गौरादह-५ का २१ वर्षीय समिर सिवा र २५ वर्षीय शंकर सतारलाई बिभिन्न प्रकारका ४ सय क्याप्सुल लागू औषध सहित नियन्त्रणमा लिएको छ । यसका साथै लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी लौकहीले मोरङ सुन्दर हरैँचा नगरपालिका-११ का ४५ वर्षीय लोक बिक्रम साहलाई ३७ ग्राम ६२ मिलिग्राम सहित र जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-५ का ३२ वर्षीय बिशाल लिम्बु र ३५ वर्षीय गणेश तामाङलाई १७ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा बसपार्क स्थितबाट नियन्त्रणमा लिएको हो ।  

लागू औषध गाँजा बोकेको कार नियन्त्रण
२०८२-०५-०३

उदयपुरको बेलका नगरपालिका-२ स्थितबाट प्रहरीले बेबारीसे अवस्थामा लागू औषध गाँजा बोकेको कार नियन्त्रणमा लिएको छ । भदौ २ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहा उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले जगना खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा.२१ च१८११ नम्बरको कारबाट २ बोरा र खोला किनारबाट ७ वटा बोरामा प्याक गरी राखेको २ सय ४० किलोग्राम लागू औषध गाँजा सहित कारलाई नियन्त्रणमा लिएको हो । उक्त कार र गाँजा ओसार पसारमा संलग्न ब्यक्तीहरुको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खोज तलास तथा थप अनुसन्धान भई रहेको छ । यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी बरगाछीले धरान उप-महानगरपालिका-१७ स्थिबाट  सोही स्थानका २२ वर्षीय मौषम राई र योगेन राईलाई ट्रामाडोल-१ सय ७ क्याप्सुल र डिकोलिक १ सय ८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

लागु औषध तथा प्रतिबन्धित औषधी सहित ८ जना पक्राउ
२०८२-०५-०१

धनकुटा, उदयपुर, भोजपुर र मोरङबाट लागु औषध तथा प्रतिबन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३१ गते लागू औषध कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी हिले धनकुटाबाट खटिएको प्रहरी टोलीले सहिदभुमि गाउँपालिका- ६ का २७ बर्षीय अशोक राईलाई धनकुटा नगरपालिका- १ स्थितमा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६१० क्याप्सुल र ७५४ ट्याब्लेट बरामद गरी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको उदयपुरगढी नगरपालिका- ७ बाट अस्थायी प्रहरी पोष्ट हाडेबासले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई  प्रतिबन्धित लागू औषध २०४ एम्पुल र ४ वटा सिरिन्ज सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्ला मोरङले मिक्लाजुङ गाउँपालिका- ९ बाट क्याप्सुल २२ वटा र १२ वटा गोटी सहित १९ बर्षीय राजु तामाङ, मिक्लाजुङ- ६ का सन्तोष थापा र मिक्लाजुङ- १ का २३ बर्षीय माधव श्रेष्ठलाई नियन्त्रणमा लिएको हो भने भोजपुरको अरुण गाउँपालिका- ४ बाट जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी टोलीले चेकजाँचको ट्रामाडोल ५९ ट्याब्लेट फेला षडानन्द नगरपालिका- १३ का २५ बर्षीय सन्तोष मगर, भोजपुर नगरपालिका- १० का २४ बर्षीय भबिन बि.क र भोजपुर नगरपालिका- ९ का २५ बर्षीय प्रदिप शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०५-०१

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३१ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३१ ग्राम ६ सय ९६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न सिन्धुपाल्चोक जुगल गाउँपालिका- २ का २४ बर्षीय रामहरी सिलवाल, २३ बर्षीय सुरेन्द्र सिलवाल र मेचिनगर- १० का २८ बर्षीय सुरेश गुरुङलाई नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको ईनरुवा नगरपालिका- ४ बाट अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाले १४ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा- ६ मोरङका ३७ बर्षीय रोशन खड्का, ३२ बर्षीय लाल बहादुर बि.क., धादिङ थाक्रेका ३१ बर्षीय कुमार बिडारी र  दोलखाका ३३ बर्षीय राम आछामेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । 

प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-३१

झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट साउन ३० गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ मेचीपुल स्थितबाट इलाम दानाबारी गाउँपालिका-३ का २८ वर्षीय अविशेक राईलाई २ ग्राम ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले झापाको शिवसताक्षी-७ का ३५ वर्षीय लक्ष्मी प्रसाद राजबंशीलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-८ का ३२ वर्षीय घनश्याम साहुलाई १ ग्राम १ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद ३३ हजार ४ सय ५० रुपैया सहित नियन्त्रणमा लिएको हो । यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको प्रहरी टोलीले  धनकुटा नगरपालिका-९ का ३१ वर्षीय सरोज क्षेत्री र २९ वर्षीय प्रेम थापालाई ३ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर  सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०४-३०

मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते मोरङको रंगेली नगरपालिका- ९ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत अररिया थाना सिक्टी मुरारीपुरका २९ बर्षीय राकेश प्रमाणी र ऱंगेली नगरपालिका- ५ का १९ बर्षीय रिंकु कुमार शर्मा समेतलाई ४१ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनससरीको अस्थायी प्रहरी बिट जोरसखुवाको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल ५५० क्याप्सुल र डिकोलिक ५०० ट्याब्लेट सहित धरान- १६ का २२ बर्षीय रकिल राईलाई प्रक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ७ जना पक्राउ
२०८२-०४-२९

सुनसरी र झापाबाट साउन २८ गते प्रतिबन्धित लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको प्रहरी चौकी खनारबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले  इटहरी उप-महानगरपालिका-११ स्थितबाट सुन्दरहरैचा-७ का २४ वर्षीय सलमान मंसुरी, इटहरी -११ का १८ बर्षीय करण राई,  इटहरी-१४ का २२ वर्षिय कोरुजित सरदार, सिरहा का २४ वर्षीय होम मुखियालाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १ हजार २ सय ६० क्याप्सुल र डीकोलिक ५ सय १० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी बिट मेचीपुल झापाको प्रहरी टोलीले भद्रपुर नगरपालिका-९ का २१ वर्षीय बिमल विश्वकर्मालाई २ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय कुमरखोदले प्रतिबन्धित लागू औषध WINSPASMD FORTE- ४२ ट्याब्लेट सहित भारत बिहार किसनगंजका १९ वर्षीय मो. जमिरुल र  ३ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित झापाको कन्काई नगरपालिका-३ का २६ वर्षीय सुभास बर्देवालाई नियन्त्रणमा लिएको छ ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-०४-२७

झापाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २५ गते झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-९ का ३१ बर्षीय अनिल राईलाई ब्राउन सुगर २ ग्राम ७०० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड नगरपालिका- ८ का  २४ बर्षीय पकंज मैनाली, ३३ बर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० का ४० बर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ का ३४ बर्षीय प्रदिप राई र हुम्ला नाम्खाका ३५ बर्षीय राजु लामालाई ४ सय मिलिग्राम ब्राउन सुगर र नगद १ लाख २२ हजार ९० रुपैँया सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको छ ।

लागू औषध सहित ११ जना पक्राउ
२०८२-०४-२६

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट लागू औषध सहित ११ जना पक्राउ छन् । साउन २५ गते झापा मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सोहि स्थानका २३ बर्षीय संयोग चौधरी, २३ बर्षीया सुकमाया राई र ३१ बर्षीय दिलिप लिम्बुलाई २ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित र मेचीनगर- ७ का ५६ बर्षीय टिकाराम कोईरालालाई १७५ ग्राम ३१० मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराले भद्रपुर नगरपालिका- ५ का ३० बर्षीय सन्तोष श्रेष्ठ र उनको श्रीमती २९ बर्षीया लक्ष्मी राजवंशीलाई २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै सुनसरीको इनरूवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी- ५ का ५३ बर्षीय विशाल माझी र २५ बर्षीय सचिन लिम्बुलाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान- ५ बाट २४ बर्षीय आशिष राईलाई निषेधित औषधी ६३८ ट्याब्लेट र क्याप्सुल सहित  नियन्त्रणमा लिएको हो । त्यस्तै बराहक्षेत्र नगरपालिका- ११ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले सोहि स्थानका ५० बर्षीय मुस्ताक मिया र बराहक्षेत्र नगरपालिका- ६ का ४८ बर्षीय बल्ले भन्ने बलराम यादवलाई ७८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक थप अनुशन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ
२०८२-०४-२३

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २२ गते मोरङको बिराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भारत अररिया फारबिसगंजका ३५ बर्षीय सिकंदर बाखत र सरफराजलाई १ सय ४१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले ३ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-४ कि २६ बर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका- ५ का २७ बर्षीय संजिब लिम्बु, वसन्त राई र कमल गाउँपालिका- ४ का सन्दिप धिमाललाई पक्राउ गरेको छ । यसै गरी विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ५ का ४६ बर्षीय राजेन्द्र पंथाकलाई उनले घरमा लुकाई छिपाई राखेको ट्रामाडोल २० हजार क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जना पक्राउ
२०८२-०४-२२

झापाको कमल गाउँपालिका- ६ स्थितबाट प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते झापाको कमल गाउँपालिका- ६ स्थित बिष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष  सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याव्लेट र स्पास्पेन २ हजार ५० ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित औषधी बरामद भए संगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४० बर्षीय गंगा बहादुर खड्कालाई नियन्त्रणमा लिएको हो ।  

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-२२

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-१० का २२ बर्षीय अब्राहम राई र २६ बर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्की सहित र प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ६ का ३३ बर्षीय प्रेम दाहाल र २२ बर्षीय निसान माझीलाई डायक्लोमाईन र ट्रामाडोल गरी जम्मा ३४९ चक्की सहित पक्राउ गरेको छ । त्यसै गरी प्रहरी चौकी पानबारी सुनसरीले धरान- ६ का २७ बर्षीय चेतनाथ खड्कालाई ट्रामाडोल ९४ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेट सहित र प्रहरी बिट आम्बासी उदयपुरले बेलका नगरपालिका- ३ का ३५ बर्षीय शुनिल श्रेष्ठलाई ९ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०४-२१

  सुनसरी र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २० गते सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८८ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर र २ लाख ५६ हजार नेपाली रुपैँया सहित कोशीगाउँपालिका-४ का ३४ बर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ बर्षीय राज कुमार खत्वेलाई नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले ईनरुवा-४ बाट बराहक्षेत्र नगरपालिका-२ का २० बर्षीय रमेश बस्नेतलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा नगरपालिका-७ का  ३२ बर्षीय बिजय मगर, अर्जुनधारा- ३ का जिवन चौलागाई र अर्जुनधारा- ४ का २४ बर्षीय देवेन्द्र भन्ने अशोक चौधरीलाई ४०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बिर्तामोड नगरपालिका- ५ का २४ बर्षीय अभिनाश चौधरीलाई ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  

प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ
२०८२-०४-१९

झापा, मोरङ र धनकुटाबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन् । साउन १८ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका- ५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी- ४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर-१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम  ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका-६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

३०० ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०४-१७

झापाको कन्काई नगरपालिका-३ सुरुङगा स्थित टेम्पु स्टेण्डबाट ३ सय ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १६ गते इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट बिशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले कन्काई नगरपालिका-३ सुरुङगा टेम्पु स्टेण्ड स्थितमा चेकजाँचको क्रममा सिन्धुलीको भिमान नगरपालिका-१० का २६ बर्षीय बिनोद बि.क. र झापाको झापा गाउँपालिका-३ की २४ बर्षीया प्रेमकला महतोलाई ३ सय ग्राम  लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१६

सुनसरी र झापाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते सुनसरीको इलाका प्रहरी कार्यालय धरानले चेकजाँचको क्रममा धनकुटा साँगुरीगढी -८ का बिरेन राई र  मोहन राईलाई २३ किलो ८४० ग्राम गाँजा  सहित र इटहरी -७ का  कार्लोस रिजाललाई २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय पकलीले भोजपुर हतुवागढीका बिसु राई र निनोस राईलाई १ किलो २०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी प्रहरी चौकी रामगंज बेलगछियाबाट खटिएको प्रहरी टोलीले दुहबी नगरपालिका-१२ स्थितमा वेवारिसे अवस्थामा रहेको प्रदेश १-०२-०४९ प  ३८९१ नम्वरको मोटरसाईकलमा २० किलोग्राम गाँजा बरामद गरेको छ । झापाको अस्थायी प्रहरी चौकी मंगलबारेले बुद्दशान्ती-४ का लक्ष्मी कुमार घिसिङलाई ३६० ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१४

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ ग्राम १ सय १६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न मोरङ उर्लाबारी-१ का २४ बर्षीय किरण विश्वकर्मा, इटहरी- ६ का ३६ बर्षीय प्रविन तामाङ, सुन्दरहरैचा- ६ का २४ बर्षीय कुमार राई, इटहरी- १७ का २९ बर्षीय सोबित तामाङलाई पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ बाट ५० बर्षीय राजु शर्मालाई उनको घर नजिकै बाख्राको खोरमा लुकाई छिपाई राखेको ट्रामाडोल २ हजार १ सय क्याप्सुल र स्पास्मो प्रोक्जिभन ५ सय ४० ट्याव्लेट सहित राजु शर्मा र उनको श्रीमती ३२ बर्षीया रिता शर्मालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक पक्राउ
२०८२-०४-१३

मोरङको केरावारी गाउँपालिका-७ स्थितमा रहेको मुगु मेडिकलबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक बेलबारी नगरपालिका-८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बिहान मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित लागू औषधी सहित पक्राउ परेका कुँवरको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित जना ८ पक्राउ
२०८२-०४-१२

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ११ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३७ बर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिवन्धित औषधी २ हजार ७३ चक्की र ब्राउन सुगर ६८० मिलिग्राम सहित २७ बर्षीय दिपेन मगर, २१ बर्षीय जगत मगर, ३३ बर्षीय कृष्ण राई, ३२ बर्षीय सुरज कार्की, २४ बर्षीय सोमत राई र १९ बर्षीय असिम राईलाई पक्राउ गरेको छ । त्यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट धनकुटा साँगुरीगढीका गाउँपालिका- २ का २० बर्षीय करण राईलाई ४ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  

गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिक पक्राउ
२०८२-०४-११

झापाको भद्रपुर नगरपालिका-५ स्थितबाट गोली प्रहार गरी लागू औषध कारोवारीमा संलग्न भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत किसनगंज कोल्लिकोटका ३६ बर्षीय मोहमद इस्लाम रहेका छन । साउन १० गते दिउँसो बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरे संगै नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई नै हातपात गरे पश्चात प्रहरीले २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । वायाँ खुट्टाको घुँडा मुनि गोली लागी घाईते भएका इस्लामको प्रहरीको निग्रानीमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-१०

उदयपुर, झापा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०९ गते झापाको कचनकवल गाउँपालिका- ४ स्थितमा लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री भारत विहार किशनगंजका २५ बर्षीय सोहेल, निजकै श्रीमती २९ बर्षीया तबसुम आरा र २४ बर्षीय कचालु अन्सारीलाई फेला पारी चेकजाँच गर्दा तबसुम आराको साथबाट ब्राउन सुगर ५८ ग्राम ४ सय मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिक- ९ बाट जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा- १० का २३ बर्षीय सुजन राउतलाई प्रतिबन्धित लागू औषध ४ एम्पुल सहित र इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज- ३ बाट ६० किलो ६ सय ग्राम गाँजा बरामद गरेको हो । लागू औषध र पक्राउ परेका चारै जनाको थप अनुसन्धान भइरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०९

मोरङ र सुनसरीबाट साउन ०८ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका- ४ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को .१ ह ८९८८ नम्बरको अटोमा सवार धरान-६ का एक बालको साथबाट ३ ग्राम ८६ मिलिग्राम  ब्राउन सुगर फेला पारे संगै २४ बर्षीय युवराज लिम्बु र अटो चालक धरान- ८ का २८ बर्षीय निलन लिम्बुलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय धरानले धरान-१४ का ५२ बर्षीय कुमार बस्नेतलाई स्पास्मो प्रोक्सिवन ५ सय ७६ ट्याबलेट सहित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लावारी मोरङले रतुवामाई नगरपालिका-६ का २९ बर्षीय मनोज कार्कीलाई ३ सय ८० मिलिग्राम ब्राउन सुगर सहित र  वडा प्रहरी कार्यालय विराटनगरले ३७ मिलिग्राम ब्राउन सुगर सहित विराटनगर महानगरपालिका-९ का ३३ बर्षीय बिकास कुमार साहलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०४-०८

सुनसरी, झापा र उदयपुरबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०७ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटहरीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-८ की ४५ बर्षीय देव कुमारी थापा मगरलाई उनकै घरबाट ३० किलो ३६० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी झापाको मेचीनगर-६ स्थितबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले इलाम नगरपालिका-११ का ईछिङ एक्तेनलाई ७ ग्राम १३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको ईनरुवा-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी-१ का २२ बर्षीय साजन श्रेष्ठ र २३ बर्षीय कृष्ण मगरलाई ३ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।  

कोशी प्रदेश प्रहरी लागू औषध बिरुद्धमा आक्रमकरुपमा प्रस्तुत
२०८२-०४-०७

(आर्थिक बर्ष २०८१/०८२ मा चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधी सहित बेचबिखन तथा ओसार पसारमा संलग्न १ हजार ९ सय ८५ जना पक्राउ) कोशी प्रदेश प्रहरी लागूऔषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न बिभिन्न किसिमको रणनिति सहित आक्रमक रुपमा अगाडि बढेको छ । लागू औषधको प्रयोगले मानविय जीवनमा नकारात्मक असर पुग्नुका साथै समाज र राष्ट्रलाई समेत यसले दिर्घकालिन रुपमा ठूलो क्षेति पुर्‍याउदछ । लागूऔषधको प्रयोगका कारण समाजमा हत्या, लुटपाट, चोरी लगायतका बिभिन्न प्रकारका अपराधिक घटना घट्ने सम्भावना ज्यादै हुने भएकोले यसको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गरी सामाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरी सवल र सक्षम रहेको छ । लागू औषधको प्रयोग तथा ओसार पसार कानूनद्वारा बर्जित कार्य हो भन्ने जानकारी हुँदा हुँदै पनि यसको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न व्यक्ति वा समुहलाई निर्ममता पुर्वक कानूनी दायरामा ल्याउन कोशी प्रदेश प्रहरीले प्रभावकारीरुपमा प्रहरी परिचालन गरेको छ । अज्ञानताको कारण, उत्सुकता जागेर, साथी भाईको लहलहैमा, पारिवारिक तनाव लगायत बिभिन्न कारणको बाहना बनाई आफ्नो मनलाई स्थिर राख्न नसकि लागू पदार्थ सेवनको कुलतमा लागेका युवालाई त्यसबाट उन्मुक्ति दिलाउन कोशी प्रदेश प्रहरीले प्रदेश सरकार, स्थानिय तह, बिभिन्न संघ संस्थाहरुसंगको समन्वय र सहकार्यमा दुर्व्यसन विरुद्ध आमा, FAN (Fight Against Narcotics) कार्यक्रम मार्फत समुदायमा बिभिन्न सचेतनामुलक तथा संदेशमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । यसै गरी लागूऔषध बिरुद्ध सचेतनामुलक श्रव्यदृश्य भिडियो तथा अडियो सामग्री निर्माण गरी नेपाल टेलिभिजन,स्थानिय टेलिभिजन लगायत एफ.एम रेडियोहरुसंगको सहकार्यमा प्रसार गर्दैआईरहेको छ । कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न प्रहरीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा चेकजाँज, सिमा नाका तथा संकित स्थानहरुमा प्रहरी कुकुर सहितको चेकजाँच, संकित व्यक्ति, यात्रुवाहक तथा मालवाहक सवारी साधनको चेकजाँच, सिमावर्ती भारतिय नाकाहरुमा कडाईका साथ प्रहरी परिचालन गरी लागूऔषधको ओसार पसार, बिक्रि वितरण तथा भण्डारण गर्ने व्यक्तिहरुलाई पक्राउ गरी कडाईका साथ कनूनी दायरामा ल्याउदै आएको छ । लागूऔषधको प्रयोग, बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका व्यक्ति कि जेलमा कि सुधार गृहमा भन्ने उद्धेश्यका साथ कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचबिखन तथा ओसारपसारलाई नियन्त्रण गर्न आक्रमकरुपमा परिचालन भएको जिल्ला प्रहरी कार्यालय झापाले चरेश १ ग्राम ५६० मिलिग्राम, ब्राउन सुगर २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम, विभिन्न मनोदिपक औषधी ६३ हजार ५६० वटा चक्की/ क्यापसुल, एम्पुल ३९ वटा, जिल्ला प्रहरी कार्यालय मोरङले १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ८० हजार ९२३ वटा चक्की/ क्यापसुल, एम्पुल १ हजार ४८५ वटा, जिल्ला प्रहरी कार्यालय सुनसरीले चरेश २ ग्राम २८ मिलिग्राम,  ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ४ लाख २८ हजार ६८३ वटा चक्की/ क्यापसुल, एम्पुल ३१८ वटा बरामद गरेको छ । यसै गरी यस आर्थिक वर्षमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले चरेश ३ ग्राम ५ सय ८८ मिलिग्राम, अफिम १५ ग्राम ७ सय ७० मिलिग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, बिभिन्न  मनोदिपक चक्की/ क्यापसुल  ६ लाख १५ हजार ७९ वटा, मनोदिपक एम्पुल २ हजार ६ सय ५४ वटा र अन्य विभिन्न मनोदिपक औषधी १ सय ९ वटा बरामद गरेको छ भने ओसार पसार तथा वेचबिखनमा संलग्न १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । चेकजाँचमा कडाई भएकै कारण मलद्वार तथा शरिरको बिभिन्न भागमा लुकाएर लागू औषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गर्न तथा ठुलो परिमाणमा लागू औषधको कारोवारी गर्ने गिरोहलाई गोली प्रहार गरेर नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी  सफल भएको छ । लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसार नियन्त्रणको लागी प्रहरीको बिभिन्न प्रयासहरुमा साथ र सहयोग प्रदान गर्न हुन तथा त्यस्ता गतिविधि भए गरेको थाहा पाउनासाथ नजिकको प्रहरी तथा प्रहरी कन्टोलको नम्वर १०० मा फोन गरी सुचना प्रदान गरी दिन हुन आम नागरिकहरुमा कोशी प्रदेश प्रहरी हार्दिक अनुरोध गर्दछ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०७

झापा र सुनसरीबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ६ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका- ७ स्थितबाट ३० बर्षीय सुनिल चापागाई, नुवाकोट तादीका ३० बर्षीय मन कुमार दर्जी र निजको श्रीमती २६ बर्षीया शशी खत्रीलाई ब्राउन सुगर ३७ ग्राम ४९० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यस्तै अस्थायी प्रहरी चौकी अमरहाटले सुनसरीको धरान-१३ की २८ बर्षीया पुष्पा राईलाई  ५ सय ८० मिलिग्राम ब्राउन सुगर सहित उनकै कोठाबाट र धरान- १७ बाट ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट सहित सोहि स्थानका २७ बर्षीय अन्जान विश्चकर्मालाई अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-०६

झापा, सुनसरी र धनकुटाबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०६ गते झापाको गौरादह नगरपालिका- १ स्थितमा इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका २५ बर्षीय लुखीराम बास्की र १८ बर्षीय करण यादबलाई १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको धरान- १३ बाट अस्थायी प्रहरी चौकी अमरहाटले ९ किलोग्राम गाँजा सहित ईटहरी- ७ का २४ बर्षीय सुरेश खत्वे र इटहरी- ८ का २० बर्षीय तुलसि पासवानलाई र सामुदायिक प्रहरी बिट हवाईचोकले इटहरी- २ का २३ बर्षीय आकास भण्डारीलाई ट्रामाडोल १ सय क्याप्सुल र स्पासपेन १ सय १० ट्याब्लेट सहित पक्राउ गरेको हो । त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका- ५ बाट इलाका प्रहरी कार्यालय राजारानीले २५ बर्षीय सौगात मगरलाई प्रतिबन्धित औषधी १ सय ४ ट्याब्लेट सहित उनकै घरबाट पक्राउ गरेको हो ।

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०४-०५

झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०४ गते झापाको दमक नगरपालिका- ५ स्थित लागू औषध बिक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भारत विहारका २८ बर्षीय सुरज कुमार साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४२ ग्राम १७ मिलिग्राम, डिजिटल तराजु १ थान र नगद ३७ हजार ९०० रुपैया बरामद गरेसगै पक्राउ गरेको हो । त्यस्तै लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले मेचीनगर नगरपालिका- ६ बाट अर्जुनधारा नगरपालिका- ५ का २५ बर्षीय अजय धिमाललाई २ ग्राम ब्राउन सुगर र मेचीनगर- ३ का ४३ बर्षीय हरिलाल न्यौपानेलाई उनकै घरबाट १ किलो ५२८ ग्राम गाँजा सहित इलाका प्रहरी कार्यालय नकलबन्दाले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०४

सुनसरी र झापाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका- ६ स्थितमा चेकजाँचको क्रममा ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र नियन्त्रित औषधी ३ हजार ६ सय ९४ क्याप्सुल सहित इनरुवा- ८ का ३४ बर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका- ५ का ४८ बर्षीय अशोक कुमार यादवलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी चौकी बरगाछीले सोहि स्थानका २१ बर्षीय बिश्व लिम्बुलाई नियन्त्रित औषधी ९ सय ३० चक्की सहित र अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटा साँगुरीगढी गाउँपालिका- ४ का ३२ बर्षीय मनोज राईलाई ४ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ, भने झापाको बुद्धशान्ति गाउँपालिका- ३ का २२ बर्षीय साजन मगरलाई ६ सय ३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय बुधबारेले पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०४-०३

 सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०२ गते सुनसरीको कोशी गाउँपालिका- १ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिगएको प्रहरी टोलीले चेकजाँचको क्रममा कोशी गाउँपालिका-२ का ३२ बर्षीय दिनेश कुमार यादव र सप्तरी तिलाठीका २४ बर्षीय रंजित कुमार यादवको साथबाट ३६ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै ईनरुवा नगरपालिका- ४ बाट बराक्षेत्र नगरपालिका- ९ का १९ बर्षीय प्रबिन बिष्ट र मोरङ बेलवारी नगरपालिका- ९ का अमृत तमाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ पिस सहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कले नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी अमरहाट धरानले धरान- १३ बाट मोरङ रंगेलीका रोशन उप्रेतीलाई १० किलोग्राम गाँजा सहित  पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिमाणको प्रतिवन्धित औषधी सहित १ जना पक्राउ
२०८२-०४-०२

झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । घिमिरेले बिर्तामोड-५ स्थितमा कोठा भाडालिई प्रतिवन्धित औषधीहरु भण्डारण गरी राखेको भन्ने विशेष सुचनाको आधारमा असार १ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट ट्रमाडोल  १ लाख ३ हजार ८ सय क्यापसुल, ट्रमाडोल इन्जेक्सन १ हजार ८ सय ७० एम्पुल, ट्रमाडोल ४ हजार ५० ट्यावलेट, डाईक्लोमाईन ९७ हजार ट्याव्लेट, सिल्डेनाफिल ८ हजार ९ सय ट्याव्लेट, मिफिप्रिस्टोन एण्ड माईसोप्रोस्पल ७ हजार ६ सय ५० ट्याव्लेट सहित पक्राउ गरेको छ । प्रतिवन्धित औषधी सहित पक्राउ परेका घिमिरेको अन्य थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०४-०२

मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १ गते मोरङको सुनबर्षी नगरपालिका-९ स्थितमा इलाका प्रहरी कार्यालय रंगेली र लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहार सिक्टी ग्राम पंचायतका ३२ बर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायतका ३२ बर्षीय शेर मोहमदलाई ६३ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-९ की २१ बर्षीया प्रतिक्षा राय लाई १ ग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकहीले कोशी गाउँपालिका-१ स्थितबाट नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी हिले धनकुटाले शहिदभुमी गाँउपालिका-५ का २३ बर्षीय सुवास राईलाई २ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद
२०८२-०४-०१

मोरङ र सुनसरीको दुई स्थानबाट प्रहरीले ३ सय ७२ किलो ५९० ग्राम लागू औषध गाँजा बरामद गरेको छ । साउन १ गते ०१:०० बजेको समयमा मोरङको धनपालथान गाउँपालिका- १ गदिया खोला किनारामा गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी गडेरियाबाट खटिएको प्रहरी टोलीले खोलाको किनार स्थित खेतमा प्लास्टिकको १० वटा बोरामा बेवारिसे अवस्थामा ३ सय २३ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो । त्यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय हरिनगराले देवानगंज गाउँपालिका- ७  स्थित सडक किनारबाट ४९ किलो २९० ग्राम गाँजा  बरामद गरेको  हो ।  गाँजा ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज तलास तथा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जना पक्राउ
२०८२-०४-०१

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ओसारपासरमा संलग्न ४ जना महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते लागू औषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी चौकी रेल्बे, अहरहाट र बरगाछीबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १ हजार ६२ क्याप्सुल, डिकोलिक ८ सय ४२ ट्याब्लेट र डिभोमिन २ सय २० चक्की सहित धरान- १० का २४ बर्षीय अंकित राई र धरान- ६ का २१ बर्षीय भरत मगर, धरान- १३ का २३ बर्षीय सागर राई, धरान- ५ की २१ बर्षीया ज्योती राई, २६ बर्षीया नुमा लिम्बु र धरान- ५ की २३ बर्षीया सुजना राईलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको रंगेली नगरपालिका- ६ स्थित इलाका प्रहरी कार्यालय रंगेलीले चेकजाँचको क्रममा दमक नगरपालिका- ९ झापाका ३५ बर्षीय शिव कुमार सोरेन र कमल गाउँपालिका- १ का ३३ बर्षीय आकाश खड्कालाई  नाईट्राजाम १ सय ५५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसै गरी उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका- ८ की २१ बर्षीया रेजिना राईलाई ट्रामाडोल ७६ क्याप्सुल सहित पक्राउ गरेको छ ।

तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

२६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद २ जना पक्राउ
२०८२-०३-२६

झापाको २ स्थानहरुबाट २ सय ६० ग्राम ३० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित कारोबारमा संलग्न २ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत असार २६ बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले राती साढे १२ बजे भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेका कनकाई नगरपालिका-१ का ३० बर्षीय पवन ऋषिदेबलाई झापा गाउँपालिका-४ सुकुम्बासी बस्ति स्थितबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा  साईकलको ट्युब भित्र लुकाई छिपाई ल्याउदै गरेको ब्राउन सुगर १ सय ६७ ग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोदले असार २५ गते साँझ झापा गाउँपालिका-१ सुडुखुट्टु स्थितबाट ९३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित देश भारत बिहारका ६० बर्षीय गबरी साहलाई नियन्त्रणमा लिएको हो ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ८ जना पक्राउ
२०८२-०३-२४

मोरङ, सुनसरी र धनकुटाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रहरीले प्रतिबन्धित लागू औषध सहित ८  जनालाई पक्राउ गरेको छ । जस अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरी मातहतबाट खटिएको प्रहरी टोलीले ९ किलो ५ सय ग्राम लागू औषध गाँजा सहित भोजपुरको आमचोक-८ का २१ बर्षीय अंकित मगर र ४ सय मिलिग्राम ब्राउन सुगर सहित सुनसरीको बराहक्षेत्र-६ का २० बर्षीय रोसिता गिरी, बराहक्षेत्र-९ की २० बर्षीया रस्मिता राई,  ईटहरी-३ का २२ बर्षीय समित राई र ईटहरी-५ का २० बर्षीय प्रसाङ ढकाललाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी-३ का ३० बर्षीय बुद्दराज राई र ३० बर्षीय पुष्पा थापालाई ब्राउन सुगर १ ग्राम ६ मिलिग्राम सहित र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले धनकुटाको पाख्रीबास-४ का २७ वर्षीय मिगुर शेर्पालाई २२ पिस ट्याब्लेट र २२ पिस क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

२०५ ग्राम ८० मिलि ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०३-२४

जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काकरभिट्टावाट खटिएको प्रहरी टोलीले २०५ ग्राम ८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य, किसनगञ्ज का ३५ बर्षीय मनिसुर आलम र झापाको कचनकवल गाउँपालिका-५ का ५५ बर्षीय नशरुदिन मिँया रहेका छन् ।  कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत विशेष सूचनाको आधारमा असार २४ गते साँझ खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-७ स्थितमा शंकास्पद अवस्थामा रहेका दुबैजनालाई चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हातपात गर्दै भाग्न खोजे पछि प्रहरीले ६ राउण्ड गोली फायर गरी दुबैजनालाई नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भई रहेको छ ।

३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०३-२३

मोरङको रंगेली नगरपालिका-८ स्थितबाट ३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत बिशेष सूचनाको आधारमा असार २२ गते दिउँसो साढे ३ बजे नेपाल प्रहरी केन्द्रीय लागू औषध अनुसन्धान ब्युरो काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटीएको प्रहरी टोलीले कोठा भाडामा बस्दै आएका रंगेली-८ का ५४ बर्षीय कृत्यानन्द ठाकुरको कोठा खानतलाशी गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला पारेको हो । ब्राउन सुगर बरामद गरेसंगै कारोबारमा संलग्न रहेका कृत्यानन्द ठाकुर, ३० बर्षीय शुशिल बुढाथोकी र भारत अररिया की ५० बर्षीया हसिना भन्ने बिजली खातुनलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजे पछि प्रहरीले १ राउण्ड गोली फायर गरी तीनैजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ हजार रुपैया समेत बरामद गरेको छ ।

लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ पक्राउ
२०८२-०३-२१

सुनसरी, झापा र धनकुटाबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २० गते सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका-३ का ३१ बर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित र  इटहरी-१७ का २४ बर्षीय बलराम चौधरी, इटहरी-१९ का ३२ बर्षीय अरबिन्द्र भण्डारीलाई १२ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय अनारमनी झापाले इलाम नगरपालिका-९ का २५ बर्षीय गंगाराम चौहान र २० बर्षीय सुजन अधिकारीलाई २ सय २० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले पाख्रिवास नगरपालिका -८ का भिम बहादुर राई ७ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०३-१९

झापा र उदयपुरको दुई स्थानहरुबाट असार १८ गते प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाले दमक नगरपालिका-९ स्थितबाट सोही स्थानका १९ बर्षीय सागर कुमाललाई प्रतिबन्धित औषधी ९० पिस र ९० क्यापसुल सहित नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१ फूलजोर स्थितमा यात्रु बाहक बसमा सवार त्रियुगा-१३ का २२ बर्षीय सुगम राई र एक जना १६ बर्षीय बालक समेतलाई प्रतिबन्धित औषधी ६ सय ४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-१८

झापा र मोरङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १७ गते झापाको भद्रपुर नगरपालिका- ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बुद्दशान्ति गाउँपालिका- ४ का २९ बर्षीय दिपक सम्बाहाम्फे, कमल गाउँपालिका- ५ का २० बर्षीय पिजल धिमाल र कमल गाउँपालिका- २ का ३२ बर्षीय केशब राईलाई ६ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाले ५ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित बिर्तामोड नगरपालिका- ६ का ३७ बर्षीय हमद मुस्लिम र २२ बर्षीय सद्दाम सेखलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका- ४ का २० बर्षीय मनिष तामाङलाई प्रतिबन्धित औषधी ३२० चक्कि सहित  इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ
२०८२-०३-१७

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड नगरपालिका-४ का ३२ बर्षीय धर्मा कुमार शर्मालाई २ ग्राम ६६ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित र प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड-३ का २६ बर्षीय बिर बहादुर राजबंशीलाई ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले विराटनगर-१५ स्थितबाट मोरङको शनिश्चरे-८ का ३२ बर्षीय उजिर लिम्बुलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यस्तै अस्थायी प्रहरी चौकी अमरहाट धरानको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान-१३ स्थितबाट यात्रुबाहक बसमा सवार धनकुटाको सहिदभुमी गाउँपालिका-२ का ५४ बर्षीय तेज बहादुर राईलाई ५५ किलोग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीले देवानगंज-३ का १८ बर्षीय राज कुमार यादबलाई उनकै घरबाट ६ किलोग्राम २ सय ८० मिलिग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिए संगै कारोबारमा संलग्न १८ बर्षीय राजु यदबलाई समेत नियन्त्रण लिई थप अनुसन्धान गरी रहेको छ ।

लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जना पक्राउ
२०८२-०३-१५

झापा, मोरङ र सुनसरीबाट लागू औषध गाँजा र ब्राउन सुगर सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १४ गते सुनसरीको बराहक्षेत्र नगरपालिका- ५ स्थितमा प्रहरी चौकी भरौलको प्रहरी टोलीले चेकजाँचको क्रममा  प्रदेश १-०२-००१ ज ४६३७ नम्बरको कार भित्रमा कालो प्लाष्टिकको पोकामा लुकाई छिपाई राखेको १ सय २० किलोग्राम  गाँजा सहित कार चालक मोरङ विराटनगरका- ४ का २६ बर्षीय धिरज गोसाई र सोही कारमा सवार  जहदा गाउँपालिका- ७ का २२ बर्षीय बिकास यादवलाई नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको रतुवामाई नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा रतुवामाई-४ का ३५ बर्षीय रंजित शर्मा र ३० बर्षीय रोम बहादुर राजबंशीलाई ४१ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सोही दिन लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका- ७ का २१ बर्षीय रोहित मगरलाई २ ग्राम ४९ मिलिग्राम ब्राउन सुगर, विराटनगर-११ का १९ बर्षीय निखिल मल्लिकलाई NITRAZEPAM ७० ट्याब्लेट सहित र इलाका प्रहरी कार्यालय विराटचोकले ट्रामाडोल ९० ट्याब्लेट सहित सुन्दरहरैचा- ९ का २७ बर्षीय अनिल कुमारलाई पक्राउ गरेको छ । त्यसैगरी लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाले कनकाई नगरपालिका- ३ का २७ बर्षीय निर्मल बिश्वकर्मा र मोरङ मिक्लाजुङका २० बर्षीय सिसिर लिम्बुलाई २ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  

लागू औषध ब्राउन सगुर सहित ७ जना पक्राउ
२०८२-०३-१४

सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १३ गते लागू औषध नियन्त्रण ब्यूरो विराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बिभिन्न स्थानहरुबाट चेकजाँचको क्रममा २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखानमा संलग्न धरान- ११ का १९ को सुअन तामाङ र २७ बर्षीय मिसन राई, धरान- १५ का ३२ बर्षीय रोमन शाही, २५ बर्षीय अरुण मण्डल, ३० बर्षीय सागर तामाङ र ३१ बर्षीय प्रस्ताव राई र ओसार पोसारमा प्रयोग भएका २ थान सवारी साधान सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले सप्तरी हनुमान नगरका २४ बर्षीय आकाश मण्डललाई कोशी गाउँपालिका- ८ बाट २ ग्राम ५०मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध गाँजा सहित ३ जना पक्राउ
२०८२-०३-१३

झापा र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १२ गते प्रहरी चौकी भरौल सुनसरीको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-४ स्थितबाट चेकजाँचको क्रममा को. १ ह ९५१० नम्बरको अटो भित्रबाट लुकाई छिपाई राखेको ७५ किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै अटो चालक ईटहरी-१० का ४५ बर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-६ की ५९ बर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका-१२ घर भई हाल झापाको अर्जुनधारा-१ स्थित निर्माणाधीन पुलमा काम गर्दै आएका २० बर्षीय रोशन भट्टराईलाई १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम गाँजा सहित प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको हो ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-१२

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ११ गते झापाको भद्रपुर नगरपालिका- ५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री सुनसरी रामधुनी नगरपालिका- ८ का १८ बर्षीय लक्ष्मण सार्की र बरहाक्षेत्र नगरपालिका- ७ का १८ बर्षीय आन्नद मगरलाई ४ ग्राम ९८ मिलिग्राम ब्राउन सगर सहित नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले मोरङको विराटनगर महानगरपालिका-१५ बाट को. २० प ७४३ नम्बरको मोटरसाईकल चालक धरान उप-महानगरपालिका- ५ का २८ बर्षीय संकलन राई र पछाडी सवार २७ बर्षीय आषिश कुमार विश्वकर्मालाई ३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरले को. ३७ प १२५३ नम्बरको मोटरसाईकल चालक उदयपुर बेलका नगरपालिका- ८ का २२ बर्षीय धिरज राई र पछाडी सवार बेलका नगरपालिका- ७ का ३१ बर्षीय लोकेन्द्र राईलाई ३४ किलो ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेट सहित १ जना पक्राउ
२०८२-०३-११

सुनसरीको धरान उप-महानगरपालिका-५ देउरालीबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी ८ हजार ८ सय ७६ क्याप्सुल र ८ हजार ५ सय १७ ट्याव्लेट सहित १ जना पक्राउ परेका छन । असार १० गते राती लागू औषधको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ झर्नाचोक स्थितमा डेरा गरी बस्दै आएका मुन्सन राईको कोठा खानतलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको ट्रामाडोल-८ हजार ८ सय ७६ क्याप्सुल, मेफेनिक स्पास-७ हजार ८ सय ९० ट्याब्लेट, नाईट्रेजेपाम-२० ट्याब्लेट, स्पारेट-२ सय ९५ ट्याब्लेट र कोलिवन-३ सय १२ ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित र नियन्त्रित औषधी सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ८ जना पक्राउ
२०८२-०३-१०

झापा, मोरङ र धनकुटा जिल्लाको बिभिन्न स्थानहरुबाट असार ९ गते प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी सिक्टी मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सुनवर्षी नगरपालिका-८ स्थितमा सिक्टीबाट डाईनिया तर्फ जादै गरेको नम्बर प्लेट नभएको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा मोटरसाईकलमा सवार सोही स्थानका १९ बर्षीय अकमल मियालाई ४२ ग्राम ४ सय ४० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान गरी रहेको छ । यस्तै लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका लम्जुङका २५ बर्षीय राम कुमार गुरुङलाई ब्राउन सुगर १३ ग्राम ६५ मिलिग्राम र सुनसरीको धरान -६ का २८ बर्षीय करण तामाङलाई ३ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्लाको प्रहरी टोलीले लागू औषधको कारोबार गर्ने उर्लाबारी नगरपालिका-१ सुकुम्बासी टोलका २४ बर्षीय भिम बहादुर देवानलाई उनकै घरबाट ट्रामाडोल ९० क्याप्सुल र भोमिन ९० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय राजारानी धनकुटाको चौबीसे गाउँपालिका-७ मौनाबुधुकका ३० बर्षीय भुपेन लिम्बू र चौबीसे -६ का २५ बर्षीय हेम बहादुर बि.क.लाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने वडा प्रहरी कार्यालय भद्रपुर झापाले भद्रपुर- ९ का २५ बर्षीय अजय राजवंशी र २२ बर्षीय पर्शुराम राजवंशीलाई १ ग्राम २१ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका सबैको थप अनुसन्धान भई रहेको छ ।  

प्रतिबन्धित लागू औषध सहित ५ जना पक्राउ
२०८२-०३-०९

मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानहरुबाट असार ८ गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित मोरङको पथरीशनिश्चरे नगरपालिका-१० भुटानी शरणार्थी क्याम्प स्थितबाट पक्राउ परेका सोही स्थानका २४ बर्षीय पुष्पलाल डाँगी र २३ बर्षीय अनिल राईको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भई रहेको छ । यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट ९ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित मोरङको सुन्दरहरैचा नगरपालिका-८ का २९ बर्षीय सरोज आचार्यलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले उर्लाबारी नगरपालिका-५ सिसौली स्थितबाट सोही स्थानका २३ बर्षीय पाल्देन तामाङलाई शंका लागी चेकजाँच गर्ने क्रममा ७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको थियो । यसका साथै उदयपुरको बेलका नगरपालिका-१ प्रहरी बिट आम्बासीको टोलीले रामपुरठोक्सिलाबाट फत्तेपुर तर्फ जाँदै म्याजिक भेनलाई चेकजाँच गर्दा भेनमा सवार बेलका-७ मैनामैनी का ३१ बर्षीय धन बहादुर राईले झोलामा लुकाएको १२ किलोग्राम लागु औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०३-०७

झापा र मोरङको दुई स्थानहरुबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गर्न सफल भएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले असार ७ गते दिउँसो भद्रपुर नगरपालिका-५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश ०१-०३० च ७७९३ नम्बरको कारलाई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाएर ल्याउदै गरेको ४७ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भए संगै कार चालक काठमाण्डौ महानगरपालिका-२६ का २४ बर्षीय निवेश कुँवर र कारमा सवार लमजुङ की २२ बर्षीया नोजिना रानामगरलाई नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-१० का ३० बर्षीय बरुण लिम्बुलाई ब्राउन सुगर ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैया सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-०६

इलाका प्रहरी कार्यालय दमक झापाले असार ६ गते राती लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-५ स्थितमा कोठा भाडामा लिएर बस्दै आएका गौरादह नगरपालिका-४ का २४ बर्षीय अनुभव दर्नाल लगायत कारोबारमा संलग्न दमक-१ का २६ बर्षीय सुरज कुमाल, दमक-६ का २९ बर्षीय सुमन दर्जी र दमक-७ का ३४ बर्षीय बिर बहादुर पौडेललाई प्रतिबन्धित औषधि Tramadol ८०० क्याप्सुल, ८०० चक्कि Aanargan-35, खैरो हिरोईन ५ सय ५० मिलिग्राम र नगद १० हजार ५ सय रुपैया समेत बरामद गरी सबैलाई नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भई रहेको छ ।

४ हजार २ सय ३० किलोग्राम लागू औषध गाँजा सहित २ वटा ट्रक नियन्त्रणमा
२०८२-०३-०३

सुनसरीको धरान उप- महानगरपालिका-१३ र इटहरी उप-महानगरपालिका-२० स्थितबाट ४ हजार २ सय ३० किलोग्राम लागू औषध गाँजा बोकेको २ वटा ट्रक प्रहरीले  नियन्त्रणमा लिएको छ । असार २ गते धरान-१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १-०२-००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो । यसै गरी असार ३ गते इटहरी-२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना. ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा प्लास्टिकको वोरामा प्याक गरी माथिबाट बन्दाकोवी र आलुको बोराले छोपी ल्याउदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम  गाँजा बरामद गरेको हो । लागू औषध गाँजा बरामद भएसंगै ट्रक चालक धनकुटा शहिदभुमी गाउँपालिका-६ का राजेन्द्र राई सहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र- ९ का सुमन राईलाई नियन्त्रणमा लिईएको छ । चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका-८ का नारायण प्रसाद राईलाई ९ किलो ९०० ग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०३-०३

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले  पक्राउ गर्न सफल भएको छ  । असार २ गते दिउँसो झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा कन्काई नगरपालिका-४ का ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई लागू औषध ब्राउन सुगर २१ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको छ, सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट दमक नगरपालिका-१ का ३२ वर्षीय बिजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्रीको साथबाट १३ ग्राम ३ सय ६० मिलिग्राम ब्राउन सुगर  बरामद गरी दुबैजनालाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरले सुनसरीको इटहरी उप-महानगगरपालिका-२ का ३० वर्षीय पंकज खत्रीलाई लागू औषध ब्राउन सुगर  ४ ग्राम ११ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित औषधी र खैरो हिरोइन सहित ४ जना पक्राउ
२०८२-०३-०२

मोरङ र झापाको विभिन्न स्थानहरुबाट प्रतिवन्धित औषधी र खैरो हिरोइन सहित ४ जनालई प्रहरीले पक्राउ गरेको छ । असार १ गते राती विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङको उर्लाबारी नगपालिका-४ का ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय  दिपेश खनाललाई खैरो हिरोइन २ ग्राम १ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ का २२ वर्षीय निजाम मियालाई १ ग्राम ४ सय ४० मिलिग्राम खैरो हिरोइन सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलिले दमक-७ का १९ वर्षीय पुष्कर मगरलाई प्रतिवन्धित औषधी ६ सय २० चक्की सहित नियन्त्रणमा लिन सफल भएको हो ।  

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ४ जन पक्राउ
२०८२-०२-३१

मोरङ र सुनसरीको विभिन्न स्थनाहरुबाट प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्रउ गरेको छ । जेठ ३० गते बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले  चेकजाँचको क्रममा सुनसरी-१५ का २७ वर्षीय पहल मगरलाई ब्राउन सुगर १ ग्राम ७७ मिलिग्राम सहित र प्रहरी चौकी राजघाटले मोरङ उर्लाबारी-९ का २३ वर्षीय विवेक लिम्बुलाई ३५ मिलिग्राम ब्राउन सुगर साहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय धरानले  धरान उप-महानगरपालिका-१० का २३ बर्षीय दिपेश जैसवाल र ३० वर्षीय कराम आङला लिम्बुलाई प्रतिबन्धित औषधी १९४ चक्की सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०२-३०

धनकुटा र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २९ गते अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थित चेकजाँचको क्रममा बाग्मती प्र.०२-०५२ प ७७५७ नम्बरको स्कुटर चालक दुधौली नगरपालिका-१० सिन्धुलीका ३३ बर्षीय अर्जुन कटुवाललाई २७ ग्राम ९२ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै ओसार पसारमा संलग्न उदयपुरको कटारी नगरपालिका-२ का ३३ बर्षीय सुमन माझी समेतलाई नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी रेल्वेले धरान- १६ बाट सोही स्थानका ३४ बर्षीय रोहित बिष्टलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका-६ बाट प्र.१-०२-००१ज ४५२७ नम्बरको गाडी भित्रबाट १० किलोग्राम गाँजा फेला पारी चालक धनकुटा नगरपालिका-९ का २० बर्षीय बालकृष्ण मगरलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०२-२९

ताप्लेजुङ र पाँचथरबाट हिजो प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका-११ का २१ बर्षीय रोमन विश्वकर्मा,  सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि.क, फक्तालुङ गाऊपालिका ३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ गरेको छ । त्यसैगरी पाँचथरको फिदिम नगरपालिका- ४ बाट ५३० मिलिग्राम ब्राउन सुगर सहित फिदिम नगरपालिका- १ का ३० बर्षीय सागर लिम्बु र झापा बिर्तामोड घर भई हाल सोहि स्थान बस्दै आएका ३४ बर्षीय रोहित न्यौपानेलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ५ जना पक्राउ
२०८२-०२-२७

मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका वडा नं.३ बस्ने ३५ बर्षीय श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ । यस्तै हिजो राती सँवा ८ बजे झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने ४२ बर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने २४ बर्षीय अशारु चौधरीलाई ब्राउन सुगर २ ग्राम ०४० मिलिग्राम सहित पक्राउ गरिएको छ भने हिजै बेलुका साँढे ६ बजे उदयपुर त्रियुगा नगरपालिका ११ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोतेलाई लागू औषध ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ९ जना पक्राउ
२०८२-०२-२६

मोरङ र पाँचथरबाट हिजो जेठ २५ गते लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ र लागू औषध विशेष ब्युरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ बर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, २ लाख ८८ हजार २५० र २ वटा डिजिटल तराजु सहित उनकै घरबाट पक्राउ गरेको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले ४ ग्राम ५८० मिलिग्राम सहित सुन्दरहरैचा-३ का २१ बर्षीय निरन लिम्बुलाई विराटनगर महानगरपालिका १६ स्थितबाट र इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी २ लालभित्ती स्थितबाट सोही स्थानका २८ बर्षीय बिट्टु भगत र सुन्दरहरैचा-१२ का ३४ बर्षीय मिथलेस शर्मालाई २५० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै पाँचथरको फिदिम नगरपालिका- २ बाट ३  ग्राम ५१० मिलीग्राम ब्राउन सुगर सहित २७ बर्षीय दिपेन केरुङ, २३ बर्षीय बिरबल राई, ३० बर्षीय गणेश सुजी, ३२ बर्षीय पर्वत तामाङ र १९ बर्षीया रिदिमा बर्देवालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०२-२५

सुनसरी र ताप्लेजुङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी-१७ का २९ को अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १-०२-०५१ प ४८२३ नम्बरको मोटरसाईकल चालक धनकुटा- ९ का २१ बर्षीय लक्ष्मण माझीलाई बराहक्षेत्र-१ बाट पक्राउ गरेको छ । त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका- ७ घर भई हाल फुङलिङ- ६ स्थित डेरा गरी बस्दै आएका २६ बर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित उनकै कोठाबाट र बेचबिखानमा संलग्न भारत दार्जलिङका २३ बर्षीय नितेन वर्मनलाई फुङलिङ-२ बाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित १७ जना पक्राउ
२०८२-०२-२४

झापा, सुनसरी र इलामबाट लागुऔषध सहित १७ जना पक्राउ परेका छन । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत लागू औषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण गर्न परिचालन भएको प्रहरी टोलीले जेठ २३ गते झापाको मेचीनगर-१३ स्थितबाट सोही स्थानका ३५ बर्षीय लक्ष्मि सोरेन, २६ बर्षीय बिष्णु मग्राती र मोरङ लेटाङका २९  बर्षीय सन्तोस परियारलाई १ ग्राम १५० मिलिग्राम र शिवसताक्षी नगरपालिका- १ का २६ बर्षीय प्रनिस मुखिया, २४ बर्षीय तेज बहादुर दर्जीलाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट सोही स्थानका हिमाल कुमार मण्डल, करण कुमार मण्डल, २१ बर्षीय दयानन्द कुमार यादव, ईटहरी-५ का ३३ बर्षीय अजय चौधरी, ‍धरान -‍१७  का २७ बर्षीय बिवेक बिश्वकर्मा, संगम राई, १९ बर्षीय किरण राई, बराहक्षेत्र-७ का २२ बर्षीय कौशल कालिकोटे र २० बर्षीय याकुव राईलाई २२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सोही दिन इलामको इलाम नगरपालिका-७  स्थितबाट सोही स्थानका २६ बर्षीय रुपन राई, देउमाई नगरपालिका- २ का २९ बर्षीय पासाङ शेर्पा र माई नगरपालिका- १ का २१ बर्षीय अबिरल राईलाई १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०२-२३

झापाबाट ३ जना र  सुनसरीबाट १ जना लागू औषध सहित पक्राउ परेका छन् । जेठ २२ गते झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले ब्राउन सुगर २ ग्राम सहित मकवानपुर हेटौडा ३ का २१ बर्षीय डेबिड लामा र बिर्तामोड नगरपालिका-२ का २९ बर्षीय संजय चौधरीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-१ का २९ बर्षीय सुजन कन्दङ्वालाई ब्राउन सुगर १ ग्राम सहित र सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवा धरानले धरान-१६ का ३० बर्षीय गोपाल राईलाई प्रतिवन्धित औषधी ५६९ चक्की र नगद ३७ हजार रुपैया सहित पक्राउ गरिएको छ ।

खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११२० किलोग्राम गाँजा बरामद
२०८२-०२-२१

सुनसरीको हरिनगर गाउँपालिका-५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा १ हजार १ सय २० किलिग्राम गाँजा प्रहरीले वरामद गरेको छ । जेठ २० गते खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र शसस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोली खटि गई कटान खोला बगरमा  खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको १ हजार १ सय २० किलिग्राम  गाँजा फेला पारेको हो । बरामद भएको गाँजा  जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याईएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।  

खोला बगरमा बालुवाले पुरेको अवस्थामा ११२० किलोग्राम गाँजा बरामद
२०८२-०२-२१

सुनसरीको हरिनगर गाउँपालिका-५ र ६ स्थित कटान खोलाको बगरमा बालुवाले पुरेर लुकाई छिपाई राखेको अवस्थामा १ हजार १ सय २० किलिग्राम गाँजा प्रहरीले वरामद गरेको छ । जेठ २० गते खोला बगरमा गाँजा लुकाई राखेको छ भन्ने  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंज र शसस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोली खटि गई कटान खोला बगरमा  खोजतलास गर्ने क्रममा बालुवा मुनी गाडेको अवस्थामा प्लास्टिकको ३८ वटा बोरामा प्याक गरी राखेको १ हजार १ सय २० किलिग्राम  गाँजा फेला पारेको हो । बरामद भएको गाँजा  जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याईएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।  

प्रतिबन्धित लागूऔषध सहित ८ जना पक्राउ
२०८२-०२-२०

झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-६ कप्तानबारी स्थित सुकुम्बासी बस्ति का ३५ बर्षीय राम बहादुर दनुवारलाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले ३ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न मेचीनगर नगरपालिका-३ का ३२ बर्षीय अनिल दनुवार समेतलाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ का ३१ बर्षीय सनम माझीलाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १०० चक्की Vomine-25, Antikof -७ सय चक्की र Tramadol ७ सय क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । यसका साथै बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय राजारानी धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटाको चौबिसे गाउँपालिका-६ का २२ बर्षीय पुजन लिम्बु र कारोबारमा संलग्न २२ बर्षीय पुजन लिम्बु, २२ बर्षीय सेसेहाङ चेम्जुङ, २२ बर्षीय जेम्सन लिम्बु र ३७ बर्षीय दिनेश लिम्बुलाई लागूऔषध ब्राउनसुगर ३ ग्राम ९ सय मिलिग्राम र नगद ४१ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको हो ।

लागू औषध ब्राउन सुगर ओसार पसारमा संलग्न २ जना पक्राउ
२०८२-०२-१९

लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागू औषध ओसार पसारमा संलग्न २ जनालाई पक्राउ गरको छ । जेठ १८ गते मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका  सुनसरीको धरान उप-महानगरपालिका-१६ का २८ बर्षीय सुशान राई र ३२ बर्षीय कुशुम राईलाई १ ग्राम ५४ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-८ सिरवानी स्थित सोम्बारे मयुङ्टार भित्रि सडक खण्डमा सडकको नालीमा बोराभित्र प्लास्टिकले बेरेर लुकाई छिपाई राखेको १६ किलोग्राम ५ सय ग्राम लागू औषध गाँजा वेवारिसे अवस्थामा फेला पारेको छ  ।

लागू औषध खैरो हेरोईन सहित ४ जना पक्राउ
२०८२-०२-१८

सुनसरी र मोरङको दुई स्थानहरुबाट प्रहरीले लागू औषध खैरो हेरोईन सहित ४ जनालाई पक्राउ गरेको छ । जेठ १७ गते अस्थायी प्रहरी पोष्ट सखुवागाछी सुनसरीको प्रहरी टोलीले ईनरुवा नगरपालिका-३ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका-३ का २८ बर्षीय बिबेक अधिकारी, इटहरी-४ का २२ बर्षीय मनोज परियार र २६ बर्षीय मनिष राईलाई लागू औषध खैरो हेरोईन ३ ग्राम ३७ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट तनहुँको रिसिङ गाउँपालिका-३ का ३७ बर्षीय दलराज मगरलाई लागू औषध खैरो हेरोईन १९ ग्राम ६३ मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ  ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८२-०२-१७

मोरङ र धनकुटाबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १६ गते दिउँसो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लाबारी-१ का ३२ बर्षीय राजु दर्जी, सुनसरी इटहरी-२ का १९ बर्षीय सरोज पौडेल र १९ बर्षीय बाबु राम पौडेललाई ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले साँगुरीगढी गाउँपालिका-६ बाट ३ किलो ३८० ग्राम लागुऔषध गाँजा सहित ओसार पोसारमा संलग्न साँगुरीगढी-१ का १९ बर्षीय कसुर लिम्बु र चौबिसे गाउँपालिका-४ का २१ बर्षीय बिजय याख्खा राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरेहको छ ।

लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न २ जना महिला पक्राउ
२०८२-०२-१६

उदयपुरको चौदण्डीगढी नगरपालिका-२ स्थितबाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ । जेठ १५ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले  चौदण्डीगढी-१ की रत्न माया श्रेष्ठको घर कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ । यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा वेवारिसे अवस्थामा ट्युवमा बग्दै आईरहेको ८ वटा प्लास्टिकको बोरामा रहेको २ सय किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।  

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८२-०२-१६

सुनसरीको इनरुवा नगरपालिका-७ स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । जेठ १५ गते  प्रदेश १-०२-००१ ख ८०५४ नम्वरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरित दिशाबाट आउदै को. ३२ प १३९२ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल पछाडि सवार दुहवी नगरपालिका-११ का ४८ बर्षीय देव नारायण उरावलाई उपचारको लागी इनरुवा अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको थियो भने मोटरसाईकल चालक सोही स्थानका २३ बर्षीय मनिरत्न चौधरीको गोल्डेन अस्पताल विराटनगरमा उपचार भईरहेको छ । दुर्घटनामा सम्लग्न ट्याङ्कर र चालक इनरुवा-२ का लस्कर अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध ब्राउन सुगर र प्रतिबन्धीत औषधी सहित १० जना पक्राउ
२०८२-०२-१६

मोरङ, झापा र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट जेठ १५ गते लागू औषध ब्राउन सुगर र प्रतिबन्धीत औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट उर्लावारी नगरपालिका-४ का २४ बर्षीय प्रसान भण्डारीलाई ब्राउन सुगर ३ ग्राम ३६ मिलिग्राम र NITRAZEPAM ३५ चक्की सहित, इटहरी उप-महानगरपालिका-२० का ३२ बर्षीय सुबास गुरुङ र २८ बर्षीय भिसन गुरुङलाई ब्राउन सुगर २ ग्राम १६ मिलिग्राम सहित, मोरङको केरावारी गाउँपालिका-८ का २३ बर्षीय राज कुमार भुजेल र १८ बर्षीय युगेश राईलाई ब्राउन सुगर १ ग्राम ९८ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ स्थितबाट ग ११ प ६०९५ नम्बरको मोटरसाईकल चालक बिर्तामोड नगरपालिका-४ का २४ बर्षीय एल्बिज बस्नेतलाई ब्राउन सुगर ३ ग्राम ४ सय ८० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ ह ०३४१ नम्बरको अटो चालक उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्से का ४० बर्षीय पदम बहादुर परियार, अटोमा सवार ४६ बर्षीय कैलाश मग्राती, २६ बर्षीय मनोज मग्राती र २८ बर्षीया अरुना थापा मगरलाई प्रतिबन्धित औषधी स्पास्मो २ चक्की र गाँजा ५० ग्राम सहित नियन्त्रणमा लिएको हो ।      

लागुऔषध सहित ५ जना पक्राउ
२०८२-०२-१५

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १४ गते दिउँसो झापाको मेचिनगर-११ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१२ का २५ बर्षीय अजय मेचेलाई १ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध  Tramadol, Antikof र Spaspain गरि जम्मा ४६ ट्याबलेट फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले बिराटनगर-१५ बाट ४ ग्राम ब्राउन सुगर सहित बेलबारी-४ का ३२ बर्षीय हिमाल रिजाललाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-४ का २१ बर्षीय आशिष चौधरीलाई ट्रामाडोल र स्पास्मो गरी जम्मा ६ हजार ६९० क्याप्सुल र नाईट्राजाम १६० चक्की सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी भरोलले भोजपुर हतुवागढीका हेमराज सुवेदी र बराहक्षेत्र नगरपालिका-२ का २० बर्षीय अनुज बस्नेतलाई ट्रामाडोल १७५ क्यापसुल र एन्टी-कफ १६५ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८२-०२-१४

झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ १३ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका-५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका-९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी बाघखोरले दमक नगरपालिका-३ का २९ बर्षीय किरण राई र भारत बिहारका ३६ बर्षीय मनिश कुमार गुप्तालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी इलामको चुलाचुली गाउँपालिका-४ स्थितबाट प्रहरी चौकी पेल्टिमारीले प्र.१-०१-०१३ प ५४८३ नम्बरको मोटरसाईकल चालक सोहि स्थानका २० बर्षीय अन्जन राईलाई ८५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ६ जना पक्राउ
२०८२-०२-११

सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ११ बाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ११ का १८ बर्षीय आशिष तामाङ, धरान ८ का २३ बर्षीय अनिल लिम्बु, १८ बर्षीय अनिल मगर, धरान १७ का २२ बर्षीय राज कुमार राई, २८ बर्षीय अनिल मगर र धरान १९ का १८ बर्षीय अनिस मगर रहेका छन् । हिजो राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट प्रतिबन्धित लागूऔषध ट्रामोल ७९५ क्याप्सुल र कोलिवान ७८५ पिस फेला पारेको थियो । लागूऔषध सहित पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित १० जना पक्राउ
२०८२-०२-१०

झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट जेठ ९ गते प्रतिबन्धित औषधी, लागू औषध गाँजा र ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काकँडभिट्टा झापाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३३ बर्षीय मोहन चौधरी र मेचीनगर-१५ का ३४ बर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले भोजपुरको हतुवागडी गाउँपालिका-६ का २० बर्षीय संतोष संकर र मोरङको केराबारी गाउँपालिका-५ का२१ बर्षीय सरोज कार्कीको साथबाट १ ग्राम ८ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर फेलापारी दुबै जनालाई नियन्त्रणमा लिएको हो भने जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलियाको प्रहरी टोलीले घरबाटै लागू औषधको कारोबार गर्ने सुन्दर हरैँचा नगरपालिका-५ का २३ बर्षीय सचिन घिमिरे र कारोबारमा संलग्न सुनसरीको इटहरी उप-महानगरपालिका-१ का २६ बर्षीय अंकित तामाङ, सुन्दरहरैँचा-६ का २३ बर्षीय बिबस लिम्बु, बेलबारी नगरपालिका-११ का ३७ बर्षीय शिसिर राई र बेलबारी -११ की ३१ बर्षीया प्रमिला राई समेतलाई लागू औषध ब्राउन सुगर १ ग्राम र नगद ३९ हजार रुपैया सहित पक्राउ गरेको हो ।यसका साथै प्रहरी चौकी ६ नम्बर बुधबारे धनकुटाले चेकजाँचको क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ का २८ बर्षीय मौषम लिम्बुलाई धनकुटाको चौबिसे गाउँपालिका-१ ढिस्को स्थितबाट प्रतिबन्धीत औषधी TRACDOL-९०० चक्की र DIYSE-20-९०० चक्की सहित पक्राउ गरेको हो ।

लागूऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८२-०२-०९

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ८ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङको सुन्दर हरैचा नगरपालिका-१० का समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई ब्राउन सुगर १ ग्राम ३ सय ३० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी टाघनडुब्बा झापाबाट खटिएको प्रहरी टोलिले झापाको झापा गाउँपालिका-४ का २२ वर्षीय अनुरोध ताजपुरिया र १९ वर्षीय कुबेर कुमार ताजपुरीयालाई ८ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट मेचीनगर नगरपालिका-७ ईटाभट्टा का २५ वर्षीय घनश्याम माझीको साथबाट ब्राउन सुगर ७ सय ६० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो ।

लागूऔषध गाँजा सहित २ जना महिला पक्राउ
२०८२-०२-०९

उदयपुर र धनकुटाबाट लागूऔषध गाँजा सहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ८ गते इलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार स्थितमा प्र १-०२-००१ ज ४४८० नम्बरको यात्रु वाहक EV गाडीमा सवार रहेकी धनकुटाको सहिदभुमी गाउँपालिका-७ की २६ वर्षीया लक्ष्मी राईलाई लागुऔषध गाँजा ५१ किलोग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुरको त्रियुगा-९ की ४१ वर्षीया शिव माया लुङगेली मगरलाई लागूऔषध गाँजा ८ सय १० ग्राम सहित पक्राउ गरेको हो ।  

प्रतिवन्धित औषधी, गाँजा र लागूऔषध खैरो हिरोईन सहित ६ जना पक्राउ
२०८२-०२-०८

झापा, धनकुटा र मोरङको विभिन्न स्थानहरुबाट प्रतिवन्धित औषधी, गाँजा र लागूऔषध खैरो हिरोईन सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ७ गते इलाका प्रहरी कार्यालय कुमरखोद झापाको प्रहरी टोलीले झापा गाउँपालिका-३ स्थितबाट सोही स्थानका ५१ वर्षीया देखन राजबंशीलाई लागुऔाषध गाँजा १ किलोग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीले मेचीनगर-७ का २३ वर्षीय अजय राजबंशीलाई खैरो हिरोईन ३ सय ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसतक्षी नगरपालिका-६ का ४० वर्षीय परमानन्द साहलाई २ ग्राम ९०० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलिले धनकुटाको साँगुरीगढी गाँउपालिका-६ स्थितबाट को १ ज ३१६२ नम्बरको बोलेरोलाई चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको १० किलोग्राम लागुऔषध गाँजा सहित बुलेरो चालक धनकुटा सहिदभुमि-६ का ३५ वर्षीय राजेश राईलाई बुलेरो र गाँजा सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी गछियाले मोरङ बेलबारी-२ का १९ वर्षीय आयुष राई र १९ वर्षीय शिवम उरावलाई प्रतिवन्धित औषधी ट्रामाडोल- ५ सय ९० क्यापसुल, स्पास्मो-३ सय ८० ट्याब्लेट र एन्टिकोफ- १ सय ९६ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित औषधी र गाँजा सहित ५ जना नियन्त्रणमा
२०८२-०२-०६

मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र गाँजा सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-२ का २३ बर्षीय राहुल गुरुङ र २७ बर्षीय समिर राईलाई ट्रामाडोल २ सय ९० चक्की, २ सय ९०  चक्की डाइजी-20 सहित र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट सुनसरीको धरान उप-महानगरपालिका-१७ का ३८ बर्षीय जिवन राई र धरान-५ का ४२ बर्षीय अर्जुन तामाङलाई प्रतिबन्धित औषधी ६० एम्पुल सहित नियन्त्रणमा लिएको हो । यसैगरी प्रहरी चौकी अमरहाट सुनसरीले धरान-१३ स्थितबाट धनकुटाको चौबिसे गाउँपालिका -३ का ४५ बर्षीय गजेन्द्र कुमार याखालाई साढे ४ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।  

लागूऔषध ब्राउन सुगर र प्रतिवन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०२-०२

मोरङ र झापाबाट लागूऔषध ब्राउनसुगर र प्रतिवन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेष्ठ २ गते झापाको प्रहरी चौकी टाघनडुव्वाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका-७ का २८ बर्षीय मोहमद अलीलाई ३३ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ती-४ का ३५ बर्षीय सागर खड्कालाई ५८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ  भने मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी-८ का  २३ बर्षीय विवेक खड्कालाई प्रतिबन्धित औषधी १०० चक्की सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८२-०१-३०

मोरङ, झापा र भोजपुरबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले  पक्राउ गरेको छ । वैशाख २९ गते बिराटनगर महानगरपालिका-१६ र १७ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारत बाट नेपाल तर्फ आउदै गरेका मोरङ केरावारी गाँउपालिका-७ का ३० वर्षीय प्रेम राई र ४४ वर्षीय नबिन चेम्जोङलाई ब्राउन सुगर ४ ग्राम ५० मिलिग्राम सहित र झापा दमक-५ की २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझीलाई प्रतिबन्धित औषधी-३६ एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको मेचीनगर-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी २५ वर्षीया सरु राई र २० वर्षीया सुजता राईलाई ब्राउन सुगर ६ सय १० मिलिग्राम सहित पक्राउ गरेको छ । सोहि दिन इलाका प्रहरी कार्यालय गौरीगंजले झापा कमल गाँउपालिका-६ का २९ वर्षीय हरि चन्द्र कार्कीलाई १ ग्राम ४ सय ३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले  भोजपुर-१२ कोट डाडाँका २२ वर्षीय संजिव श्रेष्ठलाई  प्रतिबन्धित औषधी- ट्रमाडोल र स्पासपेन गरि जम्मा २५२ चक्की सहित पक्राउ गरेको  छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागूऔषध ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८२-०१-२९

झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट वैशाख २८ गते लागूऔषध ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिका-३ बुधबारे बजार स्थितबाट इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले सोहि स्थानका ३३ बर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका-३ की २५ बर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।  यसैगरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट धरान उप-महानगरपालिका-१२ का २९ बर्षीय बसन्त तामाङलाई  ब्राउन सुगर २ ग्राम ८८ मिलिग्राम र मोरङको सुन्दरहरैचा नगरपालिका-३ का २०  बर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ सोमबारे स्थितबाट सोही स्थानका २५ बर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसका साथै लागुऔषधको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका-७ स्थित २४ बर्षीय संजय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, गाँजा १८ ग्राम  र नगद ७० हजार रुपैया फेलापारी कारोबारमा संलग्न भोजपुरको भोजपुर नगरपालिका-७ का १९ बर्षीय मौसम राई, भोजपुर-९ का २० बर्षीय रेन्जि शेर्पा, भोजपुर-५ का २० बर्षीय संगित राई , भोजपुर-७ का २० बर्षीय युकेश राई, १९ बर्षीय उचित राई, भोजपुर-६ का २९ बर्षीय दिपेश राई समेतलाई नियन्त्रणमा लिएको हो । लागूऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित १२ जना पक्राउ
२०८२-०१-२५

भोजपुर,धनकुटा, झापा,मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिवन्धित औषधी र ब्राउन सुगर सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २४ गते सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितमा लागू औषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलीले ३० वर्षीय  मिलन लिम्बुलाई प्रतिवन्धित औषधी Tramadol-३  हजार ९० क्याप्सुल, Dicyclomine-३ हजार ७० ट्याब्लेट र DIAZEPAM-३० एम्पुल सहित पक्राउ गरेको छ ।  त्यसैगरी मोरङ बिराटनगर-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी-४ का  १९ वर्षीय हेमराज बिश्वकर्मा, १८ वर्षीय सुदिप बिश्वकर्मा र  सुनसरी इटहरी -४ का १९ वर्षीय एलेक्स सुबेदीलाई ब्राउन सुगर ३ ग्राम १ मिलिग्राम र प्रहरी चौकी गछियाले सुन्दरहरैचा-३ का २७ वर्षीय गोबर्धन गुरुङ,२६ वर्षीय गुलाब चौधरी, २५ वर्षीय शक्ति राई, २० वर्षीय बिशाल उराउलाई प्रतिवन्धित औषधी ट्रमाडोल- १ हजार ३ सय ३० ट्याब्लेट र ब्राउन सुगर १ ग्राम १८ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षी-८ का वर्ष २७ को सुनिल लिम्बुलाई औषधी TRAMADOL-१ सय ५० क्याप्सुल सहित र प्रहरी चौकी शनिश्वरेले अर्जुनधारा-८ का ३२ अर्जुन राजवंशीलाई ब्राउन सुगर ४ ग्राम ४ मिलिग्राम र औषधी ९ एम्पुल सहित पक्राउ गरेको छ  । सोही दिन धनकुटा छथरजोरपाटी गाँउपालिका-६ स्थितमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सोही स्थानका २४ वर्षीय दर्पण गुरुङ र ३१ वर्षीय सुदिल लिम्बुलाई ब्राउन सुगर २ सय १० मिलिग्राम र निषेधित औषधी- ८ क्याप्सुल सहित पक्राउ गरेको छ, भने प्रहरी चौकी हसनपुर भोजपुरबाट खटिएको प्रहरी टोलिले भोजपुर हतुवागढी गाँउपालिका-९ स्थितबाट ब्राउन सुगर ७ सय ५० मिलिग्राम बरामद गरेको छ ।

लागूऔषध गाँजा र ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०१-२३

सुनसरी र मोरङबाट  लागूऔषध गाँजा र ब्राउन सुगर ओसार पसारमा संलग्न २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । वैशाख २२ गते सुनसरीको धरान उपमहानगरपालिका-४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको गस्ती टोलीले चेकजाँचको क्रममा बा. ४२ प ९८३६ नम्बरको मोटरसाईकल चालक धनकुटा चबिसे गाउँपालिका-३ का सुजन राईले बोकेको जेब्रा झोलामा १५ किलोग्राम गाँजा फेला परेकोले गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले विराटनगर-१५ स्थितबाट बेलबारी नगरपालिका-४ का अनमोल राईलाई ब्राउनसुगर २ ग्राम ८४ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित औषधी ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०१-२०

उदयपुर, झापा, सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १९ गते  बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो  विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा  मोरङको बेलबारी नगरपालिका-३ का २४ वर्षीय प्रवेश राईलाई ३ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ बाट खटिएको प्रहरी टोलिले उर्लाबारी नगरपालिका-९ का २५ वर्षीय  सुमन राईलाई निजकै घरबाट प्रतिबन्धित औषधि स्पास्मिट, ट्रमाडोल गरी २ सय २ ट्याब्लेट र  ब्राउन सुगर १२ मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको हो । त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाको प्रहरी टोलिले मेचिनगर नगरपालिका-६ का २९ वर्षीय दिपक मल्लिक,२५ वर्षीय सरोज दाहाल, २५ वर्षीय शौगात पोखरेल र  २१ वर्षीय बिजय भुजेललाई  १ ग्राम १ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ  गरेको छ ।  त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका-१० का २१ वर्षीय अनमोल राईको घरबाट लागू औषध गाँजा २ सय ५९ ग्राम, औषधी कोलिवन र ट्रामाडोल गरी ७ सय ३६ ट्याब्लेट सहित नियनत्रणमा लिएको छ ।

प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका पक्राउ
२०८२-०१-१८

झापाको बाह्रदशी गाँउपालिका-५ स्थित बिक्रम बिकास मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित मेडिकल संचालिका ३९ वर्षीय बन्दना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते मेडिकलबाट प्रतिबन्धित तथा नियन्त्रित लागूऔषधजन्य औषधीहरु बिक्री बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पसलमा चेकजाँचको क्रममा ट्रामाडोल ७ सय ९५ ट्याब्लेट, एन्टिकफ ४ सय ७० ट्याब्लेट र डाईक्लोमिन ३ हजार ९ सय ८० ट्याब्लेट बरामद गरेको हो । प्रतिबन्धित तथा नियन्त्रित औषधी सहित पक्राउ परेकी उनको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध ब्राउन सुगर र गाँजा सहित ४ जना पक्राउ
२०८२-०१-१८

धनकुटा, झापा, सुनसरी र मोरङको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते  साँझ बिराटनगर महानगरपालिका-१६ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले चेकजाँचको क्रममा  सुनसरी धरान उप-महानगरपालिका-१५ का ३५ वर्षीय डेबिट तामाङ र धनकुटा महालक्ष्मी-४ का १९ वर्षीय बिक्रम तामाङलाई ४ ग्राम ५९ मिलिग्राम र मोरङ सुन्दरहरैचा-५ का २४ वर्षीय दुखन ऋषिदेवलाई ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ  गरेको छ । यसै गरी धनकुटाको इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा प्र. १-०२-०५५ प ३९०७ नम्वरको मोटरसाईकल चालक छथरजोरपाटी गाउपालिका-५ का  २४ वर्षीय निमा शेर्पालाई २ किलो ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ७ जना पक्राउ ।
२०८२-०१-१६

झापा र  मोरङको विभिन्न स्थानबाट  प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित प्रहरीले ७ जनलाई पक्राउ गरेको छ । वैशाख १५ गते दिउँसो  बिराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर इलाका प्रहरी रानीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर-१२ का  ४७ वर्षीय अनिश क्षेत्रीलाई ब्राउन सुगर १० ग्राम ५० मिलिग्राम, इटहरी उप-.महानगरपालिका-५ का ३४ वर्षीय  दिपेन्द्र राईलाई ५ ग्राम ४७  मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बिराटनगर-८ का २० वर्षीय बिष्णु सहनी, मोरङ जहदा-३ का १८ वर्षीय रोहन विश्वकर्मा, पथरिशनिश्चरे-८ का २५ वर्षीय  विक्रम विश्वकर्मालाई प्रतिबन्धित औषधी- ESKUF DX-७ थान बोतल, CARISPAS- ६  ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको वडा प्रहरी कार्यालय भद्रपुरले पाँचथर फिदिम नगरपालिका-२ का २२ वर्षीय मिलन परियार र  फाल्गुनन्द गाँउपालिका-३ का २४ वर्षीय सन्त बहादुर लामालाई २ ग्राम ५ सय ७० मिलिग्राम ब्राउन सुगर  र औषधी  नाईट्राजापाम-९ टयाब्लेट सहित नियन्त्रणमा लिएको छ ।

लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न ३ जना पक्राउ
२०८२-०१-१६

धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  यसै गरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती टोलीले बर्जु गाँउपालिका-३ स्थितबाट  प्र.१-०२-००२ च ५१२६ नम्वरको पिकअप गाडीमा ६ बोरा (१ सय ९९ किलो ३ ग्राम) गाँजा फेला पारे संगै ओसार पसारमा संलग्न चालक धनकुटा नगरपालिका-९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ । गाँजा बोकेको २ वटा सवारी साधन सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०१-१५

मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १४ गते मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले  प्र.१-०२ ०४० प ८६१९ नम्बरको स्कुटरमा आउदै गरेका मोरङको बेलवारी-४ का २८ वर्षीय बिपुल बिष्टलई ब्राउन सुगर ३ ग्राम ३५ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा प्रदेश १-०१-००२ ह २३६६ नम्बरको सिटिसफारी चालक मेचीनगर नगरपालिका-६ का  ३० वर्षीय अविनाश ढकाललाई ब्राउन सुगर  १ ग्राम ३ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जना पक्राउ
२०८२-०१-१४

मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १३ गते मोरङको बिराटनगर-१६ स्थितमा इलाका प्रहरी कार्यालय रानी सिमाबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१३ का ३६ वर्षीय तीर्थ राईलाई प्रतिबन्धित औषधी AVIL, DIZEPAM, LUPIZESIC र  PHENARAGAN गरी ४० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङलर उर्लाबारी-७  का २३ वर्षीय अभिषेक ओलीलाई Medidole- ६५ क्याप्सुल र Anargan- ६५ ट्याबलेट सहित पक्राउ गरेको छ । त्यस्तै सुनसरीको धरान-१६ बाट अस्थायी प्रहरी पोष्ट जोरसखुवाले सोही स्थानकी २३ वर्षीया सिमा राई र सन्ध्या थापालाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा १६० क्याप्सुल सहित पक्राउ गरेको छ भने झापाको बिर्तामोड नगरपालिका-४ का ३३ वर्षीय रवि दास र पाँचथर हिलिहाङ गाउँपालिका-१ घर भई हाल बिर्तामोड-३ स्थित डेरा गरी बस्दै आएका ३४ वर्षीय सन्तोष लिम्बुलाई ५८ ग्राम ५ मिलिग्राम गाँजा सहित  प्रहरी चौकी बिर्ताबजारले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८२-०१-१३

सुनसरी र संखुवासभाबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । बैशाख १२ गते लागुऔषध औषध गाँजा कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट सुनसरीको धरान- १३ स्थित खटिएको प्रहरी टोलीले बाटोमा को. १ च ७३३५ नम्बरको स्कार्पियो रोकि राखेको अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त स्कारपियो भित्रबाट कालो प्लास्टिकले प्याकिङ गरि राखेको (१० पोका) ३०० किलोग्राम गाँजा बरामद गरि चालकको खोजतलास गरिरहेको छ भने भोक्राहा नरसिंह गाउँपालिका-६ बाट को. १६ प ६४७४ नम्बरको स्कुटी चालक बराहक्षेत्र नगरपालिका-१ का २८ बर्षीय समिर राई र पछाडी सवार २८ बर्षीय संजिव राईलाई ३१ किलोग्राम गाँजा सहित प्रहरी चौकी चिरौलीचोकले नियन्त्रणमा लिएको । त्यसैगरी इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाको हिरासत कक्षमा रहेको आगुऔषध मुद्धाको प्रतिबादी धर्मदेबी नगरपालिका-४ का ५९ बर्षीय गोपाल अधिकारीको घरमा लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने खुल्न आएसगै खटिएको प्रहरी टोलीले घर खानतलासी गर्दा निजको बाख्राको खोरमा लुकाई छिपाई राखेको तयारी गाँजा ३ किलो ११४ ग्राम फेला बरामद गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

लागुऔषध सहित १२ जना पक्राउ
२०८२-०१-१३

झापा र मोरङबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १२ गते लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट मोरङको बिराटनगर-१५ र १६ स्थित खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध ब्राउन सुगर १६ ग्राम १३४ मिलिग्राम र लागुऔषध १८४ एम्पुल सहित बेचबिखनमा संलग्न नुवाकोट शिवपुरीका २६ बर्षीय रमेश गुरुङ, सुनसरी इटहरी-१५ का ३० बर्षीय कलाम मिया, इटहरी-१३ का ३५ बर्षीय दिपक खत्री, को. १२ प ६७९० नम्बरको मोटरसाईकल चालक बेलबारी नगरपालिका-३ का २५ बर्षीय किरण राई र मोटरसाईकल पछाडी सवार बेलबारी-११ का २२ बर्षीय रोमन राईलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको धरान -१५ बाट वडा प्रहरी कार्यालय धरानले सोहि स्थानका ३४ बर्षीय सुरेश गुरुङ, २२ बर्षीय नरेश राई, संगम राई, धरान- १९ का २३ बर्षीय अनिके राई, धरान- ८ का २५ बर्षीय सनम परियार, धनकुटा घर भई हाल धरान- १५ स्थित बस्दै आएका ४५ बर्षीय चन्द्र लिम्बु र साँगुरीगढी गाउँपालिका- ८ का ३७ बर्षीय कुल बहादुर बान्तवालाई ट्रामाडोल ५४१ क्याप्सुल, स्पासपेन ११२ चक्की, डिकोलिक ३०० चक्की र गाँजा ५०० ग्राम सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ ।
२०८२-०१-१२

मोरङ,सुनसरी र इलामको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले  पक्राउ गरेको छ । वैशाख ११ गते विराटनगर महानगरपालिका-१५स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ केराबारी गाँउपालिका-१० का २२ वर्षीय बिर बहादुर तामाङलाई ३ ग्राम ९५ मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी झापा मेचिनगर-६ स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले मोरङ मिक्लाजुङ-६ स्थाई वतन घर भई हाल झापाको दमक-८ की २८ वर्षीया मिना लिम्बु राईलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने इलामको इलाम नगरपालिका-६ स्थितमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले सोहि स्थानका २२ वर्षीय सन्तविर तामाङ,२९ वर्षीय बिजय नेम्बाङ लिम्बु, सन्दकपुर-४ का ३० वर्षीय चेत बहादुर गुरूङ इलाम-७ का २७ वर्षीय सुप्रिम देवान इलाम-८ का ३१ वर्षीय रोहित आलमलाई ३ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ ।
२०८२-०१-११

मोरङ, सुनसरी र उदयपुयरको विभिन्न स्थानहरुबाट वैशाख १० गते लागुऔषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले मोरङको बिराटनगर महानगरपालिका-१३ स्थितमा चेकजाँचको क्रममा धनकुटा शहिदभुमी गाउँपालिका -७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप-महानगरपालिका-१० का ३२ वर्षीय मनोज गुरुङलाई लागूऔषध गाँजा ६ किलोग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको देवानगंज गाउँपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय देवानगंजको प्रहरी टोलिले हरिनगराबाट देवानगंज तर्फ आउँदै गरेको BR 38A D4133 नम्बरको मोटरसाईकलमा सवार भारत अररिया पत्राहा-१५ का २६ वर्षीय को मोहम्मद जावेद, ३० वर्षिय मोहम्मद जमशेर र २५ वर्षीय मोहम्मद आलविनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । यसकासाथै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तिमा खटिएको प्रहरी टोलिले बेलका नगरपालिका-९ का २४ वर्षीय जनम गहतराजलाई ब्राउन सुगर २०० मिलिग्राम सहित पक्राउ गरेको छ । ब्राउन सुगर र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित १३ जना पक्राउ
२०८२-०१-१०

सुनसरी, मोरङ र धनकुटाबाट बैशाख ०९ गते लागुऔषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकचाँचको क्रममा ९ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर सहित ओखलढुङ्गाको चिसौकुगढिका २७ बर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का २० बर्षीय अनोज कुमार उँराव, भोक्राहा नरसिंह-३ का २५ बर्षीय अनोज रुपेश कुमार यादब, ईटहरी उप-महानगरपालिका-१७ का २० बर्षीय मो समिर खान  र  २० बर्षीय राजेश पुरीलाई नियन्त्रणमा लिएको हो भने सोहि स्थानमा पार्किङ गरी राखेको प्रदेश १-०२-००२ च ५३४८ नम्बरको पिकअप गाडीबाट ३ सय २३ किलो २१ ग्राम गाँजा बरामद गरेसगै पिकअप चालक भोजपुरको अरुण गाउँपालिका-५ का २६ बर्षीय तेजेन्द्र कार्कीलाई नियन्त्रणमा लिएर निजको शरिर खानतलाशी गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन सुगर समेत फेला पारेको थियो । त्यस्तै धरान उप-महानगरपालिका-१ बाट औषधी एम्पुल २५ पिस सहित को.१८ प ७२६ नम्बरको स्कुटी चालक धरान-८ का २८ बर्षीय मनिस तामाङलाई अस्थायी प्रहरी चौकी जोरसखुवाले र धरान- १३ बाट ट्रामाडोल ७० क्याप्सुल, स्पासपेन ७० ट्याब्लेट सहित १८ बर्षीया आदित्य तामाङलाई अस्थायी प्रहरी चौकी अमरहाटले नियन्त्रणमा लिएको हो ।  त्यसैगरी धनकुटाको धनकुटा नगरपालिका-७ बाट जिल्ला प्रहरी कार्यालय धनकुटाले स्पास्पेन र ट्रामाडोल गरी जम्मा ७०४ ट्याब्लेट सहित धनकुटा-७ की ५३ बर्षीया अन्जना तामाङ, धरान घर भई ससुरालीमा बस्दै आएका निज अन्जना तामाङको ज्वाई २२ बर्षीय मनिस धामी र १९ बर्षीय ओम तामाङलाई नियन्त्रणमा लिएको हो भने धनकुटाको प्रहरी चौकी मुलघाटले साँगुरीगढी गाँउपालिका-७ स्थितबाट बा. ७३ प ३९१५ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी गाँउपालिका-१ का २० बर्षीय अबि तामाङलाई २० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय रानी (सिमा) मोरङले ५४ मिलिग्राम ब्राउन सुगर सहित झापाको दमक नगरपालिका-८ का ३२ बर्षीय मनोज साहलाई बिराटनगर महानगरपालिका-१६ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८२-०१-०८

सुनसरी र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेशाख ०७ गते उदयपुरको बेलका नगरपालिका-३ स्थितमा लागु औषध कारोवार गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी टोली खटिगई चेकजाँच गर्दा सोहि स्थानका ३० बर्षीय बद्री भन्ने बिशाल लिम्बुको साथबाट ७७० मिलिग्राम ब्राउन सुगर फेलापारी नियन्त्रणमा लिएको हो भने त्रियुगा नगरपालिका- १२ का २६ बर्षीय मो इस्माइल अलीलाई लागुऔषध नाइट्राजेपाम-३२ ट्याब्लेट, त्रियुगा नगरपालिका-६ स्थितबाट प्रहरी चौकी लालपत्ताले पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटले को.२० प ३६८३ नम्बरको स्कुटी चालक सोहि स्थानका ४६ बर्षीया रेसु राई र स्कुटी सवार २९ बर्षीय सन्तोष साहलाई ट्रामाडोल ३०९  क्याप्सुल र स्पास्पेन ३०९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

लागूऔषध अफिम र ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०१-०७

संखुवासभाको धर्मदेवी नगरपालिका-४ स्थितबाट अफिम सहित ३ जना र बिराटनगर-१५ स्थितबाट ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ६ गते बिशेष सुचनाको आधारमा संखुवासभाको इलाका प्रहरी कार्यालय चैनपुर र अस्थायी प्रहरी चौकी पिलुवा खोलाबाट खटिएको प्रहरी टोलीले  धर्मदेवी नगरपालिका-४ का राम बहादुर अधिकारी, केशव घिमिरे, मादी नगरपालिका-६ का देवेन्द्र थपा समेतलाई अफिम जन्य पदार्थ विक्रिबितरण गरी रहेको अवस्थामा १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम सहित पक्राउ गरेको हो । यसै गरी मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-२ का ३१ बर्षीय सरन डाँगीलाई २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

लागूऔषध ब्राउनसुगर सहित १० जना पक्राउ
२०८२-०१-०६

झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट बैशाख ०५ गते लागूऔषध ब्राउनसुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका- ६ बनियानि चोक स्थितमा  भारतीय BR37 AE  6451 नम्बरको मोटरसाइकल चालक कचनकवल-५ का २८ बर्षीय कासिम मियालाई लागूऔषध ब्राउनसुगर ४४ ग्राम ८ सय २० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट मे ९ प ३४३६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आईरहेका पाँचथरको कुम्मायक गाउँपालिका-३ का २८ बर्षीय अइन्द्र विक्रम खड्कालाई २७ ग्राम १ सय ३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने झापाको इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी टोलीले झापाको झापा गाउँपालिका-४ टाघनडुब्बा स्थितबाट शिवसताक्षी नगरपालिका-५ का २७ बर्षीय पञ्चम ताजपुरिया र २६ बर्षीय अर्जुन हजामलाई १ ग्राम ४ सय २० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले सुनसरीको ईनरुवा नगरपालिका-२ का २६ बर्षीय सुदिप न्यौपाने र २५ बर्षीय नविन अलीलाई २ ग्राम २८ मिलिग्राम, कोशी गाउँपालिका-२ का एक बालकलाई  २ ग्राम लागूऔषध ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट सोही स्थानमा २४ बर्षीय आशिष कुमार सरदार र ३० बर्षीय कृष्ण चौधरीलाई १ ग्राम ५० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गर्न सफल भएको हो । यसका साथै मोरङको बिराटनगर महानगरपालिका-१५ स्थीत एक नम्बर ढाँटमा  DOG Sniffing  को चेकिङ टोलिले सुनसरीको धरान उप-महानगरपालिका-१४ का ३९ बर्षीय  रमेश परीयारलाई ब्राउनसुगर ५ ग्राम ७४० मिलिग्राम सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरीरहेको छ । लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका सबैजनाको कानूनी प्रकृया भईरहेको छ ।  

प्रतिबन्धित लागूऔषध सहित ५ जना पक्राउ ।
२०८२-०१-०४

मोरङ र सुनसरीको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषध, ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ०४ गते विराटनगर महानगरपालिका-१६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दरहरैचा-७ का २२ वर्षीय जिबस तामाङ र ३८ वर्षीय भिम कुमार तामाङको साथबाट ब्राउन सुगर ६ ग्राम ५ मिलिग्राम  र सुनसरी इटहरी-२ का ३० बर्षीय  पासाङ शेर्पा र २५ बर्षीय  रबिन्द्र लिम्बु लाई प्रतिबन्धित औषधी -२२ एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय हरिनगर सुनसरीबाट खटिएको प्रहरी टोलिले हरिनगर-४ स्थितबाट बराहक्षेत्र-६ का २४ वर्षीय राजेश मुखियालाई २४ किलो गाँजा सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागूऔषध ब्राउन सुगर र गाँजा सहित ६ जना पक्राउ
२०८२-०१-०३

मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट लागूऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०२ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उप-महानगरपालिका-१७ का ४० बर्षीय  राज श्रेष्ठलाई १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरी बराहक्षेत्र नगरपालिका-७ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गे सुनसरीबाट खटिएको प्रहरी टोलिले स्थानिय  ३० बर्षीय बिकास भण्डारी र २३ बर्षीय सुसिल शेर्पालेलाई १०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरी धरान उप-महानगरपालिका-१३ स्थितमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटीएको प्रहरी टोलिले भेडेटार बाट धरान तर्फ आउदै गरेको को २ ह ४७३९ नम्बरको अटो चेकजाँचको क्रममा अटो चालक धरान-४ का ४८ बर्षीय जोक बाहादुर राई, उनको छोरा ३० बर्षीय सुमन राई र सोहि अटोमा सवार धनकुटा साँगुरीगढी-३  का ३६ बर्षीय सुरज लिम्बुलाई १९ किलो लागू औषध गाजा सहित नियन्त्रणमा लिएको छ ।

सप्तकोशी नदी किनारबाट गाँजा बरामद
२०८२-०१-०१

उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोशी नदी किनारमा वेवारिसे अवस्थामा रहेको १ सय ८० किलोग्राम गाँजा प्रहरीले वरामद गरेको छ । बैशाख १ गते राती विशेष सूचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युव माथि नदी किनारमा पानीमा तैरी रहेको अवस्थामा ६ वटा प्लाष्टिकको बोरामा गाँजा बरामद गरेको हो । उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको छ । यसै गरी चैत्र ३१ गते वेलुका झापाको प्रहरी चौकी महारानी झोडाबाट गस्तिमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कमल गाउँपालिका-७ का २८ बर्षीय बिशाल लिम्वुलाई ट्रमाडोल ४७० क्याप्सुल र डाईक्लोमिन ३९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ ।

लागूऔषध सहित ४ जना पक्राउ
२०८१-१२-३०

झापा, सुनसरी र तेह्रथुमबाट लागूऔषध सहित ४ जना पक्राउ परेका छन । चैत्र ३१ गते झापाको बिर्तामोड स्थित अस्थायी प्रहरी पोष्ट बसपार्कको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-१ स्थितबाट ताप्लेजुङ फुङ्लिङ नगरपालिका-६ का २१ बर्षीय युगल दर्जी सिवालाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय पकलीले रामधुनी नगरपालिका-३ का २२ बर्षीय मनिष तामाङलाई ४ सय २० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय लौकहीले भोक्राहा नर्सिङ गाउँपालिका-६ का एक वालकलाई १ हजार ४ सय १० चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ ।सोही दिन तेह्रथुमको प्रहरी चौकी जिरिखिम्तिबाट खटिएको गस्ती टोलीले म्याङ्लुङ-८ का कवुहाङ लिम्वुलाई निषेधित औषधी ८ सय चक्की सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-१२-३०

मोरङ, झापा र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २९ गते मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट इलाका प्रहरी कार्यालय सिजुवाले चेकजाँचको क्रममा को. १५ प १९६ नम्बरको मोटरसाईकल चालक उर्लाबारी-३ का ३५ बर्षीय किरण राई र मोटरसाईकल पछाडी सवार ३५ बर्षीय काजीमान लिम्बुलाई मोटरसाईकलमा लुकाईछिपाई ल्याउदै गरेको  ३ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे नगरपालिका-१ का ५१ बर्षीय कुमार लिम्बुलाई ब्राउन सुगर १ ग्राम सहित निजकै घरबाट पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी बुधबारेले जहदा गाउँपालिका-१ स्थित बाटोको छेउमा बेवारिसे अवस्थामा रहेको १४ किलोग्राम गाँजा बरामद गरेको हो । त्यस्तै  सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट अस्थायी प्रहरी चौकी बाङ्गेको प्रहरी टोलीले बा. ४४ प ७७४९ नम्बरको मोटरसाईकल चालक धरान - ८ का २४ बर्षीय दिपेश लिम्बु र पछाडी सवार धरान-१९ का सुमन राईलाई प्रतिबन्धित लागु औषध ट्रमाटोल ५७० क्यापसुल र नियन्त्रित  औषधी स्पास्पेन १ हजार ४७० ट्याब्लेट  सहित नियन्त्रणमा लिएको हो । त्यस्तै झापाको बिर्तामोड नगरपालिका-५ स्थितबाट इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले देश भारत बेङ्लोरकी ३७ बर्षीया सनम सेख र ५१ बर्षीय ईबराहिम केथाड्थलाई गाँजा ५ किलो ५३४ ग्राम नियन्त्रणमा लिएको  हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-१२-२९

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट चैत्र २८ गते प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका-४ का२१ बर्षीय एनजल गुरुङ र १९ बर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका-२ का २४ बर्षीय शिव शंकर चौधरीलाई ५ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धनकुटाको सागुरीगढी गाउँपालिका-९ घर भई हाल धरानमा बस्दै आएका ३४ बर्षीय भुपाल राईलाई २८ किलो लागुऔषध गाँजा सहित धरान उप-महानगरपालिका-११ स्थितबाट नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-१२-२८

सुनसरी र उदयपुरको २ स्थानहरुबाट चैत्र २७ गते लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको  कोशी गाउँपलालिका-१ स्थितमा भारतबाट नेपाल तर्फ पैदल आईरहेका सुनसरीको धरान उप-महानगरपालिका-५ का २७ बर्षीय बुस्टन लिम्बु र धरान-११ की २५ बर्षीया संगिता तामाङलाई ब्राउनसुगर ७ ग्राम ८ सय मिलिग्राम सहित नियन्त्रणमा लिएर सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीबाट थप अनुसन्धान गरीरहेको छ ।यसैगरी उदयपुरको बेलका नगरपालिका-९ भचुवा स्थितका २१ बर्षीय दिवस बि.क.लाई इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलिले १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तिनैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।  

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-१२-२७

झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत २६ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी  नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा-४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १  ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट सुनसरी धरान-८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो । त्यस्तै उदयपुरको बेलका नगरपालिका-९ बाट को. ३९ प ५६४९ नम्बरको स्कुटर चालक बेलका-३ का २६ बर्षीय मुस्कान राई र पछाडी सवार २१ बर्षीय खम्ब बहादुर दाहाललाई ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम सहित इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो । त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभुमी गाउँपालिका-७ की ४२ बर्षीया ईन्दिरा राई र ४९ बर्षीया सिता कार्कीलाई २० किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा
२०८१-१२-२६

झापा, मोरङ र सुनसरी जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र २५ गते लागुऔषध सहित ७ जना प्रहरीको नियन्त्रणमा परेका छन् । गोप्य सुचनाको आधारमा झापाको प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरी टोलीले झापाको गौरादह नगरपालिका-४ का २३ बर्षीय उमेश गिरीलाई उनकै घरबाट २ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न गौरादह-२ का २४ बर्षीय मनोज भारतीलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट मोरङको बेलबारी नगरपालिका-८ का २८ बर्षीय मिलन थापा र ३९ बर्षीय केशर कुमार मगरलाई ब्राउन सुगर २ ग्राम ६० मिलिग्राम सहित नियन्त्रणमा लिन सफल भएको हो भने सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिका-११ का ३२ बर्षीय राजेश लामा र २१ बर्षीय समिर क्षेत्रीलाई १ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर, मोरङको केराबारी गाउँपालिका-१० का ३१ बर्षीय तेज बहादुर तामाङ् र केराबारी-७ की २७ बर्षीया फुलमाया लिम्बुलाई १ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-१२-२५

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र २५ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१४ का ६० बर्षीय छटु यादव र १९ बर्षीय भुपेन यादवलाई उनिहरुको घरबाट ४५ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । यसै गरी बिशेष सुचनाकै आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र दमकबाट खटिएको प्रहरी टोलीले  सुनसरी रामधुनी घर भई हाल झापा दमकमा डेरा गरि बस्दै आएका २६ बर्षीय विवेक माझीलाई उनकै कोठाबाट ट्रामाडोल ९ हजार १८० ट्याब्लेट, स्पास्टिन १६ हजार ५०० क्याप्सुल र नगद २ लाख ८९ हजार रुपैँया सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी बिट बरगाछी र अस्थायी प्रहरी पोष्ट जोरसखुवाले स्पास्मो १२२ क्याप्सुल, ट्रामाडोल २७५ क्याप्सुल र स्पास्पाईज २८० चक्की सहित धरान-१ का ५६ बर्षीय राजु क्षेत्री, २९ बर्षीय सकुल अधिकारी र १९ बर्षीय ओसिन डंगोललाई नियन्त्रणमा लिएको हो त्यस्तै गरी झापाको लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले ब्राउन सुगर १० ग्राम १ मिलिग्राम सहित बिर्तामोड-६ का ३० बर्षीय संतोष भट्टराईलाई र बेलका-५ उदयपुरका ३० बर्षीय मिलन राईलाई ट्रामाडोल र स्पाईस ६७ चक्की सहित प्रहरी चौकी लालबजार उदयपुरले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

प्रतिबन्धित लागुऔषध सहित १२ जना पक्राउ
२०८१-१२-२४

मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र २३ गते प्रतिबन्धित लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले देश भारत घर भई सुनसरीको धरान उप-महानगरपालिका-९ मा बस्दै आएका ३० बर्षीय विजय साह, धरान-९ का २७ बर्षीय निरन्जन यादव, धरान-१० का २५ बर्षीय विशेष राई र धरान-१७ का २६ बर्षीय निश्चल राईलाई धरान-९ बाट SPASMO PROXYVON -८० ट्याब्लेट, ट्रामाडोल १ हजार ४ सय ४० क्याप्सुल, NITRAZEPAM ७५ ट्याब्लेट र ESKUF ७ बोतल सहित नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी रेल्वेको प्रहरी टोलीले धरान-११ बाट २२ बर्षीय संजिव सुनुवार र १९ बर्षीय सविन परियारलाई TRAMOL-50  लेखिएको ४ सय ६० क्याप्सुल, नियन्त्रित औषधी स्पास्पेन ४ सय ६९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध ब्राउनसुगर २ ग्राम ८९ मिलिग्राम सहित धरान-५ का २६ बर्षीय दिवेश रम्तेल, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २६ बर्षीय रहिस मन्सुरी र सुनसरीको ईटहरी उप-महानगरपालिका-५ का ३२ बर्षीय सनम शेर्पालाई इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले पक्राउ गरेका हुन् । यसका साथै सुनसरीको अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१५ का एक बालकलाई उनकै घर छेउबाट नियन्त्रित औषधी COLIBAN ८ सय ५,  क्याप्सुल र TRAMADOL ८ सय ५ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । यस्तै इलाका प्रहरी कार्यालय उर्लावारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लावारी नगरपालिका-५ स्थितबाट १९ बर्षीय सुजन शिवालाई ट्रामाडोल १ सय ६०ट्याब्लेट, स्पाष्मिड १ सय ६० क्याप्सुल सहित नियन्त्रणमा लिए संगै बिक्री बितरणमा संलग्न मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का २९ बर्षीय सुमन गुरुङलाई ट्रामाडोल १ हजार १६ ट्याब्लेट र  स्पाष्मिड ९ सय ८० क्याप्सुल सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-१२-२३

झापा र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर-१५ र १७ स्थित लागुऔषध औषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ब्राउन सुगर १२ ग्राम ५४ मिलिग्राम र लागुऔषध ESKUF 100 ML को ८ बोतल सहित सुनसरी धरान- ११ का ४० बर्षीय राज कुमार साह, ईटहरी-२ का २१ बर्षीय सुजन विश्वकर्मा र मोरङ केराबारी गाउँपालिका-६ का ४२ बर्षीय निरज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी झापाको मेचिनगर नगरपालिका- ६ बाट ब्राउन सुगर १ ग्राम २३० मिलिग्राम सहित मोरङ उर्लावारी नगरपालिका-३ का १९ बर्षीय सुनिल बिश्वकर्मालाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध गाँजा बोकेको कार सहित चालक पक्राउ
२०८१-१२-२०

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट लागूऔषध गाँजा बोकेको कार सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १९ गते राती ९ बजे  इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले भेडेटार रवी-राँके सडक खण्डमा को. १ च ३४७८ नम्वरको मारुती कारलाई शंका लागी चेकजाँच गर्दा कार भित्र कालो प्लाष्टिकले वेरेको १० पोकामा ३ सय किलोग्राम लागू औषध गाँजा वरामद भएको थियो । गाँजा बरामद भए संगै कार र चालक बिराटनगर महानगरपालिका-१५ का २६ बर्षीय प्रिन्स कुमार साहलाई नियन्त्रणमा लिएको छ । लागूऔषध गाँजा बोकेको कार सहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको  छ ।

लागूऔषध ओसार पसारमा संलग्न ७ जना पक्राउ
२०८१-१२-२०

उदयपुरको कटारी नगरपालिका-४ स्थितबाट नियन्त्रित लागूऔषध १० हजार ४ सय ६३ ट्याव्लेट र गाँजा १०० ग्राम सहित ओसार पसारमा संलग्न ७ जनालाई इलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको छ । चैत्र १९ गते कटारी नगरपालिका-४ स्थित बजारमा लागू औषधको कारोवार  भईरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले ओसार पसारमा संलग्न रहेका कटारी-७ का २९ बर्षीय हरि बहादुर तामाङ, कटारी-८ का १९ बर्षीय भक्त बहादुर तामाङ, २५ बर्षीय सोम कृष्ण राई, कटारी-४ का २३ बर्षीय अनमोल मगर, २० बर्षीया आरती राउत, २३ बर्षीय सरद कुमार सुनुवार र १९ बर्षीय बिक्रम साशंकारलाई TRUPAIN TABLET- ४ हजार ४ सय ३१ चक्की, SPASPAIN TABLET- ५ हजार ९ सय १२ चक्की र TAPENTA TABLET- १२० चक्की, गाँजा १०० ग्राम, नगद २ लाख ४७ हजार ७ सय २० रुपैया र  २ थान मोटरसाईकल सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।

प्रतिबन्धित लागु पदार्थ सहित ८ जना प्रहरीको नियन्त्रणमा
२०८१-१२-२०

मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट चैत्र १९ गते प्रतिबन्धित लागु पदार्थ सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका-५ का रोहित कार्कीलाई लागु पदार्थ स्कुफ-८ बोतल, मोरङको विराटनगर महानगरपालिका-१५ का ३७ बर्षीय प्रभात सिंह कटुवाललाई ब्राउन सुगर १ ग्राम ५ मिलिग्राम, मोरङको बेलबारी नगरपालिका-४ का ३० बर्षीय हर्कराज राई र ३० बर्षीय सुजन खवासलाई ५ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित र बेलबारी -४ का २३ बर्षीय सरोज राईलाई ५ ग्राम २५ मिलिग्राम लागु पदार्थ ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट चेकँजाचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-११ का ४८ बर्षीय बिर बहादुर भुजेललाई ३ ग्राम ६६ मिलिग्राम ब्राउन सुगर, धरान-५ का २५ बर्षीय दिपेश लिम्बुलाई ट्याब्लेट-४ सय ६५ र क्याप्सुल ५ सय १५ सहित र अस्थायी प्रहरीबिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान-१६ का १८ बर्षीय सुमन श्रेष्ठलाई ट्रामाडोल-२ सय ७ क्याप्सुल र प्रतिबन्धित औषधी स्पास्पेन-२ सय ६० चक्की सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागु पदार्थ सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा र ब्रउन सुगर सहित ३ जना पक्राउ
२०८१-१२-१९

 झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दा स्थितमा इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत दार्जिलिङ नक्सालवाडीका २० बर्षीय बिकाश बैठा र झापा दमक नगरपालिका-१ का ३६ बर्षीय नगेन्द्र बस्नेतलाई ब्रउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी उदयपुर कटारी नगरपालिका-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिशेष सुचानाको आधारमा प्रदेश २-०१-००१ ह ११२६ नम्बरको अटोलाई चेकजाँचको क्रममा  ३५ किलो ८ सय ५० ग्राम गाँजा  बरामद गरेकोले गाँजा सहित चालक उदयपुर कटारी-५ का  प्रेम बहादुर श्रेष्ठ लाई नियन्त्रणमा लिएको छ लागू औषध गाँजा र ब्रउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०८१-१२-१८

झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका-२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट कमल गाउँपालिका-४ का ३८ बर्षीय संयोग बस्नेत र दमक नगरपालिका-८ का ३४ बर्षिय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ठ विजयपुरबाट खटिएको प्रहरीको टोलीले धरान उप-महानगरपालिका-१४ की १८ बर्षीया आकृती परियारलाई निजकै घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको ईनरुवा नगरपालिका-९ का ३६ बर्षीय जितेन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले नियन्त्रणमा लिएको हो । यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मोरङ केराबारी गाउँपालिका-६ का ३५ बर्षीय युवराज कटुवाललाई बिराटनगर महानगरपालिका-१६ स्थितबाट ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी कोठुबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका-८ आराङ्गा स्थित भित्रि सडक खण्डमा जेब्रा झोलामा बेबारीसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा फेलापारी बरामद गरको थियो ।

वेवारीसे अवस्थामा रहेको गाँजा वरामद
२०८१-१२-१७

उदयपुरको बेलका नगरपालिका-६ स्थित खोला किनारमा वेवारीसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ । चैत्र १६ गते  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा (३९ पोका) वेवारीसे अवस्थामा फेला पारेको हो । वरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याईएको र ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भईरहेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का रोहित झा र विवेक बि.क.लाई प्रतिवन्धित लागूऔषध ट्याव्लेट ६० चक्की सहित  पक्राउ गरेको छ ।

वेवारीसे अवस्थामा रहेको गाँजा वरामद
२०८१-१२-१७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यदिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training)  प्रथम समुहको उद्‍घाटन भएको छ । चैत्र १७ गते तालिम उद्‍घाटन कार्यक्रममा प्रमुख अतिथि एवं तालिम संयोजक प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद दाहालले लागूऔषध दुर्व्यसन मुक्त समाजको निर्माण आजको आवश्यकता रहेको वताउदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरी संचालनमा ल्याएको लागूऔषध दुर्व्यवसन बिरुद्ध अभियान FAN (Fight Against Narcotic) कार्यक्रमलाई प्रभावकारीरुपमा विद्यालय तथा समुदाय स्तरमा संचालन गरी दुर्व्यसन विरुद्ध सचेतनामा अभिवृद्धी गराई  परिवार, समुदाय हुदै सिंगो राष्ट्रलाई दुर्ब्यसन मुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको बताउनु भयो । वहाँले तालिममा सिकेका ज्ञान र शिपलाई कार्यक्षेत्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकाय तथा संघ संस्थाहरूसंगको समन्वय र सहकार्यमा दुर्ब्यसन विरूद्धको अभियानलाई सशक्त बनाई सुरक्षित समाज निर्माण कार्यमा प्रहरीको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । उक्त तालिममा पहिलो चरणमा कोशी प्रदेश अन्तरगत रहेका झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र इलाम जिल्लामा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।

प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ५ जना पक्राउ
२०८१-१२-१४

मोरङ, सुनसरी र धनकुटा जिल्लाको बिभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १३ गते मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउन सुगर ५ ग्राम सहित सुनसरीको धरान-१३ का ३५ बर्षीय राज कुमार राईलाई, मोरङ उर्लाबारी-२ का ३१ बर्षीय संदिप कटुवाललाई ३ ग्राम ब्राउन सुगर सहित र पथरी शनिश्चरे-१० का ३२ बर्षीय प्रेम बहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २२ बर्षीय पासाङ तामाङ र २४ बर्षीय सुमन राईलाई ट्रामाडोल ३९७ क्यापसुल र स्पास्पेन ७ ट्याव्लेट सहित पक्राउ गरेको छ ।

लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित चालक पक्राउ
२०८१-१२-१४

धनकुटाको शहिदभूमी गाउँपालिका-१ स्थितबाट  लागुऔषध गाँजा बोकेको अटो टेम्पो सहित ओसार पसारमा संलग्न चालकलाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १३ गते राती साढे १० बजे इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ ह ९१३३ नम्वरको अटो टेम्पोमा ७ वटा बोरामा लोड गरी लादै गरेको १ सय ५ किलोग्राम गाँजा बरामद भए संगै अटो टेम्पो र ओसार पसारमा संलग्न रहेका चालक शहिदभूमी-१ का २५ बर्षीय अभिषेख बि.क. समेतलाई पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध ब्राउनसुगर र गाँजा ओसार पसारमा संलग्न ११ जना पक्राउ ।
२०८१-१२-१३

मोरङ झापा र धनकुटाको विभिन्न स्थानहरुबाट ९ जनालाई ९७ ग्राम ९८ मिलिग्राम ब्राउन सुगर सहित र प्रतिवन्धित औषधी र गाँजा ओसार पसारमा संलग्न २ जना सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १२ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँको क्रममा देश भारत वेष्ट बंगाल का ३२ बर्षीय साम्सद खान र २७ बर्षीय साहेव अलीलाई ब्राउन सुगर ८७ ग्राम ३४०मिलिग्राम सहित झापा मेचीनगर नगरपालिका-६ स्थितबाट पक्राउ गरेको छ । त्यसैगरी विराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा देश भारत राज्य विहार अररिया नरपथगंजका २२ बर्षीय मोहमद नहिमलाई ब्राउन सुगर १ ग्राम ७ मिलिग्राम, उदयपुर चौदण्डीगढी नगरपालिका- ६ का २७ बर्षीय पेशल बस्नेत र २३ बर्षीय गगन खतिवडालाई १ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर र NITRAVET-10- १५ ट्याबेलट, मोरङ सुन्दरहरैचा- ५ का १९ बर्षीय कबिन राईलाई ४ ग्राम ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-१० का १८ बर्षीय रविन थाङ्देन र  २१ बर्षीय अमृत तामाङलाई प्रतिबन्धित औषधी २ सय ३८ ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पकलीले स्थानिय २६ बर्षीय मो.सादिक मिँया र ३५ बर्षीय मो.समिर मिँयालाई ब्राउन सुगर ४ ग्राम ६२० मिलिग्राम सहित पक्राउ गरेको छ । यसैगरी धनकुटा साँगुरीगढी गाउँपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा यात्रुवाहक बसमा सवार रहेका धनकुटा सहिदभुमी- ७ का ३२ बर्षीय चिरन्जिवी राईलाई १५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८१-१२-१२

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ११ गते मेचि बिट र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा ९ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित मे.६ प ९९७७ नम्बरको मोटरसाईकल चालक माई नगरपालिका-५ ईलामका ३३ बर्षीय भुपेन्द्र लावती र मोटरसाईकल पछाडी सवार बिर्तामोड-५ का २३ बर्षीय राजिब चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१७ बाट को. २९ प ६४२७ नम्बरको मोटरसाईकल चालक बेलबारी-११ का २९ बर्षीय आशिष राई र मोटरसाईकल पछाडी सवार २९ बर्षीय आशिष तामाङलाई ६ ग्राम १२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सुनसरी धरानका २४ बर्षीय अफ्रोज सिद्धिकीलाई ट्रामाडोल १२० क्याप्सुल र १२० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय धरान सुनसरीले पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा
२०८१-१२-१०

झापा, मोरङ र उदयपुरबाट चैत्र १० गते प्रतिबन्धित लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले झापा गौरिगञ्ज गाउँपालिका-१ भन्सार चोक स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका देश भारत जिल्ला किसानगन्ज-२ का २३ बर्षीय सलमलाई लागुऔषध ब्राउनसुगर ४ ग्राम ५५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ स्थितबाट २ ग्राम ४७ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मोरङ केराबारी गाउँपालिका-७ का २३ बर्षीय सनम राई र २७ बर्षीय रुपेश तामाङलाई नियन्त्रणमा लिएको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरीलाई प्रतिबन्धित औषधी ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-१२-१०

मोरङ, झापा र उदयपुरको विभिन्न स्थानबाट लागुऔषध सहित प्रहरीले  ७ जनालई पक्राउ गरेको छ ।  चैत ०९ गते बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले मोरङ सुन्दरहरैचा-१० का २३ बर्षीय गणेश दाहाल, २७ बर्षीय सुमन कोइराला, २९ बर्षीय  डिकेश कार्की र २६ बर्षीय यज्ञ राम कार्कीलाई ब्राउन सुगर २ ग्राम ३ मिलिग्राम र प्रहरी चौकी आँपगाछी(ख) मोरङबाट गस्तिमा खटिएको प्रहरी  टोलीले  रंगेली-५ आपगाछी  स्थित सडक छेउमा वेवारिसे अवस्थामा रहेको  BR38X3092 नम्बरको भारतिय मोटरसाईकलमा रहेको झोला चेकजाँचको क्रममा प्रतिबन्धित औषधी ट्माडोल-१० हजार १ सय क्याप्सुल, डाइस्कालोमाइट-१० हजार २ सय ४० ट्याव्लेट बरामद भए संगै मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी  झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भद्रपुर-५ का  २५ बर्षीय मोहमद अनारुलाई ब्राउन सुगर १ ग्राम २५० मिलिग्राम सहित पक्राउ गरेको छ, भने जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले  चेकजाँचको क्रममा प्र.२-०१-००२प ७८६३ नम्बरको मोटरसाईकलमा सवार रहेका उदयपुर त्रियुगा-३ का ३७ बर्षीय रोहित चौधरी र ३१ बर्षीय नागेश्वर चौधरीलाई ३ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  लागूऔषध सहित पक्राउ परेका उनिहरूको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ ।
२०८१-१२-०९

विराटनगर, चैत्र ०९ गते । सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । चैत्र ०८ गते सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले लगूऔषध  कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा २९ बर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधी ट्रामोल- १ हजार ५० क्याप्सुल र  धरान-११ का २१ बर्षीय कमलहाङ राईलाई लागू औषध ब्राउन सुगर १०० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी  इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलिले उर्लाबारी- ४ का २१ बर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउन  सुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ ।
२०८१-१२-०८

मोरङ, झापा, सुनसरी र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । चैत्र ०७ गते प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलिले झापा मेचीनगर नगरपालिका-१२ का २७ बर्षीय संजय ठटालको घरबाट ठटाल सहित अर्जुनधारा नगरपालिका-१० का २८ बर्षीय साईमन लिम्बु र १८ बर्षीय आशिस बिश्वकर्मालाई २ ग्राम २५० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यसैगरी झापा भद्रपुर नगरपालिका-३ स्थितबाट प्रहरी चौकी महेशपुरको गस्ति टोलिले  झापा कन्काई नगरपालिका-५ का २१ बर्षीय सुन्दर सिवालाई १९ ग्राम ३४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको उर्लाबारी नगरपालिका-३ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलिले उर्लाबारी-६ का २० बर्षीय ईन्द्र मगर र ३० बर्षीय भबिन्द्र दर्जीलाई ट्रामाडोल-१९४, स्पास्पेन- १९४ ट्याब्लेट सहित पक्राउ गरेको छ भने मोरङ रतुवामाइ नगरपालिका-१ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका उर्लाबारी-३ का २१ बर्षीय उज्वल थापालाई लागुऔषध ब्राउनसुगर ७ सय ६० मिलीग्राम र NITRAZEPAM-४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसका साथै धनकुटा शहिदभुमी गाँउपालिका-१ स्थितबाट प्रहरी चौकि त्रिवेणि धनकुटाको प्रहरी टोलिले स्थानीय ३१ बर्षीय हरिन्द्र राई, ४१ बर्षीय टिकाराम राई र ३२ बर्षीय  नगेन्द्र राईलाई ब्राउनसुगर १ सय ५० मिलिग्राम सहित पक्राउ गरेको हो भने चैत्र ७ गते राती सुनसरीको इनरुवा नगरपालिका-९ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलिले वेवारिसे अवस्थामा रहेको लागू औषध गाँजा ५१ किलो ४ सय ८४ ग्राम गाँजा फेला पारेको हो ।          

प्रतिबन्धित लागू पदार्थ सहित ४ जना पक्राउ ।
२०८१-१२-०७

मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू पदार्थ  सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०६ गते कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारी मोरङको संयुक्त टोलीले बेलबारी नगरपालिका-४ का ४३ बर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० बर्षीय सुशिल मोतेलाई घरबाटै लागूऔषध बिक्रिवितरण गरीरहेको अवस्थामा १७ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर र ६१ हजार ६ सय ४० रुपैया सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिराटनगर महानगरपालिका-१६ स्थितबाट मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २४ बर्षीय नेत्र बहादुर खनालको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधी ६० एम्पुल सहित पक्राउ गरेको हो । त्यसैगरी अस्थाई प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरी टोलिले सुनसरी ईटहरी उप-महानगरपालिका-४ स्थितबाट इटहरी-१० का २५ बर्षीय सविन श्रेष्ठलाई ट्रमाडोल १ सय ९० ट्यावलेट सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागू पदार्थ सहित पक्राउ परेका उनिहरुको सम्बनधमा थप अनुशन्धान भईरहेको छ ।  

प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ
२०८१-१२-०६

झापा र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०५ गते झापा मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका-६ का २४ बर्षीय अबिन्द्र लिम्बु लाई १ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हिरोईन सहित पक्राउ गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा धनकुटा नगरपालिका-७ जिरोप्वाईन्ट स्थितबाट २१ बर्षीय रविन राई र १८ बर्षीय रोशन मल्लिक लाई प्रतिबन्धित औषधी ट्रामोल-२ सय ५ क्याप्सुल, स्पास्मो-१ सय २५ चक्की र डिकोलिक-५९ चक्कि सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहको छ

प्रतिबन्धित लागूऔषध सहित १० जना पक्राउ ।
२०८१-१२-०५

मोरङ, सुनसरी र झापाका विभिन्न स्थानहरुबाट प्रतिवन्धित लागूऔषध सहित १० जनालाई  प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१५ स्थितबाट चैत्र ०४ गते लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ सुन्दर हरैचा-६ का  २४ बर्षीय निश्‍चल तामाङ र  २३ बर्षीय गोबिन्द नेपालीको साथबाट  खैरो हिरोईन १ ग्राम ३१ मिलिग्राम, बेलबारी-३ का २९ बर्षीय ऐलिन भुजेललाई ३ ग्राम ५२ मिलिग्राम ब्राउन सुगर, सुनसरी इटहरी उप-महानगरपालिका-३ का  ३८ बर्षीय कर्ण बहादुर राईलाई निषेधित औषधी २८ एम्पुल, बर्ष २१ को राकेश मल्लिक र सुनसरी बराहा क्षेत्र-८ का २२ बर्षीय शमिर धामीलाई नाईट्राभेट १०५ चक्की, निषेधित औषधी २८ एम्पुल सहित पक्राउ गरेको छ । त्यसैगरी अस्थायी प्रहरी पोष्ट टाँडीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ मिक्लाजुङ गाउँपालिका-३ का ४६ बर्षीय कर्ण बहादुर श्रेष्ठलाई ८५ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय धरानले  धरान-११ का ३६ बर्षीय बिनोद राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल-२१० क्याप्सुल, स्पासपेन- २१०चक्की सहति पक्राउ गरेको छ । झापा मेचीनगर नगरपालिका-६ स्थितमा लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिलेचेकजाँचको क्रममा झापा गौरादह-९ का ३६ बर्षीय दिलिप कुमार गिरी र २५ बर्षीय सुरज राईलाई १ ग्राम ८४० मिलिग्रमा ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ ।
२०८१-१२-०४

मोरङ बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका-२ का २० बर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका-३ का २४ बर्षीय उत्तम याख्खा, सुन्दरहरैचा नगरपालिका-५ का ४५ बर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषधी सहित २ जना ।
२०८१-१२-०२

सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०१ गते सुनसरी धरान उप-महानगरपालिका-१४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-४ का ४५ बर्षीय संजिव थापालाई लागू औषधी ट्रामाडोल-१२५ ट्याब्लेट र स्पास्पेन-१२५ चक्कि सहित पक्राउ गरेको छ । त्यसैगरी झापा दमक नगरपालिका-४ स्थितमा अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटीएको प्रहरी टोलिले झापा दमक -९ का ३५ बर्षीय शिव कुमार सोरेनलाई स्पाईसपेन -२० क्यापसुल लागू औषधी सहित पक्राउ गरेको छ ।  

लागूऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ ।
२०८१-११-२९

मोरङ सुनसरी र झापाको विभिन्न स्थानहरुबाट लागूऔषध ब्राउन सुगर सहित प्रहरीले ५ जनालाई  पक्राउ गरेको छ  । फागुन २८ गते  बिराटनगर महानगरपालिका-५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँको क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को, २३ प ४१ नम्बरको स्कुटरमा सवार सुनसरी धरान उप-महानगरपालिका-८ का २३ बर्षीय कुबिर राई र २१ बर्षीय समिर राईलाई २ ग्राम ७९० मिलीग्राम  ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरी धरान उप -महानगरपालिका-१३ स्थितबाट अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानिय २४ बर्षीय धने राईलाई १ ग्राम २२० मिलिग्राम ब्राउन सूगर सहित पक्राउ गरेको होक भने झापा कनकाई नगरपालिका-४ स्थितबाट इलाका प्रहरी कार्यालय सुरुङगाले स्थानिय ३३ बर्षीय  ईन्द्र चौधरी र उनको  श्रीमती ३२ बर्षीया ममता चौधरीलाई ८ किलो ४० ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-११-२८

