फरार प्रतिबादी पक्राउ
२०७९-०९-०८
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहको प्रहरी टोलीले चोरी मुद्धाको एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहारी उप-महानगरपालिका-४ का १९ बर्षीय शिवनाथ ठाकुर रहेका छन् । चोरी मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९|०१|०६ गतेको सजाय निर्धारण फैसला आदेशले १ महिना ९ दिन कैद सजाय तोकी फरार रहेका ठाकुरलाई गाउँ घरमा नै लुकिछिपि बसेको अवास्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका ठाकुरलाई कैद भुक्तानको लागि झुम्का कारगार पठाईएको छ ।