प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर १ जनाको मृत्यु

२०७९-०९-१९

  • A
  • A-
  • A+
Share

संखुवासभाको चैनपुर नगरपालिका- ९ त्रिशुले स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमवार अपरान्ह ४ बजे आफ्नै घरमा भएको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा घाईते भएका २९ बर्षीय शिब कुमार भण्डारीलाई उपचारको लागी चैनपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।