प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

२०८०-०७-११

  • A
  • A-
  • A+
Share

सुनसरी र झापाको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । हिजो साझँ ५ बजे सुनसरीको  दुहबी नगरपालिका-११ स्थितमा दक्षिणबाट उतरतर्फ जादैगरेको को ४ प ९१७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको को २४ प १७५८ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर को ४ प ९१७८ नम्बरको मोटरसाईकल चालक स्थानिय ५० बर्षीय अनन्तराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । यसैगरी आज बिहान साढे २ बजे सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थितमा प्र. १-०२-०४७ प ७७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा धनकुटाको शहिदभूमी गाउँपालिका-१ का ४९ बर्षीय हरिभक्त राई घाईते भई उपचारको लागी धरानको घोपा क्याम्प लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसका साथै शुक्रबार साँझ ७ बजे झापाको गौरीगंज गाउँपालिका-५ स्थितमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको को ३३ प ६३६४ नम्बरको  मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको को २८ प ३०८६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा को २८ प ३०८६ नम्बरको मोटरसाईकल चालक मोरङको रतुवामाई नगरपालिका-७ महदेवाका ६० बर्षिय कैला प्रसाद ताजपुरियाको उपचारको क्रममा निम्स अस्पताल दमकमा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएको छ ।   

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।