नियन्त्रित औषधी सहित १ जना पक्राउ
२०८०-१२-०२
- A
- A-
- A+
उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितबाट नियन्त्रित औषधी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह ४ बजे प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा- ६ का २७ बर्षीय बिरेन्द्र मरिकलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट फेनारगन, डाइजोपाम र ब्रुपिनफिन गरी जम्मा १५ एम्पुल नियन्त्रित औषधी सहित मरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।