चट्याङ लागेर १ जनाको मृत्यु १ जना घाईते
२०७९-११-१९
- A
- A-
- A+
भोजपुरको षडानन्द नगरपालिका-१२ स्थितमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन । हिजो अपरान्ह ४ बजे स्थानिय भक्त बहादुर भुजेलको घरमा चट्याङ पर्दा घरमा बसिरहेका उनको १५ बर्षीय छोरा प्रदिप भुजेल र छिमेकि नारायण भुजेलको १३ बर्षीय छोरा सरोज भुजेललाई चट्याङले लागेर घाईते भएका थिए । घाईते भएका दुबै जनालाई तत्काल उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगिएकोमा उपचारको क्रममा सरोज भुजेलको मृत्यु भएको हो ।