हत्यामा संलग्न ३ जना पक्राउ
२०७९-०६-२८
- A
- A-
- A+
सिरहा गोलबजार-३ का १७ बर्षीय अंशु सदाको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका-६ धनुषाका १८ बर्षीय राकेश ठाकुर, सोही स्थानका १८ बर्षीय विसु भन्ने प्रशान्त मण्डल र रतुवामाई नगरपालिका-५ मोरङका २६ बर्षीय मनोज कार्की रहेका छन । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT बाट खटिएको प्रहरी टोलीले आज दिउसो बिराटनगरबाट उनिहरुलाई पक्राउ गरेको हो । उनिहरुले असोज २६ गते सदालाई अपहरण गरी बिराटनगर-११ स्थित न्यू अप्सरा गेष्टहाउसमा ल्याई हत्या गरेको खुल्न आएको छ । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।