प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना, २ जनाको मृत्यु

२०७८-०९-२०

  • A
  • A-
  • A+
Share

झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा सोमवार भएको सवारी दुर्घटनामा परी दूई जनाको मृत्यु भएको छ । झापाको, झापा गाउँपालिका-१ रसुनामा हिजो बिहान भएको सवारी दुर्घटनामा घाईते भएका बिरगंञ्ज नगरपालिका-५ बाराका २२ बर्षिय गनिया अबदुल मियाको उपचारको क्रममा बेलुका साँढे ७ बजे B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

रसुनाको भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ४ त ७६६७ नंम्बरको ट्याकटर आफै अनियन्त्रीत भई सडकमा दुर्घटना हुँदा  सोही ट्याकटरको सह चालक मिया घाईते भएका थिए । दुर्घटनाका घाईतेलाई उपचारको लागी B&C अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसैगरी सुनसरीको धरान उप-महानगरपालिका-१५ मा रोकी राखेको ट्रकमा मोटरसाईकल ठोक्किदा चालकको मृत्यु भएको छ । सोमवार राती साँढे ६ बजेको समयमा धरान-१५ को आरालाईनमा रोकी राखेको ना ७ ख ११५८  नंम्बरको ट्रकमा वा ५८ प ८३२८ नंम्बरको मोटरसाईकल आफै ठोकिएर दुर्घटना हुंदा चालक भक्तपुर घर भई धरान -१५ बस्ने ४२ बर्षीय राजेश सिजापती घाईते भएका थिए । घाईतेलाई उपचारको लागी घोपा लगिएकोमा उपचारकोमा क्रममा राती नै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवा तास खेल्ने २५ जनाको समुह पक्राउ
२०८१-०७-१७

जुवा तास खेल्ने २५ जनाको समुह पक्राउ विराटनगर, कार्तिक १७ गते । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका- ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका- ३का ५५ बर्षीय ध्रुव सिग्देल र बिराटनगर महानगरपालिका- ५का ५५ बर्षीय मनिराज प्रसाईलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ र ५ बुङ तास समेत बरामद गरेको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईनरुवा नगरपालिका -६ मधेशा स्थित संचालनमा नभएको जुत्ता फ्याक्टीमा अवैध जुवातास खेलिरहेको अवस्थामा ईनरुवा नगरपालिका- ६ का ६२ बर्षीय तिर्थराज अधिकारी,५८ बर्षीय झगरु चौधरी  ,३१ बर्षीय ईन्देश सरदार, १९ बर्षीय गौरब कोईराला, ४३ वर्षिय बाल कृष्ण कोईराला, ५२ वर्षिय दिनेश पोखरेल, ४० वर्षिय अमित कार्की, ४२ वर्षिय सुमन बिश्वकर्मा, २८ वर्षिय जिवन तामाङ, ६२ वर्षिय गोपाल बहादुर चौहान, ४२ वर्षिय राजिव दुलाल, ५० वर्षिय श्रवण कुमार तामाङ, १८ वर्षिय युजिन कोईराला, ७९ वर्षिय उग्र नारायण चौधरी, ईटहरी उप-महानरपालिका-१३ का ३९ वर्षिय नेमलाल र ईटहरी उप-महानरपालिका-१२ का ४३ वर्षिय भरत कटवाललाई नगद २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र १६ (सोह्र) थान कौडा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।  

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०७-१७

प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ विराटनगर, कार्तिक १७ गते । झापा, सुनसरी,उदयपुर र संखुवासभाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा शिवसताक्षी नगरपालिका- ८  का ३८ वर्षिय छबिलाल गुरुङलाई २ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित र वर्डा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१० पुष्पलाल टोलका ३० बर्षीय केराज चाम्लिङ राईलाई निषेधित औषधी ट्रामोल- ६५० क्याप्सुल, ट्रामानिल- ४८० क्याप्सुल, स्पास्पेन- ११४१ चक्की, डिकोलिक- ८ ट्याब्लेट र स्पास्रेस्ट- ३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले चेकजाँचको क्रममा  ना १ ज ६८४९ नम्बरको वीङगरमा सवार त्रियुगा नगरपालिका-६ का ३० बर्षीय राजु सदालाई निषेधित औषधी बुप्रिनोर्फिन- ३ एम्पुल, डाइजेपाम- ३ एम्पुल, फेनार्गन-३ , एस्पामो प्रोक्जिभोन- ८ ट्याबलेट र नाईट्राजेपाम- १० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ । यसै गरी प्रहरी चौकी केवाबेसी संखुवासभाको टोलीले चेकजाँचको क्रममा धनकुटा देखी खादबारी तर्फ आउदै गरेको प्र.१-०२-००१ज ४५२५ नंम्बरको EV गाडीमा सवार संखुवासभा चैनपुर नगरपालिका- ९  का २४ वर्षिय सरोज खत्रीलाई TRAMOL50- ९ पिस र SPASPAIN- १० पिस सहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ
२०८१-०७-१६

सुनसरीको धरान उप-महानगरपालिका-२ भानु चोक स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन्। कात्तिक १५ गते साँझ वडा प्रहरी कार्यालय धरानबाट खटीएको प्रहरी टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाईकलमा सवार मोरङ केराबारी गाउँपालिका-५ का १८ बर्षीय आकास लिम्बुको साथबाट ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी अस्थाई प्रहरी पोष्ठ कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले कात्तिक १५ गते दिउँसो बेलका नगरपालिका-८ हात्तिसुडे स्थितबाट २५ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रतिबन्धित लागुऔषध र पक्राउ परेका मानिसको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।    

आसोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८१-०७-१६

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक बिबेक बस्नेतलाई २०८१ साल असोज महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक बिबेक बस्नेतले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ स्थितबाट घरमा लुकाई छिपाई राखेको १ थान भरुवा बन्दुक सहित १ जना, मिक्वाखोला-२ स्थितबाट पेस्तोल सहित १ जनालाई पक्राउ गरेको र जङ्गलको ओढारमा बेवारिसे अवस्थामा रहेको ३ थान भरुवा बन्दुक समेत बरामद गर्न सफल भएको तथा ज्यान मार्ने उद्योगमा कैद र जरिवाना ठहर भई फरार प्रतिवादीलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको यसका साथै अपराध अनुसन्धान शाखामा कार्यरत रही मुद्दा अभियोजन प्रक्रियालाई व्यवस्थित बनाई आम जनमानसमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरी अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।