प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सामान बरामद

२०८१-०२-१३

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरी जिल्ला बिभिन्न स्थानहरुबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । शनिबार सुनसरीको धरान उप-महानगरपालिका- ८ तिनकुने स्थित अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ईटहरीबाट धरानतर्फ जादै गरेको को.१.ख.६५०२ नम्बरको ट्रकबाट बिलबिजक नभएको अवस्थामा बिभिन्न प्रकारका किराना तथा अन्य सामानहरु अन्दाजी ४० लाख २६ हजार ६८५ रुपैँया बराबरको बरामद गरेको हो भने झापा र मोरङका सम्बन्धित प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बिभिन्न प्रकारका कपडा लगायत खाद्यान्नका समाग्रीहरु अन्दाजी १ लाख ४६ हजार बराबरको सामान बरामद गरेको हो । बरामद भएका समानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालय पठाईएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ३ जना पक्राउ
२०८३-०७-१०

मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ३ जनालाइ पक्राउ गरिएको छ । कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका-७ झुलुङगे पुल स्थितमा प्र १-०२-००३ अ ६४९६ नम्बरको सिटि रिक्सालाई चेकजाँच गर्दा सोही स्थानका २४ वर्षिय देब मण्डललाई २८ किलो ४५० ग्राम लागू औषध गाँजा सहित पक्राउ गरेको छ भने सुनसरीको अस्थायी प्रहरी चौकी ईनरुवाले धनार उप-महानगरपालिका-५ का २६ वर्षिय बिशाल अछामी र ३८ वर्षिय बिरु लिम्बुलाई  ४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

लागू औषधसहित ५ जना पक्राउ
२०८३-०७-०९

सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ५ जनालाई पक्राउ गरिएको छ।कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले इनरुवा नगरपालिका–४ मा चेकजाँच गर्ने क्रममा इटहरी उप-महानगरपालिका–१२ का ३५ वर्षीय रबिन चौधरी, रामधुनी नगरपालिका–७ का ३० वर्षीय टार्जन चौधरी र ईनरुवा-८का १९ वर्षिय साहदिन हुसेनलाई ९ ग्राम ५७० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ।त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–११ का २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझीलाई प्रतिबन्धित औषधि ट्रामाडोल ३०० ट्याब्लेटसहित पक्राउ गरेको छ।पक्राउ परेका सबैको थप अनुसन्धान भइरहेको छ।

प्रतिबन्धित औषधिसहित ३ जना पक्राउ
२०८३-०७-०७

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। कात्तिक ५ गते मोरङको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकका २७ वर्षीय समिर राईलाई स्पास्पेन ३७० ट्याब्लेट र ट्रामाडोल ३८० ट्याब्लेट सहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको धरान उप-महानगरपालिका–५, देउराली मंगल चोकका २६ वर्षीय उत्तम राई र १७ वर्षीय सागर राईलाई ट्रामाडोल ३६० ट्याब्लेट र स्पास्पेन ३६२ ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-०१

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट असोज ३० गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का सागर परियार, रूबिन लावती र बेलबारी-२ का बिप्लब खवासलाई ६ चक्की प्रतिबन्धित औषधी सहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने प्रहरी चौकी रमाईलो मोरङले लेटाङ नगरपालिका-३ का ३३ वर्षीय फिरोज कुमार बि.कलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो.नजामलाई  ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित इटहरी उप-महानगरपालिका-९ बसपार्क स्थितबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका-०६ का २७ वर्षीय बिप्लब थापालाई प्रतिबन्धित औषधी ११२ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित औषधि सहित २ जना पक्राउ
२०८३-०७-०१

मोरङको पथरीशनिश्चरे नगरपालिका-५ त्रिवेणी चोक स्थितबाट असोज ३१ गते प्रतिबन्धित औषधि सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले भैराहाबाट सुगा तर्फ आउदै गरेको को २० प ४७२३ नम्बरको स्कुटरलाई संकालागी चेकजाँच गर्ने क्रममा सुनसरीको धरान उप-महानगरपालिका-६ पानमाराका २७ वर्षीय पुरन मगर र पथरीशनिश्चरे-५ का २२ वर्षीय दुर्गा ऋषिदेवको साथबाट ट्रामाडोल ९९० क्याप्सुल र निट्राजेपाम ४८ क्याप्सुल फेलापारी स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा प्रहरी निरिक्षक प्रमिला कार्की पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा प्रहरी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्की उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ । पुरस्कृत हुने कार्कीले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदाय मैत्री प्रहरी सेवामार्फत महिला प्रहरीको भूमिकालाई थप सशक्त बनाई आम नागरिक प्रति प्रहरीको छवि उच्च बनाउने कार्यमा प्रशंसनीय कार्य गरेकोले उहाँले सम्पादन गरेको कार्यको उच्च मूल्याकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । पुरस्कृत हुने प्रहरी निरीक्षक प्रमिला कार्कीलाई पुरस्कार कोषका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको थियो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरी कर्माचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जना महिला प्रहरीलाई  नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने उद्धेश्य अनुरुप सुनसरी धरान उप-महानगरपालिका-८ की श्रीमती शिला श्रेष्ठ बज्रचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला बीच २०८१ सालमा सम्झौता भई महिला प्रहरीहरुको मनोबल उच्च राख्न तथा उत्प्रेरणा प्रदान गर्ने उद्धेश्यले २५ हजार धनराशीको उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात भएको थियो  । । कार्यक्रममा उत्कृष्ट महिला प्रहरी पुरस्कार कोषका संस्थापक शिला श्रेष्ठ बज्रचार्यलाई कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।