कुटपिटबाट १ जनाको मृत्यु घटनामा संग्लग्न ३ जना पक्राउ
२०७९-०६-१६
- A
- A-
- A+
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ का ७० बर्षीय खटर सवरियाको कुटपीटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानिय ४५ बर्षिय प्रमिला मण्डल, ३३ बर्षिया गुडी मण्डल र २१ वर्षीय देवनन्दन मण्डल रहेका छन् ।उनिहरुले बृद्दलाई शनिवार बिहान कुटपीट गरेको र सोही कारणले मृत्यु भएको भन्ने खवर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई घटनामा सग्लग्न तीन जनालाई नै पक्राउ गरेको तथा अन्य थप अनुसन्धान भईरहेको छ ।