प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित ६ जना पक्राउ

२०८१-०४-१९

  • A
  • A-
  • A+
Share

झापा र मोरङबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मे.१० प १३३८ नम्बरको मोटरसाईकलमा चेकजाँच गर्दा मोटरसाईकल चालक मेचिनगर नगरपालिका-१० का २९ बर्षीय राजिव साह र पछाडी सवार २८ बर्षीय महमद अजिमको साथबाट  ४ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको भने प्रहरी चौकी बाघखोर झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरापालिका-३ बाट १ ग्राम ६६० मिलिग्राम ब्राउन सुगर सहित २३ बर्षीय प्रमिला गुरुङलाई पक्राउ गरेको हो । त्यस्तै मोरङको कानेपोखरी गाउँपालिका-१० स्थितमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २७ बर्षीय अषोक लिम्बु र ३२ बर्षीय सुरज लिम्बुलाई २ ग्राम ८२० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो भने नियन्त्रित औषधी लुपिजेसिक, डाइजापाम ३ एम्पुल सहित सुनसरी धरानका ४१ बर्षीय सुमन राईलाई बुढिगंगा गाउँपालिका-२ बाट CRV बासबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।