प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद

२०७९-११-२९

  • A
  • A-
  • A+
Share

झापाको बिभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । झापाको सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय काँकरभिट्टा, प्रहरी चौकी सतिघट्टा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा घर्रामा प्रयोग हुने १५० जोर स्लाईड च्यानल, २५ के.जि. सुपाडी, कपडा र खाधान्नका सामान समेत गरी अन्दाजि २ लाख ४० लाख ५ सय रुपैया बराबरको सामान बरामद गरेको हो । बरामद गरेको समान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार
फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०७९-१२-०६

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले र छिमेकी प्रहरी पोष्ट कोशी अस्पताल बिराटनगरमा कार्यरत प्रहरी हवल्दार यादब प्रसाद दाहाललाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै कार्यरत प्रहरी सहायक निरीक्षक भोला नाथ बाग्ले गस्तीको क्रममा धनकुटाको साँगुरीगढी-६ स्थितबाट अवैध लागु औषध गाँजा ७० किलोग्राम र साँगुरीगढी-८ स्थित सडक खण्डमा को. १ ज १८११ नम्बरको पिकअपबाट १०६ किलोग्राम अवैध लागु औषध गाँजा बरामद गरेको तथा  प्रहरी हवल्दार यादब प्रसाद दाहालले मोरङको कटहरी गाउँपालिका-५ का ६२ बर्षीय रमानन्द राय कोशी अस्पतालमा एम्बुलेन्स खोज्दै आएपछि सोधपुछको क्रममा बुढीगंगा गाउँपालिका-२ स्थित नरसिंह चौधरीको ग्वालीमा २८ बर्षीय प्रियंका सोनारलाई कर्तब्य गरी मारी बोरामा हाली छुपाएको घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न सफल भएको साथै सुनसरीको बर्जु गाउँपालिका कि ३७ बर्षीय चन्द्रकला देवी राय लडि घाईते भएको भनि श्रीमान शैलेन्द्र रायले उपचार्थ कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको घटना सम्बन्धमा सोधपुछको क्रममा मृतककै श्रीमानले कुटपिट गरी मृत्यु भएको खुल्न आएकोले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन सफल भई नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको हुँदा  उनिहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल फागुन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।     

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०७९-१२-०५

इलाम र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह बिशेष सुचनाको आधारमा प्रहरी चौकी पोल्टिमारी इलामबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका-३ का २५ बर्षीय उपेन्द्र बान्तावालाई ७८ मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४ हजार २ सय रुपैया सहित पक्राउ गरेको हो । त्यसै गरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री रुपाकोट मझुवागडी नगरपालिका-५ खोटाङका २३ बर्षीय पुजन राईलाई ३२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।