प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८०-०३-०७

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT समुहबाट खटिएको प्रहरी टोलीले वन पैदावर हानि नोक्सानी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सुनसरी धरान उप-महानगरपालिका वडा नं ५ निसाने  बस्ने ३२ बर्षीय प्रदिप खत्री रहेका छन् । उनको वन पैदावर हानि नोक्सानी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७८/०५/१६ गतेको सजाय निर्धारण फैसला आदेशले २ महिना १० दिन कैद भई लगत नं. ११५८ मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेको थियो । उनलाई प्रहरी टोलीले आज गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरि सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गराएकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

सम्बन्धित समाचार
महिला प्रहरी कर्मचारीहरुसंग छलफल तथा अन्तरक्रिया
२०८०-०६-१०

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीहरुसंग बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । महिला प्रहरी कर्मचारीहरुको पिरमार्का, गुनासो तथा समस्याहरुलाई सम्बोधन गर्ने उदेश्य अनुसार कार्यरत महिला प्रहरी कर्मचारीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको हो ।  वँहाले महिला प्रहरी कर्मचारीहरुको सेवा सुबिधामा ध्यान दिँदै शिशु स्याहार केन्द्र र स्तनपान कक्षको समेत स्थापना गरिएको र महिला कर्मचारीहरुले आफ्नो ब्यक्तिगत स्वास्थ्यमा समेत बिशेष ध्यान दिन निर्देशन दिनु भयो ।

लागुऔषध गाँजा बोकेको एम्वुलेन्स सहित चालक नियन्त्रणमा
२०८०-०६-१०

मोरङ विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको  २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो । लागऔषध गाँजा बरामद भए संगै राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान-११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको BR 38AFO336 नम्वरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर-१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ । लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी चौथो समुहको तालिमको समापन तथा पाचौ समुहको समुद्घाटन
२०८०-०६-१०

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वधानमा ७ कार्य दिनको प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी चौथो समुहको तालिमको समापन तथा पाचौ समुहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा भाद्र ३१ गतेबाट संचालन भएको उक्त तालिमको आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले तालिमबाट सिकेका सिप, ज्ञानलाई कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिनु भएको छ । यसैगरी आजै सोही प्रकृतिको तालिमको पाँचौ समुहको समेत समुद्घाटन भएको छ । उक्त तालिममा कोशी प्रदेश मातहतका जिल्लाहरुका जुनियर प्रहरी अधिकृत देखी प्रहरी जवान सम्मका २२ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको  छ ।

गुनासो व्यवस्थापनका लागि कोशी प्रदेश प्रहरीको QR Code सार्वजानिक
२०८०-०६-०९

कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले गुनासो व्यवस्थापनको लागि QR Code को प्रयोग सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा असोज ९ गते  एक कार्यक्रमको आयोजना विच संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको QR Code को प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गर्नु भएको हो । QR Code को सार्वजनिक गर्नु हुँदै संगठन प्रमुख कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताउनु भयो । उजुरी पेटीकाको Digital संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले QR Code  प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पीरमार्का या कैफियत भएमा सिधै QR Code मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्ने छन । जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको QR Code को प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तरगत रहेका सम्पुर्ण प्रहरी कार्यालयले  प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । उक्त QR Code कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरुमा आजै कार्यान्वयनमा ल्याएको र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तर सम्म एक महिना भित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याई सकिनेछ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले QR Code को प्रभावकारीता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली खटाएको छ । साथै कोशी प्रदेश प्रहरीको QR Code को प्रयोग  गर्न आम सेवाग्राहीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर अनुरोध गर्दछ ।

कानूनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै जनमैत्री सेवा प्रवाह गर्नु पर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०६-०९

संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमणको क्रममा कानूनले दिएको अधिकारको पूर्ण प्रयोग गर्दै जनमैत्री सेवा प्रवाह गर्न निरन्तररुपमा लागि पर्न सम्पूर्ण  प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।  प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा वहाँले नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने प्रहरीको प्रमुख जिम्वेवारी रहेको बताउदै समाजमा अपराध हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यका लागि सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ-आफ्नो पदिय दायित्व निर्वाह गर्नु पर्ने बताउनु भयो । वहाँले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिँदो परिवेश तथा चुनौतीलाई सामना गर्दै आफ्नो जिम्मेवारी र उत्तरदायित्व प्रति कटिबद्ध भई निष्पक्ष रूपमा नागरिक सेवामा लाग्नु पर्ने, आफुमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरीय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीवृद्धि हुने हुँदा सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने बताउनु भयो ।  साथै वहाँले चोरी पैठारी लगायत अन्य अपराधिक गतिविधिलाई नियन्त्रण गर्न थप क्रियाशील हुनु पर्ने तथा भिड नियन्त्रणमा संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गर्न समेत निर्देशन दिनु भयो । उक्त कार्यक्रममा संगठन प्रमुख  कुँवरलाई प्रदेश प्रहरी प्रमुख बास्तोलाले TOKEN OF GRATITUDE ले सम्मान गर्नु भएको थियो । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका वहाँलाई कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोला तथा प्रहरी अधिकृत सहितको प्रहरी टोलीले स्वागत गरेको थियो । वहाँले कार्यालय, सम्पुर्ण शाखाहरुका साथै भिडियो स्टुडियो रुम, परिचालन कक्ष तथा सिसि टिभि मनिटरिङरुमको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो । यसका साथै वहाँले जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीको समेत निरीक्षण भ्रमण गर्नु भएको थियो । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो भने जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरी परिसरमा बृक्षारोपन समेत गर्नु भएको थियो ।