पानीमा डुबेर बालकको मृत्यु
२०७९-०९-०८
- A
- A-
- A+
झापाको भद्रपुर नगरपालिका-१ संगम टोल स्थितमा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हिजो दिउसो भद्रपुर-१ का बिजय लिन्बुको १७ महिनाको छोरा ईन्छु हाङ लिम्बु खेल्ने क्रममा आफ्नै बारीमा राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबी मृत अवस्थामा फेला परेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।