प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियानको शुभारम्भ

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेशका माननीय मुख्य मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान कार्यक्रमको शुभारम्भ भएको छ । 

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री राजन राई,  मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवं सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि बिराटनगरको रोडशेष चोकबाट शुभारम्भ भई संसारी माईस्थान, ट्राफिक चोक, जलजला चोक हुँदै जैन भवनमा पुगी  कार्यक्रममा परीणत भएको थियो ।

१ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र राईले पानसमा दिप प्रज्वलन गरी उद्घाटन भएको उक्त कार्यक्रममा आफ्ना महत्वपुर्ण भनाईहरु राख्दै वहाँले मानिसमा निराशा उत्पन्न भई आत्महत्याको बाटो रोज्ने गरेको पाईएको हुँदा यस किसिमको कार्यक्रमले मानिसको चेतनामा बृद्धी भई आत्महत्याका घटनामा कमी आउने बिश्वास लिईएको बताउनु भयो । साथै वहाँले नागरीकको जिवन रक्षा गर्ने यस किसिमको कार्यक्रममा सहभागी भई हातेमालो गर्दै अगाढी बढ्न सबै सरोकारवाला निकायहरुलाई आग्रह गर्दै प्रदेश सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको समेत बताउनु भयो ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले स्वागत मन्तब्य राख्नु हुँदै आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो ।

उक्त अवसरमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने हुँदा यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङवोले आत्महत्या गर्ने बिभिन्न धेरै कारणहरु रहेता पनि सबै नागरीकहरुले आ-आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढेमा पक्कै पनि आत्महत्या दर घटन सक्ने हुँदा यस किसिमको सचेतना कार्यक्रम प्रभावकारी हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

यसैगरी उक्त कार्यक्रममा सामाजिक बिकाश मन्त्री राजन राई र स्वास्थ्य मन्त्री यज राम यादवले आ-आफ्नो भनाई राख्नु हुँदै  आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने बताउनु भयो ।


कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप प्रदेश भरी आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सु-सूचित गराउने उद्देश्य अनुरुप यो सचेतना कार्यक्रमको शुभारम्भ गरिएको बताउनु भयो । साथै वहाँले नागरीकको जिवन रक्षा गर्ने यो कार्यक्रममा सबै निकायबाट साथ र सहयोगको अपेक्षा लिईएको समेत बताउनु भयो ।


कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुवँरले आत्महत्याको बर्तमान अवस्था सम्बन्धी तथ्याङक,चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको थियो भने प्रादेशिक अस्पताल बिराटनगरका डा. आलोक झाले आत्महत्या रोकथामका चुनौतीहरु र सम्भाब्य रोकथामका उपायहरुबारे प्रस्तुतीकरण गर्नु भएको थियो ।


आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियान २०७९,  प्रदेश स्तरीय कार्यक्रम बिराटनगरमा र १ नम्बर प्रदेशका सबै जिल्ला सदरमुकामहरूमा समुदाय-प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम एकै साथ शुभारम्भ गरिएको हो । यो अभियान समुदाय साझेदारी कार्यक्रम मार्फत  हरेक टोल र समुदायमा पुग्ने गरी १ बर्ष सम्म निरन्तर रुपमा संचालन भईरहने छ ।

सम्बन्धित समाचार
७१ औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम
२०८३-०६-२७

“७१ औँ प्रहरी दिवस २०८३” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा मोरङको विराटनगर महानगरपालिका-९ पञ्चमुखी हनुमान मन्दिर स्थितमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल इनरुवा सुनसरी र विराट मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरको प्राविधिक सहयोगमा असोज २७ गते संचालन भएको रक्तदान कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, सशस्त्र प्रहरी बल कंकालिनी गण मोरङका सशस्त्र प्रहरी उपरीक्षक गहेन्द्र भण्डारी लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानियवासी, संचारकर्मी तथा बिभिन्न कलेजका शिक्षक तथा बिद्यार्थीहरु समेत गरी १३६ जनाले रक्तदान गरेका थिए । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय झापा, इलाम, धनकुटाद्वारा आयोजित रक्तदान कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियबासी समेत गरी ७० जनाले रक्तदान गरेका थिए ।

बिभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरु पक्राउ
२०८३-०६-२७

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २६ गते मोरङबाट ६ जना र उदयपुरबाट १ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुबाट ६ महिना १५ दिन कैद सजाय र १८ हजार रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ ।

१ हजार ९९ किलो ८४० ग्राम गाँजा बोकेको २ वटा पिकअप सहित १ जना पक्राउ
२०८३-०६-२७

उदयपुरको छुट्टा छुट्टै दुई स्थानबाट १ हजार ९९ किलो ८४० ग्राम गाँजा बोकेको २ वटा पिकअप गाडी सहित ओसार पसारमा संलग्न १ जनालाई पक्राउ  गरिएको छ । असोज २६ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-१ चारघरे स्थितमा संकित अवस्थामा सडक छेउमा रोकी राखेको बा. १४ च २२५५ नम्बरको बोलेरो पिकअप गाडीको डालामा २९ वटा बोरामा प्याकगरी राखेको अवस्थामा ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको थियो । त्यसैगरी बेलका नगरपालिका-५ देउराली स्थितमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र. १-०२-००२ च ५२९० नम्बरको पिकअप गाडीमा धानको भुसको बोरामा लुकाई छिपाई राखेको १ सय ५९ किलो ४०० ग्राम गाँजा सहित चालक सप्तरी सप्तकोशी नगरपालिका-८ का २८ वर्षिय पशुपति साफीलाई पक्राउ गरेको छ । ओसार पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको छ ।

“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न ।
२०८३-०६-२६

“७१ औ प्रहरी दिवस २०८३” को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर परिसरमा बृक्षारोपण गरिएको छ । असोज २६ गते बिहान प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, कोशी प्रदेश प्रहरी गणका गणपति प्रहरी उपरीक्षक मान बहादुर राई सहित  सिनियर तथा जुनियर प्रहरी अधिकृत प्रहरी कर्मचारीहरुद्वारा कार्यालय परिसरमा बिभिन्न प्रजातिका फलफूलका बिरुवाहरु रोपिएको छ ।

लागू औषध ब्राउन सुगर सहित ८ जना पक्राउ
२०८३-०६-२६

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते चेकजाँचको क्रममा मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१८ स्थितबाट भारत बिहार अररियाका राजेश कुमार राय र राधा कृष्ण रायलाई  ५२ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी झापाको लागू औषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले इलामको माई नगरपालिका-२ का डिक कुमार कोईराला, अर्जुनधारा- ६ का सुजन खवास, पदम राई र पुर्ण बहादुर राईलाई १ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ, भने प्रहरी चौकी फुलबारीले मोरङ रतुवामाइ-१० का अनिष गुरुङ र रेजिना तोलाङ्गीलाई ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।