प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । शनिबार सुनसरीको धरान उप-महानगरपालिका- ८ तिनकुने स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ईटहरीबाट धरानतर्फ जादै गरेको को.१.ख.६५०२ नम्बरको ट्रकबाट बिलबिजक नभएको अवस्थामा बिभिन्न प्रकारका किराना तथा अन्य सामानहरु अन्दाजी ४० लाख २६ हजार ६८५ रुपैँया बराबरको बरामद गरेको हो भने झापा र मोरङका सम्बन्धित प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका कपडा लगायत खाद्यान्नका समाग्रीहरु अन्दाजी १ लाख ४६ हजार बराबरको सामान बरामद गरेको हो । बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालय पठाईएको छ ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८३-०५-२६

झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । झापाको बाह्रदशी गाउँपालिका-१ खैरबारी स्थितबाट अस्थायी प्रहरी चौकी कुटिबाट खटिएको प्रहरी टोलीले को ३१ प ६१६० नम्बरको मोटरसाईकलमा सवार चालक बिर्तामोड नगरपालिका-३ का २९ वर्षिय गणेश राजवंशी र पछाडी सवार २३ वर्षिय विश्वजित राजवंशीलाई ब्राउन सुगर ३ ग्राम ६५ मिलिग्राम सहित पक्राउ गरिएको छ भने मोरङको इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-४ का २३ वर्षिय बिकास राई र सोही स्थानका २० वर्षिय सबिना लिम्बुलाई ३ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

१०० किलो १६४ ग्राम गाँजा बोकेको २ वटा यात्रु बाहक विङगर सहित ५ जना पक्राउ
२०८३-०५-२६

उदयपुरको त्रियुगा नगरपालिका-६ स्थितबाट १०० किलो १६४ ग्राम लागू औषध गाँजा बोकेको २ वटा यात्रु बाहक विङगरलाई प्रहरी नियन्त्रणमा लिएको छ । भदौ २५ गते प्रहरी चौकी लालपत्ता उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-६ स्थितमा गाईघाटबाट कदमाहा तर्फ जादै गरेको को १ ज ३३१२ र ना १ ज ८५०९ नम्बरको यात्रु बाहक विङगरलाई रोकी चेकजाँच गर्दा गाडीको छतमा लुकाई छिपाई ल्याउदै गरेको ५ वटा कालो झोलामा गाँजा फेला परेको थियो, उक्त फेला परेको गाँजा तौल गर्दा १०० किलो १६४ ग्राम रहेको छ । सो सम्वन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।

१० लाख भन्दा बढीको अवैध सामान बरामद
२०८३-०५-२६

झापा र सुनसरी जिल्लाका छुट्टा छुट्टै दुई स्थानबाट भन्सार छलीका १० लाख भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । भदौ २५ गते गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका-१० फाल्गुनन्द चोक स्थितमा प्रदेश ३-०१-०२३ च २४७५ नम्बरको मारुती कार्गो (ईको) भ्यानमा अवैध रुपमा भन्सार छली गरी ल्याउदै गरेका बिभिन्न प्रकारका कपडाहरु र भ्यान सहित ९ लाख २९ हजार १ सय रुपैँया बराबरको सामान बरामद गरे संगै गाडी चालक भद्रपुर नगरपालिका-५ का ३० वर्षीय राकेश लिम्बुलाई नियन्न्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी इलाका प्रहरी कार्यालय दुहबी र इलाका प्रहरी कार्यालय सितागंज सुनसरीले बर्जु गाउँपालिका-२ स्थितबाट  प्र.१-०४-००१ प ९३३२ नम्बरको मोटरसाईकलमा अवैध रुपमा भन्सार छली गरी ल्याएको कुर्ता सुरुवाल समेत गरी १ लाख ३२ हजार बराबरको सामान बरामद गरेको छ ।

बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरु पक्राउ
२०८३-०५-२६

मोरङ, सुनसरी र धनकुटाबाट बिभिन्न मुद्दाका १४ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरीएको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले भदौ २५ गते मोरङबाट ९ जना, सुनसरीबाट ४ जना, र धनकुटाबाट १ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । बिभिन्न अपराधमा संलग्न रहेर अदालतबाट दोषी ठहर भई फरार रहेका उनिहरुलाई पक्राउ गरी कैद भुक्तानको लागी कारागार पठाएको छ । पक्राउ परेकाहरुबाट ७ बर्ष ५ महिना कैद सजाय  र १ लाख १७ हजार ३ सय ६७ रुपैयाँ जरिवाना रकम असुल उपर भएको छ ।

गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८३-०५-२५

भोजपुर र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । भदौ २४ गते सम्बन्धित एरिया इलाकाहरुबाट खटिएको प्रहरी टोलीले उदयपुरको ताप्ली गाउँपालिका र कटारी नगरपालिकाको बिभिन्न स्थानहरुमा प्रकृतिक रुपमा आफै उम्रिएका तथा लगाईएका गाँजाको बोट तथा बेर्नाहरु करिव १ हजार २६० वटा फडानी गरी नष्ट गरेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय घोडेटार र प्रहरी चौकी हसनपुरको प्रहरी टोलीले भोजपुरको हतुवागढी र आम्चोक गाउँपालिकाको पाखाबारीहरुमा करिव ३ रोपनी क्षेत्रफलमा रहेको करिव ८५० वटा गाँजाको नाभो बोटहरु फडानी गरि जलाई नष्ट गरेको छ ।