प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०७९-११-०५
- A
- A-
- A+
झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह बुद्धशान्ती गाँउपालिका-४ स्थितमा लगु औषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय सुरज मगरको घर कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी SPASPAIN, TRAMADOL गरी १ सय १० पत्ता र २ ग्राम ६ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध बरामद भए संगै संलग्न सोही स्थानका ३८ बर्षीय अमृत श्रेष्ठ समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसै गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागु औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितमा चेकजाँचको क्रममा अर्जुनधारा-३ का २४ बर्षीय ऐतराज इवा र २७ बर्षीय प्रकास खातीले बोकेको अण्डाको क्यारेट भित्र लुकाई छिपाई ल्याउदै गरेको ५ ग्राम ब्राउन सुगर फेला पारे संगै दुबै जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।