झापा, उदयपुर र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २७ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले इलाम सुर्योदय नगरपालिका-५ का २३ बर्षीय प्रशिष खड्का र अर्जुनधारा नगरपालिका-६ का ४० बर्षीय सुवास खवासलाई ३ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय दमकले औषधी ट्रामाडोल २६० क्याप्सुल र स्पास्पेन ३५० चक्कि सहित दमक- ५ का ३२ बर्षीय सुरज गुरुङ, १८ बर्षीय अंकित बहादुर थापा मगर र दमक-४ का छितिज फागोलाई दमक-६ बाट पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको भोक्राहानरसिंह गाउँपालिका- ६ बाट इलाका प्रहरी कार्यालय लौकहीले सप्तरी सप्तकोशीका ३२ बर्षीय प्रदिप विश्वकर्मालाई ट्रामाडोल १ हजार १९० र स्पास्पेन १ हजार २८ ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने पाँचथर घर भई हाल इटहरी-९ स्थित डेरा गरी बस्दै आएका ३२ बर्षीय किरण मुखियालाई ९० मिलीग्राम ब्राउन सुगर सहित सोहि स्थानबाट पक्राउ गरेको हो । त्यस्तै उदयपुरको बेलका नगरपालिका-९ स्थितबाट बेलका-५ का ३० बर्षीय विशप खतिवडालाई भिबिन्न बैकहरुको चेक २० थान, एटिएम कार्ड ५४ थान, Ncell, NTC को सिम कार्ड २०० थान र चरेश ३ ग्राम ६० मिलिग्राम सहित इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको छ भने त्रियुगा नगरपालिका-३ की ५० बर्षीया सितेम्मा राईलाई निजकै घरबाट २ केजी ५ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ  । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्दान भईरहेको छ ।

प्रतिबन्धित लागूऔषध सहित १५ पक्राउ
२०८१-११-२७

मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते  वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका-१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम  ब्राउन सुगर  सहित र पाँचथर फिदिम नगरपालिका-४ का २० बर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर  सहित पक्राउ गरेको छ ।  यसैगरी  मोरङको बेलबारी नगरपालिका-११ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरी टोलिले चेकजाँचको  सुन्दरहरैचा-११ का ३५ बर्षीय फिरोज राईलाई ६९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने इलाका प्रहरी कार्यालय रानीले चेकजाँचको क्रममा उर्लाबारी -७ का २३ बर्षीय अशोक भुजेललाई-६० एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।  सोही दिन सुनसरीको कोशी गाउँपालिका-८ बाट इलाका प्रहरी कार्यलाय भण्टाबारीले सप्तरी कञ्चनरुप नगरपालिका-७ का २६ बर्षीय राजन ठाकुरलाई SPASMO-PROXYVON PTDS ३२ ,क्यापसुल  NITZASCAN-10- ९ ट्याब्लेट र गाँजा ५० ग्राम सहित पक्राउ गरेको छ । फागुन २७ गते राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान-५ का ५३ बर्षीय प्रेम बहादुर लिम्बु, १९ बर्षीय  निकेश लिम्बु, १९ बर्षीया  रेजिना खत्री, १९ बर्षीय सुर्य  लिम्बु लाई ट्रामाडोल -३ हजार २ सय ९० नब्बे  ट्याब्लेट, स्पासपेन-६ सय २ चक्की प्रतिबन्धित औषधी  सहित नियन्त्रणमा लिएको हो ।  यसैगरी उदयपुरको प्रहरी चौकी लालपत्ताले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का २६ बर्षीय ललित चौधरी र २५ बर्षीय बिदायक राईलाई लागू औषध ३०एम्पुल सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय कटारीले धनुषाको धनुषाधाम-५ का  ३५ बर्षय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा-१ का ४० बर्षीय दिलिप भुजेललाई टापेन्डाडोल २५१०, स्पास्पेन २४६० र क्याफ डि ३२० ट्रयाव्लेट सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगापालिका-१२ का २२ बर्षीय अर्जुन रोक्कालाई ६९ ट्यावलेट लागुऔषध सहित पक्राउ गरेको छ ।  

लागूऔषध सहित ८ जना पक्राउ
२०८१-११-२६

झापा र मोरङबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बेलबारी-११ का २७ बर्षीय विशाल गुरुङ र सुनसरी इटहरीका १९ बर्षीय आर्यन राजधामीलाई १० ग्राम १३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाइ-४ का २५ बर्षीय सुरज ताजपुरीया, २६ बर्षीय बिक्रम चौधरी र २६ बर्षीय अशोक गुरुङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ, भने प्रतिबन्धित लागुऔषध Pyeevon Spas Plus २८८ ट्याब्लेट सहित बुढीगंगा-५ का २७ बर्षीय मोहमद नवाफलाई इलाका प्रहरी कार्यालय नेमुवाले र झापाको भद्रपुर नगरपालिका-५ स्थित लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित मेचिनगर नगरपालिका-१० का २६ बर्षीय प्रकाश यादव र ३२ बर्षीय साकिर महमदलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८१-११-२५

इलाम र सुनसरीबाट लागू औषध सहित ४ जना पक्राउ परेका छन । फागुन २४ गते इलामको इलाम नगरपालिका-९ स्थितमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  मे.१ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागूऔषध ब्राउन सुगर बरामद भए संगै उक्त गाडी सहित चालक इलाम नगरपालिका-१२ का रोशन लिम्वु र सोही स्थानका मनिष राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको प्रहरी चौकी पानवारीबाट खटिएको टोलीले धरान उप-महानगरपालिका-६ का २६ बर्षीय योगेश कार्की र धरान-१० का २२ बर्षीय लोक बहादुर मगरलाई निषेधित औषधी ट्रामाडोल १२७ ट्याव्लेट, डिकोलिक ११५ ट्याव्लेट, स्पास्मो र स्पासपेन २३ ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको छ ।  

ब्राउन सुगर सहित २ जना पक्राउ
२०८१-११-२४

सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २३ गते  साँझ उर्लाबारी नगरपालिका-७ स्थितमा इलका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा भद्रपुर नगरपालिका-४ का ४५ बर्षीय सन्तोष श्रेष्ठको साथबाट ३ ग्राम ६५० मिलिग्राम खैरो हिरोहिन सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलिले गाँजा विक्रिवितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा दुहबी नगरपालिका-१२ का ५१ बर्षीय  विजय कुमार पौडेलाई  ४५० ग्राम गाँजा सहित पक्राउ परेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

हवाई फायर गरी लागुऔष गाँजा ओसार पोसारमा संलग्न १ जना पक्राउ
२०८१-११-२२

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट हवाई फायर गरी लागुऔषध गाँजा ओसार पोसारमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २२ गते बिहानको राती १ बजे लागुऔषध गाँजा ओसार पोसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले विष्णुपादुकाबाट रेल्वे तर्फ जंगलको बाटो हुदै शंकास्पद अवस्थामा भारी बोकी आउदै गरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ३ राउण्ड हवाई फायर गरी ओसार पोसारमा संलग्न रहेका मध्ये धनकुटा साँगुरीगढी नगरपालिका-९ का ४३ बर्षीय हरि कुमार राईलाई पक्राउ गरेको छ । उक्त स्थानबाट प्रहरीले ९ वटा भारी बनाएर बोकेको  २ सय २५ किलोग्राम गाँजा बरामद गरेको छ भने ओसार पसारमा संलग्न रहेका अन्य व्यक्तिहरुको खोज तलास तथा अन्य थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-११-२२

झापा, मोरङ र उदयपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २१ गते मोरङको मिक्लाजुङ गाउँपालिका- ७ का २४ बर्षीय राजन राईलाई इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ट्रामाडोल २०० क्याप्सुल र स्पासरेष्ट १६० ट्याब्लेट सहित उनकै घरबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे- १ का २० बर्षीय आकाश कंडेललाई ट्रमाडोल र स्पासपेन गरी जम्मा १४० चक्की सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको दमक नगरपालिका-६ बाट इलाका प्रहरी कार्यालय दमकले चेकजाँचको क्रममा प्र.१-०१-००२ ह ६६०५ नम्बरको सिटी सफारी चालक सुनसरी हरीनगरा गाउँपालिका घर भई हाल कमल गाउँपालिका-६ स्थित बस्दै आऐका २६ बर्षीय राम कुमार महतो र सफारीमा सवार दमक-१ का १९ बर्षीय बिधान तामाङलाई ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ७० चक्की सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका-६ बाट स्थानीय १९ बर्षीय सन्जिब राई र १८ बर्षीय अनिल राईलाई ट्रामाडोल ८९ क्याप्सुल र स्पास्पेन ८९ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-११-२०

झापा र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १९ गते झापाको बिर्तामोड नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ का ३३ बर्षीय दिनेश माझीलाई चेकजाँच गर्दा उनको साथबाट ६५० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-८ का ३३ बर्षीय बिकाश चुडाल र दमक-२ का २८ बर्षीय दिपक दियालीलाई ट्रामाडोल १७० क्याप्सुल र स्पास्पेन १७० चक्कि सहित दमक-६ बाट पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको धरान-३ स्थितबाट वडा प्रहरी कार्यालय धरानले चेकजाँचको क्रममा धरान-१० का २७ बर्षीय बिनय देवान, ३५ बर्षीया सृजना गुरुङ र धरान-१६ का २८ बर्षीय कुविर श्रेष्ठलाई ट्रामाटोल ५०० क्याप्सुल र डिकोलिक ५०० चक्की सहित नियन्त्रणामा लिएको छ भने अस्थायी प्रहरी चौकी नयाँ बसपार्कले धरान-१५ की ४५ बर्षीया रेशु राई र धरान- ३ का ३७ बर्षीय राजु तामाङलाई ट्रामाडोल ४०८ क्याप्सुल र स्पास्मो २४४ चक्की सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागूऔषधी सहित ६ जना पक्राउ ।
२०८१-११-१९

उदयपुर र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ । फागुन १८ गते इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा  चौदण्डीगढी नगरपालिका-७ का १९ बर्षीय सागर बिश्वकर्मा, २१ बर्षीय सन्जोक राई र २१ बर्षीय  निशान मगरलाई  ट्रामाडोल-१ सय २०, स्पास्पेन-१ सय ट्याब्लेट सहित  पक्राउ गरेको छ । त्यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट ताराबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले मोरङ उर्लाबारी नगरपालिका -७ का २१ बर्षीय बिजय शर्मा ,२० बर्षीय पुजन गिरी र १८ बर्षीय सुजन सिवालाई  ट्रामाडोल-७३ चक्की, स्पास्पेन-८० चक्की सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-१  का २९ बर्षीय प्रन्नयन तामाङलाई १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

प्रतिबन्धित लागूऔषध सहित ५ जना पक्राउ ।
२०८१-११-१८

झापा, मोरङको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई प्रहरीले  पक्राउ गरेको छ । फागुन १७ गते झापा बिर्तामोड नगरपालिका-५ स्थितमा अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-४ का २० वर्षीय कर्म मगरलाई १ ग्राम २४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागुऔषध सेवन तथा बिक्रि वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा मोरङको प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलिले कानेपोखरी- ६ का ५५ बर्षीय चन्द्र लिम्बु उनको श्रीमती ४५ बर्षीया राज कुमारी लिम्बु, २९ बर्षीय सागर महत र २३ बर्षीय अनिल तामाङलाई ट्रमाडोल-४ हजार ४३ चक्की, स्पासपेन- १ हजार ६ सय ३७ चक्की, स्पास्मो- १ सय ८२ चक्की सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ ।
२०८१-११-१७

झापा, मोरङ,उदयपुरको विभिन्न स्थानहरुबाट  लागूऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १६ गते राती प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलिले झापा भद्रपुर नगरपालिका-३ स्थितबाट चेकजाँचको क्रममा  भारतबाट नेपाल तर्फ आउँदै गरेको बा. ९० प १६७५ नम्बरको स्कुटरमा सवार सुनसरी रामधुनी नगरपालिका-३ का  २७ हिरालाल बिश्वकर्मा र जिल्ला तनहुका  २४ बर्षीय सुदिप बिश्वकर्माको साथबाट  लागूऔषध ब्राउनसुगर २८९ ग्राम ७०० मिलिग्राम सहित पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-१० स्थितबाट बेलबारी नगरपालिका -२ का २१ बर्षीय  बिशाल खड्का र १९ बर्षीय  सौगात थापालाई प्रतिबन्धित औषधी ट्रमाडोल -१९० चक्की, स्पासमिड -१९० चक्की सहित पक्राउ गरेको छ । भने   उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलिले सोहि स्थानका २८ बर्षीय बिजय राई, २९ बर्षीय  गोरब राई र २५ बर्षीय अबिनाश राईलाई डाईजेपाम-४ एम्पुल, प्रोमेथाजिङ -५ एम्पुल, बुप्रिनोर्फिन-६ एम्पुल सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।  

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८१-११-१५

सुनसरी र धनकुटा जिल्लाबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १४ गते  बिहान  सुनसरीको ईटहरी उप-महानगरपालिका-५ स्थितमा अस्थायी प्रहरी चौकी जनता बस्तीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा स्थानिय २६ बर्षीय  बिवश घिमिरेलेको साथबाट ट्रामाडोल १ सय ६० क्याप्सुल र स्पास्पेन १ सय ६० क्याप्सुल सहित पक्राउ गरेको छ । त्यसैगरी इलका प्रहरी कार्यालय छिन्ताङ धनकुटाबाट गस्तिमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा धनकुटाको सहिदभुमि गाउँपालिका-३ का नेजा राई र आशिष राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन गरी २०ट्याबलेट  सहित पक्राउ गरेको छ । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

प्रतिबन्धित लागूऔषध सहित ९ जना पक्राउ
२०८१-११-१४

झापा, मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित प्रहरीले ९ जनालाई पक्राउ  गरेको छ । फागुन १३ गते दिउसो लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर महानगरपालिका-१५ स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ उर्लाबारी नगरपालिका-६ का ३२ बर्षीय सन्नी लामा को साथबाट ८ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र मोरङ सुनबर्षि नगरपालिका-१ का २२ बर्षीय सनम तामाङको साथबाट १ ग्राम ४४० मिलिग्राम र पथरी शनिश्चरे नगरपालिका-६ का २२ बर्षीय अनिल राईको साथबाट  २ ग्राम १४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।  यसैगरी फागुन १३ गते झापाको दमक नगरपालिका -६ स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलिले पाचँथर मिक्लाजुङ गाँउपालिका-५ का २६ बर्षीय बिशाल भुजेललाई ट्रमाडोल-१४० क्याप्सुल, स्पासेन-१४० चक्की सहित पक्राउ गरिएको छ । त्यसैगरी फागुन १३ गते राति झापा मेचीनगर नगरपालिका-५ स्थितबाट  इलाका प्रहरी कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय नकलबन्दा झापाबाट खटिएको प्रहरी टोलिले स्थानिय ५२ बर्षीय देवी प्रसाद बुढाथोकीलाई ५६० ग्राम गाजाँ सहित पक्राउ गरेको छ । त्यसैगरी फागुन १३ गते राति सुनसरी धरान उप-महानगरपालिका-२ स्थितबाट वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले धरान उप-महानगरपालिका-१५ का २६ बर्षीय गणेश राई, २५ बर्षीया भिम कुमारी बिश्वकर्मा र ३० बर्षीय आशिष खातीलाई ट्रमानिल-११ सय ९४ क्याप्सुल, स्पासपेन-१४ सय ९० ट्याब्लेट, स्पासरेष्ट-७,  डेकोलिक -११ सय ७५  र  मेडोमोल-८ चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको हो भने फागुन १३ गते साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले उदयपुरको त्रियुगा नगरपालिका-१० स्थितबाट उदयपुर नगरपालिका-१२ का १९ बर्षीय दिलिप घिमिरेको साथबाट डाईजेपाम- ६, फेनार्गन -६, आईपिपिएल-६ गरी १८ एम्पुल सहित पक्राउ गरिएको  छ । प्रतिबन्धित लागूऔषध सहित  पक्राउ परेको उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
२०८१-११-१२

सुनसरी धरान उप-महानरपालिका-१६ स्थित प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ११ गते लागूऔषध कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलिले धरान उप-महानरपालिका-८ की २९ बर्षीय सुस्मा तामाङको कोठाबाट प्रतिबन्धित औषधी ट्रमाडोल-३२१० क्याप्सुल,  स्पासरेस्ट-१६६० ट्याब्लेट  र स्पापेन- ७३० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी  उदयपुर त्रियुगा नगरपालिका-४ स्थित अस्थायी प्रहरी चौकी बगाहाबाट गस्तिमा खटिएको प्रहरी टोलिले  गाईघाट कदमाहा सडक खण्डमा वेवारिसे अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल-५०० पिस ट्यावलेट बरामदको छ ।

लागुऔषध सहित १२ जना पक्राउ
२०८१-११-०९

कोशी प्रदेशको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०८ गते मोरङको बेलबारी नगरपालिका-८ स्थितमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाहुनीगरा मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी-८ का २९ बर्षीय श्याम पुकार साह र नवलपरासी घर भइ हाल सोहि स्थानमा बस्दै आएका २२ बर्षीय संगम महत्तोलाईको साथबाट ब्राउन सुगर ७०० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय रानी मोरङले बिराटनगर महानगरपालिका-१५ बाट प्रतिबन्धित औषधी १८० एम्पुल सहित खोटाङ लिच्किराम्चे गाउँपालिका-९ का २४ बर्षीय भविराज राईलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी झापाको बिर्तामोड नगरपालिका-५ बाट ३१ बर्षीय मोहमद कलिम, २४ बर्षीय मोहमद अली, बिर्तामोड-४ का ३८ बर्षीय गोपाल क्षेत्री, बिर्तामोड-३ का २९ बर्षीय सुदिप बिश्वकर्मालाई ४५० ग्राम गाँजा सहित अस्थायी प्रहरी पोष्ट बसपार्कले र कमल गाँउपालिका-४ का १८ बर्षीय प्रितम चम्लागाँईलाई औषधी ९२ चक्की सहित दमक-६ बाट इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यस्तै वडा प्रहरी कार्यालय धरान सुनसरीको प्रहरी टोलीले धरान-१५ बाट स्थानीय २३ बर्षीय मन्दिप राई, २५ बर्षीय सन्दिप राई र २२ बर्षीय करण थापालाई ट्रामाडोल ७८५ ट्याब्लेट, स्पास्पेन ८३५ चक्की सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय जलजले उदयपुरले त्रियुगा नगरपालिका-११ का २९ बर्षीय आनन्द देव चौधरीलाई २७ एम्पुल औषधी सहित त्रियुगा-६ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु २६ जना घाईते
२०८१-११-०९

संखुवासभा र उदयपुरको दुई छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २६ जना घाईते भएका छन् । फागुन ८ गते साँझ संखुवासभाको सभापोखरी गाँउपालिका-६ स्थित भित्री सडक खण्डमा भे २ त १९२९ नम्बरको वालुवा लोड गरेको ट्याक्टर आफै अनियन्त्रित भई बाटो देखि ६० मिटर तल खोल्सिमा झरेर दुर्घटना हुँदा ट्याक्टर चालक संखुवासभा चैनपुर नगरपालिका-६ का १९ बर्षीय रबि बराईली गम्भिर घाईते भएका थिए । घटना बारेमा जानकारी पाउनासाथ तत्काल घटनास्थल तर्फ खटिएको प्रहरी चौकी बाह्रबिसे संखुवासभाको प्रहरी टोलीले घाईतेलाई उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल खादबारी लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित मदन भण्डारी राजमार्गमा जन्ती बोकेर गाइघाट तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०६-००१ ख ०१९५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ८ ख २४०४ नम्बरको मिनी ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका २६ जना मध्ये २१ जना जिल्ला अस्पताल उदयपुरमा उपचार पश्चात डिस्चार्ज भएका छन भने गम्भिर घाईते भएका वारा जिल्ला गढी गाउँपालिका-४ का ७० बर्षीय सिताराम धामीको बिराटनगर न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालक वारा जितपुर नगरपालिका-२४ का २५ बर्षीय सजाद आलाम धोवी र बस चालक रौतहट जिल्ला खतुवा बिजयपुर नगरपालिका-११ का ४५ बर्षिय कपिलदेव राय लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागूऔषध सहित ३ जना पक्राउ ।
२०८१-११-०८

सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ७ गते दिउँसो को २०प ७४४६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-४ का २७ बर्षीय सुरज कुमार ठाकुरलाई कोशी गाउँपालिका-१ भन्सार टोल  स्थितबाट ८ ग्राम ५ मिलिग्राम  ब्राउन सुगर सहित लागू औषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने धरान उप-नगरपालिका-३ का ३१ बर्षीय कमल सहनी २ ग्राम ९ सय मिलिग्राम सहित पक्राउ परेका हुन । यसैगरी फागुन ७ गते राती गोप्य सुचनाको आधारमा प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट भोक्राहा नरसिंह गाउँपालिका-१ का २० बर्षीय ईव्रान मन्सुरीलाई १ सय ५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।    

प्रतिबन्धित लागूऔषध सहित ३ जना पक्राउ ।
२०८१-११-०६

मोरङ, सुनसरी र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ-७ स्थितबाट इलका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा  स्थानिय २० बर्षीय मनिष राईको घरमा खानतलासी गर्दा प्रतिबन्धित लागूऔषध ट्रामाडोल-९६, स्पास्टिन-२३८ क्याप्सुल र नाईट्रेजेपाम-४ ट्यापलेट सहित प्रकाउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायीप्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरी टोलोले धरान उप-महानगरपालिका-१६ का २० बर्षीय निशान तामाङको साथबाट ट्रमाडोल-१८२ क्याप्सुल र स्पास्पेन-१८२ चक्की सहित पक्राउ गरेको छ भने उदयपुर त्रियुगा नगरपालिका-३ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गस्तीमा खटिएको प्रहरी टोलिले स्थानिय २७ वर्षीय  दिपेश चौधरीलाई ५७ एम्पुल लागूऔषध औषधी सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागूऔषध पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-११-०४

झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०३ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थित अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २९ बर्षीय मनिष प्रधान र ४० बर्षीय बिरेन उराउको साथबाट ब्राउन सुगर १ ग्राम ७२० मिलिग्राम फेला पारी नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी टाघनडुब्बाको प्रहरी टोलीले मोरङ पथरी शनिश्चरे नगरपालिका-८ का २४ बर्षीय दिपिन माझीलाई १ ग्राम ६२ मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका-४ बाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-११-०३

मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन ०२ गते लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इनरुवा नगरपालिका-१ स्थितमा खटिएको प्रहरी टोलीले देश भारत अररियाका ३३ बर्षीय कपिल मेहता र २८ बर्षीय पंकज कुमार पासवानलाई चेकजाँच गर्दा उनिहरुको साथबाट १०३ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर फेला पारी बेचबिखानमा प्रयोग भएका BR38AK0211 नम्बरको भारतिय मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय मधुमल्ला मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मिक्लाजुङ गाउँपालिका-९ स्थितबाट मिक्लाजुङ-३ का २० बर्षीय पवन विश्चकर्मा र १८ बर्षीय जीवन धमलालाई प्रतिबन्धित औषधी ट्रमाडोल र स्पासपेन गरी जम्मा १४ सय क्याप्सुल र को. ४ प ४९०१ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो भने उर्लाबारी नगरपालिका-१ बाट ट्रमाडोल र स्पासपेन गरी जम्मा ३ सय ८० क्याप्सुल औषधी सहित मिक्लाजुङ गाउँपालिका-६ घर भई हाल उर्लाबारी-१ बस्दै आएका २० बर्षीय समिर राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागूऔषध सहित ४ जना पक्राउ
२०८१-११-०१

इलाम र मोरङको विभिन्न स्थानहरु बाट प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ३० गते बिराटनगर महानगरपालिका-१७ स्थितबाट इलका प्रहरी रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५४ प २१३६ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका-४ का ३२ बर्षीय बिजय राईलाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलिले पथरीशनिश्चरे-१ का ३३ बर्षीय बाल कृष्ण परियार र २० बर्षीय मौषम धिमाललाई १०५ चक्की ट्रमाडोल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरी चौकी महमाई इलामबाट खटिएको गस्ती टोलिले माई नगरपालिका-७ का ४५ बर्षीय टेक बहादुर लिम्बुलाई ७० मिलिग्राम ब्राउन सूगर सहित पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।

लागूऔषध सहित ५ जना पक्राउ
२०८१-१०-३०

झापा, सुनसरी र धनकुटा जिल्लाको विभिन्न स्थानबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २९ गते प्रहरी चौकी शरणामतीबाट गस्तिमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा अर्जुनधारा नगरपालिका-५ का २१ बर्षीय अनिस ठकुरीलाई ६०० मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका-५ स्थितबाट नियन्त्रणमा लिएको हो । यसैगरी प्रहरी चौकी महारानीझोडा झापाबाट खटिएको प्रहरी टोलिले झापा नगरपालिका-४ स्थितबाट स्थानिय ५१ बर्षीय टिका पराजुलीलाई १७८ ग्राम लागू औषध गाजा सहित नियन्त्रणमा लिएको हो भने सुनसरी -८ स्थितबाट धरान उप-महानगरपालिका-६ का २४ बर्षीय मिर्जु कुमार श्रेष्ठलाई  १०५ मिलि ग्राम ब्राउन सूगर सहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टेलिले पक्राउ गरेको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चेकजाँचको खटिएको प्रहरी टोलिले सुनसरीको लौकही गाउँपालिका-१ स्थितबाट सुनसरीको बराक्षेत्र नगरपालिका-८ का २७ बर्षीय अर्जुन माझीलाई प्रतिबन्धित लागूऔषध ट्रमाडोल १३२ पत्ता सहित नियन्त्रणमा लिएको हो भने धनकुटा सहिदभुमि गाउँपालिका-६ का २४ बर्षीय  पर्वत पौडेललाई प्रहरी चौकी आखिसल्ला धनकुटाबाट खटिएको टोलिले ट्रामानिल २१ क्याप्सुल र लागुऔषध गाँजा १२० ग्राम सहित नियन्त्रणमा लिएको छ । लागूऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित लागू औषध सहित ४ जना पक्रउ
२०८१-१०-२९

मोरङ, झापा जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । माघ २८ गते झापाको विर्तामोड नगरपालिका-६ स्थितबाट अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट गस्तिमा खटिएको प्रहरी टोलिले स्थानिय २५ बर्षीय मो. मुक्तार मन्सुरीलाई ३२० मिलिग्राम ब्राउन सुगर र ४ ग्राम १५० मिलिग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित नियन्त्रणमा लिएको हो यसैगरी झापा गाउँपालिका-३ स्थितबाट इलाका प्रहरी कार्यालय कुमरखोदले कन्काई नगरपालिका-३ का २५ बर्षीय दर्पन वाग्लेलाई ३ ग्राम ४८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलिले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको मोरङ उर्लाबारी नगरपालिका-२ का २९ बर्षी राजेश धिमाल र २८ बर्षीय निशान राईलाई २ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी कानेपोखरीले झापा दमक-१ का दिपक श्रेष्ठलाई १७ पिस प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-१०-२८

झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २७ गते झापाको हल्दीबारी गाउँपालिका-३ स्थितमा प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले लागुऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका हल्दीबारी गाउँपालिका-२ का २२ बर्षीय आषिश हेमरन, २३ बर्षीय रवी महतो, ३१ बर्षीय सुजन राईलाई ब्राउन सुगर ४८० मिलिग्राम र बा. ४७ प ९८१४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक नगरपालिका-६ बाट ईलाम चुलाचुली घर भई हाल दमक-५ स्थित बस्दै आएका २५ बर्षीय रोहित राई र दमक-७ का ३० बर्षीय राजेश राईलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा १५० चक्की र दमक-८ का २५ बर्षीय प्रतिक श्रेष्ठलाई  ट्रामाडोल, स्पास्मो र स्पास्पेन गरी जम्मा २२० चक्की सहित सोहि स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।

लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन र एउटा मोटरसाईकल नियन्त्रण
२०८१-१०-२५

सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा बोकेको २ वटा सवारी साधन र एउटा मोटरसाईकल प्रहरीले प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २४ गते बिहान ३ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिमडी र इलाका प्रहरी कार्यालय हरीनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेको HR70E9502 नम्वरको स्कारपिओ गाडी रोक्न खोज्दा नरोकी भागए पछि देवानगंज-७ स्थितमा अनियन्त्रित भई  सडक भन्दा १० फिट तल झरेको अवस्थामा  प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त  स्कारपियोबाट १० बोरा गाँजा, सोही स्थान नजिक रहेको ४ पोका गाँजा समेत (२९६ किलो ८५० ग्राम) र प्रदेश २-०३-००९ प ०९९७ नम्वरको मोटरसाईकल बरामद गरेको थियो ।   यसै गरी २४ गते बेलुका इटहरी उप-महानगरपालिका-१७ स्थितबाट ट्राफिक समेतको सयुक्त चेकिङ टोलिले चेकजाँचको क्रममा  बा. २ च ३४६५ नम्वरको टाटा सफारी गाडीमा ८ पोका (२ सय ३० किलो १५० ग्राम) गाँजा बरामद गरेको छ भने सोही दिन राती कोशी गाउँपालिका-३ स्थित नेपाल भारत सिमा नजिकमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी गस्ती टोलीले २ वटा वोरामा ४६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो । बरामद भएका गाँजा र सवारी साधनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको छ ।

प्रतिबन्धित लागूऔषध सहित ७ जना पक्राउ
२०८१-१०-२५

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २४ गते  इलाका प्रहरीकार्यालय रानीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर महानगरपालिका-१६ स्थितबाट मोरङको उर्लाबारी नगरपालिका-७ का २० बर्षीय अमन मियालाई ४ ग्राम १८ मिलिग्राम खैरो हिरोईन सहित पक्राउ गरेको छ । त्यसैगरी बिराटनगर महानगरपालिका-१५ स्थितबाट  लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको टोलिले चितवनको भरतपुर महानगरपालिका-४ का २६ बर्षीय समिरलाई १ ग्राम १२ मिलिग्राम ब्राउन सुगर, बिराटनगर-११ का १९ बर्षीय कन्हैया सोनी र सोही स्थान बस्ने २२ बर्षीय  आशिष कुमार यादवलाई ५४०मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी झापाको कन्काई नगरपालिका-४ स्थितबाट गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलिले स्थानिय घर भएका  ३१ बर्षीय डम्बर बहादुर माझीलाई ६४० मिलि ग्राम ब्राउन सुगर सहित प्रकाउ गरेको हो  भने सुनसरीको इटहरी उप-महानगरपालिका-६ स्थितबाट इटहरीबाट खटिएका प्रहरी टोलिले मोरङको सुन्दर हरैँचाका २३ बर्षीय निखिल राउतलाई १५० ग्राम लागऔषध र नगद एघार हजार छ सय दश रुपैया सहित र जिल्ला प्रहरी कार्यालय उदयपुरले ३५ बर्षीय बाल कुमार बुढाथोकीलाई ६ एम्पुल प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागूऔषध सहित ५ जना पक्राउ
२०८१-१०-२४

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  माघ २३ गते अस्थायी प्रहरी चौकी अमरहाट सुनसरीबाट खटिएको प्रहरी टोलिले धरान उप-महानगरपालिका-४  स्थितबाट बा -०२-०३५ प १५३४ नम्बरको स्कुटर चालक धनकुटा नगरपालिका-४ का २३ बर्षीय रोशन श्रेष्ठ र पछाडि सवार २४ बर्षीय निरज घिमिरेलाई १६ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी झापाको मेचिनगर नगरपालिका -६ स्थितबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाको प्रहरी टोलीले मोरङको शनिश्वरे नगरपालिका-६ का ३० बर्षीय इश्वर भुजेल र उनको श्रीमती ३८ बर्षीया शान्ती आङ्देम्बे भुजेललाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने बिराटनगर-१५ स्थितबाट लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरको प्रहरी टोलिले सुनसरी इटहरी उप-महानगरपालिका-९ का २५ बर्षीय निशान चौधरीलाई ३ ग्राम २०  मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-४ का ३० बर्षीय सरोज कुमार सार्कीलाई एम्पुल १७ वटा, सिरिन्ज १ थान सहित पक्राउ गरेको छ ।

लागूऔषध गाँजा बोकेको कार नियन्त्रणमा
२०८१-१०-२३

सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितबाट लागूऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ । माघ २३ गते बिहान ५ बजे लागूऔषध ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ स्थित बिष्णुपादुका जाने सर्दुखोलाको पुल नजिक चालक नभएको अवस्थामा रोकी राखेको बा.९च १७६८ नम्वरको कारलाई संका लागी चेकजाँच गर्दा कार भित्र १०१ किलो ग्राम गाँजा बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भए संगै उक्त कार समेतलाई प्रहरीले नियन्त्रणमा लिई ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान गरिरहेको छ । 

लागूऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८१-१०-२३

सुनसरीको कोशीगाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-३ स्थितबाट ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २२ गते लागूऔषध नियन्त्रण व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी रामधुनी नगरपालिका-३ का २३ बर्षीय मो. जाविरलाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित, सप्तरी कन्चनरुप नगरपालिका-७ का २२ बर्षीय बिजय खडकालाई २ ग्राम ६८ मिलिग्राम ब्राउन सुगर, नाईट्राभेट १५ ट्याव्लेट सहित, सप्तरी हनुमानगर कंकालिनी नगरपालिका-१० का २४ बर्षीय रोहित मंडललाई २ ग्राम ४१० मिलिग्राम सहित र उदयपुर रौतामाई-७ का २८ बर्षीय पदम बहादुर मगरलाई २० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ ।

लागूऔषध ओसार पसारमा संलग्न २ जनालाई गोली प्रहार गरी नियन्त्रण
२०८१-१०-२३

झापाको कनकाई नगरपालिका-४ स्थितबाट लागूऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । माघ २२ गते बेलुकी साढे ६ बजे लागुऔषध ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-४ स्थित कुमरखोद-सुरुङगा भित्री सडक खण्डमा चेकजाँचको क्रममा २ जना सवार रहेको BR37AA8498 नम्वरको मोटरसाईकललाई संका लागी रोक्न खोज्दा नरोकी भगाए पछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । खुट्टामा गोली लागी घाईते भएका मोटरसाईकल चालक भारत बिहार डिगल बैंकका २८ बर्षीय अन्जर आलमको प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ भने बरामद भएको ३० ग्राम ६९० मिलिग्राम ब्राउनसुगर र मोटरसाईकल पछाडि सवार रहेका उनका भाई १९ बर्षीय युसुब आलमलाई नियन्त्रणमा लिएको छ । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यलय अनारमनीबाट थप अनुसन्धान तथा कानूनि कारवाही भईरहेको छ ।

लागू औषध खैरो हिरोईन सहित १ जना पक्राउ
२०८१-१०-२२

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागू औषध खैरो हिरोईन सहित १ जना लाई प्रहरीले पक्राउ गरेको छ ।  माघ २१ गते लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ का २२ बर्षीय सुरेन्द्र राईलाई १ ग्राम १३० मिलिग्राम खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ । यसैगरी गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलिले आज बिहान साढे २ बजे धरान उप-महानगरपालिका-६ पानमारा  जंगल स्थित सेउती पुल नजिक बेवारिसे अवस्थामा रहेको बा १५ च ७६३३ नम्बरको गाडीमा ४१० किलो गाँजा बरामद भएसगै नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी घुस्कीले हरिनगर गाउँपालिका- ६ स्थितबाट बेवारिसे अवस्थमा रहेको १९ किलो गाँजा बरामद गरेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-१०-२१

झापा र मोरङबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २० गते झापाको झापा गाउँपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको साईकल यात्री कन्काई नगरपालिका-५ का ३५ बर्षीय चिरञ्जीवी भुजेल, ३८ बर्षीय सुरेश ऋषिदेवलाई १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरङको बिराटनगर-१७ स्थितबाट बा. ८५ प ४६१६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुनसरी धरानका २८ बर्षीय रोहित लिम्बु र धनकुटा राजारानीका २६ बर्षीय दिपक लिम्बुलाई १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ  ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-१०-१७

मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १६ गते सुन्दरहरैचा नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा केराबारी गाउँपालिका-५ का ३२ बर्षीय यादव बिश्वाकर्मलाई ट्रमाडोल र स्पास्पेन गरि जम्मा १५५ ट्याब्लेट सहित पक्राउ  गरेको हो भने प्रहरी चौकी हसन्दहले पथरीशनिश्चरे नगरपालिका-५ का २१ बर्षीय दुर्गा ऋषिदेवलाई ट्रमाडोल र स्पासपेन गरी जम्मा ८० ट्याब्लेट सहित निजकै घरबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध गाँजा र औषधी सहित ३ जना पक्राउ
२०८१-१०-१६

 सुनसरीको २ छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको देवानगंज गाउँपालिका-३ का ४० बर्षीय अर्बिन कुमार यादवको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा माघ १५ गते  दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह (PIT) र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले यादवको  घरको कम्पाउण्ड खानतलाशी गर्दा खाल्टो खनेर ड्रम भित्र प्लाष्टिकले प्याक गरेर साथै घर भित्र जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थाको ३९ किलो २९० ग्राम लागुऔषध गाँजा बरामद गरी यादवको  ३५ बर्षीया श्रीमती सोनि कुमारी यादवलाई  नियन्त्रणमा लिएको हो । यसैगरी अस्थायी प्रहरी चौकी श्याम चौक सुनसरीबाट खटिएको प्रहरी टोलीले माघ १५ गते दिउँसो धरान उप-महानगरपालिका -१५ शुसन टोलका १८ बर्षीय उषण भुजेललाई घरको कोठा भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी SPASPAIN-२ हजार ८० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजा र औषधी सहित पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित मेडिकल संचालक दम्पती र अर्का एक दम्पती पक्राउ
२०८१-१०-१५

सुनसरीको धरान उप-महानगरपालिका-३ गौधारा स्थितबाट मेडिकल संचालक दम्पती र धरान-८ स्थितबाट अर्का एक दम्पतीलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ  । माघ १४ गते राती मेडिकल पसलमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पसल भित्र खानतलासी गर्दा काटुनमा लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामोल २ हजार क्याप्सुल र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित मेडिकल संचालक धरान-३ का ४१ बर्षीय सुरज वनेम र  उनको श्रीमती ४२ बर्षीया टिम्पल श्रेष्ठलाई पक्राउ गरिएको हो । यसैगरी धरान-८ का ३१ बर्षीय सन्तोष परियार र उनको श्रीमती २० बर्षीया अनुष्का श्रेष्ठले लागूऔषधको कारोवार गरीरहेको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले भान्सा कोठाबाट नियन्त्रित औषधी ट्रामोल ५ सय ३२ क्याप्सुल र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित ५ जना पक्राउ
२०८१-१०-०८

झापा र उदयपुरबाट लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ ०७ गते झापाको झापा गाउँपालिका-२ र ५ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ११ ग्राम ६१५ मिलिग्राम ब्राउन सुगर सहित अर्जुनधारा नगरपालिका-५ का ३० बर्षीय प्रबिण गिरी, कन्काई नगरपालिका-८ का २५ बर्षीय सुमन राजबंशी, पाँचथर फिदिमका १९ बर्षीया रदिमा बर्देवा र १८ बर्षीया ईन्दिरा लिम्बुलाई पक्राउ गरेको छ । त्यसैगरी उदयपुरको इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका- ३ कि २८ बर्षीया सम्झना राईलाई ५ किलो ९९० ग्राम गाँजा सहित पक्राउ गरेको छ । पक्राउ गरेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागूऔषध ब्राउनसुगर र गाँजा सहित ३ जना पक्राउ
२०८१-१०-०४

झापा, मोरङ र उदयपुरबाट प्रतिवन्धित लागूऔषध ब्राउनसुगर र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ३ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर फिदिम नगरपालिका-१३ का ३० बर्षीय सनम राईलाई २ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको बिराटनगर-१५ स्थितबाट उदयपुर बेलका नगरपालिका-४ का ४० बर्षीय सुरज खडकालाई १ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर सहित लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ ।यसै गरी उदयपुरको बेलका-८ स्थितमा अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ ज ३४९९ को बलेरोमा जेब्रा झोलामा लुकाई राखेको ३ किलोग्राम गाँजा सहित चालक भोजपुर आमचोक-१ का २५ बर्षीय दाजुङ शेर्पालाई नियन्त्रणमा लिएको छ । लागूऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहेको छ ।

ठुलो परिमाणमा प्रतिवन्धित लागूऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८१-१०-०४

झापाको मेचीनगर नगरपालिका-६ र भद्रपुर नगरपालिका-३ स्थितबाट ठुलो परिमाणमा प्रतिवन्धित लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २ गते राती विशेष सुचनाको आधारमा मेचीनगर-६ स्थित मेचीपुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापा अर्जुनधारा नगरपालिका-८ का ३५ बर्षीय अर्जुन श्रेष्ठ र भारत वेष्ट बंगाल दार्जेलिङका ३० बर्षीय मो. अनवर हुसेनलाई ६ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर र  नेपाली रुपैया २० हजार सहित पक्राउ गरेको हो भने उनिहरुलाई सोधपुछ तथा अनुसन्धानको क्रममा भद्रपुर नगरपालिका-३ कि ४५ बर्षीया दोमासी राजबंशीले घरमा ब्राउनसुगर लुकाई राखेको छ भन्ने जानकारी गराएकोमा राजबंशीको घर खानतलासी गर्ने क्रममा २०१ ग्राम १९० मिलिग्राम ब्राउन सुगर  प्रहरीले बरामद गरेको थियो । प्रतिवन्धित लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान तथा आवश्यक कानूनि कारवाही भईरहको छ ।  

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-१०-०३

लागुऔषध सहित ९ जना पक्राउ विराटनगर, माघ ३ गते । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ २ गते झापाको दमक नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दमक -२ का २३ बर्षीय सुसन बन्जरालाई लागुऔषध ट्रामोल ५० -२०० क्याप्सुल र स्पास्पेन-२०० ट्याब्लेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५का २५ वर्षिय प्रकाश राजबंशी, ३२ वर्षिय रतन राजबंशी, २१ वर्षिय करण धिमाल र  इलाम एकतप्पा-७ का २१ वर्षिय  आषिश लिम्बुलाई ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी लागु औषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले हिजो धरान-१२ स्थित लेटाङ-२ का २१ वर्षिय निरज मगरलाई १ ग्राम ३ मिलिग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ र इलाका प्रहरी कार्यालय नेमुवाले बुढिगंगा- २ टंकी चौक स्थितबाट २४ वर्षिय मोहमद हकिमको साथबाट निट्राजेपाम-४० चक्की फेला पारी नियन्त्रणमा लिएको हो ।  त्यस्तै इलाका प्रहरी कार्यालय धरानले हिजो गोप्य सुचनाको आधारमा ट्रामाडोल-२५००क्याप्सुल लागु औषध सहित  धरान-१०की २७ बर्षीय मनिका बि.क र ३८ बर्षीया रेनुका लिम्बुलाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-१०-०१

लागुऔषध सहित २ जना पक्राउबिराटनगर, माघ १ गते ।मोरङ र झापाबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २९ गते मोरङको बिराटनगर-१७ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर महानगरपालिका-२ का ४० बर्षीय संजित मण्डललाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध एभिल-९ एम्पुल, लुपिजेसिक-९ एम्पुल डाइजोपाम-९ एम्पुल र फेनारागन-९ एम्पुल फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर महानगरपालिका-१८ स्थितबाट बेबारीसे अबस्थामा रहेको १६ किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय बुधनगरले बरामद गरेको हो साथै कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूह (PIT) विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-७ स्थितबाट अवैध रुपमा ल्याई बेवारिसे अवस्थामा Bone Kart-४२,७५० ट्याब्लेट र Canon १२,००० ट्याब्लेट रु.८,००,०००।– बराबरको औषधीजन्य पदार्थ फेला पारी आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी मोरङमा बुझाएको छ ।त्यसैगरी झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट शिवसतासी नगरपालिका- ८ का ३० वर्षिय आशिक राईको साथबाट २ (दुई) ग्राम लागुऔषध ब्राउन सुगर सहित लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०९-२९

मोरङ र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २८ गते मोरङको बिराटनगर-१५ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुन्दरहरैचा नगरपालिका-७ का २२ बर्षीय विवश राई र २७ बर्षीय निरज चौधरीलाई शंका लागि लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुको साथबाट १ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने बिराटनगर-१६ बाट प्रदेश १-०२-०५२ प ७७१९ नम्बरको स्कुटर चालक बिराटनगर-८ का २७ बर्षीय निर्दोष शिवाकोटी र पछाडि सवार बिराटनगर-६ का २८ बर्षीय आषिश गिरीलाई लुपिजेसिक, डाइजापाम, फेनरागन र एभिल गरि जम्मा २० एम्पुल सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी उदयपुरको बेलका नगरपालिका-७ स्थितबाट बेबारीसे अबस्थामा रहेको ५० किलोग्राम गाँजा अस्थायी प्रहरी पोष्ठ मैनामैनीले बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०९-२८

मोरङ र सुनसरीबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २७ गते मोरङको धनपालथान गाउँपालिका-३ स्थितमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले स्थानीय चन्द्रदेव मण्डलको घर खानतलासी गर्दा उक्त घर कोठाबाट २५ किलोग्राम गाँजा बरामद गरी मण्डललाई नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानले चेकजाँचको क्रममा को. २४ प ३८९२ नम्बरको मोटरसाईकलबाट १६ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २९ बर्षीय विवेक राई र मोटरसाईकल पछाडी सवार धरान-२० का २३ बर्षीय अर्जित लिम्बुलाई नियन्त्रणमा लिएको हो ।  पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०९-२६

झापा र मोरङबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २५ गते झापाको इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-११ स्थितबाट २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-४ का २६ बर्षीय सरुप राई र उनको श्रीमती ३२ बर्षीया आरती मगरलाई नियन्त्रणमा लिएको छ  । त्यसैगरी मोरङको बिराटनगर-१५ का १९ बर्षीय शेर मोहमद र ३५ बर्षीय रामु साहलाई ३ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे-१ का २१ बर्षीय हेरी मगरलाई ट्रमाडोल र स्पासपेन गरी जम्मा २३६ चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट भेडियारीले बिराटनगर- १८ स्थितमा बेबारिसे अवस्थामा रहेको ११ किलोग्राम गाँजा बरामद गरेको छ ।   

लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल सहित २ जना र वेचविखन तथा ओसार पसारमा संलग्न ७ जना जना पक्राउ
२०८१-०९-२६

सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल सहित २ जना र वेचविखन तथा ओसार पसारमा संलग्न ७ जना  जना सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २५ गते धरान-८ स्थितमा डेरा गरी बस्दै आएका हरीनगर गाउँपालिका-४ का ३१ बर्षीय अरसद अन्सारी र हरीनगर-२ का ४५ बर्षीय जियाउल अन्सारीले लागुऔषध बेचबिखन गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले कोठा भित्र रहेको जेब्रा झोलामा लुकाईछिपाई राखेको लागुऔषध ट्रामाडोल ४२ हजार ६ सय क्याप्सुल फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले धरान-१६ का २४ बर्षीय सुमित भुजेललाई ९ सय क्याप्सुल नियन्त्रित औषधी ट्रामाडोल, ट्रामानिल र १ हजार क्यापसुल स्पास्पेन सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी अस्थायी प्रहरी पोष्ट देउरालीले ट्रामोल, स्पास्पेन गरी जम्मा २६३ ट्याब्लेट, डाईजे एभिल १ सेट र नगद ४४ हजार २७५ रुपैया सहित धरान-५ का १८ बर्षीय भुपेन विश्वाकर्मा, २१ बर्षीय साहिल राई, २७ बर्षीय राकेश तामाङ, ४० बर्षीय नबराज राई र धरान- १५ की २७ बर्षीया सोनु राईलाई धरान-५ बाट पक्राउ गरेको छ । त्यस्तै कोशी गाउँपालिका-८ बाट इलाका प्रहरी कार्यालय भण्टाबारले १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर सहित प्र.२-०३-०१५ प ७४१९ नम्बरको मोटरसाईकल चालक सप्तरीका २६ बर्षीय रंजित माझीलाई नियन्त्रणमा लिएको छ ।

लागूऔषध सहित ९ जना पक्राउ
२०८१-०९-२५

झापा र मोरङबाट लागूऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २४ गते मोरङको इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उर्लाबारी नगरपालिका-१ का ३९ बर्षीय अमर मगर, २० बर्षीय निरज सुन्दास, २८ बर्षीय प्रेम प्रसाद खनाल, उर्लाबारी-४ का २९ बर्षीय प्रकाश श्रेष्ठ, मिक्लाजुङ गाउँपालिका-६ का २३ बर्षीय मनिष मगर र २२ बर्षीय सुदिप हुमागाईलाई १ ग्राम ब्राउन सुगर, निषेधित औषधी Spastin १०० क्यापसुल र Tramadol १०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ, भने इलाका प्रहरी कार्यालय हरैचाले ग्रामथान गाउँपालिका-७ का ५६ बर्षीय बबिन्द्र साहलाई ५ सय ३७ ग्राम गाँजा सहित उनकै घरबाट पक्राउ गरेको छ । त्यसै गरी झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापा-६ का २३ बर्षीय समिर तामाङ र २० बर्षीय सनम तामाङलाई  प्रतिवन्धित औषधी १ सय ९५ ट्याब्लेट Tramadol र Spaspain सहित नियन्त्रणमा लिएको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०९-२४

लागुऔषध सहित ५ जना पक्राउविराटनगर, पुस २४ गते ।झापा, सुनसरी, इलाम र धनकुटाबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २३ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ३१ बर्षीय दिल प्रसाद राई र दमक-२ की २९ बर्षीया स्मारिका नेम्बाङलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले धरान-१२ स्थित डेरा गरि बस्दै आएकी २२ बर्षीया सम्झना लिम्बुलाई निषेधित औषधी १८२ चक्की र गाँजा १०० ग्राम सहित पक्राउ गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय भेडेटारले चेकजाँचको क्रममा १६ किलोग्राम गाँजा बोकेको को. ३३ प ९३०७ नम्बरको मोटरसाईकल सहित मोटरसाईकलमा सवार सहिदभुमि गाँउपालिका-७ का ३९ बर्षीय निकेन्द्र राई र उनको श्रीमती ३० बर्षीया निशा राईलाई पक्राउ गरेको छ भने इलामको देउमाई नगरपालिका-३ का ५० बर्षीय रमेश अधिकारीलाई औषधी ९२ चक्की ब्राउन सुगर १ ग्राम ७४० मिलिग्राम सहित इलाका प्रहरी कार्यालय मंगलबारेले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०९-२३

लागुऔषध सहित ४ जना पक्राउ विराटनगर, पुस २३ गते । मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २२ गते मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय रोशन बि.क लाई निषेधित औषधी ट्रमाडोल-३४० चक्की र स्पासपेन-३८० चक्की सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी प्रहरी चौकी तरहरा सुनसरीले इटहरी उप-महानगरपालिका-२० का २१ बर्षीय मनिष खड्का र ३२ बर्षीय दिपेन थापा मगरलाई ट्रामाडोल र स्पासमो ८० चक्की सहित नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी पोष्ट बरगाछी मोरङबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ का १९ वर्षिय अभिषेक मंग्रान्तीलाई ट्रामाडोल-१०० क्यासप्सुल, प्रतिबन्धित औषधी स्पासपेन-२० चक्की  र स्पासमो- ३० चक्की सहित नियन्त्रणमा लिएको छ  । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १४ जना पक्राउ
२०८१-०९-२२

झापा, सुनसरी, उदयपुर र धनकुटाबाट लागुऔषध सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २१ गते सुनसरीको वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-७ स्थितबाट उदयपुर त्रियुगा-१२ का १८ बर्षीय मुकेश गुप्ता, २२ बर्षीय दिपसन राई, १८ बर्षीय पुजन यादव, धरान-१९ का २१ बर्षीय रोहित कार्की र १९ बर्षीय अनुराग राईलाई ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानले धरान-१३ का ४२ बर्षीय कुमार राईलाई  स्पास्मो १५६ क्याप्सुल र Eskuf Cough Syrup २ बोतल सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी उदयपुर त्रियुगा नगरपालिका-११ का  २० बर्षीय अभिषेक कार्की, त्रियुगा-१२ का १९ बर्षीय रिजन राई र त्रियुगा-१० का २३ बर्षीय नरहरि खड्कालाई ३२ ट्याब्लेट ट्रामाडोल र स्पास्मो सहित जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ  भने दमक नगरपालिका -८ झापाका २२ बर्षीय नरेश खड्कालाई स्पास्पेन २९० ट्याब्लेट र ट्रामानिल २९० क्याप्सुल सहित इलाका प्रहरी कार्यालय दमकले र  २१० मिलिग्राम ब्राउन सुगर सहित तेह्रथुम लालिगुराँसका ३२ बर्षीय विकाश श्रेष्ठ र २६ बर्षीय राजिव सम्बहाम्फे प्रहरी चौकी सिधुवा धनकुटाले र धनकुटा हिलेका २५ बर्षीय केवल तामाङ र २८ बर्षीय सुजन तामाङलाई ८० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी धनकुटा हिलेले पक्राउ गरेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०९-२१

लागुऔषध सहित ७ जना पक्राउ विराटनगर, पुस २१ गते । झापा र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २० गते दिउँसो झापाको कमल गाउँपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले १ ग्राम ब्राउन सुगर सहित स्थानीय ३९ बर्षीय धनराज लिम्बु, २६ बर्षीय रोहीत नेम्बाङ, २३ बर्षीय राजेश नेम्बाङ र शिवसताक्षी नगरपालिका-१ का ३३ बर्षीय सुरेश निरौलालाई नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी चारआलीले मेचीनगर नगरपालिका-११ का २३ बर्षीय ईशाक राई र मेचीनगर-१३ का ३० बर्षीय सुनिल नगरकोटी मगरलाई ब्राउन सुगर १ ग्राम ४७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-११ का  २८ बर्षीय बिनोद आचार्यलाई ट्रामाडोल र स्पासमो गरी जम्मा १ हजार ३०४  ट्याव्लेट सहित अस्थायी प्रहरी बिट जोरसखुवाले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०९-१७

मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १६ गते दिउँसो साढे २ बजे उदयपुरको कटारी नगरपालिका-४ स्थितमा लागु औषध बिक्री बितरण भई रहेको छ भन्ने बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा लागुऔषध ट्रामाडोल र स्पास्मो ८ सय ७७ ट्याब्लेट सोही स्थानका ३१ बर्षीय बिनय सुनुवार, ३४ बर्षीय हरि कृष्ण राई, २६ बर्षीय करण लिम्बु, २२ बर्षीय बिशाल तामाङ र २० बर्षीय बिकेश तामाङलाई नियन्त्रणमा लिईएको छ ।  त्यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ बाट बेलबारी नगरपालिका-२ का ३७ बर्षीय सन्तोष पौडेललाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर र नाईट्राजाम २० चक्की सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिईएको छ भने जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरुबाट विराटनगर महानगरपालिका-१८ स्थितमा खटिएको प्रहरी टोलीले को.१ च ९५८२ नम्बरको स्कारपियो गाडीबाट लागुऔषध गाँजा १ सय ५५ किलोग्राम बरामद गरेसगै चालक धरान उप-महानगरपालिका-१२ का २४ बर्षीय राहुल बिश्वकर्मा र गाडीमा सवार धनकुटा सहिदभुमी गाउँपालिका-६ का १९ बर्षीय सुरज राईलाई नियन्त्रणमा लिईएको छ ।  त्यस्तै इलाका प्रहरी कार्यालय दुहबी सुनसरीले गढी गाँउपालिका-२ घर भई हाल दुहबी नगरपालिका-३ स्थित डेरा गरी बस्दै आएका २३ बर्षीय ओम चौधरीलाई १ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा बोकेको सवारी साधन सहित २ जना पक्राउ
२०८१-०९-१३

लागुऔषध गाँजा बोकेको सवारी साधन सहित २ जना पक्राउ सुनसरी, पुस १३ गते । सुनसरीको धरान उप-महानगरपालिका-४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुस १२ गते दिउँसो विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको  ग. २ च ८११७ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको डिकी भित्र  प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा वरामद गरेको हो । गाँजा बरामद भए संगै कार र चालक उदयपुर वेलका नगरपालिका-९ का २३ बर्षीय तिर्थ दर्जी र कारमा सवार बराहक्षेत्र नगरपालिका-१ का ४० बर्षीय कृष्ण बिसुङ्खे समेतलाई नियन्त्रणमा लिइ आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०९-१२

झापा, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ११ गते दिउँसो झापाको बिर्तामोड नगरपालिका-१ बस स्टेण्ड स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले इलाम सुर्योदय नगरपालिका-८ का २८ बर्षीय सुमित श्रेष्ठलाई ६ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित र दमक नगरपालिका-४ का २१ बर्षीय सन्देश राईलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका- ४ बाट इलाका प्रहरी कार्यालय कुमरखोदले पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-२ का २५ बर्षीय अजय कुमार मण्डललाई २७० मिलिग्राम ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले र  बराहक्षेत्र नगरपालिका-२ का २६ बर्षीय बिज्ञान राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल ९१ ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय चतराबाटले नियन्त्रणमा लिएको हो । त्यसै गरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ प ११६२ नम्बरको मोटरसाईकल सहित बेलका-२ का २४ बर्षीय प्रमोद चौधरी र २६ बर्षीय रोशन चौधरीलाई २ किलोग्राम गाँजा सहित नियन्त्रमा लिएको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०९-११

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १० गते दिउँसो झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-२ का ४६ बर्षीय जीत नारायाण श्रेष्ठलाई १ ग्राम २१ मिलिग्राम ब्राउन सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय पकली सुनसरीले ९० मिलिग्राम ब्राउन सुगर सहित इटहरी-१८ का ५९ बर्षीय महिद मिया र उनकै ३० बर्षीय छोरा इब्राम मियालाई पक्राउ गरेको छ भने, अस्थायी प्रहरी चौकी तीनकुनेले  धरान-८ का ३० बर्षीय संजोग तामाङ र २४ बर्षीय रुक्सन पाख्रिनलाई २०६ चक्की ट्रामाडोल र स्पासपेन सहित पक्राउ गरेको हो । यसै गरी मोरङको सुनवर्षी नगरपालिका-६ स्थितमा बेबारिसे अबस्थामा रहेको २५ किलोग्राम लागुऔषध गाँजा प्रहरी चौकी झपडतलले बरामद गरेको हो ।  

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०९-१०

लागुऔषध सहित ६ जना पक्राउविराटनगर, पुस १० गते ।झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ९ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मे ७ प ४३८८ नम्बरको मोटरसाईकलमा सवार दमक-४ का २२ बर्षीय गोपाल श्रेष्ठलाई २ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र मे ३ प ९५३७ न.को मोटरसाईकल चालक शिवसताक्षी-७का २९ वर्षिय भुवन मिश्र र पछाडी सवार ३६ वर्षिय सोमनाथ पौडेललाई ५ ग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा सुनसरी धरान-१५का ३७ बर्षीय अर्जुन राईलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित सहित नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको हरिनगरा गाउँपालिका-७ स्थितमा इलाका प्रहरी कार्यालय देवानगंज सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को १ ह २२६१ नम्बरको अटोमा ४ वटा बोरामा १०७ किलोग्राम गाँजा बरामद भएकोमा उक्त गाँजा,अटो र अटो चालक देवानगंज-२ का २० वर्षिय आलम अन्सारी, सह-चालक ४४ वर्षिय मन्जुल मियालाई नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका मानिस र सवारी साधनको वारेमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०९-०८

मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०७ गते मोरङको धनपालथान गाउँपालिका- ४ स्थित भित्रि सडक खण्डमा लागुऔषध बेचबिखन भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धनपालथान-३ का ३५ बर्षीय दिपेन्द्र मण्डलको साथबाट २५ ग्राम र उनको घर समेत खानतलासी गर्दा ३५ ग्राम १०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी वडा प्रहरी कार्यालय धरानले धरान-१६ स्थितमा रहेको चिया पसलबाट पसल संचालिका धरान-११ की ४२ बर्षीया उषा लिम्बुलाई ट्रामाडोल ६ सय क्याप्सुल र स्पास्पेन ६ सय ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०९-०७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०६ गते बेलुका झापाको मेचीनगर नगरपालिका-६ स्थितमा ४१ बर्षीय रुपेश पाख्रिनले लागुऔषध बिक्रीबितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको ब्राउन सुगर २ ग्राम फेला पारी रुपेश पाख्रिन र बेचबिखनमा संलग्न ३२ बर्षीय डिक बहादुर मगर समेतलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका-२ का २४ बर्षीय रोदन लिम्बुलाई १ ग्राम १ सय मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी ट्रामाडोल- ८३ क्याप्सुल र स्पासपेन-२८ ट्याब्लेट सहित दमक-७ का २० बर्षीय नविन ठटाल भन्ने पदम बहादुर दर्जीलाई पक्राउ गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाँउपालिका-३ का ६० बर्षीय श्याम धिमाल र उनका २९ बर्षीया छोरी दुर्गा धिमाललाई गाँजा ४ किलोग्राम, नेपाली नगद ३ लाख ९ हजार ६४६ रुपैँया सहित नियन्त्रणमा लिएको छ । त्यस्तै गरी सुनसरीको देवानगंज गाउँपालिका-७ स्थित भित्री सडकमा इलाका प्रहरी कार्यालय हरिनगराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले BR 80 AB 7438 नम्बरको मोटरसाईकल चालक देवानगंग-२ का २४ बर्षीय अवास अंसारी र पछाडि सवार २६ बर्षीय रिजुवान अंसारीलाई ३८ किलोग्राम ५२० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८१-०९-०६

लागुऔषध सहित १० जना पक्राउ विराटनगर, पुस ०६ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०५ गते साँझ विशेष सुचानको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २६ बर्षीय महेश राई र २३ बर्षीय मनिस राईलाई निषेधित औषधी ट्रामोल २० हजार क्यासुल सहित नियन्त्रणमा लिएको छ । यसैगरी अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले ट्रामाडोल २०० क्याप्सुल  र स्पास्पेन १९० ट्याब्लेट सहित धरान-१६ का ३२ बर्षीय रुबिन खड्का र २२ वर्षिय साहिल मगरलाई र प्रहरी चौकी भरौलले रामधुनी- ७ का २१ बर्षीय अबिशेक चौधरी र २१ वर्षिय सन्दिप चौधरीलाई ट्रामाडोल- १५८ क्यापसुल, स्पास्पेन- ५८ ट्याव्लेट र स्पासरेस्ट-१०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३६ वर्षिय सुमन जबेगु र बिर्तामोड-५का २८ वर्षिय रोशन श्रेष्ठ, भोजपुर षडानन्द-७ का ३२ वर्षिय विजय जोगी र बिर्तामोड-१ का २३ वर्षिय मनोज तामाङलाई  ४ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८१-०९-०४

सुनसरीको धरान उप-महानगरपालिका-१५ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०४ गते बिहान स्थानीय ३० बर्षीय डिकन राईको घरमा लागुऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बरगाछीबाट  खटिएको प्रहरीको टोलीले उनको घर खानतलासी गर्दा कोठामा लुकाई राखेको नियन्त्रित औषधी ट्रामाडोल र स्पासपेन गरी जम्मा ४ हजार ४ सय क्यासुल, नेपाली रुपैंया २१ हजार ५ सय रुपैया सहित  डिकन राई र २३ बर्षीया सुमित्रा राई समेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।  

