प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ब्राउन सुगर सहित २ जना पक्राउ

२०८०-०८-०८

  • A
  • A-
  • A+
Share

सुनसरीको दुहबी नगरपालिका- ५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ८ बजे ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले BR 38AE 6075 को नम्बरको मोटरसाईकललाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक देश भारत जोगबनीका २७ बर्षीय सोनु कुमार चौधरीले लगाएको मोटरसाईकलको हेलमेट भित्र लुकाई राखेको अवस्थामा ७० ग्राम ५ मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको हो ।  मोटरसाईकलको हेलमेटबाट ब्राउन सुगर बरामद भए संगै मोटरसाईकल चालक र पछाडि  सवार रहेका भारत जोगबनीका बलबिर राम समेत दुबै जनालाई  पक्राउ गरिएको हो ।
 पक्राउ परेका उनिहरुको  सम्मानित सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
तरकारी बेकेको बलेरो गाडीबाट लागूऔषध गाँजा बरामद
२०८२-०३-३१

उदयपुरको कटारी नगरपालिका-२ स्थित सिद्दिचरण लोकमार्गमा चेकजाँचको क्रममा प्रहरीले तरकारी बेकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । असार ३० गते अपरान्ह कटारीबाट सिरहाको मिर्चैया तर्फ जाँदैगरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई संका लागी चेकजाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई छिपाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । लागूऔषध गाँजा बरामद भएसंगै गाडी र चालक धनकुटा सहिदभुमी-२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।