प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर सहित २ जना पक्राउ

२०८१-११-२४

  • A
  • A-
  • A+
Share

सुनसरी र मोरङको विभिन्न स्थानहरुबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २३ गते  साँझ उर्लाबारी नगरपालिका-७ स्थितमा इलका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा भद्रपुर नगरपालिका-४ का ४५ बर्षीय सन्तोष श्रेष्ठको साथबाट ३ ग्राम ६५० मिलिग्राम खैरो हिरोहिन सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलिले गाँजा विक्रिवितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा दुहबी नगरपालिका-१२ का ५१ बर्षीय  विजय कुमार पौडेलाई  ४५० ग्राम गाँजा सहित पक्राउ परेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


सम्बन्धित समाचार
लागू औषधसहित ५ जना पक्राउ
२०८३-०७-०९

सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित ५ जनालाई पक्राउ गरिएको छ।कात्तिक ७ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी इनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले इनरुवा नगरपालिका–४ मा चेकजाँच गर्ने क्रममा इटहरी उप-महानगरपालिका–१२ का ३५ वर्षीय रबिन चौधरी, रामधुनी नगरपालिका–७ का ३० वर्षीय टार्जन चौधरी र ईनरुवा-८का १९ वर्षिय साहदिन हुसेनलाई ९ ग्राम ५७० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ।त्यसैगरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–११ का २१ वर्षीय सिजन माझी र ३० वर्षीय सरोज माझीलाई प्रतिबन्धित औषधि ट्रामाडोल ३०० ट्याब्लेटसहित पक्राउ गरेको छ।पक्राउ परेका सबैको थप अनुसन्धान भइरहेको छ।

प्रतिबन्धित औषधिसहित ३ जना पक्राउ
२०८३-०७-०७

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। कात्तिक ५ गते मोरङको इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकका २७ वर्षीय समिर राईलाई स्पास्पेन ३७० ट्याब्लेट र ट्रामाडोल ३८० ट्याब्लेट सहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको धरान उप-महानगरपालिका–५, देउराली मंगल चोकका २६ वर्षीय उत्तम राई र १७ वर्षीय सागर राईलाई ट्रामाडोल ३६० ट्याब्लेट र स्पास्पेन ३६२ ट्याब्लेटसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०७-०१

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट असोज ३० गते लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारी मोरङले बेलबारी नगरपालिका-३ का सागर परियार, रूबिन लावती र बेलबारी-२ का बिप्लब खवासलाई ६ चक्की प्रतिबन्धित औषधी सहित र २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ भने प्रहरी चौकी रमाईलो मोरङले लेटाङ नगरपालिका-३ का ३३ वर्षीय फिरोज कुमार बि.कलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हिरोइन सहित पक्राउ गरेको छ । यसैगरी सुनसरीको इटहरी उप-महानगरपालिका-१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मो.नजामलाई  ४२० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित इटहरी उप-महानगरपालिका-९ बसपार्क स्थितबाट पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगडी नगरपालिका-०६ का २७ वर्षीय बिप्लब थापालाई प्रतिबन्धित औषधी ११२ चक्की सहित पक्राउ गरेको छ । पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

प्रतिबन्धित औषधि सहित २ जना पक्राउ
२०८३-०७-०१

मोरङको पथरीशनिश्चरे नगरपालिका-५ त्रिवेणी चोक स्थितबाट असोज ३१ गते प्रतिबन्धित औषधि सहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले भैराहाबाट सुगा तर्फ आउदै गरेको को २० प ४७२३ नम्बरको स्कुटरलाई संकालागी चेकजाँच गर्ने क्रममा सुनसरीको धरान उप-महानगरपालिका-६ पानमाराका २७ वर्षीय पुरन मगर र पथरीशनिश्चरे-५ का २२ वर्षीय दुर्गा ऋषिदेवको साथबाट ट्रामाडोल ९९० क्याप्सुल र निट्राजेपाम ४८ क्याप्सुल फेलापारी स्कुटर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारद्धारा प्रहरी सहायक हवल्दार युवराज खड्का पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवस २०८३ को अवसरमा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार युवराज खड्का पुरस्कृत भएका छन । २५ हजार धनराशीको उक्त पुरस्कार कोशी प्रदेश अन्तरगत उत्कृष्ट ट्राफिक व्यवस्थापन कार्य गर्ने  प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी उहाँलाई पुरस्कृत गरिएको हो । पुरस्कृत भएका प्रहरी सहायक हवल्दार युवराज खड्काले राजमार्ग सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक सचेतना मूलक कार्यक्रम सञ्चालन तथा ट्राफिक व्यवस्थापन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरी उत्कृष्ट कार्य सम्पादन गरेका छन् । पुरस्कृत हुने खड्काई अक्षयकोषका संस्थापक बद्री बिक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा-पत्र प्रदान गर्नु भएको छ । १८ बर्षको उमेरमा सवारी दुर्घटनामा परी दिवंगत भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको थियो । कार्यक्रममा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक बद्री बिक्रम थापालाई प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा ४ जना प्रहरी कर्मचारीहुर पुरस्कृत
२०८३-०६-३०

७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी बरिष्ट नायव निरीक्षक भुवन शिंह बोगटी, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बिक्रम दाहाल,  जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक निरीक्षक साजना प्रसाई र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी बरिष्ट हवल्दार मेनुका राई यादव पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्रहरी कर्मचारीहरुले दिईएको जिम्मेवारी इमानदारी, अनुशासन र लगनशिल भई समाजमा शान्ति सुरक्षा, आम नागरिकमा प्रहरीको छवि उच्च बनाउने कार्यमा बिभिन्न विधामा अति उत्कृष्ट एवं प्रशंसनीय कार्य गरेकोले उनिहरुले गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा पुरस्कृत गरेको हो । कुल १ लाख ४२ हजार धनराशीको “देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” धरान उप-महानगरपालिका-१ निवासी धनन्जय आचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी वीच २०८१ सालमा सम्झौता भई  २०८२ साल देखि देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गरिएको हो । बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी २ जना महिला र २ जना पुरुष वा सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गर्न प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा निजको प्रतिनिधिद्वारा पुरस्कार प्रदान गरिदै आएको छ । कार्यक्रममा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार" का संस्थापक धरान उप- महानगरपालिका-१ निवासी धनन्जय आचार्यका प्रतिनिधि योगेश काफ्लेलाई प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।