लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-१२-१६
- A
- A-
- A+
झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका झापाको कनकाई नगरपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-१० का २८ बर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-३ स्थितबाट कन्काई- ४ का २३ बर्षीय सलिम आलम र २७ बर्षीय मुस्ताक अन्सारीलाई ९ सय ७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ भने सोहि दिन लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका- ६ मेचीपुलबाट २ ग्राम ब्राउनसुगर सहित भारत ठाकुरगंज गलगलियाका ३२ बर्षीय मोहम्मद मुन्नालाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको प्रहरीले थप अनुसन्धान गरी रहेको छ ।