पहिरोले पुरिएर बालिकाको मृत्यु
२०८१-०३-२६
- A
- A-
- A+
उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थितमा पहिरोले पुरिएर १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चेतन समाल मगरको ८ बर्षीया छोरी रुपकला मगर रहेकि छन । हिजो बिहान परेको अबिरल बर्षाको कारण घर माथीबाट पहिरो झरी घर पुरिंदा घर भित्र रहेकी उनको ३० बर्षीया श्रीमती हिर कुमारी मगर र ८ बर्षीया छोरी रुपाकला मगर घाईते भएका थिए । पहिरोले पुरीएर घाईते भएका दुबै जनालाई प्रचौ साउनेबाट खटिएको प्रहरी टोली र स्थानियको सहयोगमा उद्दार गरी उपचारको लागि स्थानिय स्वास्थ्य चौकी रानीबास लगिएकोमा उपचारको क्रममा रुपकलाको मृत्यु भएको हो । हिर कुमारी मगरलाई थप उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाएको र थप उद्दार कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।