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८१-०९-०४

झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ ।  मंसिर ०३ गते सुनसरीको इटहरी उप-महानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्रदेश १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली नगरपालिका-६ का ४३ बर्षीय बलराम सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको थियो । त्यसैगरी दुहबी नगरपालिका- ८ स्थितमा  बागमती प्रदेश ०१-०२७ च ०४८२ नम्बरको कारले पैदल यात्री स्थानीय ४५ बर्षीय गणेश गुप्तालाई ठक्कर दिंदा घाईते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको र झापाको मेचीनगर नगरपालिका-८ स्थित मे. ७ प १२३४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मेचीनगर-६ का ३४ बर्षीय दिवश प्रधानको B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ट्याक्टर चालक दुहवी-१० का २३ बर्षीय अविराम माझी र कार चालक सुन्दरहरैचा-३ का २४ बर्षीय राम नाथ जोगीलाई प्रहरीले नियन्त्रमा लिई आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०९-०३

सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०२ गते दिउँसो लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बरगाछी र अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१५ का हर्क बहादुर तामाङको घर कोठा खानतलासी गर्दा कोठामा लागुऔषध ट्रामाटोल र स्पासपेन गरी जम्मा ४ हजार २ सय ५० क्यासुल फेला पारेको हो ।  उक्त परिमाणको लागुऔषध फेला परेसगै संगै घर धनी तामाङ, उनको ३१ बर्षीया छोरी काजल तामाङ (लिम्बु) र धरान-७ का २२ बर्षीय एलेन राईलाई नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय धरानले ट्रामाटोल र स्पासपेन ६ सय क्यासुल सहित धनकुटा साँगुरीगढी गाउँपालिका-७ का २५ बर्षीय राजकुमार राईलाई र इलाका प्रहरी कार्यालय भाण्टाबारीले सप्तरी कन्चनपुरका ३८ बर्षीय राज कुमार साहलाई स्पास्मो २४ क्याप्सुल, नेपाली रुपैँया ९७ हजार ८ सय सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०९-०३

झापा र मोरङबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०२ गते दिउँसो झापाको झापा गाउँपालिका-४ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेका दमक नगरपालिका-१ का २९ बर्षीय किशोर खवास, २८ बर्षीय सुरज राजबंशी र २८ बर्षीय सुनिल साहलाई १ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५  बाट बेलबारी- १० का आशिष भट्टराई र इटहरी उप-महानगरपालिका-१७ का २८ बर्षीय संजिव दंगाललाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०९-०२

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले बुद्धशान्ती गाउँपालिका-२ का २१ बर्षीय प्रजित तामाङलाई २ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा रंगेली-५ का २७ बर्षीय धिरज कुमार झालाई १० ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित र रंगेली-५ का २१ वर्षिय संजय कुमार मण्डललाई निषेधित औषधी TRAMADOL ५ हजार ३ सय क्याप्सुल, SPASPAIN २ हजार ट्याबलेट, DIYSE- १३ हजार ६ सय ट्याबलेट सहित नियन्त्रणमा लिएको हो ।यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले निषेधित औषधी TRAMADOL-१८८ ट्याव्लेट र SPASPAIN-१८८ ट्याव्लेट सहित उदयपुर चौडन्दि नगरपालिका- ४ का ३२ बर्षीय नरजित राईलाई  नियन्त्रणमा लिएको हो भने अस्थायी प्रहरी चौकी हलगडा र ट्राफिक प्रहरी पोष्ट हलगडा सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पुष १ गते राती ८ बजे चेकजाँचको क्रममा इटहरी उप-महानगरपालिका-४ स्थितमा BR01BU4280 नम्बरको कारको डिक्की भित्र १८ वटा पोकामा ३६ किलो ८ सय ५० ग्राम गाँजा बरामद भएकोमा उक्त गाँजा र गाडीलाई नियन्त्रणमा लिएको छ  । लागुऔषध सहित पक्राउ परेका मानिस र सवारी साधनको वारेमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०८१-०८-३०

मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । मंसिर २९ गते दिउँसो इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलिले बेलबारी नगरपालीका-१ सिसौली चोक स्थितबाट बेलबारी-१० का २२ बर्षीय करण मगरलाई प्रतिबन्धित औषधी ट्रामाडोल-५० क्यापसुल र डाईसी-५० ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने मोरङ सुन्दरहरैँचा नगरपालिका-९ सलकपुरका २४ बर्षीय अभिषेक बस्नेतलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले लागुऔषध खैरो हिरोईन १ ग्राम २० मिलिग्राम सहित विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थितबाट नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८१-०८-२८

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २७ गते राती इलाका प्रहरी कार्यालय देवानगंज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका-१ स्थितबाट स्थानीय २१ बर्षीय अजय कुमार मण्डललाई Gpp नामक प्रतिबन्धित औषधी १५ हजार ट्याबेल्ट फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय धरानको प्रहरी टोलीले औषधी ट्रामाडोल ६९ क्याप्सुल र स्पासरेष्ट ४८ ट्याब्लेट सहित ३५ बर्षीय निपेन श्रेष्ठ र २० बर्षीय देवराज धामीलाई धरान-८ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०८-२७

झापा, मोरङ, पाँचथर र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २५ राती झापाको भद्रपुर नगरपालिका-५ स्थितमा मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पैदल यात्री नुवाकोट बिदुर नगरपालिका-१० का २६ बर्षीय बिकाश घिमिरेलाई लागुऔषध ब्राउन सुगर १४ ग्राम १३० मिलिग्राम र चरेस १ ग्राम ५७० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा नगरपालिका-६ का १९ बर्षीय अरुण मण्डललाई पक्राउ गरेको हो । पाँचथरको फिदिम नगरपालिका-२ स्थितमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम ब्राउन सुगर सहित फिदिमका ३५ बर्षीय चन्द्र तुम्बापो, १७ बर्षीय तिर्थ तुम्बापो, ३५ बर्षीय योगेश थाम्सुहाङ र ३० बर्षीय एल्बिस नेम्वाङलाई नियन्त्रणमा लिएको हो भने सुनसरी धरान-११ का २५ बर्षीय करण मगरलाई नियन्त्रित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०८-२६

झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जना पक्राउ परेका छन । मंसिर २५ गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २६ बर्षीय अजय राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको बिराटनगर-१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा संखुवासभा बाह्रविसेका ३८ बर्षीय जीवन तामाङलाई २० ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१६ का २७ बर्षीय संजीप राईलाई उनको कोठाबाट निषेधित औषधी स्पासपेन र ओपोट्याव समेत गरी २६३० ट्यावलेट सहित र धरान-१५ का २६ बर्षीय आकाश राईलाई ट्रामाडोल ७५ क्यापसुर र स्पासपेन ७५ ट्यावलेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बराहक्षेत्र नगरपालिका-६ का संदिप तामाङ र भोक्राहा नरसिंह-४ का अनिस उरावलाई ट्रामाडोल क्यापसुल ९० पत्ता सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत औषधी सहित १ जना पक्राउ
२०८१-०८-२१

सुनसरीको धरान उप-महनगरपालिका-८ स्थितबाट नियन्त्रीत औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले मंसिर २० गते  साँझ स्थानीय ४४ बर्षीय चक्र बहादुर मोतेलाई नियन्त्रित औषधी स्पासपेन १ हजार ११ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय चिमडि सुनसरीको गस्ति टोलिले मंसिर २० गते साँझ सुनसरी बर्जु गाउँपालिका-६ स्थितबाट बेबारीसे अवस्थामा राखेको को १ ह ९३३३ नम्बरको अटो भित्र प्लास्टिकमा राखेको साढे ३५ किलो लागुऔषध गाँजा बरामद गरेको थियो । पक्राउ परेका मोते र बेबारीसे अटो भित्र फेला परेको गाँजाको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित १० जना पक्राउ
२०८१-०८-२०

सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर १९ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित १०  जनालाई पक्राउ गर्न सफल भएको छ । धरान-२ भानुचोक स्थितबाट धनकुटा सहिदभुमी गाउँपालिका-४ का २६ बर्षीय रम्मिर राई र झापा भद्रपुर नगरपालिका-२ का ३६ बर्षीय दिनेश सुर्खेती(सार्की) लाई २ ग्राम ६ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ भने धरान-८ भोटेपुल स्थितमा डेरा गरी बस्ने २७ बर्षीय चिरन्जिवी राई, २७ बर्षीय असिम राई र २९ बर्षीय मन्जिल राईलाई ६ सय २० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ । यसैगरी धरान-१३ का ४१ बर्षीय रोशन मगर र ३७ बर्षीय प्रकाश राईलाई प्रतिबन्धित औषधी Promethazine-३४ पिस, Buprenorphine-३५, पिस, Diazepam-३५ पिस र Phenergan-३५ पिस सहित नियन्त्रणमा लिईएको छ । यसै गरी अस्थायी प्रहरी चौकी जोरसखुवाले धरान-१६ का १६ बर्षीय बालकलाई ट्रामोल ४० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित र धरान-११ का २३ बर्षीय मन कुमार मगर र १९ बर्षीय रोजन राईलाई ट्रामाडोल ४७ क्याप्सुल र नियन्त्रित औषधी ४७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०८१-०८-२०

इलाम र मोरङको २ स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते राती इलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीको टोलीले चेक जाँचको क्रममा इलाम सुर्योदय नगरपालिका-९ का ४० बर्षीय सपन पौडेललाई ब्राउनसुगर २ सय मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीको टोलीले विराटनगर महानगरपालिका-४ का २१ बर्षिय बिशाल चौधरीलाई प्रतिबन्धित औषधी ANITRACARE- ८ ट्याब्लेट र ४  वटा एम्पुल सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।  

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०८-१९

इलामको सुर्योदय नगरपालिका- ८ स्थितबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २४ बर्षीय हिमाल शाक्य र २४ बर्षीय बिकाश भुजेल रहेका छन् । मंसिर १८ गते दिउँसो प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हिमाल शाक्यको घरको कोठा खानतलासी गर्दा २०० मिलिग्राम ब्राउन सुगर, गाँजा ५० ग्राम, नेपाली रुपैया नगद १५ हजार ८ सय ५० र  भारतीय रुपैँया ३ हजार ८ सय तथा बिभिन्न कम्पनीको ६ थान मोबाईल सहित दुवै जनालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०८-१८

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १७ गते दिउँसो बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका-१ का २२ बर्षीय धिरज गुरुङ, २४ बर्षीय नवराज मगरलाई २ ग्राम ४ मिलिग्राम ब्राउनसुगर सहित र कटहरी गाँउपालिका-१ का २४ बर्षीय आकाश परियार, १५ बर्षीय बालकलाई १ ग्राम २५ मिलिग्राम ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१८ झटियाहि स्थितमा वेवारिसे अवस्थामा रहिको को.२ ह १९६९ नम्बरको अटोमा राखेको ६० किलोग्राम लागुऔषध गाँजा बरामद भएको छ भने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ स्थितबाट प्रहरी चौकी चिरौलीचोक बाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१५ का २१ बर्षीय सनिल राईलाई ५८ किलो ३ सय ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ८ जना प्रहरीको नियन्त्रणमा
२०८१-०८-१६

झापा, मोरङ, सुनसरी र तेह्रथुम जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर १५ गते साँझ झापा मेचिनगर नगरपालिका-१० स्थित आफ्नै घरबाट लागुऔषध बिक्रिबितरण गर्ने ३१ बर्षीय मनु मुर्मुलाई १ ग्राम १५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१० का २७ बर्षीय टाईसन राईलाई १ सय ७७ चक्की र शनिश्चरे-४ का ३५ बर्षीय लक्ष्मण गौतमलाई ६ सय १६ चक्की सहित नियन्त्रणमा लिएको हो । यस्तै  धरान उप-महानगरपालिका-१९ का २५ बर्षीय अर्जुन बराईली, १८ बर्षीय निशान लिम्बु, २४ बर्षीय सुजन लिम्बू र ३१ बर्षीय सुमन राईलाई वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले २ सय २८ क्याप्सुल र १७ ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०४३ प ६८७१ नम्बरको मोटरसाईकलबाट बेबारीसे अवस्थामा बोरामा राखिएको लागु औषध ट्रामाडोल २३ हजार ५ सय ट्याब्लेट फेला पारेको हो । यसैगरी प्रहरी चौकी जिरिखिम्ती तेह्रथुमबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले म्याङ्लुङ नगरपालिका-९ का २५ बर्षीय सम्भु लिम्बुलाई लागु औषध ८० ट्याब्लेट सहित  नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०८-१५

झापा र मोरङबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १४ गते दिउँसो झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले को.१२ प ४५७३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक उदयपुर चौदण्डीगढी नगरपालिका-१ घर भई हाल इटहरी-१९ मा बस्दै आएका २८ बर्षीय जिवन कामीको साथबाट ब्राउन सुगर ३ ग्राम फेला पारी पक्राउ गरेको हो ।त्यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-१ बाट औषधी ट्रमाडोल ९२ चक्की सहित झापा दमक-७ का सिबु लिम्बु र मनिष लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध र गाँजा सहित ४ जना पक्राउ
२०८१-०८-१३

झापा, मोरङ र  सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १२ गते लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट शिवसताक्षी नगरपालिका-८ का २१ बर्षीय संजय राईलाई ३ ग्राम २ सय ८० मिलिग्राम ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले इलाम चुलाचुलीका २८ बर्षीय उपेन्द्र बान्तवालाई दमक नगरपालिका-८ स्थितबाट २ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी मोरङको जहदा गाउँपालिका-१ कि ५० बर्षीया मिरादेवि बैठालाई घरमा लुकाई छिपाइ राखेको १५ केजी लागुऔषध गाँजा सहित इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ भने  इलाका प्रहरी कार्यालय चतारा सुनसरीले बराहक्षेत्र नगरपालिका-२ स्थितबाट ट्रामाडोल -४४ पिस क्यापसुल सहित उदयपुर बेलका नगरपालिका-२ का २३ बर्षीय हेमराज न्यौपानेलाई नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०८-१२

झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ११ गते दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधी ३४ एम्पुल सहित बिराटनगर-१५ का २१ बर्षीय सेफ्ला अन्सारी, सुन्दरहरैचा-५ का २४ बर्षीय बिशाल शाक्य र सुनसरी धरानका २९ बर्षीय कमल मियालाई पक्राउ गरेको छ । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ का ४८ बर्षीय रविन तामाङलाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले तुम्वेवा गाउँपालिका-३ का १९ बर्षीय विवश सम्वाहाम्फे र फिदिम-१ का १८ बर्षीय क्षितिज बराईलीलाई ट्रामाडोल ‍१६ क्याप्सुल र गाँजा १०० ग्राम सहित फिदिम नगरपालिका-१ बाट पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको दुहबी नगरपालिका-११ स्थितमा इलाका प्रहरी कार्यालय दुहवी र अस्थायी प्रहरी चौकी तनुमनाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थमा रहेको को. २६ प ६४८४ नम्बरको मोटरसाईकलमा रहेको काटुनमा ३९ किलोग्राम २३ ग्राम गाँजा बरामद गरेको छ ।

लागुऔषध गाँजा बोकेको सवारी साधन नियन्त्रणमा
२०८१-०८-११

सुनसरीको इटहरी उप-महानगरपालिका-२० पानीपिया जंगल स्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । मंसिर ११ गते साँझ साढे ७ बजे बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले चेक जाँचको क्रममा इटहरी-२० पानीपिया जंगल स्थित सडक साईडमा रोकी राखेको को. १ च ७६८९ नम्वरको स्कारपियो गाडी भित्र तयारी गाँजा ३ सय ९ किलोग्राम (बोरा र प्लास्टिक) सहित बरामद गरेको हो । उक्त स्कारपियो र  गाँजा प्रहरीले नियन्त्रणमा लिई सवारी चालकको खोजतलास गरीरहेको छ भने इलाका प्रहरी कार्यालय इटहरीबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०८-११

झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १० गते बिशेष सुचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३८ बर्षीय संदेश बस्नेतलाई उनकै घरबाट ट्रामाडोल ४ हजार ९ सय ३० क्याप्सुल, स्पास्पेन ५ हजार २६ क्यापसुल डिकोलिक ४ सय २० क्याप्सुल सहित पक्राउ गरेको छ भने प्रहरी चौकी कुन्जिबारीको गस्ती टोलीले गौरीगंज गाउँपालिका-१ का २१ बर्षीय उत्तम राजबंशी, १९ बर्षीय गोबिन्द राजबंशी र किरण कोच समेतलाई ९०० मिलिग्राम ब्राउन सुगर, नाईट्राक्रस ८० ट्याव्लेट सहित नियन्त्रणमा लिएको छ । यसै गरी सोही दिन सुनसरीको बराहक्षेत्र नगरपालिका-७ का १८ बर्षीय सुजन तामाङ, १८ बर्षीय पर्वत तामाङ र मोरङ बेलबारी-१ का १८ बर्षीय सारुहाङ राईलाई ट्रामाडोल ९५ क्याप्सुल र स्पास्पेन ९५ क्याप्सुल सहित अस्थायी प्रहरी चौकी बाङ्गेले र   बेलबारी-२ का २० बर्षीय राकेश लिम्वुलाई बिराटनगर बसपार्कबाट ७९ वटा एम्पुल (फेनारगन, एभिल, डाईजेपाम) सहित सहित वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ ।

गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८१-०८-०८

गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्टबिराटनगर, मंसिर ०८ गते ।धनकुटा र उदयपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार मंसिर ७ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार, पाख्रीवास , प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिका र पाख्रीवास नगरपालिकाको बिभिन्न एरिया इलाकाहरुका ६६ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ५६ हजार ५० गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।यसै गरी उदयपुरको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढी गाउँपालिका-१ बिभिन्न एरिया इलाकाहरुको पाखा बारीमा लगाएको ७ हजार ८ सय ९५ गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८१-०८-०४

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर ३ गते साँझ पाचँथरको फालेलुङ गाउँपालिका-६ का २४ बर्षीय बसन्त राईलाई ८ ग्राम लागुऔषध ब्राउनसुगर सहित झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट नियन्त्रणमा लिएको हो भने मे. ९ प. ९०३७ नम्बरको मोटरसाईकलका चालक झापा गाउँपलिका-५ का २६ बर्षीय देबेन्द्र चौधरी र मोटरसाईकल पछाडी सवार बिर्तामोड नगरपालिका-५ का ३५ बर्षीय सुरेश श्रेष्ठलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तिनैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट थप अनुसन्धान भई रहेको छ ।        

प्रतिवन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०८-०३

झापा र सुनसरीको बिभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ बर्षीय विनायक थुलुङलाई ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी  सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका रामधुनी नगरपालिका-१ का २० बर्षीय विवेक यादवलाई निषेधित औषधी ट्रामानिल २४० क्यापसुल र निट्राजेपाम २०ट्यावलेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-६ का१९ बर्षीय मो. दावुतलाई ट्रामाडोल १२० क्यापसुल र स्पास्पेन १२० ट्यावलेट सहित र इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका-२ का २१ बर्षीय समिर राईलाई ५० ग्राम गाँजा र ट्रामाडोल १६ क्यापसुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०८-०१

प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ विराटनगर, मंसिर १ गते । मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङ, मोरङबाट खटिएको प्रहरीको टोलीले कात्तिक ३० गते लेटाङ नगरपालिका-३ मिलन चोक स्थितबाट लेटाङ नगरपालिका-३ का २१ बर्षीय श्याम लिम्बुलाई  ५ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी प्रहरी चौकी बाङगे, सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बिष्टिनि चोक स्थितबाट बराहक्षेत्र नगरपालिका-७ का २४ बर्षीय बिबेक राई र बराहक्षेत्र नगरपालिका-१ का २३ बर्षीय अभिषेक भुजेल को साथबाट प्रतिवन्धित लागु औषध ट्रामाडोल- ७२ क्यापसुल र  डिकोलिक- ८१० ट्याव्लेट फेलापारी नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तिनैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

अवैध गाँजा खेती फडानी गरी नष्ट
२०८१-०८-०१

अवैध गाँजा खेती फडानी गरी नष्टबिराटनगर, मंसिर १ गते ।धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ३० गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार,प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुका साढे ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरुको करिव २२ रोपनी पाखा बारीमा लगाएको १६ हजार ५ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०७-२९

झापा, उदयपुर र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले कात्तिक २८ गते साँझ झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल स्थितबाट शिवसताक्षी नगरपालिका-११ का २२ बर्षीय रोशन दंगाललाई ४ ग्राम ५ सय ३० मिलिग्राम सहित पक्राउ गरेको हो भने ईलाम फाकफोकथुम गाँउपालिका-१ ठिङ्गेपुरका २७ वर्षिय  बिशाल मगर १ ग्राम ७ सय ६० मिलिग्राम सहित पक्राउ परेका हुन् । यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट कात्तिक २८ गते साँझ चेकजाँचमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ स्थितबाट ज.९प ३८०२ नम्बरको मोटरसाईकलका चालक त्रियुगा- ४ बगाहाका २४ बर्षीय सागर मगर र मोटरसाईकल पछाडी सवार २२ बर्षीय सौगात राईको साथबाट प्रतिवन्धित लागु औषध १५ एम्पुल फेलापारी नियन्त्रणमा लिएको हो । यसका साथै इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको प्रहरी टोलीले कात्तिक २८ गते बेलुकी इटहरी उपमहानगरपालिका-५ का २७ बर्षीय बिष्णु चौधरीलाई १ ग्राम ६ मिलीग्राम लागुऔषध ब्राउन सुगर  सहित नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०७-२८

झापा र मोरङबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटएको प्रहरी टोलीले चेक जाँचको क्रममा तनहुँ व्यास नगरपालिका-१० का २८ बर्षीय उत्सव पौडेल, काठमाण्डौ टोखा नगरपालिका-३ का ४० बर्षीय अर्जुन राज पाण्डेलाई ८ ग्राम ६१० मिलिग्राम र रौतहट गरुडा नगरपालिका-५ का २१ बर्षीय  रमोध राय यादवलाई ८ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१५ स्थितबाट सुनसरी धरान-१४ का २४ बर्षीय सुशिल भुजेललाई निषेधि औषधी लुपिजेसिक, एभिल र डाइजेपाम समेत गरी १५६ एम्पुल सहित नियन्त्रणमा लिएको छ । यसै गरी बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कटहरी गाउँपालिका-१ का ४१ बर्षीय गोपाल कुमार राजबंशीलाई ५ किलोग्रा गाँजा सहित र बिराटनगर-४का ६२ बर्षीय सहरुद्दिन मियाँलाई ३ किलोग्राम गाँजा सहित उनिहरुको घरबाटै पक्राउ गरेको छ ।लागुऔषध ब्राउन सुगर, निषेधित औषधी र गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ
२०८१-०७-२६

नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जना पक्राउसुनसरी, २०८१ कार्तिक २६ गते ।सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ । हिजो राती सँवा ११ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बु, २३ बर्षीया सृजना राई र २५ बर्षीया निशा श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामानिल २ सय क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन २ सय ट्याब्लेट सहित पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्रअयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरि बस्ने २३ बर्षीय अंकित कुमार सिंह, धरान ८ का २० बर्षीय साइमन राई र २३ बर्षीय सागर श्रेष्ठलाई ट्रामानिल ९ हजार ३ सय क्यापसुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेट सहित पक्राउ गरिएको थियो । पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०७-२६

ब्राउन सुगर सहित ५ जना पक्राउ विराटनगर, २०८१ कार्तिक २६ गते । मोरङ र सुनसरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ मटेर्वाबाट विराटनगर ११ पिचरा बस्ने ३७ बर्षीय राजेन्द्र पोखरेल र  विराटनगर १० तिनटोलिया बस्ने बर्ष ४२ का कुशल थापालाई ब्राउन सुगर ५९० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसै गरी हिजो बेलुका साँढे ५ बजे लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ हुलास चौकबाट ब्राउन सुगर ३ ग्राम ६४ मिलिग्राम  सहित सुन्दरहरैचा नगरपालिका ६ का ३२ बर्षीय युवराज खड्कालाई पक्राउ गरिएको थियो । यसै गरी हिजै राती सँवा ८ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका ३ स्थितबाट धरान १५ बस्ने २४ बर्षीय राम श्रेष्ठ र धरान १६ बस्ने २२ बर्षीया मेलिना राईलाई ब्राउन सगुर ५२० मिलिग्राम सहित पक्राउ गरिएको छ । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०७-१७

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ विराटनगर, कार्तिक १७ गते । झापा, सुनसरी,उदयपुर र संखुवासभाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा शिवसताक्षी नगरपालिका- ८  का ३८ वर्षिय छबिलाल गुरुङलाई २ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित र वर्डा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१० पुष्पलाल टोलका ३० बर्षीय केराज चाम्लिङ राईलाई निषेधित औषधी ट्रामोल- ६५० क्याप्सुल, ट्रामानिल- ४८० क्याप्सुल, स्पास्पेन- ११४१ चक्की, डिकोलिक- ८ ट्याब्लेट र स्पास्रेस्ट- ३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले चेकजाँचको क्रममा  ना १ ज ६८४९ नम्बरको वीङगरमा सवार त्रियुगा नगरपालिका-६ का ३० बर्षीय राजु सदालाई निषेधित औषधी बुप्रिनोर्फिन- ३ एम्पुल, डाइजेपाम- ३ एम्पुल, फेनार्गन-३ , एस्पामो प्रोक्जिभोन- ८ ट्याबलेट र नाईट्राजेपाम- १० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ । यसै गरी प्रहरी चौकी केवाबेसी संखुवासभाको टोलीले चेकजाँचको क्रममा धनकुटा देखी खादबारी तर्फ आउदै गरेको प्र.१-०२-००१ज ४५२५ नंम्बरको EV गाडीमा सवार संखुवासभा चैनपुर नगरपालिका- ९  का २४ वर्षिय सरोज खत्रीलाई TRAMOL50- ९ पिस र SPASPAIN- १० पिस सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
२०८१-०७-१६

सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन्। कात्तिक १५ गते साँझ वडा प्रहरी कार्यालय धरानबाट खटीएको प्रहरी टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाईकलमा सवार मोरङ केराबारी गाउँपालिका-५ का १८ बर्षीय आकास लिम्बुको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी अस्थाई प्रहरी पोष्ठ कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते दिउँसो बेलका नगरपालिका-८ हात्तिसुडे स्थितबाट २५ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रतिबन्धित लागुऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०७-१२

मोरङको बिराटनगर-१५ स्थितबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले प्रतिवन्धित लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । कार्तिक ११ गते दिउँसो चेकजाँचको क्रममा संखुवासभाको चैनपुर-१ का २० बर्षीय सन्तोष शेर्पालाई १ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर र नाईट्राजेपाम १० ट्याबलेट सहित पक्राउ गरेको हो । यसै गरी प्रहरी चौकी रामनगरभुटाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले हरिनगर-१ का २२ बर्षीय फारुक हजामलाई नाईट्राजेपाम १९४ ट्याब्लेट र स्पास १० ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानुनि कारवाही भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८१-०७-१२

सुनसरीको धरान उप-महानगरपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन । कार्तिक ११ गते प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा को.३२ प १७५० नम्बरको मोटरसाईकलमा प्लाष्टिकको बोरामा प्याक गरी बोकेको अवस्थामा २० किलोग्राम  गाँजा बरामद गरेको  हो ।  गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न मोटरसाईकल चालक धनकुटा सागुरगढी-१ का ३२ बर्षीय बुद्धराज लिम्बु र पछाडि सवार  ३० बर्षीय महा प्रसाद लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

Dog Sniffing को क्रममा नियन्त्रित औषधी सहित १ जना पक्राउ
२०८१-०७-११

सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितमा Dog Sniffing को क्रममा नियन्त्रित औषधी सहित १ जना पक्राउ परेका छन । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तरगत चाड पर्व लक्षित सुरक्षा योजना अनुसार कार्तिक १० गते  परिचालन भएको प्रहरी कुकुर सहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा धरानबाट उदयपुर जादै गरेको को. १ख ५४४० नम्बरको बसमा सवार रहेका उदयुर त्रियुगा नगरपालिका-१० का २५ बर्षीय  संजय राना मगरलाई  नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्की सहित पक्राउ गरेको छ । लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ ।

प्रतिबन्धित लागुऔषध सहित १२ जना पक्राउ
२०८१-०७-११

झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १० गते झापाको  मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङग उर्लाबारी-३ का २१ अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डाँगीहाट मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी-१० भाउन्ने का १७ बर्षीय आर्यन धिमाल र २० बर्षीय दिपेश राई लाई निषेधित ट्रामाडोल ५०० क्यापसुल र डिकोलिक ५०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले त्रियुगा नगरपालिका-३ का २० बर्षीय केवल चौधरीलाई  निषेधित एम्पुल १८ वटा, ६० ट्याबलेट नाईट्रोभेट सहित नियन्त्रणमा लिएको छ ।  यसै गरी इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेकजाँचको क्रममा ईटहरी-६ का बर्ष ३६ को कृष्ण प्रसाद प्रसाई र ३३ बर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगर सहित, भोक्राहा नरसिंह-४ का २२ बर्षीय रोस्तम अन्सारी र २२ बर्षीय ईम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी-१६ का २० बर्षीय अमन चौधरी र इटहरी-१७ का २० बर्षीय रजिंत चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सहित र इनरुवा नगरपालिका-५ का २५ प्रेम कुमार खंग र इनरुवा-३ का २८ बर्षीय शंकर कुमार देवलाई २ ग्राम ५०० मिलिग्राम  ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

नियन्त्रित औषधी ४ जना पक्राउ
२०८१-०७-०९

मोरङ, सुनसरी र पाँचथरबाट नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते सुनसरीको धरान उप-महानगरपालिका-५ स्थितमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३० बर्षीय सुबास राई र १८ बर्षीय सुदिप कार्कीलाई ट्रामानिल १ हजार ८ सय ८० क्याप्सुल र स्पारेस्ट १ हजार ७ सय ५० ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-१३ का ३६ बर्षीय अर्जुन कुमार बर्देवालाई ट्रामाडोल १ सय १७ ट्याब्लेट सहित र इलाका प्रहरी कार्यालय रानीले नाईट्राभेट ३६ चक्की सहित बिराटनगर-५ का २२ बर्षीय दिपेश शर्मालाई पक्राउ गरेको छ । नियन्त्रित औषधी सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०७-०९

झापा, मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ८ गते सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत बिहारका २५ बर्षीय कौशल अली र कोशी गाउँपालिका-५ का २१ बर्षीय अरबाज आलमलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाको प्रहरी टोलीले भद्रपुर-८ का २२ बर्षीय सुमित रोय र भद्रपुर-६ का २४ बर्षीय अभियान साहलाई १ ग्राम ३४ मिलिग्राम ब्राउन सुगर सहित र मोरङ कटहरी गाउँपालिका-४ का २० बर्षीय सुसान बस्नेतलाई ७ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८१-०७-०८

नियन्त्रित औषधी सहित २ जना पक्राउउदयपुर, कार्तिक ०८ गते ।उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ७ गते राती प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गरेको प्र.१-०५-००१ ह ०१५३ नम्बरको अटोमा लुकाई छिपाई राखेको अवस्थामा डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ५६ एम्पुल नियन्त्रित औषधी  बरामद गरेको हो । नियन्त्रित औषधी सहित पक्राउ परेका अटो चालक त्रियुगा-३ का ४४ बर्षीय राजेश श्रेष्ठ र अटोमा सवार त्रियुगा-११ का २६ बर्षीय धिरज खड्काको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०७-०६

प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ विराटनगर, कार्तिक ०६ गते । सुनसरी र मोरङको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ५ गते दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चताराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर हतुवागढी-७ का २३ बर्षीय समुथल राई र १८ बर्षीय विश्वहाङलाई १०० मिलीग्राम खैरो हिरोईन सहित नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंजको प्रहरी टोलीले बर्जु गाउँपालिका-२ स्थितबाट २९ किलोग्राम ४५५ ग्राम गाँजा सहित धरान उप-महानगरपालिका-१७ का २९ बर्षीय सपन राईलाई नियन्त्रणमा लिएको छ भने अस्थायी प्रहरी चौकी देउराली सुनसरीले धरान-१४ का ३० बर्षीय महेश कुमार तामाङलाई ट्रामाडोल ४ सय चक्की र स्पारेट- ४ सय चक्की सहित नियन्त्रणमा लिएको हो । यसै गरी इलाका प्रहरी कार्यालय दुहबीले ईटहरी उप-महानगरपालिका-४ का ३८ बर्षीय हेमनारायण यादव र ईटहरी-३ का २९ बर्षीय विजय लिम्बुलाई लागू औषध SPASMO PROXYVON १२० चक्की र १६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ का १८ बर्षीय अभिषेक मण्डललाई ६ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८१-०७-०५

मोरङ र उदयपुरबाट लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ४ गते अपरान्ह मोरङको रतुवामाई नगरपालिका-२ स्थितमा इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  झापा कमल गाउँपालिका-५ का ४० बर्षीय संजय लिम्बु, दमकका २३ बर्षीय राजिब भुजेल, २३ बर्षीय अर्जुन लिम्बु, मोरङ पथरीशनिस्चरे- ५ का ३१ बर्षीय डेबिड खड्का र ३५ बर्षीय हेम बहादुर लिम्बुलाई ५ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-९ बाट सुनसरी भोक्राहा गाउँपालिका-३ का २४ बर्षीय राजारोहित यादव र २१ बर्षीय अनिस  शर्मालाई १ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित औषधी सहित ७ जना पक्राउ
२०८१-०७-०५

सुनसरी, भोजपुरबाट नियन्त्रित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा कार्तिक ४ गते राती वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रित औषधी ट्रामाडोल ९ सय ५० क्याप्सुल, स्पास्पेन १ हजार ३ सय ५० चक्की र डिकोलिक ७० चक्की सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान-१५ का २२ बर्षीय गौरव चौहान, २० बर्षीया स्मृती राई, १८ बर्षीय सुजल सुन्दास, २२ बर्षीय युगल राई, धरान-१७ का १९ बर्षीय बिशेष राई र खोटाङ घर भई धनकुटा बस्दै आएकी २४ बर्षीय निरु राई रहेका छन् ।  त्यसैगरी भोजपुरको हतुवागढी गाउँपालिका-१ बाट डिकोलिक ५० र ट्रामानिल ५० चक्की सहित धरान-१६ का २४ बर्षीय रोहन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय घोडेटारले पक्राउ गरेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०७-०४

प्रतिबन्धित लागुऔषध सहित ९ जना पक्राउ विराटनगर, कात्तिक ०४ गते । सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ९ जनालई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको इनरुवा नगरपालिका-६ हलेशी चौक स्थित हरिनगर गाउँपालिका-४ का २३ बर्षीय दिनेश रामलाई प्रतिबन्धित लागुऔषध ट्रामाडोल १२ हजार २०० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरीको धरान उप-महानगर-१७ शान्ति टोल स्थित आफ्नै घरबाट लागुऔषध बिक्री बितरण गर्ने २९ बर्षीया सोफिया तामाङ र धरान-१४ का ४२ बर्षीय कमल कार्कीलाई अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले ५६० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित कात्तिक ३ गते साँझ नियन्त्रणमा लिएको हो भने कात्तिक ३ गते राती धरान -८ भोटेपुल स्थितबाट ४० बर्षीय विनोद राईको घरमा ५६ बर्षीय राजेश क्षेत्री र २६ बर्षीय रोहित विश्वकर्मालाई वडा प्रहरी कार्यलय धरानको प्रहरी टोलीले ५ सय ७० मिलिग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय अनारमनीको पिकेट टोलीले कात्तिक ३ गते अपरान्ह शंकास्पद अवस्थामा हिडीरहेका अर्जुनधारा नगरपालिका -११ का १९ बर्षीय उमेश चौधरी  र पाँचथरका  १९ बर्षीय बिवस मगरको साथबाट लागुऔषध ट्रामाडोल ९० ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको हो । यसका साथै लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले कात्तिक ३ गते राती साढे ९ बजे मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट काभ्रेपलान्चोकका २६ बर्षीय होम कुमार मैनालीलाई १३ ग्राम लागऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०७-०३

मोरङ, झापा र उदयपुरबाट लागुऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । कार्तिक २ गते दिउँसो मोरङको उर्लाबारी नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन २ हजार १०  क्याप्सुल  सहित उर्लाबारी-६ का ३० बर्षीय प्रकाश बि.क. र ५१ बर्षीय काजीमान सार्कीलाई पक्राउ गरेको छ ।त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-१२ का २० बर्षीय रुपन लिम्बु, २८ बर्षीय असिम राई, ३६ बर्षीय संजिव थापा र त्रियुगा नगरपालिका-१३ का ३५ बर्षीय मलिन थापालाई  प्रतिबन्धित औषधी स्पास्मो ५० क्याप्सुल र १५० ग्राम गाँजा सहित पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा हल्दिबारी गाउँपालिका-२का २५ बर्षीय बिष्णु राजवंशीलाई १ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८१-०७-०२

झापा, सुनसरी, भोजपुर र धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ । कार्तिक १ गते दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न सप्तरी राजवीराजका १९ बर्षीय रोहित कुमार मण्डल, ईटहरीका ३६ बर्षीय अग्रदिप चौधरी र ३० बर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । त्यसैगरी प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका-१ बाट पैदल यात्री स्थानीय २५ बर्षीय फुर्वा तामाङ, २७ बर्षीय छितेन तामाङ, २७ बर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका-९ का २८ बर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । भोजपुरको अरुण गाउँपालिका-६ जरायोटार स्थितमा बा. ३ ख २५४९ नम्बरको बसलाई प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का २५ बर्षीय अमुल राईलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाको प्रहरी टोलीले दमक नगरपालिका-५ का ३५ बर्षीय रुपेन्द्र भण्डारी र ३४ बर्षीय नारायण बहादुर बस्नेतलाई २ ग्राम ब्राउन सुगर सहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।      

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८१-०६-२२

झापाको मेचीनगर नगरपालिका-६ स्थित पु मेचीपुलमा लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २१ गते लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका धनुषाको मिथिला नगरपालिका-९ का २८ बर्षीय श्याम बहादुर लोप्चनलाई ३५ ग्राम  ब्राउनसुगर सहित र बुद्धशान्ति गाउँपालिका-३ का ३३ बर्ष बर्षीय रोजन राजवंशीलाई १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर  सहित नियन्त्रणमा लिएको छ । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

निषेधित औषधी सहित ३ जना पक्राउ
२०८१-०६-२१

सुनसरीको धरान उपमहानगरपालिका-९ र ११ स्थितबाट ठुलो परिमाणमा निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २० गते बेलुकी ६ बजे लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट  खटिएको प्रहरी टोलीले धरान-९ स्थितमा डेरा गरी बस्दै आएका धर्मदेवी नगरपालिका-८ संखुवासभाका ३१ बर्षीय सुरज गुरुङको डेरा कोठा खानतलासी गर्दा दुई ओटा जेब्रा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामानिल ७ हजार ८ सय ६० क्यापसुल र स्पास्मो ८ हजार ४ सय ३० चक्की बरामद गरेको हो भने अस्थायी प्रहरी विट जोरसखुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-११ का २९ बर्षीय देवराज भुजेललाई ट्रामानिल १ हजार १ सय ९० क्याप्सुल र स्पासरेष्ट १ हजार  क्याप्सुल सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङ कानेपोखरी-६ का १९ बर्षीय अर्जुन सुन्दासलाई निट्राजेपाम ४० चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०६-२०

मोरङको रतुवामाई नगरपालिका-१ र २ बाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १९ गते अपरान्ह इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले रतुमामाई-२ स्थितबाट को.२०प ८४८२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक मोरङ सुनवर्षी-२ का १९ बर्षीय उमेश परियार र पछाडी सवार रतुवामाई-८ का २६ बर्षीय बसन्त राईलाई ब्राउन सुगर ७ ग्राम ८१० मिलिग्राम सहित र रतुवामाइ-१ स्थितबाट झापा शिबसताक्षी-८ का २२ बर्षीय बिवस लिम्बुलाई प्रतिबन्धित औषधी BIOSPAS‍, NITRAZEPAM र TRAMNIL गरी जम्मा २२९ ट्याब्लेट सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८१-०६-१९

पाँचथर, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १८ गते दिउँसो जिल्ला प्रहरी कार्यलय उदयपुर र प्रहरी कार्यलय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बेलका नगरपालिका-४ का २४ बर्षीय दुर्गा प्रसाद घिमिरे, ३० बर्षीय नबिन राई र ३० बर्षीय मान बहादुर माझीलाई ६० मिलिग्राम ग्राम ब्राउन सुगर, ट्रामाडोल १० चक्की र डिफोमिन ८ चक्कि सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम नगरपालिका-४ का २४ बर्षीय अबिन सुजी, २३ बर्षीय पुरन खत्री, १९ बर्षीया सुस्मा लिम्बु, फालेलुङ गाउँपालिका-४ का २३ बर्षीय जोसिफ राई र याङवारक गाउँपालिका-१ का २८ बर्षीय सरोज लावती समेतलाई १ ग्राम ब्राउन सुगर, ट्रामाडोल ४० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी तीनकुनेको प्रहरी टोलीले धरान-८ स्थितबाट  खोटाङ साकेला गाउँपालिका- ४ का २६ बर्षीय प्रकाश खड्का र  हलेसी तुवाचुङ नगरपालिका- ३ का २३ बर्षीय किसिम राईलाई ट्रामाडोल १ सय ७० क्याप्सुल र डिकोलिक १ सय ७० ट्यावलेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागु औषध सहित ६ जना पक्राउ
२०८१-०६-१६

प्रतिबन्धित लागु औषध सहित ६ जना पक्राउ विराटनगर, असोज १६ गते । मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका-४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले  Nitrazepam Tablet -१०० चक्की सहित नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२-०३-००१ज ०११४ को विङगरलाई चेकजाँच गर्दा गाडीमा सवार त्रियुगा नगरपालिका-१० का २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राईको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको छ । यसै गरी बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रामधुनिबाट खटिएको प्रहरी टोलीले रामधुनी-५ का २६ बर्षीय राज भुजेल, ईटहरी -१८ का २५ बर्षीय संदिप राई र बराहक्षेत्र -६ का २९ बर्षीय सन्देश राई समेतलाई स्पासरेस्ट-३०७ क्याप्सुल, ट्रामाडोल-३८ क्याप्सुल, डिकोलिक-१३ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०६-०९

झापा र उदयपुरबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो वेलुका झापाको झापा गाउँपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका झापा गाउँपालिका-५ का ४२ बर्षीय तेहेरुदिन शेखलालई २८ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी उदयपुरको कटारी नगरपालिका-७ स्थितमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ताप्ली गाउँपालिका-१ का ३० बर्षीय सरोज राई र २८ को दल बहादुर राईलाई १२ किलो ग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०६-०६

लागुऔषध सहित ९ जना पक्राउ बिराटनगर, असोज ६ गते । झापा र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ५ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका-६ का २८ बर्षीय अनिल प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित र  भद्रपुर नगरापालिका-९ का ३१ वर्षिय सरेन किश्कु, मेचिनगर-१४ का २९ वर्षिय रबिन ढोली, कमल गाउँपालिका-२ का २४ वर्षिय साहिल दर्नाल, भद्रपुर-९ का २९ वर्षिय सामेल मगरलाई ४१० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी घोडामाराले पक्राउ गरेको छ । त्यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय लौक‍हीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-१ स्थितबाट को. ६ प ३०६७ नम्बरको मोटरसाईकलमा सवार रहेका ईटहरी उप-महानगरपालिका-१७ का २४ बर्षीय समिम मिया र रामधुनी नगरपालिका-३ का २८ वर्षिय अमित चौधरीलाई ५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने  इलाका प्रहरी कार्यालय लौक‍ही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका-५ का ३० वर्षिय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका-१० का २९ वर्षिय बिकास अधिकारीलाई २१ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर सहित  नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८१-०६-०५

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ४ गते साँझ झापाको मेचिनगर नगरपालिका-४ स्थितमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध बेचबिखन तथा ओसार पसारमा संलग्न रहेका भारत दार्जिलिङका १९ बर्षिय सरोज माझी र शिवसताक्षी नगरपालिका-१ का २३ बर्षिय बिशाल खड्का र काठमाण्डौ महानगरपालिका-५ का २५ बर्षिय गणेश थापा समेतलाई ५५ ग्राम ब्राउन सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी नगरपालिका-२ का २० बर्षीय सौगात थापा, २१ बर्षीय सागर खत्री, २३ बर्षीय सुरज राई र सुन्दरहरैचा- ११ का २० बर्षीय पुकार विश्वाकर्मालाई ट्रमाडोल, डिकोलिक, ओबिन, लाईसिटोन र स्पाज्मिड समेत गरी ७०७ ट्याब्लेट निषेधित औषधी सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले २० बर्षीय आकाश साहलाई ट्रामाडोल ४ हजार ८ यस ट्याब्लेट सहित पक्राउ गरेको छ । सोही दिन इलाका प्रहरी कार्यालय कटरी उदयपुरको प्रहरी टोलीले कटारी नगरपालिका-८ का दल बहादुर आले मगर र  सुमन आले मगरलाई १० किलोग्राम ९६० ग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०६-०४

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ३ जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । भदौ ३ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ का २० बर्षीय विपिन माझीलाई १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने दमक नगरपालिका-८ का २३ बर्षीय अभिषेक बिश्वकर्मालाई ट्रामाडोल ६७ र डिकोलीक ६७ ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय दमकले र  मोरङको बेलबारी नगरपालिका-८ का २२ बर्षीय साहिल लिम्बुलाई ८० ट्याब्लेट ट्रमाडोल र नाईट्रोसन सहित प्रहरी चौकी डाँगीहाटले पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले रामधुनी नगरपालिका-६ स्थित सडक किनारमा रहेको झाडीमा बेवारिसे अवस्थामा रहेको निषेधित औषधी ट्रामाडोल १४ हजार ८ सय ट्याब्लेट नियन्त्रणमा लिएको छ  ।  

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०६-०३

झापा, मोरङ, सुनसरी र पाँचथरबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २ गते साँझ  सुनसरीको धरान-८ स्थितमा प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा काँकरभिट्टाबाट धरान आउनदै गरेको बा.५ ख ५८१० नम्बरको बसमा झोलामा लुकाई छिपाई राखेको अवस्थामा निषेधित औषधी ट्रामाडोल ८ हजार ९ सय ८० क्याप्सुल बरामद गरेको हो ।  त्यसैगरी बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ-३ का २३ बर्षीय सुरज लिम्बु, २६ बर्षीय किरण मगर, २३ बर्षीय टिकाराम पङगी मगर,  २३ बर्षीय युगल मगर, ६४ बर्षीय मिलन मंगलसिंह लिम्बु र २२ बर्षीय समिर राईलाई नियन्त्रित औषधी ट्रामाडोल, promethazine, cyproheptadine र dycyclominehcl समेत १ हजार २ सय २० ट्याब्लेट र गाँजा ७४२ ग्राम सहित नियन्त्रणमा लिएको हो । सोही दिन  झापाको इलाका प्रहरी कार्यालय बुधबारेले बुद्धशान्ति गाँउपालिका-३ की ४५ बर्षीया जैगुन खातुनलाई १२० मिलिग्राम ब्राउन सुगर सहित र जिल्ला प्रहरी कार्यालय पाँचथरले फिदिम-७ का २५ बर्षीय राम बहादुर लिम्बुलाई २८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०५-३०

मोरङ र सुनसरी जिल्लाको दुई छुट्टा छुटै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २९ गते साँझ इलाका प्रहरी कार्यालय रामधुनीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले रामधुनी नगरपालिका-३ पिप्राहा स्थितबाट इटहरी उप-महानगरपालिका-१७ लबिपुरका २६ बर्षीय सायक राईलाई प्रतिबन्धित लागुऔषध ट्रामाड्रोल ६० क्याप्सुल, स्पास्मो ५० क्याप्सुल र स्पासपेन २१० क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका भारत जोगबनीका २४ बर्षीय बिक्की राय, १९ बर्षीय देउ राउत र विराटनगर-१ का २६ बर्षीय बिधान अधिकारीलाई २ ग्राम १ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०५-२७

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते रतुवामाईमाई नगरपालिका-१ र २ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले रतुवामाई-८ का २६ बर्षीय सुजन मोते र ३१ बर्षीय शिव कुमार लामिछानेलाई २ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर, उर्लबारी नगरपालिका-५ का ३० बर्षीय गणेश तामाङलाई ३ ग्राम २१ मिलिग्राम ब्राउन सुगर र उदयपुर चौदण्डीगढी-३ का २३ बर्षीय पुरन राई र रतुवामाई-६ का २१ बर्षीय संगम सुन्दासलाई TRAMADOL, VOMINE, PROMETH र LYCITON समेत गरी ८ सय चक्की निषेधित औषधी सहित  पक्राउ गरेको छ । यसैगरी इलाका प्रहरी कार्यालय रानी (सिमा) को प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट धरान-१७ का ३९ बर्षीय राजकुमार श्रेष्टलाई निषेधित औषधी AVIL, DIAZEPAM, LUPIZSIC, PHENARAGAN समेत गरी १२ एम्पुल सहित नियन्त्रणमा लिएको छ । यसका साथै झापाको शिवसताक्षी नगरपालिका- २ का ३३ बर्षीय अर्जुन कुमार राई ४ ग्राम ९ सय मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय झिलझिलेले र मोरङको सुन्दरहरैचा-५ का २१ बर्षीय श्याम कार्कीलाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।    

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०५-२४

झापा र मोरङबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ साढे ६ बजे झापाको झापा गाउँपालिका- ४ ग्रामथान स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले प्र. १ -०१-०१७ प १७९८ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल चालक शिवसताक्षी गाउँपालिका- ३ का २१ बर्षीय थरेन्द्र गुरुङको साथबाट २ ग्राम ५९ मिलीग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय डोरिया मोरङबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-४ का २३ बर्षीय सुरज धिमाललाई प्रतिबन्धित औषधी नाईट्राभेट ४ सय २० पिस सहित रतुवामाई नगरपालिका- २ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।     

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८१-०५-२१

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ बिराटनगर, भदौ २१ गते । झापा, इलाम र भोजपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भादौ २० गते  लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका-४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका-९ का २४ बर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका-१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का ३१ बर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलि ग्राम ब्राउन सुगर सहित र इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका-१ का ३५ बर्षीय तिर्थ गिरीलाई १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०५-१९

मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते दिउँसो मोरङको बिराटनगर-१६ दरैया स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी दुहबी नगरपालिका-११ का २३ बर्षीय इसान चौधरीलाई ३ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले शनिश्चरे नगरपालिका-३ का ३५ बर्षीय कमल लिम्बु र २१ बर्षीय पवन बिश्वाकर्मलाई २ सय ५० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेले धरान-११ का २१ बर्षीय अंकित तामाङ, धरान- १७ का २१ बर्षीय रवीन राई र धरान-१६ का ३० बर्षीय विशाल लिम्बुलाई २३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी सिधुवा धनकुटाले छथर जोरपाटी गाउँपालिका-५ का २२ बर्षीय लक्षु शेर्पा, मोरङ सुन्दरहरैचा नगरपालिका-८ का २१ बर्षीय प्रबेश लिम्बु र सुन्दरहरैचा- ९ की २० बर्षीया सलिना क्षेत्रीलाई निषेधितऔषधी ट्रामाडोल र डिकोलिक १४१ ट्याब्लेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०५-१८

मोरङ, उदयपुर र खोटाङबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते साँझ साढे ५ बजे मोरङको बिराटनगर महानगरपालिका १७ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री १८ स्थानीय मो. सज्जाद र २५ बर्षीय मो. रब्बानीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुको साथबाट ७९ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ७ प ५७२० नम्बरको मोटरसाईकल चालक त्रियुगा नगरपालिका ११ का १८ बर्षीय सविन राईलाई नियन्त्रीत आषधी बुप्रिनोर्फिन, फेरानागन, डाइजेपाम गरी जम्मा २४ एम्पुल र नाइट्राभेट २२ ट्याब्लेट सहित पक्राउ गरिएको हो । त्यस्तै प्रहरी बिट रत्नपार्क खोटाङबाट दिक्तल रुपाकोट मझुवागढी नगरपालिका-२ स्थितमा खटिएको प्रहरी टोलीले दिक्तेल रुपाकोट मझुवागढी-१४ का १८ बर्षीय आश्रेय राई, २५ बर्षीय सिजन राई, दिक्तेल रुपाकोट मझुवागढि-२ का २२ बर्षीय प्रदिप राई र दिक्तेल रुपाकोट मझुवागढि- ४ का २० बर्षीय मिलन राईलाई ट्रमाडोल-५२ क्याप्सुल, डिकोलीक-१४ पिस, नाईड्रभेट- १ पिस र कोलिबन-३ पिस सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित १ जना प्रहरीको नियन्त्रणमा
२०८१-०५-१७

लागुऔषध ब्राउनसुगर सहित १ जना प्रहरीको नियन्त्रणमा झापा, भदौ १७ गते । झापाको गौरादह नगरपालिका-३ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा कमल गाउँपालिका-५ का २१ बर्षीय दिपेन्द्र ताजपुरीयाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका ताजपुरीयाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०५-१५

मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ४ जनालाइ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी उप-महानगरपालिका-१० का ३७ बर्षीय निकेश साहलाई मोरङको बिराटनगर महानगरपिका-१५ स्थितबाट १ ग्राम ६३ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने CRV भट्टाचोक मोरङबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का ३७ बर्षीय अरुण मण्डललाई लुपिजेसिक र डाईजेपाम्प ३९ एम्पुल सहित बिराटनगर-१ बाट पक्राउ गरेको हो । त्यसैगरी प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ का २२ बर्षीय संजय राईलाई COLIBAN ४५८ ट्याब्लेट र TRAMADOL ५६० क्याप्सुल सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ बाट ६७० ग्राम लागुऔषध गाँजा र ५३० ग्राम चाँदीको दाना सहित ५० बर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको छ ।   लागुऔषध सहित ४ जना पक्राउ विराटनगर, भदौ १५ गते । मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ४ जनालाइ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी उप-महानगरपालिका-१० का ३७ बर्षीय निकेश साहलाई मोरङको बिराटनगर महानगरपिका-१५ स्थितबाट १ ग्राम ६३ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने CRV भट्टाचोक मोरङबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ का ३७ बर्षीय अरुण मण्डललाई लुपिजेसिक र डाईजेपाम्प ३९ एम्पुल सहित बिराटनगर-१ बाट पक्राउ गरेको हो । त्यसैगरी प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी टोलीले धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ का २२ बर्षीय संजय राईलाई COLIBAN ४५८ ट्याब्लेट र TRAMADOL ५६० क्याप्सुल सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ बाट ६७० ग्राम लागुऔषध गाँजा र ५३० ग्राम चाँदीको दाना सहित ५० बर्षीया ईन्द्र कुमारी विश्वकर्मालाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको छ ।  

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०५-१४

मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय २४ बर्षीय रोशन राईलाई १२ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी धरान-२ स्थितमा डेरा गरी बस्दै आएका २८ बर्षीय मोहमद सहजादालाई ट्रामानिज र स्पास्मो  १ हजार २ सय ८६ क्याप्सुल, नाट्राभेट- ८ सय ६० ट्याब्लेट र स्कफ १७ बोतल सहित नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय रानी मोरङ र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ का २१ बर्षीय तिलक यादव र भारत अररियाका २१ बर्षीय बिशाल कुमार साहलाई १३ ग्राम २८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-०५-०७

मोरङ र सुनसरीबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ मोरङको विराटनगर महानगरपालिका- १७ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री सुनसरी धरान उप-महानगरपालिका- ७ का ३४ बर्षीय मिलन श्रेष्ठलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट भोक्राहा नरसिंह गाँउपालिका- ६ स्थितमा खटिएको प्रहरी टोलीले ईटहरी-१७ का २२ बर्षीय अजिन मिया र २४ बर्षीय रमत मियालाई ८ सय मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०५-०६

झापा र उदयपुरबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ झापाको मेचिनगर नगरपालिका-६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका-२ का २४ बर्षीय खुमराज भण्डारीलाई ५ ग्राम ब्राउन सुगर र दमक नगरपालिका-११ का २४ बर्षीय निलजङ बस्नेतलाई २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ५ प ८०९९ नम्बरको मोटरसाईकल चालक त्रियुगा नगरपालिका- ८ का २६ बर्षीय दिनेश कटुवाल र सोहि मोटरसाईकलमा पछाडी सवार २७ बर्षीय सन्देश कार्कीको साथबाट नियन्त्रित औषधी एम्पुल-३०, ट्याब्लेट ६८ र कोरेक्स १ बोतल फेला पारी नियन्त्रणमा लिईएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०५-०१

मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो बिराटनगर महानगरपालिका- १७ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको प्र.१-०२-००३ ह २८८८ नम्बरको सिटि सफारीलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सिटि चालक बिराटनगर-१ का २३ बर्षीय पप्पु मण्डल र सिटिमा सवार कटहरी गाउँपालिका-२ का ३१ बर्षीय सुमन राईको साथबाट १८ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका-९ का १९ बर्षीय आर्यन थारु चौधरी र २७ बर्षीय राम मुर्मुलाई प्रतिबन्धित औषधी ट्रामाडोल २०० ट्याबलेट सहित रतुवामाइ नगरपालिका- २ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०४-३२

झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको कानेपोखरी गाउँपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले BR 38L9309 नम्बरको भारतीय मोटरसाईकल चालक २४ बर्षीय मिथलेस कुमार मण्डल, मोटरसाईकल पछाडी सवार रहेका २६ बर्षीय भस्कर कुमार शर्मा र २५ बर्षीय सौरव कुमार पासवानको साथबाट १० ग्राम ७०० मिलीग्राम ब्राउन सुगर फेला पारी तीनै जनालाई नियन्त्रणमा लिएको हो ।  त्यसै गरी प्रहरी चौकी तोपगाछी झापाबाट खटिएको प्रहरी टोलीले कमल गाँउपालिका-२ का ३८ बर्षीय जगत धिमाल र कमल गाउँपालिका-३ का ३५ बर्षीय कमल गुरुङलाई  १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर, गाँजा १०० ग्राम र नगद १२ हजार ६०० रुपैँया सहित सोही स्थानबाट पक्राउ गरेको हो । यसका साथै प्रहरी चौकी लेगुवा धनकुटाबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका- २ का ३० बर्षीय संगम राईलाई लागुऔषध गाँजा ४६० ग्राम, प्रतिबन्धित औषधी tramadol २६ क्यापसुल र coliban २८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले BR11T1600 नम्बरको बेवारिसे अवस्थामा रहेको गाडी चेकजाँच गर्दा उक्त गाडी भित्रबाट २ सय २० किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको हो । बरामद भएका लागुऔषध र पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना नियन्त्रणमा
२०८१-०४-३१

मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीलाई मोरङको पथरीशनिश्चरे नगरपालिका-६ भातेगैडा स्थितमा देख्नासाथ को २ ह १६१५ नम्वरको अटोमा लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी ट्रमाडोल ११०० चक्की र डिकोलिक ६६०० चक्की त्याही फालेर चालक अटो सहित फरार भएकोमा खोजतलाश गर्दै जाने क्रममा अटो चालक पथरीशनिश्चरे –४ का ३२ बर्षीय सिमन परियारलाई राती साढे १० बजे आफ्नै घरमा अटोलाई त्रिपालले छेपेर लुकाई राखेको अवस्थामा प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी डाँगीहाट मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले हिजो राती साढे ९ बजे बेलबारी नगरपालीका -१० भाउन्नेका २० बर्षीय अर्पण गौतमलाई प्रतिबन्धित औषधी ट्रामाडोल ३९० क्यापसुल र नाईट्राभ्याट १८ ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने जहदा गाउँपालिका-१ का २६ बर्षीय अमित मण्डललाई हिजो प्र १-०४-००१ प ९८०२ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध गाँजा ६ किलो सहित इलाका प्रहरी कार्यालय बुधनगरले नियन्त्रणमा लिएको हो । यसैगरी लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका-१६ सिर्जनसिल टोलबाट स्थानीय २८ बर्षीय महेन्द्र बन्जरालाई निजकै घरबाट लागुऔषध ब्राउनसुगर २ ग्राम १८० मिलिग्राम सहित हिजो नियन्त्रणमा लिईएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्दान भई रहेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८१-०४-२९

लागुऔषध गाँजा सहित २ जना पक्राउ विराटनगर, साउन २९ गते । धनकुटा र मोरङबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो धनकुटाको साँगुरीगढी गाँउपालिका-६ भेडेटार चौक स्थितमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जादै गरेको ना.८ ख १२६८ नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त ट्रक भित्र सब्जीले छोपी लुकाई छिपाई राखेको अवस्थामा ७ सय ३६ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको हो । गाँजा बरामद गरेसगै ट्रक र चालक धनकुटा पाख्रीबास नगरपालिका-१० का २६ बर्षीय सुजन भन्ने टंक बहादुर मगरलाई नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४५ प ५२७६ नम्बरको मोटरसाईकल चालक पथरी शनिश्चरे नगरपालिका-१ का २९ बर्षीय सन्त कुमार तामाङलाई ३२० ग्राम गाँजा सहित पथरी शनिश्चरे नगरपालिका-१० बाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०४-२७

मोरङ र सुनसरीबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती सुनसरीको रामधुनी नगरपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ज.२ प ५५९५ नम्बरको मोटरसाईकल चालक रामधुनी-७ का ३० बर्षिय थोमन नेपालीलाई निषेधित औषधि ट्रामानिल २८४० क्यापसुल, स्पास्मो १२० क्यापसुल सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे-३ का ३८ बर्षीय निगु दोर्जे तामाङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८१-०४-२६

मोरङ र सुनसरीबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका सुनसरीको दुहवी ५ स्थितमा CRV दुहवीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बा. ५७ प १२२४ नम्बरको मोटरसाईकल चालक धनकुटा साँगुरीगढी-९का २३ बर्षिय राम बहादुर राईलाई ३६ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ का ३० बर्षीय बसन तामाङ र २६ बर्षीय रुपेश तामाङलाई ७०० मिलिग्राम ब्राउन सुगर र धरान -५ का १७ वर्षिय अभिष राई, ३० वर्षिय जुसन राईलाई निषेधित औषधी कोलिवान २१०० ट्याव्लेट सहित पक्राउ गरेको छ र प्रहरी चौकी सिसुवाधरमपुरले गढी गाउपालिका-६ का ३२ बर्षीय रमेश  सरदारलाई निषेधित औषधी नाईट्रोभेट २० ट्याव्लेट सहति पक्राउ गरेको छ । त्यसैगरी मोरङको ईलाका प्रहरी कार्यालय पथरीले  पथरी शनिश्चरे नगरपालिका १ का २ बर्षीय सुजन गुरुङ, १८ बर्षीय सावाहाङ राई, १९ बर्षीय सुसाङ लिम्बु र  ४५ वर्षिय भानु लिम्बुलाई १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०४-२५

झापा, मोरङ, सुनसरी र इलामबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको दमक ३ स्थितमा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्थानीय १९ बर्षिय लोकेन्द्र धिमाल र मोरङ उर्लाबारी-१ का २३ बर्षीय पवन नेपालीलाई निषेधित औषधी २ सय ३० ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको बिराटनगर-१६ दरैया स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.१-०२-०४३ प २४४७ नम्बरको मोटरेसाईकलमा सवार मोरङ बेलबारीका ४० बर्षीय सुरज गुरुङ  र ४१ बर्षीय डिम कमल राईलाई १ ग्राम २० मिलिग्राम ब्राउन सुगर र १५ पिस ट्याब्लेट सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ बाट शिव कुमार मेहतालाई ५ किलोग्राम ६९० ग्राम गाँजा सहित पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलले सुर्योदय नगरपालिका-९ की २१ बर्षीया आनिशा राईलाई  ५ सय ७० मिलिग्राम ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय पशुपतिनगरले माईजोगमाई गाउँपालिका-२ का २५ बर्षीय समिर महतलाई ९ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा बोकेको ट्रक नियन्त्रण
२०८१-०४-२४

