प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

३ नाल भरुवा बन्दुक सहित २ जना पक्राउ

२०७८-१२-०२

  • A
  • A-
  • A+
Share

सुनसरीको नगरपालिका-५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बराहक्षेत्र-५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र-३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन ।  हिजो दिउसो सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसीरहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
आगोले जलेर बालकको मृत्यु
२०८०-११-१२

झापाको झापा गाउँपालिका- ४ भानटोली स्थितमा आगोलागी हुँदा आगोले जलेर एक जना बालकको मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजे परालको कुन्युमा अचानक आगोलागी हुँदा सोहि स्थान रहेको ४८ बर्षीय ईनाम हुसेन सेखको १ तले टिनको छानो भएको कच्ची घरमा आगलागी हुँदा सेखको ४ बर्ष ६ महिनाको छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको हो । घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी टोली खटिगई प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि प्रादेशीक अस्पताल भद्रपुर पठाई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । आगलागीबाट ईनाम हुसेन शेख र ३२ बर्षीय शाकिर हुसेन सेखको भान्सा घर भित्र रहेको खाद्यान्न, भाडावर्तन, लत्ताकपडा र नजिकै रहेको मस्जिद समेत पुर्णरुप जलेर नष्टहुँदा अन्दाजी ८ लाख बरावरको क्षेति भएको छ । उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोग बेलुका साढे ६ बजे नियन्त्रणमा लिएको आएको थियो ।

सवारी दुर्घटना ३ बालबालिकाको मृत्यु
२०८०-११-११

मोरङको बुढिगंगा गाउँपालिका-४ नेमुवामा सवारी दुर्घटना हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । आज बिहान ८ बजे मार्वल लोड गरेको RJ 29 GB 1561 नंबरको भारतिय लहरी नेमुवाबाट कोयलपुर तर्फ जाने क्रममा पछाडीको डाला अचानक पल्टिई सडक छेउमा रहेको स्थानीय जोती अधिकारीको घरमा क्षति पुर्‍याउदा घर भित्र रहेका स्थानीय ५ बर्षीय निशान अधिकारी, ५ बर्षीया ईसिता अधिकारी, ७ बर्षीया रिया खवास र ५५ बर्षीय जोती अधिकारी घाईते भएका थिए । घाईतेहरुको उद्धार गरी ३ जना बालबालिकालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । अर्का घाईते अधिकारीको बिराट टिचिङ अस्पतालमा उपचार भईरहेको तथा घटनामा संग्लग्न चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु
२०८०-११-०९

मोरङको बुढिगंगा गाउँपालिका-१ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आज राती सवा १२ बजे पुष्पलाल चौकबाट मानगडतर्फ जादै गरेको प्रदेश १-०२-०४२प ९८३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान गाऊँपालिका-१ का २६ बर्षिय राहुल चौधरी र पछाडी सवार २४ बर्षिय शम्भु चौधरी घाईते भएका थिए । घाईतेहरुलाई उपचारकोलागी कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा शम्भु चौरीको मृत्यु भएको हो । घटनाबारेमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको छ ।