प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कुटपिटबाट मृत्यु, कुटपिटमा संग्लग्न पक्राउ

२०७८-०९-२९

  • A
  • A-
  • A+
Share

संखुवासभाको खाँदवारी नगरपालिका-१ का ४० बर्षीय महेश राईको कुटपिटबाट मृत्यु भएको छ भने कुटपिटमा संग्लग्नलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुङदेल-३ खोटाङ घर भई सोही स्थानमा डेरा गरी बस्ने २८ बर्षीय शम्भु राई रहेका छन् । मृतक र अभियुक्त बिच पौष २६ गते राती बादबिबाद भएको र बादबिबादकै क्रममा शम्भु राईले कुटपिट गर्दा महेश राई घाईते भएका थिए ।

घाईते भएका राईको बुधवार बिहान मृत्यु भएको हो । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ । हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक पक्राउ
२०८२-०४-१३

मोरङको केरावारी गाउँपालिका-७ स्थितमा रहेको मुगु मेडिकलबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक बेलबारी नगरपालिका-८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बिहान मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित लागू औषधी सहित पक्राउ परेका कुँवरको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ६ लाख १६ हजार भन्दा बढी सडक प्रयोगकर्ताहरुलाई ट्राफिक सचेतना, ट्राफिक नियम उलंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधन कारवाही, १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैया राजश्व संकलन ।
२०८२-०४-१३

कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा प्रत्यक्ष मातहतमा रही कार्य संचालन गर्ने १४ वटा जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित ९६ वटा ट्राफिक प्रहरी इकाईहरुबाट दैनिकरुपमा ट्राफिक व्यवस्थापकिय कार्यहरु सम्पादन गरिदै आईरहेको छ । ट्राफिक व्यवस्थानपन तथा सडक दुर्घटनाबाट हुने मानविय तथा भौतिक क्षेतिलाई न्यूनीकरण गर्न बिभिन्न सरोकारवाला निकायहरुसंगको समन्वय र सहकार्यमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशका बिभिन्न स्थानमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेको छ । जसबाट ६ लाख १६ हजार भन्दा बढी सवारी चालक, आम सडक प्रयोगकर्ता तथा बिद्यार्थीहरु लाभान्वित भएका छन । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी कोशी प्रदेशका मुख्य तथा सहायक मार्गहरुमा ९३२ स्थानमा सिसि क्यामेरा जडान गरीएको छ भने झापाको झिलझिले, बिराटनगरको दुधफारम र खार्जीमा नम्वर प्लेट डिटेक्टर (ANPR) सहितको सिसि क्यामेरा जडान गरिएको छ ।  लामो दुरीको सवारी साधन तथा भारतिय नम्वर प्लेटको सवारी जाँचको लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एप सहितको चेकजाँच, सार्वजानिक सवारी साधनको गति नियन्त्रणको लागि २१ स्थानमा टाईम कार्ड ईन्ट्री, ट्राफिक जरिवानालाई पारदर्शी बनाउन TVRS  र E-challan लागु गरिएको छ भने,  लागु पदार्थ तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटनालाई न्युनिकरण गर्न कडाईका साथ लापसे र मापसे जाँच तथा तिव्र गतिबाट हुने दुर्घटना न्यूनीकरणको लागी राडरगन सहितको चेकजाँचको व्यवस्था मिलाईएको छ । सवारी निययम उलंघन गर्ने सवारीलाई कार्वाही तथा दुर्घटना न्युनिकरणको लागि दैनिक २३९ भन्दा बढी स्थानमा संयुक्त तथा एकलरुपमा चेकजाँच गरिदै आएको छ ।हेर्दा सामान्य लाग्ने तर त्यही सामान्य लापरवाहीको कारण  हुने दुर्घटनाबाट ठुलो जन धनको क्षति हुन पुग्दछ । तिब्र गतिमा सवारी चलाउनु, सवारी चलाई रहेको बेला मोवायल फोनको प्रयोग गर्नु, सिट क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउनु, भार वहन क्षमता भन्दा बढी सामान ढुवानी गर्नु, हेलमेटको फिता नबाँध्नु, सिट बेल्ट नलाउनु, मादक पदार्थ तथा लागू पदार्थको प्रयोग गरेर सवारी साधन चलाउनु, थकित अवस्थामा सवारी चलाउनु, यान्त्रिक अवस्था ठिक नभएको सवारी चलाउनु, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाउनु, सडक प्रयोगकर्ताले जथाभावी बाटो काट्नु आदि जस्ता लापरवाहीहरुले नै दुर्घटना हुने गर्दछन । हाल सम्मको तथ्याङकलाई हेर्ने हो भने सवारी दुर्घटनामा चालकको लापरवाही नै मुख्य कारण रहेको पाईन्छ । यसरी लापर्वाही पुर्वक सवारी साधन चलाउदा र लापरवाही पुर्वक सडक प्रयोग गर्दा आर्थिक बर्ष २०८१/०८२ मा कोशी प्रदेशमा ४१८ जनाको  ज्यान गएको छ भने  ७ सय ११ जना गम्भिर र ८ हजार ५ सय ३० जना सामान्य घाईते भएका छन ।ट्राफिक नियम आफ्नै लागी हो, ट्राफिक नियमको पालनाले सवारी चालक, सडक प्रयोगकर्ता, सवारी साधनमा सवार यात्रु सवै सुरक्षित हुन्छन, सवैको सुरक्षित यात्राको लागी ट्राफिक प्रहरी सदैव सडकमै हुन्छ । ट्राफिक प्रहरीले निरन्तररुपमा चालक, सह-चालक, सडक प्रयोगकर्ता, बिद्यार्थी, अभिभावक लगायत सवैमा ट्राफिक नियमको वारेमा प्रशिक्षण प्रदान गर्दै आईरहेको छ । यसरी ट्राफिक नियमको वारेमा जानकार हुँदा हुदै पनि लापरवाही पुर्वक सवारी साधन चलाई ट्राफिक नियम उलंघन गर्ने २ लाख १३ हजार ६९५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरी १६ करोड २९ लाख ७१ हजार ५ सय ५१ रुपैया राजश्व संकलन गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरी एक्लैको प्रयास भने अपुग नै हुन्छ । सवारी चालक तथा सडक प्रयोगकर्ता सबैले ट्राफिक नियमको पालना गरेमा सवारी दुर्घटना न्यूनीकरण अवश्य हुन्छ । ट्राफिक प्रहरी, सडक बिभाग, यातायात व्यवस्था बिभाग लगाएत सरोकार वाला सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो भने सवारी दुर्घटनामा निश्चय नै कमी  आउने छ । अनमोल जीवन सुरक्षित बनाऔ, ट्राफिक नियमको पालाना गरौं, सुरक्षित यात्राको लागी सवैले आ-आफ्नो जिम्मेवारी पुरा गरौ । ‘म’ जिम्मेवार चालक, ‘हामी’ जिम्मेवार यात्रु, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी  ।  

बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८२-०४-१२

ताप्लेजुङको फुङलिङ नगरपालिका- ११ स्थितमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । साउन ११ गते बिहान पौने १० बजे फुङलिङबाट फावाखोला तर्फ जादै गरेको मे. १ ज ३२९६ नम्बरको बोलेरो गाडीको ब्रेक फेल भई सडकबाट करिब ६० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएकी सोहि स्थानकी २८ बर्षीया भावना विश्वकर्मालाई  उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने चालक ३३ बर्षीय सविन बिष्टको बिर्ता सिटि अस्पताल झापामा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भईरहेको छ ।  

लागू औषध सहित जना ८ पक्राउ
२०८२-०४-१२

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ११ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३७ बर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिवन्धित औषधी २ हजार ७३ चक्की र ब्राउन सुगर ६८० मिलिग्राम सहित २७ बर्षीय दिपेन मगर, २१ बर्षीय जगत मगर, ३३ बर्षीय कृष्ण राई, ३२ बर्षीय सुरज कार्की, २४ बर्षीय सोमत राई र १९ बर्षीय असिम राईलाई पक्राउ गरेको छ । त्यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट धनकुटा साँगुरीगढीका गाउँपालिका- २ का २० बर्षीय करण राईलाई ४ ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।