प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

६९ औं प्रहरी दिवसमा बिभिन्न बिधामा उत्कृष्ठ हुने प्रहरी कर्मचारीहरु पुरस्कृत

२०८१-०६-३०

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसमा ६९ औं प्रहरी दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले बिभिन्न बिधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको छ ।

वहाँले पुर्वाधार निर्माणमा प्रदेश सरकार तथा स्थानीय निकाय संग समन्वय गरी महत्वपुर्ण योगदान पुर्‍याउनु हुने नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई प्रहरी प्रधान कार्यालयले police baton २०८१ मा प्रदान गरेको प्रशंसा पत्र तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रदान गरेको उत्कृष्ट व्यवस्थापनन तर्फको पुरस्कार प्रदान गर्नु भएको छ ।

यसै गरी उत्कृष्ट अपराध अनुसन्धानकर्ता जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक हेमराज ओली, उत्कृष्ट आन्तरिक प्रशिक्षण तर्फ कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका प्रहरी निरीक्षक मिलन थापा, उत्कृष्ट लेखा तथा कल्याण तर्फ  वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक भिम बहादुर अधिकारी, कोशी प्रदेश प्रहरी बैण्ड शाखाका प्रहरी नायव निरीक्षक डिल्लिराम बि.क., उत्कृष्ट प्रबन्ध तर्फ जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी सहायक निरीक्षक बेग कुमार श्रेष्ठ,  प्रहरी कार्य विपद व्यवस्थानमा उत्कृष्ट कार्य गर्ने प्रहरी सहायक निरीक्षक चुडामणी प्रधान, उत्कृष्ट लागु औषध अपराध अनुसन्धानकर्ता इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाका प्रहरी हवल्दार सन्तोष घिमिरे, उत्कृष्ट संगठित अपराध अनुसन्धानकर्ता ट्राफिक प्रहरी कार्यालय ईनरुवा सुनसरीका प्रहरी हवल्दार बिशाल प्रधान, प्रशासनिक कार्य तर्फ उत्कृष्ट कार्य गर्ने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी हवल्दार बिक्रम ढकाल,  उत्कृष्ट आर्थिक अपराध अनुसन्धानकर्ता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी सहायक हवल्दार दिपक आचार्य, उत्कृष्ट अभिलेख व्यवस्थापनकर्ता कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी सहायक हवल्दार बिक्रम दाहाल, उत्कृष्ट बाह्य प्रशिक्षक कोशी प्रदेश प्रहरी कार्यालय विपद व्यवस्थापन गुल्म चन्द्रगढीका प्रहरी जवान तिर्थराज भट्टराई,  उत्कृष्ट बाह्य प्रशिक्षक (महिला)  कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी जवान प्रतिभा राई र  उत्कृष्ट खेलाडी तथा प्रशिक्षक कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी जवान बिसर्जन गुरुङलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।