लागुऔषध अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण तालिमको समापन
२०८१-०३-२५
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भएको ३
कार्य दिनको “लागुऔषध अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धी अनुशिक्षण” तालिमको
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर
दाहालको प्रमुख आतिथ्यतामा समापन भएको छ । असार २३ गतेबाट संचालन भएको उक्त
अनुशिक्षण तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दाहालले सहभागी
प्रशिक्षार्थीहरुलाई कोशी प्रदेशमा लागुऔषधको प्रयोग तथा ओसार पसारलाई निरुत्साहित
गर्न बिभिन्न निकायहरुसंग समन्वय र सहकार्य गरी सचेतनामुलक कार्यक्रमहरु संचालन
गर्नुका साथै लागुऔषधको प्रयोग र ओसार पसारमा संलग्न व्यक्तिहरुलाई कानुनि दायरामा
ल्याउन प्रहरी निर्मम रुपमा प्रस्तुत हुन समेत निर्देशन दिनु भयो । जुनियर प्रहरी अधिकृत सहित ३० जना प्रहरी कर्मचारीहरुको सहभागिता
रहेको तालिमको समापन कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक राम प्रसाद
तिमल्सिनाले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने तालिम समापन
कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति
रहेको थियो ।