५ कन्टेनर स्याउ नियन्त्रणमा
२०७९-०५-११
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका १३ स्थितबाट प्रहरीले ५ कन्टेनर स्याउ नियन्त्रणमा लिएको छ । हिजो बेलुकी साढे ६ बजे बिराटनगर स्थित मलाया रोडमा संकास्पद अवस्थामा स्याउ अनलोड भई रहेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भन्सार प्रज्ञापन पत्र र VCTS समेत नभएको भारतीय NL01AB2410, NL01Q2222, NL01AE4705, NL01AE3422 र NL01N2663 नम्वरको कन्टेनरबाट को १ ख ६९३९, प्रदेश १-०२-००१ ख ८५५६ र ना. ५ ख ५६०० मिनी ट्रकमा स्याउ पल्टी गरीरहेको अवस्थामा फेला पारेको थियो । नियन्त्रणमा लिइएका ५ वटा भारतीय कन्टेनर र ३ वटा नेपाली मिनी ट्रक तथा स्याउ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाईएको छ ।