प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८०-११-०२
- A
- A-
- A+
मोरङको पथरी शनिश्चरे नगरपलिका-१ बाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले झापाको पृथ्वी गाउँपालिका- ३ घर भई हाल पथरीशनिश्चरे- १ स्थित डेरा गरी बस्दै आएका २० बर्षीय जितेस लिम्बुलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रतिबन्धित औषधी ट्रमाडोल र डिकोलिक गरी जम्मा २ सय २० चक्की फेला पारी पक्राउ गरेको हो । त्यस्तै मोरङको बिराटनगर महानगरपालिका- १२ रोडशेषबाट सुन्दरहरैचा- ७ का ३० बर्षीय अभिसेक चौधरीलाई ३ ग्राम गाँजा, DIAZEPAM, PHENARG, PROMOZINE र BUPRENOPHINE गरि जम्मा २९ एम्पुल औषधी सहित वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।