प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६९ औं प्रहरी दिवसमा बिभिन्न बिधामा उत्कृष्ठ हुने प्रहरी कर्मचारीहरु पुरस्कृत

२०८१-०६-३०

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा ६९ औं प्रहरी दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले बिभिन्न बिधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको छ ।

वहाँले पुर्वाधार निर्माणमा प्रदेश सरकार तथा स्थानीय निकाय संग समन्वय गरी महत्वपुर्ण योगदान पुर्‍याउनु हुने नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई प्रहरी प्रधान कार्यालयले police baton २०८१ मा प्रदान गरेको प्रशंसा पत्र तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदान गरेको उत्कृष्ट व्यवस्थापनन तर्फको पुरस्कार प्रदान गर्नु भएको छ ।

यसै गरी उत्कृष्ट अपराध अनुसन्धानकर्ता जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक हेमराज ओली, उत्कृष्ट आन्तरिक प्रशिक्षण तर्फ कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका प्रहरी निरीक्षक मिलन थापा, उत्कृष्ट लेखा तथा कल्याण तर्फ  वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक भिम बहादुर अधिकारी, कोशी प्रदेश प्रहरी बैण्ड शाखाका प्रहरी नायव निरीक्षक डिल्लिराम बि.क., उत्कृष्ट प्रबन्ध तर्फ जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी सहायक निरीक्षक बेग कुमार श्रेष्ठ,  प्रहरी कार्य विपद व्यवस्थानमा उत्कृष्ट कार्य गर्ने प्रहरी सहायक निरीक्षक चुडामणी प्रधान, उत्कृष्ट लागु औषध अपराध अनुसन्धानकर्ता इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाका प्रहरी हवल्दार सन्तोष घिमिरे, उत्कृष्ट संगठित अपराध अनुसन्धानकर्ता ट्राफिक प्रहरी कार्यालय ईनरुवा सुनसरीका प्रहरी हवल्दार बिशाल प्रधान, प्रशासनिक कार्य तर्फ उत्कृष्ट कार्य गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी हवल्दार बिक्रम ढकाल,  उत्कृष्ट आर्थिक अपराध अनुसन्धानकर्ता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी सहायक हवल्दार दिपक आचार्य, उत्कृष्ट अभिलेख व्यवस्थापनकर्ता कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी सहायक हवल्दार बिक्रम दाहाल, उत्कृष्ट बाह्य प्रशिक्षक कोशी प्रदेश प्रहरी कार्यालय विपद व्यवस्थापन गुल्म चन्द्रगढीका प्रहरी जवान तिर्थराज भट्टराई,  उत्कृष्ट बाह्य प्रशिक्षक (महिला)  कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी जवान प्रतिभा राई र  उत्कृष्ट खेलाडी तथा प्रशिक्षक कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी जवान बिसर्जन गुरुङलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको छ ।

सम्बन्धित समाचार
लागूऔषधसहित ३ जना पक्राउ
२०८३-०६-२५

मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा प्रतिबन्धित औषधिसहित ३ जनालाई पक्राउ गरिएको छ। असोज २४ गते मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका–२ की २२ वर्षीया मुस्कान राईलाई १ किलो १८ ग्राम गाँजासहित पक्राउ गरेको छ। त्यसैगरी, सुनसरीको वडा प्रहरी कार्यालय इटहरीले इटहरी उपमहानगरपालिका–९ का १९ वर्षीय रिकेश चौधरीलाई ५१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ भने प्रहरी चौकी खनारले इटहरी–१३ का २७ वर्षीय सुनिल सरदारलाई नाइट्राजेपामका १२६ ट्याब्लेटसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

लागू औषध सहित ९ जना पक्राउ
२०८३-०६-२४

 सुनसरी र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरीएको छ । असोज २३ गते राती मोरङको रंगेली नगरपालिका-८ स्थितबाट को २ ह ४१८२ नम्बरको ई-रिक्साको सिट मुनि लुकाई छिपाई राखेको १० ग्राम १०० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित चालक कानेपोखरी-७ का २१ वर्षीय अर्पन जोगी र सवार पथरी सनिश्चरे-१ का रोसन बिश्वकर्मा, रितेश लिम्बुलाई पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका-१६ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त प्रहरी टोलीले को ३१ प २४७७ नम्बरको मोटरसाईकल चालक लेटाङ नगरपालिका-५ का ३० वर्षीय विशेष मगरलाई २ ग्राम २३० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसका साथै जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ बसचोक स्थितबाट केराबारी गाउँपालिका-३ का २४ बर्षीय सुमन राईलाई १ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर सहित र ईटहरी उप-महानगरपालिका-२ का ३२ बर्षीय भविन प्रधान, ३० बर्षीय रबिन कुमार प्रधान इटहरी-३ का ३१ बर्षीय मुकेन्द्र कुमार राईलाई ६ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

बिभिन्न मुद्दाका १५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२४

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १५ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २३ गते मोरङबाट ६ जना, झापाबाट ८ जना र सुनसरीबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ४ वर्ष १ महिना ७ दिन कैद सजाय र ४ करोड ७ हजार ८ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

बिभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२३

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ६ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २२ गते मोरङबाट १ जना, झापाबाट १ जना, सुनसरीबाट २ जना, भोजपुरबाट १ जना र इलामबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट २ वर्ष ६ महिना २५ दिन कैद सजाय र ६८ हजार ४ सय ८ रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।  

लागू औषध सहित १५ जना पक्राउ
२०८३-०६-२३

झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित १५ जनालाइ पक्राउ गरिएको छ । असोज २२ गते सुनसरीको अस्थायी प्रहरी चौकी नडाहाले उदयपुर चौढण्डीगढी नगरपालिका-३ का नरेश राई, अनुश मगरलाई डाईसाईक्लोमाइन १३९० ट्रयाब्लेट, ट्रामाडोल १३९० क्याप्सुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ । चेकजाँचकै क्रममा झापाको इलाका प्रहरी कार्यालय दमकले दमक-७ का आशिस कुमार तामाङ, शशिष कुमार तामाङ, समिर मल्लिक, पुजन सुन्दास र काठमाडौं तार्केशोर नगरपालिका-११ का समिर क्षेत्रीलाई १ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र ट्रामोल-२७ क्याप्सुल सहित र दमक-७ का राज गौतम र लक्ष्मी शंकरलाई ६० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको छ । त्यसैगरी मोरङको अस्थायी प्रहरी चौकी कानेपोखरीले भोजपुरको षडानन्द नगरपालिका-७ का सुर्य दर्जीलाई १ ग्राम २८० मिलिग्राम ब्राउनसुगर सहित, अस्थायी प्रहरी चौकी सोमबारेले बेलबारी नगरपालिक-६ का राहुल राईलाई ९ ट्याब्लेट प्रतिबन्धित औषधी सहित, इलाका प्रहरी कार्यालय लौकहीले दुहबी नगरपालिका- ५ का शिशिर कुँवरलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय पकलीले ईटहरी-१७ की जैमुल खातुनलाई ५०० ग्राम गाँजा सहित पक्राउ गरेको छ । उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले धरान-२० का बिशाल राईलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय मायागंजले धनपालथान गाउँपालिका-३ स्थितमा बेवारिसे अवस्थामा २४ किलो ७१० ग्राम लागू औषध गाँजा बरामद गरेको छ ।