लागुऔषध गाँजा बोकेको ट्रक नियन्त्रण विराटनगर, साउन २४ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो दिउँसो इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को.१ ख ३८०८ नम्बरको मिनि ट्रकबाट १ सय ३५ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए सगै ट्रक चालक शहिदभुमी गाँउपालिका-५ का २८ बर्षीय भुमिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा बोकेको ट्रक सहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०४-२२

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको भद्रपुर नगरपालिका-९ स्थितमा प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर-९ का ४६ बर्षीय अरेन्जय राजवंशी र २५ वर्षिय कृष्ण राईलाई २ ग्राम ७९० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको भोक्राहा-६ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेकजाँचको क्रममा को. १९ प १३१८ नम्बरको मोटरेसाईकलमा सवार रहेका रामधुनी नगरपालिका-३ का १९ बर्षीय रुपेस चौधरी १९ बर्षीय उत्सव चौधरीलाई २ ग्राम ६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने  मोरङको इलाका प्रहरी कार्यालय पथरीपथरीले शनिश्चरे नगरपालिका ८ का २५ बर्षीय दिपेश माझीलाई २ ग्राम ब्राउन सुगर सहित र उदयपुरको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले प्रदेश २-०१-००१प २२२७ नम्वरको स्कुटर चालक त्रियुगा नगरपालिका ९ का  २७  बर्षीय पंकज बस्नेतलाई प्रतिबन्धित औषधी ३० एम्पुल, ४४ पिस क्यापसुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिको थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०४-२०

मोरङ र सुनसरीबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  BR38D 7889 नम्बरको मोटरसाईकलमा सवार रहेका चालक रंगेली नगरपालिका-७ का २४ बर्षीय अबय शांह र सुनबर्शी नगरपालिका-७ का १९ बर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलीग्राम ब्राउनसुगर सहित र कानेपोखरी गाउँपालिका-२ बाट BR38AB 4135 नम्बरको मोटरसाईकल चालक भारत अररीयाका २१ बर्षीय मो. इसराख गमिरलाई ४ ग्राम ९५ मिलीग्राम ब्राउन सगुर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-९ स्थितबाट स्थानीय २७ बर्षीय विशाल राईलाई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-८ स्थितमा बेवारिसे अवस्थामा ट्रामाडोल ९ हजार १०० क्याप्सुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ९ जना पक्राउ
२०८१-०४-२०

झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती झापाको इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ का ३२ बर्षीय बिजय मगर, ३७ बर्षीय बिदुर मगर, मेचिनगर नगरपालिका-९ का ४५ बर्षीय शेर बहादुर लिम्बु र माई नगरपालिका-२ इलामका ३० बर्षीय रुपेश ढुंङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।त्यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका-३ ईलाम घर भई दमक नगरपालिका-५ मा डेरागरी बस्दै आएका २६ बर्षीय अगम राई र कमल गाउँपालिका-५ का ३६ बर्षीय जिवन लिम्बुलाई ५ ग्राम ब्राउनसुगर र नगद २९ हजार ४५० रुपैँया सहित पक्राउ गरेको हो भने  लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-९ का २६ बर्षीय अजय धिमाललाई १ ग्राम ब्राउन सुगर सहित र मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ बाट ५५० मिलिग्राम ब्राउन सुगर सहित इलाम चुलाचुली-३ का २८ बर्षीय विवेक राइलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०४-१९

झापा र मोरङबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मे.१० प १३३८ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा मोटरसाईकल चालक मेचिनगर नगरपालिका-१० का २९ बर्षीय राजिव साह र पछाडी सवार २८ बर्षीय महमद अजिमको साथबाट  ४ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको भने प्रहरी चौकी बाघखोर झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरापालिका-३ बाट १ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित २३ बर्षीय प्रमिला गुरुङलाई पक्राउ गरेको हो । त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ बर्षीय अषोक लिम्बु र ३२ बर्षीय सुरज लिम्बुलाई २ ग्राम ८२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने नियन्त्रित औषधी लुपिजेसिक, डाइजापाम ३ एम्पुल सहित सुनसरी धरानका ४१ बर्षीय सुमन राईलाई बुढिगंगा गाउँपालिका-२ बाट CRV बासबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०४-१८

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश १-०१-०१७ प.५८६ नम्बरको स्टुकर चालक बिर्तामोड नगरपालिका-१० का ३४ बर्षीय बिशाल गुरुङलाई १ ग्राम ७० मिलिग्राम ब्राउनसुगर र इलाका प्रहरी कार्यालय झिलझिलेले शिवसताक्षि नगरापालिका-८ का २४ बर्षीय फुर्वा तामाङलाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट देउरालीले को. २ ह ८०९८ नम्बरको अटो चालक धरान-१३ का २५ बर्षीय माहान शेर्पा, अटोमा सवार रहेका २८ बर्षीय कृष्मन राई, २४ बर्षीय गोविन्द मगर र २४ बर्षीय सिम्रन सुनुवारलाई ट्रामाडोल र कोलिवान ४ सय क्याप्सुल सहित पक्राउ गरेको छ । त्यस्तै गरी बिराटनगर-१८ का ५४ बर्षीय पोलाई यादव र ४३ बर्षीया भोलीमाया यादवलाई १ किलिग्राम ५८० ग्राम गाँजा सहित ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

लागुऔषध सहित १२ जना पक्राउ
२०८१-०४-१७

झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ५ बजे झापाको झापा गाँउपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री देश भारतका ३६ बर्षीय सोमाई किस्कुलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १६ ग्राम ८३० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय अनारमनीबाट बिर्तामोड नगरपालिका-१ स्थितमा खटिएको प्रहरी टोलीले ब्राउनसुगर ६२० मिलिग्राम, प्रयोग नभएको सिरिन्ज १ थान, प्रयोग भएको सिरिन्ज ३ थान र चम्ची १ थान सहित बिर्तामोड नगरपालिका-६ का २४ बर्षीय अनिष चौधरी, २५ बर्षीय सुरज राई र २३ बर्षीय धिरज राईलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर -१७ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उपमहानगरपालिका ४ का २५ बर्षीय अमन चौधरीलाई ४ ग्राम ८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका -१५ बाट दमक नगरपालिका-५ का १९ बर्षीय रबिन मुखिया र ईटहरी-३ का २६ बर्षीय सन्तोष लामा DIAZEPAM, LUPIZESIC, PHENARAGAN र AVIL गरी जम्मा २२४ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ परेका छन् । त्यस्तै रंगेली नगरपालिका ७ स्थित इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले  प्र.१-०२-०४५ प ५२१३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक सुनवर्षि नगरपालिका-९ का ५५ बर्षीय भिम प्रसाद सिंहको साथबाट Tramadol २ हजार क्याप्सुल फेला पारी पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट  बराहक्षेत्र नगरपालिका-१ स्थित खटिएको प्रहरी टोलीले को. १ ह ३०६० नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा उक्त अटोबाट स्पासरेस्ट र ट्रमाडोल ५१ ट्याब्लेट प्रतिबन्धित औषधी र नगद ३२ हजार रुपैँया बरामद गरेसगै अटो चालक धरान-११ का ३० बर्षीय सबिन राई र अटोमा सवार २९ बर्षीय एसाउ सुनुवारलाई पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ स्थित प्रदेश १-०५-००१ प ५८२१ नम्बरको स्कुटीलाई चेकजाँच गर्दा स्कुटि चालक त्रियुगा नगरपालिका ११ का २७ बर्षीय सारासं राई र स्कुटी पछाडी सवार  त्रियुगा नगरपालिका ३ का ३५ बर्षीय नरेन्द्र  पोखरेललाई फेनागर्न, डाइजेपाम, बुप्रिनोर्फिन गरी जम्मा ३६ एम्पुल र  सिरिञ्ज ५ थान सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०४-१६

झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको झापा गाँउपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक-१२ का २६ बर्षीय मनिस थापा, २२ बर्षीय रिकाश बस्नेत र १९ बर्षीय रोमित कट्वाल समेतलाई शंका लगि चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी मोरङको विराटनगर-१७ बाट बा. ९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका ३ का ३२ बर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ बर्षीय अम्बिर यक्सो लिम्बुलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउन सगुर सहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।त्यस्तै इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थितबाट बा.५६ प.६९३५ नम्बरको स्कुटर चालक भोजपुर हतुवागडी गाउँपालिका-९ घर भई हाल बराहक्षेत्रमा बस्दै आएका ३३ बर्षीय कृष्ण कुमार राईलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने धरान उपमहानगरपालिका १५ की जोनु राईलाई ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेट औषधी सहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०४-१५

मोरङ, सुनसरी र उदयपुरको छुट्टा छुट्टै स्थानबाट हिजो प्रहरी टोलीले लागुऔषध सहित ९ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ शिवशक्ति चोक बस्ने २७ बर्षीया एलिसा महत्तो, मोरङ रतुवामाई नगरपालिका ६ बस्ने २० बर्षीय असिम माझी, मोरङ रंगेली भई हाल सुन्दरहरैचा नगरपालीका ९ आदर्शचोक बस्ने १९ बर्षीय अभिषेक दमाई महतरा, १८ बर्षीय शुसान्त विश्वकर्मा, सोही स्थान ८ बस्ने मोहम्बद असलम, सुन्दरहरैचा नगरपालीका ९ बस्ने २७ बर्षीय जगत श्रेष्ठ, २३ बर्षीय दिलिप खवास, उदयपुरको त्रियुगा नगरपालिका १३ असारे बस्ने २४ बर्षीय रमेश देउजा र ३४ बर्षीय बिक्रम भन्ने पूर्ण बहादुर परियार रहेका छन् ।पक्राउ परेका मध्येबाट ट्रामाडोल २२४४ ट्याब्लेट, कोलिवान ४०० ट्याब्लेट, एन्टिकफ ४०९ ट्याब्लेट, स्पास्पेन ४१९ ट्याब्लेट र डाईजेपाम ९ एम्पुल, फेनारगन ९ एम्पुल र ब्रुपिनोर्फिन १० एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०४-११

मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका ४ जनालाई पक्राउ गरिएको छ । हिजो मोरङको बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेकजाँचको क्रममा पैदल यात्री भारत बिहारका २५ बर्षिय गौरव जैनलाई १.७४ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने  जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-६ स्थितबाट मोरङ्ग पथरी शनिश्चरेका २१ बर्षीय मिलन तामाङलाई स्प्रासरेस्ट र ट्रामानिल १०२ ट्याव्लेट,  गाँजा १०० ग्राम सहित नियन्त्रणमा लिएको छ । यसै गरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २४ बर्षीय केवस तामाङ् र २३ बर्षीय सुस्मा राईलाई  ट्रामानोल ६०० ट्याव्लेट, क्यालिवान ६०० ट्यावलेट सहित इलाका प्रहरी कार्यालय बेल्टारले  पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

प्रतिवन्धित लागुऔषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८१-०४-०७

मोरङ, झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीको टोलीले धरान-१७ स्थितबाट स्थानिय ३२ बर्षीय जीवन राई र २५ बर्षीय मनिष लिम्बुलाई ट्रामाडोल ८२० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर नगरपालिका-६ स्थितमा भारतबाट नेपाल आउदै गरेका १९ बर्षीय निर्दोश डाँगीलाई ३ ग्राम ५ सय २० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ स्थितबाट स्थानिय २० बर्षीय जिवछ खत्वे र मोरङ उर्लावारी-४ का ३३ बर्षीय सबिन बुढाथोकीलाई नाईट्रोजेपाम ३० चक्की सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जना पक्राउ
२०८१-०४-०६

मोरङ, सुनसरी र झापाको बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान साढे ४ बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बिष्णुपादुका सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान-२० भज्याङ छेउ स्थितबाट बागमती प्रदेश -०१-०२६ च ५०१९ नम्बरको कार र को २७ प ४८४७ नम्बरको मोटरसाईकलमा सवार ईटहरी उप-महानगरपालिका-१० का ४० बर्षीय राम कुमार चौधरी र ईटहरी-११ का ३६ बर्षीय मोहन कार्कीलाई १२ किलोग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो । यसैगरी मोरङको केराबारी-८ खदम खोलाको पुलबाट केराबारी-७ का १९ बर्षीय साजन लिम्बु, केराबारी-१ का २२ बर्षीय गोबिन राई, धनकुटा चौबिसे गाउँपालिका-५ का ३१ बर्षीय शक्ती लिम्बुलाई १ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध ओसार पसारमा प्रयोग गरको को २५ प ५९४५ नम्बरको मोटरसाईकल सहित इलाक प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको हो । यसका साथै हिजो राती १० बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ बेलडागी शिविर का २७ बर्षिय बिक्रम राईलाई घरमा लुकाई छिपाई राखेको १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । अबैध लागुऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८१-०३-३१

मोरङ र झापाका विभिन्न स्थानबाट आज दिउसो प्रहरीले लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने मध्य मोरङ सुन्दर हरैचा नगरपालिका ४ का २१ बर्षीय मनिष चौधरी, २५ बर्षीय अशोक ऋसिदेब, ३१ बर्षीय नबिन कार्की र ३२ बर्षीय बिष्णु चौधरीलाई २.१५ ग्राम ब्राउन सुगर सहित  विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।यसै गरी झापा बिर्तामोड नगरपालिका ३ का १९ बर्षीय बिबेक खड्का र २१ बर्षीय सरोज चौधरीलाई झापा भद्रपुर नगरपालिका ५ मेचीपुलबाट ब्राउन सुगर  २७० मिलिग्राम सहित मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

१०१ किलोग्राम गाँजा सहित ३ जना पक्राउ
२०८१-०३-३१

मोरङको विराटनगर महानगरपालिका ४ ईक्राही स्थितबाट १०१ किलो गाँजा सहित ३ जना पक्राउ परेका छन् । हिजो दिउसो ३ बजे बा६च ४६८९ नम्बरको कारमा लागुऔषध गाँजा ल्याउदै गरेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कारको डिकीमा लोड गरि ल्याउदै गरेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङबाट कार चालक मोरङ केराबारी गाऊपालिका ५ का ३६ बर्षीय सुरेश लिम्बु, कारमा सवार धनकुटा सागुरिगढी गाऊपालिका २ का ३४ बर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका १३ कि ४२ बर्षीया लक्ष्मि राई बि.क.लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-२७

झापा र मोरङबाट लागुऔषध सहित जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे झापाको दमक नगरपालिका-१ फाल्गुनन्द चौक स्थितमा इलामको महमाई नगरपालिका-१ घर भई हाल सोहि स्थानमा डेरा गरी बस्दै आएका २५ बर्षीय सन्तोष कुमार एक्तेन लिम्बुले लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थाई प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरी टोलीले उक्त कोठाको खानतलासी गर्दा कोठाबाट ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेसगै बेचबिखनमा संलग्न निजकै श्रीमती २४ बर्षीया सनिता राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।त्यस्तै हिजो दिउसो साँढे २ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-५ बाट देश भारत बिहारका २२ बर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने हिजोनै दिनको साँढे ३ बजे मोरङको बिराटनगर-१५ बाट मोरङ बेलबारी नगरपालिकाका ३१ बर्षीय अमृत बिश्‍वकर्मालाई AVIL, DIAZEPAM, LUPIZSIC र PHENARAGAN गरि २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धन भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०३-२६

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो लागुऔषध बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ का ३३ बर्षीय आस नारायण मारापाचेको कोठा खानतलासी गर्दा ९ ग्राम ब्राउन सुगर बरामद भए सगै मारापाचे र संलग्न रहेका २८ बर्षीय तारा राईलाई समेतलाई  नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट बिजयपुरबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३५ बर्षीय नर बहादुर तामाङलाई नियन्त्रीति औषधी ट्रामाडोल-७० क्याप्सुल र कोलाविन २ हजार ट्याप्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०३-२५

मोरङ र धनकुटाबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-६ का ३२ बर्षीय अभिषेक मगर र २४ बर्षीय बाराक लिम्बुलाई ५ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१९ प ९८७७ नम्बरको मोटरसाईकल चालक साँगुरीगढी-९ का २६ बर्षीय लक्ष्मण राईलाई १२ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।   

ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०३-२४

मोरङ र झापाबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो २ बजे मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट भारतबाट नेपाल आउदै गरेका पैदल यात्री मोरङको सुन्दरहरैचा नगरपालिका ४ बस्ने २३ बर्षीय दिपेश चौधरी र सुनबर्षी नगरपालिका १ बस्ने २० बर्षीय लोकेन्द्र बहादुर खतिवडालाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर २.१८ ग्राम सहित पक्राउ गरिएको थियो । यसै गरी हिजो दिउसो ४ बजे झापा दमक नगरपालिका ४ कृष्ण मन्दिर स्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ६ ग्राम ब्राउन सुगर सहित सोही स्थानका ३१ बर्षीय भानु वाह्रकोटी र मोरङ उर्लाबारी नगरपालिका ७ का ३६ बर्षीय खगेन्द्र न्यौपानेलाई पक्राउ गरिएको छ । यसै गरी हिजो बेलुका साँढे ७ बजे झापाकै मेचिनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ६७० मिलिग्राम ब्राउन सुगर सहित झापा बुद्धशान्ति गाउँपालिका १ बस्ने २१ बर्षीय बिशाल श्रेष्ठ पक्राउ गरेको  हो । पक्राउ परेका सबैजानको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०८१-०३-२३

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६  स्थित भित्री सडक खण्डमा लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश नम्बर १-०२-०५३ प ९०१६ नम्बरको मोटरसाईकललाई रोकेर चेकँजाच गर्दा सुनसरीको रामधुनी नगरपालिका-१ शान्ति टोलका २९ बर्षिय नरेश सरदारले शरिरमा लुकाई छिपाई ल्याउदै गरेको ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले उनलाई पक्राउ गरेको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका सरदारको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०३-२२

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको बिर्तामोड नगरपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले दमक-४ का २३ बर्षीय एलिन दर्नाललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो भने प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरी टोलीले हल्दिबारी-२ बाट को. ५ प ८४३९ नम्बरको मोटरसाईकल चालक २९ बर्षीय दिपक राजबंशीलाई ३ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले धरान-१३ का २१ बर्षीय दिपेश जैसवाल र धरान-१५ का १९ बर्षीय किसान क्षेत्रीलाई ट्रामानिल २३ क्याप्सुल र नगद २८ हजार ४ सय रुपैँया सहित पक्राउ गरेको हो । त्यस्तै जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले कटहरी- १ का २२ बर्षीय सुरज मुखियालाई ७ मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको छ लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०३-२१

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-१ का २१ बर्षिय आकाश बिष्ट, २७ बर्षिय टिकाराम दाहाल र २५ बर्षिय चेतन पुलामी मगरलाई २१० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका  विराटनगर-३ का २१ बर्षिय पदम कार्कीलाई १ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित र सुनसरीको अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान-१७ का १८ बर्षिय आषिश राई र २६ बर्षिय अर्जुन सार्कीलाई ट्रामाडोल ४२ क्याप्सुल र  डिकोलिक ४० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका निजहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित १३ जना पक्राउ
२०८१-०३-२०

सुनसरीको धरान उप-महानगरपालिका-४ र ५ बाट ठुलो परिमाणको नियन्त्रित औषधी सहित ३ जना र झापा, मोरङ र उदयपुर जिल्लाबाट समेत ब्राउनसुगर र निषेधित औषधी सहित १० जना पक्राउ परेका छन । लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा आज राती इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-४ का ३३ बर्षीय खेम राना मगर र धरान-१५ का २६ बर्षीय सुरज देवानलाई नियन्त्रित औषधी ५ हजार ७ सय ६ क्याप्सुल र  ४ सय ३८ ट्याब्लेट, विसकफ ३ बोतल, गाँजा २ किलोग्राम र नगद ४६ हजार ५० रुपैँया सहित पक्राउ गरेको हो ।यसै गरी मोरङको केराबारीका २८ बर्षीय मिलन राईलाई ट्रामाडोल, स्पास्पेन, कोलिबिन र डिकोलिक गरी १ हजार १ सय ३३ क्याप्सुल  सहित अस्थायी प्रहरी पोष्ट देउराली धरानले र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाको प्रहरी टोलीले विर्तामोड-६ का १८ बर्षीय सौगात लिम्बु, विर्तामोड-५ का १९ बर्षीय भविष्य खरेल र अर्जुनधारा-३ का २८ बर्षीय डेनिस प्रधानलाई ट्रमाडोल-९ सय क्यापसुल सहित नियन्त्रणमा लिएको छ भने दमक-५ की २० बर्षीया नेहा बासफोरलाई निषेधित औषधी १५ एम्पुल सहित इलाका प्रहरी कार्यालय अनारमनीले  नियन्त्रणमा लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह PIT  र प्रहरी चौकी रमाईलो मोरङबाट खटिएको प्रहरी टोलीले कानेपोखरी-५ का ३२ बर्षीय भक्त बहादुर अधिकारी र उनको श्रीमती ३० बर्षीया बिमला कार्कीलाई ६ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरको छ । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाटको प्रहरी टोलीले धनकुटा साँगुरीगढीका २८ बर्षीय सन्दिप मगर र ३२ बर्षीय सबिन सुब्बालाई १ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ट्रमाडोल र स्पास २५ चक्की सहित पथरी पथरीशनिश्चरे-३ का २४ बर्षीय सम्भु लिम्बुलाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-१० का ३९ बर्षीय श्याम मगरलाई ब्रुफिनोर्फिन, फेनार्गन र डाईजेपाम १८ एम्पुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०३-१८

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा सुनसरीको प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-९ की २३ बर्षिया कन्चना राई र १८ बर्षिय समन भुजेललाई ट्रमाडोल ३४० पिस सहित र अस्थायी प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २१ बर्षिय राजु साहलाई स्पास्मो ३५०० ट्याब्लेट, ओपोट्याब १७०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । यसै गरी  पथरी शनिश्चरे-१ मोरङका १८ बर्षिय नवराज मगरलाई ट्रमाडोल ३३ चक्की र स्पासमिड १२ चक्की सहित इलाका प्रहरी कार्यालय पथरीले  र बिर्तामोड-७ का ३३ बर्षिय सुरज लामा र बिर्तामोड-५ का २२ बर्षिय बिजय मगरलाई ४ ग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।          

फरार प्रतिवादी लागुऔषध सहित पक्राउ
२०८१-०३-१७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना फरार प्रतिवादी पक्राउ गरेको छ । लागुऔषध मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतबाट मिति २०८०/१०/२६ गते पक्राउ अनुमति जारी भई फरार रहेका तेह्रथुम लालिगुराँस नगरपालिका-९ घर भई सुन्दरहरैचा नगरपालिका-४ मोरङमा डेरा लिई लुकिछिपी बस्दै आएका ४२ बर्षीय अमृत बहादुर भुजेललाई खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको साथबाट ब्राउनसुगर ३२ ग्राम ७४ मिलिग्राम, नगद ६७ हजार ६०० रुयैँया र १ थान स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०३-१७

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको भद्रपुर नगरपालिका-५ स्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले  चेकजाँचको क्रममा भद्रपुर-८ का ३६ बर्षीय सन्तोष राजवंशी र २६ बर्षीय अमर बरैयलाई ब्राउनसुगर ५ ग्राम १७ मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरीको धरान-८ का ३६ बर्षीय सुनिल श्रेष्ठ र २३ बर्षीय दिपक विश्वकर्मालाई १ ग्राम ब्राउनसुगर सहित र नरसिंह गाउँपालिका-६ का २४ बर्षीय नाजम अन्सारी र बुढीगंगा मोरङका ३० बर्षीय अजय कुमार देवलाई नियन्त्रित औषधी स्पास्मो २५४ टयाब्लेट, नगद ३९ हजार र प्र.१-०२-०४९ प ११३ नम्बरको मोटरसाईकल सहित र धरान-१५ का २७ बर्षीय कबिर तामाङलाई ट्रामाडोल ९०, स्पास्मो ९० टयाब्लेट, गाँजा १०० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-१७

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो भद्रपुर नगरपालिका-३ स्थितमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे.३ प ५३० नम्बरको मोटरसाईकलको टुल बक्स भित्र २ ग्राम ब्राउन सुगर बरामद भएसंगै मोटरसाईकलमा सवार रहेका भद्रपुर-९ का ३० बर्षीय युनिक निरौला र भद्रपुर-५ का १८ बर्षीय बिनोद दास समेतलाई पक्राउ गरेको हो भने झापा गाउँपालिका-५ स्थितमा चेकजाँचको क्रममा BR 37 H 9555 नम्बरको मोटरसाईकल चालक भारत बिहार किसनगंजका ३२ बर्षीय तनविर आलमलाई ५ ग्राम ४८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-५ का ३४ बर्षीय मान बहादुर राईलाई निषेधित औषधी ट्रामाडोल १३५ क्याप्सुल सहित नियन्त्रणमा लिइएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०३-१४

सुनसरीको धरान उप-महानगरपालिका-८ बाट ठुलो परिमाणको नियन्त्रित औषधी सहित २ जना साथै मोरङ र झापा जिल्लाबाट २  जना ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो साँझ सुनसरीको धरान-८ स्थित अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरी टोलीले को. १ ख ४७४७ नम्बरको बस भित्र लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रित औषधी ट्रामानिल ९ हजार ९०० क्याप्सुल सहित बस चालक ईटहरी-८ का २४ बर्षीय कृष्ण बहादुर बिश्वाकर्मा र सह-चालक ईटहरी-१७ का २५ बर्षीय दिनेश निरौलालाई नियन्त्रणमा लिएको हो । अस्थायी प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरी टोलीले झापाको दमक-१ घर भई शिवसताक्षी नगरपालिका-१० मा बस्दै आएका २६ बर्षीय प्रदिप तामाङको घर कोठा खानतलासी गर्दा २ ग्राम ८७ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१७ बाट धरान-१५ का ३८ बर्षीय नबिन भण्डारीलाई नियन्त्रित औषधी इस्कुफ १५ बोतल र नाईट्रोसन १० चक्की  सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान कार्य भईरहेको छ ।  

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०३-१२

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको गौरिगञ्ज गाउँपालिका-१ स्थितमा प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी टोलीले पैदल यात्री कमल गाउँपालिका-१ का ३० बर्षीय उद्धव भट्टराई र दमक-५ का २६ बर्षीय ईन्द्र प्रसाद तिम्सिनालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१५ बाट इटहरी-७ का २५ बर्षीय सबिन दियालीलाई नाईट्राभेट ३० ट्याबलेट सहित र  धनपालथान गाउँपालिका-४ का बिशाल मुखिया र २० बर्षीय श्रवण कुमार मण्डललाई २०० ग्राम गाँजा सहित प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०३-०९

मोरङ र झापा जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ५ बजे झापाको मेचिनगर नगरपालिका- ६ स्थित भारतबाट नेपालतर्फ आउदै गरेको दमक-४ का २७ बर्षीय बिर्जेश सुनुवारलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा उनको साथबाट २ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गरेसगै पक्राउ गरेको हो । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह PIT  र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१६ दरैया चोकबाट को. २२ प ६९५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक बिराटनगर- ११ का २५ बर्षीय रोशन साहको साथबाट NITRAVET -४० चक्की फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८१-०३-०८

इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरीकहरुलाई पक्राउ गरेको छ । हिजो साँझ झापा गाँउपालिका-१ सालमारा स्थित झुलुङे पुल बगानमा चेकजाँचमा खटिएको प्रहरीको टोलीले साईकल यात्री भारत किसनगंज कुतवाभिट्टाका ४० बर्षिय जुलमात हुसेन र साईकल पछाडि सवार २० बर्षीय  तोसिफ आमललाई १७ ग्राम २२० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।  लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भई रहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०३-०५

मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको रंगेली नगरपालिका- ४ स्थित लागुऔषधको बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय भुवनेश्वर प्रसाद साह र रंगेली-९ का २५ बर्षीय सागर यादवको साथबाट ३१ ग्राम ४९ मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ का २७ बर्षीय मनोज साह र बराहक्षेत्र- ६ का २५ बर्षीय मोहन साहलाई डिकोलिक र ट्रमाडोल गरी २९२ ट्याब्लेट नियन्त्रित औषधी सहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरले र अस्थाई प्रहरी पोष्ट पत्रंबारीबाट खटिएको प्रहरी टोलीले धरान १९ का ३२ बर्षीय सुमन रायमाझीलाई २५० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८१-०२-३१

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका मोरङको सुनवर्षी नगरपालिका-९ स्थित लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत विहारका १९ बर्षीय राहुल राजालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५६ ग्राम १३ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेसगै संलग्न स्थानीय २४ बर्षीय आदर्श दास समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ स्थितबाट इलाम चुलाचुली गाँउपालिका-३ का ३० बर्षीय बिनोद ढुंगेललाई ३ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-११ कि  २२ बर्षीया आयुषा राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-०२-३१

कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT र इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका बिराटनगर-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका पैदल यात्री सुन्दरहरैचा-४ का २१ बर्षीय मदन चौधरी र अरुण गाउँपालिका-१ भोजपुरका २० बर्षीय बिनोद सिवा परियारलाई प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ४१ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका- ७ का ४१ बर्षीय दर्शन लिम्बुलाई ५३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०२-३०

सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो सुनसरीको धरान उप-महानगरपालिका-८ तिनकुने स्थितमा अस्थायी प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले को.२.ह ५९७८ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटोमा स्पास्मोल, स्पाजमोल र ट्रमानिल सहित २ हजार ४२० ट्याब्लेट नियन्त्रित औषधी बरामद गरेको हो ।  नियन्त्रित औषधी बरामद भएसगै चालक बिराटनगर-१० का ४५ बर्षीय शंकर खड्का, अटोमा सवार धरान- ८ का २२ बर्षीय संजित तामाङ, धरान- ३ का २८ बर्षीय प्रनित ताम्राकार र धरान- ५ का १८ बर्षीय सुमन तामाङ समेतलाई पक्राउ गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका- १ लौकही बजारबाट भारत विहारका ४२ बर्षीय सन्तोष यादव र कोशी गाउँपालिका-२ का ५५ बर्षीय राम सागर यादवलाई ४५ ग्राम २ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०२-२९

झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका- ६ स्थित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का ३८ बर्षीय सुमन भन्ने सुर्यबंशी रायलाई २ ग्राम ५३ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने अर्जुनधारा नगरपालिका- ३ का ३७ बर्षीय दिलबहादुर विश्वकर्मालाई अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले १ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह PIT बाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १५ बाट सुनसरी रामधुनी- ७ का २० बर्षीय अरबिन चौधरी र ईटहरी- १६ का २० बर्षीय प्रबिण चौधरीलाई NITRAVET १५० चक्की नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । त्यस्तै धनकुटाको सहिदभुमि गाँउपालिका- ४ स्थितमा प्रहरी चौकी आखिसल्ला धनकुटाबाट खटिएको प्रहरी टोलीले ३० बर्षीय सुकदेब राईलाई लागुऔषध गाँजा ५०० ग्राम, ट्रामाडोल, ANTIKOS, DECOLIC, SPASPAIN र SPASMO गरि जम्मा ३७० ट्याबलेट नियन्त्रित औषधी सहित पक्राउ गरिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरगढि- ७ स्थितबाट ६७ के.जी. २२ ग्राम गाँजा सहित स्थानीय ६० बर्षीय लाल बहादुर तामाङ र उदयपुरगढि- ८ का ५२ बर्षीय दिल बहादुर तामाङलाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसम्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०२-२८

मोरङको विराटनगर महानगरपालिका १५ रानी स्थितबाट प्रतिबन्धी औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका ४ का २८ बर्षीय निरज राई र १९ बर्षीय विकास ऋषिदेव रहेका छन् । हिजो बेलुका साँढे ४ बजे लागुऔषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०१-००२ ह ३७५६ नम्बरको सिटी सफारीको चालकको सिट मुनि NITRAVET 10 लेखिएको- ५२ चक्की, PYRONIX SPAS लेखीएको-२४ चक्की फेला परे पश्चात सिटी चालक निरज र पछाडी सवार विकासलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको  छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०२-२५

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका ४ कि ४८ बर्षीया गायत्रा गौतमले लागु औषध संचित गरी विक्री वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र लागु औषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा ९ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर र  ३ लाख ३६ हजार ४ सय रुपैया वरामद भए संगै लागुऔषध सहित नियन्त्रणमा लिएको छ । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूहको टोलीले   मोरङको बेलबारी २ स्थित  बिश्वास उपचार क्लिनिकका संचालक  भारत कलकत्ताका २५ बर्षीय नयन बिश्वासलाई व्राउन सुगरको  कारोवार गर्दै गरेको अवस्थामा ५८० मिलिग्राम र स्थानि २४ बर्षीय दाबुद मोहमदलाई १६० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ  भने इलाका प्रहरी केराबारीबाट खटिएको प्रहरी टोलीले  केराबारी ८  का १९ बर्षीय सनम लिम्बु र ३९ बर्षीय यज्ञ बहादुर श्रेष्ठलाई निषेधित औषधी स्पासरेट ४५१ ट्याब्लेट, ट्रमाडोल ४५० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ  । सोही दिन इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १७ का ३७ बर्षीय भुपाल न्यौपानेलाई ट्रामाडोल १२०० क्याप्सुल र  ब्राउन सुगर  १२ ग्राम सहित उनकै घरबाट  नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०२-२२

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार झापाको अर्जुनधारा नगरपालिका- ११ स्थितमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थान रहेको एक होटलमा कोठा लिई बसेका स्थानीय २९ बर्षीय मनिष प्रधान (श्रेष्ठ) र फिदिम नगरपालिका- १ पाँचथरकी २० बर्षीया खिङतानुङ तामाङलाई फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ५३० मिलिग्राम ब्राउनसुगर र नगद २२ हजार ४०० रुपैँया फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका- ६ का ३७ बर्षीय मनिष लिम्बुलाई २ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु १ थान सहित इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने सुन्दरहरैचा नगरपालिका- ६ का २६ बर्षीय कमल मगरलाई समेत ४ ग्राम ३० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित औषधी स्पास्पेन, ट्रमाडोल, डेकोलिङ र स्पास्मो गरी जम्मा ४२३ ट्याब्लेट सहित फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै सुनसरीको धरान उप-महानगरपालिका- १५ बाट २४ बर्षीय सुरज देवानलाई प्रतिबन्धित औषधी स्पास्मो र ट्रामानिल ५४ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०२-१९

सुनसरी, उदयपुर र पाँचथरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बेचबिखान भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले पाँचथरको फिदिम नगरपालिका- १० घर भई हाल फिदिम- ११ स्थित बस्दै आएका ३० बर्षीय हुसेन बहादुर कटुवाललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर, Tramadol ४५ ट्याब्लेट, Spaspain ६ ट्याब्लेट र नगद ३ हजार ७९० रुपैँया फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बा.९५ प. ९५१२ नम्बरको मोटरसाईकलबाट डाईजेपाम, फेनारागन र बुप्रिनोर्फिन गरी जम्मा ४११ एम्पुल नियन्त्रित औषधी बरामद गरेसगै मोटरसाईकल चालक त्रियुगा- ११ का २८ बर्षीय प्रमेश भन्ने अमर बहादुर कार्की र मोटरसाईकल पछाडी सवार त्रियुगा- १२ का २१ बर्षीय राजेश भन्ने चन्द्र बहादुर कार्कीलाई समेत पक्राउ गरेको हो भने अस्थाई प्रहरी चौकी सिनुवारी सुनसरीबाट खटिएको प्रहरी टोलीले देवानगंज गाउँपालिका- ६ बाट को १ ह २०५२ नम्बरको अटोलाई चेकजाँच गर्दा उक्त अटोमा लुकाईछिपाई ल्याउदै गरेको २८ के.जी. ३ ग्राम गाँजा बरामद गरेसगै अटो चालक धरान- १६ का २० बर्षीय अर्जुन राई, अटोमा सवार २० बर्षीय प्रविन राई र १७ बर्षीया अन्जना तामाङलाई पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८१-०२-१८

सुनसरी, मोरङ र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका जिल्ला प्रहरी कार्यालय पाँचथरबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले फिदिम नगरपालिका-४ का २३ बर्षीय सरोज पदालुङ (लिम्बु) को साथबाट ५० मिलिग्राम ब्राउनसुगर र फिदिम-१ का २३ बर्षीय चुक्से भन्ने दिल बहादुर राईको साथबाट ८० मिलिग्राम ब्राउन सुगर, नगद ४३ हजार ६ सय रुपैँया सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ का ३६ बर्षीय राम चन्द्र खड्का र २२ बर्षीय सुजन परियारलाई इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले स्पाइसरेष्ट र ट्रामानिल समेत गरी ३ सय ७० ट्याब्लेट निषेधित औषधी सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-१ का ३१ बर्षीय सुमन तामाङलाई लुपिजेसिक, फेनारागन, डाईजेपाम र एभिल गरी जम्मा ३६ एम्पुल औषधी सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०२-१६

मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ११ बजे मोरङको बिराटनगर- १४ जतुवा स्थितमा प्र. १-०२-००१ख ९२७० नम्बरको खाली सिलिन्डर बोकेको मिनिट्रक जतुवा खोलाको कच्चि सडक खण्डको साईडमा रोकेर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त मिनि ट्रकको पछाडी डाला भित्र कुचोले छोपी राखेको अवस्थामा १ सय ८१ के.जी.  लागुऔषध गाँजा बरामद भएको थियो । ट्रकबाट लागुऔषध गाँजा बरामद भएसंगै चालक चैनपुर नगरपालिका- १ संखुवासभाका २७ बर्षीय लाक्पा दोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको देवानगंज गाउँपालिका- ६ स्थित अस्थाई प्रहरी चौकी राजगंज सिनुवारीबाट खटिएको प्रहरी टोलीले १० के.जी. गाँजा सहित को. २७ प ८०४१ नम्बरको मोटरसाईकल र चालक देवानगंज- ५ का ३५ बर्षीय गोपाल बहरदार र मोटरसाईकल पछाडी सवार ३६ बर्षीय राम बालक पासवानलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८१-०२-११

ताप्लेजुङको फुङलिङ नगरपालिका- ४ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे लागुऔषधको बेचबिखन भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले फुङलिङ नगरपालिका-७ का ४८ बर्षीय कुमार भन्ने प्रेम कुमार गुरुङलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट १६ मिलिग्राम ब्राउनसुगर, नगद ३ हजार ७ सय ५०० रुपैँया र १ थान मोवाईल बरामद गरेसगै नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको उनलाई सोधपुछ गर्दा फुङलिङ नगरपालिका-१ का ३७ बर्षीय चन्द्र बहादुर लिम्बु समेत बेचबिखनमा संलग्न रहेको प्रारम्भिक अनुसन्धान खुल्न आएसगै लिम्बुलाई समेत पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित ८ जना पक्राउ
२०८१-०२-१०

झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे झापाको बिर्तामोड नगरपालिका-५ सुकुमबासी टोल स्थित लागुऔषध कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ का ३६ बर्षीय कृष्ण ठाकुर र सुनसरी दुहवी घर भई हाल बिर्तामोड-४ बस्दै आएका ४२ बर्षीय खड्ग नारायण चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ब्राउन सुगर ७ ग्राम ५१० मिलिग्राम, २५४ ग्राम गाँजा र नगद २ हजार ६७० रुपैया फेला पारी पक्राउ गरेको हो भने सोहि दिन प्रहरी चौकी मेचीपारीबाट झापाको भद्रपुर नगरपालिका-३ स्थितमा खटिएको प्रहरी टोलीले मे. ४ प १६९६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा मोटरसाईकल चालक भद्रपुर-२ का २८ बर्षीय योगेश आलेको साथबाट फेनारगन र डाईजेपाम गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधी फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको बिराटनगर-१६ दरैया चोकबाट ७३ मिलिग्राम ब्राउन सुगर सहित  कैलालीका २५ बर्षीय धिरज बिश्वकर्मालाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाट स्थित घरमा कोठा भाडा लिई बस्दै आएका सप्तरीका २९ बर्षीय दिपक बस्नेत, २९ बर्षीय प्रकाश खड्का र ३२ बर्षीय सुदर्शन गेलाललाई १ के.जी.१० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । सहिदभुमि गाउँपालिका- ५ धनकुटाका २१ बर्षीय संन्देश राईलाई १ के.जी. ७०० ग्राम गाँजा सहित सहिदभुमि गाउँपालिका-६ बाट प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ८ जना पक्राउ
२०८१-०२-०९

झापा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले झापाको बिभिन्न स्थानहरुबाट ६७ ग्राम १६० मिलिग्राम ब्राउन सुगर सहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-५ मोरङका २६ बर्षिय समिर मग, उर्लाबारी नगरपालिका-२ का २७ बर्षिय सुजन कार्की,  कचनकवल गाउँपालिका-४ की ३६ बर्षीया अलिशा शेख मिया, शिवताक्षी नगरपालिका-१ का ३० बर्षीय शिसिर सुब्बा, २९ बर्षीय सन्जय सुब्बा र गौरदह नगरपालिका-९ का ३२ बर्षीय नबिन बस्नेत रहेका छन् । ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
२०८१-०२-०८

कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट सोमबार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ पुरी टोलबाट ईनरुवा नगरपालिका-६ का २६ बर्षीय सुशान्त खनाललालाई ३ ग्राम ९१ मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल सहित पक्राउ गरेको हो भने सोही टोलीले सोमवार अपरान्ह भोक्राहा नरसिंह गाउँपालिका-६ बाट सुन्दरहरैचा नगरपालिका-७ मोरङका २० बर्षीय बिमल चौधरी र २१ बर्षीय निकेश चौधरीलाई ३ ग्राम ४९ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ बाट दुहवी-२ का २० बर्षीय शुसान्त चौधरीलाई २ ग्राम ३९ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार दिउँसो पक्राउ गरेको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-६ बाट दमक नगरपालिका-९ का २७ बर्षीय आषिश खडियालाई ५ ग्राम १०० मिलिग्राम लागुऔषध सहित सोमवार साँझ पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीलेर थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०२-०७

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार बेलुका साढे ६ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ५ का २६ बर्षीय कुन्दन कुमार शर्मा र भारतिय नागरीक २३ बर्षीय रोहित मुखियालाई २० ग्राम ४०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी सोही दिन मोरङको रतुवामाइ नगरपालिका-२ स्थित इलाका प्रहरी कार्यालय डोरियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री रतुवामाई- ९ का २३ बर्षीय बिशाल थारु चौधरीलाई ट्रामाडोल, स्पास्मो र नाईट्राभेट गरि जम्मा ३५७ ट्याब्लेट नियन्त्रित औषधी सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३३ मिलिग्राम ब्राउनसगुर सहित बिराटनगर- १६ दरैयाबाट बिराटनगर- ११ की ३२ बर्षीया कल्पना राजभण्डारीलाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको हरिनगर गाउँपालिका-७ स्थित प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतीटप्पुबाट खटिएको प्रहरी टोलीले को. ३८ प ८८९२ र को. १३ प ४२४५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट श्रोत नखुलेको नेपाली नगद १० लाख ९ हजार २६० र भारु नगद १३० रुपैया, नियन्त्रित औषधी स्पासमो ३२ पिस गाँजा सहितको चिलिम १ थान र बिभिन्न कम्पनीको मोवाईल ५ थान बरामद गरेसगै मोटरसाईकलमा सवार देवानगंज-२ का २५ बर्षीय रहमान मियां, २४ बर्षीय सफराज मियां, २१ बर्षीय कुन्दन यादव, १९ बर्षीय विकास कुमार यादव र १८ बर्षीय प्रकाश कुमार यादवलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा बोकेको पिकअप सहित १ जना पक्राउ
२०८१-०२-०६

धनकुटाको शहिदभुमी गाउँपालिका-४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट शनिवार राती ११ बजे खटिएको प्रहरी टोलीले खोकुबाट पिप्ले तर्फ जादै गरेको प्रदेश १-०२-००२ च ६५६१ नम्वरको बलेरो पिकअप गाडीलाई चेक जाँच गर्दा गाडीमा लुकाई छिपाई राखेको १२ बोरा १६० किलोग्राम गाँजा बरामद गरेको हो । गाडीमा गाँजा बरामद भए संगै उक्त गाडीका चालक शहिदभुमी-४ का २७ बर्षीय योगेन राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ओसार पसारमा संलग्न २ जनालाई गोली प्रहार गरी नियन्त्रण
२०८१-०२-०४

सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । जेष्ठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रामधुनी-६ स्थितमा संकास्पद अवस्थामा रहेका सप्तकोशी नगरपालिका-५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र ईटहरी उप-महानगरपालिका-५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरे पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । गोली लागी घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भई रहेको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ३ जना पक्राउ
२०८१-०२-०३

धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साढे २ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार ईटहरी-५ का २५ बर्षीय संजिब रिजालले मुखमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद गरेसगै चालक २६ बर्षीय संजिब प्रधानलाई समेत नियन्त्रणमा लिएको हो । त्यस्तै धनकुटाको धनकुटा नगरपालिका-१ हिलेबाट स्थानीय २३ बर्षीय केवल तामाङ र २६ बर्षीय सुजन तामाङलाई स्पास्मो र ट्रामाडोल गरी जम्मा ३१९ ट्याब्लेट नियन्त्रित औषधी सहित प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यसैगरी पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८१-०२-०२

सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका-५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो । ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका-१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका-६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका-४ का ३० बर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१७ ICP रोडमा काँचो केरा बोकेको प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दे गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त  पिकप भेनबाट २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका-३ धनकुटाका १८ बर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जना पक्राउ
२०८१-०२-०१

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं.१-०१-००२ ह ७९७ नम्बरको अटो टेम्पोलाई रोकी चेकजाँच गर्दा टेम्पो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका-४ घर भई हाल माई नगरपालिका-४ ईलाम बस्दै आएका ३१ बर्षीय उमेश शेर्पाको साथबाट ३ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । त्यस्तै भद्रपुर नगरपालिका-४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले ३१० मिलिग्राम ब्राउनसुगर सहित भद्रपुर-३ का २३ बर्षीय उज्वल मगरलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले  को.३१ प ३२५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक इटहरी-१८ का २९ बर्षीय जेस राईको साथबाट ५२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने झापा कमल गाउँपालिका-६ का २३ बर्षीय कृष्ण साहलाई नियन्त्रीत औषधी lupagesine र digapame गरि जम्मा २१६ एम्पुल सहित मोरङको बुढीगंगा गाउँपालिका-२ बाट CRV बासवारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०१-२९

मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ७ बजे  विशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट PIT समुह तथा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ स्थित ग्यारेजमा रहेको बा.१० च ६८३८ नम्बरको स्कार्पियो गाडी मा प्लाष्टिकमा पोका बनाई राखेको अवस्थामा ३१३ किलोग्राम लागुऔषध गाँजा वरामद गरेको छ । लागुऔषध गाँजा वरामद भए संगै उक्त ग्यारेजमा काम गर्ने धरान-१५ का २८ बर्षीय आशिष कार्कीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै अस्थाई प्रहरी चौकी तीनकुनेबाट  खटिएको प्रहरी टोलीले धरान-८ स्थितबाट नियन्त्रित औषधी स्पासपेन ९ हजार ५ सय पिस सहित धरान-१२ का २४ बर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको छ भने मोरङको बिराटनगर-१६ हुलास चौकबाट धरान-१५ का ३६ बर्षीय श्याम राईलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले NITROSUN २० चक्की र ESKUF 100 ml सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०१-२७

सुनसरीको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागु औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को. १७ प ८९४९ नम्बरको स्कुटर चालक ईनरुवा नगरपालिका-३ का ४० बर्षिय आशिष राई र पछाडि सवार २२ बर्षिय शेवनन्द राजबंशीको साथबाट १५ ग्राम २ सय ४० मिलिग्राम ब्राउन सुगर र भोक्राहा नरसिंह गाँउपालिका-६ स्थितमा बा. ६८ प ८६९८ नम्बरको मोटरसाईकलमा सवार उदयपुरको बेलका नगरपालिका-९ का २६ बर्षिय नरेश बिश्वकर्मा र  सुनसरी बराहक्षेत्र नगरपालिका-७ का ३० बर्षिय सामुएल राईलाई ३ ग्राम ४ सय मिलिग्राम बाउनसुगर सहित नियन्त्रणमा लिएको  छ ।  यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २२ बर्षिय साजन बि.क. लाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०८१-०१-२६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान १० बजे अस्थाई प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरानतर्फ आदै गरेको को.१ ज २१७८ नम्बरको यात्रुबाहक बलेरोमा सवार धनकुटा साँगुरीगढी गाउँपालिका-८ का २४ बर्षीय दिपक मुडेलले अम्लिसो कुचो भित्र कालो झोलामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ४ के.जी. ४०० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध ब्राउन सुगर र गाँजा सहित २ जना पक्राउ
२०८१-०१-२५

इलाम जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे इलामको सुर्योदय नगरपालिका-१० फिक्कल स्थितबाट झापा बुद्दशान्ती-१ का ३५ बर्षीय प्रकाश कार्कीलाई प्र१-०१-००१ ह ८२८६ नंम्बरको अटो सहित प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरो टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै प्रहरी चौकी तिनघरे इलामबाट खटिएको प्रहरी टोलीले सुर्योदय-११ स्थितबाट लागुऔषध गाँजा ४ के.जी. ६०० ग्राम सहित स्थानीय ३१ बर्षीय देबेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८१-०१-२४

मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितबाट लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे सोहि स्थान बस्ने ६३ बर्षीय देव चौधरीको घरमा लागुऔषध गाँजाको किनबेच भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले ३८ बर्षीय दुर्गा प्रसाद फुयाललाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ५ सय ग्राम गाँजा बरामद गरेसगै दुबै जनालाई नियन्त्रणमा लिई सोधबुझ गर्दा प्र.१-०२-०५३ प ९०३१ नम्बरको मोटरसाईकल मार्फत बिक्रिको लागी ल्याइ दिने गरेको भनि अनुसन्धानको क्रममा खुल्नआए सगै खोजतलासमा खटिएको प्रहरी टोलीले मोटरसाईकल चालक केरावारी- ४ का ३१ बर्षीय सुविन राई र पछाडी सवार केरावारी- ५ का १९ बर्षीय अनिसम बस्नेतलाई फेला पारी चेकजाँच गर्दा साढे २ किलोग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।   

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०१-२०

झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको बिर्तामोड नगरपालिका- ३ पन्चकन्याटोल स्थित एक घरमा लागुऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले भारत बंगालकी २५ बर्षीया सन्नी सांह र इलामकी २२ बर्षीया मनिसा राईलाई ब्राउनसुगर ७ ग्राम ६० मिलिग्राम, नेपाली नगद १६ हजार ३६५, भारतिय नगद ३ हजार ९६० रुपैया र बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय खजुरगाछीबाट गौरीगंज गाउँपालिका- ४ स्थित खटिएको प्रहरी टोलीले को १७ प ४८५३ नम्बरको मोटरसाईकलाई शंका लागी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक गौरादह- १ का १९ बर्षीय लुखिराम बास्कीको साथबाट ब्राउनसुगर ५१० मिलिग्राम फेला पारी मोटरसाईकल पछाडी सवार २३ बर्षीय योगेश राजबंशीलाई समेत नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको धरान- १७ का २९ बर्षीय रोमन बिश्वकर्मा र ३५ बर्षीय राज कुमार बिश्वकर्मालाई ५ मिलिग्राम ब्राउनसुगर र नगद १५ हजार ८१५ रुपैया सहित अस्थाई प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने सोही दिन धरान- २० बाट इलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट विष्णुपादुकबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०६-००१प००८३ नम्बरको मोटरसाईकलाई शंका लागि चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट १३ किलोग्राम गाँजा बरामद गरेसगै मोटरसाईकल चालक धनकुटा शहिदभुमी गाउँपालिका- १ का २४ बर्षीय अनिल कटुवाललाई नियन्त्रणमा लिएको । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

अबैध लागुऔषध सहित ४ जना प्रहरीको नियन्त्रणमा
२०८१-०१-१७

सुनसरी र खोटाङको २ स्थानबाट अबैध लागुऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो साँझ सवा ५ बजे सुनसरीको कोशी पुल स्थितमा इलाका प्रहरी कार्यालय चतराबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले चतराबाट उदयपुरतर्फ जाँदै को ३२ प ७६२१ नम्बरको मोटरसाईकललाई रोकेर  चेकजाँच गर्दा ट्रामाडोल २४० पिस, स्पाइस २० पिस , डिकोलिक २०० पिस सहित मोटरसाईकल चालक उदयपुरको चौदण्डी नगरपालिका-३ का ३५ बर्षिय सुजिल राई र पछाडी सवार उदयपुरको बेलका नगरपालिका-५ का  २८ बर्षिय मिलन राईलाई नियन्त्रणमा लिएको थियो ।यसैगरी हिजो मध्यान्न ४ बजे इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले खोटाङबजार स्थित दिक्तेल सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बाग्मती ८६ प. ८८४० नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा मोटरसाईकल चालक खोटाङको खोटेहाङ गाउँपालिका-७ का २८ बर्षिय विपक राई र २७ बर्षिय मदन विश्वकर्मालाई  स्पासरेस्ट २५६ ट्याबलेट, ट्रामा  हाईट्रो कोलोरी २४६ ट्याबलेट र  लागुऔषध गाँजा २५० ग्राम सहित नियन्त्रणमा लिईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर र भारतिय नोट सहित एक जना पक्राउ
२०८१-०१-१६

मोरङको विराटनगर महानगरपालिका १७ मटेरुवा  स्थितबाट लागूऔषध ब्राउन सुगर र भारतिया नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जिल्ला अररिया मिरगंज वडा न- ८ का २५ बर्षीय सैफ जफर रहेका छन् । आज दिउसो सवाँ २ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका जफरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ९६ मिलिग्राम र भारतिय नोट ५०० दरको १० वटा सहित जम्मा ६ हजार २ सय भारतिय नोट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित २ जना पक्राउ
२०८१-०१-१४

सुनसरी धरानको विभिन्न स्थानबाट लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो २ बजे धरान उपमहानगरपालिका ८ तिनकुनेबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का ३४ बर्षीय प्रेम बि.क.लाई एभिल १९, फेनारगन १९, डाईजेपाम १९ , लुपिजेसिक १९ गरि जम्मा ७६ एम्पुल सहित पक्राउ गरेको छ ।यसै गरी हिजो बेलुका साढे ४ बजे धरान उपमहानगरपालिका १३ आपगाछीबाट अस्थाई प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले बसमा सवार रहेका मोरङको कानेपोखरी गाँउपालिकाका २३ बर्षीय उशन बिश्वकर्मालाई ४ केजी गाँजा सहित पक्राउ गरेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८१-०१-१२

झापाको तीन बिभिन्न स्थानहरुबाट मंगलवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको ओसार पसार तथा बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले  दशरथचन्द नगरपालिका-८ त्रिपुरा सुन्दरी बैतडीका २५ बर्षीय रोशन थापालाई बिर्तामोड नगरपालिका-३ बाट लागुऔषध ब्राउनसगुर ३९ ग्राम १० मिलिग्राम, मोवाइल १  थान र नगद  १,१०० रुपैयाँ सहित पक्राउ गरेको हो । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट कमल गाउपालिका ५ का २० बर्षीय मनिस मगरलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-९ बाट स्थानीय २४ बर्षीय सुजन दाहाल र २६ बर्षीय भिष्म कडेललाई लागुऔषध ब्राउनसगुर ८ ग्राम, नगद २ हजार र मोवायल ३ थान सहित  पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०१-१०

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे झापाको अर्जुनधारा नगरपालिका- ५ स्थितमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कन्काइ नगरपालिका- ८ का ३१ बर्षीय रविन चौधरीलाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ४० ग्राम ८२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यस्तै इलाम चुलाचुली गाँउपालिका- ५ घर भई हाल दमक नगरपालिका- ३ भुटानी शरणार्थी शिविर स्थित बस्दै आएका ३३ बर्षीय फुर्वा तामाङको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने सुचना पाएसगै प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट ब्राउनसुगर २ ग्राम ६०० मिलिग्राम, नगद १५ हजार ४५० रुपैया र बिभिन्न कम्पनीको मोबाईल २ थान बरामद गरेसगै तामाङलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चौक स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ४४ मिलिग्राम ब्राउनसुगर सहित कानेपोखरी गाउँपालिका- ५ का ३१ बर्षीय आकाश धिमाल र बिराटनगर- १५ ढाटबाट NITRAVET १६५ चक्की, SPASMO ८० क्यापसुल नियन्त्रित औषधी सहित ईटहरीका ४८ बर्षीय सुबास नगरकोटीलाई पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर ४ सय मिलिग्राम र नगद १९ हजार ९ सय रुपैया सहित पथरीशनिश्चरेका २१ बर्षीय अनि मगर र २० बर्षीय आनीहान लिम्बुलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०१-०७

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले झापा जिल्लाका छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर ३ ग्राम ६ सय ४० मिलिग्राम र नगद १२ हजार ४६० रुपैया सहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बुद्वशान्ती गाउँपालिका- १ का २३ बर्षीय रत्न बहादुर राय, मेचिनगर नगरपालिका- १० का २४ बर्षीय बिक्रम राजवंशी, २२ बर्षीय बिशाल लिम्बु र मेचिनगर- १२ का २२ बर्षीय नेत्र बहादुर राई रहेका छन् । त्यस्तै सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट ११ ग्राम ९४५ मिलिग्राम ब्राउनसगुर, TRAMANIL, NITRAVET गरी १ सय ट्याब्लेट र नगद ८ हजार १५५ रुपैया सहित मोरङ केराबारी गाँउपालिका- १० का ३७ बर्षीय राजु मगर, बराहक्षेत्र नगरपालिका- ७ का २५ बर्षीय सुरन भण्डारी र तेह्रथुमका २९ बर्षीय राजिन्द्र भण्डारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।   

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
२०८१-०१-०७

मोरङको कानेपोखरी गाउँपालिका- २ केरौन स्थितमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे कानेपोखरीबाट रमाईलोतर्फ जादै गरेको प्रदेश १-०२-०४९ प. ५७२२ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक स्थानीय ४५ बर्षीय दिलिप राजवंशी र सोहि स्कुटरमा पछाडी सवार ४३ बर्षीय सुरुज कुमार राजवंशी घाईते भएका थिए । दुर्घटनामा परी घाईते भएका दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा चालक राजवंशीको उपचारको क्रममा मृत्यु भएको हो भने घाईतेको सोहि अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०१-०६

सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज राती १ बजे धरान-२० कार्कीछाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न धरान-११ का २५ बर्षीय नकुल राई, २६ बर्षीय सानु राई र धरान-१८ का २० बर्षीय प्रज्वल भुजेल समेतलाई १ सय ८५ किलोग्राम गाँजा, धारीलो हतियार तरवार ३ थान, स्टिलको पाईप १ थान सहित नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसनधान भईरहेको छ ।

विधिवत रुपमा मौलो पुजा सम्पन्न
२०८१-०१-०४

चैते दशैको शुभ अवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा विधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको छ । आज बिहान ०७:२१ बजेको शुभ साईतमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले विधिवतरुपमा मौलोमा पुजाअर्चना गर्नुका साथै उपस्थित सम्पुर्ण सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले मौलो परिक्रमा गर्नु भई पुजा सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी गण बिराटनगरको प्राङ्गणमा भएको मौलो पुजामा सिनियर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै प्रहरी बैण्ड टोली समेतको उपस्थिति रहेको थियो ।संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ ।

ठुलो परिमाणको प्रतिन्धित औषधी सहित १ जना पक्राउ
२०८१-०१-०४

झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा रहेको एक होटलबाट ठुलो परिमाणको प्रतिबन्धित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित औषधिहरु ओसार पसार गरी बिक्रि बितरण गर्दै गरेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट सोमबार दिउँसो खटिएको प्रहरीले टोलीले मिक्लाजुङ गाउपालिका-१ मकरा स्थायी घर भई हाल सोही होटलमा काम गरी बस्ने २२ बर्षीय सगुन राईलाई नेपालमा प्रतिबन्धित औषधी Tramadol-50 mg, Spaspain, pregstar-75, gabix-75 नामका ८ हजार ३ सय ३६ ट्याब्लेट र नगद  ४,६३५ रुपैयाँ सहित पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८१-०१-०२

इलाम र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे इलामको माई नगरपालिका- १ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी  दानाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय रोमन श्रेष्ठ र २२ बर्षीय बिकल कार्कीलाई फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- ५ पिपलचौकबाट स्पाष्पेन, ट्रामाडोल, डेकोलिक गरि जम्मा १ सय चक्की औषधी र नगद ३ हजार ४५५ रुपैया सहित स्थानीय २१ बर्षीय सुमन लिम्बुलाई अस्थायी प्रहरी चौकी जनताबस्ती इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ । 

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१२-३०

झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध गाँजा र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे २ बजे झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागुऔषध बेचबिखन भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको कैलाश गाउँपालिका-४ का २७ बर्षीय पासाङ जिम्बा र मेचीनगर-१० का  ५६ बर्षीय शम्भु राजबंशीलाई ६ किलोग्राम ६ सय २० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको उर्लाबारी नगरपालिका-२ स्थितबाट इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ बर्षीय बिमला भुसाल र १७ बर्षीय कमल भुसाललाई नियन्त्रित औषधी ट्रामाडोल र स्पास्मिड  ५ सय ८० क्यापसुल सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धीत प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१२-२८

झापाको दुई छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का २६ बर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका-३ का २५ बर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोवायल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ बाट दमक-९ का ३५ बर्षीय बिनोद राई र ३१ बर्षीय गोपाल लम्जेललाई मंगलवार राती ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छोराले कुटपिट गर्दा बुबाको मृत्यु
२०८०-१२-२७

संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थितमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी बिषयमा बादविबाद हुँदा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए । घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले नजाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८०-१२-२५

कोशी प्रदेशको झापा, मोरङ र सुनसरी जिल्लाका तिन छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट शनिवार राती खटिएको प्रहरी टोलीले झापा गाउँपालिका-४ बाट झापा गाउँपालिका-७ का २५ बर्षीय सुनिराम हेमरन र २१ बर्षीय हिरण राजवंशीलाई ६० ग्राम २४ मिलिग्राम लागुऔषध ब्रउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी मोरङको ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले सुनदरहरैचा नगरपालिका-८ सलकपुरबाट स्थानिय २१ बर्षीय समिर बस्नेत र २९ बर्षीय प्रकाश बिष्टलाई १ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १० हजार ४० रुपैयाँ सहित शनिवार राती पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी नगरपालिका-८ बसपार्कबाट ईटहरी-१७ का सनवाज महमदलाई ५५८ मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित शनिवार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ८ जना पक्राउ
२०८०-१२-२२

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ४ बजे झापाको मेचिनगर नगरपालिका- ६ मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ उर्लाबारी- २ का २० बर्षीय पवन भट्टराईलाई १ ग्राम ८ सय मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने सोहि दिन प्रहरी चौकी धरमपुर झापाबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी TRAMADOL र SPASREST गरी जम्मा ३४० ट्याबलेट र नगद १४ हजार ८७० रुपैया सहित शिबसताक्षी नगरपालिका- ७ का ३१ बर्षीय कृष्ण चौधरी, ३१ बर्षीय दिपेश चौधरी र ३२ बर्षीय सन्तोष राईलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका- १५ ढाट स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री झापा दमक- ७ का १९ बर्षीय अमित मल्लिकलाई एभिल, लुपिजेशिक, फेनारागन, डाइजोपाम गरि जम्मा ४० एम्पुल र नाईट्राभेट २४ चक्की सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै सुनसरीको हरीनगर गाउँपालिका- ५ स्थित जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को. २ ह ६३६७ नम्बरको अटोलाई शंका लागि चेकजाँच गर्दा अटो भित्रबाट लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १६ के.जी. लागुऔषध गाँजा बरामद गरेसगै अटो चालक ईनरुवा नगरपालिका ७ का २९ बर्षीय लक्ष्मण मेहता, अटोमा सवार हरिनगर गाऊपालिका ६ का २२ बर्षीय हफरोज मिया र १८ बर्षीय मुर्तुज मियालाई पक्राउ गरेको हो । पक्राउ गरेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०८०-१२-२०

