प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना १ जनाको मृत्यु

२०७९-०५-१२

  • A
  • A-
  • A+
Share

उदयपुरको चौदण्डीगढी नगरपालिका-१० मा शनिवार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । ईटहरीबाट गाईघाट तर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ७४८५ नम्बरको मोटरसाईकल चौदण्डीगढी नगरपालिका-१० ईक्राहामा आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कटारी नगरपालिका-४ का २४ बर्षीय अबिशेक खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको तथा मोटरसाईकल  पछाडी सवार रहेकी निजकै श्रीमती संजिता बस्नेतको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागुऔषध ब्राउनसगुर र गाँजा सहित ६ जना पक्राउ
२०८०-११-१५

झापा, मोरङ र धनकुटा जिल्लाका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर र गाँजा सहित ६ जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तरगत सोमवार दिउँसो प्रदेशका बिभिन्न स्थानहरुमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको बिराटनगर महानगरपालिका-१३ बाट बिराटनगर-१४ का २१ बर्षीय दिपेश सिंह ठकुरी, बिराटनगर-१७ का १९ बर्षीय शिबम थापा मगर र बिराटनगर-१५ का २० बर्षीय सेजन राईलाई १४.४४ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी धनकुटाको पाख्रिबास नगरपालिका-४ बाट पाख्रिबास नगरपलिका-३ का २४ बर्षीय अनिल राई ३ केजी ६०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ परेका हुन भने झापाको अर्जुनधारा नगरपालिका-८ का २१ बर्षीय अजय रावंशीलाई ३ ग्राम ९६० मिलिग्राम ब्राउनसुगर र २ थान मोवायल सहित मेचीनगर नगरपालिका ८ बाट  प्रहरीले पक्राउ गरेको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ बाट खोटेहाङ गाउँपालिका-८ खोटाङका १९ बर्षीय शिशिर थापा ०.४७ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मोटरसाईकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यु
२०८०-११-१५

ईलामको सुर्योदय नगरपालिका- ११ तिनघरे बजारमा सोमवार मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ । ईलामको शान्तिपुरबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प १६३० नंम्बरको मोटरसाईकलले तिनघरे बजारमा बाटो काट्दै गरेका पैदल यात्री स्थानीय ५० बर्षीय बोम बहादुर लुङ्गेली मगरलाई ठक्कर दिंदा घाईते भएका मगरको झापाको बि.एण्ड.सि अस्पताल  विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनामा संलग्न मोटरसाईकल चालक रोङ गाउँपलिका-१ का २२ बर्षीय लोकेश खड्का र मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-११-१४

झापाको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट संयुक्त्त रुपमा चेकजाँचमा खटिएको प्रहरीको टोलिले हिजो राती पौने ९ बजे झापाको मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट प्र.१-०२-०४१ प.१०३८ नम्वरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउदै गरेका मोटरसाईकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका-९ का २८ बर्षिय डिक बहादुर कार्की र पछाडी सवार मोरङको मधुमल्ला तोरीवारी कि २२ बर्षिया नाईरा भन्ने कोशिस तामाङको साथबाट लागुऔषध ब्राउनसुगर ११ ग्राम ५०० मिलिग्राम बरामद गरेको थियो । यसका साथै प्रहरीको सोही टोलीले उक्त स्थानबाट आईतबार राती ९ बजे भारतबाट नेपालतर्फ पैदल आउदै गरेका झापाको दमक नगरपालिका-२ सुनाखरीका ३३ बर्षिय प्रविन तामाङ र ४५ बर्षीया कलमा तामाङलाई ९ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनीहरुको सम्बन्धमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र एम्पुल सहित ११ जना पक्राउ
२०८०-११-१३

मोरङ, झापा र सुनसरी जिल्लाका बिभिन्न स्थानहरुबाट शनिवार दिउँसो प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र एम्पुल सहित ११ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अनुसार परिचालन भएको प्रहरी टोलीले बेलबारी-२ का २४ बर्षीय निशान लिम्बु,  बेलवारी-६ का २३ बर्षीय धिरज राई, ईटहरी-२ का २८ बर्षीय बिमल सुब्बा लिम्बु, केराबारी-८ का २३ बर्षीय बिक्रम कार्की, २२ बर्षीय लक्ष्मण कट्वाल, धरान-१७ का २२ बर्षीय सनम परियार, धरान-१५ का २१ बर्षीय राम परियार, ४३ बर्षीय रुबिन श्रेष्ठ, २९ बर्षीय कुमार खत्री, धरान-५ का २४ बर्षीय थाम बहादुर बि.क. र २४ बर्षीय अर्जुन बि.क.लाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले लागुऔषध ट्याब्लेट ५ हजार १ सय ६४ पिस, एम्पुल ९८ पिस, ब्राउनसुगर ८ ग्राम र नगद अन्ठानब्बे हजार ५ सय तथा बिभिन्न ब्यक्तिको नामका १३ थान नेपाली नागरीकता समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने पक्राउ
२०८०-११-१३

एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने  १ जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट शनिवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका-८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भएको थियो । लागुऔषध गाँजा बरामद भए संगै चालक चेललाई समेत पक्राउ गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।