प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माछा मार्ने क्रममा खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता

२०८१-०३-१२

  • A
  • A-
  • A+
Share

मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन ।  मृत्यु हुनेमा सुन्दरहरैचा-५ की २२ बर्षीया प्रेमकला चौधरी रहेकी छन ।

हिजो दिउँसो स्थानीय ६० बर्षीया असरादेवी चौधरी, ३० बर्षीया फुला चौधरी, २२ बर्षीया स्वस्तिका चौधरी र २२ बर्षीया प्रेमकला चौधरी समेत बुढी खोलामा माछा मार्न गएकोमा बर्षासंगै आएको बाढीले बगाई बेपत्ता बनाएकोमा तत्काल इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक सहितको टोली खटी खोज तलासको क्रममा प्रेमकला चौधरीलाई  खोला किनारमा मृत अवस्थामा  फेला पारेको हो भने स्वस्तिका चौधरीलाई सकुशल उद्धार गरिएको छ । बेपत्ता भएका असरा देवी चौधरी र फुला चौधरीको स्थानिय प्रहरीद्वारा खोजी कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
भन्सार छलीका अवैध कपडा बरामद
२०८१-०७-२६

भन्सार छलीका अवैध कपडा बरामद मोरङ, कार्तिक २६ गते । मोरङको उर्लाबारी नगरपालिका-४ स्थितबाट भन्सार छलीका अवैध कपडा प्रहरीले बरामद गरेको छ । कार्तिक २४ गते बिशेष सुचानाको आधारमा जिल्ला प्रहरी कार्यलय मोरङबाट खटिएको प्रहरी टोलीले  चेक जाँचको क्रममा को. १ ह ६३०९ नम्बरको अटो रिक्सामा भन्सार छली गरी अवैधरुपमा बोकेको करिव ३ लाख ३७ हजार ६ सय मुल्य बरावरको लेडिज टप्स र कुर्थासुरुवाल बरामद गरेको हो । बरामद भएको उक्त सामग्री सहित अटो र चालक बिराटनगर १५ बस्ने वर्ष ३५ को ओम जित साह सहित अटोमा सवार २२ बर्षीय अभिशेक चौधरी र २८ बर्षीय तबरेज अन्सरी समेतलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाईएको छ ।

ब्राउन सुगर सहित ५ जना पक्राउ
२०८१-०७-२६

ब्राउन सुगर सहित ५ जना पक्राउ विराटनगर, २०८१ कार्तिक २६ गते । मोरङ र सुनसरीबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ मटेर्वाबाट विराटनगर ११ पिचरा बस्ने ३७ बर्षीय राजेन्द्र पोखरेल र  विराटनगर १० तिनटोलिया बस्ने बर्ष ४२ का कुशल थापालाई ब्राउन सुगर ५९० मिलिग्राम सहित पक्राउ गरिएको छ । यसै गरी हिजो बेलुका साँढे ५ बजे लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १६ हुलास चौकबाट ब्राउन सुगर ३ ग्राम ६४ मिलिग्राम  सहित सुन्दरहरैचा नगरपालिका ६ का ३२ बर्षीय युवराज खड्कालाई पक्राउ गरिएको थियो । यसै गरी हिजै राती सँवा ८ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका ३ स्थितबाट धरान १५ बस्ने २४ बर्षीय राम श्रेष्ठ र धरान १६ बस्ने २२ बर्षीया मेलिना राईलाई ब्राउन सगुर ५२० मिलिग्राम सहित पक्राउ गरिएको छ । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।

नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ
२०८१-०७-२६

नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जना पक्राउसुनसरी, २०८१ कार्तिक २६ गते ।सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ । हिजो राती सँवा ११ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बु, २३ बर्षीया सृजना राई र २५ बर्षीया निशा श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामानिल २ सय क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन २ सय ट्याब्लेट सहित पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्रअयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरि बस्ने २३ बर्षीय अंकित कुमार सिंह, धरान ८ का २० बर्षीय साइमन राई र २३ बर्षीय सागर श्रेष्ठलाई ट्रामानिल ९ हजार ३ सय क्यापसुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेट सहित पक्राउ गरिएको थियो । पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८१-०७-२५

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ विराटनगर, कात्तिक २५ गते । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २४ गते  लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको मेचीनगर नगरपालिका- ६ पुरानो मेचीपुल स्थितबाट मोरङ पथरी शनिश्चरे नगरपालिका- ८ केर्खा टोल का २१ बर्षीय बिक्रम क्षेत्रीको साथबाट लागुऔषध ब्राउन सुगर १० ग्राम फेला पारी नियन्त्रणमा लिएको हो । यसै गरी इलाका प्रहरी कार्यालय ईटहरी, सुनसरीको टोलीले गोप्य सुचनाको आधारमा इटहरी उपमहानगरपालिका- ४ मनकामना टोल का २९ वर्षिय विवेक चौधरीलाई लागुऔषध ब्राउन सुगर २ ग्राम ८९० मिलिग्राम सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनिहरुकोको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
२०८१-०७-२४

प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ विराटनगर, कात्तिक २४ गते । झापा र मोरङबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक २३ गते राती इलाका प्रहरी कार्यालय दमकबाट खटीएको प्रहरी टोलीले चेकजाँचको क्रममा झापाको कमल गाँउपालिका - ५ पाडाजुगी बजार स्थितबाट कमल गाँउपालिका - ५ का २५ बर्षीय बिष्णु राजबंशीको साथबाट प्रतिवन्धित औषधी स्पाईसनेस- १०८ पिस, ट्रामाडोल- ८० पिस र एन्टिकफ- २४ पिस  फेला पारी नियन्त्रणमा लिएको हो ।  यसै गरी अस्थाइ प्रहरी पोष्ट बलिया मोरङको टोलीले गोप्य सुचनाको आधारमा मोरङ सुन्दरहरैचा- ४ का ४२ वर्षिय राजु राईलाई लागुऔषध ब्राउन सुगर ४२ मिलिग्राम सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेको उनिहरुकोको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

अवैध गाँजा खेती फडानी गरी नष्ट
२०८१-०७-२४

अवैध गाँजा खेती फडानी गरी नष्टबिराटनगर, कार्तिक २४ गते ।धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तरतग अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक २३ गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिकाका बिभिन्न एरिया इलाकाहरुका १७ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका २४ हजार ४ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ । यसै गरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, भोजपुर बाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका बिभिन्न एरिया इलाकाहरुको करिव १८ रोपनी पाखा बारीमा लगाएको १४ हजार १ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।