प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबि १ जनाको मृत्यु

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

सुनसरीको  रामधुनि-३ स्थित दतकिच खोलाको पानीमा डुबि १ जनाको मृत्यु भएको छ । आज दिउँसो पौने १२ बजे  स्थानीय ३२ बर्षीय मग्न साहु सोहि खोलामा हात खुट्टा धुने क्रममा एक्कासि पानीमा डुबि बेहोस भएको भनि अस्थाई प्रहरी पोष्ट झुम्कामा खबर प्राप्त हुँनासाथ तत्काल प्रहरी टोली खटिगई  साहुको उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।