मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु
२०८२-०१-२६
- A
- A-
- A+
मोरङको ग्रामथान गाउँपालिकापा-६ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु भएको छ । वैशाख २५ गते दिउसो बिराटनगरबाट बिराट चौक तर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ११४० नम्वरको मोटरसाईकलले बाटो काट्दै गरेका मोरङ ग्रामथान गाँउपालिका-६ का ७० वर्षीय हेमराज गिरीलाई ठक्कर दिदा घाईते भएका गिरीलाई तत्काल उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो । दुर्घटनामा संलग्न मोटरसाईकल चालक मोरङ कटहरी गाँउपालिका-७ का अनिस भगत लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।