१ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण अवलोकन
२०७९-०५-१०
- A
- A-
- A+
नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९ बमोजिम १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण अवलोकन सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक उतम राज सुवेदीको नेतृत्वमा १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा खटि आउनु भएका प्रहरी अधिकृत सहितको केन्द्रिय मुल्याङकन टोलीले कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण अवलोकन गर्नु भएको छ । साथै निरीक्षण अवलोकनकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक उतम राज सुवेदीले कार्यरत सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।