लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८१-०१-०६
- A
- A-
- A+
सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज राती १ बजे धरान-२० कार्कीछाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न धरान-११ का २५ बर्षीय नकुल राई, २६ बर्षीय सानु राई र धरान-१८ का २० बर्षीय प्रज्वल भुजेल समेतलाई १ सय ८५ किलोग्राम गाँजा, धारीलो हतियार तरवार ३ थान, स्टिलको पाईप १ थान सहित नियन्त्रणमा लिएको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसनधान भईरहेको छ ।