प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमण तथा निर्देशन

२०८०-०९-२६

  • A
  • A-
  • A+
Share

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय शमशेर राईले आज कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । निरीक्षण भ्रमणको क्रममा माननीय मन्त्री राईलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत गर्नु भएको थियो । वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु र प्रस्तुतिकरणको अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा सम्वोधन गर्नु हुँदै देशको आन्तरिक शान्ति सुरक्षा र  अपराध अनुसन्धानको क्षेत्रमा अब्बल नेपाल प्रहरीलाई आवश्यक श्रोत साधनले सम्पन्न बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताउँदै उपलब्ध श्रोत साधनहरुलाई उच्चतम प्रयोग गर्दै देशको आन्तरिक शान्ति सुरक्षामा थप शसक्त भई लागी पर्न तथा संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू प्रतिवद्ध र लगनशील भई लागि पर्न निर्देशन दिनु भयो ।

कार्यक्रममा मन्त्रालयका सचिब लक्ष्मी प्रसाद पौडेलले नागरीकको सुरक्षामा खटिने प्रहरी सुरक्षित भएमा मात्र जन चाहना बमोजिमको सुरक्षा ब्यबस्था प्रदान हुनेमा कुनै द्विबिधा नरहेको बताउँदै सो सम्बन्धमा थप कार्ययोजनाहरु बनाई अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले धन्यवाद मन्तब्य राख्नु हुँदै प्रदेश सरकारको साथ र सहयोग अतुलनिय रहेको बताउँदै आगामी दिनमा समेत थप साथ र सहयोगको अपेक्षा लिईएको बताउनु भयो ।

उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुनिल दाहालले कोशी प्रदेशको समग्र वस्तु स्थिति तथा वर्तमान शान्ति सुरक्षाको अवस्थाको वारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय मोरङ, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रहरी प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०४-०२

झापा र खोटाङको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो खोटाङको साकेला गाउँपालिका-१ स्थितमा भोजपुरबाट दिक्तेल तर्फ जाँदै गरेको प्रदेश २-०१-००१ त २०१५ नम्बरको ट्रयाक्टर अनियन्त्रित दुर्घटना हुँदा ट्याक्टर चालक स्थानिय २१ बर्षीय जिवन देउजाको घटनास्थलमानै मृत्यु भएको हो । यसैगरी झापाको गौरादह नगरपालिका-१ स्थितमा दुई वटा मोटरसाईकल आपसमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका बा. ७० प १८१ नम्बरको मोटरसाईकल चालक गौरादह-१ का २४ बर्षीय सन्जोक भण्डारीको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको हो भने मे.६ प ५८१ नम्बरको मोटरसाईकल चालक सोही स्थानका २८ बर्षीय दुर्गा ताजपुरीयाको बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचार भई रहेको छ । घटना सम्वन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट कानुनि कार्वाही तथा आवश्यक अनुसन्धान भईरहेको छ ।

कुटपिटबाट बालकको मृत्यु
२०८१-०४-०२

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ४५ बर्षीय विर बहादुर बिश्वकर्माले कुटपिट गर्दा ६ बर्षीय बालकको मृत्यु भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मृत्यु हुनेमा बराहक्षेत्र-३ का बिक्रम बि.क.को ६ बर्षीय छोरा अबि बि.क. रहेका छन । हिजो दिउँसो मादक पदार्थ सेवन गरेका बिर बहादुर बि.क.ले बालकले कानमा लगाएको सुनको मुन्द्री तान्ने क्रममा बालकले इन्कार गरे पश्चात बालकलाई शरिरको बिभिन्न भागमा कुटपिट गरी घाईते बनाएका थिए । घाईते बालकको बिपि कोईला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।  पक्राउ परेका बि.क.को इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको  छ ।

पहिरोले पुरिएर २ जनाको मृत्यु १ जना घाईते ।
२०८१-०४-०१

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बिलुवा दोभान स्थितमा पहिरोले पुरिएर एकाघरका २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । आज बिहान ५ बजे मोतीमाया राईको टाटी बेरा भएको  घरमा ढुंगासंगै झरेको पहिरो खस्दा घर भित्र रहेका ६ जना मध्ये घर धनि ५५ बर्षीया मोतीमाया राई र बुहारी २७ बर्षीया समिक्षा राईको घटनास्थलमानै मृत्यु भएको छ भने छोरी २७ बर्षीया रबिना राई घाईते भएकी छन् । घाईते रबिनालाई थप उपचारको लागी नेपाली सेनाको हेलीकप्टरद्धारा उद्धार गरी सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाण्डौ लगिएको छ ।   अन्य घरका सदस्य ज्वाई नाताका ३३ बर्षीय मनि कुमार राई, नाती १२ बर्षीय अमिर राई र नतिनी ४ बर्षीया समृद्धी राईलाई सकुशल उद्धार गरिएको छ ।घटनास्थलमा प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय समखुवासभाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई उद्धार कार्य भईरहेको  छ । घटनास्थल सदरमुकामबाट ५ घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको छ ।