प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति संचालन

२०७९-०४-२५

  • A
  • A-
  • A+
Share

सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधीहरुको रोकथाम तथा नियन्त्रणका लागी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले तराईका सिमावर्ती क्षेत्रमा लामो दुरीको गस्ति संचालन गरेको छ । खुल्ला सीमा नाकाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अपराध रोकथाम तथा नियन्त्रणको लागि भारतसँग सीमा जोडीएको प्रदेश १ को तीन जिल्लाको सीमावर्ती क्षेत्रमा छुट्टै प्रहरी परिचालन गरी गस्ती सुरू गरिएको हो ।

पहिलो चरणमा यही श्रावण २० गते देखी २५ गते सम्म छुट्टाछुट्टै टोली बनाई सिमावर्ती क्षेत्रमा परिचालन गरिएको थियो । यस अघी सम्बन्धित प्रहरी कार्यालयहरुले आ-आफ्नो एरियामा गस्ती गर्दे आएता पनी त्यसलाई थप ब्यबस्थित गर्दै सुरक्षाकर्मी बढाएर सिमावर्ती क्षेत्रमा गस्ति बढाईएको हो । यस किसिमको गस्तिले मातहत प्रहरी कार्यालयबाट सिमावर्ती क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई थप हौशला प्रदान हुने र अपराधजन्य गतिबिधीलाई नियन्त्रण गर्न थप टेवा पुग्ने लक्ष्य अनुसार प्रदेश प्रहरी कार्यालय बिराटनगरले गस्ति संचालन गरेको हो । यस किसिमका गस्ति निरन्तर संचालन भईरहने छन् भने लामो दुरीको गस्तिबाट फिर्ता भएको प्रहरी टोलीको प्रतिबेदनको आधारमा अन्य थप कार्यहरु संचालन हुनेछन् ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२८

मोरङको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २७ गते मोरङको पथरीशनिश्चरे नगरपालिका-१ का २६ बर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो भने प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- २ का २५ बर्षीय संजय चौधरीलाई स्पासपेन ९० र ट्रमाडोल १०५ चक्की सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी धनपालथान गाउँपालिका- १ स्थित उखु बारी भित्र रहेको ३५ किलो ३०४  ग्राम गाँजा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने लागू औषध नियन्त्रण ब्युरो विराटनगरले को. १० प ७०७२ नम्बरको मोटरसाईकल चालक विराटनगर- ४ का ४७ बर्षीय बैजनाथ चौधरी र पछाडी सवार धनकुटा नगरपालिका- ८ का ४८ बर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजा सहित विराटनगर- १३ बाट पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०३-२६

मोरङ र सुनसरीबाट असार २५ गते लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३३ बर्षीय श्याम बहादुर पौडेल र बुढिगंगा गाउँपालिका-३ का ३७ बर्षीय बिन्दुराज महतरालाई १३ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर सहित र सामुदायीक प्रहरी बिट हवाई चौक सुनसरीले धरान- १५ का १९ बर्षीय मोहित राई र ईटहरी-२ का २२ बर्षीय अनिल मगरलाई २ सय ३५ क्याप्सुल सहित नियन्त्रण लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय देवानगंजले देवानगंज गाउँपालिका-२ का २० बर्षीय प्रकाश यादव र देवानगंज-७ का १९ बर्षीय धिरज यादवलाई ५ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु
२०८२-०३-२६

झापाको बाह्रदर्शी गाउँपालिका-१ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक कचनकवल गाउँपालिका-३ का ६० बर्षीय श्री प्रसाद राजबंशी, निजको ३ बर्षीय नाती आयुष राजबंशी र  देश भारत किशनगंजका २५ बर्षीय सुरज टुडु रहेका छन् । असार २५ गते दिउँसो पौने ४ बजे BR37AZ ६४४० नम्बरको मोटरसाईकल र प्र.१-०१-०१६प ९२७० नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा उनिहरुको मृत्यु भएको हो भने मृतक श्री प्रसाद राजबंशीको बुहारी २७ बर्षीय उर्मिला राजबंशी घाईते भएकोमा B&C अस्पलाल बिर्तामोडमा उपचार भईरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।