प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवनिर्मित प्रहरी चौकी कोषाहाट ओखलढुंगा भवनको उद्घाटन

२०७८-०७-१५

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय ओखलढुंगा मातहतमा रहेको प्रहरी चौकी कोषाहाटको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ ।

चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले ८ कोठा भएको प्रहरी चौकी भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ८६ लाख १४ हजार ५ सय ४५ रुपैयाँको लागतमा प्रहरी चौकी कोषाहाटको कार्यालय भवन, आवास, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।


भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी  प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित ६ जना पक्राउ
२०८१-०८-२६

झापा, मोरङ र सुनसरीबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ६ जना पक्राउ परेका छन । मंसिर २५ गते झापाको इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का २६ बर्षीय अजय राजबंशीलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित र मोरङको बिराटनगर-१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा संखुवासभा बाह्रविसेका ३८ बर्षीय जीवन तामाङलाई २० ग्राम ७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । यसै गरी सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१६ का २७ बर्षीय संजीप राईलाई उनको कोठाबाट निषेधित औषधी स्पासपेन र ओपोट्याव समेत गरी २६३० ट्यावलेट सहित र धरान-१५ का २६ बर्षीय आकाश राईलाई ट्रामाडोल ७५ क्यापसुर र स्पासपेन ७५ ट्यावलेट सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा बराहक्षेत्र नगरपालिका-६ का संदिप तामाङ र भोक्राहा नरसिंह-४ का अनिस उरावलाई ट्रामाडोल क्यापसुल ९० पत्ता सहित नियन्त्रणमा लिएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु ५ जना घाईते
२०८१-०८-२५

मोरङ र उदयपुरको २ स्थानहरुमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मंसिर २४ गते साँझ मोरङको सुन्दरहरैचा नगरपालिका-१ स्थितमा प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आउँदै गरेको  बा.९८ प ६७०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१० का २४ बर्षीय हर्ष ढकालको उपचारकोलागी कोशी अस्पताल बिराटनगर पुर्‍याउनसाथ मृत्यु भएको थियो । यसै गरी उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ स्थितमा गाइघाटबाट लिम्चुङबुङ तर्फ जाँदै गरेको बा.१ च ३२६७ नम्बरको गाडी ब्रेक फेल भई दुर्घटना हुँदा गाडीका चालक उदयपुर त्रियुगा नगरपालिका-१६ का २६ बर्षीय युवराज तामाङको घटना स्थलमा नै मृत्यु भएको थियो भने गाडीमा सवार ५ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार भई रहेकोछ । प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप चालक मोरङ बुढिगंगा गाउँपालिका-३ का २९ बर्षीय जिबन पराजुलीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८१-०८-२४

मोरङको २ छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ । मंसिर २३ गते राती ८ बजे मोरङको सुन्दरहरैचा नगरपालिका-९ सलकपुर स्थितमा ना. ७ ख ३२२३ नम्बरको टिफरले बिपरीत दिशाबाट आउदै गरेको प्र.१-०२-०५४प३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह का ४४ बर्षीय यम बहादुर रायमाझीको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । यसैगरी मोरङ विराटनगर महानगरपालिका-७ हाटखोला स्थितमा को. १ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका-२ का २६ बर्षीय मान बहादुर लिम्बुलाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका लिम्वुको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको थियो । घटना सम्वन्धमा प्रहरीले आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान गरिरहेको छ ।