प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

छोराको स्मृतिमा उत्कृष्ठ प्रहरी पुरस्कार” पाँच लाख धनराशीको अक्षयकोष स्थापना

२०७८-११-०४

  • A
  • A-
  • A+
Share

बिराटनगर महानगरपालिका वडा नम्वर ३ निवासी अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक बद्री बिक्रम थापा (गोदार) र वहाँकी धर्मपत्नी श्री बिमला थापा तथा छोरी श्री बेनिजा थापाद्वारा ५ लाख रुपैया बराबरको अक्षयकोष स्थापना गर्नु भएको छ । सवारी दुर्घटनामा परी दिवंगत हुनु भएका स्वर्गिय बिप्लव थापा (गोदार) को स्मृतिमा उहाँका परिवारजनले “ बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार”  कोषको स्थापना गर्नु भएको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा आज दाता परिवारले उक्त कोषको रकम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.लाई हस्तान्तरण गर्नु भएको छ । उक्त पुरस्कार १ नं. प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने प्रहरी जवान देखी वरिष्ठ प्रहरी नायव निरीक्षक दर्जा सम्मको १ (एक) जना प्रहरी कर्मचारीलाई प्रत्येक बर्ष नगद रु. २५०००।-(पच्चिस हजार) तथा प्रशंसा-पत्र द्वारा सम्मान प्रदान गरिने छ ।

यस्ता क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले रु. ५ लाखको अक्षकोष स्थापना गरी २०७९ सालको असोज मसान्तमा मनाउने ६७ औं प्रहरी दिवसबाट “ बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ठ प्रहरी पुरस्कार”को सुरुवात गरिने गरी सम्झौता भएको कोषका संस्थापकले बताउनु भएको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित १२ जना पक्राउ
२०८१-०६-२४

लागुऔषध सहित १२ जना पक्राउविराटनगर, असोज २४ गते ।सुनसरी, झापा र धनकुटाबाट लागुऔषध सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साझ अस्थाई प्रहरी चौकी नडाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाका आधारमा सुनसरी बराहक्षेत्र नगरपालिका-४ का २२ वर्षिय अनिल बि.क, २३ बर्षीय कन्चन राई, २२ बर्षीय संदिप राई, २५ वर्षिय करण राई, २३ वर्षिय आकाश राई, २२ वर्षिय अस्मिन राई, २४ वर्षिय हेमन राईलाई TRAMADOL ३०५ पिस र DECOLIC २१० पिस सहित नियन्त्रणमा लिएको छ भने ईलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका- १५ परिवर्तित मार्ग स्थितबाट धरान उपमहानगरपालिका- १५ का २८ वर्षिय राजु थापा र २८ वर्षिय अभिशेक मगरको साथबाट ९ ग्राम ८५० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ ।त्यसैगरी लागु औषध नियन्त्रण ब्यूरो कार्यालय काँकरभिट्टाले इलाम नगरपालिका- ९का ३२ बर्षीय दिपेन्द्र राणा मगरलाई ४ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका-७ त्रिबेणी स्थितबाट छथरजोरपाटी गाउपालिका-४ का २६ निर्मल बिश्वकर्मा र धनकुटा नगरपालिका-७ का ३१ बर्षीय बिजय मल्लिकलाई २ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर, ट्रामानिल-१४ क्याप्सुल, स्पास्मो-१५ ट्याव्लेट र TRAMAN50- ४ क्याप्सुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

नक्कली नोट सहित १ जना महिला पक्राउ
२०८१-०६-२३

सुनसरीको हरीनगर गाउँपालिका-७ स्थितबाट नक्कली नोट सहित १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले हरीनगर गाउँपालिका-७ की ३१ बर्षीया हजरुल खातुनको घर खानतलासी गर्दा उनको ओच्छ्यान मुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाको नक्कली नोट १ हजार दर को ५० थान र निषेधित औषधी नाईट्रोसन-१०० चक्की समेत बरामद गरेको थियो । नक्कली नोट र निषेधित औषधी सहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु
२०८१-०६-२३

सुनसरीको ईनरुवा नगरपालिका-३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । असोज २२ गते अपरान्ह मधेश प्र.०१-००१ च ०८४४  नम्बरको बोईलर कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका-२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनाबाट घाईते भएका चालक राजबिराज नगरपालिका-६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।   

श्रीमतीको हत्यामा संलग्न श्रीमान पक्राउ
२०८१-०६-२३

श्रीमतीलाई धारिलो हतियार खुकरी प्रहार गरी हत्या गर्ने श्रीमान उदयपुरको ताप्ली गाउँपालिका-४ का ३५ बर्षीय जंग बहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ६ जलजले स्थितमा कोठा भाडामा लिई चिया पसल गरी बस्दै आएका तामाङले असोज २२ गते बेलुका सामान्य घरायसी  वाद बिवादको क्रममा आफ्नै श्रीमती २८ बर्षीया प्रमिला लामालाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमतीको हत्या गरी भाग्दै गरेको अवस्थामा तामाङलाई इलाका प्रहरी कार्यालय जलजलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तामाङको जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।