प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रीमतीको हत्या गरी फरार ब्यक्ति ४ बर्ष पछी पक्राउ

२०७९-०५-०८

  • A
  • A-
  • A+
Share

सुनसरीको ईनरुवा नगरपालिका-४ की २३ बर्षीया अनिता देवी खत्वेको हत्या गरी फरार रहेका उनकै श्रीमान ३५ बर्षीय बिनोद कुमार खत्वेलाई प्रहरीले पक्राउ गरेको छ । २०७४ साल जेष्ठ ४ गते राती श्रीमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका खत्वेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ पक्राउ गरेको हो । श्रीमतीको हत्या आरोपमा पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।