प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

२०७९-०१-१५

  • A
  • A-
  • A+
Share

सुनसरीको हरीनगरा गाउँपालिका-४ नुनिया टोल स्थित हुलाकी राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आज दिउसो ११ बजे पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४९ बर्षीय प्रदिप साह घाईते भएका थिए । घाईते भएका साहलाई उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक बिराटनगर-१ का ३३ बर्षीय मोहमद रेम अंसारीलाई ईलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।