प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारीलो हतियार प्रहार गरी भिनाजुको हत्या

२०८१-०४-०६

  • A
  • A-
  • A+
Share

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ देविस्थान का ४५ बर्षीय पुर्ण बहादुर बस्नेतलाई धारीलो हतियार प्रहार गरी भिनाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले हिजो साँझ ५ बजे आफ्नो घरमा पाहुना आएका भिनाजु ६० बर्षीय सुरेश बस्नेतलाई धारीलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

घटनाबारेमा जानकारी पाउनासाथ तत्काल घटनास्थल सुरक्षाको लागी बिमानस्थल सुरक्षा गार्ड काँगेल र प्रहरी चौकी नेलेबाट प्रहरीको टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने बस्नेतलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।


सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।