झापा र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध र निषेधित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचीपुलमा लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा भारतबाट नेपाल आउदै गरेकी सुनसरी रामधुनी नगरपालिका-७ की २४ बर्षीया कन्चन परियारलाई ७०० मिलिग्राम ब्राउन सुगर र नगद नेपाली रुपैया १ लाख ३९ हजार सहित नियन्त्रणमा लिएको छ भने मेचिनगर नगरपालिका-१० स्थितबाट ईलाका प्रहरी कार्यालय धुलावारीको प्रहरी टोलीले बिर्तामोड-१ का २१ बर्षीय गंगा प्रसाद मगरलाई ५ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी बिर्तामोड नगरपालिका-३ का २४ बर्षीय अशोक साह र २३ बर्षीय सुमित मल्लिकलाई ८० मिलिग्राम ब्राउनसुगर सहित प्रहरी चौकी बिर्ताबजारले र जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१२ का २३ बर्षीय समिर मगर र रोहित चौधरीलाई निषेधित औषधी ३१८ एम्पुल सहित नियन्त्रणमा लिएको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८०-१२-१७

झापा र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो झापाको इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका कन्काई नगरपालिका-४  का २१ बर्षीय सन्जय चौधरी र ३० बर्षीय रोशन चौधरीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट ५ ग्राम २ सय ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट भोजपुर ट्याम्केमैयुम गाउँपालिका-७ का २९ बर्षीय उगेन दर्जीको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी बिट मेचिपुल झापाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा मे.३ प ७८११ नम्बरको मोटरसाईकलमा सवार रहेका हल्दीबारी गाउँपालिका-२ का २४ बर्षीय कमल विश्वकर्मा र २० बर्षीय प्रतिक तामाङलाई १ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थितमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा  सुनसरीको ईटहरी-५ का २५ बर्षीय जीबन लिम्बु र बर्षीय २६ को सुमन लिम्बुलाई २ ग्राम ५१ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-१२-१६

झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका झापाको कनकाई नगरपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-१० का २८ बर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ स्थितबाट कन्काई- ४ का २३ बर्षीय सलिम आलम र २७ बर्षीय मुस्ताक अन्सारीलाई ९ सय ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने सोहि दिन लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका- ६ मेचीपुलबाट २ ग्राम ब्राउनसुगर सहित भारत ठाकुरगंज गलगलियाका ३२ बर्षीय मोहम्मद मुन्नालाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८०-१२-१५

मोरङको बिराटनगर महानगरपालिका १५ र १७ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे बिराटनगर १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिराटनगर १० का ३९ बर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने बिराटनगर १७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगर सहित भारत जोगवनीका ३२ बर्षीय मो. इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८०-१२-०९

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट लागुऔषध नियन्त्रणमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर १६ ग्राम ९५० मिलिग्राम र प्रतिबन्धित औषधी abbott, Diazepam गरी जम्मा १४७ एम्पुल र नगद ११ हजार ८ सय रुपैया सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ भने सोहि दिन मोरङ जिल्लाका बिभिन्न स्थानहरुबाट १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर, औषधी एभिल, लुपिजेशिक गरी १२ ट्याब्लेट र २४ के.जी अवैध गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुनसरीको ईटहरी उप-महानगरपालिका- १ पिपल चौकबाट १ ग्राम २४० मिलिग्राम र नगद ८ हजार ५ सय रुपैया सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध सहित २ जना पक्राउ
२०८०-१२-०८

मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध गाँजा र प्रतिबन्धि औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो ११ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ७ स्थित लागुऔषध बिचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा २७ बर्षीया सुजा लिम्बु र उनको भाई २१ बर्षीय अमृत लिम्बुको साथबाट ट्रामाडोल, डिकोलाईट गरी जम्मा ९ सय ट्याब्लेट प्रतिबन्धित औषधी फेला पारी पक्राउ गरेको हो भने पथरिशनिश्चरे नगरपालिका २ बाट धनकुटा शाँघुरीगढी नगरपालिका- ३ का ४२ बर्षीय प्रेम कुमार याखालाई समेत ६ के.जी. गाँजा सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ११ जना पक्राउ
२०८०-१२-०७

झापा, ईलाम र मोरङ जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अपरान्ह साढे ४ बजे भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थितमा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको ईटहरी उप-महानगरपालिका-४ का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम लागुऔषध ब्राउन सुगर र प्रदेश न. १-००२-०४४प ३८१ नम्बरको मोटरसाईकल सहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे इलामको इलाम नगरपालिका-७ टुडिखेल स्थितबाट स्थानीय ३० बर्षिय राकेश पाँचकोटी र उनकै श्रीमती २९ बर्षीया निमादेवी शेर्पालाई घरैबाट ५ ग्राम ३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ५ बजे झापाको बाह्रदशी गाउँपालिका-२ बिरिङ पुल स्थितबाट मे ७ प १०२७ नम्बरको मोटरसाईकल चालक झापाको झापा गाउँपालिका-४ का २३ वर्षीय अलागिर हक , मोटरसाईकल पछाडी सवार २६ बर्षीय मो. हुसेन र २१ बर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम लागुऔषध ब्राउन सुगर र मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो । यसैगरी इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे  झापाको गौरादह नगरपालिका-१ का २८ बर्षीय बिशाल सुब्बा, २६ बर्षीय सुजन अधिकारी, ३५ बर्षीय राजकुमार ताजपुरिया र २८ बर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको थियो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबै जनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जना पक्राउ
२०८०-१२-०५

झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ६ बजे झापाको दमक नगरपालिका- ८ स्थितमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ बर्षीय शेखर परियार र २१ बर्षीय रोहित साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट लुकाईछिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर ५ ग्राम बरामद गरी पक्राउ गरेको छ । यसै गरी हिजो दिउसो साढे १२ बजे इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले हिजो १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर सहित २३ बर्षीय मनिष चौधरीलाई कन्काई नगरपालिका- ८ बाट पक्राउ गरेको हो । यसै गरी हिजै बेलुका सवाँ ६ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थाई प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले साइकलयात्रीलाई शंका लागि चेकजाँच गर्ने क्रममा साइकल चालक स्थानीय २० बर्षीय रोहन राई र सोही साइकलमा पछाडी सवार बराहक्षेत्र- २० का समिर दर्जीको साथबाट नोफिन, एभिल, डाइजेपाम, ट्रमानिल, नाइट्रोसन, प्रोमेथोजिन गरी जम्मा ५६ ट्याब्लेट र सिरिन्ज ४ थान फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका सबै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८०-१२-०४

झापाको मेचिनगर नगरपालिका-१३ स्थित चारआली इलाम रोडबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा हिजो साँझ साढे ७ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो झापाबाट खटिएको प्रहरी टोलीले मे ३ प १०२४ नम्बरको मोटरसाईकलमा सवार झापाको बुद्धशान्ती गाँउपालिका-३ का २९ बर्षिय भिम बहादुर मगरको साथबाट ५ ग्राम २० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गर्नुका साथै लागुऔषध ब्राउनसुगर ओसार पसार तथा बिक्रि बितरणमा संलग्न झापाको बुद्धशान्ति गाँउपालिका -२ का २४ बर्षिय रोशन उपरकोटी समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८०-११-३०

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चिता अभियान २०८० को कार्य योजना अनुसार लागुऔषध नियन्त्रण तथा पक्राउ अभियानमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएका बिशेष प्रहरी टोलीले मंगलबार झापा जिल्लाको बिभिन्न स्थानहरुबाट ११ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर र नगद ८ हजार २ सय २५ रुपैया सहित  ७ जनालाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका- ९ बाट सुन्दरहरैचा- १० का २४ बर्षीय मोहमद अस्लाम र ३३ बर्षीय नबराज खड्कालाई १ ग्राम ६७० मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय बेलबारी र ईलाका प्रहरी कार्यालय बिराटचौकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय जलजले उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा- ६ बाट त्रियुगा- ३ का १९ बर्षीय कृष्ण चौधरीलाई प्रतिबन्धित औषधी प्रोमोथेजिन्ङ, डाईजेपामर र ब्रुपिनोरफिन गरी जम्मा १८ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ । 

लागुऔषध सहित १ जना पक्राउ
२०८०-११-२९

उदयपुरको त्रियुगा नगरपालिका- ११ बाट पिपलचोकबाट प्रतिबन्धित औषधी सहति १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले ना.२६ प ८३७५ नम्बरको  स्कुटरको डिकि भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा फेनार्गन, डाईजेपाम र आईपिल गरी जम्मा ४४ एम्पुल औषधी फेला पारी स्कुटर चालक स्थानीय २३ बर्षीय पासाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । त्यस्तै सुनसरीको देवानगंज गाउँपालिका- ५ स्थित मकैबारीमा अवैध गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट  (४ बोरा) ९८ के.जी. अवैध गाँजा फेला पारी बरामद गरेको र घटना सो सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु
२०८०-११-२९

उदयपुरको त्रियुगा नगरपालिका- ७ स्थित मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको स.१ ख.८१६ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको प्र.१-०१-०१६ प ४६७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सुर्योदय नगरपालिका- ३ ईलामका २४ बर्षीय प्रगित राईलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लागिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न बस र बस चालक उदयपुरगढी- ६ उदयपुरका ३० बर्षीय नारायण सुनुवारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०८०-११-२५

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ८ बजे झापाको गौरादह नगरपालिका- ५ स्थित प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले मे.६ प ४७८० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक गौरादह- ४ का २२ बर्षीय निरज खत्रीको साथबाट २९ ग्राम ४६० मिलीग्राम ब्राउनसुगर र नगद ८ हजार रुपैया समेत फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो भने मोरङको बिराटनगर महानगरपालिका- १५ ढाटबाट ईटहरी- १० सुनसरीका १८ बर्षीय राहुल चौधरीलाई NITRAVET- ५० ट्याब्लेट सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध सहित २ जना पक्राउ
२०८०-११-२४

मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ बर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ बर्षीय बिजय राई रहेका छन् ।हिजो बेलुका सभा ४ बजे कुंवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभिल ८ एम्पुल र फेनारागन ८ एम्पुल सहित पक्राउ गरेको थियो भने राईलाई हिजै बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई स्थितबाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल सहित पक्राउ गरेको थियो ।पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

खैरो हेरोईन सहित १ जना पक्राउ
२०८०-११-२२

सुनसरीको ईटहरी उप-महानगरपालिका-२ बाट खैरो हेरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी-२ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले आज दिउँसो ट्याटुहाउस संचालक स्थानीय २५ बर्षीय मनिष लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुले संचालन गरेको ट्याटुहाउसबाट प्रहरीले १.६८ ग्राम लागुऔषध खैरो हेरोईन, नगद २ हजार ३ सय रुपैयाँ र २ थान मोवायल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-११-२२

झापा र मोरङका छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सोमबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ दरैयाबाट बिराटनगर-१५ का कृष्ण सहनीलाई ६.७३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ को एक घरबाट सन्दकपुर गाउँपालिका-४ घर भई उक्त स्थानमा डेरा लिई बस्ने २५ बर्षीया बबिता गुरुङ, ईलाम नगरपालिका-२ की २० बर्षीया पुर्णिमा गुरुङ र स्थानीय २१ बर्षीय मनिष लिम्बुलाई १२ ग्राम ९५० मिलिग्राम लागुऔषध ब्राउनसुगर र ९ हजार ८ सय पचास नगद सहित पक्राउ गरेको हो । यस्तै झापाकै बिर्तामोड नगरपालिका-३ बाट कमल गाउँपालिका-३ का २० बर्षीय मौषम किस्कु ७२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८०-११-२१

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे झापाको कमल गाउँपालिका- ३ स्थितमा रहेको एक होटलमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले झापाको गौरीगंज गाउँपालिका-२ का ३६ बर्षिय अजय हेमरमल र लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न रहदै आएका अटो चालक २६ बर्षिय सम टुडुलाई प्र.१-०१-००१ ह ९९१० नम्बरको अटो र लागुऔषध ब्राउनसुगर  २० ग्राम सहित नियन्त्रणमा लिएको थियो । त्यसैगरी मोरङको उर्लावारी नगरपालिका-३ संजोरा पुल स्थितमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट चेकजाँचमा खटिएको प्रहरीको टोलिले प्र.१-०१-०१६प.४८३० नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा स्कुटरको डिकी भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिवन्धित औषधी ट्रामाडोल ३५० र स्पासमिट २९० ट्यावलेट सहित झापाको कमल गाउँपालिका-५ का ३२ बर्षिय राजन लिम्बुलाई नियन्त्रणमा लिएको थियो । यसैगरी प्रहरीको सोही टोलिले मोरङको उर्लावारी नगरपालिका-४ आईतवारे स्थितबाट २४ बर्षिय रंजित चौधरी, २२ बर्षिय प्रविन चौधरी र २१ बर्षिय सुजन वराइलीलाई प्रतिबन्धित औषधी १७० ट्यावलेट र  लागुऔषध गाँजा १५० ग्राम सहित नियन्त्रणमा लिएको थियो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-११-२०

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रीत औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ७ बजे झापाको कमल गाउँपालिका- ३ स्थितमा रहेको एक होटलमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले होटल संचालक ३५ बर्षीय सरोज थापा र शिवसताक्षी- ६ का ३० बर्षीय बिष्णु खड्कालाई ३८ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर- १६ स्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री दमक नगरपालिका- ८ का २० बर्षीय रमेश राजबंशी र १९ बर्षीया कोपिला राजबंशीलाई ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले लुपिजेसीक, डाईजेपाम, ऐभिल र फेनारागन गरी जम्मा ५२ एम्पुल नियन्त्रीत औषधी सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले मोरङको बुढिगंगा- ५ बाट १ के.जी. गाँजा सहित स्थानीय मुनिया खातुनलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८०-११-१९

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो १२ बजे झापाको बिर्तामोड नगरपालिका- २ स्थित प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले स्थानीय ३२ बर्षीय अनिल लुईटेललाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट ५०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बुढिगंगा गाउँपालिका- २ स्थितका ३५ बर्षीया रिना देवी सिहंले गाँजा घरमा लुकाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ५ के.जी. गाँजा फेला पारी बरामद गरेसगै सिंहलाई प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८०-११-१८

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ६ बजे झापाको मेचिनगर नगरपालिका- ६ बसपार्क स्थितबाट जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ४ का २१ बर्षीय रबिन चौधरीको साथबाट २ ग्राम ब्राउनसुगर र नेपाली नगद २२ हजार ६ सय रुपैया समेत फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी सोही दिन प्रहरी बिट मेचिपुल झापाबाट खटिएको प्रहरी टोलीले साईकल यात्री धरान- १२ सुनसरी घर भई हाल भद्रपुर- ७  स्थित बस्दै आएका ३८ बर्षीय सुबर्ण श्रेष्ठलाई भद्रपुर- ५ स्थितबाट ईन्जेक्सन लिक्विड ६ थान फेला पारी पक्राउ गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको लेटाङ- ९ का ३२ बर्षीय भिम भण्डारीलाई मोरङको बिराटनगर- १६ हुलास चौक स्थितबाट १ ग्राम ९६ मिलिग्राम ग्राउन सुगर सहित पक्राउ गरेको हो भने मिक्लाजुङ गाउँपालिका- ६ मोरङका २६ बर्षीय रविन लिम्बुलाई प्रतिबन्धित औषधी ट्रामाडोल १८२ क्याप्सुल र डोकोलिक २६७ क्याप्सुल सहित ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यस्तै अस्थायी प्रहरी पोष्ट अमरहाटबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका- १३ स्थितमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको मे. ७ प ७३७५ र प्रदेश १-०२-०५३ प ७६६० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलबाट ११ के.जी. गाँजा बरामद गरेसगै चालक कन्काई- १ का ३६ बर्षीय धन बहादुर मुखिया, मोटरसाईकलमा पछडी सवार ३५ बर्षीया गंगा दर्जी र सहिदभुमी गाउँपालिका- ३ धनकुटाका २२ बर्षीय टेकेन्द्र राईलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १० जना पक्राउ
२०८०-११-१७

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार बेलुका साढे ७ बजे झापाको मेचिनगर नगरपालिका- ६ स्थितमा लागुऔषधको बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- १० घर भई मेचिनगर- ६ डेरा गरी बस्ने २६ बर्षीय प्रकाश पौडेल, अर्जुनधरा- १० का २२ बर्षीय पुजन तामाङ र काठमाण्डौ- १६ का ३० बर्षीय ईश्वर अधिकारीलाई शंका लागि चेकजाँच गर्दा उनिहरुको साथबाट ४७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्क झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा- ११ का २२ बर्षीय बिनम उराउ र ३० बर्षीय कुमार सुब्बालाई ब्राउनसुगर १ ग्राम ५९० मिलिग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको बिर्तामोड नगरपालिका- ६ बुट्टाबारी चौकबाट अर्जुनधारा- ११ का २५ बर्षीय सुरज बिश्चकर्मालाई २ ग्राम २५० मिलिग्राम र बिर्तामोड- ५ का १९ बर्षीय जगत दनुवारलाई ८ सय ५० मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज- ५ बाट ४८ बर्षीय सन्तोष दास र ४० बर्षीय बिजय दासलाई Spas ८ ट्याब्लेट सहित पक्राउ गरेको हो भने मोरङको बिराटनगर- १७ स्लामपुर स्थित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले  भारतबाट नेपालतर्फ आउदै गरेको ग. ५ प. ३७२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक बिराटनगर- १२ का ४० बर्षीय प्रभात कटुवालको साथबाट २४ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसगुर र गाँजा सहित ६ जना पक्राउ
२०८०-११-१५

झापा, मोरङ र धनकुटा जिल्लाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर र गाँजा सहित ६ जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत सोमवार दिउँसो प्रदेशका बिभिन्न स्थानहरुमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१३ बाट बिराटनगर-१४ का २१ बर्षीय दिपेश सिंह ठकुरी, बिराटनगर-१७ का १९ बर्षीय शिबम थापा मगर र बिराटनगर-१५ का २० बर्षीय सेजन राईलाई १४.४४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी धनकुटाको पाख्रिबास नगरपालिका-४ बाट पाख्रिबास नगरपलिका-३ का २४ बर्षीय अनिल राई ३ केजी ६०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका हुन भने झापाको अर्जुनधारा नगरपालिका-८ का २१ बर्षीय अजय रावंशीलाई ३ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर र २ थान मोवायल सहित मेचीनगर नगरपालिका ८ बाट  प्रहरीले पक्राउ गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट खोटेहाङ गाउँपालिका-८ खोटाङका १९ बर्षीय शिशिर थापा ०.४७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-११-१४

झापाको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त्त रुपमा चेकजाँचमा खटिएको प्रहरीको टोलिले हिजो राती पौने ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट प्र.१-०२-०४१ प.१०३८ नम्वरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका मोटरसाईकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका-९ का २८ बर्षिय डिक बहादुर कार्की र पछाडी सवार मोरङको मधुमल्ला तोरीवारी कि २२ बर्षिया नाईरा भन्ने कोशिस तामाङको साथबाट लागुऔषध ब्राउनसुगर ११ ग्राम ५०० मिलिग्राम बरामद गरेको थियो । यसका साथै प्रहरीको सोही टोलीले उक्त स्थानबाट आईतबार राती ९ बजे भारतबाट नेपालतर्फ पैदल आउदै गरेका झापाको दमक नगरपालिका-२ सुनाखरीका ३३ बर्षिय प्रविन तामाङ र ४५ बर्षीया कलमा तामाङलाई ९ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र एम्पुल सहित ११ जना पक्राउ
२०८०-११-१३

मोरङ, झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट शनिवार दिउँसो प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र एम्पुल सहित ११ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अनुसार परिचालन भएको प्रहरी टोलीले बेलबारी-२ का २४ बर्षीय निशान लिम्बु,  बेलवारी-६ का २३ बर्षीय धिरज राई, ईटहरी-२ का २८ बर्षीय बिमल सुब्बा लिम्बु, केराबारी-८ का २३ बर्षीय बिक्रम कार्की, २२ बर्षीय लक्ष्मण कट्वाल, धरान-१७ का २२ बर्षीय सनम परियार, धरान-१५ का २१ बर्षीय राम परियार, ४३ बर्षीय रुबिन श्रेष्ठ, २९ बर्षीय कुमार खत्री, धरान-५ का २४ बर्षीय थाम बहादुर बि.क. र २४ बर्षीय अर्जुन बि.क.लाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले लागुऔषध ट्याब्लेट ५ हजार १ सय ६४ पिस, एम्पुल ९८ पिस, ब्राउनसुगर ८ ग्राम र नगद अन्ठानब्बे हजार ५ सय तथा बिभिन्न ब्यक्तिको नामका १३ थान नेपाली नागरीकता समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने पक्राउ
२०८०-११-१३

एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने  १ जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट शनिवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका-८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएको थियो । लागुऔषध गाँजा बरामद भए संगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८०-११-०८

झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ८ बजे झापाको अर्जुनधारा नगरपालिका- ११ स्थित ३७ बर्षीया शोभा श्रेष्ठले आफ्नै घर कोठामा  लागुऔषधको बेचबिखान गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट बुट्टाबारी र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर ५ सय ५० मिलिग्राम, बिभिन्न कम्पनिका मोवाईल ११ थान, नगद ३७ हजार रुपैया, घडी ४ थान, ईयरबड २ थान र पावरबैंक १ थान सहित पक्राउ गरेको हो । यसका साथै बेचबिखनमा संलग्न निजको छोरा १९ बर्षीय गोबिन्द श्रेष्ठ, बुहारी १८ बर्षीया सन्ध्या चौधरी श्रेष्ठ र ईलाम सन्दकपुर- ४ की २४ बर्षीया पलबी गुरुङ समेतलाई समेत पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर- १५ ढाट स्थित भारतबाट नेपालतर्फ आउदै गरेका भारतिय नागरीक २१ बर्षीय मो. सल्मानलाई ब्राउनसुगर १ ग्राम १२ मिलिग्राम सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने उदयपुरको बेलका- ९ स्थित ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले स्थानीय २० बर्षीय निकेश पराजुलीलाई ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले भोक्रहा नर्सिङ गाउँपालिका १ र २ को सिमानामा स्थित रहेको गँहु बारीमा बेवारिसे अबस्थामा (८ बोरा) १ सय ९२ किलोग्राम गाँजा फेला पारी बरामद गरेको हो । लागुऔषध गाँजा र पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-११-०७

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो मोरङको केराबारी गाउँपालिका-१० स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह ( PIT) र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय सुमन तामाङलाई ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नगद १४ हजार ४ सय ७० रुपैँया सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेकजाँचको क्रममा धरान-१८ का २२ बर्षीय जेम्स राईलाई  ५९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।सोही दिन झापाको बिर्तामोड-४ का २७ बर्षीय पुर्ण बहादुर बस्नेतलाई ब्राउनसुगर ५ सय ८० मिलिग्राम र नगद ८ हजार ४ सय ७५ रुपैया सहित ईलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेको छ भने सुनसरीको प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका-७ स्थितमा चेकजाँचको क्रममा प्रदेश ०१-०२-०४१ प १४६५ नम्बरको मोटरसाईकलमा सवार रहेका हरिनगरा-६ का २८ बर्षीय रब्बाम मियाँ र आदिल आलमलाई प्रतिबन्धित औषधी ट्रामाडोल १५ हजार २० ट्याब्लेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ६ जना पक्राउ
२०८०-११-०३

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) र जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानहरुबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समूह (PIT) बाट सुनसरीको धरान उप-महानगरपालिका- १५ बगरकोट स्थित खटिएको प्रहरी टोलीले धरान- ४ का २७ बर्षीय राजिव राईलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट Trama ६८, Decolic ११८ ट्याब्लेट, बिभिन्न कम्पनीको मोबाईल ४ थान र नगद ८ हजार रुपैँया समेत फेला पारी पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले मोरङको बुढिगंगा गाउँपालिका- २ टंकीबाट डाईजोपाम, फेनारगन, लुपिजेसिक र एभिल गरी जम्मा ६८ एम्पुल औषधी सहित ईटहरी- ५ का २२ बर्षीय पुकार गिरी, २० बर्षीय एकराज सुनदास र २६ बर्षीय आकाश चौधरीलाई पक्राउ गरेको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा- १० का ३६ बर्षीय केशब तामाङलाई ७२ मिलिग्राम र बिराटनगर- १६ हुलास चौकबाट ७४ मिलिग्राम ब्राउन सुगर सहित १९ बर्षीया सुजन उरावलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८०-११-०२

मोरङको पथरी शनिश्चरे नगरपलिका-१ बाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले झापाको पृथ्वी गाउँपालिका- ३ घर भई हाल पथरीशनिश्चरे- १ स्थित डेरा गरी बस्दै आएका २० बर्षीय जितेस लिम्बुलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रतिबन्धित औषधी ट्रमाडोल र डिकोलिक गरी जम्मा २ सय २० चक्की फेला पारी पक्राउ गरेको हो । त्यस्तै मोरङको बिराटनगर महानगरपालिका- १२ रोडशेषबाट सुन्दरहरैचा- ७ का ३० बर्षीय अभिसेक चौधरीलाई ३ ग्राम गाँजा, DIAZEPAM, PHENARG, PROMOZINE  र BUPRENOPHINE गरि जम्मा २९ एम्पुल औषधी सहित वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८०-१०-२८

सुनसरीको धरान उप-महानगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिसेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-११ रिटिङ टोलबाट स्थानीय १९ बर्षीय मौषस राईलाई ३६ केजी गाँजा सहित र रेसुङगा चोकका २२ बर्षीय अभिशेष शेर्मालाई ५२ केजी गाँजा सहित शनिवार दिउँसो पक्राउ गरेको हो । राईले चलाएको १-०२-००३ ह ३७४ नम्बरको अटो र शेर्माले चलाएको को १ ह ५०९८ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा टेम्पोको डिकिको भागमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको थियो । गाँजा सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ। यसैगरी सुनसरीको बर्जु गाउँपालिका-६ बाट ६१ केजी गाँजा बरामद भएको छ । लागुऔषध लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गढी गाऊपालिको बिभिन्न स्थानहरुमा खेतमा परालले छोपेर राखेको बेवारीसे अवस्थामा ६१ केजी बरामद भएको र सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।   

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१०-२६

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको खरिद विक्री तथा कारोवार भई रहेको छ भन्ने बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट ईटाभट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपलिका- ८ बाट स्थानीय ४० बर्षीय काली बहादुर तामाङलाई ५ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका - ६ का ३१ बर्षीया उषा चौधरीले त्रियुगा- १३ पिजि चोक स्थित संचालन गर्दै आएका उषा औषधी पसलमा प्रतिबन्धीत औषधी pregabalin, dyclonine, lorazepam, clonazepam र colza गरि जम्मा ४३० ट्याब्लेट फेला पारी संचालक चौधरीलाई समेत जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने अस्थाई प्रहरी पोष्ट बगाहबाट खटिएको प्रहरी टोलीले फेनारागन, डाईजेपाम, ब्रुपिनोर्फिन र नाईट्रोजन गरि २० एम्पुल औसधी सहित त्रियुगा- ४ का ३१ बर्षीय किरण अधिकारीलाई प्रक्राउ गरेको हो । त्यस्तै मोरङको कटहरी गाउँपालिका- ६ का कपिलदेव सहनीको घर कोठाबाट अबैध गाँजा बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कोठा खानतलासी गर्दा ५ के.जी. ५०० ग्राम गाँजा बरामद गरेको हो भने सहनीलाई नियन्त्रणमा लिई सोधबुझ गर्दा कटहरी- ४ का ३३ बर्षीय सोहनी सहनी समेत बेचबिखानमा संलग्न रहेको भन्ने खुल्न आएसगै निजलाई समेत १ के.जी. गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेक उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८०-१०-२५

झापा र मोरङ जिल्लाका दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर- ८ बाट स्थानीय २३ बर्षीया गीता बिष्ट र मेचिनगर- १० का ३१ बर्षीय मेग्देन गुरुङलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका- ७ का २१ बर्षीय योगेश राईलाई केराबारी- ७ खदम खोला किनारबाट प्रतिबन्धित औषधी ट्रमाडोल र डिकोलिङं गरी जम्मा ३६० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ५ जना पक्राउ
२०८०-१०-२३

कोशी प्रदेशको ईलाम, धनकुटा र मोरङ जिल्लाका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो फिदिम नगरपालिका-५ का ६२ बर्षीय याम बहादुर तुम्बापोलाई सुर्योदय नगरपालिका-२ बाट १०० ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी धनकुटाको प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले सोमवार नै धनकुटा नगरपालिका-१ बाट धरान-१४ का २५ बर्षीय सुजन थापा र धरान-६ का २८ बर्षीय प्रज्वल थापालाई प्रतिबन्धित औषधी SPASMO २६० चक्की, TRAMOL २६० चक्की र   SPASMO PROXMINO (+) ३४ चक्की सहित पक्राउ गरेको हो । यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१३ बाट भारत कोशीकापुरका २६ बर्षीय सहजात अलि र धर्मदेवी नगरपालिका-१ संखुवासभाकी २० बर्षीया रबिता अधिकारीलाई ९ ग्राम ९ मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर र गाँजा सहित ४ जना पक्राउ
२०८०-१०-२२

झापा ,मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित आईतबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उप-महानगरपालिका-१५ बगरकोट घर भई हाल शुक्रपथ स्थित होटल सञ्चालन गर्दै आएकी ४० बर्षीया कविता भुजेल र तेह्रथुमको म्याङलुङ नगरपालिका -७ जिरिखिम्ति घर भई हाल सोही होटलमा बस्ने ३७ बर्षीय मौसम खड्कालाई  ८ ग्राम ९४ मिलिग्राम लागूऔषध खैरो हिरोईन र नगद १६ हजार सहित नियन्त्रणमा लिएको थियो । यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलिले मोरङको कटहरी गाउँपालिका-१ स्थित रंगेली बिराटनगर सडक खण्डबाट ९ किलो २०० ग्राम लागुऔषध गाँजा सहित धनकुटाको सागुरीगढी गाउँपालिका-६ का ४१  बर्षीय अमर राईलाई नियन्त्रणमा लिएको थियो । यसका साथै लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट आईतबार साँझ संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउदै गरेका मोरङ पथरी शनिश्चरे नगरपालिका-९ महेन्द्र चौकका २१ बर्षीय प्रणव चौहानको साथबाट १ ग्राम २ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर फेलापारी चौहानलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउनसुगर र निषेधित औषधी र गाँजा सहित ८ जना पक्राउ
२०८०-१०-१९

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा  प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीको टोलीले मोरङको सुनवर्षी नगरपालिका-६ झपडतल स्थितमा आमबारीबाट डाईनियातर्फ  आउदै गरेको प्र.१-०२-००३ ह.१२१२ नम्बरको अटोलाई चेक जाँच गर्ने क्रममा अटोमा सवार मोरङको रतुवामाई नगरपालिका-१० का ५० बर्षीय महेन्द्र साह र ५० बर्षिया निरिसा देवी साहले शरिरको बिभिन्न भागमा लुकाई छिपाई लैजादै गरेको ४ किलो ९०० ग्राम गाँजा सहित अटो चालक ४५ बर्षीय लिल बहादुर कार्की समेतलाई पक्राउ गरेको हो । यसैगरी  बिहिबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले तेह्रथुमको छतर गाउँपालिका-५ का ४६ बर्षीया नर्बदा लिम्बुलाई बिराटनगर-१५ बाट १.१३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसका साथै बिहिबार साँझ प्रहरी चौकी बेलसोत उदयपुरबाट गस्तिमा खटिएको प्रहरी टोलीले बा ४४ प ७८२७ नम्बरको मोटरसाइकलमा सवार उदयपुरको कटारी नगरपालिका-३ का २७ बर्षीय करण लिम्बु र १९ बर्षीय बिशाल तामाङलाई चेकजाँच गर्ने क्रममा अबैध औषधी स्पास्पेन-२५०० चक्की सहित नियन्त्रणमा लिएको थियो । यसैगरी गोप्य सुचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-३ का २२ बर्षीय कृष्ण कुमार थापा र २३ बर्षीय अजय राजवंशीलाई  १ ग्राम १७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-१०-१७

मोरङ र झापाको तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१७ की १९ बर्षीया अनिता बैठालाई बिराटनगर-१५ बाट १९.३३ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको तथा घटनामा संग्लग्न रहेकी बिराटनगर-१६ की ३० बर्षीया सरस्वती गुरुङलाई १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । यसैगरी मोरङकै पथरी शनिश्चरे नगरपालिका-४ बाट स्थानिय ३३ बर्षीय चित्र कुमार रपाल(बि.क.) लाई २५ ग्राम लागुऔषध ब्राउनसुगर, बिभिन्न कम्पनिका -५ थान मोबायल  र डिजिटल तराजु -१ थान सहित ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-५ का २२ बर्षीय स्मार्ट थेवेलाई एक ग्राम लागुऔषध खैरो हेरोईन सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ३ जना पक्राउ
२०८०-१०-१६

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरीले हिजो झापाको दमक नगरपालिका-९ का १९ बर्षिय दिकेश मुण्डालाई उनको घर कोठाबाट २.५ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसै गरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा भारत बाट नेपाल आउदै गरेका  मोरङ बेलबारी-२  का २४ बर्षिय दिप लिम्बुको साथबाट ८० एम्पुल  निषेधित औषधि सहित नियन्त्रणमा लिएको हो भने सुनसरी दुहबी-५ स्थितमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी  टोलीले चेक जाँचको क्रममा को. ३८ प ५४६५ नम्बरको मोटरसाइकल चालक इटहरी-५ सुनसरीका ४० बर्षिय दिपेश मगरको साथबाट १९४ ट्यावलेट निषेधित औषधी  सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरिरहको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१०-११

झापाको कमल गाउँपालिका- ७ स्थितबाट लागुऔषध गाँजा र ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कमल गाउँपालिका-७ धिमाल डाडा स्थित एक होटलमा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउपालिका-७ बस्ने २५ वर्षिय सुरज लिम्बु, ४० वर्षिय किबी माया धिमाल, २१ वर्षिय गणेश दर्जी र झापा गौरादह नगरपालिका- १ बस्ने २४ वर्षिय विशाल मर्डीको साथबाट २ सय ५० ग्राम लागुऔषध गाँजा र ४ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा र ब्राउन सुगर सहित २ जना पक्राउ
२०८०-१०-१०

उदयपुर र झापाबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो १ बजे उदयपुर कटारी नगरपालिका ३ स्थीत बसपार्कबाट इलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा ८ किलोग्राम सहित सिरहा गोलबजार नगरपालिका १ की २८ बर्षीया अनिता राईलाई पक्राउ गरिएको छ । यसै गरी हिजै बेलुका ८ बजे झापाको दमक नगरपालिका २ स्थितबाट अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले २९ बर्षीय तागेन्द्र मगरलाई लागुऔषध ब्राउन सुगर ५०० मिलिग्राम सहित घरैबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा र ब्राउनसुगर सहित ५ जना पक्राउ
२०८०-१०-०९

सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रीत लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट रासीबाट खटिएको प्रहरी टोलीले सोमवार दिउँसो धरान-११ का २९ बर्षीय कुमार तामाङ र ३० बर्षीय राम बहादुर राईलाई ८० केजी गाँजा सहित सुनसरीको देवानगञ्ज गाउँपलिका-६ नहरचौकबाट पक्राउ गरेको हो । को १ ह ५०९९ नम्बरको टेम्पोमा सवार रहेका उनीहरुले अटोको डिकी र सिलिङको भागमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय देवानगंञ्जले जनाएको छ । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१५ सिमा क्षेत्रबाट भारत जोगवनीका २० बर्षीय बिशाल पोदारलाई ३ ग्राम ११ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार दिउँसो पक्राउ गरेको हो  भने सोही टोलीले सोमबार अपरान्ह बिराटनगर-१५ बाट बिराटनगर-१७ का मो.रब्बानी मिया र मो.अख्तर मियालाई ०.८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-१०-०८

धनकुटा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो धनकुटाको धनकुटा नगरपालिका – ७ बसपार्क स्थितमा जिल्ला प्रहरी कार्यलय धनकुटाबाट खटिएका प्रहरी टोलिले शंकालागि चेक जाँच गर्दा धनकुटा नगरपालिका – ७ बस्ने २१ वर्षिय किरण राईको साथबाट  प्रतिबन्धित लागुऔषध ट्रामाडोल ३७० क्यापसुल र डिकोलिक ३६९ ट्याव्लेट फेला पारेसंगै निजलाई पक्राउ गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका – १५ स्थित एक नम्बर ढाटमा स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदलयात्री मोरङ जहदा गाउपालिका- ५ लक्ष्मनीया बस्ने २६ वर्षिय रंजित कुमार शर्माको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो भने सुनसरी दुहवी नगरपालिका- ८ सोनापुर बस्ने २४ वर्षिय मो. शहवाज र सन्तोष सिहको साथबाट १ ग्राम ७ सय ५० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिमाणको प्रतिबन्धित औषधी, ब्राउनसुगर, र गाँजा सहित ५ जना पक्राउ
२०८०-१०-०२

झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार ठुलो परिमाणको प्रतिबन्धित औषधी तथा लागुऔषध ब्राउनसुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सोमवार दिउँसो प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका- ९ बाट शिबसताक्षी- १० का ३० बर्षीय आशिष भण्डारीलाई प्रतिबन्धित औषधी Tramadol- ७५ हजार ८ सय ३० क्याप्सुल, Dicyclomine- २३ हजार ९ सय ७० क्याप्सुल र Vibel- ५ सय ९० क्याप्सुल सहित प्रहरीले पक्राउ गरेको हो । मे. १ ह ४९५५ नम्बरको अटोमा सवार रहेका भण्डारीले अटोको बिभिन्न भागमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको प्रतिबन्धित औषधी बरामद भएको थियो । ठुलो परिमाणमा औषधी बरामद भएसंगै अटो सहित भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले भद्रपुर- ५ बाट स्थानीय २२ बर्षीय राहुल ठाकुरलाई १ ग्राम ७ सय ८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानी बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर- १५ बाट ब्राउनसुगर ११ मिलिग्राम र नाईट्रोजन औषधी १० चक्की सहित स्थानीय ४६ बर्षीय अरुण शाही र ४६ साजन श्रेष्ठलाई पक्राउ गरेको हो  । यसैगरी  धरान उप-महानरपालिका- ४ का २० बर्षीय सुलभ राईले लागुऔषध गाँजा लुकाईछिपाई राखेको छ भन्ने सुचना पाएसगै अस्थाई प्रहरी पोष्ट पत्राङबारीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा १ किलो ग्राम गाँजा फेला पारी राई सहित बेचबिखनमा संलग्न २६ बर्षीय अनिस राईलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०९-२५

धनकुटा, मोरङ र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ भेडेटार चौक स्थित ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जादै गरेको को. ३० प ४५१५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक धनकुटा- १ हिलेका २२ बर्षीय तिलक राना मगरको साथबाट लागुऔषध गाँजा १ के.जि. फेला पारेसगै निजलाई पक्राउ गरेको हो । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ३ मा लागुऔषध बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले ५३ बर्षीय बल बहादुर कार्कीलाई १ के.जी. ६५० ग्राम गाँजा सहित पक्राउ गरेको हो । यसैगरी बिराटनगर महानगरपालिका- १५ एक नम्बर ढाट स्थित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को ४० प २४३ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा उक्त स्कुटरमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ५२ मिलिग्राम ब्राउन सुगर फेला पारी स्कुटर चालक धरान- ८ का २७ बर्षीय सचिन प्रधान र पछाडी सवार षडानन्द नगरपालिका- २ भोजपुरकी २३ बर्षीया प्रतिमा राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८०-०९-२३

सुनसरीको कोशी गाउँपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज राती २ बजे कुम्याहि स्थितमा निर्माणाधिन घरमा गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी श्रीपुरजब्दी र अस्थायी प्रहरी पोष्ट कोशी कटानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उक्त घरबाट २ सय १६ किलो ४५ ग्राम गाँजा फेला पारेको हो । गाँजा बरमाद भएसगै ओसार पोसारमा संलग्न रहेका कोशी गाउँपालिका-५ का ३४ बर्षीय सागिर मिया र भारत बिहारका ३१ बर्षीय अरबिन्द कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०८०-०९-१९

सुनसरीको हरिनगरा गाउँपालिका- ६ स्थितबाट अवैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा बुधवार दिउँसो ३ बजे कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह (PIT)  र  प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले प्र.१-०४-००१ त १२६० नम्बरको ट्याक्टरलाई  रोकी  चेकजाँच गर्दा उक्त ट्याक्टरमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ७० के.जी. लागुऔषध गाँजा फेला पारी बरामद गरेसगै ट्याक्टर चालक भारत अररियाका २७ बर्षीय ऐना तुलालाई समेत पक्राउ गरेको हो । बरामद भएको गाँजा र पक्राउ परेका तुलाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०९-१७

 सुनसरी र उदयपुर जिल्लाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँज ७ बजे लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर, जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय लौकहीबाट कोशी गाँउपालिका- १ लौकही स्थितमा खटिएको प्रहरी टोलीले सोहि स्थानका ३८ बर्षीय सत्य नारायण यादवको घरबाट २४ ग्राम ४ सय २० मिलिग्राम ब्राउन सुगर, Nitravet, Avil, फेनारगन र Noophin गरी जम्मा ४ सय ७२ ट्याब्लेट, बिभिन्न कम्पनीको मोबाईल ४ थान बरामद गरेसंगै लागुऔषध बेचबिखानमा संलग्न देश भारत बिहारका २० बर्षीय मो. अकबर आलमलाई समेत प्रहरीले पक्राउ गरेको हो । यसैगरी उदयपुरको कटारी नगरपालिका- ४ स्थितबाट ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले स.१० प १६१४ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा चालक कटारी- ८ का २० बर्षीय रुद्र तामाङले झोला भित्र लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित औषधी Tapentadol Tablets Apendol र Spaspain गरी जम्मा ३८ सय चक्की फेला पारी पक्राउ गरेको हो भने प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले चौडण्डीगढी नगरपालिका- १ का २६ बर्षीय योगेन्द्र खत्रीलाई शंका लागि चेकजाचँ गर्दा उनको साथबाट ब्राउन सुगर ८ सय २०मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याबलेट फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०८०-०९-१२

मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित बुधवार ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १६ दरैया स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको को.१९ प ८६० नम्बरको मोटसाईकल चेकजाँच गर्ने क्रममा चालक दुहबी- ९ का ३० बर्षीय मो.सहबाज र पछाडी सवार २७ बर्षीय मो.जावेद आलमको साथबाट १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका- १० स्थितबाट प्रतिबन्धित औषधी स्पासपेन, ट्रमाडोल र डाईक्लोमाईन गरी ३६ चक्की सहित स्थानीय ३६ बर्षीय नारायण राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८०-०९-०५

सुनसरी र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर र गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कोशी गाउँपालिका- १ स्थितमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको सहिदभुमि गाउँपालिका- ४ धनकुटाका ३२ बर्षीय निजम राई र राप्ति नगरपालिका- ९ दाङका बिशाल थापालाई संकास्पद अवस्था फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ४ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै उदयपुरको ताप्ली गाउँपालिका- २ लेखगाँउ स्थित १६ किलोग्राम गाँजा बेवारिसे अबस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरी गस्ति टोलीले फेला पारी बरामद गरेको हो । बरामद गरेको गाँजा र लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८०-०८-२६

झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ बेलडागीका २४ बर्षीय भिम बहादुर राई र २१ बर्षीय बिकाश घलेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ब्राउन सुगर, नगद १४ हजार सहित नियन्त्रणमा लिएको हो । यसै गरी ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका-३ स्थितमा  मे. ९ प ५०९२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक मेचिनगर-१३ की ३८ बर्षीया पवित्र राजवंशीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागु औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८०-०८-२४

मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चोकबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.२० प. १२६६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक इटहरी उप-महानगरपालिका- १९ का ३१ बर्षीय अनिल कार्की र पछाडी सवार इटहरी- २ का ३२ बर्षीय सुनिल मगरको साथबाट प्रतिबन्धित औषधी एभिल, डाइजोपाम, फेनारागन र लुपिजेसिक गरी ४० एम्पुल बरामद भएको थियो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनीहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८०-०८-२३

मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार दिउँसो मोरङको बिराटनगर महानगरपालिका- १६ दरैया स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका बिराटनगर - ९ का ३३ बर्षीय जिवन तामाङ र खाँदबारी नगरपालिका- ७ संखुवासभाका २८ बर्षीय हिरालाल बिश्वकर्मालाई १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने सोहि दिन  मिक्लाजुङ गाउँपालिका- ९ का ३० बर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका- ५ का २४ बर्षीय रमेश सिंह लिम्बुलाई १ ग्राम १८ मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । यसैगरी बिराटनगर- १५ बाट प्रतिबन्धित औषधी Codiwell Cough Syrup २ बोतल, Nitrovet-१० र SPASMO- २४ ट्याप्लेट सहित ईटहरी- ४ का ४० बर्षीय खेमराज श्रेष्ठ र  ईटहरी- ८ का ४६ बर्षीय पंकज सिंहलाई पक्राउ गरेको हो । त्यस्तै उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा- २ का २४ बर्षीय सुरेन्द्र बस्नेतलाई  डाईजेपाम, बुप्रिनोरफीन र फेनारागन गरी जम्मा ९ एम्पुल प्रतिबन्धित औषधी सहित शुक्रवार पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८०-०८-२२

मोरङको बिराटनगर महानरगपालिका-१५ ढाट स्थितबाट लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान ८ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान-१७ का २१ बर्षीय बाल कृष्ण खड्काको साथबाट प्रतिबन्धित औषधी Nitrovet- ५५ ट्याप्लेट र गौरादह नगरपालिका-४ झापाका ३८ हरी बहादुर ठकुरीको साथबाट ८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।   

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०८-२१

झापा र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह झापाको मेचिनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको शिवसताक्षी नगरपालिका-८ का ३५ बर्षीय चन्द्र बहादुर खड्कालाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारेकोले पक्राउ गरेको हो भने उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लिमचुङबुङ गाउँपालिका-५ का १९ बर्षीय रुपेश कार्की, १९ बर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरेलाई ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०८-१७

मोरङ जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर- १५ बैकं चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरु बिराटनगर- १६ का राहुल यादव र  कृष्ण साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो भने बिराटनगर- १६ बाट बिराटनगर- ३ का ५० बर्षीय राजु श्रेष्ठ र ४३ बर्षीय गुड्डु महिपालको साथबाट प्रतिबन्धित औषधी NITROSUN- ४० चक्की फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । 

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०८०-०८-१५

मोरङ, सुनसरी र संखुवासभा जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिहिवार प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका- ११ बसपार्क स्थितमा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईटहरी उप-महानगरपालिका- ८ की २३ बर्षीया स्वस्तिका चौधरीलाई लागुऔषध नाईट्राभेट १५ ट्याब्लेट र खाली सिरिन्ज २ पिस सहित  पक्राउ गरेको हो । त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका- ७ स्थितमा लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय २२ बर्षीय मनिष माझी र सप्तरी राजविराज का २४ बर्षीय सुनिल राईलाई ब्राउनसुगर ३९ ग्राम ७ सय ७० मिलिग्राम, प्रतिबन्धित औषधी १५ ट्याबलेट र ८ ग्राम १ सय मिलिग्राम गाँजा सहित पक्राउ गरेको हो । यसैगरी बराहक्षेत्र- ६ मुनालचोकबाट १८ बर्षीय अनिश राईलाई लागुऔषध नाइट्रभेट र स्पास्मो गरी ५ सय ७७ ट्याब्लेट, नियन्त्रित औषधी ट्रामाडोल ४ सय ८० क्याप्सुल सहित प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी प्रहरी चौकी याख्खाचौक संखुवासभाबाट खटिएको प्रहरी टोलीले धर्मदेवी नगरपालिका- ५ बाट ३ सय १६ ग्राम गाँजा र गाँजा खान प्रयोग गरिने चिलिम १ थान सहित  ५० बर्षीय गोपाल भन्ने मिन बहादुर दर्जीलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८०-०८-१२

मोरङ र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान साढे ११ बजे मोरङको बिराटनगर महानगरपालिका- १६ बाट धनकुटा नगरपालिका -९ का ३२ बर्षीय हरी सुन्दर श्रेष्ठलाई एभिल, फेनारागन, लुपिजेशिक र डाइजोपाम गरी ७६ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो भने पाँचथरको फिदिम नगरपालिका- १३ घर भई हाल फिदिम नगरपालिका- १ स्थितमा डेरा गरी बस्ने-३५ बर्षीय अर्जुन वर्देवाले प्रतिबन्धित औषधी विक्री वितरण गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले tramol- १ सय २४ क्यापसुल, Decolic, spaspai,  spasmo र lexin गरी १ सय ७९ ट्याव्लेट सहित वर्देवालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।   

चोरीको मोटरसाईकल सहित १ जना पक्राउ
२०८०-०८-१२

झापाको अर्जुनधारा नगरपालिका-८ शनिश्चरे स्थितबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ५ का २१ बर्षीय महमद अफरोज मिया रहेका छन । हिजो पाँचथरको हिलिहाङ गाउँपालिका- २ घर भई हाल बिर्तामोड नगरपालिका- १ स्थित बस्दै आएका प्रेम कुमार श्रेष्ठको मे. १० प ६१२६ नम्बरको मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा पार्किङ स्थलबाटै चोरी भएको सूचना पाएसंगै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोलीले अर्जुनधारा- ८ स्थित उक्त मोटरसाईकल फेला पारी मोटरसाईकल चोरीमा संलग्न मियालाई पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८०-०८-११

झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे झापाको दमक नगरपालिका- ९ स्थित ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका- १ का २० बर्षीय अनिस धिमाललाई १ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास बाट बिराटनगर- १७ का मोहमद समिर र भारतिय नागरीक २६ बर्षीय मोहमद चादलाई ४५ मिलिग्राम ब्राउन सुगर, नाईट्राजेपाम- ४ ट्याबलेट सहित पक्राउ गरेको हो भने बिराटनगर- १५ बसपार्क बाट लागुऔषध डाइलेक्स डि.सि. धरान- ८ का ३३ बर्षीय युबेन्द्र लिम्बु , सोही मोटरसाईकलमा पछाडी सवार ३५ बर्षीय ललित लिम्बु र २२ बर्षीय महोमद अलि हुसेनलाई पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ६ बाट त्रियुगा- १६ का २६ बर्षीय ईश्टुपिन खड्कालाई डाईजेपाम, फेनार्गन र बुप्रिनोर्फिन गरी जम्मा ९ एम्पुल लागुऔषधी सहित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ । 

लागुऔषध सहित २ जना पक्राउ
२०८०-०८-१०

मोरङ जिल्लाको दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे बिराटनगर महानगरपालिका-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री बिराटनगर-५ का ३० बर्षीय राजाराम कामतलाई ५२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । यसै गरी  बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-५ कि २८ बर्षीया लक्ष्मी कामतको घर खानतलासी गर्दा १ किलो ३ ग्राम गाँजा  बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०८-०९

मोरङ,पाँचथर र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार राती ९ बजे उदयपुरको बेलका नगरपालिका- १ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश १ -०५-००१ प ३२३५ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा उक्त मोटरसाईकल चालक त्रियुगा- १० का ३३ बर्षीय प्रकाश राईको साथबाट २ ग्राम ९ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी पाँचथरको फिदिम नगरपालिका- १ स्थित जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ बर्षीय आकाश बहादुर थापा मगरलाई ९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका- १६ बाट पथरी शनिश्चरे- १० का १९ बर्षीय आकाश धिमाल र २४ बर्षीय उपेन्द्र गुरुङलाई लागुऔषध एभिल, फेनारागन, लुपिजेशिक र डाइजोपाम गरी जम्मा ४० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।‍

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-०८-०७

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे २ बजे झापाको मेचिनगर नगरपालिका- ६ मेचीपुल स्थित लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको साईकल यात्री मेचिनगर- ९ का २८ बर्षीय अरुण दर्जी र सोही साईकलमा पछाडी सवार मेचिनगर- १० का ४६ बर्षीय भोज बहादुर सार्कीले साईकलको हेण्डल भित्र लुकाईछिपाई ल्याउदै गरेको लागुऔषध ब्राउनसुगर १ ग्राम फेला पारी पक्राउ गरेको हो भने प्रदेश १-०१-०१५ प.७३३४ नम्बरको स्कुटीका चालक मेचिनगर- ३ का २२ बर्षीय युवराज गिरीको साथबाट ५ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका- ११ बसपार्कबाट  धरान- १५ का तेज बहादुर राईलाई शंकास्पद अस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट एविल, डाईजापाम, लुपिजेशिक र फेनारगन गरी जम्मा २८ थान औषधी फेला पारी पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ बाट एभिल, फेनारागन, लुपिजेशिक र डाइजोपाम  गरी १ सय २० एम्पुल औषधी सहित बिराटनगर- १२ का ३४ बर्षीय बिजय खतिवडालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महनगरपालिका- १८ स्थित खेतको परालमा बेवारिसे अवस्थामा पलाष्टिकको झोला भित्र लुकाईछिपाई राखेको ८१ के.जी. गाँजा बरामद गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०७-२६

मोरङको बिराटनगर महानगरपालिका-१६ र ११ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री बिराटनगर- ४ का २८ बर्षीय आषिष कुमार भगत र भारत जोगवनीका १२ बर्षीय बालक समेतको साथबाट ४ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, DIALEX DC २ बोतल, नाईट्रोसन १० ट्याप्लेट र १२ हजार नेपाली नगद सहित पक्राउ गरेको हो भने बिराटनगर-११ महेन्द्रचौकबाट पथरिशनिश्चरे- १० का २१ बर्षीय सुमन राई र आयुष क्षेत्रीको साथबाट डाइजोपाम, लुपिजेशिक, एभिल र नाईट्रोजापाम समेत गरी २० एम्पुल प्रतिबन्धित औषधी बरामद गरेको हो ।प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८०-०७-२५

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री मोरङको केराबारी गाउँपालिका-६ का ३२ बर्षीय भक्त बहादुर तामाङको साथबाट ११ मिलिग्राम ब्राउनसुगर र लेटाङ् नगरपालिका-३ का २८ बर्षीय कुमार लिम्बुको साथबाट डाइजोपाम, लुपिजेशिक, एभिल र फेनारागन समेत गरी २० एम्पुल प्रतिबन्धित औषधी बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यलय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-०७-२२

झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ७ बजे झापाको बिर्तामोड नगरपालिका- ८ स्थित भद्रपुर बिर्तामोड सडक खण्डमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको मे. ३ प. ६४०३ नम्बरको मोटरसाईकललाई अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा चालक बिर्तामोड- २ का २५ बर्षीय प्रतिक राईको साथबाट ३ ग्राम ४ सय ८० मिलिग्राम ब्राउनसुगर फेला पारि पक्राउ गरेको हो । भने देश भारत घर भई हाल अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्क स्थित कोठा भाडामा बस्दै आएका १९ बर्षीय प्रियन्सु कुमार मण्डल, १९ बर्षीय मोहम्द लाल भन्ने साहिल सेख र २३ बर्षीय मोहम्द काजीम आलमले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरको कारोबार गर्दै छन् भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा कालो ब्याग (झोला) भित्र लुकाईछिपाई राखेको अवस्थामा १४ ग्राम ३ सय २० मिलिग्राम ब्राउनसुगर फेला परि पक्राउ गरेको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेका उनिहरुको सम्बन्धामा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-०७-२१

मोरङ र ईलामको छुट्टा छुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ९ बजे इलामको चुलाचुली गाउँपालिका-५ स्थितमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ बर्षीय मनिष बराईली र २२ बर्षीय बबिन बराईलीलाई संका लागि चेकजाँच गर्दा ४ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला पारेकोले पक्राउ गरेको हो ।त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री सुनसरी धरान उप-महानगरपालिका-१३ का ३५ बर्षीय कुल बहादुर सुनुवारलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले संका लागि चेकजाँच गर्दा उनको साथबाट बिभिन्न प्रकारका प्रतिबन्धित औषधी ५२ एम्पुल सहित नियन्त्रणमा लिएको हो भने जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१२ रोडशेषबाट बिराटनगर-६ का २५ बर्षीय पिन्टु कामत, सिरहाका २२ बर्षीय जय प्रकाश पासवान र उदयपुरका २५ बर्षीय रजनिकान्त चौधरील समेतलाई प्रतिवन्धित औषधी ८ पिस सहित पक्राउ गरेको हो ।पक्राउ गरेका उनिहरुको  सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ
२०८०-०७-१६

उदयपुरको चौदण्डिगढी नगरपालिका-९ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधवार अपरान्ह ईनरुवा नगरपालिका-६ सुनसरीका ४५ बर्षीय सलिम मिया र भारत सुपौलका ४८ बर्षीय प्रमोद गुप्तालाई पक्राउ गरेको हो । को २८ प ४९६८ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चौदण्डीगढी नगरपालिका-६ भिमा भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ८१ ग्राम ५५० मिलिग्राम ब्राउनसुगर बरामद भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अवैध गाँजा खेती फडानी गरी नष्ट
२०८०-०७-१५

धनकुटा जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक १४ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका र साँघुरीगढी गाउँपालिकाका बिभिन्न स्थानहरुबाट करिव २० हजार ६ सय वटा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको हो । अबैध रुपमा लगाईएका गाँजाका बोटहरु नष्ट गर्ने कार्य निरन्तररुपमा संचालन भईरहेको छ

अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु
२०८०-०७-१५

इलामको इलाम नगरपालिका-१२ साङरुम्बा स्थितमा अरिङ्गालको टोकाईबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो बिहान ९ बजे छिमेकिको बारीमा भुइमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रूखमा रहेको अरिङगालले टोकेर घाईते भएका स्थानिय ५९ बर्षिय याम बहादुर लिम्बु र  निजको ज्वाई ३० बर्षिय सन्तोष लिम्बु समेत दुबैजनालाई उपचारकोलागी जिल्ला अस्पताल इलाम लगिएकोमा सन्तोष लिम्बुको उपचार हुन नसकी  थप उपचारको लागी बिर्तासिटी अस्पताल झापा लगीएकोमा उपचारको क्रममा हिजो राती नै मृत्यु भएको हो । घटना सम्बन्धामा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ।

निषेधित तथा म्याद गुज्रिएको औषधी सहित ४ जना पक्राउ
२०८०-०७-१५

सुनसरीको बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने २ जना सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने स्थानिय ५० बर्षिय विनय चौधरी निजकै २१ बर्षिया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका-८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका-३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो  । उनीहरुको साथबाट प्रहरीले निषेधित औषधी Hydrochloride & Phenylephrine Hydrochloride Antikof Tablets ११८१ र ३४ क्याप्सुल तथा म्याद गुज्रिएको Syrup २० पिस, Cream १९ पिस र क्याप्सुल तथा ट्याब्लेट गरी ६५ पिस बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८०-०७-०३

झापाको दमक नगरपालिका ५ सुकुम्बासी टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २४ बर्षीय समिर गजमेर, २४ बर्षीय रोशन माझी, सोही स्थान ६ का २९ बर्षीय रोशन बुढाथोकी र ईलाम चुलाचुली गाउँपालिका ४ का २३ बर्षीय सागर लिम्बु रहेका छन् । हिजो दिउसो साढे २ बजे समिर गजमेरको घरमा ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८०-०६-२९

उदयपुरको चौदण्डीगढी नगरपालिका- ४ र ६ बाट प्रतिबन्धित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी- ४ स्थित २९ बर्षीय ईश्वर राईको घरमा खानतलासी गर्दा उत्त घरमा लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोल १ सय ७० र डिकोलिक १ सय ६० ट्याबलेट फेला पारी पक्राउ गरेको हो भने चौदण्डीगढी- ६ स्थित २८ बर्षीय हिमाल खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ट्रामाडोल १ सय ४५ र डिकोलिक १ सय ४५ ट्याबलेट औषधी फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित औषधी सहित २ जना पक्राउ
२०८०-०६-२७

सुनसरीको धरान उप-महानगरपालिका-१६ र १ बाट ठुलो परिणामको नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे धरान उप-महानगरपालिका- १६ स्थित डेरा गरी बस्दै आएका२२ बर्षीय शेर बहादुर सुनुवारलाई Spaspain ३ हजार ८ सय ट्याबलेट,Tramadol ३ हजार ९ सय क्याप्सुल, ब्राउन सुगर  १ बुलेट,  नेपाली २१ हजार ५०० र भारतीय २ हजार ४ सय १० रुपैयाँ नगद सहित पक्राउ गरेको हो भने धरान – १ बाट ३३ बर्षीय सुसन श्रेष्ठलाई Spaspain ३ सय ट्याबलेटर Tramadol ५ सय क्याप्सुल सहित पक्राउ गरेको हो । औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थपअनुसन्धान भईरहेको छ । साथै सोहि प्रहरी टोलीले बिराटनगर १४ र १५ स्थितबाट रेडिमेट कपडा कुर्था सुरुवाल, कस्मेटिक्सका सामान लगायत लेडिज ईनर समेत गरी करिव ८० हजार ३ सय ७० रुपैया मुल्य बराबरको सामान बरामद गरि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ ।

नियन्त्रित औषधी सहित ३ जना पक्राउ
२०८०-०६-२६

मोरङ र उदयपुरको छुट्टाछुटै स्थानबाट नियन्त्रित औषधी सहित तिन जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो साझ ६ बजे त्रियुगा नगरपालिका- ११ स्थित रहेको काल्स फार्मेसीमा नियन्त्रित औषधीहरु बिक्रिवितरण भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीबाट नियन्त्रित औषधी स्पासपेन १ हजार ९ सय ६० र वेगावेलेन - ८० ट्यावलेट फेला पारी संचालक स्थानीय ३६ बर्षीया सरिता चौधरीलाई पक्राउ गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउदै गरेको को. २९ प. २२७२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा नियन्त्रित औषधी NITROVET ३ सय चक्की फेला पारी चालक बिराटनगर- ४ का ३० बर्षीय अरुण कुमार मण्डल धानुक र पछाडी सवार बिराटनगर- १२ का ४४ बर्षीय मनोज कामतलाई पक्राउ गरेको हो । मोटरसाईकल र नियन्त्रित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-०६-२६

झापाको छुट्टाछुट्टा स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ९ का ३० बर्षीय मोहन टुडु, ३७ बर्षीय सोम मर्डी र ३२ बर्षीय अंकित भन्ने डिल्ली बहादुर खड्कालाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ९८ ग्राम २ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो । यसैगरी झापाको गौरीगञ्ज गाउँपालिका- २ स्थितमा प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०१-०१५ प. ६७४६ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्दा चालक दमक- ५ का २५ बर्षीय प्रकाश निरौलाको साथबाट ४ ग्राम ८ सय ३० मिलिग्राम ब्राउनसुगर फेला पारी स्कुटर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थपअनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८०-०६-२४

झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित ब्राउन सुगर, औषधी  र गाँजा सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको भद्रपुर नगरपालिका-३ स्थित मेची झोलुङगे पुलमा प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-२ का १९ बर्षीय निसान लिम्बु, भद्रपुर-८ का २४ बर्षीय रिवज रनपहेली, दमक-१ का २१ बर्षीय रुस्बिन लिम्बु र बिक्रम लिम्बु समेतलाई उनिहरुले साईकलको सिटमुनी लुकाईछिपाई राखिएको १४ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । भने इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २३ बर्षीय शेख खुवान मियालाई १ किलो ग्राम २ सय ७० ग्राम गाँजा सहित उनकै कोठाबाट पक्राउ गरेको हो । यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ६ प८५४२ नम्बरको स्कुटरमा सवार रहेका त्रियुगा नगरपालिका-१० का ३५ बर्षीय चन्द्र शेखर राई र ३० बर्षीय विगेस राईको साथबाट डाईजोपाम, बुप्रिनोफ्रिन, फेनारगन समेत गरी ७५ एम्पुल लागुऔषध सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।  

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८०-०६-२३

झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बिक्री बितरण गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आज बिहान साढे ९ बजे झापाको दमक नगरपालिका- १ स्थित एक होटलको कोठा भाडामा लिई बसेका दमक नगरपालिका- ५ का ३० बर्षीय कृष्ण बहादुर श्रेष्ठ, दमक- ९ का २० बर्षीय ईरास लिम्बु र मोरङ रतुवामाई नगरपालिका- ४ का २२ बर्षीय मित्रलाल राजवंशीलाई १ ग्राम ब्राउनसुगर र नाईट्राभेट १५ ट्याब्लेट लागुऔषध सहित पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका- २ का १९ बर्षीय मुकेश यादब, २१ बर्षीय चन्दन कुमार यादब र संजय कुमार यादबलाई १०० ML को (DIALEX-DC) १६ बोतल सहित  ईनरुवा नगरपालिका-४ बसपार्कबाट पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर र औषधी सहित ६ जना पक्राउ
२०८०-०६-२२

झापा, मोरङ, उदयपुर र सुनसरीका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ३ का १९ बर्षीय अनुज राजबंशीलाई आईतवार बेलुका १ ग्राम २ सय ३० मिलिग्राम र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका-९ का १८ बर्षीय रोहन खवासलाई ४ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यसै गरी मोरङको बिराटनगर- १५ स्थितबाट लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईटहरी- ४ का ३७ बर्षीय प्रदिप यादव ९० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका हुन् भने उदयपुरको बेलका नगरपालिका- १ स्थितबाट  भारतिय नागरिक २५ बर्षीय रञ्जित मुखिया र १६ बर्षीय सञ्जय कुमार पण्डितलाई  १५ ग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । त्यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थितमा ईलाका प्रहरी कार्यालय महेन्दनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय विज्ञान राईको साथबाट प्रतिबन्धित औषधी ट्रमाडोल २ सय क्याप्सुल र स्पास्मो २ सय क्यापसुल फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ।

अबैध औषधी बरामद
२०८०-०६-२१

मोरङको बिराटनगर महानगरपालिका-१३ जतुवा नहर स्थितबाट तिन लाख भन्दा बढीको अबैध औषधी बरामद भएको छ । सि.आर.भी. जतुवाबाट चेकाजँचमा खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपाल भित्र्याईएको OKERON-३६४ पिस, Mycofit-२  र Gassanol-२ डब्बा गरी अन्दाजी ३ लाख २१ हजार २४२ रुपैयाँ बराबरको औषधी शनिवार दिउँसो बरामद गरेको हो । बरामद भएको औषधी आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था कार्यालय बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयको PIT समुहबाट खटिएको प्रहरी टोलीले ३७ हजार भन्दा बढीको अबैध समान बरामद गरेको छ  । भन्सार छली अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ता कपडा तथा बिभिन्न किसिमका भाडावर्तन समेत गरी ३७ हजार १ सय ७० रुपैयाँ बराबरको समान शनिवार अपरान्ह  बिराटनगर-१५ बाट बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बिराटनगर बुझाउने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित ३ जना प्रक्राउ
२०८०-०६-२१

उदयपुरको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ सवा ७ बजे बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको बेलका नगरपालिका-८ कोठु स्थित कोशी पुल नजिकै आउदै गरेका सुनसरीको कोशी गाउँपालीका-५ श्रीपुरका २१ बर्षीय खैरुल वासरलाई चेकजाँच गर्दा निजको साथबाट २० ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको  थियो । यसका साथै चेकजाँचमा खटिएको प्रहरीको सोही टोलीले १६ ग्राम ४७० मिलि ग्राम लागुऔषध ब्राउन सुगर सहित सप्तरीको कंकालिनी नगरपालिका-१ का २७ बर्षीय बेचन मण्डल र ३२ बर्षीय जितेन्द्र मुखियालाई उदयपुरको बेलका नगरपालिका-१ आम्वासी स्थितबाट प्र.२-०१-००१ प. ४९५० नम्बरको मोटरसाईकलमा फत्तेपुरबाट उदयपुरको रामपुतर्फ आउदै गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ५ जना पक्राउ
२०८०-०६-२०

झापा र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० खयरडागीबाट झापाको मेचीनगर नगरपालिका-१५ का २६ बर्षीय कैलाश थेबेलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शुक्रबार साँझ पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ का २० बर्षीय उमेश गुप्तालाई ८ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको थियो । यसका साथै ईलाका प्रहरी कार्यालय महेन्द्रनगर चकरघट्टीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-९ सयपत्री चौक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आँउदै गरेको प्र१ ०२ ००२ ह ९३८७  नम्बरको अटो रोकेर चेकजाँच गर्ने क्रममा अटोको पछाडी सिट मुनि लुकाएर ल्याउदै गरेको प्रतिबन्धित औषधी स्पास्मो प्रोक्जिभन १८० पिस, नाईट्रोजन पेन १०० पिस, नाईट्रो भ्याट ३० पिस सहित अटो चालक बराहक्षेत्र नगरपालिका-७ का  ५२ बर्षीय केशब श्रेष्ठ, ३५ बर्षीय प्रशान्त श्रेष्ठ र २३ बर्षीय निमेश भट्टराईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०६-१९

मोरङ र सुनसरीका तिन छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट भोक्राहा नर्सिंङ गाउँपालिका-६ का २४ बर्षीय नजाम आलम र बराहक्षेत्र नगरपालिका-११ का ओसिम अन्सारीलाई ५६ ग्राम लागुऔषध ब्राउनसुगर सहित बिहिवार साँझ पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-९ का २६ बर्षीय रविन धिमाललाई ५ सय मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको हो भने प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका-९ का ५० बर्षीय मित्र बहादुर बस्नेतलाई प्रतिबन्धित औषधी ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध खैरो हेरोईन सहित २ जना पक्राउ
२०८०-०६-१५

झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट र ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ती गाउँपालिका-४ का ३६ बर्षीय सुरज थेवे र झापाको शिवसताक्षी नगरपालिका-७ का ४२ बर्षीय अमृत श्रेष्ठलाई ४ ग्राम ५ सय मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित शनिवार अपरान्ह ४ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

लागुऔषध सहित १ जना पक्राउ
२०८०-०६-१४

मोरङको बिराटनगर महानगरपालिका-१५ बाट ठुलो परीणामको प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शुक्रवार बेलुका पथरी शनिश्चरे नगरपालिका-१ का ४४ बर्षीय बिश्व राईलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको हो । राईको साथबाट प्रहरीले नेपालमा प्रतिवन्धित लागूऔषध DIAZEPAM – ८० एम्पुल, PHENERGAN - ६० एम्पुल, AVIL - ८२ एम्पुल र LUPIGESIC - ८० एम्पुल गरी जम्मा ३०२ एम्पुल  बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका राईको सम्ब्नधमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८०-०६-११

झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले बुधवार सांझ भद्रपुर नगरपालिका-५ बाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-१५ का ३६ बर्षीय बिजय कुमार राजवंशी र २६ बर्षीय सुमन राजवंशी रहेका छन् । उनीहरुको साथबाट प्रहरीले २ ग्राम ९५ मिलिग्राम लागुऔषध ब्राउनसगुर बरामद गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-६ बाट बुद्धशान्ति गाउँपालिका-२ का ४२ बर्षीय दिपक प्रसाईलाई ४ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध गाँजा बोकेको एम्वुलेन्स सहित चालक नियन्त्रणमा
२०८०-०६-१०

मोरङ विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको  २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो । लागऔषध गाँजा बरामद भए संगै राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान-११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको BR 38AFO336 नम्वरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर-१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ । लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०६-०८

कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ट्याब्लेट, ब्राउनसुगर र नियन्त्रीत गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका-१२ का २० बर्षीय अंकित साह, उदयपुरगढी गाउँपालिका-८ की ३० बर्षीया उर्मिला खत्री, कटारी नगरपालिका-४ बस्ने २३ बर्षीय संजय मगर र बराहक्षेत्र नगरपालिका- २ का २६ बर्षीय सनम बिश्वकर्मा रहेका छन् । साहलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-३ बसपार्कबाट  ट्रामाडोल २० पत्ता र स्यासपेन्ट १८ पत्ता सहित आईतवाट बिहान पक्राउ गरेको हो । यसैगरी अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले खत्रीलाई २ केजी गाँजा सहित घरैबाट पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले देवदह नगरपलिका-६ रुपन्देही घर भई कटारी बस्दे आएका मगरलाई प्रतिबन्धित लागुऔषध SPASMO PROXYVON- ३०ट्याब्लेट सहित कटारी -४ बसपार्कबाट पक्राउ गरेको हो । यसेगरी बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।  पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८०-०६-०६

झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका झापाको बिर्तामोड नगरपालिक-३ बिर्ताबजार का २४ वर्षिय उत्सब चौधरीको साथबाट १ ग्राम ५ सय मिलिग्राम लागुऔषध बरामद गरेको छ । यसैगरी गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको सोहि टोलिले मेचिनगर नगरपालिका-९ झोडाका २० वर्षिय निर्दोस डाँगी र २७ वर्षिय साजन राजवंशीको  साथबाट १ ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्रउनसुगर फेला पारी बरामद गरेको थियो । उनसुगर सहित नियन्त्रणमा लिएका तिनैजना उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट आवश्यक अनुसन्धान भईरहेको छ।  

ब्राउन सगुर सहित २ जना पक्राउ
२०८०-०६-०२

मोरङको बिराटनगर महानगरपालिका वडा नं.१७ मटेरुवाबाट लागुऔषध ब्राउन सगुर सहित २ जनालाई प्रकाउ गरिएको छ । पक्राउ पर्नेमा  सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुसान्त रिजाल रहेका छन् । हिजो दिउसो १२ बजे भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनिहरुलाई पक्राउ गरिएको थियो । पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको  छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०८०-०५-३१

झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार साँझ ६ बजे बिशेष सुचनाको आधारमा खटिएको लागु औषध नियन्त्रण ब्युरो काकडभिट्टाको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्क स्थितमा रहेको होटलबाट देश भारत बिहार राज्य किसानगञ्ज जिल्ला पोराभिट्टा जिरनगाछ बस्ने २१ बर्षीय लाल मियाको साथबाट १ सय १८ ग्राम ७ सय १० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेलापारी मियालाई नियन्त्रणमा लिएको थियो । यसैगरी गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले झापाको बुद्धशान्ती गाउँपालिका-७ सुनमाईका २८ बर्षीय आषिश राई सुत्ने कोठाको खानतलाशी गर्दा सिरानी मुनी लुकाई छिपाई राखेको २ ग्राम लागुऔषध ब्राउनसुगर फेला पारी राईलाई नियन्त्रणमा लिएको थियो । मियाको ईलाका प्रहरी कार्यालय अनारमनी र राईको ईलाका प्रहरी कार्यालय धुलाबारीबाट आवश्यक कानूनी कारबाही प्रकृया भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-०५-२९

मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार साँझ प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-३ त्रिवेणी चोकमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय नेत्र बिनोद भट्टराईलाई ५१ ग्राम ६५ मिलिग्राम लागुऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ७ हजार सहित पक्राउ गरेको हो । यसैगरी झापाको अर्जुनधारा नगरपालिका-११ गिरी बन्धु टि-स्टेटको चिया बगानबाट सुनसरीको ईटहरी-१७ का २६ बर्षीय भुवन गिरी र बाह्रदशी गाउँपालिका झापाका ३० बर्षीय शुशिल तामाङ २१० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् भने अर्जुनधारा नगरपालिका-११ का ४० बर्षीय बिनोद प्रधानलाई १ ग्राम ८२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८०-०५-२५

मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको पथरीशनिश्चरे नगरपालिका -४ का ३८ बर्षीय धन बहादुर थापा र सप्तरीका १९ बर्षीय शिवम गुप्ता रहेका छन । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी  कार्यालय पथरीबाट आज दिउँसो खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी स्पाज्मिड -४२० पत्ता , ट्रमाडोल ४२९ पत्ता सहित थापालाई पथरी शनिश्चरे नगरपालिका-४ शिरिसे डाँडाबाट पक्राउ गरेको हो ।  यसैगरी  लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ बाट आज दिउँसो २ ग्राम ८ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सप्तरीका गुप्तालाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित तिन भारतिय नागरीक पक्राउ
२०८०-०५-२०

झापाको भद्रपुर नगरपालिका-८ बिमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलवार दिउँसो तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतिय नागरीक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ बर्षीया कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ बर्षीय कल्याण बर्मण रहेका छन् । राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण बर्मण ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध सहित काकडभिट्टाबाट पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका उनिहरूको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८०-०५-११

झापाको, झापा गाउँपालिका-१ बेलायतीबारी स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट आईतवार राती खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका २ वटा मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा ४४ ग्राम २८० मिलिग्राम लागुऔषध सहित बेलवारी नगरपालिका-१० मोरङका २६ बर्षीय सुरेश धिमाल, गौरादह नगरपालिका-४ का २५ बर्षीय सन्देश लिम्बु र उर्लावारी नगरपालिका-७ मोरङका २७ बर्षीय बिनोद लिम्बुलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट प्रहरीले लागुऔषध सहित नगद ५१ हजार ७ सय २५ रुपैयाँ र ३ थान मोवायल बरामद गरेको तथा तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अबैध लागुऔषध सहित ७ जना पक्राउ
२०८०-०५-०७

सुनसरी र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिडीरहेका झापाको मेचिनगर नगरपालिका-१४ का २२ बर्षीय अजय राजवंशि र मेचिनगर नगरपालिका-१२ का २२ बर्षीय समिर धिमालको  साथबाट ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यसैगरी वडा प्रहरी कार्यालय धरानले प्रतिबन्धीत औषधि ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुल सहित सुनसरीको धरान नगरपालिका- १० की १९ बर्षीया श्रदा क्षेत्री , बर्ष २३ का किसन राई, बर्ष १५ का गोपाल क्षेत्री र १७ बर्षीञ उत्सब बि.क. लाई उक्त परिणामको अबैध लागुऔषध सहित नियन्त्रणमा लिएको थियो । यसका साथै अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीको टोलीले  झापाको झापा गाउँपालिका-६ घर भई हाल धरानको भोटेपुलमा होटल संचालन गरी बसेका ६४ बर्षीय दिल बहादुर कार्कीलाई शंका लागी चेकजाँच गर्दा निजको सुत्ने कोठा भित्रबाट स्पास्मोप्रोक्सिबन १०० ट्याब्लेट बरामद गरेको थियो । अबैध लागुऔषध सहित पक्राउ परेका सातै जना उपर सम्बन्धित प्रहरी कार्यालयहरुबाट आवश्यक अनुसन्धान भई रहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८०-०५-०६

झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो साँझ साडे ५ बजे बिर्तामोड नगरपलिक-४ नयाँ बिजुली अफिस छेउबाट स्थानिय ३५ बर्षीय सन्तोष भन्ने तेज बहादुर राई र ३८ बर्षीय राज भन्ने कृष्ण लिम्बुलाई १० ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप-महानगरपालिका-८ का २६ बर्षीय बिशाल सिंहलाई लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले १ ग्राम २८ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका तिनैजना उपर सम्बन्धीत प्रहरी कार्यालयहरुबाट आवश्यक अनुसन्धान भईरेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८०-०५-०५

झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो साँझ दमक नगरपालिका-९ का ३० बर्षीय रमेश सिवालाई २ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो । यसैगरी बिर्तामोड नगरपालिका-३ बाट ४ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र  नगद नेपाली रूपैयाँ छयत्तर हजार, तीन सय पन्ध्र सहित स्थानीय ३४ बर्षीय रोशन राजवंशी र २१ बर्षीय रोहित राजवंशीलाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८०-०४-२९

मोरङको बिराटनगर महा-नगरपालिका-१६ का तिन छुट्टाछुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले आज दिउँसो प्रदेश १-०१-०१४ प. ९८४५ नम्बरको स्कुटरमा भारत बाट नेपाल तर्फ आउदै गरेका बेलवारी नगरपालिका-४ का २४ बर्षीय संजिव राईलाई २८० मिलीग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी प्रदेश १-०२-०४५ प.६३८७ नम्बरको मोटरसाईकलमा सवार रहेका धरान-१५ का ३३ बर्षीय खेमचन्द्र राई र धरान-८ का ३१ बर्षीय रबिचन्द्र राई १ ग्राम ५८ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । यसैगरी सोहि स्थानमा को. १ ह ६३९५ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पो चालक गढी गाँउपालिका-८ उदयपुरका २५ बर्षीय ईन्द्र बहादुर तामाङ र टेम्पोमा सवार रहेका बिदुर नगरपालिका-५ नुवाकोटका २४ बर्षीय सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८०-०४-२५

झापाको दमक नगरपालिका-१ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगर बिक्री वितरण भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा आज दिउँसो १२ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ घर भई हाल दमक- १ स्थित डेरा गरी बस्दै आएका २७ बर्षीय राजु बुढाथोकी र २८ बर्षीया सम्झना विश्वकर्मा बुढाथोकीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १ ग्राम ब्राउनसुगर, डिजिटल तराजु थान १ र २ थान मोवाईल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित २ जना पक्राउ
२०८०-०४-२१

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझा साढे ७ बजे झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको साईकलयात्री ईलाम मङसेबुङ गाउँपालिका- ९ का ३० बर्षीय युवराज लिम्बुलाई संका लागि चेकजाँच गर्दा साईकलको ह्यान्डल भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा २ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यस्तै बिराटनगर महानरपालिका-१६ स्थित  लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०५२प ७५९६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा चालक बेलबारी- ४ का ३३ बर्षीय सनम गुरुङको साथबाट ९ सय १० मिलिग्राम ब्राउन सुगर फेला पारेसगै मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ
२०८०-०४-१९

धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको धनकुटा नगरपालिका-१ हिले स्थितमा प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगर सहित स्थानीय ३१ बर्षीय राजेश तामाङ, २९ बर्षीय बिनोद घिमिरे, २५ बर्षीय फुर्वा तामाङ, २६ बर्षीय पदम न्यौपाने, २७ बर्षीय युवराज बि.क. र पाख्रीबास-३ का २५ बर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको छ भने सुनसरीको ईटहरी उप-महानगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-६ स्थितमा होटल संचालन गरी बस्दै आएका ४० बर्षीय सुनिल चौधरीलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ३ जना प्रक्राउ
२०८०-०४-१८

झापा र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे १ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिजुवा, मोरङ र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका- ४ स्थित ४० बर्षीय सुमन भट्टाराईको घर खानतलासी गर्न क्रममा उक्त घरबाट १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर फेला पारी भट्टाराईलाई नियन्त्रणमा लिएको हो भने उदयपुरको त्रियुगा नगरपालिका-४ सालघारी स्थित अस्थाई प्रहरी पोष्ट बगाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाटतर्फ आउदै गरेको ना.१ ज८६५९ नम्बरको WINGER मा सवार त्रियुगा- ९ का २६ बर्षीय संजिव परियार र २३ बर्षीय बिशाल मग्रातीको साथबाट लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा डाईजेपाम,आईपिपिएल र फेनार्गन गरी जम्मा १ सय ९ एम्पुल प्रतिबन्धित औषधी बरामद गरी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-०४-१५

झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरी पक्राउ गरेको छ । लागुऔषधको बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भएसंगै आईतबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-५ को एक घरबाट कमल गाउँपालिका-४ का ३५ बर्षीय सुमन श्रेष्ठ, गौरादह घर भई दमक नगरपालिका-५ मा बस्ने २७ बर्षीय सरोज सुब्बा र सरोजकै श्रीमती ३२ बर्षीया मिना राईलाई ८ ग्राम लागुऔषध ब्राउनसुगर र ३ थान मोवायल सहित पक्राउ  गरेको हो । यसैगरी झापाकै मेचीनगर नगरपालिका-६ मेची पुल छेउबाट बिर्तामोड नगरपालिका-४ का २० बर्षीय महममताज अलि २ ग्राम लागुऔषध ब्राउनसुगर सहित आईतवार साँझ पक्राउ परेका छन् । भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका अलिलाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएसंगै प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ
२०८०-०४-१४

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले मोरङको बिभिन्न स्थानबाट प्रतिबन्धित औषधी सहित चार जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो १० बजे भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री ईटहरी उप-महानगरपालिका-८ का २९ बर्षीय रामदेब चौधरीलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले संका लागि चेकजाँच गर्दा उनको साथबाट लुपिजेशिक, एभिल, फेनारागन, डाइजोपाम गरी जम्मा १६ एम्पुल र नाईट्राभेट ८ ट्याप्लेट सहित फेला पारी नियन्त्रणमा लिएको हो । त्यसै गरी ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका- ७ स्थितमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको को.३९ प ११०३ नम्बरको मोटरसाईकललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा केराबारी- ६ का २४ बर्षीय प्रेम परियार, केराबारी- १० का २४ बर्षीय बिजय मगर र केराबारी-७ का २२ बर्षीय बिजय सुन्दासको साथबाट स्पास्पेन ६२ पिस र ५७ पिस ट्रमाडोल फेला पारेसगै नियन्त्रणमालिई  सोधपुछ गर्ने क्रममा प्रेम परियारको घरमा लागुऔषधी लुकाई राखेको छ भन्ने खुल्न आएसै खटिएको प्रहरी टोलीले परियारको घरबाट ३ सय २० पिस स्पासपेन र ट्रमाडोल ३ सय ३० पिस फेला पारी नियन्त्रणमा लिएको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।    

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८०-०४-१२

कोशी प्रदेश प्रहरी कार्यालय PIT र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित छ जनालाई पक्राउ गरेको छ । हिजो सुनसरीको धरान उप-महानगरपालिका- ८ स्थित लागुऔषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको टोलीले स्थानीय २२ बर्षीय साजन बि.क.,३३ बर्षीय सिताराम तामाङ, ४२ बर्षीय जनक राई, ३५ बर्षीय रबिन बराईली र २४ बर्षीय आलोक मगरको  साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी मोरङको रंगेली नगरपालिका-४ स्थित ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले साईकल यात्री देश भारतका ७० बर्षीय भल्लु पासवानलाई संका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सगुर सहित ३ जना पक्राउ
२०८०-०४-१०

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो जाँझा साढे ७ बजे झापाको मेचीनगर नगरपालिका-६ स्थितमा बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री इलाम चुलाचुली गाउँपालिका- ४ का २७ बर्षीय धिरज हिमाङ्लाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ३५ ग्राम ब्राउन सुगर फेला परि नियन्त्रणमा लिएको हो । यसै गरी मोरङको बिराटनगर महानगरपालिका- १६ दरैया स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान उप-महानगरपालिका-१५ का ३६ बर्षीय पुर्ण तामाङलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ९४ मिलिग्राम ब्राउन सुगर फेला पारेसगै पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ गरेको उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

अबैध लागुऔषध सहित ५ जना पक्राउ
२०८०-०४-०९

मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पौने १२ बजे बिराटनगर महानगरपालिका -१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका -६ का बिबेक ग्वालालाई  शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल  लागुऔषधी फेलापारी नियन्त्रणमा लिएको हो । यसैगरी हिजो राती १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका १ रत्नचोक स्थितबाट स्थानीय २१ बर्षीय शैलेस गुरुङलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । यसका साथै लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका- ४ भद्रपुर रोड स्थितबाट १ ग्राम १ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित स्थानीय २५ बर्षीय रबी चौधरी, १९ बर्षीय प्रियान्स साह र २४ बर्षीय विशाल बि.क. लाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारबाही प्रकृया भईरहेको छ ।

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८०-०४-०७

मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ८ बजे मोरङको लेटाङ नगरपालिका-३ स्थितमा प्रतिबन्धित औषधी बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्याकय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय लुसान बर्देवाको घरमा खानतलासी गर्दा SPASPAIN-३ सय १२ र TRAMADOL- ३ सय चक्की औषधी फेला पारी नियन्त्रणमा लिएको हो । भने जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट त्रियुगा-४ का १७ बर्षीय आयुस चौधरी र १८ बर्षीय दिपेश चौधरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट फेनारगन, डाईजेपाम र नोरफिन गरि जम्मा १ सय २८ एम्पुल औषधी फेला पारेसगै पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०४-०३

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको बाह्रदशी गाउँपालिका-६ भित्रि सडक खण्ड स्थितमा ईलाका प्रहरी कार्यालय अनारमानीबाट खटिएको प्रहरी टोलीले बा.२६ प ३६३८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा चालक स्थानीय ४२ बर्षीय राम बहादुर तामाङको साथबाट १ ग्राम २ सय ५ मिलिग्राम ब्राउन सुगर र नगद ३ हजार ६ सय बरामद गरेसगै निजको घरकोठामा खानतलासी गर्दा उक्त कोठामा लुकाईछिपाई राखेको अवस्थामा डिजिटल तराजु एक थान, ब्राउन सुगर २ ग्राम २ सय ५० मिलिग्राम बरामद गरेको थियो । यसै गरी  मोरङको पथरीशनिश्चरे नगरपालिका-१ स्थित २४ बर्षीय अनिल भट्टराइको घरमा लागुऔषध बिक्रिबितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा ब्राउन सुगर ८ सय ६० मिलिग्राम  सहित निजलाई पक्राउ गरेको हो । त्यस्तै मोरङको बिराटनगर- १५ ढाट स्थित भारत बाट नेपालतर्फ आउदै गरेको पैदल यात्री धरान-३ का २६ बर्षीय सगर सहनीको साथबाट २  ग्राम ४० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (RIT)बाट खटिएको प्रहरी टोलीले सुनसरीको ईटहरी उप-महानगरपालिका- १२  घर भई हाल ईटहरी-८ स्थित बस्दै आएका अनिस रानाको साथबाट लागुऔषध ब्राउन सुगर २ ग्राम ३ सय मिलिग्राम सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८०-०३-२९

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले झापाको मेचिनगर नगरपालिका-१० शान्ति चोकबाट स्थानीय २० बर्षीय सुनिल सुनारलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ८ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट लागुऔषध व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको गरेको को.२९ प ५४२३ नम्बरको  स्कुटिलाई शंका लागि चेकजाँच गर्दा उक्त स्कुटिमा लुकाईछिपाई राखेको अवस्थामा ब्राउन सुगर १ ग्राम २५ मिलिग्राम, नाईट्राजेपाम १० र spasmo proxyvon ८ ट्यापलेट सहित धनकुटा पाख्रिबास- १ का ३३ बर्षीय सिता थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनिहरु सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८०-०३-२८

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका-९ स्थितमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मेचिनगर नगरपालिका- ७ की ४२ बर्षीया रुपा प्रधान ८ ग्राम  ब्राउनसुगर सहित नियन्त्रणमा लिईएको हो । यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका-१० का २६ बर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका-३ की २५ बर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम लागुऔषध ब्राउन सुगर  सहित पक्राउ गरेको हो । भने अस्थायी प्रहरी चौकी मंगलबारे मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली-२ का २३ बर्षीय बिजय खवासलाई प्रतिवन्धित  औषधि ट्रमाडोल २९० क्याप्सुल र स्पास्पेन २९० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८०-०३-२६

झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ का २५ बर्षीय तुलसी राजवंशीलाई ८५० मिलीग्राम लागूऔष ब्राउनसुगर सहित फूलवारी टोलबाट पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ का २० बर्षीय बिशाल दमाईलाई २ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर सहित चारआली चोकबाट पक्राउ गरेको हो भने सोही स्थानबाट स्थानीय २१ बर्षीय गणेश राजवंशी र  अर्जुनधाराका २७ बर्षीय निकाश अधिकारी तथा मेचीनगर नगरपालिका-६ का ५५ बर्षीय डम्बर बहादुर तामाङ र मेचीनगर नगरपालिका-७ का १७ बर्षीय अभिषेक सिवालाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै मोरङको बिराटनगर महानगरपालिका-१५ बाट ईटहरी-४ का उपेन्द्र ठकुरीलाई ०.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८०-०३-२२

मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह मोरङको रंगेली नगरपालिका-७ स्थितमा लागुऔषध विक्री बितरण भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा कोशी प्रदेश लागुऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-६ का २४ बर्षीय शेफ खान र २८ बर्षीय दिपेश अग्रवाललाई समेतलाई ५० ग्राम ७ सय ५० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-३ स्थित जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानिय ४२ बर्षीय किशोर चौधरीलाई १० ग्राम ब्राउन सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेकोछ ।  

लागुऔषध सहित ६ जना पक्राउ
२०८०-०३-२०

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापा स्थित प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका-३ का २४ बर्षीय मनिष वाग्लेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । यसै गरी  इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-८ का २५ बर्षीय सुवास कार्की, २५ बर्षीय लोकेश राई लेटाङ ९ का २० बर्षीय दिबाहाङ राई, २० बर्षीय पवन बाग्दान र २६ बर्षीय अबिषेक दर्जी समेतलाई स्पासपेन २ सय चक्की, ट्रामाडोल ६ सय ४५ चक्की र ५ सय ग्राम गाजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईहेको छ ।

प्रतिबन्धित लागुऔषधी सहित ४ जना पक्राउ
२०८०-०३-१२

मोरङको उर्लाबारी नगरपालिका-१ झारसादी स्थितबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ ७ बजे उक्त स्थानमा लागुऔषधीको कारोबार भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय २१ बर्षीय दिपेश धिलाम, २० बर्षीय मेघराज माझी,२० बर्षीय धिरेन राई र उर्लाबारी-५ का २१ बर्षीय समिर बर्देवालाई लागुऔषधी बिक्रिबितरण गरीरहेको अवस्थामा फेला पारी पक्राउ गरेसगै उनिहरुको साथबाट TRAMADOL- ३ सय ६६ क्याप्सुल, SPASPAIN- ३ सय ६६ क्याप्सुल र नगद १९ हजार ६ सय रुपैया बरामद गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-०३-११

झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ९ बजे मोरङको केराबारी गाउँपालिका-७ का ३२ बर्षीय युवराज कटवालले लागुऔषध ओसारपसार गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-१० खोर्साने चोकमा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । यसै गरी झापाको भद्रपुर नगरपालिका-५ मेचिपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको मे. १० प ३२८७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक भद्रपुर-८ का २६ बर्षीय मोहित साहले लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ब्राउन सुगर पक्राउ गरेको हो भने झापा गाउँपालिका-५ भित्री सडक खण्डबाट स्थानीय २४ बर्षीय बिशाल राजवंशी र पछाडी सवार १९ बर्षीय रोहन ढकाललाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । प्रदेश १ -०१-०१३ प ४१८१ नम्बरको स्कुटरमा सवार रहेका उनिहरुलाई चेकजाँच गर्ने क्रममा उक्त परीणामको लागूऔषध बरामद भएको थियो ।  पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।   

ब्राउन सुगर सहित २ जना पक्राउ
२०८०-०३-०४

झापाको झापा गाउँपालिका-४ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझा ६ बजे प्रहरी चौकी टाघनडब्बाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को. २६ प ८१४० नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक चुलाचुली गाउँपालिका-२ ईलामका २६ बर्षीय सुशिल आङदेम्बे र पछाडी सवार २६ बर्षीय सुरज लावती लिम्बुको साथबाट ८ ग्राम २ सय २० मिलिग्राम ब्राउन सुगर फेला परेसगै पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८०-०२-२९

झापा, मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे झापाको बिर्तामोड नगरपालिका-१ भगवान चोकबाट बिर्तामोड-४ का ३३ बर्षीय बब्लु शिवाकोटीलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ६ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर फेला पारे सगै नियन्त्रणमा लिएको हो । यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईटहरी-१५ का २० बर्षीय सुरज चौधरीको साथबाट NITROMEC २४० ट्याबलेट, उदयपुरको बेलका नगरपालिका-५ बाट चौडण्डीगढी-३ का २१ बर्षीय पवन परियारको साथबाट स्पास्मो ११७, ट्रामोल १३० ट्याबलेट र त्रियुगा गाउँपालिका-६ बाट त्रियुगा-३ का २४ बर्षीय भगवानदेब चौधरीको साथबाट फेनारगन १९, डाईजेपाम २०, बुप्रिनोफिक २० एम्पुल औषधी सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।   

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-०२-१८

सुनसरी र ईलामका दुई छुट्टाछुट्टै स्थानबाट बुधवार साँझ नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१७ का ३४ बर्षीय मनिष पाण्डे, धरान-११ का ३५ बर्षीय सुर्य कुमार राई , झापा गौरिगंजकी ३२ बर्षीया बबिता राजवंशी र दमक नगरपालिका-२ का ४१ बर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् । पाण्डे र राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका-८ बाट ११ ग्राम ३७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।  प्रदेश १-०२-०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रवारेको भित्री सडकमा दक्षिणबाट उत्तर तर्फ आँउदै  गरेका उनीहरुलाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी  प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली गाउँपालिका-२ बाट राजवंशी र बिश्वकर्मालाई  ०.४६ मिलिग्राम लागुऔषध सहित पक्राउ गरेको छ । मे.१.ह.३२२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार रहेका उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको र दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८०-०२-०६

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझा ५ बजे मोरङको बिराटनगर महानगरपालिका-१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री केराबारी नगरपालिका-७ का २५ बर्षीय हिमाल लिम्बुलाई शंका लागि चेकजाँच गर्दा लिम्बुको साथबाट ४ सय ५० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो भने सोहि दिन झापाको भद्रपुर नगरपालिका-१० लेखनाथ चौक स्थित ड्युटिमा खटिएको प्रहरी टोलीले हल्दिबारी-२ का ३३ बर्षीय प्रकास राजवंशीको साथबाट १ ग्राम ७ सय ९० मिलिग्राम ब्राउन सुगर फेला बरामद गरेको हो । त्यस्तै लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ३५ बर्षीया दिल माया श्रेष्ठको साथबाट ६ ग्राम र वडा प्रहरी कार्यालय भद्रपुर र सशस्त्र प्रहरी बल बिओपी भद्रपुरबाट मेचि किनार स्थितमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको तार्केश्वार गाउँपालिका-३ नुवाकोटका २९ बर्षीय सानुबाबु रिमालको साथबाट ५ ग्राम ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेको उनिहरुको सम्बन्धमा सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८०-०२-०६

झापाको दमक नगरपालिका-३ बेलडाँगी भुटानी शरणर्थी शिविर स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ ६ बजे लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी बाघखोर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प बेलडाँगीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ बर्षीया निर्पा राई र ३२ बर्षीय सन्जोग गुरुङको साथबाट ६ ग्राम ब्राउन सुगर फेला पारेसगै लागुऔषध सेवानकर्ताहरु १९ बर्षीय मन्दिप दर्जी, १९ बर्षीय अविराज गुरुङ, २३ बर्षीय मिलन गुरुङ र २४ बर्षीया दिलु तामाङलाई पक्राउ गरी उनिहरुको साथबाट २ थान मोबाईल समेत बरामद गरेको हो । पक्राउ परेको उनिहरुको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।    

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८०-०२-०४

झापाको दमक नगरपालिका-४ अडिया महल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे लागुऔषध बिक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा स्थानीय २८ बर्षीय दाम भन्ने ससुन धिमाल, दमक-९ का २७ बर्षीय अभिषेक बिश्वकर्मा र २० बर्षीय तिन्तुस मुन्नालाई फेला पारी चेकजाँच गर्दा उनिहरुले लकाईछिपाई राखेको अवस्थामा १० ग्राम ब्राउन सुगर, बिभिन्न कम्पनिको मोबाईल २ थान र निजहरुले प्रयोग गर्न को. ३९ प ६८७५, को. १४ प २२९० नम्बरको मोटरसाईकल २ थान फेला पारी नियन्त्रणमा हो । लागुऔषध ओसारपोसारमा संलग्न २५ बर्षीय रोशन बिश्वकर्मा तत्काल फरार भएकोले खोजी कार्य भईरहेको तथा पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

कोशी प्रदेशको २ स्थानबाट लागु औषध सहित ४ जना पक्राउ
२०८०-०१-२२

कोशी प्रदेशको २ छुट्टा छुट्टै स्थानहरुबाट लागु औषध सहित ४ जना पक्राउ परेका छन् । हिजो राति सवा ९ बजेको समयमा झापाको चन्द्रगढी बिमानस्थलबाट २ जनालाई प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो । बुद्ध एयरको बिमान द्वारा काठमाण्डौ जान लागेका झापा मेचीनगर घर भएकी बर्ष २१ की सोनी श्रेष्ठ राजवंशी र  निजको दिदी वर्ष २३ की संध्या श्रेष्ठलाई बडी सर्चको क्रममा उक्त परिणामको लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको धरान- ११ का स्थानीय २३ बर्षीय काला निरज भनिने युवराज लिम्बुलाई  लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । लिम्बुको साथबाट प्रहरीले ३८० ट्याव्लेट ट्रामाडोल, स्पास्पेन १००० ट्याव्लेट, ३ थान खुक्कुरी र १ थान तरवार सहित पक्राउ गरेको हो भने धरान-१६ का २३ बर्षीय निशान राईलाई ट्रामाडोल ८९ ट्याव्लेट र स्पास्पेन ९० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्रउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बेबारीसे अवस्थामा लागुऔषध गाँजा बरामद
२०८०-०१-१२

मोरङको बुढिगंगा गाउँपालिका ४  मा सार्वजनिक यात्रु बाहक बसबाट प्रहरीले बेबारीसे अवस्थामा रहेको गाजा फेला पारेको छ । सोमबार ईलाका प्रहरी कार्यालय नेमुवाको गेट अगाडीबाट सोही कार्यालयको प्रहरी टोलीले कोशी लोकमार्गमा उतरबाट दक्षिण तर्फ आउदै गरेको को १ ख ५४३६ नम्बरको सार्वजानिक यात्रु बहाक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा बेबारिसे अवस्थामा सिट मुनी लुकाई छिपाई राखिएको ६ केजि २०० ग्राम लागुऔषध गाँजा फेला पारि बरामद गरेको हो । यात्रु बाहक बस सम्बन्धित बस चालकको जिम्मा लगाई छाडिएको साथै सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८०-०१-११

मोरङ र झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ बाट केरावारी गाउँपालिका-१० का ३० बर्षीय बिकल ठकुरी र २२ बर्षीय कालुराम मगरलाई ०.२९ ग्राम लागुऔषध ब्राउनसुगर सहित आईतवार दिउँसो पक्राउ गरेको हो । को २७ प ६६४७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको र ईलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको छ । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका-४ का २२ बर्षीय सुरेन्द्र राईलाई १ ग्राम लागुऔषध ब्राउनसगुर सहित मेचीनगर-६ को पुरानो मेची पुलबाट आईतवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा ईलाका प्रहरी काकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८०-०१-०५

मोरङको उर्लाबारी नगरपालिका-३ केर्खाली चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती साढे ११ बजे १९ बर्षीय बिश्वास धिमालको घरमा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको घरबाट २१ ग्राम ब्राउन सुगर फेला पारे सगै बेचबिखानमा संलग्न धिमाल, २२ बर्षीय आलोक धिमाल  र भक्तपुर चाँगुनारायण नगरपालिका-१ का २८ बर्षीय उपेन्द्र खड्का समेतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ
२०७९-१२-२२

मोरङ, सुनसरी र इलामबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका  दमक -४ का २७ बर्षीय यम मगरलाई प्रतिबन्धित औषधी ३६ एम्पुल सहित पक्राउ गरेको छ । यसै गरी अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ बर्षीय समिर जोगीले आफ्नै घर भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषधी ट्रामाडोल १ हजार ३ सय ८० क्याप्सुल र स्पास्पेइन १ हजार ८ सय चक्की सहित र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-३ का ३२ बर्षीय राज कुमार राईलाई ट्रमाडोल ३ सय क्यापसुल सहित पक्राउ गरेको हो भने  इलामको चुलाचुली गाउँपालिका-४ का २१ बर्षीय मुकेश लिम्बुलाई प्रतिबन्धित लागुऔषधी १ सय ३२ चक्की सहित प्रहरी चौकी पेल्टीमारी इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०७९-१२-१६

झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका-४ मा रहेको एक चिया पसलबाट लागुऔषध ब्राउनसुगरको ‍किनवेच भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ईटहरी-९ का २३ बर्षीय बिनोद श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका-६ मोरङका ३२ बर्षीय लक्ष्मी प्रसाद ढकाललाई ८ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुधवार राती सवा ८ बजे पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१० बाट स्थानीय २२ बर्षीय अशोक राजवंशीलाई १ ग्राम ब्राउनसुगर सहित बुधवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ
२०७९-१२-१५

झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडबिट्टाबाट खटिएको प्रहरी टोलीले मे १० प ३८०७ नम्बरको स्कुटरमा भारतबाट नेपाल तर्फ आउँदै गरेका शिवसताक्षी नगरपालिका-१ का २४ बर्षीय प्रजन्त राई र नेपालगञ्ज उप-महानगरपालिका-६ घर भई बिर्तामोड-१ मा बस्दै आएका २१ बर्षीय सोहन भडेललाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध गाँजा सहित ५ जना पक्राउ
२०७९-१२-१४

मोरङको रंगेली नगरपालिका-२ र ३ स्थितबाट ठुलो परिमाणमा लागुऔषध गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया ठिङ्गापुरका २९ बर्षीय दिपक झा, अररिया हाँसा का ३० बर्षीय  सिन्टुक कुमार सिंह, भारत कुटहराका २४ बर्षीय प्रबिण पासवान, २४ बर्षीय बिष्णु कान्त मिश्र र रंगेली-३ का ४६ बर्षीय बिर बहादुर कार्की रहेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिबरियातीबाट गस्तिमा खटिएको प्रहरी टोलीले रंगेली-२ स्थितमा संकास्पद अवस्थामा हिडिरहेका झा र सिंहले बोकेको झोला चेक जाँच गर्ने क्रममा  १ सय ५० किलोग्राम गाँजा बरामद भए संगै उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई अनुसन्धान गर्ने क्रममा रंगेली-३ का बिर बहादुर कार्कीको घर पछाडि परालमा लुकाई छिपाई राखेको अवस्थामा ८४  किलो ग्राम गाँजा बरामद भए संगै संलग्न रहेका कार्की, पासवान र मिश्रलाई समेत पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ
२०७९-१२-०९

कोशी प्रदेशका मोरङ र झापा जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ बाट, बिराटनगर-११ का २० बर्षीय बिनयक शर्मा र २३ बर्षीय अमर कुमार साहलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो । को ८ प ७६२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट २.६८ ग्राम लागुऔषध ब्राउनसगुर बरामद भएको थियो । यसैगरी धरान-१६ का २१ बर्षीय मोहन श्रेष्ठ र लालिगुराँस नगरपालिका-७ तेह्रथुमका २८ बर्षीय राजेन्द्र भण्डारीलाई समेत बिराटनगर-१५ बाट १.५० ग्राम लागुऔषध ब्राउनसगुर सहित सोही टोलीले बुधवार दिउँसो पक्राउ गरेको हो । यसैगरी कोठा भाडामा लिई लागुऔषध बेचबिखन भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ घर भई पथरीमा बस्दै आएकी ३७ बर्षीया सन्जु फागोलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ । फागोको साथबाट प्रहरीले २३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक ३४ बर्षीय ताहिर हुसेनलाई ४ ग्राम ब्राउनसुगर सहित मेचीपुलबाट बुधवार  पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागू औषध गाँजा सहित २ जना पक्राउ
२०७९-१२-०४

सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थितबाट प्रतिबन्धित लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी-५ का भीम तामाङ र बेलका नगरपालिका-४ उदयपुरका सुमन नेपाली रहेका छन । बिहिवार राती इटहरी-४ स्थित सार्वजनिक बाटोमा गाँजा खरिद बिक्रि भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा संकास्पद अवस्थामा प्रदेश १-०२-०४७ प ११५४ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुले बोकेको झोला चेक जाँच गर्ने क्रममा ९ सय ३० ग्राम गाँजा बरामद गरेको हो । लागू औषध गाँजा सहित पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम  म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०७९-११-२९

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरेको छ । हिजो राती ११ बजे सुनसरीको धरान उप-महानगरपालिका-१६ नौलोबस्ती स्थितमा कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा घरको पछाडी लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी tramol50- १२ हजार २०० क्याप्सुल र spaspin- ५३० ट्याबलेट फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०७९-११-२६

झापा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिनको ३ बजे सुनसरीको दुहबी नगरपालिका ५ फुटबल चोक स्थितमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले बिराटनगरबाट ईटहरी तर्फ जादै गरेको मे ११ प ६१७८ नम्बरको स्कुटिलाई रोकी चेकजाँच गर्दा स्कुटि चालक झापा कमल गाँउपालिका ८ का २७ बर्षीय अर्जुन सुब्बा र स्कुटिमा पछाडी सवार झापा शिवसताक्षि नगरपालिका-८ का २१ बर्षीय मुकेश चौधरीको साथबाट ८.७ ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।त्यसै गरी झापाको बिर्तामोड नगरपालिका-२ का २० बर्षीय विश्वास संग्रौलाको कोठामा लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिषेश सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा बिर्तामोड नगरपालिका ४ का २० बर्षीय अभिषेक शर्मा र बिर्तामोड नगरपालिका ८ की २० बर्षीया अनिशा मण्डलको साथबाट ८ ग्राम ब्राउन सुगर, नगद ११ हजार ६ सय रुपैँया, २ थान मोबाईल र डिजिटल तराजु १ थान सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर र नियन्त्रित औषधी सहित ५ जना पक्राउ
२०७९-११-२५

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम पेल्टिमारी गाँउपालिका-३ घई भई सुन्दरहरैचा-१० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बुलाई शंकास्पत अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन- ८५ पिस र ट्रमाडोल-८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधी बरामद गरे सगै लिम्बु र सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी-३ का २१ बर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचा-१० का २३ बर्षीय प्रेम खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।यसैगरी झापाको मेचिनगर नगरपालिका-६ स्थितमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१० धुलाबारीका २४ बर्षीय खातिबुल महमदलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो भने ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँउपालिका-१ स्थितबाट २२ बर्षीय (समिर) भन्ने देवेन्द्र चौधरीलाई २ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०७९-११-२२

झापाको मेचीनगर नगरपालिका-६ मेचीपुल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईलाम नगरपालिका-१२ का २४ बर्षीय सुजन बाला राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा राईको साथबाट ४४ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

नियन्त्रित लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०७९-११-२१

१ नम्बर प्रदेशका सुनसरी, उदयपुर र धनकुटा जिल्ला तिन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका-१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ सिराहाका २२ बर्षीय ललित सिंहलाई गाँजा सहित शनिवार दिउँसो पक्राउ गरेको हो । प्रदेश २-०१-००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई रोकेर चेकजाँच गर्ने क्रममा सिंहको साथबाट प्रहरी २२ केजी लागुऔषध गाँजा बरामद गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-१३ बाट साँढे ४१ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको ओसार भईरहेको भन्ने सूचना पाए संगै तत्काल खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरक कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कार भित्र लुकाई छिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । कारबाट गाँजा बरामद भएसंगै कार चालक धरान-१६ का ४० बर्षीय सुकेन्द्र लिम्बु र कारमा सवार रहेका पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै  आएका २८ बर्षीय नविन राईलाई समेत पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।यसैगरी धनकुटाको साँगुरी गढी गाँउपालिका-८ बाट १०६ केजी गाँजा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १०६ केजी गाँजा बरामद भएको थियो । उक्त पिकअपमा चालक नभएको हुँदा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ
२०७९-११-२१

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ५ बजे मोरङको पथरीशनिश्चरे नगरपालिका- ९ शनिश्चरे बजार स्थितमा प्रहरी चौकी कुशेचौरीबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने २७ बर्षीय आशिष लिम्बुलाई शंकास्पद अवस्थामा फेला पारी उनको घरमा चेकजाँच गर्दा घरको कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । त्यसै गरी झापाको अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्क स्थितमा अस्थाई प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्क स्थित रहेको एक लजमा बस्दै आएका शिवसताक्षी-९ का २१ बर्षीय प्रेम सागर सावा, मेचिनगर- १२ का २० बर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ- ४ का १९ बर्षीया तिलु राईलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला पारी प्रहरीले पक्राउ गरेका थियो भने सोहि दिन ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका- ६ पुरानो मेचीपुल स्थितबाट भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री विर्तामोड- १ का २१ बर्षीय विशाल धिमालको साथबाट १ ग्राम लागुऔषध ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

अबैध औषधी बरामद
२०७९-११-२१

मोरङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले  ठुलो परिणमामा अबैध औषधी बरामद गरेको छ । शनिवार राती साँढे ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ बाट भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको  Glownec Gel ;- ५५ प्याकेट, Lifetin Tablets ;- १४४ प्याकेट गरी अन्दाजी आठ लाख बाउन्न हजार भन्दा बढीको औषधी बरामद गरेको छ । साईकलमा लोड भएको अवस्थामा बरामद भएको उक्त औषधीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसैगरी ईलाका प्रहरी कार्यालय पथरीबाट शनिवार दिउँसो खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-४ बाट प्रतिबन्धित औषधी ईस्पाइसपेन ५४०० चक्की र ट्रामाडोल ५२०० चक्कि बरामद गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय एक सुगुर फार्म नजिक खाल्डोमा परालले छोपेको राखेको अवस्थामा उक्त परिणामको प्रतिबन्धीत औषधी बरामद गरेको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका  प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-११-१७

मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध गाँजा र ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह साढे ४ बजे मोरङको बेलबारी नगरपालिका- १ गुम्बा लाईन स्थितमा लागुऔषध गाँजा बिक्रीबितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शुक्र बहादुर राईको घरमा डेरा गरि बस्दै आएकी २९ बर्षीय हिरा राईको कोठामा खानतलासी गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा १० के.जि. ३ सय ४४ ग्राम लागुऔषध गाँजा र नगद ५२ हजार ५ सय रुपैया प्रहरीले बरामद गरेसगै राईलाई पक्राउ गरेको हो । त्यसै गरी बिराटनगर महानगरपालिका- १५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको को १८ प १०९५ नम्बरको मोटरसाईकललाई चेकजाँज गर्दा ढुङ्गे साँगु गाउँपालिका – १ ताप्लेजुङका ३३ बर्षीय कालु सिंह लिम्बुको साथबाट १.२८ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।  प्रतिबन्धित लागुऔषध गाँजा सहित पक्राउ परेका राई र ब्राउन सुगर सहित पक्राउ परेकी लिम्बुको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित २ जना पक्राउ
२०७९-११-०८

मोरङ जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ  । आज दिउँसो १२ बजे बिराटनगर महानगरपालिका-१५ ढाट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०४-००१ प ८६५१ नम्बरको मोटरसाईकललाई    जेकजाँच गर्दा मोटरसाईकल चालक धरान उप-महानगरपालिका-५ सुनसरीका २९ बर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट चेकजाँचको लागि खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ दरैयामा भारतबाट नेपाल तर्फ आउदै गरेको को ३१ प ६६५३ नम्बरको मोटरसाईकल चालक ट्याम्केमैयुम गाँउपालिका-२ भोजपुरका ३४ बर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।  लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

लागुऔषध गाँजा बोकेको पिकअप सहित चालक पक्राउ
२०७९-११-०५

धनकुटाको सहिदभूमि गाँउपालिका-४ हिले-छिन्ताङ कच्ची सडक खण्ड स्थितबाट प्रतिबन्धित लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित चालकलाई प्रहरीले ‍पक्राउ गरेको छ । गत माघ २८ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी गस्ती टोलीले छिन्ताङबाट हिले तर्फ जादै गरेको को. १ ज ३११८ नम्बरको पिकअप गाडीलाई चेकजाँचको क्रममा डाला भित्र ४ सय किलोग्राम (१५ बोरा) गाँजा बरामद गरेको थियो ।  उक्त गाडी प्रहरीले  रोक्न खोज्दा नरोकी केही पर गाडी छाडी चालक फरार भएका थिए । गाडीबाट लागुऔषध गाँजा बरामद भए पश्चात फरार रहेका चालकको खोजतलास तथा अनुसन्धानको क्रममा फाल्गुन ३ गते सुनसरीको इटहरी-२ स्थितमा लुकिछिपी बसेको अवस्थामा चालक सहिदभूमी गाँउपालिका-४ का ३१ बर्षीय किरण राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई  सम्मानित धनकुटा जिल्ला अदालतबाट म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०७९-११-०५

उदयपुर र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का ३७ बर्षीय हरीकृष्ण सुनुवार र कटारी-३ का कुमार सुनुवारलाई नाईट्राभेट-२६५ ट्याबलेट र लुपिजेसिक, डाईजेपाम, एल्जिक समेत गरी ८९ एम्पुल सहित पक्राउ गरेको हो भने बिराटनगर महानगरपालिका-१२ स्थितमा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-४ का २७ बर्षीय अजय राईलाई संका लागि चेक जाँच गर्दा उनको साथबाट स्पास्मो २४ ट्यावलेट र नाईट्रोसन १० ट्यावलेट फेला परेकोले पक्राउ गरिएको छ । प्रतिबन्धित औषधी सहित पक्राउ  परेका उनिहरुको सम्वन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित १ जना पक्राउ
२०७९-११-०३

मोरङको सुन्दरहरैचा नगरपालिका- १० खोर्साने चोक स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार अपरान्ह साढे ४ बजे खोर्साने चोक स्थितमा फास्टफुट संचालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरले लागुऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाईल फेला पारी पक्राउ गरेको हो । ब्राउन सुगर सहित पक्राउ परेका मगरको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ
२०७९-१०-२७

मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले केराबारी गाउँपालिका-१० का १९ बर्षीय गोरे भन्ने बिनय मगरको कोठा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको  फेनारगन, डाईजेल्याव, ब्रुफिन सहित ११ एम्पुल बरामद गरेको हो  भने इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का २६ बर्षीय  लकि गुरुङ, ३२ बर्षीय कुस बहादुर भुजेल, धरान २ का काम्मराज लिम्वु र धरान ४ का ३० बर्षीय सन्जु बि.क.लाई ७३ एम्पुल लुपिजेसिक, एभिल, फेनारगन र डाइजेपाम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यलयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-१०-२६

झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको कन्काई नगरपालिका-९ घैलाडुब्बा स्थितमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका-५ का २६ बर्षीय रोजन मोहोरा र २४ बर्षीय पवन चौधरीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १ ग्राम बरामद भए संगै नियन्त्रणमा लिएको हो । सोहि दिन बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका अग्नीसाईर कृष्णासवरण-३ सप्तरीका २० बर्षीय पारस चौधारीको साथबाट ऐभिल, डाईजापाम, फेनारागन र लुपिजेसिक सहित ६४ एम्पुल लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ५ जना पक्राउ
२०७९-१०-२२

झापाको बिभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ ।हिजो दिउसो खटिएको प्रहरी टोलीले ३ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित घरैबाट झापा कमल गाऊपालिका ३ का ३५ बर्षीय राज कुमार लावती, १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित झापा भद्रपुर नगरपालिका २ गौरीशंकर टोल स्थितबाट  सोही स्थान सगरमाथा चोक बस्ने ४० बर्षीय दिपक राई र २० बर्षीय संदेश बास्तोला, ५ ग्राम ब्राउन सुगर सहित झापा गौरीगञ्ज गाऊपालिका १ भाङडाँडा स्थितबाट झापा शिबसताक्षी नगरपालिका ६ बस्ने ३० बर्षीय सन्तोष ताजपुरिया र शिबसताक्षी नगरपालिका ४ बस्ने ३१ बर्षीय बिकाश श्रेष्ठलाई पक्राउ गरिएको हो ।पक्राउ परेका पाचै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ५ जना पक्राउ
२०७९-१०-२०

सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गमा लागुऔषध गाँजा सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट बिराटनगर तर्फ आउदै गरेको को.२ ह ३०४४ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो । टेम्पोमा गाँजा बरामद भए संगै अटो चालक इटहरी उपमहानगरपालिका-११ का ३७  बर्षीय महमद हजरत अली, उक्त टेम्पोमा सवार रहेका इटहरी-१३ का १९ बर्षीय आकाश पटेल र २७ बर्षीय आसिस पटेललाई पक्राउ गरेको हो भने अनुसन्धानको क्रममा संलग्न रहेका इटहरी-१२ का २७ बर्षीय अरुण कुमार सरदार र देवानगंज गाउँपालिका-५ का २३ बर्षीय मिथिलेस यादब समेतलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

पेस्तोल ,लागुऔषध र चोरीएको मोटरसाईकल सहित ३ जना पक्राउ
२०७९-१०-१९

चाईनिज पेस्तोल, गोली, लागुऔषध र चोरीएको मोटरसाईकल सहित ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । ईटहरी-१५ का ३० बर्षीय सुजित मग्राति माझी र ईटहरी १० का १९ बर्षीय मुकेश कोईरालाले चोरीको मोटरसाईकल कुदाई रहेको र पेस्तोल समेत रहेको भनी सूचना पाए संगै ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले बुधवार राती ७ बजे दुबैजनालाई ईटहरी-१२ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १ थान चाईनिज पेस्तोल, सोही पेस्तोमला लाग्ने ६ राउण्ड गोली, १५० मिलिग्राम ब्राउनसुगर, र नाईट्रोसन ट्याब्लेट तथा प्रदेश नं. १-०२-०४३ प ६८९७ नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ । यसैगरी ईटहरी-११ का ३३ बर्षीय मणी कुमार राईलाई मोटरसाईकल चोरी गरेको आरोपमा चोरी भएको मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको छ । माघ १७ गते ईटहरी-१ बाट मोटरसाईकल चोरी भएको भन्ने सूचना पाए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १-०२-०४६ प ३१२९ नम्बरको बुलेट मोटरसाईकल सहित राईलाई पक्राउ गरेको हो । हतियार र मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको छ।

लागुऔषध सहित ७ जना पक्राउ
२०७९-१०-१८

झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र निषेधित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ पर्नेहरुमा  बिर्तामोड नगरपालिका-९ का २२ बर्षीय अर्जुन आले र ३८ बर्षीय कृष्ण लिम्वुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा १ ग्राम ब्राउनसुगर  सहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर-१६ स्थितमा भारतबाट नेपाल तर्फ संकास्पद अवस्थामा आउदै गरेका पैदल यात्री धरान-१३ का २० बर्षीय शुक्र भुजेल, २१ बर्षीय पवन अधिकारीलाई चेकजाँच गर्दा उनिहरुको साथबाट निषेधित औषधी लुपिजेसिक,एभिल, फेनारगन र डाईजोपाम सहित १४० एम्पुल बरामद गरेको हो । यसै गरी उदयपुरको प्रहरी चौकी बसाहबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालीका-४ स्थितमा चेकजाँचको क्रममा बेलका नगरपालिका-३ का २० बर्षीय बिशाल तामाङ, २४ बर्षीय प्रदिप तामाङ र २१ बर्षीय उमेश खत्रीलाई नाइट्राभेट ३२ ट्याव्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-१०-१७

झापा र सुनसरीको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सुनसरीको कोशी गाउँपालिका-१ केराबारी स्थित संकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्नेक्रममा रामधुनि नगरपालिका-३ का २७ बर्षीय करण कुमार चौधरीको साथबाट २.७९ ग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो भने सोही दिन झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल स्थितबाट प्रहरी बिट मेचीपुलमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको साईकल यात्री ३२ बर्षीय सन्तोष बिश्वकर्माको साथबाट डाईजेपाम र फेनारगन २१ एम्पुल फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको सम्बन्धमा सम्बन्धीत कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०७९-१०-१५

झापा र मोरङका तिन  छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र डाईलक्स डि.सी. सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ बाट स्थानीय ३० बर्षीय प्रलाद कार्कीलाई १ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित शनिवार दिउँसो पक्राउ गरेको हो । यसैगरी झापाकै दमक नगरपालिका-१ को कुमाल चोकमा रहेको एक होटलमा लागुऔषध ब्राउनसुगरको बिक्रीबितरण भईरहेको भन्ने बिशेष सूचना प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चुलाचुली गाउँपालिका-४ का ३२ बर्षीय बिर बहादुर लिम्बु, दमक-३ की २४ बर्षीया प्रेम कुमारी तामाङ, १९ बर्षीया दिक्षा योगी र फाकफोकथुम गाउँपालिका-३ घर भई दमक-९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ९ ग्राम लागुऔषध ब्राउसुगर र ४ थान मोवायल बरामद गरेको छ । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१५ बाट धरान-१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका-७ खोटाङका ४७ बर्षीय सुचिन राईलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित शनिवार साँझ पक्राउ गरेको हो ।  लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०७९-१०-११

मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे बिराटनगर -१६ दक्षिण गेट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका गौरादह नगरपालिका-९ झापाका ३१ बर्षीय सबिन खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक-४ एम्पुल, ऐभिल-४ एम्पुल, फेनारागन-४ एम्पुल र डाईजोपाम- ४ एम्पुल फेला पारी पक्राउ गरेको हो । त्यसै गरी बिराटनगर-१५ स्थितमा  लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नम्बर १-०२-०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्न क्रममा DIALEX DC 100 ML- २० बोतल फेला पारी चालक सुन्दरहरैचा नगरपालिका-१० मोरङका ३७ बर्षीय आसिष लामिछाने गुरुङ र स्कुटरमा पछाडी सवार चौबिसे गाउँपालिका-६ धनकुटाका २८ बर्षीय आशिष लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०७९-१०-१०

झापाको मेचीनगर नगरपालिका-८ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ रहेका छन् । घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले खाँलाई ३० ग्राम लागुऔषध ब्राउनसुगर सहित सोमवार साँझ घरबाट नै पक्राउ गरेको हो । खाँको साथबाट प्रहरीले नगद २५ हजार र २ थान मोवायल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका खाँको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-१०-०९

झापाको बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजार स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चारआलीबाट बुधबारे तर्फ आउदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटोमा लुकाईछिपाई ल्याउदै गरेको ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर फेला पारी अटो चालक २४ बर्षीय अजय तामाङ, अटोमा सवार १९ बर्षीय संदेश राई र २० बर्षीय सन्तोष राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धुलबारी झापाबाट थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध गाँजा सहित ६ जना पक्राउ
२०७९-१०-०८

धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट  ९० किलो १०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका-१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा राखेको झोलाबाट ४० किलोग्राम गाँजा बरामद गरेको हो । चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका-१ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो । लागुऔषध गाँजा बरामद भए संगै उक्त बस र बसका चालक सुन्दरहरैचा-५ मोरङका ५१ बर्षीय रुद्ध बहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका-७ का ४३ बर्षीय फत्तेमान राई र चौबिसे गाउँपालिका-५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवान समेतलाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको  जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।यसैगरी हिजो बेलुका पौने ७ बजे बिराटनगर महानगरपालिका-११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजा सहित धनकुटा सहिदभुमि गाउँपालिका-४ का ४४ बर्षीय यज्ञ प्रसाद राईलाई  प्रहरीले पक्राउ गरेको छ । राईले साग र तेजपत्ताको तीन वटा बोरामा गाँजालुकाई छिपाई ल्याएको अवस्थामा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-१०-०६

