प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पिडित भेटघाट कार्यक्रमको शुभारम्भ

२०८०-०३-१८

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको "पीडित पुन: भेटघाट कार्यक्रम -२०८० कार्य योजना अनुसार पीडितहरुको घरदैलोमा पुगी भेटघाट गरी सुचना आदन प्रदान गर्ने कार्य शुभारम्भ भएको छ ।

पाईलट प्रोजेक्टको रुपमा पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय मोरङ र खोटाङबाट शुरु गरिएको  कार्यक्रमलाई प्रदेशका सबै प्रहरी कार्यालयहरुबाट संचालन गर्ने कार्यबिधी अनुसार आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको समुपस्थितिमा सुनसरीको दुहवी नगरपालिका-२ स्थित पिडितको घरमा गई पिडितसंग छलफल तथा अन्तक्रिया गरी कार्यक्रमको शुभारम्भ गरिएको हो भने आजै बाट प्रदेश भरी अभियानको रुपमा उक्त कार्यक्रम संचालन गरिने छ । 

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पीडितहरुलाई न्यायको अनुभुति दिलाउने उदेश्यले उक्त  भेटघाट कार्यक्रम संचालन गरिएको हो । पीडित पुन भेटघाट कार्यक्रममा बिभिन्न अपराधिक ब्यक्तिहरुबाट पीडित हुन पुगेका उनिहरुलाई कार्यक्रम मार्फत भेटघाट गरी व्यक्तिगत सुरक्षा, पिडक पक्षबाट हुने संभावित दवाव, न्यायिक प्रगति विवरण तथा अपराध पीडित संरक्षण ऐन बमोजिम पीडितले प्राप्त गर्ने विभिन्न अधिकारको जानकारी दिइएको तथा यस किसिमका कार्यक्रमहरु निरन्तर संचालन गरिने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भयो । 

अपराधबाट सृजित असहजतामा पीडितले भोग्नु परेको पीडा र ब्यहोर्नु परेको क्षतिलाई राहतमा परिणत गर्नु, पीडालाई न्यून गर्नु, पीडितलाई Hostile हुनबाट रोक्नु र अपराधको पुनः सम्भावनालाई निरुत्साहित गर्नुका साथै पुर्णरूपले फैसला कार्यान्वयन नहुन्जेल तथा कार्यान्वयन पश्चात पनि पीडित र प्रहरी बीच निरन्तर सम्पर्क, समन्वय र सहयोग  गर्ने उदेश्यका साथ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले “पीडित पुन: भेटघाट कार्यक्रम संचालन गरिएको हो ।

सम्बन्धित समाचार
लागुऔषध ओसार पसारमा संलग्न २ जनालाई गोली प्रहार गरी नियन्त्रण
२०८१-०२-०४

सुनसरीको रामधुनी नगरपालिका-६ ईचौल स्थितबाट लागुऔषध ओसार पसारमा संलग्न रहेका २ जनालाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ । जेष्ठ ३ गते साँझ लागुऔषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र इलाका प्रहरी कार्यालय पकली सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रामधुनी-६ स्थितमा संकास्पद अवस्थामा रहेका सप्तकोशी नगरपालिका-५ सप्तरीका ३५ बर्षिय श्याम सुन्दर खंग र ईटहरी उप-महानगरपालिका-५ सुनसरीका ४० बर्षिय श्याम प्रसाद निरौलालाई चेक जाँच गर्दा प्रहरी माथी नै आक्रमण गरे पश्चात प्रहरीले प्रतिकार स्वरुप १ राउण्ड गोली प्रहार गर्दा खंगको पिडुँलामा लागि घाईते भएको र संलग्न दुवै जनालाई २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । गोली लागी घाईते भएका खंगको सान्वी सिटी अस्पताल लविपुरमा प्रहरीको निग्रानीमा उपचार भई रहेको छ भने घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ३ जना पक्राउ
२०८१-०२-०३

धनकुटा र सुनसरीको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साढे २ बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०५३ प ७६१७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकलमा सवार ईटहरी-५ का २५ बर्षीय संजिब रिजालले मुखमा लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा १ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद गरेसगै चालक २६ बर्षीय संजिब प्रधानलाई समेत नियन्त्रणमा लिएको हो । त्यस्तै धनकुटाको धनकुटा नगरपालिका-१ हिलेबाट स्थानीय २३ बर्षीय केवल तामाङ र २६ बर्षीय सुजन तामाङलाई स्पास्मो र ट्रामाडोल गरी जम्मा ३१९ ट्याब्लेट नियन्त्रित औषधी सहित प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । त्यसैगरी पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८१-०२-०२

सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका-५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो । ट्रकबाट गाँजा बरामद भएसंगै चालक भिमफेदी नगरपालिका-१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, सोही ट्रकमा सवार रहेका लेटाङ नगरपालिका-६ मोरङका बल बहादुर लिम्बु र देवानगञ्ज गाउँपालिका-४ का ३० बर्षीय अरबिन्द पाललाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले भारतिय रुपैयाँ १ लाख ५० हजार, नेपाली रुपैयाँ ५२ हजार र ५ थान मोवायल सेट समेत बरामद गरेको छ । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१७ ICP रोडमा काँचो केरा बोकेको प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकप भेनबाट केरा सहित गाँजा अनलोड गर्दे गरेको भन्ने बिशेष सूचनाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उक्त  पिकप भेनबाट २५० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको थियो । गाँजा बरामद भएसंगै चालक शहिदभुमी गाँउपालिका-३ धनकुटाका १८ बर्षीय दिवस राईलाई समेत पक्राउ गरीएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जना पक्राउ
२०८१-०२-०१

झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नं.१-०१-००२ ह ७९७ नम्बरको अटो टेम्पोलाई रोकी चेकजाँच गर्दा टेम्पो चालक ताप्लेजुङ मैवाखोला गाउँपालिका-४ घर भई हाल माई नगरपालिका-४ ईलाम बस्दै आएका ३१ बर्षीय उमेश शेर्पाको साथबाट ३ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । त्यस्तै भद्रपुर नगरपालिका-४ स्थितमा वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले ३१० मिलिग्राम ब्राउनसुगर सहित भद्रपुर-३ का २३ बर्षीय उज्वल मगरलाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर-१६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले  को.३१ प ३२५५ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक इटहरी-१८ का २९ बर्षीय जेस राईको साथबाट ५२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो भने झापा कमल गाउँपालिका-६ का २३ बर्षीय कृष्ण साहलाई नियन्त्रीत औषधी lupagesine र digapame गरि जम्मा २१६ एम्पुल सहित मोरङको बुढीगंगा गाउँपालिका-२ बाट CRV बासवारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।