प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ७ जना पक्राउ

२०८०-०३-२६

  • A
  • A-
  • A+
Share

झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट सोमवार प्रहरीले लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउनसगुरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१३ का २५ बर्षीय तुलसी राजवंशीलाई ८५० मिलीग्राम लागूऔष ब्राउनसुगर सहित फूलवारी टोलबाट पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-१ का २० बर्षीय बिशाल दमाईलाई २ ग्राम ५०० मिलीग्राम ब्राउनसुगर सहित चारआली चोकबाट पक्राउ गरेको हो भने सोही स्थानबाट स्थानीय २१ बर्षीय गणेश राजवंशी र  अर्जुनधाराका २७ बर्षीय निकाश अधिकारी तथा मेचीनगर नगरपालिका-६ का ५५ बर्षीय डम्बर बहादुर तामाङ र मेचीनगर नगरपालिका-७ का १७ बर्षीय अभिषेक सिवालाई ४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका-१५ बाट ईटहरी-४ का उपेन्द्र ठकुरीलाई ०.४३ ग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।