झापा र भोजपुरको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ बेशीसहर नगरपालिका-६ लमजुङ घर भई काठमाण्डौ महानगरपालिका-५ बसपार्क मिलन टोलमा डेरा गरी बस्दै आएका २४ बर्षीया युकेन गुरुङ र भोजपुरको देउरालीका २१ बर्षीय रेबन बराईली रहेका छन् ।गुरुङलाई हिजो साँझ ७ बजे झापाको भद्रपुर एयरपोर्टबाट काठमाण्डौ जान लागेको अबस्थामा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध ब्राउन सुगर १२ ग्राम फेला पारी नियन्त्रणमा लिईएको हो । उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ । यसै गरी रेवन बराईलीको हिजो अपरान्ह ४  बजे जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भोजपुर नगरपालिका वडा नं.१० भैंसीपंखा मेजर चोक स्थितबाट लागुऔषध ब्राउन सुगर ९९० मिलीग्राम सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
२०७९-०९-२९

मोरङको बिराटनगर महानगरपालिका-१५ हुलास चोक स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।आज बिहान साढे ९ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोली भारतबाट नेपाल तर्फ आउदै गरेको फिदिम नगरपालिका-४ पाँचथरकी २० बर्षीया एन्जिला सुजीलाई शंकास्पत अवास्थामा फेला पारी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित औषधी लुपिजेसिक-३ एम्पुल,डाइजोपाम-३ एम्पुल ,फेनारागन-३ एम्पुल, एभिल-३ एम्पुल,नाइट्राभेट- ३० चक्की, सुई-३ थान र स्पास्मो प्रोक्सिवन-२ चक्की फेला पारी पक्राउ गरेको हो ।पक्राउ परेका उनिको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानाबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ
२०७९-०९-२६

मोरङ र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  शहिदभुमि गाउँपालिका-२ का ३६ बर्षीय टेक बहादुर राई र कागेश्वरी मनहरा नगरपालिका-२ काठमाण्डौका ४० बर्षीय प्रकाश चन्द्र राई , लेटाङ नगरपालिका-२ का २४ बर्षीय हेमन लिम्बु, लेटाङ नगरपालिका-३ का २५ बर्षीय सुजन लिम्बु, ईटहरी उप-महानगरपालिका-१० का १९ बर्षीय संदिप चौधरी  र बर्जु गाउँपालिका- ४ का २४ बर्षीय रोहित पौदार रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले टेक बहादुर राई र प्रकाश चन्द्र राईलाई बिराटनगर-१५ बाट ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर तथा हेमन लिम्बु र सुजन लिम्बुलाई बिराटनगर-१६ बाट लुपिजेशिक-४ एम्पुल, एभिल-४ एम्पुल, डाईजेपाम- ४ एम्पुल, फेनरगन- ४ एम्पुल,NITRAZEPAM-१० चक्की सहित सहित सोमबार दिउँसो पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई स्पास्मोप्रोक्सिवन र निट्राजेपाम २०/२० चक्की सहित पक्राउ गरेको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले रोहित पोदारलाई लागुऔषध डाईजेपाम, निट्राजेपाम लुपिजेसिक सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित औषधी र गाँजा सहित ३ जना पक्राउ
२०७९-०९-२५

मोरङ र सुनसरी छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित औषधी र गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका-२ माझि टोल स्थित हिजो बेलुका ९ बजे अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा २० बर्षीय सन्जिब सहनी र चुलाचुली गाउपालिका-१ ईलामका १६ बर्षीय ममता देवानको साथबाट प्रतिबन्धित औषधी ट्रामाडोल ८१ क्यापसुल र स्पानसिप ८१ चक्की फेला पारी नियन्त्रणमा लिएको हो ।यसै गरी सुनसरीको धरान उप-महानगरपालिका-१३ सुम्निमा चोक स्थित ४७ बर्षीय राम गुरुङको घरमा लुकाई छिपाई गाँजा राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुह र ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा घर कोठा भित्र र गुरुङले प्रयोग गर्ने को १ ह १८५६ नम्बरको अटोमा समेत गरी १७ केजी गाँजा फेला पारी प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०९-२५

झापाको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।हिजो दिउसो १ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोली मेचीनगर नगरपालिका-७ स्थित २३ बर्षीय ओम पोर्तेललाई शंकास्पत अवस्थामा फेला पारी चेकजाँच गर्दा पोर्तेलको साथबाट लागुऔषध खैरो हिरोईन १ ग्राम फेला पारी नियन्त्रणमा लिएको हो । त्यसै गरि हिजो अपरान्ह ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भद्रपुर नगरपालिका-४ स्थित २२ बर्षीय महमद सवर अन्सारीको साथबाट ब्राउन सुगर १६ ग्राम ६ सय मिलिग्राम फेला पारी पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०९-२१

झापाको दमक नगरपालिका-१ र ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका- ४ ईलाम घर भई हाल दमक -१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक – ९ की २३ बर्षीया अनिशा कार्की रहेका छन् । बुधबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाईकल चालक आलेलाई चेकजाँच गर्दा निजको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने सोही दिन दमक- ९ स्थित रहेको चिया दोकानमा बसिहेको अवस्थामा २६ बर्षीय कार्कीलाई चेकजाँच गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ गरेका दुबै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०७९-०९-२०

झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-५ का २२ बर्षीय गौरव चुडाल र ४४ बर्षीय भिम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका - ६ भट्टराई चौकबाट स्थानीय २८ बर्षीय दिलिप लिम्बुलाई १ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-७ का २३ बर्षीय बामदेव मिश्रलाई ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मंगलवार दिउँसो पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-०९-१८

मोरङको रंगेली नगरपालिका-१ बविया स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।हिजो अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १५ बोरा (३५० के.जी.) गाँजा फेला पारी ४० बर्षीय मनोज राजवंशी र अवैध गाँजा ओसार पोसारमा संलग्न धनकुटा सहिदभुमी गाउपालिका ‍२ का २९ बर्षीय बेचन भन्ने हस्त राई सहित प्रदेश नम्बर १-०२-०५० प २७९२ नम्बरको मोटरसाईकल प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागु औषध सहित ४ जना पक्राउ
२०७९-०९-१७

मोरङको छुट्टा छुट्टै दुई स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार अपरान्ह ४ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१२ मा चेकजाँचको क्रममा ईटहरी उप-महानगरपालिका-१६ का मनिष राईको साथबाट AVIL- 26, DIAZEPAM- 20, DIAZELAB- 5 र स्टिकर नभएको - २५ एम्फुल फेला पारी  प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ हुलास चौक स्थितमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको को २ ह ५१९३ नम्बरको अटो भित्र नाईट्राभेट- ५० ट्याप्लेट फेला पारी चालक बिराटनगर- १२ का ३३ बर्षीय महेन्द्र कामत, अटोमा सवार ईटहरी-३ का २५ बर्षीय अभिषेक परीयार र सुन्दरहरैचा-१० का २३ बर्षीय दिपेश थापालाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागु औषध सहित २ जना पक्राउ
२०७९-०९-१४

उदयपुर र ईलामाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-३ शान्तीधाम स्थितमा चेकजाँच गर्ने क्रममा नाईट्राभेट  -१३ एम्पुल, डाइजेपाम-८ एम्पुल, फेनारागन-८ एम्पुल र ब्रुप्रिर्नोफीन-७ एम्पुल फेला पारी १८ बर्षीय पप्पु मल्लिकलाई पक्राउ गरेको हो । यसै गरी ईलामको ईलाम नगरपालिका-१२ साङरुम्बा स्थित ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बा ३८ प ४४९० नम्बरको मोटरसाईकल चालक ३१ बर्षीय सोम राईले बोकेको लेदरको ब्याक भित्राबाट प्लाष्टिकले बेरेर राखेको अवस्थामा ७ पोका(५४५ मिलि ग्राम) ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको दुबै जनाको सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिबादी पक्राउ
२०७९-०९-१४

१ नम्बर प्रदेश प्रहरी कार्यालय (RIT) समुहको प्रहरी टोलीले लागुऔषध गाँजा मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप-महानगरतपालिका-१३ सुनसरीका ३४ बर्षीय गुमान राई रहेका छन् । लागुऔषध गाँजा मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८/११/२३ गतेको सजाय निर्धारण फैसला आदेशले ९ महिना ४ दिन कैद र ५ हजार ५ सय रुपैयाँ जरिवान बेरुजु रहि फरार रहेका राईलाई गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि झुम्का कारगार पठाईएको छ ।

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
२०७९-०९-०५

मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले  पक्राउ  गरेको छ । सोमवार मोरङको बिराटनगर महानगरपालिका -१५ ढाट स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका-६ का २० बर्षीय पुजन लिम्बुको साथबाट NITRAZEPAM- 50 चक्की फेला पारी नियन्त्रणमा लिएको हो भने आज बिहान ३ बजे सुनसरीको बर्जु गाउपालिका ६ स्थितमा ईलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले बाटोको साईटमा राखीएको प्रदेश नम्बर १-०२-०४३प९९३४  नम्बरको पल्सर मोटरसाईकलमा राखीएको कालो ब्यागमा ४० के.जी गाँजा फेला पारी बरामद गरेको हो । बरामद गरेको लागु औषध र पक्राउ परेको लिम्बुको सम्बन्धमा सम्बन्धित कार्यालयहरुबाट  थप अनुसन्धान भइरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-०८-२९

झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले WB74 BF 5817  नम्वरको स्कुटरमा सवार रहेका भारत  दार्जिलिङका २८ बर्षीय मनोज गिरी र  ३० बर्षीय प्रमोद कुमार राउतलाई शंका लागि चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट ४३ ग्राम ब्राउनसुगर बरामद गरेको हो भने लागु औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ स्थितमा भारत बाट नेपाल आउदै गरेको प्रदेश १-०४-००१ प ३१०२ नमवरको मोटरसाईकलमा सवार रहेका छथरजोरपाटी गाउपालिका-१ धनकुटाका २० बर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका-१ का १९ बर्षीय  सुमन तामाङलाई ०.८५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०७९-०८-२९

सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो अस्थाई प्रहरी पोष्ट विजयपुर धरानबाट खटिएको प्रहरीको टोलीले धरान उप- महानगरपालिका-१४ का २१ बर्षीय रन्जित तामाङ, १९ बर्षीय नेल्शन याक्खा, २० बर्षीय शाहील भण्डारी र १९ बर्षीय शेखर परियारलाई प्रतिबन्धित लागुऔषध स्पास्पेन- २४८ ट्यावलेट र  ट्रामाडोल- ३३० ट्याव्लेट सहित नियन्त्रणमा लिएको हो भने यसै गरी  ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले धरान-५ का  २६ बर्षीय अमन राई र धरान-३ का ३४ बर्षीय मन कुमार श्रेष्ठलाई ट्रामाडोल- ६०३९ ट्रयाव्लेट, स्पास्पेन- ४१४० ट्याव्लेट,  डाईजेपाम- १५६ एम्पुल र  नगद ६५ हजार ९ सय ४४ रुपैँया सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका ६ जनालाईआवश्‍यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग बिराटनगर पठाईएको  ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

लागुऔषध सहित १ जना पक्राउ
२०७९-०८-२३

मोरङको बिराटनगर महानगरपलिका - १३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ केराबारी गाउपालिका १० का ३३ बर्षीय अरुण लिम्बु रहेका छन् ।हिजो साँझ ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट सादा पोसाकमा खटिएको संयुक्त प्रहरी टोलीले रानीबाट बिराटनगर तर्फ आउदै गरेको बा ६३ प ३३४६ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा सो मोटसाईकल सवार रहेका लिम्बुको साथबाट DIALX DC 100ML- 3 बोतल,  ESKUL 100ML- 2 बोतल र  SPAMO PROXYVON PLUS- 18 क्याप्सुल लागुऔषध फेला परेको थियो ।पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।  

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०८-०८

सुनसरीको धरान उप-महानगरपालिका-१५ श्यामचोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका-१५ का ३४ बर्षिय किशोर परियार र धरान ३ का २७ बर्षिय वीरवल प्रसाद साह रहेका छन् ।  बुधबार बिहान ७ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउदै गरेको dialax dc 35 tablet, spasmo prokxyvon 208 capsul र nirtosun 15 tablet  प्रतिबन्धित लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका परियार र साहको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।

अवैध गाँजा सहित मानिस पक्राउ
२०७९-०७-२२

सुनसरीको बराहक्षेत्र नगरपालिका-११ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा.११ च ३०४२ नम्वरको स्कारपियो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडी भित्र १ सय ७५ किलोग्राम गाँजा र नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद गरेको हो । अवैध गाँजा बरामद भए सँगै सवारी साधन र चालक इटहरी उपमहानगरपालिका-४ सुनसरीका ३१ बर्षीय मनिस दर्नाल र सहचालक ३१ बर्षीय योगेन्द्र बजगाई समेतलाई  प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ परेका उनिहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद ‍थप गरी लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम  इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लागुऔषध सहित १ जना पक्राउ
२०७९-०७-१५

सुनसरीको धरान उप-महानगरपालिका-११ स्थितबाट प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । हिजो राती साढे ७ बजे बिशेष सुचनाको आधारमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले  धरान-११ का ४६ बर्षीय बिरु भुजेललाई स्पासपेन १७१६  ट्याबलेट, ट्रामोल २७७५ क्याप्सुल, स्पास्मो प्रोक्सिभन प्लस ६७५ क्याप्सुल, नाईट्रोसन २७ ट्याबलेट, एक्सकाफ डिएक्स १९ बोतल लागुऔषध तथा नियन्त्रिय औषधी र नगद १ लाख ६ हजार रुपैया सहित उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०७९-०५-२९

झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट  ५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । राजवंशीको कोठाबाट लागुऔषध बरामद भएसंगै उनिलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको थियो । टेम्पोबाट लागुऔषध बरामद भए संगै चालक बिर्तामोड-२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका-८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जना पक्राउ
२०७९-०५-१२

सुनसरीको धरान उपमहानगरपालिका एरियाका बिभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ट्याब्लेट र गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ४२ बर्षीय गणेश कोईराला, ४० बर्षीय करण तामाङ,  ३३ बर्षीय प्रतिक सुब्बा र ४१ बर्षीय अमर राई तथा धरान-१५ का २८ बर्षीय शिसिर श्रेष्ठ र ईटहरी -५ का ३६ बर्षीय अमित मगरलाई शनिवार लागुऔषध सहित पक्राउ गरेको हो ।  तामाङ, सुब्बा, कोईराला र राईलाई धरान-१५बाट प्रहरीले पक्राउ गरेको हो भने श्रेष्ठ र मगरलाई धरान-१० बाट पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले लागुऔषध ट्रामोल-५०, २ हजार ट्याब्लेट, स्पासपेन १२५० ट्याब्लेट र गाँजा १ केजी तथा नगद एक लाख १३ हजार समेत बरामद गरेको छ । यसरी लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०५-०८

लागुऔषध ओसार पसारमा संग्लग्न रहेको आरोपमा १ जना भारतिय नागरीक सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेस सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हल्दिवारी गाउँपालिका-४ का ३५ बर्षीय जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो भने महमदको बयानको आधारमा बिर्तामोड नगरपालिका-५ का २५ बर्षीय अर्जुन राजवंशी र भारत किसनगञ्जका २८ बर्षीय जम्सेद आलमालाई मंगलवार बिहान झापाको हल्दिवारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ७९ हजार बरामद गरेको छ । लागुऔषध र नगद सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ
२०७९-०४-२९

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र  लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१ ह.२९२१ नम्बरको अटो लिई बिर्ताबजारबाट बुटाबारी तर्फ जाँदै गरेका अटो चालक सुनसरी घर भइ हाल  सोहि स्थान बस्दै आएका ४० बर्षीय उमेश चौधरीको साथबाट लागुऔषध ब्राउनसुगर ४ ग्राम २०० मिलिग्राम बरामद भएको थियो । पक्राउ परेका चालकलाई सोधपुछ गर्दा  अमरुवा गाउँपालिका-५ सिराहा घर भइ हाल बिर्तामोड-३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ बर्षीय प्रतिक्षा चौधरी समेतको संलग्नता रहेको खुलेसँगै प्रतिक्षाको कोठाबाट समेत प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ५ ग्राम बरामद भएको हो । यसैगरी शनिवार दिउँसो बिराटनगर महानगरपालिका-१६, हुलास चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री मोरङ बेलबारी नगरपालिका-११ बस्ने ४५ बर्षीय प्रकाश बस्नेतलाई लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको टोलिले शंका लागि चेकजाँच गर्दा बस्नेतको साथबाट लुपिजेसिक १५ ऐम्पुल,फेनारगन १५ ऐम्पुल,डाईजोपाम १५ ऐम्पुल,ऐभिल १५ ऐम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ब्राउनसुगर कारोबारमा संग्लग्न एक जना भारतिय नागरिक सहित ४ जना पक्राउ
२०७९-०४-२६

झापाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । बुधवार दिउसो सँवा २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका ३ झोलुङगे पुलबाट भारतबाट नेपाल तर्फ आउदै गरेको भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ बर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो । यसै गरी बुधवार बेलुका ७ बजे लागुऔषध नियन्त्रण व्युरो काकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका २ चारपाने स्थितबाट सोही स्थान बस्ने ३६ बर्षीय बद्रि राजबंशीलाई ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको छ । यसै गरी बुधवार राती ८ बजे झापाकै दमक नगरपालिका ९ ईटाभट्टा स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटर साईकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ बर्षीय भिम बहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो । यसरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

निषेधित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०४-२४

मोरङको रतुवामाई नगरपालिका-४ पैयामारी स्थितबाट निषेधित लागुऔषध सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।  सोमबार बेलुका ८ बजे प्रहरी चौकी झुर्कीयाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्तर तर्फ  साईकलमा सवार रहेका  मोरङ रतुवामाई नगरपालिका-७ बस्ने १९ बर्षीय राहुल कुमार शर्मा र मोरङ उर्लावारी नगरपालिका-७ बस्ने  २२ बर्षीय युगल लिम्बुलाई चेकजाँच गर्ने क्रममा  निषेधित लागुऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

४१ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ
२०७९-०४-२३

सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ नर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह राई र उनको श्रीमती ३५ बर्षीया पवित्रा राई रहेका छन् ।गत २० गते बेलुका ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगरको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका ६ स्थित भाटे एण्ड खाजा घरबाट ब्राउन सुगर १ ग्राम १५० मिलि ग्राम ७ हजार नगद सहित सृजना ओझा र सुशान्त घिमिरेलाई पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुबाट ब्राउन सुगर बिर्त सिंह राई र उनिकी श्रीमती पबिता राईबाट खरिद गरिएको भन्ने कुरा अनुसन्धानबाट खुले सगै प्रहरी टोलीले बिर्त सिंह राईलाई ईटहरी उपमहानगरपिका ५ स्थितमा फेला पारी शरिर तलासी लिंदा ब्राउन सुगर ६ ग्राम ७६० मिलग्राम फेला परिएको हो । थप ब्राउन सुगर ३३ ग्राम ९० मिलग्राम राई दम्पतीको डेरामा खानतलासी लिदाँ करुवा भित्र लुकाई राखेको अबस्थामा फेला पारिएको थियो भने डिजिटल तराजु र २७ हजार ३ सय नगद समेत बरामद भएको छ ।लागुऔषध कारोबारमा समंलग्न रहेका चारै जना उपर ईलाका प्रहरी कार्यालय ईटहरीबाट सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०४-२२

मोरङको  बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । आज बिहान साढे १० बजे लागुऔषध  नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको  को ३४ प २६३ नम्बरको मोटरसाईकल  चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका मोरङ बिराटनगर-१२ बस्ने  २२ बर्षीय सुहन लिम्बु र  मोरङ बेलबारी-११ बस्ने  ३१ बर्षीय सिकुम योङहाङको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर  बरामद गरी नियन्त्रणमा लिईएको हो  । यसरी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-०४-१८

धनकुटा साँगुरीगढी गाँउपालिका वडा नं. ६ फेदी स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा शहिदभुमि गाँउपालिका ७ बस्ने २६ बर्षीय प्रदिप राई र सोही स्थानका अर्का एक जना बालक रहेका छन् ।हिजो दिउसो १२ बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुठ्ठीटारबाट भेडेटार तर्फ जादै गरेको को ३९ प ६५६७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनिहरुको साथबाट लागुऔषध गाँजा ५ किलोग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०७९-०४-१६

झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीया जेगुन खातुन रहेकी छन् । खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आईतवार राती सवा १० बजे खातुनलाई घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेकी खातुनको घर कोठाबाट प्रहरीले २ केजी ५०० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । लागुऔषध गाँजा सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध गाँजा सहित ट्रक र चालक पक्राउ
२०७९-०४-१४

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध गाँजा सहित ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ । हजो राती साढे १० बजे बिराटनगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ बन्दाकोवी बोकेर जाँदै गरेको प्रदेश १-०२-००१ख ८६७७ नम्वरको मिनि ट्रकलाई संका लागि चेकजाँच गर्ने क्रममा  बोराले छोपी लुकाई राखेको अवस्थामा ६ बोरा (१५६ किलोग्राम) गाँजा बरामद गरेको हो । अवैध गाँजा बरामद भए संगै उक्त नम्बरको ट्रक र चालक शहिदभुमि गाउँपालिका-३ धनकुटाका बिवेक राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीबाट अन्य थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०७९-०४-०९

झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सन्दकपुर गाउँपालिका-२ बस्ने  २७ बर्षीय रविन गुरूङ  रहेका छन् । आज दिउँसो १ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले  संका लागी चेक जाँच गर्ने क्रममा गुरुङको साथबाट लागुऔषध ३ ग्राम  ब्राउनसुगर बरामद गरी नियन्त्रणमा लिईएको हो । ब्राउनसुगर सहित पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।  

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-०४-०८

धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले  पक्राउ गरेको छ । शनिबार दिउँसो ३ बजे  अस्थाई प्रहरी पोष्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ जादै गरेको प्रदेश न १-०२-००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । यसरी गाडीमा लागुऔषध गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाउँपालिकापा-५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणको गाँजा सहित १ जना पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले  पुर्व पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको को. १ ख २९२६ नम्बरको  पिकअपलाई चेकजाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारी बरामद गरेको हो । पिकअपमा गाँजा बरामद भएसंगै चालक सहिद भुमि गाउँपालिका-२ धनकुटाका २० बर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय  सुनसरीबाट थप अनुसन्धान भईरहेको छ   ।

लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०४-०५

भोजपुरको हतुवागढी गाउँपालिका-९ स्थितबाट २ जना, मोरङको बिराटनगर-१६ र पथरी शनिश्चरे नगरपालिका-४ बाट १/१ जना लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउँसो प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद अवस्थामा हिडिरहेका हतुवागढी-८ का २५ बर्षीय सुमोर राई र ४३ बर्षीय भक्त बहादुर थापालाई चेक जाँचको क्रममा उनीहरुको साथबाट ब्राउनसुगर ६ सय मिलिग्राम, ट्रामाडोल हाईड्रोक्लोराईड ३४ क्यप्सुल र स्पास्पेन ३४ ट्यावलेट सहित बरामद गरेको थियो यसै गरी मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-४ का २१ बर्षीय अमृत लिम्वुलाई २ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर, स्पास्पेन ९७ ट्रयावलेट र प्रामोल ९० ट्यावलेट सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर -१६ स्थित हुलास चौकमा जोगवनी भारतबाट नेपाल आउदै गरेका धनकुटा पाख्रिवास नगरपालिका-४ का २२ बर्षीय बिसाल लिम्वुलाई संका लागि चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक १५ एम्पुल, फेनारगन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल, एभिल १५ ऐम्पुल, नाइट्राभेट ९ ट्यावलेट सहित बरामद गरेको थियो ।  लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहको छ ।

निषेधित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०४-०४

मोरङको उर्लाबारी नगरपालिका-२ स्थितबाट निषेधित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थायी प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-२ का २० बर्षीय नविन पुरीको घरबाट उर्लावारी ३ का  रकि धिमाल, उर्लाबारी-२ का उज्वल थापा र २८ बर्षीय सुमित राई समेत ४ जनालाई निषेधित औषधि  ट्रामाडोल ६ सय ४४ क्यापसुल र स्पास्पेन ७ सय २० ट्यावलेट सहित पक्राउ गरेको हो ।  निषेधित औषधी सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०७९-०४-०३

उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बाट प्रतिबन्धीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ३४ बर्षीय बिनेश राई रहेका छन् । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले रामपुरबाट स ३ प ३६०३ नम्बरको मोटरसाईकलमा फत्तेपुर तर्फ जाँदै गरेका राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ केजी गाँजा बरामद भएको थियो। लागुऔषध सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जना पक्राउ
२०७९-०४-०१

उदयपुरको बेलका नगरपालिका-१ बाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ८ बजेको समयमा तिन जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बेलका नगरपालिका-५ का २४ बर्षीय सुदिप राई र २७ बर्षीय प्रदिप बस्नेत तथा चौदण्डीगढी नगरपालिका-२ का  २१ बर्षीय ठगिन्द्र मगर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले टामाडोल ४९५ ट्याब्लेट, डाईजोपाम ३४ एम्पुल, फेनारागन २४ एम्पुल, फेरिमाईन, ३ एम्पुल, लिजेपिक २१ एम्पुल र १ थान सिरिन्ज समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ गरेको उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०७९-०३-२७

झापाको मेचिनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जेलिङका २७ बर्षीय अनुप प्रधान रहेका छन । हिजो बेलुका ७ बजे काँकरभिट्टाको मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउदै गरेका प्रधानको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका प्रधानलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ
२०७९-०३-२१

मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो ।यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक -२० एम्पुल, एभिल-२० एम्पुल, डाईजेल्याब-२० एम्पुल र फेनरागन-२० एम्पुल बरामद गरेको थियो । यसरी लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०३-१७

मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरिएको छ ।हिजो दिउसो सँवा १२ बजे लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपाल तर्फ आउदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका ४ का २६ बर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका ६ का २७ बर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुल सहित पक्राउ गरिएको हो ।यसै गरी हिजै दउसो २ बजे १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा३५प २७१४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेको सुन्दरहरैचा नगरपालिका १२ का २० बर्षीय अभिषेक चौधरी र पछाडी सवार सुन्दरहरैचा नगरपालिका १२ कै  १९ बर्षीय निशान गुरुङलाई NITRAVET-10 - ३० ट्याबलेट सहित पक्राउ गरिएको छ ।पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०३-१५

मोरङको बिराटनगर महानगरपालिका-१२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार बेलुका साँढे ५ बजे प्रहरी चौकी बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका बिराटनगर-६ का ४० बर्षीय  नारायण महत्तोलाई  चेकजाँच  गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका महतोको बयानको आधारमा लागुऔषध ओसार पसारमा सप्तरी हनुमाननगर-९ घर भई बिराटनगर-११ बस्ने २५ बर्षीय सुमन कुमार रायको समेत संग्लग्नता रहेको खुले संगै रायलाई सोही स्थानबाट  स ३ प ५१८४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हो । यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७९-०३-१४

झापाको दमक नगरपालिका ५ गोर्खाली टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय  प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् ।हिजो बेलुका ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई उनिहरुलाई पक्राउ गरिएको हो । उनिहरुको साथबाट डिजिटल तराजु सहित लागुऔषध ब्राउन सुगर  २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको छ ।पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०७९-०३-१३

मोरङको सुन्दरहरैचा नगरपालिका-५ बुढिपुल स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका-८ का  ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र  २९ बर्षीय  बाला राई रहेका छन । हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले  शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा  ८ किलोग्राम बरामद गरिए पश्चात उनिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ
२०७९-०३-१२

झापाको शिवसताक्षी नगरपालिका-१० दोमुखा स्थितबाट अबैध  लागुऔषध ब्राउनसुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको भन्ने बिशेष सुचनाको आधारमा आईतवार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले माई नगरपालिका-८ ईलामका २५ बर्षीय  सुजेन्द्र राई, झापा कन्काई नगरपालिका -३ का ४३ बर्षीय बेनु प्रसाद चिमरिया र  कन्काई-४ का ३२ बर्षीय हेम नारायण चौधरीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले १७ ग्राम लागुऔषध ब्राउनसुगर, नगद ८८,५००, मोवाइल २ थान , र ३ थान मोटरसाईकल बरामद गरेको छ । यसैगरी सोही स्थानमा लागुऔषध खरिद गर्न आएका दमक नगरपालिका-१० का २८ बर्षीय सुजन राई र दमक नगरपालिका-९ का २५ बर्षीय सुरज तामाङलाई को ६ प ६९४८ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका ५ जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०७९-०३-१२

मोरङको बुढिगंगा गाउँपालिका-६ घेरावनीबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकलमा गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १४ प ८९६० नम्बरको मोटरसाईकलमा जेब्रा झोलामा प्याक गरेर लैजाँदै गरेको अवस्थामा ८ केजी गाँजा बरामद भएको थियो । मोटरसाईकलबाट गाँजा बरामद भए संगै मोटरसाईकल चालक सुन्दरहरैचा नगरपालिका-३ का ४५ बर्षीय नेत्र भट्टराईलाई समेत पक्राउ गरेको छ । गाँजा सहित पक्राउ भट्टाराईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०७९-०३-०३

उदयपुर र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका साढे ७ बजे चौदण्डीगढी नगरपालिका-६ रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ प १४०७ नम्बरको  मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका चौदण्डीगढी-६ बेल्टारका २९  वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको हो । यसै गरी  मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR 38 V 3251 नम्बरको  मोटरसाईकलमा सवार रहेका भारत अररिया सोनामनीका  कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०३-०१

झापाको मेचीनगर नगरपालिका-१२ हापाडाँगीबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो स्थानीय २४ बर्षीय सुरज मेचे र २२ बर्षीय जिवन सार्कीलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ८ ग्राम ५२ मिलिग्राम लागुऔषध ब्राउनसुगर, नगद ७३ हजार, १ थान मोवायल र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०२-२४

झापाको मेचीनगर नगरपालिका-६  स्थितबाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थितबाट १ जना लागुऔषध सहित पक्राउ परेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका मेचीनगर-७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर-६ का २५ बर्षीय दावा तामाङ १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने  सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-५ सिमरबनका ५९ बर्षीय रत्न माझीलाई १६३ ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०७९-०२-१९

धनकुटा र मोरङबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो बिहान साढे १० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउदै गरेको को१ज ३३२३ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर ल्याएको लागुऔषध गाँजा ९ केजी ५०० ग्राम फेला परेको थियो । गाँजा फेला परे पश्चात सोही गाडीमा सवार धनकुटा सहिदभुमी गाऊपालिका २ का २० बर्षीय उपेन्द्र बिसुंखे र गाडी चालक सहिदभुमी गाऊपालिका ३ का २९ बर्षीय लोकेन्द्र राईलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनकुटामा लगी थप अनुसन्धान भईरहेको छ । यसै गरी हिजो राती पौने ११ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारी र अस्थाई प्रहरी चौकी मंगलबारेबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका २ सिरुझार बस्ने २७ बर्षीय सोम तामाङलाई घरैबाट लागुऔषध गाँजा १ केजी सहित पक्राउ गरि थप अनुसन्धान भईरहेको छ ।

पेस्तोल र लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०२-१६

सुनसरीको ईटहरी उपमहानगरपालिका-४ जनता टोलबाट पेस्तोल र लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा पेस्तोल सहितका ब्यक्तिहरुले लागुऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जेठ १३ गते राती ११ बजे ईलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-४ का १९ बर्षीय धन बहादुर राई, २७ बर्षीय टिका राई र ईटहरी-५ का २८ बर्षीय धन बहादुर राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागुऔषध २४ एम्पुल र MADE IN USA लेखिएको पेस्तोल १ थान तथा सोही पेस्तोलको म्याग्जिन १ थान बरामद गरेको छ । लागुऔषध तथा पेस्तोल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०२-१६

मोरङको बिराटनगर महानगरपालिका-१५ र तेह्रथुमको लालिगुँरास नगरपालिका-२ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन । हिजो बेलुका ६ बजे बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्यरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउदै गरेका इटहरी-६ सुनसरीका २० बर्षीय आस्मिक कार्कीलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ४२ मिलि ग्राम ब्राउन सुगर बरामद भएको हो । यसै गरी आज बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बसन्तपुर बजारमा संकास्पद अवस्थामा हिडिरहेका स्थानिय २४ बर्षीय जोसेफ गुरुङले बोकेको झोला चेकजाँच गर्ने क्रममा ६ ग्राम १०० मिलि ग्राम ब्राउन सुगर बरामद भएको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०२-१३

मोरङ र झापाबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका ८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् ।हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागुऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरिएको हो भने हिजै बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजबंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागुऔषध लोड भएको १०ml को सिरिन्ज थान १ सहित घरैबाट पक्राउ गरिएको हो ।पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०७९-०२-०९

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिले र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपलिका-११ दुधेबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका- ७ का १९ बर्षीय हरदिप राजबंशी, भारतिय नागरीक दार्जेलिङ दुलालजोतका २२ बर्षीय सुरेन मरमन र २३ बर्षीय अर्जुन रोय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले२०३.४१०(दुइ सय तीन ग्राम चार सय दश मिलि ग्राम) लागुऔषध ब्राउनसुगर , नगद ३८,७३०(अट्तिस हजार सात सय तिस ) रुपैयाँ  र उनीहरुले प्रयोग गरेको प्रदेश १-१०-१५ प ४२१८  तथा WB 74 V 6439 नम्बरको मोटरसाईकल समेत बरामद गरेको छ ।  यसैगरी मोरङको बेलवारी नगरपालिका-३ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले पुरानो बेलवारी स्थित भित्री सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको प्रदेश १-०२-०४८ प ९७७४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलको लुकिङ ग्लास भित्र लुकाई छिपाई राखिएको अवस्थामा ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित बुढीगंगा गाउँपालिका-७ का २६ बर्षीय रुपेश चौधरीलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०१-२२

लागुऔषध मुद्दाका १ जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । गत चैत्र ३० गते मोरङको बिराटनगर महानगरपालिका-१९ मा  को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका-८ का ३९ बर्षीय झगेन्द्र राई रहेका छन् । राईले नियन्त्रीत लागुऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए । लागुऔषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

निषेधित लागुऔषध सहित पक्राउ
२०७९-०१-१६

मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो बिराटनगर-१५ स्थितमा चेक जाँचको क्रममा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपाल आउदै गरेका मोरङ बेलबारी नगरपालिका-३ का ३८ बर्षीय सतिष कुमार सुवेदीको साथबाट लुपिजेसिक-७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुल बरामद गरेको हो यसै गरि सुनसरीको बराहक्षेत्र-४ स्थितमा अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को.३६प ७६०३ नम्वरको मोटरसाईकलमा सवार रहेका भारत बिहारका ४० बर्षीय जमिर मन्सुरी र देवानगंज-४ सुनसरीका ४० बर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल क्यापसुल ११०० वटा  बरामद गरेको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७९-०१-१५

झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो बिर्तामोड नगरपालिका-४ का २६ बर्षीय प्रमोद शाहलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । शाहको घर कोठाबाट प्रहरीले २ ग्राम ३०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, नगद ११ हजार ५४० र मोवायल सेट ७ थान समेत बरामद गरेको छ । यसैगरी बिर्तामोड नगरपालिका-४ को एक होटलबाट लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका-१ का ३९ बर्षीय ओम चौधरी पक्राउ परेका छन् । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई बुधवार अपरान्ह ४ बजे ९ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०७९-०१-१४

मोरङको रतुवामाई नगरपालिका-३ स्थित नेपाल भारत सिमा छेउबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरीशनिस्चरे नगरपालिका -४ का ५३ बर्षीय खड्ग बहादुर सिलवाल रहेका छन् । सोमबार बेलुका ८ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको  बा ७६ प ४६९७ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा सिलवालको साथबाट ६८८ ग्राम ब्राउनसुगर बरामद गरी निजलाई नियन्त्रणमा लिईएको हो । ब्राउनसुगर सहित पक्राउ परेका सिलवानको सम्बन्धमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०१-१०

झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट २ जना र मेचीनगर नगरपालिका-६ काँकरभिट्टाबाट १ जनालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१० स्थित राजमार्गमा WB 74Y 7782 नम्वरको स्कुटरलाई रोकी चेक जाँच गर्दा स्कुटर चालक मेचीनगर-६ का ३२ बर्षीय निशान थापा र स्कुटर पछाडि सवार रहेकी भारत सिलिगुढी बस्ने २७ बर्षीया हेनअरा खातुनको साथबाट प्रतिबन्धित लागुऔषध NITROSUN-10  ९५-चक्की र Pyeevon Spas plus २०८ क्याप्सुल फेला परेको हो । यसै गरी आज बिहान सवा १० बजे  काँकरभिट्टा स्थित मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बुढानिलकण्ठ नगरपालिका-२ काठमाण्डौका ३९ बर्षीय मोहन बहादुर पाईजा मगरको साथबाट २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भईरहेको छ ।

निषेधित लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ
२०७९-०१-०८

मोरङको बिराटनगर महानगरपालिका-१६ भत्केको वालबाट निषेधित लागुऔषध ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे भारतबाट नेपालतर्फ आउदै गरेका सुनसरी दुहबी नगरपालिका-६ का १७ बर्षीय बिक्की सरदारको साथबाट १५ थान नाईट्रोजन ट्याब्लेट र बिराटनगर-७ का २८ बर्षीय गणेश बि. क. को साथबाट डाईजोपाम ९ एम्पुल,  लुपिजेसिक ९ एम्पुल,  एभिल ९ एम्पुल र फेनारगन  १ एम्पुल सहित  सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । निषेधित लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७९-०१-०५

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका- ८ स्थित  नवदुर्गा सुनचाँदी पसल  संचालन गरी बसेका २८ बर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथुम घर भई विर्तामोड-८ स्थितमा अटो टेम्पो ग्यारेज संचालन गरी वसेका २७ बर्षीय धन बिर बराल रहेका छन । आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका तामाङ र बरालको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो  । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ
२०७९-०१-०४

झापाको मेचीनगर नगरपालिका-६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो ३ जनालाई लागुऔषध सहित पक्राउ गरेको हो । मे ५  प ५६५ नम्बरको स्कुटरमा भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका दमक नगरपालिका-२ का २६ बर्षीय अमृत राई र २२ बर्षीय सन्तोष ढकाललाई चेकजकाँच गर्ने क्रममा उनीहरुको साथबाट ६ ग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको थियो । यसैगरी सोही स्थानमाबाट दमक नगरपालिका-५ का २२ बर्षीय राजेश गुरुङ लागुऔषध ट्याब्लेट सहित पक्राउ परेका छन् । गुरुङलाई लागूऔषध डाईजापाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र लुपिजेसिक ६ एम्पुल गरी जम्मा १८ एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
२०७८-१२-३०

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जेलिङका २४ बर्षीय नन्दन बर्मन रहेका छन । हिजो बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपाल तर्फ आउदै गरेका बर्मनलाई शंका लागि शरिर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका बर्मनको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०७८-१२-२५

सुनसरीको धरान उपमहानगरपालिका-१३ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान-१३ मा कोठा लिई बस्ने गरेका ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का ,२१ बर्षीय मौषम नेपाली, ३९ बर्षीया मुना तामाङ रहेका छन् । बिशेष सुचनाका आधारमा हिजो राती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा निजहरुको साथबाट २ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको  ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।  

प्रतिबन्धीत लागुऔषध सहित १ जना पक्राउ
२०७८-१२-२५

झापाको मेचिनगर नगरपालिका -६ पुरानो मेचि पुलबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-९ का २५ बर्षीय  राजिव रायमाझि रहेका छन् । हिजो दिउसो १२ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले  टोलीले  चेकजाँचको क्रममा रायमाझिको साथबाट ८० ग्राम प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । पक्राउ परेका रायमाझिको  ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०७८-१२-२३

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका-७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन । हिजो बेलुका ४ बजे  ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त  प्रहरी टोलीले चेकजाँचको क्रममा  खडकाको साथबाट १४ ग्राम  प्रतिबन्धीत लागुऔषध ब्राउन सुगर  बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका खड्काको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित १ जना पक्राउ
२०७८-१२-०१

झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका-३ धनकुटाका ३३ बर्षीया बिनोद घिमिरे रहेका छन । आज दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीपुल छेउमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका घिमिरेलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका घिमिरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
२०७८-११-२९

सुनसरीको ईनरुवा नगरपालिका-४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ  गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ का २२ बर्षीय मिथुन कुमार यादव र १९ बर्षीय प्रमोद कुमार सरदारलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागुऔषध ब्राउनसुगर तथा लागुऔषध ओसार पसारमा प्रयोग गरिएको BR-38-S-0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।

ब्राउन सुगर सहित २ जना पक्राउ
२०७८-११-२९

झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १२ का ४५ बर्षीय कुमार राजबंशी र झापा अर्जुनधारा नगरपालिका ४ भाङबारी का ३६ बर्षीय रेस बहादुर सार्की रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजबंशीलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने हिजै बेलुका ७ बजे अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेस बहादुर सार्कीलाई घरमै ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अबैध औषधि बोकेको गाडी सहित चालक पक्राउ
२०७८-११-२९

झापाको बुद्धशान्ति गाँउपालिका ४ स्थितबाट ठुलो परिमाणमा अबैध औषधि बोकेको गाडी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गाडी चालक ईलाम सुर्योदय नगरपालिका ३ का ३० बर्षीय सईन्द्र राई रहेका छन् । हिजो बेलुका सँवा ६ बजे ईलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ईलामबाट झापा तर्फ आउदै गरेको मे १ च ६८३३ नम्बरको पिकअप गाडीमा माथिबाट छुर्पी र घ्यू को बोराले छोपी ल्याउदै गरेको  Tramadol hydrochloride capsules 50mg ४८७९० पत्ता, ZEEGOLD women soft Gelatin capsules १५०पत्ता, ZEEGOLD strong soft Gelatin capsules १५०पत्ता, ZINCOCET २०० पत्ता, KT5Derm ७०० पत्ता, Gulfadryl ४५६ वोतल, ZENEGRA RED100 ८८४०पत्ता, Labdic Relief  २०० पिस, ITRACONAZOLE capsules 200mg isro200 ५९० पत्ता, InsTAZIN १८०० पत्ता र  PARABOOST 650mg १६०० पत्ता अबैध औषधी बरामद गरि गाडी र चालकलाई पक्राउ गरिएको हो । सो परिमाणको अबैध औषधी अन्दाजी ६९ लाख भन्दा बढी मुल्य रहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । बरामद भएको अबैध औषधी थप अनुसन्धानको लागी औषधी ब्यावस्था बिभाग शाखा कार्यालय कन्चनबारी बिराटनगर मोरङ पठाउने तयारी भइरहेको सो कार्यालयले जनाएको छ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ
२०७८-११-२७

झापाको मेचीनगर नगरपालिका -१२ कालिझोडाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको गोबिन्दपुर घर भई मेचीनगर नगरपालिका-१२ मा बस्दै आएका १८ बर्षीय अबि नारायण लिम्बु रहेका छन् । लिम्बुलाई ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले हिजो साँझ घर देखि नै पक्राउ गरेको हो । लिम्बुको साथबाट प्रहरीले २१.३८ ग्राम लागुऔषध ब्राउनसुगर र १ थान डिजिटल तराजु समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जना पक्राउ
२०७८-११-२७

मोरङको केरावारी गाँउपालिका-७ मुगुटोलबाट ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पौने ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो । गाँजा बरामद भएसंगै उक्त मोटरसाईकल चालक सहिदभुमी गाँउपालिका-१ का ३१ बर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको  ईलाका प्रहरी बेलवारीले जनाएको छ ।  

अबैध औषधी सहित ३ जना पक्राउ
२०७८-११-२६

सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अबैध औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  सुनसरीको बराहक्षेत्र नगरपालिका- ८ सालवन्दी-२ का २१ बर्षीय अर्जुन कार्की , सालबन्दी-६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान ‍१५ मिलन चोकका-१९ बर्षीय अमन गुरुङ रहेका छन् । कार्की र श्रेष्ठलाई बुधबार  प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले सालबन्दी भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको प्र १-०२ ००३ ह ३६३७ नम्बरको अटो  चेक जाँच गर्ने क्रममा उक्त अटोमा लुकाई छिपाई ल्याउदै गरेको ट्रामाडोल  १,७८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६  क्याप्सुल सहित पक्राउ गरेको हो भने अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरी टोलीले  गुरुङलाई ३,४०० ट्याव्लेट ट्रामाडोल र ३,४०० ट्याव्लेट स्पास्पेन सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

निषेधित़ औषध सहित ५ जना पक्राउ
२०७८-११-२५

झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ नँया बजार स्थितमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका-९ का २६ बर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका-३ का २२ बर्षीय संजिव बोहरालाई नाईट्राजेपाम- ४५० ट्याबलेट र ट्रामाडोल  १६ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी अर्जुनधारा नगरपालिका-११ स्थितमा अस्थायी प्रहरी बिट नयाँ बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी चेकिङ टोलीले प्रदेश १-०१-००२ ह १०१ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा अटो चालकको सिट मुनि लुकाइ छिपाइ राखेको लुपिजेसिक-२०० एम्पुल, एबट-२०० एम्पुल, डाईजेपाम-२०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेट बरामद भए सगै अटोचालक भद्रपुर १ का २३ बर्षीय  सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ बर्षीय युगल खत्री र २४ बर्षीय शंकर लिम्बुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ५ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित १ जना पक्राउ
२०७८-११-२२

सुनसरीको धरान उप महानगरपालिका-५ स्थितबाट निषेधित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेमा धरान-५ का २६ बर्षीय चेतन मगर रहेका छन । हिजो राती पौने १० बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी गस्ती टोलीले मगरको कोठामा खानतलासी गर्दा नियन्त्रित औषधी Tramadol-४९५ क्याप्सुल, Tramol-२६१० क्याप्सुल, Spaspain-१९१४ ट्याब्लेट र Decolic-२३१५ ट्याब्लेट र को.२१ प ४७४६ नम्बरको मोटरसाईकल थान १ समेत बरामद गरेको हो । नियन्त्रित औषधी सहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

गाँजा सहित ३ जना पक्राउ
२०७८-११-२०

मोरङ बेलबारीको बिभिन्न स्थानबाट हिजो लागूऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरिएको छ ।हिजो दिउसो ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका ४ स्थितमा पश्‍चिमबाट पुर्व तर्फ आउदै गरेको को २ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध गाँजा ४ केजी फेला पारे सगै अटो चालक धनकुटा आखिसल्ला १ घर भई हाल सुनसरी धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र अटोमा सवार धनकुटा महाभारत ५ घर भई हाल सुनसरी धरान ११ बस्ने २८ बर्षीय मनोज राईलाई नियन्त्रणमा लिईएको छ ।यसैगरी बेलबारी नगरपालिका ९ का ३० बर्षीय अविनास खवासलाई घरैबाट गाँजा २०० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका ६ जना उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

ब्राउन सुगर सहित २ जना पक्राउ
२०७८-११-१२

झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा गाऊपालिका ४ का १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४  का १९ बर्षीय उतम बर्देवा रहेका छन् ।हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउन सुगर ५ ग्राम र हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउन सुगर ८०० मिलिग्राम सहित पक्राउ गरिएको हो ।पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ४ जना पक्राउ
२०७८-१०-२१

सुनसरीको धरान उप महानगर पालिका-१४ स्थितबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१४ का ३४ बर्षीय रमेश परियार, धारान-१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका-६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन । हिजो बिहान ७ बजे इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निजहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डिसि र नाईट्रोसन २० ट्यावलेट सहित बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित ७ जना पक्राउ
२०७८-१०-१७

सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान-१९ का २६ बर्षीय जनम मगर, धरान-३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेका छन । संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले निजहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ट्याब्लेट सहित ४ जना पक्राउ
२०७८-१०-१३

मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट ओसार पसारमा संग्लग्न २ जना भारतिय नागरिक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका-७ का २६ बर्षीय निशान श्रेष्ठ र धनकुटा नगरपालिका-४ का २० बर्षीय  रोशन श्रेष्ठ तथा भारतको अररिया -३ का ३२ बर्षीय मुजफर मिया र ७५ बर्षीय जहरुदिन मिया रहेका छन् । बुधवार राती ७ बजेको समयमा बिराटनगर-१६ बाट श्रेष्ठ द्धय फेरागन २० एम्पुल, लुपिजेसिक १८ एम्पुल , एभिल २० एम्पुल  र डाईजापाम  १८ एम्पुल सहित पक्राउ परेका हुन् भने मोरङकै सुनवर्सी नगरपालिका-८ बाट आज बिहान राती साँढे १ बजे २ जना भारतिय नागरीक ३०० ट्याब्लेट लागुऔषध नाईट्रोसन सहित पक्राउ परेका हुन् । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित १ जना महिला पक्राउ
२०७८-१०-०७

पाँचथरको फिदिम नगरपालिका-१ स्थितबाट ८ ग्राम प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका-१ कि  ३२ बर्षीया  देवि लकान्द्री रहेकि छिन ।  हिजो राती साढे ७ बजे जिल्ला प्रहरी कार्यालय पाँचथरबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लकान्द्रीको कोठा चेक जाँच गर्ने क्रममा डिजिटल तराजु १ थान र निजले लगाएको सुरुवालमा लुकाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ८ ग्राम बरामद गरेको हो ।  ब्राउन सुगर सहित पक्राउ परेकि लकान्द्रीको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७८-१०-०७

झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अर्जुन्धारा नगरपालिका-१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई, बुद्धशान्ति गाउँपालिका-४ का २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन । हिजो राती ८ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले संकालागि चेक जाँच गर्ने क्रममा  निजहरुको साथबाट  ५ ग्राम प्रतिवन्धित लागु औषध ब्राउन सुगर बरामद गरेको हो । लागुऔध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिवन्धित लागु औषध सहित २ जना पक्राउ
२०७८-१०-०४

सुनसरीको बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर र  बराहक्षेत्र-७ बाङ्गे स्थितबाट नियन्त्रित लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिउँसो प्रहरी चौकी प्रकाशपुरबाट खटिएको गस्ति टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र-१० का २१ बर्षीय मिन बहादुर राईको साथबाट स्पाईसनो -९६ टयाब्लेट, नाइट्रोजन- ५० टयाब्लेट र डाईजोपाम १६ थान सहित पक्राउ गरेको हो भने प्रहरी चौकी बाङ्गेबाट खटिएको गस्ति टोलीले बराहक्षेत्र-७ बाङ्गेका २३ बर्षीय अनिश बिष्टलाई एसपि ९ टयाब्लेट, एमभल्ब १२७ थान सहित पक्राउ गरेको छ । प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

अबैधऔषधी सहीत २ जना पक्राउ
२०७८-१०-०२

मोरङको रतुवामाई नगरपालिका-९ भौडाबाट अबैध औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका-६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया रसुनबर्शी-७ का ३० बर्षीय कार्तिक चन्द दास रहेका छन् । बिशेष सूचनाको धारमा आज बिहान साँढे ९ बजे प्रहरी चौकी ईटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार निजहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट अबैध औषधी  TRAMODOL  HYDROCHLORIDE CAPSULE  २०,००० ( बिस हजार) ट्याब्लेट बरामद गरेको हो । अबैध औषधी सहित पक्राउ परेका उनीहरुलाई थप अनुसान्धानको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीक पक्राउ
२०७८-१०-०२

सुनसरीको बर्जु गाँपालिका-५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया-१० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया-१९ का ५० बर्षीय जितेन्द्र राय रहेका छन् । केही ब्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरुलाई १०० केजी गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

गाँजा र चरेस सहित २ जना पक्राउ
२०७८-०९-३०

झापाको दमक नगरपालिका २ हुम्से-दुम्से सामुदायिक जंगल स्थितमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाऊपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् ।आज बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनिहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।लागुऔषध फेला परे पश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७८-०९-३०

झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो राती ९ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।यसै गरी हिजो दिउसो साढे १ बजे मोरङको बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का १९ बर्षीय कुशल बराईलीलाई लागूऔषध लुपिजेसिक १३ एम्पुल ,डाईजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र  फेनारगन १० एम्पुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका दुवैको थप अनुसन्धान अनुसन्धान भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०७८-०९-२६

मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार वेलुकी सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान-२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान-१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई  पक्राउ गरेको हो । निजहरुबाट अवैध लागुऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैया र प्रदेश १-०२०-०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद  भएको थियो । अवैध लागुऔषध गाँजा सहित पक्राउ परेका तीनै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ
२०७८-०९-२५

झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर-१० का ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर-९ का ४४ बर्षीय संजय खडका रहेका छन । बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई प्रतिवन्धित लागुऔषध ब्राउन सुगर ५ ग्राम, डिजिटल तराजु १ थान, नगद १९ हजार ५ सय रुपैया सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रसाई र खडकाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

गाँजा सहित २ जना पक्राउ
२०७८-०९-१९

सुनसरीको इटहरी उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका-१ का २४ बर्षीय बिक्रम राई र सोही स्थानका ३३ बर्षीय संजिव राई रहेका छन ।राती साढे १२ बजे प्रहरी चौकी तरहराबाट तरहरा चोक स्थित कोशी लोकमार्गमा खटिएको प्रहरी चेकिङ टोलीलाई देखि  प्रदेश १-०२-०४२ प ६२१९ नम्वरको मोटरसाईकलमा सवार रहेका दुई जनाले झोला फाली गएकोमा संका लागि दुबैजनालाई मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।उक्त झोलाबाट ७२ किलो ग्राम गाँजा बरामद भएको थियो ।  गाँजा सहित पक्राउ परेका बिक्रम राई र संजिव राईको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित लागुऔषध सहित एक जना पक्राउ
२०७८-०९-१९

झापाको मेचीनगर नगरपालिका-६ स्थित बसपार्कबाट लागुऔध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-५ का २६ बर्षीय लावनहाङ राई रहेका छन ।हिजो बेलुकी ४ बजे जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले काँकरभिट्टा बसपार्कमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई चेकजाँच गर्दा निजले शरिरमा लुकाई छिपाई राखेको ४४ ग्राम  खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ बरामद भएको हो ।नियन्त्रित लागुऔषध सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ साथै निजलाई सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित २ जना पक्राउ
२०७८-०९-१५

मोरङको बिराटनगर-१४ स्थितबाट प्रतिवन्धित लागुऔषध खैरो हिरोईन सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी इटहरी उप-महानगरपालिका-९ का २२ बर्षिय निसान चौधरी र इटहरी-१२ का २८ बर्षिय दिवश तामाङ रहेका छन । पौष १५ गते राती ९ बजे सि.आर.भि. जतुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-०४६ प ११८७  नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटर साईकल पछाडि सवार रहेका निसान चौधरीले ज्याकेटको गोजीमा  लुकाई राखेको अवस्थामा ३ ग्राम ७ मिलिग्राम खैरो हिरोईन फेला परेको हो । खैरो हिरोईन फेला परे सगै मोटर साईकल चलाक दिवश तामाङ सहित दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०७८-०९-१५

झापाको दमक नगरपालिका-९ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका-४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोहमद इस्ताका रहेका छन ।दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहरी टोलीले इस्ताकालाई शंका लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउन सुगर, नगद २ हजार ५ सय रुपैया र १ थान मोवाइल फेला परेको हो । प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नियन्त्रीत लागुऔषध सहित ४ जना पक्राउ
२०७८-०९-१४

झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट मंगलवार राती  नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झिलझीलेबाट खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका-११ बाट ३ जनालाई नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय २१ बर्षिय सौरभ कडरिया, २२ बर्षिय निशान न्यौपाने र याशोक गाउँपालिका-२ पाँचथर घर भई सोही स्थानमा बस्दै आएका २८ बर्षीय प्रकाश खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ३ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद सात हजार बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-६ बाट लागुऔषध ट्याब्लेट सहित  १ जना पक्राउ परेका छन् । मंगलवार राती ९ बजेको समयमा  CRV POST केशलिया मार्गबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-८ का ३८ बर्षिय अम्बर बहादुर गदाललाई लागुऔषध लुपिजेसिक ३२ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरेहेको छ ।

लागु औषध सहित २ जना पक्राउ
२०७८-०९-०२

मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागु औषध सहित २ जनालाई पक्राउ गरिएको छ । हिजो दिँउसो २ बजे बिराटनगर महा-नगरपालिका-१३ सैनिक टोल स्थितबाट CRV जतुवाको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दर हरैचा नगरपालिका-६ का ३० बर्षिय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाईजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाईट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी हिजो राती ७ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-७ अधिकारी टोल की ५० बर्षीया मुन्नी बेगमको घरमा लुकाई राखेको लागु औषध ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्राम सहित बेगमलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।         

लागु औषध सहित ३ जना पक्राउ
२०७८-०८-२८

मोरङको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । भारतबाट नेपाल आउदै गरेको अवस्थामा हिजो दिउँसो साढे २ बजे बिराटनगर महानगरपालिका-१६ हुलास चौक स्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी उप-महानगरपालिका-४ का २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ भने हिजो राती ६ बजे बिराटनगर महानगरपालिका-१७ मटेरुवाचोक स्थितमा सुनसरी धरान उप-महानगरपालिका-१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरी हिजो साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय R.I.T बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितबाट मोटरसाईकलमा सवार रहेका केराबारी गाँउपालिका-६ का २१ बर्षिय सागर तमाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।     

लागु औषध सहित ४ जना पक्राउ
२०७८-०८-२३

सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ४ जनालाई पक्राउ गरिएको छ । सुनसरीको ईनरुवा नगरपालिका-३ स्थितबाट जिल्ला प्रहरी कर्यालय सुनसरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भोक्राह नरसिंह-५ का २० बर्षीय सरोज मन्सुरी र २१ बर्षिय हारुण मन्सुरीको साथबाट ब्राउनसुगर ४ ग्राम ८५० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी बिशेष सुचनाको आधारमा ईटहरी उपमहानगरपालिका-४ स्थित टिका राईको घरको कोठामा खानतलासी गर्दा लागु औषध डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित टिका राई र सोहि स्थानका १९ बर्षिय धनकुमार राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ
२०७८-०८-२३

झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका ६ बजे बसपार्क एरियाबाट ईलाम नगरपालिका-१० का ३६ बर्षिय बिराज शिवालाई २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको थियो। यसैगरी बुद्धशान्ति गाँउपालिका-३ बाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले चैनपुर नगारपलिका-११ संखुवासभाका ३० बर्षिय  दिपक तामाङ, २८ बर्षिय रोशन तामाङ र पाँचथर फिदिम नगारपालिका- ४ की १९ बर्षीया संगीता तामाङलाई ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित ३ जना पक्राउ
२०७८-०८-१९

मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । हिजो बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे-२ का २४ बर्षिय राजु मोते भन्ने विवेक मोते बिराटनगरको १ नम्बर ढाँटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ परेका हुन्  । यसैगरी दुहबी सि.आर.भि.बाट खटिएका प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ बर्षिय किरण थापा मगर र सोही स्थानका ३१ बर्षिय राम कुमार यक्चोलाई हिजो बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुल सहित दुहबीबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ब्राउन सुगर सहित ७ जना पक्राउ
२०७८-०८-१०

झापाको भद्रपुर नगरपालिका ७ बोक्तोवारी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी,  सोही स्थान ६ संगमटोल का २० बर्षीय राहुल ठाकुर,  सोही स्थान ५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका ८ सैनिकटोल का १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड ६ कसेनिटोल का ३१ बर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका १ का २८ बर्षीय राज श्रेष्ठ रहेका छन  ।हिजो बेलुका ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाईट्रोजन ट्याबलेट १, तौल गर्ने डिजिटल तराजु थान १ सहित फेला पारे पश्चात उनिहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७८-०८-०५

झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरिएको छ ।हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ स्थित बसपार्कबाट  बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिसेक राजबंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरिएको छ । ब्राउन सुगर बरामद भए पश्चात उनले सवार गरेको  ज८प ८१३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको हो ।यसै गरी सोही स्थानबाट बसपार्कबाटै खटिएको प्रहरी टोलीले हिजै राती ८ बजे बसपार्क एक होटल संचालिका ताप्लेजुङ श्रृजंगा गाऊपालिका ३ की २० बर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ बर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो । उनिहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरिएको छ ।पक्राउ परेका तिनैजनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।

ठुलो परिणामको गाँजा सहित १ जना पक्राउ
२०७८-०८-०२

सुनसरीको देवानगंज गाउँपालिका-४ बाट ठुलो परिणामको गाजा सहित १ जना पक्राउ परेका छन् । बुधवार दिउँसो देवानगंज स्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको चेकिङ टोलीले सवारी साधन चेक जाँच गर्ने क्रममा प्रदेश -१-०४-००१ त ०६६६ नंम्बरको ट्याक्टर चेकजाँच गर्ने क्रममा उक्त ट्याक्टरमा १८० केजी लागुऔषध गाँजा फेला परेको थियो । चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका-५ का २५ बर्षीय सन्तोष कुमार मेहेता पक्राउ हुन् । फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लागूऔषध सहित ३ जना पक्राउ
२०७८-०७-२८

उदयपुर र मोरङबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका १० का ३५ बर्षीय पेशस घिमिरे, त्रियुगा नगरपालिका १२ का २१ बर्षीय बिष्णु साह र सुनसरी दुहबी नगरपालिका ३ का २३ बर्षीय शिवा चौधरी रहेका छन् ।हिजो दिउसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ बैकलाईनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २२५ ट्याब्लेट र १०० ग्राम गाँजा सहित पक्राउ गरेको हो भने हिजै बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटबाट चौधरीलाई डाईलेक्स डिसी ३ बोतल र नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध सहित २ जना पक्राउ
२०७८-०७-२५

हिजो बेलुका सँवा ४ बजे विराटनगरको सिमा क्षेत्रबाट लागूऔषध सहित दुई जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका १ का २२ बर्षीय रमेश भट्टराई र धरान उपमहानगरपालिका १३ का प्रदिप लिम्बु रहेका छन् ।सिमा प्रहरी चौकी रानीबाट खटीएको प्रहरी टोलीले भट्टराईलाई लुपिजेसिक १६ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजाल्याब १६ एम्पुल, एभिल १६ एम्पुल, नाईट्रोभेट १० ट्याप्लेट सहित पक्राउ गरेको हो भने लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई एभिल ३३ एम्पुल, डाईजाल्याब ३३ एम्पुल , लुपिजेसिक ३३ एम्पुल, फेरागन ३२ एम्पुल सहित पक्राउ गरेको हो ।पक्राउ परेका दुवै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७८-०७-११

झापाको बुद्धशान्ती गाऊपालिका ३ स्थित बुधबारे चौक स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका २ का २३ बर्षीय युरास ईवा लिम्बु, पाँचथर याङवरक गाऊपालिका २ बेतेनी घर भई हाल झापा अर्जुनधारा नगरपालिका ११ बस्ने २५ बर्षीय उमेश बि.क. र ईलाम कोल्बुङ गाऊपालिका २ कुटि डाडा का २३ बर्षीय सुलभ गुरुङ रहेका छन् । हिजो बेलुका साढे ७ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलि ग्राम र गाँजा ११ ग्राम ५० मिलि ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ३ जना पक्राउ
२०७८-०७-०५

झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका १९ का २६ बर्षीय खगेन्द्र नेपाली, सुनसरी धरान उपमहानगरपालिका ८ का ३५ बर्षीय बिमल भुजेल र मोरङ कानेपोखरी गाऊपालिका ४ का २६ बर्षीय नारायण मगर रहेका छन् ।हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर ७ ग्राम सहित पक्राउ गरेको हो भने हिजै सोही समयमा अस्थाई प्रहरी पोष्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले भुजेल र मगरलाई धरान उपमहानगरपालिका ८ अटल पम्प कम्पाउन्ड भित्रबाट ब्राउन सुगर ३ ग्राम सहित पक्राउ गरेको हो ।पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।